{"id":74,"slug":"yam-kumar-karki-080-cr-0136-illegal-assets","public_iri":"https://jawafdehi.org/case/yam-kumar-karki-080-cr-0136-illegal-assets","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत याम कुमार कार्कीले रु. ३.२१ करोड स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा (080-CR-0136)","short_description":"काठमाडौं उपत्यका विकास प्राधिकरणमा शाखा अधिकृत (करार) याम कुमार कार्कीले सार्वजनिक पदमा बहाल रहँदा वैध आयभन्दा बढी सम्पत्ति आर्जन गरी श्रीमती देवका अधिकारी र छोरी गृष्मा कार्कीको नाममा समेत राखेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार अभियोग दायर गरेको थियो। आयोगले आयभन्दा व्यय रु.३,२१,३२,९५६।७५ ले बढी देखाई बिगो कायम गरेको थियो। विशेष अदालतले प्रमाणहरूको पुनर्मूल्याङ्कन गर्दा वैध आय नै व्ययभन्दा बढी रहेको ठहर गर्दै प्रतिवादीलाई सफाइ दिएको थियो।","authors":[{"slug":"subodh-kandel","display_name":"Subodh Kandel","name_ne":"सुबोध कँडेल","photo_url":"https://jawafdehi.org/assets/teammembers/subodh.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-08-08","public_edit_history":[],"public_notes":"**Case summerized by Subodh Kandel**\n**First Published on 2082/04/19**","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/39f4333a9f161829f75e5dcb0e22b5ee13fac5d6a65aa67bc5fb7f87b0fc296b.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/b6cef07ecd9787911dd3897572eea0d9574db394a8eda58117f7a03c5cb95d45.webp 400w, https://s3.jawafdehi.org/case_uploads/fab08d871f845cca6a7928ec0e86dc1c735692fc2478b541112ccee50c6e74f2.webp 800w, https://s3.jawafdehi.org/case_uploads/39f4333a9f161829f75e5dcb0e22b5ee13fac5d6a65aa67bc5fb7f87b0fc296b.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/1bcd993e4cb365ba23ed0decd1c6c1812e54fc49000f1cfb848a15e99e680c35.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/08e76f2c9d7dbf4145fc5d0b21372199b1af21dba9b730c1beb0f1afd9797c42.webp 640w, https://s3.jawafdehi.org/case_uploads/c148866bb2a994b957f627adb9b4d5b982586daa480a05e949c1cbb1a07e318a.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/1bcd993e4cb365ba23ed0decd1c6c1812e54fc49000f1cfb848a15e99e680c35.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":413,"banner_image_id":330,"thumbnail_url":"","banner_url":"","case_start_date":"2024-03-21","case_end_date":"2024-12-17","dates":{"stages":[{"end":"2024-12-17","stage":"initial","start":"2024-03-21","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/080-cr-0136"},{"stage":"appeal","courtcase_iri":"https://jawafdehi.org/courtcase/supreme/082-cr-0712"}]},"status":"ongoing","case_track":null,"status_override":null,"proceedings_started_on":"2024-03-21","proceedings_decided_on":null,"appeal_verdicts":{"https://jawafdehi.org/courtcase/supreme/082-cr-0712":null},"appeal_parties":{"https://jawafdehi.org/courtcase/supreme/082-cr-0712":["https://jawafdehi.org/entity/person/devaka-adhikari-14b90f","https://jawafdehi.org/entity/person/grsma-karki-6d552b","https://jawafdehi.org/entity/person/ram-kumar-karki-ward-11001-1"]},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/person/ram-kumar-karki-ward-11001-1","display_name":"Yam Kumar Karki","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"तत्कालीन शाखा अधिकृत (रा.