{"id":65,"slug":"simkhet-padamghat-road-ganeshman-080-cr-0162","public_iri":"https://jawafdehi.org/case/simkhet-padamghat-road-ganeshman-080-cr-0162","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"सिमखेत–पादमघाट सडकमा नबनेको कामको रु. ३८.७६ लाख भुक्तानी: निमित्त प्र.प्र.अ. गणेशमान सिंह विरुद्ध मुद्दा (080-CR-0162)","short_description":"सिमखेतदेखि पादमघाटसम्मको सडक निर्माणका क्रममा भएको अनियमिततासँग जोडिएको यो मुद्दा कालीकोटको महावै गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, इन्जिनियर, लेखापाल, उपभोक्ता समितिका पदाधिकारीलगायतका व्यक्तिहरू विरुद्ध दायर गरिएको थियो। आर्थिक वर्ष २०७५/०७६ मा सडक निर्माण गर्दा वास्तविक रूपमा भएको कामभन्दा बढी परिमाण देखाएर र नक्कली बिल-भरपाई तथा नापी किताब तयार गरी ३८ लाख बढीको रकम झिकी सरकारी सम्पत्ति हानिन नोक्सानी पुर्‍याएको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको थियो। यस भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्रतिवादीहरूलाई सफाइ दिए तापनि, सो फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ।","authors":[{"slug":"sambhav-koirala","display_name":"Sambhav Koirala","name_ne":"सम्भव कोइराला","photo_url":"https://jawafdehi.org/assets/teammembers/sambhav.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-07-22","public_edit_history":[],"public_notes":"Case Drafted by Sambhav Koirala\nCase initially published on 2026-07-22","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/8375fe54b01f0408f31340b9f6b1870d54abf7324e54b030f03c8c9b4fe76eff.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/c7b145df6bb03e1a0851a71fea2223df5df0b0f0986173069168e36c9077ebda.webp 400w, https://s3.jawafdehi.org/case_uploads/7be373610367c6885b3e61ac01aa9ed5c91eaf5a8e327c524b723f4181db5ebf.webp 800w, https://s3.jawafdehi.org/case_uploads/8375fe54b01f0408f31340b9f6b1870d54abf7324e54b030f03c8c9b4fe76eff.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/3f0db957c525fb62803529b06020982503dc49378e028a48f188cdbd48996b78.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/b6c3d91641170e850529cb1b084811ebe542d1d965b396004dcbf04c659340bc.webp 640w, https://s3.jawafdehi.org/case_uploads/5b9b3f6449729153bc36f4feb6645cc0590c1e99a79185efc3f1832eab76e9df.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/3f0db957c525fb62803529b06020982503dc49378e028a48f188cdbd48996b78.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":408,"banner_image_id":324,"thumbnail_url":"","banner_url":"","case_start_date":"2024-04-25","case_end_date":"2024-09-03","dates":{"stages":[{"end":"2024-09-03","stage":"initial","start":"2024-04-25","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/080-cr-0162"}]},"status":"concluded","case_track":null,"status_override":null,"proceedings_started_on":"2024-04-25","proceedings_decided_on":"2024-09-03","appeal_verdicts":{},"appeal_parties":{},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/person/rudra-bahadur-oli-208595","display_name":"Rudra