{"id":84,"slug":"single-woman-allowance-fraud-case-080-cr-0071","public_iri":"https://jawafdehi.org/case/single-woman-allowance-fraud-case-080-cr-0071","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"जीवित श्रीमान्‌लाई मृत देखाई रु. ४५,२२० एकल महिला भत्ता: वडा सचिव शिव कुमार महतो विरुद्ध मुद्दा (080-CR-0071)","short_description":"जीवित श्रीमानको मृत्यु दर्ता गराई एकल महिला सामाजिक सुरक्षा भत्ता प्राप्त गरिएको आरोपमा दायर भएको यस मुद्दामा झुट्टा सरकारी अभिलेख तयार गर्ने र त्यसको आधारमा सरकारी सुविधा प्राप्त गर्ने कार्यको वैधतामाथि विवाद उठेको थियो। विशेष अदालतले तत्कालीन वडा सचिव र लाभग्राही दुवैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुरदार ठहर गर्दै सजाय गरेको थियो।","authors":[{"slug":"sambhav-koirala","display_name":"Sambhav Koirala","name_ne":"सम्भव कोइराला","photo_url":"https://jawafdehi.org/assets/teammembers/sambhav.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-08-04","public_edit_history":[],"public_notes":"Case Drafted by Sambhav Koirala\nInitially published on 2026-08-04","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/2aba6ccd30c83038d51a82f319ec1f3a9ffddbdf98352b6106a3ed1cb4af8dfc.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/c63b83e2e62b1338a71fb7e74f275fe4ff811ad08dac8683350765ad9345db3a.webp 400w, https://s3.jawafdehi.org/case_uploads/6bf7581549bf7bd7eb5ce024fcc51cfd2bb70bef7fef48f80f3bcf27b2eb8a85.webp 800w, https://s3.jawafdehi.org/case_uploads/2aba6ccd30c83038d51a82f319ec1f3a9ffddbdf98352b6106a3ed1cb4af8dfc.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/ee71f2ec0aab39824dd295771b3e98f5c10b4a9997769900c8cc5a33117dd3fb.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/93509db2ec8edc227dd76a8ce6cfc4e73f9b0a3b60e0a061b8370f54fb0c40a9.webp 640w, https://s3.jawafdehi.org/case_uploads/644356ccc1d9a41ba0726297ee348c9e4b40587c24f182de6874919b28cc33b5.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/ee71f2ec0aab39824dd295771b3e98f5c10b4a9997769900c8cc5a33117dd3fb.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":410,"banner_image_id":325,"thumbnail_url":"","banner_url":"","case_start_date":"2023-11-24","case_end_date":"2024-02-13","dates":{"stages":[{"end":"2024-02-13","stage":"initial","start":"2023-11-24","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/080-cr-0071"},{"stage":"appeal","courtcase_iri":"https://jawafdehi.org/courtcase/supreme/081-cr-1075"}]},"status":"ongoing","case_track":null,"status_override":null,"proceedings_started_on":"2023-11-24","proceedings_decided_on":null,"appeal_verdicts":{"https://jawafdehi.org/courtcase/supreme/081-cr-1075":null},"appeal_parties":{"https://jawafdehi.org/courtcase/supreme/081-cr-1075":["https://jawafdehi.org/entity/person/siva-kumara-mahato-eb7113"]},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/related/keshav-kumar-roka","display_name":"Keshav Kumar Roka","entity_type":"Person","type":"related","outcome":null,"notes":"तत्कालीन वडा अध्यक्ष, मन्थली न.