प. तृतीय श्रेणी/करार), काठमाडौं उपत्यका विकास प्राधिकरण — मुख्य प्रतिवादी","name":{"en":"Yam Kumar Karki","ne":"याम कुमार कार्की"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/devaka-adhikari-14b90f","display_name":"Devka Adhikari","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"प्रतिवादीकी श्रीमती — नाममा घरजग्गा तथा बैंक कारोबार; जफत प्रयोजनार्थ मात्र प्रतिवादी","name":{"en":"Devka Adhikari","ne":"देवका अधिकारी"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/grsma-karki-6d552b","display_name":"Grisma Karki","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"प्रतिवादीकी छोरी — नाबालक छँदा नाममा जग्गा खरिद; जफत प्रयोजनार्थ मात्र प्रतिवादी","name":{"en":"Grisma Karki","ne":"गृष्मा कार्की"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/kathamadaum-upatyaka-vikasa-pradhikarana-811bae","display_name":"Kathmandu Valley Development Authority","entity_type":"Organization","type":"related","outcome":null,"notes":"प्रतिवादी शाखा अधिकृत (करार) रहेको निकाय","name":{"en":"Kathmandu Valley Development Authority","ne":"काठमाडौं उपत्यका विकास प्राधिकरण"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/kathamadaum-upatyaka-nagara-vikasa-yojan-50fb77","display_name":"Kathmandu Valley Urban Development Plan Implementation Committee","entity_type":"Organization","type":"related","outcome":null,"notes":"प्रतिवादीले सुपरभाइजर पदमा सेवा प्रवेश गरेको साविक निकाय","name":{"en":"Kathmandu Valley Urban Development Plan Implementation Committee","ne":"काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समिति"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/mohita-karki-b3960d","display_name":"Mohit Karki","entity_type":"Person","type":"related","outcome":null,"notes":"प्रतिवादीका छोरा — नाममा समेत चल-अचल सम्पत्ति कायम रहेको भनिएको","name":{"en":"Mohit Karki","ne":"मोहित कार्की"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/localunit/kathmandu-metropolitian-city-30608","display_name":"Kathmandu Metropolitan City","entity_type":"AdministrativeArea,jawafdehi:MetropolitanCity","type":"location","outcome":null,"notes":"कार्यालय रहेको स्थानीय तह","name":{"en":"Kathmandu Metropolitan City","ne":"काठमाण्डौ महानगरपालिका"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/kathmandu-np0327","display_name":"Kathmandu","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"कार्यालय रहेको जिल्ला","name":{"en":"Kathmandu","ne":"काठमाडौँ"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/province/bagmati-np03","display_name":"Bagmati Province","entity_type":"AdministrativeArea,jawafdehi:Province","type":"location","outcome":null,"notes":"मुद्दा सम्बन्धित प्रदेश","name":{"en":"Bagmati Province","ne":"वाग्मती प्रदेश"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/localunit/suryabinayak-municipality-30704","display_name":"Suryabinayak