Bahadur Wali","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"तत्कालीन इन्जिनियर, महावै गाउँपालिका","name":{"en":"Rudra Bahadur Wali","ne":"रुद्र बहादुर वली"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/ganesh-man-singh-q3429358","display_name":"Ganeshman Singh","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, महावै गाउँपालिका","name":{"en":"Ganeshman Singh","ne":"गणेशमान सिंह"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/hari-prasad-pandey-ward-50801-8","display_name":"Hari Prasad Pandey","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"तत्कालीन सब-इन्जिनियर, महावै गाउँपालिका","name":{"en":"Hari Prasad Pandey","ne":"हरि प्रसाद पाण्डेय"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/gaukala-simha-5cd9ad","display_name":"Gaukla Singh","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"तत्कालीन वडाध्यक्ष, वडा नं. २","name":{"en":"Gaukla Singh","ne":"गौकला सिंह"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/akala-sunara-e2ad85","display_name":"Akal Sunar","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"उपभोक्ता समितिका अध्यक्ष","name":{"en":"Akal Sunar","ne":"अकल सुनार"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/jarmakala-kaphle-0c9ab0","display_name":"Jarmakala Kafle","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"उपभोक्ता समितिकी कोषाध्यक्ष","name":{"en":"Jarmakala Kafle","ne":"जर्मकला काफ्ले"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/dadhi-kami-5e71ef","display_name":"Dadhi Kami","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"उपभोक्ता समितिका सचिव","name":{"en":"Dadhi Kami","ne":"दधि कामी"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/malim","display_name":"Malim Rawat","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"तत्कालीन लेखापाल, महावै गाउँपालिका","name":{"en":"Malim Rawat","ne":"मलिम रावत"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/manaraja-sahi-6dceb2","display_name":"Manraj Shahi","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक","name":{"en":"Manraj Shahi","ne":"मनराज शाही"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/localunit/mahawai-gaunpalika-60508","display_name":"Mahavai Rural Municipality","entity_type":"AdministrativeArea,jawafdehi:RuralMunicipality","type":"location","outcome":null,"notes":"योजना स्वीकृत गरी भुक्तानी दिने स्थानीय तह","name":{"en":"Mahavai Rural Municipality","ne":"महावै गाउँपालिका"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/simakhetadekhi-padamaghatasamma-sadaka-n-20516c","display_name":"Simkhet to Padamghat Road Construction Consumer Committee","entity_type":"Organization","type":"related","outcome":null,"notes":"सडक निर्माणको जिम्मा पाएको उपभोक्ता समिति","name":{"en":"Simkhet to Padamghat Road Construction