पा. वडा नं. ३","name":{"en":"Keshav Kumar Roka","ne":"केशव कुमार रोका"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/related/nepal-investment-mega-bank","display_name":"Nepal Investment Mega Bank","entity_type":"Organization","type":"related","outcome":null,"notes":"भत्ता रकम जम्मा भएको बैंक खाता रहेको बैंक","name":{"en":"Nepal Investment Mega Bank","ne":"नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/ramababu-khatri-3da872","display_name":"Rambabu Khatri","entity_type":"Person","type":"related","outcome":null,"notes":"निर्मला खत्रीका श्रीमान् — जीवित हुँदाहुँदै मृत्यु दर्ता गरिएका व्यक्ति","name":{"en":"Rambabu Khatri","ne":"रामबाबु खत्री"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/manthali-nagarapalika-vada-nam-3-6b57cf","display_name":"Manthali Municipality Ward No. 3","entity_type":"Place","type":"related","outcome":null,"notes":"झुटो मृत्यु दर्ता तथा भत्ता परिचयपत्र जारी भएको वडा कार्यालय","name":{"en":"Manthali Municipality Ward No. 3","ne":"मन्थली नगरपालिका वडा नं. ३"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/nirmala-khatri-230178","display_name":"Nirmala Khatri","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"एकल महिला भत्ता प्राप्त गर्ने लाभग्राही — रामबाबु खत्रीकी श्रीमती","name":{"en":"Nirmala Khatri","ne":"निर्मला खत्री"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/siva-kumara-mahato-eb7113","display_name":"Shiv Kumar Mahto","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"तत्कालीन वडा सचिव तथा स्थानीय पञ्जिकाधिकारी, मन्थली न.पा. वडा नं. ३","name":{"en":"Shiv Kumar Mahto","ne":"शिव कुमार महतो"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/localunit/manthali-municipality-31005","display_name":"Manthali Municipality","entity_type":"AdministrativeArea,jawafdehi:Municipality","type":"location","outcome":null,"notes":"","name":{"en":"Manthali Municipality","ne":"मन्थली नगरपालिका"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/ramechhap-np0321","display_name":"Ramechhap","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Ramechhap","ne":"रामेछाप"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/province/bagmati-np03","display_name":"Bagmati Province","entity_type":"AdministrativeArea,jawafdehi:Province","type":"location","outcome":null,"notes":"","name":{"en":"Bagmati Province","ne":"वाग्मती प्रदेश"},"image":null}],"tags":["CIAA","Corruption","Local Government","Public Office Abuse","Forged Documents","Illegal Property Acquisition","Bagmati","~45 Hazar"],"description":"### क) अभियोगदावीको सार\n\nजिल्ला रामेछाप, मन्थली नगरपालिका वडा नं. ३ बस्ने रामबाबु खत्री जीवितै रहेको अवस्थामा निजकी श्रीमती निर्मला खत्रीले श्रीमानको मृत्यु भइसकेको भनी झुट्टा विवरण पेश गरी सामाजिक सुरक्षा भत्ता (एकल महिला/विधवा भत्ता) दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। अनुसन्धानका क्रममा मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव शिव कुमार महतोले जीवितै रहेका व्यक्तिको मृत्यु दर्ता अभिलेख चढाएर सामाजिक सुरक्षा भत्ताको गलत लिखत तयार पारेको आरोप आयोगले लगाएको थियो। सोही झुट्टा लिखतका आधारमा प्रणालीमा नाम दर्ता गराई निर्मला खत्रीले आर्थिक वर्ष २०७८/०७९ देखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खातामार्फत पटक-पटक गरी जम्मा रु. ४५,२२०|- भत्ता बापत प्राप्त गरेकी र उक्त रकममध्ये रु. २१,२८०|- निजले झिकेर उपभोग गरिसकेकी तथ्य अनुसन्धानले देखाएको थियो। बाँकी रु. २३,९४०|- भने अनुसन्धानको क्रममा खाता रोक्का राखी पछि नगरपालिकाको राजश्व खातामा जम्मा गरिएको थियो।