Municipality","entity_type":"AdministrativeArea,jawafdehi:Municipality","type":"location","outcome":null,"notes":"घरजग्गा सम्पत्ति रहेको स्थानीय तह","name":{"en":"Suryabinayak Municipality","ne":"सूर्यविनायक नगरपालिका"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/bhaktapur-np0326","display_name":"Bhaktapur","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"घरजग्गा सम्पत्ति रहेको जिल्ला","name":{"en":"Bhaktapur","ne":"भक्तपुर"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/lalitpur-np0325","display_name":"Lalitpur","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"घरजग्गा सम्पत्ति रहेको जिल्ला","name":{"en":"Lalitpur","ne":"ललितपुर"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/dhankuta-np0107","display_name":"Dhankuta","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"घरजग्गा सम्पत्ति रहेको जिल्ला","name":{"en":"Dhankuta","ne":"धनकुटा"},"image":null}],"tags":["CIAA","Corruption","Land Management","Local Government","Illegal Property Acquisition","Assets Beyond Known Income","Kathmandu Valley","~3 Crore 21 Lakh"],"description":"****पृष्ठभूमि****\n\nयाम कुमार कार्की मिति २०५८।०४।१६ गतेदेखि साविक काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समिति काठमाडौंद्वारा संचालित चावहिल गोपीकृष्ण नगर जग्गा एकीकरण आयोजनामा सुपरभाइजर (खरिदार वा सो सरहको करार) पदमा मासिक ज्यालादारीमा नियुक्त भई कार्यरत रहेका थिए। मिति २०६०।०५।११ देखि वाग्मतीनगर जग्गा एकीकरण आयोजनामा खरिदार (रा.प.अनं. द्वितीय श्रेणी सरह करार) पदमा, मिति २०६४।१०।०१ देखि ना.सु. (रा.प.अनं. प्रथम श्रेणी सरह करार) पदमा र मिति २०७७।१२।३० देखि काठमाडौं उपत्यका विकास प्राधिकरणमा शाखा अधिकृत (रा.प. तृतीय श्रेणी/करार) पदमा कार्यरत रही वाग्मतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय, बौद्धमा काम गर्दै कागेश्वरी मनोहरा, गोकर्णेश्वर र शंखरापुर नगरपालिकाद्वारा संचालित पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना, माकलवारीमा समेत अतिरिक्त जिम्मेवारी बहन गरेका थिए।\n\n****आरोपपत्रको सार****\n\nनिजले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई बिचौलिया मार्फत मोटो रकम लिई भ्रष्टाचार गरेको र अस्वाभाविक रुपमा जीवनयापन गरेको भन्ने व्यहोराका उजुरीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएपछि आयोगले निजको सार्वजनिक सेवाप्रवेश मिति २०५८।०४।१६ देखि मिति २०७९।१२।३० सम्मको अवधिलाई जाँच अवधि कायम गरी निजको र निजसँग सम्बन्धित परिवारको आयव्ययको जाँच गरेको थियो।\n\n  \n\nआयोगले जाँच अवधिलाई १४ वटा Cut-Off मिति कायम गरी सालक्रम नगद प्रवाहको आधारमा आय र व्ययको तुलनात्मक विश्लेषण गरेको देखियो। आयतर्फ याम कुमार कार्कीको पारिश्रमिक बचत, भत्तावापतको बचत, जग्गा बिक्रीवापतको आय, सापटी फिर्ता प्राप्त रकम, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दातमा प्राप्त ब्याज, घर तथा जग्गा वहाल आय र बैंकबाट लिएको ऋण गरी कुल आम्दानी रु.३,७७,१३,६४६।- रहेको देखाइएको थियो। व्ययतर्फ घर तथा जग्गा खरिदमा भएको खर्च, सन्तति अध्ययन खर्च, घर जग्गा रजिष्ट्रेशनवापतको खर्च, बैंक ऋणको साँवा र ब्याज भुक्तानी, बीमा प्रिमियम भुक्तानी, स्कुटर खरिद, गरगहना खरिद, घर जग्गा वहाल कर, शेयर खरिद, सापटी तथा बैनावापत दिएको रकम र बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात रकम गरी कुल रु.