Consumer Committee","ne":"सिमखेतदेखि पादमघाटसम्म सडक निर्माण उपभोक्ता समिति"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/kalikot-np0664","display_name":"Kalikot","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Kalikot","ne":"कालिकोट"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/province/karnali-np06","display_name":"Karnali Province","entity_type":"AdministrativeArea,jawafdehi:Province","type":"location","outcome":null,"notes":"","name":{"en":"Karnali Province","ne":"कर्णाली प्रदेश"},"image":null}],"tags":["CIAA","Corruption","Local Government","Infrastructure","Embezzlement","Forged Documents","Karnali"],"description":"### क) अभियोगदावीको सार\n\nअख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिति २०८१-०१-१३ मा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो। आरोपपत्रको र अभियोगदाबीको सार निम्न बमोजिम छन्ः\n\n**१.** महावै गाउँपालिका, कालिकोटले आ.व. २०७५/०७६ मा सिमखेतदेखि पादमघाटसम्म उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा कार्यसम्पन्न प्रतिवेदन/नापी किताबमा सडकको लम्बाइ **८२० मिटर**, चौडाइ **४ मिटर** र कडा चट्टान (Hard Rock) काटिएको परिमाण **२०४५ घनमिटर** उल्लेख गरिएको थियो। तर फिल्ड नापजाँचमा वास्तविक लम्बाइ **५२० मिटर**, औसत चौडाइ **३.७ मिटर** र कडा चट्टान काटिएको परिमाण **१६९.८० घनमिटर** मात्र देखिएको।\n\n**२.** यसरी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी नभएको कामको रु.३८,७६,२७०।– (अठ्तीस लाख छयहत्तर हजार दुई सय सत्तरी रुपैयाँ) बढी भुक्तानी गराई सम्बद्ध प्रतिवादीहरूले आफूलाई गैरकानूनी लाभ र गाउँपालिकालाई हानि पुर्‍याएको।\n\n**३.** तत्कालीन इन्जिनियर रुद्रबहादुर वली र सब-इन्जिनियर हरिप्रसाद पाण्डेयले फिल्डमा भएको कामभन्दा बढी परिमाण देखिने गरी गलत प्राविधिक मूल्याङ्कन र प्रतिवेदन तयार पारेको।\n\n**४.** तत्कालीन उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही र वडा नं. २ का तत्कालीन वडाध्यक्ष गौकला सिंहले वास्तविक कामको अवस्था नजाँची अनुगमन तथा सिफारिस प्रक्रियामा गलत विवरणलाई समर्थन गरेको।\n\n**मागदाबी** \n\nविवादित बिगो रु.३८,७६,२७०।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत देहायबमोजिम सजायको मागदाबी लिइएको छ:\n\n| प्रतिवादी | भूमिका/अभियोग | बिगो (रु.) | मागदाबी |\n| --------- | ------------- | ---------- | ------- |\n| गणेशमान सिंह | तत्कालीन निमित्त प्र.प्र.अ. | ३८,७६,२७० | दफा ८(१)(ङ) कसुरमा दफा ८(१) बमोजिम कैद, जरिवाना र बिगो असुलउपर |\n| मलिम रावत | लेखापाल | ३८,७६,२७० | दफा ८(१)(ङ) कसुरमा दफा ८(१) बमोजिम कैद, जरिवाना र बिगो असुलउपर |\n| रुद्रबहादुर वली | तत्कालीन इन्जिनियर | ३८,७६,२७० | दफा ८(१)(ङ) तथा गलत प्रतिवेदन दिएकोमा दफा १९(२) बमोजिम कैद र जरिवाना |\n| हरिप्रसाद पाण्डेय | सब-इन्जिनियर | ३८,७६,२७० | दफा ८(१)(ङ) तथा दफा १९(२) बमोजिम कैद र जरिवाना |\n| मनराज शाही | तत्कालीन उपाध्यक्ष/अनुगमन संयोजक | – | दफा १९(२) बमोजिम कैद र जरिवाना |\n| गौकला सिंह | तत्कालीन वडाध्यक्ष, वडा नं. २ | – | दफा ८(३) बमोजिम सजाय |\n| अकल सुनार | उपभोक्ता समिति अध्यक्ष | ३८,७६,२७० | दफा ८(४) बमोजिम सजाय र बिगो जफत |\n| जर्मकला काफ्ले | उपभोक्ता समिति कोषाध्यक्ष | ३८,७६,२७० | दफा ८(४) बमोजिम सजाय र बिगो जफत |\n| दधि (ददी) कामी | उपभोक्ता समिति सचिव | ३८,७६,२७० | दफा ८(४) बमोजिम सजाय र बिगो जफत |\n\n### ख) प्रतिवादीको बयानको सार\n\nसबै प्रतिवादीहरुले आफू माथि लागेको अनियमितता गरेको भन्‍ने आरोप इन्कार गरेको देखिन्छ। यी प्रतिवादीहरुको बयानको मुख्य व्यहोरा कालिकोटको कडा चट्टानी भूगोलमा मान्छेले सडक बनाउन असम्भव भएकाले प्राविधिक इस्टिमेट र सम्झौताबमोजिम डोजर/मेसिनबाट निर्माण भएको, सडक नखु पहिरोदेखि सुरु भई रक्साड खोलासम्म करिब १ कि.मि. बनेको, आयोगको टोलीले काम सम्पन्न भएको ३/४ वर्षपछि सुरु बिन्दु (नखु पहिरो) र अन्तिम बिन्दु (रक्साड खोला) नभई बीचको भाग मात्र नापजाँच गरेको र वर्षा/पहिरोले गरेको क्षति यकिन नगरी अधुरो मुचुल्का तयार गरेको, घर भत्किने/जग्गा मिचिने मुआब्जा विवाद र राजनीतिक रिसइवीका कारण उजुरी परेको भन्‍ने रहेको छ।\n\n| क्र.सं | प्रतिवादी | भूमिका | बयानको सार |\n| ------ | --------- | ------ | ---------- |\n| १ | गणेशमान सिंह | निमित्त प्र.प्र.अ. | अनियमितता इन्कार, सम्झौता र इस्टिमेटबमोजिम मेसिनबाट काम भएको, प्राविधिक प्रतिवेदनकै आधारमा भुक्तानी टिप्पणी आदेश गरिएको जिकिर। |\n| २ | रुद्रबहादुर वली | इन्जिनियर | इन्कार, भूगोल अनुसार डोजरबाट काम भएको, मूल्याङ्कन वास्तविक कामअनुरूप भएको जिकिर। |\n| ३ | हरिप्रसाद पाण्डेय | सब-इन्जिनियर | इन्कार, फिल्डको काम अनुसार नापजाँच गरिएको, आयोगको पछिल्लो नापजाँच अधुरो भएको जिकिर। |\n| ४ | गौकला सिंह | वडाध्यक्ष, वडा नं. २ | इन्कार, वास्तविक काम भएको आधारमा वडा सिफारिस गरिएको जिकिर। |\n| ५ | अकल सुनार | उपभोक्ता समिति अध्यक्ष | इन्कार, सडक करिब १ कि.मि. बनेको, मेसिनबाट काम गराई कार्यसम्पन्न भएको जिकिर। |\n| ६ | जर्मकला काफ्ले | कोषाध्यक्ष | इन्कार, निर्माण कार्य वास्तविक रूपमा भएको र भुक्तानी सोही अनुसार लिइएको जिकिर। |\n| ७ | दधि (ददी) कामी | सचिव | इन्कार, काम सम्झौताबमोजिम भएको र मुचुल्का अधुरो/त्रुटिपूर्ण भएको जिकिर। |\n| ८ | मलिम रावत | लेखापाल | इन्कार, VAT लगायत रकम राजस्वमा दाखिला भइसकेको जिकिर। |\n| ९ | मनराज शाही | उपाध्यक्ष/अनुगमन संयोजक | इन्कार, अनुगमन समितिले स्थलगत अवस्था अनुसार प्रतिवेदन दिएको र राजनीतिक रिसइवीका कारण उजुरी परेको जिकिर। |\n\n### ग) विशेष अदालतको फैसलाको सार\n\nसम्मानित विशेष अदालतले मिति **२०८१-०५-१८** मा फैसला गरी **सबै ९ जना प्रतिवादीले आरोप दाबीबाट सफाइ पाउने** ठहर गरेको छ। विवादित बिगो रु.३८,७६,२७०।– अस्वीकृत भई कसैलाई कैद/जरिवाना/बिगो असुल नहुने निर्णय गरेको देखिन्छ। अदालतले आयोगको स्थलगत मुचुल्का र प्राविधिक प्रतिवेदनलाई **विश्वसनीय र भरपर्दो प्रमाण मान्न नसकिने** ठहर्‍याउँदै देहायका आधारमा फैसला गरेको देखिन्छः\n\n**१.** **सम्झौता र मुचुल्काको सुरु/अन्तिम बिन्दु नमिल्नु:** योजना सम्झौतामा “सिमखेतदेखि पादमघाटसम्म” सडक निर्माण भनिए पनि आयोगको स्थलगत मुचुल्का र प्राविधिक प्रतिवेदनमा “सिमखेतदेखि ओदा/रिखिढाँड मोडसम्म” मात्र उल्लेख भएको देखियो। अदालतले यही त्रुटिलाई प्रमाणको पहिलो ठूलो कमजोरी मानेको देखिन्छ।