\n\nयस घटनामा तत्कालीन वडा सचिव शिव कुमार महतोले राष्ट्रसेवकको पदमा रही जीवित व्यक्तिलाई मृत देखाई गलत लिखत तयार गरेको र सार्वजनिक सम्पत्ति/रकम हिनामिना तथा हानि-नोक्सानी पुर्‍याएकाले निजलाई मुख्य कसुरदार मानि आरोपपत्र दायर गरिएको थियो भने निज प्रतिवादीहरु उपर निम्‍न बमोजिमको मागदाबी लिइएको थियोः\n\n\n| प्रतिवादी | भूमिका/अभियोग | बिगो | मागदाबी |\n|---|---|---|---|\n| शिव कुमार महतो | मुख्य कसुरदार; दफा १७ (सार्वजनिक सम्पत्ति हानिनोक्सानी) र दफा ९ (गलत लिखत तयारी) | रु. ४५,२२० | दफा १७ बमोजिम बिगो कायम गरी दफा ३(१)(ख) बमोजिम कैद, दफा ३(१) बमोजिम जरिबाना र दफा १७ बमोजिम बिगो असुल; साथै दफा ९ बमोजिम सजाय |\n| निर्मला खत्री | मतियार (दफा २२) | रु. ४५,२२० | दफा १७ र दफा ९ का कसुरमा मतियार ठहर गरी दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदार सरह सजाय र बिगो असुल |\n\n### ख) बयानको सार\n\n| क्र.सं. | व्यक्तिको नाम | बयान / जिकिरको सार |\n|--------|---------------|----------------------|\n| १ | रामबाबु खत्री (श्रीमान) | श्रीमतीले अपाङ्गता कार्ड बनाइदिन वडा सचिवलाई भनेकी, पछि अपाङ्गता भत्ता नभई एकल महिला (विधवा) भत्ता निकालेको कुरा थाहा पाएको, आफूले श्रीमतीलाई उक्त भत्ता लिन नलगाएको, कुनै सहयोग वा रकम नदिएको तथा विषय सार्वजनिक भएपछि मात्र वास्तविकता थाहा पाएको। |\n| २ | निर्मला खत्री (प्रतिवादी) | आफूले अपाङ्गता भत्ता मागेकी भए पनि वडा सचिवले एकल महिला भत्ता मिलाइदिएको, श्रीमानलाई जानकारी नदिई तीन पटक गरी रु. २१,२८० निकालेको, वडा सचिव शिवकुमार महतोले पहिलो किस्ताबाट आर्थिक सहयोग मागेकाले रु. ६,००० दिएको, आफूले कुनै निवेदन नदिएको तथा सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गराउन नगएको। |\n| ३ | शिवकुमार महतो (प्रतिवादी, तत्कालीन वडा सचिव) | निर्मला खत्रीले स्वयं उपस्थित भई श्रीमानको मृत्यु भएको भनी आवश्यक कागजात पेश गरेपछि मृत्यु दर्ता तथा सामाजिक सुरक्षा प्रक्रिया अघि बढाइएको, त्यतिबेला वडा समितिको सिफारिस गर्ने कानुनी प्रक्रिया र अभ्यासबारे जानकारी नभएको, मृत्यु दर्ता, अभिलेख तथा सामाजिक सुरक्षा परिचयपत्रमा रहेको हस्ताक्षर आफ्नै भएको। |\n| ४ | यमुना सुवेदी (तत्कालीन वडा सचिव) | आफू कार्यरत रहँदा निर्मला खत्रीको सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरेको र आवश्यक कागजात तथा कार्यालयको मृत्यु दर्ता अभिलेखका आधारमा नवीकरण गरिएको, श्रीमान जीवित हुँदाहुँदै एकल महिला भत्ता लिएको कुरा आफूलाई जानकारी नभएको। |\n| ५ | केशवकुमार रोका (तत्कालीन वडा अध्यक्ष) | नैतिक जिम्मेवारी स्वीकार गरे पनि कानुनी रूपमा निर्मला खत्रीले झुटा विवरण पेश गरी भत्ता लिएको कुरा पछि मात्र थाहा पाएको, सामाजिक सुरक्षा भत्तासम्बन्धी कागजात तयार गर्ने तथा प्रक्रिया पूरा गर्ने जिम्मेवारी वडा सचिव/स्थानीय पञ्जिकाधिकारीको हुने। |\n| ६ | शिवकुमार महतो (विशेष अदालतमा बयान) | निर्मलाले स्वयं झुटो मृत्यु सूचना फाराम भरी सहिछाप गरेपछि मृत्यु दर्ता गरिएको र त्यसकै आधारमा एकल महिला परिचयपत्र तथा अनलाइन प्रविष्टि