{"id":96,"slug":"toran-karki-assets-beyond-income-080-cr-0032","public_iri":"https://jawafdehi.org/case/toran-karki-assets-beyond-income-080-cr-0032","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"जलस्रोत अनुसन्धान केन्द्रका लेखा अधिकृत तोरण बहादुर कार्कीले रु. ४.६७ करोड स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा (080-CR-0032)","short_description":"जलस्रोत अनुसन्धान विकास केन्द्र, पुल्चोक, ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्कीले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०५३।०२।१७ देखि मिति २०७९।०८।२८ सम्मको अवधिमा वैधानिक आयस्रोतको तुलनामा अस्वभाविक रूपमा बढी घरजग्गा, शेयर र सवारी साधन खरिद/आर्जन गरी अकूत सम्पत्ति जोडेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी अभियोग दायर गरेको थियो। विशेष अदालतले प्रतिवादीहरूको समग्र आय-व्ययको विश्लेषण गर्दा वैधानिक आय, खर्च तथा लगानीभन्दा बढी रहेको पाई प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिएको थियो।","authors":[{"slug":"subodh-kandel","display_name":"Subodh Kandel","name_ne":"सुबोध कँडेल","photo_url":"https://jawafdehi.org/assets/teammembers/subodh.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-08-11","public_edit_history":[],"public_notes":"Case Summarized by Subodh Kandel, First Published on 2082/04/21","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/d4f7ce5bf13b4968c50e6cdf1e9c62b2a1075cb47d50f00ac780c81e4ecedf2d.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/df73197187a0f661d244c6286fb5be81baeabe589e9646b71dfcd6a2a9160bbb.webp 400w, https://s3.jawafdehi.org/case_uploads/478c691cc3cb3aec2155f1ea68a2e14c6af2d22ab4392edd774f4e5b6903684b.webp 800w, https://s3.jawafdehi.org/case_uploads/d4f7ce5bf13b4968c50e6cdf1e9c62b2a1075cb47d50f00ac780c81e4ecedf2d.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/b0d2193ca982cb2319dd9621f1fa00bc6aa97ea5dbec583b7d5f12f508b7cc1e.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/b126688277a27d3745b6bbc189cf4ef0fbe909e765a9b6b726cd978998f03f15.webp 640w, https://s3.jawafdehi.org/case_uploads/ff78a9a265bf4cbd00360446ad53090dd86bbcee3688330ca43291c199409e46.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/b0d2193ca982cb2319dd9621f1fa00bc6aa97ea5dbec583b7d5f12f508b7cc1e.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":412,"banner_image_id":327,"thumbnail_url":"","banner_url":"","case_start_date":"2023-09-04","case_end_date":"2024-06-05","dates":{"stages":[{"end":"2024-06-05","stage":"initial","start":"2023-09-04","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/080-cr-0032"}]},"status":"concluded","case_track":null,"status_override":null,"proceedings_started_on":"2023-09-04","proceedings_decided_on":"2024-06-05","appeal_verdicts":{},"appeal_parties":{},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/organization/jalasrota-anusandhana-bikasa-kendra-pulc-1fc8a3","display_name":"Water Resources Research and Development Centre, Pulchowk, Lalitpur","entity_type":"Organization","type":"related","outcome":null,"notes":"प्रतिवादी लेखा अधिकृत रहेको कार्यालय","name":{"en":"Water Resources