६,९८,४६,६०३।३५ खर्च तथा लगानी भएको देखाइएको थियो।\n\nयसरी आयभन्दा व्यय रु.३,२१,३२,९५६।७५ (तीन करोड एक्काइस लाख बत्तीस हजार नौ सय छपन्न रुपैयाँ पचहत्तर पैसा) ले बढी भई सो रकम बराबरको खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत नखुलेको भन्ने आयोगको ठहर रहेको थियो। आय‑व्ययको यस विश्लेषणमा अघिल्लो अवधिमा आर्जित गैरकानुनी सम्पत्तिले पछिल्लो अवधिको वैध सम्पत्तिलाई ढाकछोप नहोस् भन्ने उद्देश्यले नै Cut-Off मितिहरू कायम गरिएको आयोगको दाबी रहेको देखियो।\n\nआयोगले याम कुमार कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को परिच्छेद १ को धारा २(घ) र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २(घ)(१) बमोजिम राष्ट्रसेवक ठहर गर्दै, निजले काठमाडौं उपत्यका विकास प्राधिकरणको  पत्रअनुसार अतिरिक्त जिम्मेवारीवापत बैठक भत्ता, आयोजना फिल्ड भत्ता र इन्धन सुविधा समेत लिएको भन्ने आधारमा निज सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारी भएको र आयोगको अधिकारक्षेत्रभित्र पर्ने भनी उल्लेख गरेको थियो।\n\n****प्रतिवादीहरूको भूमिका****\n\nआयोगका अनुसार याम कुमार कार्कीले सार्वजनिक पदमा बहाल रहँदा पदको दुरुपयोग गरी माथि उल्लिखित रकम बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेका थिए र सो कसुरलाई निरन्तरता दिँदै आफ्नो, श्रीमती देवका अधिकारी, छोरी गृष्मा कार्की र छोरा मोहित कार्कीको नाममा चल अचल सम्पत्ति कायम राखेका थिए।\n\nश्रीमती देवका अधिकारीको नाममा काठमाडौं, भक्तपुर, ललितपुर र धनकुटामा जग्गा खरिद गरिएको तथा बैंक तथा वित्तीय संस्थामा खाता खोली नगद राखी कारोबार गरिएको आयोगले उल्लेख गरेको थियो। याम कुमार कार्कीले अवैधानिक रुपमा आर्जन गरेको सम्पत्ति समेत श्रीमती देवका अधिकारीको नाममा राखेको भन्ने आधारमा निजलाई बिगो असुल र जफतको प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको थियो; निजउपर सजायको मागदाबी लिइएको थिएन।\n\nछोरी गृष्मा कार्की नाबालक छँदा काठमाडौं महानगरपालिका वडा नं.६ स्थित कि.नं.११० को क्षेत्रफल २३७.६९ वर्गमिटर जग्गा निजको नाममा समेत खरिद गरी राखिएको भन्ने आयोगको दाबी रहेको थियो। छोरी हाल सज्ञान (वयस्क) भइसकेकोले सो जग्गाबाट बिगो असुल र जफतको प्रयोजनका लागि मात्र निजलाई प्रतिवादी कायम गरिएको थियो।\n\n ****बिगो****\n\nआयोगले याम कुमार कार्कीको जाँच अवधिको आय भन्दा व्यय रु.३,२१,३२,९५६।७५ (तीन करोड एक्काइस लाख बत्तीस हजार नौ सय छपन्न रुपैयाँ पचहत्तर पैसा) ले बढी देखिएको र सो रकम बराबरको सम्पत्ति आर्जनमा गरेको खर्च तथा लगानीको वैधानिक स्रोत नखुलेकोले सो रकम बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको भनी बिगो कायम गरेको थियो।\n\n****मागदाबी****\n\n| प्रतिवादी | आरोपित भूमिका | कानुनी व्यवस्था |\n| --- | --- | --- |\n| याम कुमार कार्की | सार्वजनिक पद धारण गरी पदको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको | साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ बमोजिम र सोही ऐनको दफा ३ र दफा २९ को उपदफा (२), र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) र (२) बमोजिम कैद तथा जरिबानाको सजाय; दफा १६(ग), दफा २९ को उपदफा (१), दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम सम्पत्ति जफत तथा असुल उपर |\n| देवका अधिकारी (श्रीमती) | गैरकानुनी रुपमा आर्जित सम्पत्ति