गरिएको, श्रीमान जीवित रहेको जानकारी आफूलाई नभएको, कुनै मिलेमतो वा व्यक्तिगत लाभ नलिएको तथा निर्मलाले लिएको रकम फिर्ता भइसकेकाले सार्वजनिक सम्पत्तिको हानि नभएको। |\n| ७ | निर्मला खत्री (विशेष अदालतमा बयान) | आफूले अपाङ्गता भत्ता पाउने विश्वासमा भत्ता लिएको, एकल महिला भत्ता भएको थाहा नभएको, आफू अशिक्षित भएकाले परिचयपत्रको प्रकृति नबुझेको र उजुरीपछि सम्पूर्ण रकम फिर्ता गरिसकेको, झुटा कागजात बनाउन नलगाएको तथा अन्जानवश गल्ती भएको। |\n\n### ग) विशेष अदालतको फैसलाको सार\n\n| प्रतिवादी | विशेष अदालतको फैसलाको सार | सजाय |\n|-----------|---------------------------|--------|\n| **शिव कुमार महतो (तत्कालीन वडा सचिव)** | विशेष अदालतले प्रतिवादी शिव कुमार महतोले जीवित व्यक्ति रामबाबु खत्रीको मृत्यु भएको भनी झुट्टा मृत्यु दर्ता अभिलेख तयार गरेको, सोही आधारमा निर्मला खत्रीलाई एकल महिला सामाजिक सुरक्षा परिचयपत्र जारी गरी बदनियतपूर्वक गलत सरकारी लिखत तयार गरेको ठहर गरेको थियो। यसबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर पुष्टि भएको निष्कर्ष निकालेको थियो। यद्यपि सामाजिक सुरक्षा भत्ताबापत प्राप्त रकम मुद्दा दायर हुनुअघि नै राजस्वमा फिर्ता भइसकेकाले बिगो पुनः असुल गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको थियो। | **भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम ३ महिना कैद र रु. १०,००० जरिबाना।** |\n| **निर्मला खत्री** | विशेष अदालतले प्रतिवादी निर्मला खत्रीले आफ्नो पति जीवित हुँदाहुँदै मृत्यु भएको भनी झुट्टा विवरण पेश गरी गलत मृत्यु दर्ता तथा एकल महिला सामाजिक सुरक्षा परिचयपत्र बनाउन सहयोग गरेको र सोही आधारमा सामाजिक सुरक्षा भत्ता प्राप्त गरेको ठहर गरेको थियो। यस कार्यमा उनी मुख्य कसुरदार शिव कुमार महतोको मतियार रहेको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम कसुरदार ठहर गरेको थियो। साथै उनले प्राप्त भत्ता मुद्दा दायर हुनुअघि नै राजस्वमा फिर्ता गरिसकेकाले थप बिगो असुल गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरेको थियो। | **भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम ३ महिना कैद र रु. १०,००० जरिबाना।** |\n\n### पुनरावेदन\n\nउक्त फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको छ। उक्त पुनरावेदन (मुद्दा नं. ०८१-CR-१०७५) हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।","key_allegations":["मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव शिव कुमार महत्तोले निर्मला खत्रीसँग मिलेमतो गरी जीवित व्यक्तिलाई मृत घोषित गर्ने गलत मृत्यु दर्ता अभिलेख र एकल महिला सामाजिक सुरक्षा भत्ता परिचयपत्र तयार गराई नेपाल सरकारलाई रु. ४५ हजार २२० हानिनोक्सानी पुर्‍याएको।","शिव कुमार महत्तोले मृत्युको सूचना फारम प्रविष्ट गर्दा सूचनाको आधिकारिकता छानबिन नगरी र कानूनबमोजिम आवश्यक कागजात संलग्न नगरी गलत लिखत तयार गराएको।"],"timeline":[{"date":"2021-06-03","title":"रामबाबु खत्रीको झुटो मृत्यु मिति दाबी","date_bs":"2078-02-20","description":"जीवितै रहेका रामबाबु खत्रीको मिति २०७८/०२/२० मा मृत्यु भएको भनी निर्मला खत्रीले दाबी गरेको — वास्तवमा निज जीवितै थिए।"},{"date":"2021-07-05","title":"झुटो मृत्यु दर्ता प्रमाणपत्र तयार","date_bs":"2078-03-21","description":"वडा सचिव/स्थानीय पञ्जिकाधिकारी शिव कुमार महतोले निर्मला खत्रीको सूचनाको आधिकारिकता छानबिन नगरी जीवित रामबाबु खत्रीको मृत्यु दर्ता गराई गलत लिखत तयार गरेको (मृत्यु दर्ता अभिलेख किताब दर्ता नं. १०००५)।"