Research and Development Centre, Pulchowk, Lalitpur","ne":"जलस्रोत अनुसन्धान विकास केन्द्र, पुल्चोक, ललितपुर"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/province/bagmati-np03","display_name":"Bagmati Province","entity_type":"AdministrativeArea,jawafdehi:Province","type":"location","outcome":null,"notes":"मुद्दा सम्बन्धित प्रदेश","name":{"en":"Bagmati Province","ne":"वाग्मती प्रदेश"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/urmila-thapa-karki-830e4d","display_name":"Urmila Thapa Karki","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"प्रतिवादीकी श्रीमती — नाममा जग्गा, शेयर, सवारी साधन तथा बैंक मौज्दात; जफत प्रयोजनार्थ मात्र प्रतिवादी","name":{"en":"Urmila Thapa Karki","ne":"उर्मिला थापा कार्कि"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/torana-bahadura-karki-a28998","display_name":"Toran Bahadur Karki","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"तत्कालीन लेखा अधिकृत, जलस्रोत अनुसन्धान विकास केन्द्र, पुल्चोक ललितपुर — मुख्य प्रतिवादी","name":{"en":"Toran Bahadur Karki","ne":"तोरण बहादुर कार्कि"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/localunit/lalitpur-metropolitian-city-30802","display_name":"Lalitpur Metropolitan City","entity_type":"AdministrativeArea,jawafdehi:MetropolitanCity","type":"location","outcome":null,"notes":"कार्यालय रहेको स्थानीय तह","name":{"en":"Lalitpur Metropolitan City","ne":"ललितपुर महानगरपालिका"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/lalitpur-np0325","display_name":"Lalitpur","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"कार्यालय रहेको जिल्ला","name":{"en":"Lalitpur","ne":"ललितपुर"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/kathmandu-np0327","display_name":"Kathmandu","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"घरजग्गा सम्पत्ति रहेको जिल्ला","name":{"en":"Kathmandu","ne":"काठमाडौँ"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/bhaktapur-np0326","display_name":"Bhaktapur","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"घरजग्गा सम्पत्ति रहेको जिल्ला","name":{"en":"Bhaktapur","ne":"भक्तपुर"},"image":null}],"tags":["CIAA","Corruption","Finance","Illegal Property Acquisition","Assets Beyond Known Income","Lalitpur","~4 Crore 67 Lakh"],"description":"### आरोपपत्रको सार\n\nजलस्रोत अनुसन्धान विकास केन्द्र, पुल्चोक, ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्कीले पदको दुरुपयोग गरी काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घरजग्गा जोडी अकूत सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको थियो। निजले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०५३।०२।१७ देखि छानबिन शुरु भएको मिति २०७९।०८।२८ सम्मको अवधिलाई जाँच अवधि तोकी निजको समग्र आय तथा व्ययको जाँच गरिएको थियो।\n\nआयोगको अनुसन्धानअनुसार सो जाँच अवधिमा प्रतिवादीको तलब, भत्ता, श्रीमतीको तलब, घरबहाल आय, बीमा परिपक्वता, बैंक ब्याज, जग्गा बिक्री आय, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण र विप्रेषण आय समेत गरी कुल वैध आय रु.१,०८,४८,५९०।०६ (एक करोड आठ लाख अड्चालीस हजार पाँच सय नब्बे रुपैयाँ छ पैसा) देखिएको थियो।