आफ्नो नाममा राखेको | साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(ग), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम बिगो असुल र जफतको प्रयोजनका लागि मात्र प्रतिवादी कायम |\n| गृष्मा कार्की (छोरी) | नाबालक छँदा गैरकानुनी रुपमा आर्जित सम्पत्तिबाट जग्गा आफ्नो नाममा राखिएको | साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(ग), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम बिगो असुल र जफतको प्रयोजनका लागि मात्र प्रतिवादी कायम |\n\n****प्रतिवादीहरूको बयान****\n\n| प्रतिवादी | मुख्य बयान/जिकिर |\n| --- | --- |\n| याम कुमार कार्की | कुनै पनि सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराई नदिएको र भ्रष्टाचारजन्य कार्य नगरेको दाबी गरे। आफ्नो सम्पत्ति तलब-भत्ता, निजी संस्थामा गरेको अतिरिक्त काम, कृषि-पशुपालन, रुद्राक्ष बिक्री, घरजग्गा वहाल आय, कानुनी परामर्श शुल्क र ऋण-सापटीबाट आर्जित भएको बताए। आयोगले धेरै आय-स्रोत गणनामा नै नलिएको र केदार दाहालसँगको संयुक्त खाताको मौज्दात तथा सोबाट चन्द्रबहादुर अधिकारीलाई दिइएको सापटी आफ्नो व्ययमा गलत गणना गरिएको जिकिर लिनुका साथै प्रमाण पेस गर्न पर्याप्त समय नपाएको पनि दाबी गरे। |\n| देवका अधिकारी | आफ्नो आम्दानी जग्गा खरिद-बिक्रीमा मध्यस्थकर्ता (दलाल) को काम, पूर्व जागिर Unique Fashion Objects (UFO), कृषि-पशुपालन र पारिवारिक सहयोगबाट भएको बताइन्। आयोगले परिवारको आय कम गणना गरेको र दिनेश यादव, थगेन्द्र बहादुर कार्की लगायतबाट प्राप्त सापटी फिर्ता रकमहरू आयमा नजोडिएको औंल्याइन्। केदार दाहाल सम्बन्धी रकम व्ययबाट हटाइनुपर्ने र श्रीमानको बयानसाथ पेस भएका प्रमाण आफ्नो हकमा समेत बुझ्नु पर्ने जिकिर लिइन । |\n| गृष्मा कार्की | आफ्नो नाममा रहेको जग्गा आमा-बुबाले मेहनतले आर्जन गरेको आम्दानीबाट खरिद गरिदिएको भएकोले गैरकानुनी नभएको र जफत हुनुनपर्ने जिकिर लिइन्। आफ्नो सिलाई-कटाईको काम र चाडपर्वको दान-दक्षिणालाई थप आम्दानीको स्रोत बताएकी थिइन। |\n\n****विशेष अदालतको निर्णयको सार****\n\nअदालतले आयोगले खर्चमा गणना गरेका विभिन्न शीर्षकहरू (सापटी-बैनावापतको रकम, केदार दाहालसँगको संयुक्त खाता मौज्दात आदि) परीक्षण गर्दा दिनेश यादवलाई दिइएको सापटीमध्ये फिर्ता भएको रकम कट्टा गरी बाँकी मात्र व्ययमा गणना हुनुपर्ने र केदार दाहालसँग सम्बन्धीत रकमको आधा हिस्सा मात्र प्रतिवादीको व्ययमा जोडिनुपर्ने ठहर गर्यो। त्यसैगरी आयतर्फ प्रतिवादीले दाबी गरेको जग्गा बिक्री आय र घरवहाल आय आंशिक रुपमा स्वीकार गर्दै न्यायिक विवेक प्रयोग गरी थप रकम आयमा गणना गर्न उपयुक्त देखेको थियो। यसरी पुनःविश्लेषण गर्दा प्रतिवादीहरूको समग्र वैध आय रु.६,७९,१३,५४०।२३ र व्यय रु.६,६६,७१,६०३।३५ देखिई आयभन्दा व्यय नभई बरु आय नै बढी रहेको अदालतले पायो।\n\nअदालतले याम कुमार कार्की करार सेवाका कर्मचारी रहेको, निर्णय गर्ने पदमा नरहेको, आर्थिक लेखा उत्तरदायी पदमा नरहेको र सरकारी सामग्री खरिद गर्ने अधिकार नभएको समेत तथ्यलाई समेतलाइ ध्यानमा राखेको थियो।\n\n****निर्णय****\n\nआय भन्दा व्यय कम रहेको र आरोपदाबी बमोजिमको श्रोत नखुलेको गैरकानुनी सम्पत्ति नदेखिएकोले विशेष अदालतले याम कुमार कार्की, देवका अधिकारी र गृष्मा कार्की तीनै प्रतिवादीलाई आरोपदाबीबाट सफाइ दियो।