},{"date":"2021-09-06","title":"एकल महिला भत्ता परिचय पत्र जारी","date_bs":"2078-05-21","description":"निर्मला खत्रीले सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र (नं. २०३८०३१५०४६१४) प्राप्त गरेको; शिव कुमार महतोले प्रमाणित गरेको र परिचय पत्रमा पतिको नाम उल्लेख नभएको।"},{"date":"2021-10-01","title":"एकल महिला भत्ता किस्ता प्राप्ति (रु.४५,२२०)","date_bs":"2078-06-15","end_date":"2023-01-29","description":"आ.व. २०७८/०७९ को पहिलो त्रैमासिकदेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक खातामा (०४३०५२५०२५३९८७) ६ किस्तामा कुल रु.४५,२२०/- एकल महिला भत्ता जम्मा भएको; मध्ये रु.२१,२८० झिकिएको।","end_date_bs":"2079-10-15"},{"date":"2022-09-27","title":"एकल महिला परिचय पत्र नवीकरण","date_bs":"2079-06-11","description":"निर्मला खत्रीले एकल महिला परिचय पत्र नवीकरण गराएको; मृत्यु दर्ता प्रमाणपत्र पेश नभए पनि वडा सचिव यमुना सुवेदीले किताब अभिलेखबाट एकिन गरी नवीकरण गरेको।"},{"date":"2023-02-04","title":"जीवित रामबाबु खत्रीको निवेदन","date_bs":"2079-10-21","description":"जीवितै रहेका रामबाबु खत्रीले मन्थली नगरपालिकामा निवेदन दिएपछि झुटो मृत्यु दर्ता र भत्ता प्रकरण उजागर भएको।"},{"date":"2023-03-26","title":"अख्तियारमा उजुरी दर्ता","date_bs":"2079-12-12","description":"जीवित व्यक्तिको मृत्यु दर्ता गराई श्रीमतीलाई एकल महिला भत्ता खुवाएको भन्ने उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता (उजुरी दर्ता नं. ७९८०-C-०४९७४२)।"},{"date":"2023-09-23","title":"बिगो रकम राजश्व खातामा दाखिला","date_bs":"2080-06-06","description":"निर्मला खत्रीले मिति २०८०/०६/०६ मा बेरुजु खातामा रु.२२,५०० जम्मा गरेको र रोक्का रु.२३,९४० मिति २०८०/०७/१३ मा राजश्व खातामा दाखिला भएको; यसरी बिगो मुद्दा दायर हुनुअघि नै राजश्वमा दाखिला भएको।"},{"date":"2023-11-24","title":"विशेष अदालतमा आरोपपत्र दायर र प्रेस विज्ञप्ति","date_bs":"2080-08-08","description":"अख्तियारले शिव कुमार महतो र निर्मला खत्रीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम बिगो रु.४५,२२०/- कायम गरी दफा ३(१)(ख), दफा ९ र दफा २२ बमोजिम सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरी सोही दिन प्रेस विज्ञप्ति जारी गरेको।"},{"date":"2024-02-13","title":"विशेष अदालतको फैसला — दुवै प्रतिवादी दोषी","date_bs":"2080-11-01","description":"विशेष अदालत (इजलास नं.१) ले शिव कुमार महतोलाई दफा ९ बमोजिम झुटा लिखत तयार गरेकोमा ३ महिना कैद र रु.१०,००० जरिबाना, र निर्मला खत्रीलाई दफा २२ को मतियारका रूपमा ३ महिना कैद र रु.१०,००० जरिबाना ठहर्‍यायो; बिगो रकम पहिले नै राजश्वमा दाखिला भइसकेकोले थप बिगो असुल माग गरिएन।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/ciaa_press_release/2504","additional_details":"यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोपपत्र दायरसम्बन्धी प्रेस विज्ञप्ति यस मुद्दा (080-CR-0071) को प्राथमिक अभिलेख हो, जसले शिव कुमार महतो र निर्मला खत्रीविरुद्ध जीवित व्यक्तिलाई मृत देखाई गलत मृत्यु दर्ता तथा एकल महिला सामाजिक सुरक्षा भत्ता परिचयपत्र बनाई नेपाल सरकारलाई रु. ४५,२२० हानिनोक्सानी पुर्‍याएको मूल आरोप र माग दाबीलाई सोझै पुष्टि गर्दछ। यसले मिलेमतो, गलत लिखत तयारी र विगो रकमसम्बन्धी सबै प्रमुख आरोपहरूमा