\n\nसोही अवधिमा घर निर्माण, जग्गा खरिद तथा रजिष्ट्रेशन दस्तुर, अध्ययन खर्च, ऋण सापटीको साँवा-व्याज भुक्तानी, बीमा प्रिमियम, सवारी साधन खरिद, विभिन्न कम्पनीको शेयर खरिद/लगानी, पुँजीगत लाभकर, घरबहाल कर र बैंक मौज्दात समेत गरी कुल खर्च तथा लगानी रु.५,७५,८७,३७०।७२ (पाँच करोड पचहत्तर लाख सतासी हजार तीन सय सत्तरी रुपैयाँ बहत्तर पैसा) भएको देखिएको थियो। सिर्जित आयबाट व्यय घटाउँदा हुन आउने रु.४,६७,३८,७८०।-(चार करोड सत्सठ्ठी लाख अठतीस हजार सात सय असी रुपैयाँ छैसठ्ठी पैसा) बराबरको खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत नखुलेको आरोपपत्रमा उल्लेख गरिएको थियो।\n\nआयोगको अनुसार वैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति विवरण नमिल्दो र अस्वाभाविक देखिएकोले वैधानिक रूपमा आर्जित सम्पत्तिको अनुपातमा मनासिव नदेखिने किसिमको उच्चस्तरको जीवनयापन प्रतिवादी र निजको परिवारले गरेको प्रमाणित भएको भनी आरोपपत्रमा उल्लेख गरिएको थियो। सोका आधारमा सार्वजनिक पद धारण गरेका तोरण बहादुर कार्कीले साविकको भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको भनी आरोप लगाइएको थियो।\n\nयसैगरी प्रतिवादीले गैरकानूनी रूपमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्ति श्रीमती उर्मिला थापा कार्कीसमेतको नाममा जग्गा खरिद, शेयर खरिद, सवारी साधन खरिद तथा बैंक खातामा रकम मौज्दात राखी लगानी गरेको देखिएकोले सो सम्पत्तिमध्ये स्रोत पुष्टि हुन नसकेको भाग बिगो र जरिवाना जफतको प्रयोजनका लागि मात्र उर्मिला थापा कार्कीलाई समेत प्रतिवादी कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको थियो।\n\n\n| प्रतिवादी | कानुनी व्यवस्था |\n|---|---|\n| तोरण बहादुर कार्की | साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ग, दफा ३ र दफा २९; प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) र (२) तथा दफा ४७; अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख |\n| उर्मिला थापा कार्की | साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग र दफा २९; प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७; अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख |\n\n### बिगो\n\nआयोगले प्रतिवादी तोरण बहादुर कार्कीलाई बिगो रु.४,६७,३८,७८०।-(चार करोड सत्सठ्ठी लाख अठतीस हजार सात सय असी रुपैयाँ छैसठ्ठी पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ग, दफा ३ र दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो बमोजिम जरिवाना र कैद सजाय हुनुपर्ने तथा जाँच अवधिमा आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिसमेतबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम बिगो र जरिवाना जफत गरी पाउन मागदावी लिएको थियो।\n\n### प्रतिवादीहरूको बयान\n\nप्रतिवादी तोरण बहादुर कार्कीले आफ्नो आयको स्रोत सार्वजनिक सेवाबाट प्राप्त तलब-भत्ता, घरबहाल आय, शेयर लगानीबाट प्राप्त लाभांश र बैंक ब्याज रहेको तथा आफूसँग कुनै पैतृक सम्पत्ति वा कृषि आय नरहेको जिकिर लिएका थिए। निजले आफू र श्रीमतीको बैंक कारोबार रकम अस्वाभाविक देखिनुको कारण एक खाताबाट अर्को खातामा रकम स्थानान्तरण, पुनः जम्मा र निकासी गर्दा बारम्बार दोहोरिएर देखिएको र घरजग्गामा गरेको लगानी आफन्तहरूबाट प्राप्त ऋण तथा सापटीबाट भएको भनी बताएका थिए। निजले अमेरिका र दुबईमा बस्ने सालो, दिदि, भिनाजु र भान्जाबाट प्राप्त रकमलाई व्यक्तिगत ऋण तथा विप्रेषणका रूपमा उल्लेख गर्दै सोसम्बन्धी लिखित सम्झौता समेत बयानसाथ पेश गरेका थिए। भक्तपुर, ठिमीस्थित संयुक्त स्वामित्वको जग्गा बिक्रीबाट प्राप्त रकम पनि आफ्नो आयमा गणना हुनुपर्ने जिकिर लिइएको थियो। निजले कुनै गैरकानूनी सम्पत्ति आर्जन नगरेको र आफूले वा परिवारले अस्वाभाविक जीवनयापन नगरेको भन्दै आरोपबाट सफाइ पाउनुपर्ने जिकिर गरेका थिए।