\n\n****पुनरावेदन****\n\nउक्त फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको छ। उक्त पुनरावेदन (मुद्दा नं. ०८२-CR-०७१२) हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।","key_allegations":["याम कुमार कार्कीले काठमाडौं उपत्यका विकास प्राधिकरणसहितका निकायमा सार्वजनिक पद धारण गरी पदको दुरुपयोग गर्दै जाँच अवधिभर वैध आयभन्दा रु.३,२१,३२,९५६।७५ बढी मूल्यको स्रोत नखुलेको सम्पत्ति आर्जन गरी सोको केही अंश श्रीमती देवका अधिकारी र छोरी गृष्मा कार्कीको नाममा राखी वास्तविक स्वामित्व लुकाएको।"],"timeline":[{"date":"2009-07-10","title":"भक्तपुर कि.नं.९१३/हाल २१ घर खरिद गरेको आरोप","date_bs":"2066-03-26","description":"याम कुमार कार्कीले भक्तपुरस्थित कि.नं.९१३ (हाल कि.नं.२१) को घर रु.१०,७०,००० मा खरिद गरी अवैध स्रोतबाट सम्पत्ति आर्जन गरेको आरोप।"},{"date":"2001-07-31","title":"सार्वजनिक सेवाप्रवेश","date_bs":"2058-04-16","description":"याम कुमार कार्की साविक काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समिति काठमाडौंद्वारा संचालित चावहिल गोपीकृष्ण नगर जग्गा एकीकरण आयोजनामा सुपरभाइजर पदमा नियुक्त भई सार्वजनिक सेवामा प्रवेश गरेका थिए। पछि विभिन्न पदमा बढुवा/सरुवा हुँदै अन्तिममा काठमाडौं उपत्यका विकास प्राधिकरणमा शाखा अधिकृत (करार) पदमा कार्यरत रहेका थिए।"},{"date":"2022-11-16","title":"उजुरी दर्ता","date_bs":"2079-07-30","description":"मिति २०७९।०७।३० देखि २०८०।११।०१ सम्म  याम कुमार कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको र अस्वाभाविक जीवनयापन गरेको भन्ने व्यहोराका उजुरीहरू फरक-फरक मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका थिए।"},{"date":"2023-04-13","title":"अनुसन्धान अवधि कायम","date_bs":"2079-12-30","description":"आयोगले याम कुमार कार्कीको सार्वजनिक सेवाप्रवेश मितिदेखि उक्त मितिसम्मको अवधिलाई जाँच अवधि कायम गरी सो अवधिभित्र १४ वटा Cut-Off मिति राखी आयव्ययको विश्लेषण गरेको थियो।"},{"date":"2024-03-21","title":"मुद्दा दर्ता (आरोपपत्र दायर)","date_bs":"2080-12-08","description":"अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नं. ०80-CR-0136 अन्तर्गत विशेष अदालतमा गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी आरोपपत्र दायर गरेको थियो।"},{"date":"2024-09-05","title":"अदालतमा बयान/बकपत्र","date_bs":"2081-05-20","description":"प्रतिवादीहरूले मिति २०८१।०५।२० मा र सम्बन्धित साक्षीहरूले मिति २०८१।०५।३१ मा विशेष अदालत समक्ष बयान/बकपत्र गरेका थिए।"},{"date":"2025-01-15","title":"विशेष अदालतको फैसला","date_bs":"2081-10-02","description":"विशेष अदालतले निर्णय नं.-२४ बमोजिम फैसला सुनाउँदै प्रतिवादीहरूको वैध आय नै व्ययभन्दा बढी रहेको ठहर गरी याम कुमार कार्की, देवका अधिकारी र गृष्मा कार्की तीनैलाई आरोपदाबीबाट सफाइ दिएको थियो।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/ciaa_press_release/2611","additional_details":"यो आयोगको आधिकारिक प्रेस विज्ञप्ति याम कुमार कार्कीले स्रोत नखुलेको रु.३ करोड २१ लाखभन्दा बढी सम्पत्ति आर्जन गरेको आरोप र छोरी एवं पत्नीको नाममा सम्पत्ति राखिएको दाबीको प्राथमिक अभिलेखको रूपमा रहन्छ, किनकि यसमा अभियोजनको बिगो रकम, जाँच अवधि, आय–व्यय विश्लेषण र मागदाबी प्रत्यक्ष रूपमा दस्तावेज गरिएको छ। यसले मुद्दाको केन्द्रीय आरोप — गैरकानूनी सम्पत्ति आर्जन — को आधार र दायरीको पुष्टि गर्ने भूमिका निर्वाह गर्दछ।","material":{"display_name":"काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत (रा.