\n\n**२. वडा नं. २ मा भएको कामबारे मुचुल्का मौन रहनुः** यसरी प्राविधिक प्रतिवेदनमा सडकको सुरु बिन्दु मानिएको सिमखेत र अन्तिम बिन्दु मानिएको रिखी ढाँड मोड दुवै वडा नं ३ मा अवस्थित ठाउँहरु हुन्। यस बाहेक, वडा नं. २ मा सडक निर्माण भए वा नभएको सम्बन्धमा मुचुल्का पूर्णतः मौन रहेको छ। यसरी आयोगको टोलीले पूरै ट्र्याक नापजाँच नगरी बीचको भाग मात्र हेरेको देखिएकाले, वास्तविक लम्बाइ र कामको मात्रा निर्धारण भरपर्दो नभएको अदालतको निष्कर्ष रहेको देखिन्छ।\n\n**३. सडकको लम्बाइसम्बन्धी प्रतिवेदन र फिल्ड नापमा ठूलो अन्तरः** प्राविधिक प्रतिवेदनमा ८२० मिटर लम्बाइ उल्लेख भए पनि स्थलगत नापजाँचमा ५२० मिटर मात्र देखिएको थियो। अदालतले यत्रो अन्तरलाई सामान्य त्रुटि होइन, प्रतिवेदनको विश्वसनीयतामाथि प्रश्न उठाउने आधार मानेको देखिन्छ।\n\n**४. चौडाइको औसत गणना असंगत हुनुः** प्रतिवेदनमा सडकको चौडाइ ३ देखि ७ मिटरसम्म भनिएकोमा त्यसलाई औसत ३.७ मिटर निकालिएको थियो। अदालतले यस्तो गणना फिल्ड अवस्थासँग मेल नखाने भन्दै यसको प्राविधिक शुद्धता स्वीकार गर्न नसकेको देखिन्छ।\n\n**५.हार्ड रक कटिङको परिमाण आधारबिना घटाइनुः** सुरुको प्राविधिक प्रतिवेदनमा ९४४.२ घनमिटर हार्ड रक काम भएको उल्लेख भए पनि पछि त्यो १६९.३ घनमिटरमा झारिएको देखियो। अदालतले यति ठूलो संशोधन कुनै वस्तुनिष्ठ आधारबिना गरिएको भन्दै यसलाई अविश्वसनीय ठहर गरेको देखिन्छ।\n\n**६.** **साक्षीका बयानः** बुझिएका साक्षीहरूले सडक नखु पहिरोदेखि रक्साड खोलासम्म करिब ८/९ सय मिटरभन्दा बढी निर्माण भएको तथा मुचुल्का नपढी वा नसुनाई आफूहरूबाट सहीछाप गराइएको भनी बकपत्र गरेको देखिन्छ। साथै, वादी पक्षका साक्षी जनकराज पन्त र सरोज पौडेलले समेत आफूहरूले स्वतन्त्र रूपमा यथार्थ अवस्था परीक्षण नगरी उपस्थित व्यक्तिहरूले देखाएको आधारमा मात्र सडकको नापजाँच गरेको स्वीकार गरेको देखिन्छ।\n\n**७.** **VAT त्रुटि भए पनि राज्यलाई वास्तविक क्षति प्रमाणित नहुनुः** लेखापाल मलिम रावतको हकमा VAT गणनामा त्रुटि रहेको देखिए पनि उक्त रकम राजस्व खातामा विधिवत् दाखिला भइसकेको पुष्टि भएकाले राज्यलाई कुनै वास्तविक हानि–नोक्सानी पुगेको नदेखिएको ठहर गरेको देखिन्छ।\n\n### **घ) निष्कर्ष**\n\nअतः प्राविधिक प्रतिवेदनमा रहेका त्रुटि, अस्पष्टता तथा अपूर्णताका कारण त्यस्तो संशययुक्त प्रतिवेदनलाई मात्र आधार बनाई प्रतिवादीहरूको कसूर स्थापित गर्न पर्याप्त प्रमाण नपुग्‍ने निष्कर्षमा पुग्दै अदालतले सबै प्रतिवादीलाई आरोपित कसूरबाट **सफाइ** दिएको देखिन्छ। साथै, यस मुद्दाको फैसला पछि पुनरावेदनपत्र सर्वोच्च अदालतमा दर्ता भएको समेत देखिन्छ। (०८१-cr-२१३०)","key_allegations":["महावै गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहसहित प्राविधिक र लेखा कर्मचारीले आ.व. २०७५/०७६ मा सिमखेतदेखि पादमघाटसम्म सडक निर्माणमा वास्तविक ५२० मिटर सडकलाई ८२० मिटर र १६९.