\n\nप्रतिवादी उर्मिला थापा कार्कीले आफ्नो आयस्रोत विद्यालयबाट प्राप्त तलब-भत्ता र घरभाडा रहेको बताउँदै श्रीमानको बयानमा उल्लिखित व्यहोरा नै आफ्नो हकमा पनि यथावत् रहेको भनी जनाएकी थिइन्। साथै धुम्बाराहीस्थित जग्गामा बनिरहेको संरचनामा आफ्नो लगानी नरहेको र सो जग्गा भाडामा लिने व्यक्तिले नै आफ्नो खर्चमा संरचना निर्माण गरिरहेको भन्ने व्यहोराको प्रतिवादी तोरण बहादुर कार्की र उर्मिला थापा कार्कीको संयुक्त बयान रहेको छ।\n\n### विशेष अदालतको निर्णयको सार\n\nविशेष अदालतले प्रतिवादीहरूको सार्वजनिक सेवा प्रवेश मिति (२०५३।०२।१७) देखि छानबिन शुरु भएको मिति (२०७९।०८।२८) सम्मको अवधिलाई जाँच अवधि मानी सोही अवधिको वर्षगत आय-व्यय प्रवाह विवरण (Income Expenditure Flow Chart) तयार गरेर मात्र गणना गर्नु पर्ने भनि आय-व्यय प्रभावलाई पुन गणना गरेको थियो। अदालतले प्रत्येक जग्गा खरिदको हकमा मालपोत कार्यालयमा पारित लिखतमा उल्लिखित रकम र सोही मितिमा प्रतिवादी वा श्रीमतीको बैंक खाताबाट डेबिट भएको रकमबीचको तादात्म्यता जाँची, लिखतमा उल्लिखित रकमभन्दा बढी रकम वास्तवमा तिरेको देखिएको थियो, सो अवस्थामा नेपाल सरकार विरुद्ध ईश्वरप्रसाद पोखरेल (ने.का.प. २०७२, अंक ९, नि.नं. ९४६१) मुद्दामा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई आधार मानी अदालतले बढी रकमलाई नै वास्तविक खरिद मूल्य कायम गर्दै व्ययमा गणना गरेको थियो।\n\nविप्रेषण आयको सम्बन्धमा भने अदालतले बैंक स्टेटमेन्ट र सम्बन्धित कागजातबाट पुष्टि भएका रकमहरूलाई आयमा गणना गरेको थियो तर बाह्र वर्षअघि प्राप्त भई हालसम्म फिर्ता नगरिएको रकमलाई भने समावेश गरेको थिएन। बैंक ब्याज आयको हकमा भने खाताको मूलधनको वैधता नै पुष्टि नभएको अवस्थामा त्यसबाट प्राप्त ब्याजलाई पनि आयमा गणना गर्न नमिल्ने भनि सो रकमलाई आयमा समावेश गरिएको थिएन। घरबहाल आयको हकमा पनि सम्बन्धित घर वा जग्गा निर्माण/खरिदमा स्रोत पुष्टि भएको अवस्थामा प्रतिशतको अनुपातमा मात्र बहाल आय गणना गरिएको थियो।\n\nयसरी समग्र जाँच अवधिको विश्लेषण गर्दा प्रतिवादीहरूको वैध आय रु.६,७४,५५,५८७।१४ (छ करोड चौहत्तर लाख पचपन्न हजार पाँच सय सतासी रुपैयाँ चौध पैसा) र खर्च तथा लगानी रु.४,५६,३६,८३१।२७ (चार करोड छपन्न लाख छत्तिस हजार आठ सय एकतिस रुपैयाँ) रहेको देखियो, जसअनुसार वैध आय व्ययभन्दा रु.२,१८,१८,७५५।८७ (दुई करोड अठार लाख अठार हजार सात सय पचपन्न रुपैयाँ) बढी भएको पाइयो। तसर्थ प्रतिवादीहरूको सम्पत्ति विवरण र आयको तुलनामा अस्वाभाविक देखिन नआएको ठहर गर्दै अदालतले प्रतिवादीहरू तोरण बहादुर कार्की र उर्मिला थापा कार्कीलाई अभियोग दाबीबाट सफाइ दिएको थियो।\n\n| प्रतिवादी | निर्णय |\n|---|---|\n| तोरण बहादुर कार्की | सफाइ |\n| उर्मिला थापा कार्की | सफाइ |","key_allegations":["प्रतिवादी तोरण बहादुर कार्कीले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०५३।०२।१७ देखि छानबिन शुरु भएको मिति २०७९।०८।२८ सम्मको अवधिमा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी वैधानिक आयस्रोत (तलब-भत्ता, घरबहाल आय, बीमा र लगानी आय समेत रु.१,०८,४८,५९०।०६) भन्दा बढी रकम काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घरजग्गा, शेयर, सवारी साधन खरिद तथा बैंक मौज्दातमा (कुल खर्च तथा लगानी रु.५,७५,८७,३७०।७२) लगानी गरी रु.४,६७,३८,७८०।