प्रत्यक्ष आधिकारिक आधार प्रदान गर्ने हुँदा यो पूरक नभई केन्द्रीय अभियोग दस्तावेजका रूपमा रहन्छ।","material":{"display_name":"जिल्ला रामेछाप, मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव शिव कुमार महत्तोसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।","material_type":"press_release","urls":[{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2504. जिल्ला रामेछाप, मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव शिव कुमार महत्तोसमेत २ ज - 2.pdf","role":"RAW"},{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2504. जिल्ला रामेछाप, मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव शिव कुमार महत्तोसमेत २ ज - 1.doc","role":"ALTERNATE"},{"link":"https://ciaa.gov.np/pressrelease/2504","role":"SOURCE_PAGE"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/special.080-cr-0071","additional_details":"यो फैसला यस मुद्दाका तीनवटै मुख्य अभियोग — झुठो मृत्यु दर्ता अभिलेख र एकल महिला भत्ता परिचयपत्र तयार गरी रु.४५,२२० हानिनोक्सानी पुर्‍याएको, सूचनाको आधिकारिकता नजाँची गलत लिखत तयार गराएको, र निर्मला खत्रीले गलत सूचना दिई सहयोग गरेको — सबैमा प्रत्यक्ष न्यायिक निरूपण देखाउने प्राथमिक अभिलेख हो। यसले आरोपका तथ्य, प्रमाणको विवेचना र दुवै प्रतिवादीउपरको कसुर ठहर तथा सजायलाई प्रमाणित गर्ने सर्वाधिक भार बोक्ने स्रोत हो।","material":{"display_name":"Special Court verdict: 080-CR-0071 · Loss and damage","material_type":"court_order","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/court-orders/special/080-CR-0071.1.doc","role":"RAW"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260608.3d5297e0","additional_details":"पल पलको खबर अनलाइनमा प्रकाशित यो समाचार रिपोर्ट यस मुद्दाको लागि गौण/पुष्ट्याइँ गर्ने पृष्ठभूमि सामग्री हो, जसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जीवित श्रीमान्‌लाई मृत देखाई एकल महिला भत्ता लिएको आरोपमा वडा सचिव शिव कुमार महतो र निर्मला खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको तथा रु. ४५,२२० विगो ठहर गरिएको कुराको सार्वजनिक अभिलेखको रूपमा सूचना दिन्छ। यो प्राथमिक कागजात (मृत्यु दर्ता वा अभियोगपत्र) नभई पत्रकारिता स्रोत भएकाले मुद्दा दर्ता र विगो रकमसम्बन्धी मुख्य आरोपहरूको समाचारगत पुष्टिका लागि मात्र सहायक प्रमाणका रूपमा रहन्छ।","material":{"display_name":"मन्थली नगरका वडा सचिव महतो बिरुद्ध भ्रष्टाचार मुद्धा दर्ता - पल पलको खबर","material_type":"news","urls":[{"link":"https://palpalkokhabar.com/artha-banijya/1431","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/5c3cd450652382ae72ee136ff5b359d91150fd4ebad13ce9167fa048a42ffdb3.md","role":"MARKDOWN"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/080-cr-0071","https://jawafdehi.org/courtcase/supreme/081-cr-1075"],"missing_details":"अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अभियोगपत्रको पूर्णपाठ\nप्रस्तुत मुद्दामा उल्लेख भएका विवरण अख्तियारले जारी गरेको प्रेस विज्ञप्ति र विशेष अदालतको फैसलामा आधारित छन्।","bigo":45220,"weight":0,"versionInfo":{"action":"published","datetime":"2026-08-04T12:55:51.749053+00:00"},"created_at":"2026-05-05T20:33:12.780739+05:45","updated_at":"2026-10-05T17:47:35.721914+05:45"}