८० घनमिटर कडा चट्टान कटानलाई २०४५ घनमिटर देखाउने गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदनका आधारमा सम्बन्धित उपभोक्ता समितिलाई रु. ३८ लाख ७६ हजारभन्दा बढी भुक्तानी गराई गाउँपालिकालाई हानि पुर्‍याएको।","तत्कालीन इन्जिनियर रुद्रबहादुर वली र सब-इन्जिनियर हरिप्रसाद पाण्डेयले फिल्डमा भएको कामभन्दा बढी परिमाण देखिने गरी गलत प्राविधिक मूल्याङ्कन र प्रतिवेदन तयार पारेको।","तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही र वडा नं. २ का तत्कालीन वडा अध्यक्ष गौकला सिंहले वास्तविक कामको अवस्था नजाँची वा बेवास्ता गरी सडक निर्माण कार्यको अनुगमन तथा सिफारिस प्रक्रियामा गलत विवरणलाई समर्थन गरेको।"],"timeline":[{"date":"2019-05-14","title":"योजना सम्झौता/कार्यादेश: सिमखेत–पादमघाट सडक","date_bs":"2076-01-31","description":"महावै गाउँपालिकाले उपभोक्ता समिति र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर मल्लबीच रु.५०,००,०००।०१ को कार्य सम्झौता/कार्यादेश गरी सिमखेत–ओदा/पादमघाट सडक निर्माण सुरु गरेको।"},{"date":"2019-05-15","title":"मेसिनबाट काम गराउने सम्झौता","date_bs":"2076-02-01","description":"उपभोक्ता समिति र मेसिन साहु इन्द्रबहादुर शाहीबीच विनियोजित बजेट रु.४५,००,०००।– मा मेसिनबाट काम गराउने सम्झौता भएको।"},{"date":"2019-05-17","title":"उपभोक्ता समितिलाई पेश्की भुक्तानी","date_bs":"2076-02-03","description":"गो.भौ.नं. २७ बाट उपभोक्ता समितिलाई रु.१४,८५,०००।– पेश्की भुक्तानी दिएको।"},{"date":"2019-07-04","title":"पालिकास्तरीय अनुगमन प्रतिवेदन","date_bs":"2076-03-19","description":"उपाध्यक्ष मनराज शाहीको संयोजकत्वमा गठित पालिकास्तरीय अनुगमन समितिले सडक निर्माण योजना प्राविधिकको लागत इस्टिमेट  अनुसार सम्पन्‍न भएको भनी अनुगमन प्रतिवेदन दिएको।"},{"date":"2019-07-11","title":"भुक्तानी निवेदन","date_bs":"2076-03-26","description":"उपभोक्ता समितिको अध्यक्ष अकल सुनारले रु.५०,०७,४१८।४१ मा कार्य सम्पन्न भएको भनी भुक्तानीको लागि निवेदन पेस गरेको।"},{"date":"2019-07-12","title":"भुक्तानी टिप्पणी आदेश स्वीकृत (गणेशमान सिंह)","date_bs":"2076-03-27","description":"निमित्त प्र.प्र.अ. गणेशमान सिंहले भुक्तानी टिप्पणी आदेश स्वीकृत गरेको; कार्यसम्पन्न प्रतिवेदनमा हरिप्रसाद पाण्डेय, रुद्रबहादुर वली र गणेशमान सिंहको दस्तखत रहेको।"},{"date":"2019-07-13","title":"कार्य सम्पन्न देखाइएको","date_bs":"2076-03-28","description":"सम्झौताअनुसार समापन मिति २०७६/०३/२५ भएकोमा कार्य सम्पन्न मिति २०७६/०३/२८ देखाइएको।"},{"date":"2019-07-14","title":"पेश्की फर्छ्यौट र अन्तिम भुक्तानी","date_bs":"2076-03-29","description":"गो.भौ.नं. ५६ बाट जम्मा रु.३९,८८,१९३।– भुक्तानी गरी पेश्की फर्छ्यौट गरेको।"},{"date":"2020-02-05","title":"अख्तियारमा उजुरी निवेदन दर्ता","date_bs":"2076-10-22","description":"डोजरले अन्दाजी २५ मिटर मात्र खनी मान्छेले काम गरेको बिल बनाई बढी परिमाणको काम देखाई बढी रकम भुक्तानी लिई अनियमितता गरेको भन्ने उजुरी निवेदन अ.दु.अ.अ मा दर्ता भएको।"},{"date":"2022-06-07","title":"अ.दु.अ.अको स्थलगत मुचुल्का र प्राविधिक नापजाँच","date_bs":"2079-02-24","description":"इन्जिनियर जनकराज पन्तको प्रतिवेदन  र स्थलगत प्राविधिक प्रतिवेदन समेतका आधारमा अ.दु.अ.अ को फिल्ड नापजाँचमा लम्बाइ ५२० मि., औसत चौडाइ ३.७ मि. र कडा चट्टान १६९.८० घनमिटर मात्र देखिएको भनी रु.३८,७६,२७०।– बढी भुक्तानी भएको निष्कर्ष।"},{"date":"2024-04-25","title":"आरोपपत्र दायर र प्रेस विज्ञप्ति","date_bs":"2081-01-13","description":"अ.दु.अ.अ ले बिगो रु.३८,७६,२७०।– कायम गरी उपाध्यक्ष मनराज शाही, निमित्त प्र.प्र.