-(चार करोड सत्सठ्ठी लाख अठतीस हजार सात सय असी रुपैयाँ छैसठ्ठी पैसा) बराबरको स्रोत नखुलेको सम्पत्ति आफू र श्रीमती उर्मिला थापा कार्कीको नाममा आर्जन गरेको।"],"timeline":[{"date":"1996-05-30","title":"सार्वजनिक सेवा प्रवेश","date_bs":"2053-02-17","description":"प्रतिवादी तोरण बहादुर कार्कीले जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकमा खरिदार (गा.वि.स. सचिव) पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए। यही मितिलाई पछि अनुसन्धानको जाँच अवधिको शुरुवात बिन्दुका रूपमा लिइयो।"},{"date":"2022-09-11","title":"उजुरी दर्ता","date_bs":"2079-05-26","description":"जलस्रोत अनुसन्धान विकास केन्द्र, पुल्चोक, ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्कीले पदको दुरुपयोग गरी काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घरजग्गा जोडी अकूत सम्पत्ति आर्जन गरेको भन्ने व्यहोराको उजुरी (उ.द.नं. ७९८०C-०१४२००) अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको थियो।"},{"date":"2022-12-14","title":"जाँच अवधिको अन्त्य","date_bs":"2079-08-28","description":"छानबिन अधिकृत तोकिई अनुसन्धान कार्य वास्तविक रूपमा शुरु भएको यो मितिलाई अनुसन्धानको जाँच अवधिको अन्तिम बिन्दु कायम गरी सोसम्मको आय-व्ययको विश्लेषण गरिएको थियो।"},{"date":"2023-08-25","title":"विस्तृत अनुसन्धान गर्ने निर्णय","date_bs":"2080-05-08","description":"प्रारम्भिक छानबिनमा कुल आयमा कुल खर्च तथा लगानी घटाउँदा ऋणात्मक देखिएपछि आयोगले तोरण बहादुर कार्कीले गैरकानूनी सम्पत्ति आर्जन गरे नगरेको विषयमा विस्तृत अनुसन्धान गर्ने निर्णय गरेको थियो।"},{"date":"2023-09-04","title":"आरोपपत्र दायर","date_bs":"2080-05-18","description":"अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिगो रु.४,६७,३८,७८०।- कायम गरी विशेष अदालत, काठमाडौंमा तोरण बहादुर कार्की र उर्मिला थापा कार्की विरुद्ध गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी आरोपपत्र दायर गरेको थियो।"},{"date":"2024-06-05","title":"विशेष अदालतको फैसला","date_bs":"2081-02-23","description":"विशेष अदालतले प्रतिवादीहरूको समग्र आय-व्ययको विश्लेषण गरी वैध आय खर्च तथा लगानीभन्दा बढी रहेको पाई सम्पत्ति विवरण नमिल्दो वा अस्वाभाविक नदेखिएको ठहर गर्दै दुवै प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने फैसला सुनाएको थियो।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/ciaa_press_release/2437","additional_details":"यस मुद्दामा यो प्रेस विज्ञप्ति आयोगले विशेष अदालतमा आरोप-पत्र दायर गरेको तथ्य र विगो रकम, जाँच अवधि एवं कानूनी मागदावी पुष्टि गर्ने प्राथमिक सरकारी अभिलेख हो, जसले स्रोत नखुलेको सम्पत्ति आर्जनको मुख्य आरोपलाई प्रत्यक्ष आधार दिन्छ। यसले श्रीमती उर्मिला थापा कार्कीको नाममा सम्पत्ति राखी लुकाउने/स्थानान्तरण गर्ने आरोपलाई पनि सम्बोधन गर्छ, तर मूल अभियोगपत्रको आधिकारिक पाठ नभई आयोगको सार्वजनिक सूचना भएकाले समर्थक अभिलेखका रूपमा भूमिका राख्छ।","material":{"display_name":"जलस्रोत अनुसन्धान बिकास केन्द्र, पुल्चोक, ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्की उपर बिगो रु.४,६७,३८,७८०।