प. तृतीय श्रेणी/करार) याम कुमार कार्कीउपर रु.३,२१,३२,९५६।७५ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।","material_type":"press_release","urls":[{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2611. काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत (रा.प. तृतीय श्रेणी-करार) याम कु - 2.pdf","role":"RAW"},{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2611. काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत (रा.प. तृतीय श्रेणी-करार) याम कु - 1.doc","role":"ALTERNATE"},{"link":"https://ciaa.gov.np/pressrelease/2611","role":"SOURCE_PAGE"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/special.080-cr-0136","additional_details":"यो फैसला उक्त मुद्दामा याम कुमार कार्कीले वैध आयभन्दा बढी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको मुख्य आरोपको प्राथमिक न्यायिक अभिलेख हो, जसले अदालतले विचार गरेका आय–व्ययको आधिकारिक गणना, सम्पत्ति विवरण र प्रतिवादीहरूका दाबीहरू प्रत्यक्ष रूपमा प्रमाणित गर्दछ। सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको, छोरी तथा श्रीमतीको नाममा सम्पत्ति राखेको लगायतका आरोपहरूसँग जोडिएका तथ्यगत आधार यसैभित्र अभिलिखित भएकाले यो दस्तावेज प्रमाणको सर्वोच्च तहको प्राथमिक स्रोतका रूपमा रहन्छ।","material":{"display_name":"Special Court verdict: 080-CR-0136 · Illegal acquisition of property","material_type":"court_order","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/court-orders/special/080-CR-0136.1.doc","role":"RAW"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260608.27b7a187","additional_details":"यो समाचार लेख यस मुद्दा (080-CR-0136) मा अभियोग दायर भएको तथ्य र आयोगका प्रमुख दाबीहरू — रु. ३ करोड २१ लाख (रु. ३२.१ मिलियन) स्रोत नखुलेको सम्पत्ति आर्जन र छोरी एवं पत्नीको नाममा रहेको सम्पत्ति — लाई पुष्टि गर्ने पूरक/पृष्ठभूमि सामग्रीका रूपमा रहन्छ। यो प्राथमिक कानूनी अभिलेख नभई सञ्चारमाध्यमको प्रतिवेदन भएकोले स्रोत नखुलेको सम्पत्ति र सम्बद्ध प्रतिवादीहरूको आरोपलाई समर्थन गर्ने गौण प्रमाणका रूपमा यसको भूमिका रहन्छ।","material":{"display_name":"CIAA files case against section officer who registered govt land in name of individual - myRepublica - The New York Times Partner, Latest news of Nepal in English, Latest News Articles | Republica","material_type":"news","urls":[{"link":"https://myrepublica.nagariknetwork.com/news/ciaa-files-case-against-section-officer-who-registered-govt-land-in-name-of-individual/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/fd6cd0a953bf8edde40e556c24ba1859b885b564c86208f0b928e5c5505cc858.md","role":"MARKDOWN"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/080-cr-0136","https://jawafdehi.org/courtcase/supreme/082-cr-0712"],"missing_details":"१.यस मुद्दाको आरोपपत्र सार्वजनिक भएको छैन।\n२.प्रस्तुत मुद्दामा उल्लेख भएका विवरण अख्तियारले जारी गरेको प्रेस विज्ञप्ति र विशेष अदालतको फैसलामा आधारित छन्।","bigo":32132956,"weight":0,"versionInfo":{"action":"published","datetime":"2026-08-08T16:30:44.169379+00:00"},"created_at":"2026-05-05T20:37:40.200597+05:45","updated_at":"2026-10-05T17:49:27.398136+05:45"}