अ. गणेशमान सिंहसमेत ९ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ र १९(२) बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरी सोही दिन प्रेस विज्ञप्ति प्रकाशन गरेको।"},{"date":"2024-09-03","title":"विशेष अदालतको फैसला — सबैलाई सफाई","date_bs":"2081-05-18","description":"विशेष अदालतले स्थलगत मुचुल्का र प्राविधिक प्रतिवेदन संशययुक्त, अधुरो र आधारहीन रूपमा संशोधित भएकाले भरपर्दो प्रमाण नठहर्‍याई मनराज शाही, गणेशमान सिंहसमेत सबै ९ जना प्रतिवादीलाई आरोप दाबीबाट सफाई दिएको।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/ciaa_press_release/2644","additional_details":"यस स्रोतमा आयोगले दायर गरेको आरोपपत्रको आधिकारिक विवरण समावेश छ। यसले मुद्दाका मुख्य अभियोग, प्रतिवादीहरूको विवरण, बिगो तथा सजाय मागदाबीबारे प्रारम्भिक र आधिकारिक जानकारी प्रदान गर्ने प्राथमिक स्रोतको रूपमा कार्य गर्दछ।","material":{"display_name":"जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।","material_type":"press_release","urls":[{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2644. जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका - 2.pdf","role":"RAW"},{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2644. जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका - 1.doc","role":"ALTERNATE"},{"link":"https://ciaa.gov.np/pressrelease/2644","role":"SOURCE_PAGE"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/special.080-cr-0162","additional_details":"विशेष अदालतबाट भएको फैसलाको पूर्ण पाठ। फैसला भनेको मुद्दाको आधिकारिक दस्तावेज मध्येको एक हो। यो मुद्दाका तथ्य, कानुनी प्रश्न तथा अदालतको फैसला, आधार र निष्कर्ष बुझ्नका लागि यो महत्त्वपूर्ण रहन्छ।","material":{"display_name":"080-CR-0162 आदेश","material_type":"court_order","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/court-orders/special/080-CR-0162.1.doc","role":"RAW"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260608.e3714a05","additional_details":"यो स्रोत मुद्दाको सम्बन्धमा छापिएको समाचार हो। प्राथमिक कानुनी अभिलेख नभए पनि घटनाक्रम र अभियोगको सन्दर्भ बुझ्नका लागि सहायक स्रोतका रूपमा उपयोगी छ।","material":{"display_name":"कालिकोट महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ९ जनालाई भ्रष्टाचार मुद्दा &laquo; SushasanNepal","material_type":"news","urls":[{"link":"https://sushasannepal.com/?p=14782","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/44336a788d20d24ba7b34f43d91e120b5dbb8e91d5fc6a338a974581fdbfffbf.md","role":"MARKDOWN"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/080-cr-0162","https://jawafdehi.org/courtcase/supreme/081-cr-2130"],"missing_details":"पुनरावेदनको आधार र सर्वोच्च अदालतको फैसला सम्बन्धी विवरण उपलब्ध नभएको कारण यहाँ उल्लेख गरिएको छैन।","bigo":3876270,"weight":0,"versionInfo":{"action":"published","datetime":"2026-07-22T05:59:06.289065+00:00"},"created_at":"2026-05-05T20:39:33.337836+05:45","updated_at":"2026-09-03T10:02:06.107301+05:45"}