६६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।","material_type":"press_release","urls":[{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2437. जलस्रोत अनुसन्धान बिकास केन्द्र, पुल्चोक, ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्की उप - 2.pdf","role":"RAW"},{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2437. जलस्रोत अनुसन्धान बिकास केन्द्र, पुल्चोक, ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्की उप - 1.doc","role":"ALTERNATE"},{"link":"https://ciaa.gov.np/pressrelease/2437","role":"SOURCE_PAGE"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/special.080-cr-0032","additional_details":"यो विशेष अदालत, काठमाडौंको फैसला (मुद्दा नं. 80-CR-0032, नि.नं. 301, फैसला मिति 2081/02/23) तोरण बहादुर कार्कीले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपसँग प्रत्यक्ष सम्बन्धित प्राथमिक न्यायिक अभिलेख हो, जसले आय-व्यय विश्लेषण, बैंक मौज्दात, शेयर, सवारी साधन तथा ऋण/रेमिट्यान्स दाबीको मूल्याङ्कन समेटेर आरोपको न्यायिक निरूपण देखाउँछ। श्रीमती उर्मिला थापा कार्कीको नाममा सम्पत्ति राखी लुकाउने वा स्थानान्तरण गरेको आरोपका सन्दर्भमा खाता-देखि-खाता कारोबार र रेमिट्यान्स दाबीको अदालतले गरेको विश्लेषण यस आरोपको पुष्ट्याइँमा केन्द्रीय प्रमाणका रूपमा रहन्छ। दाबी गरिएको व्यक्तिगत ऋण रकममध्ये प्रमाण सहितको रेमिट्यान्स रु.78,15,584 बाहेक अन्य रकम ऋणका रूपमा अमान्य ठहर्‍याइएको हुँदा यो फैसला वैध आय र स्रोत नखुलेको सम्पत्तिको परिमाण निर्धारणमा निर्णायक आधार बन्छ।","material":{"display_name":"Special Court verdict: 080-CR-0032 · Illegal acquisition of property","material_type":"court_order","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/court-orders/special/080-CR-0032.1.doc","role":"RAW"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260606.d6190df0","additional_details":"यो The Himalayan Times को समाचार लेखले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोरण बहादुर कार्कीविरुद्ध विशेष अदालतमा दायर गरेको स्रोत नखुलेको सम्पत्ति आर्जनसम्बन्धी अभियोगको सार्वजनिक प्रतिवेदनका रूपमा रहेको हुँदा यो प्राथमिक अभिलेख नभई समर्थनकारी पृष्ठभूमि सामग्री हो। यसले कार्कीले वैध आय रु. १ करोड भन्दा बढी मात्र पुष्टि गर्न सकेको र करिब रु. ४ करोड ६० लाख स्रोत नखुलेको सम्पत्ति श्रीमती उर्मिला थापा कार्कीसमेतको नाममा घर, जग्गा, शेयर र बैंक मौज्दातमा राखेको भन्ने मुख्य आरोपलाई बाह्य स्रोतबाट समर्थन गर्दछ।","material":{"display_name":"Government official held for accumulating illegal property worth Rs 46mn - The Himalayan Times - Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest Politics, Business, World, Sports, Entertainment, Travel, Life Style News","material_type":"news","urls":[{"link":"https://thehimalayantimes.com/nepal/government-official-held-for-accumulating-illegal-property-worth-rs-46mn","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/defb5190946932e8925d305dd0e6bfc22dca00a72e832e95077d70c7e087ac59.md","role":"MARKDOWN"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/080-cr-0032"],"missing_details":"१. यस मुद्दाको आरोपपत्र सार्वजनिक भएको छैन भने यसमा उल्लिखित विवरणहरु विशेष अदालतको फैसलामा आधारित छन्।\n२. उक्त फैसला उपर पुनरावेदन परेको वा नपरेको यकिन गर्न सकिएको छैन।","bigo":46738780,"weight":0,"versionInfo":{"action":"published","datetime":"2026-08-11T08:59:07.515597+00:00"},"created_at":"2026-05-05T20:31:00.361577+05:45","updated_at":"2026-09-03T10:02:17.290457+05:45"}