{"id":6,"slug":"risc-hci-081-cr-0098-ad208a","public_iri":"https://jawafdehi.org/case/risc-hci-081-cr-0098-ad208a","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"सुनिल पौडेल प्रकरण नं ३। RISC तथा HCI सर्भर खरिद घोटाला मुद्दा (081-CR-0098)","short_description":"आर्थिक वर्ष २०७५/७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट RISC तथा HCI सर्भर खरिद गर्दा सार्वजनिक खरिद योजना तयार नगरी प्रक्रिया अघि बढाइएको, एकमुष्ट दरमा बोलपत्र आह्वान गर्नुपर्नेमा आइटमवाइज विभाजन गरी मूल्य बढाइएको तथा तालिम, जडान र वारेन्टी शीर्षकमा कार्य सम्पन्न नभई रु. ५,७९,००,००० भुक्तानी दिइएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिति २०८२।०२।०५ मा तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित छ प्रतिवादीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको थियो । \n\nअदालतले सो प्रकरणमा सबै प्रतिवादीहरूलाइ सफाइको फैसला सुनाएको छ । विशेष अदालतले विज्ञबाट प्राप्त स्थलगत प्रतिवेदनअनुसार खरिद गरिएका उपकरण स्पेसिफिकेसनबमोजिमकै भई निर्धारित स्थानमा जडान भई सञ्चालनमा रहेको, तालिम बोलपत्रकै शर्तअनुसार OEM प्रमाणित प्रशिक्षकबाट प्रशिक्षकको नाम, सहभागी र अवधिसमेत खुलाई जडानस्थलमै प्रदान गरिएको तथा वारेन्टीबापतको रकम दाबीबमोजिम भुक्तानी भई सो अवधिमा सफ्टवेयर नवीकरणलगायत सेवा उपलब्ध भएको देखिएकाले आरोपदाबी पुष्टि हुन नसकेको ठहर गर्दै सो फैसला सुनाएको हो ।","authors":[{"slug":"niroj-aryal","display_name":"Niroj Aryal","name_ne":"निरोज अर्याल","photo_url":"https://jawafdehi.org/assets/teammembers/niroj.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-03-31","public_edit_history":[{"date":"2026-08-30","remarks":"Case verdict added and some changes in the title of the case."}],"public_notes":"Case Drafted by Niroj Aryal.\n\nPublication Date: March 31, 2026.","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/9243c0ba451f17c0984f47eb3c5f74d97d6281fd4f100be0f584511489686fb4.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/234ac770efa05fc044fc8165ee747f3a66e9fc7414b3ac6b242323c54a82c13e.webp 400w, https://s3.jawafdehi.org/case_uploads/a48b208347ea0ff8a6a9f4fb1672de9e69a661ef74a423cf5aae3baec3e1251a.webp 800w, https://s3.jawafdehi.org/case_uploads/9243c0ba451f17c0984f47eb3c5f74d97d6281fd4f100be0f584511489686fb4.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/4c42f9e65bf7de7525d35e476df0442d7ddb9400238ef7c7cdee3300fc7bb519.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/59efd49c94cb3da87380a4b40d2f16d86de6d5d7aeb977ccab51f8c827753424.webp 640w, https://s3.jawafdehi.org/case_uploads/e7b5c6201a48c98aa70979fd98fc1417d287d09734131700ca2de499be0bd412.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/4c42f9e65bf7de7525d35e476df0442d7ddb9400238ef7c7cdee3300fc7bb519.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":406,"banner_image_id":322,"thumbnail_url":"https://s3.jawafdehi.org/case_uploads/859e94904ca785a21ee41626136763a59647021b26ea596ee33d39e78ff78278.png","banner_url":"","case_start_date":"2025-05-19","case_end_date":"2026-07-14","dates":{"stages":[{"end":"2026-07-14","stage":"initial","start":"2025-05-19","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/081-cr-0098"}]},"status":"concluded","case_track":null,"status_override":null,"proceedings_started_on":"2025-05-19","proceedings_decided_on":"2026-07-14","appeal_verdicts":{},"appeal_parties":{},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/person/sunila-paudela","display_name":"Sunil Poudel","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक। खरिद तथा भुक्तानी प्रक्रियाको संस्थागत जिम्मेवारी रहेको पदाधिकारी। विशेष अदालतको मिति २०८३।०३।३० को फैसला (निर्णय नं. ८४) बाट आरोपदाबीबाट सफाइ पाएका।","name":{"en":"Sunil Poudel","ne":"सुनिल पौडेल"},"image":"https://s3.jawafdehi.org/entities/sunila-paudela-portrait.jpg"},{"nes_id":"https://jawafdehi.org/entity/person/nima-bahaadura-valee","display_name":"Nim Bahadur Wali","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत। खरिदबापतको भुक्तानी प्रक्रियाको लेखा पक्ष हेर्ने अधिकृत। विशेष अदालतको मिति २०८३।०३।३० को फैसला (निर्णय नं. ८४) बाट आरोपदाबीबाट सफाइ पाएका।","name":{"en":"Nim Bahadur Wali","ne":"निम बहादुर वली"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/raama-sharana-gaayaka","display_name":"Ram Sharan Gayak","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इन्जिनियर। आपूर्ति भएका उपकरणको प्राविधिक जाँच तथा Installation र Configuration सम्बन्धी प्रतिवेदन दिने। विशेष अदालतको मिति २०८३।०३।३० को फैसला (निर्णय नं. ८४) बाट आरोपदाबीबाट सफाइ पाएका।","name":{"en":"Ram Sharan Gayak","ne":"राम शरण गायक"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/akabara-husena","display_name":"Akbar Husen","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"म्याक्स इन्टरनेशनल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (CEO)। विशेष अदालतको मिति २०८३।०३।३० को फैसला (निर्णय नं. ८४) बाट आरोपदाबीबाट सफाइ पाएका।","name":{"en":"Akbar Husen","ne":"अकबर हुसेन"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/myaaksa-intaraneshanala-praa-lee","display_name":"Max International Pvt. Ltd.","entity_type":"Organization","type":"accused","outcome":"acquitted","notes":"राष्ट्रिय सूचना प्रविधि केन्द्रसँग RISC तथा HCI Servers को Supply, Delivery, Installation and Commissioning सम्झौता गर्ने आपूर्तिकर्ता कम्पनी। विशेष अदालतको मिति २०८३।०३।३० को फैसला (निर्णय नं. ८४) बाट आरोपदाबीबाट सफाइ पाएको।","name":{"en":"Max International Pvt. Ltd.","ne":"म्याक्स इन्टरनेशनल प्रा.ली"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/rastriya-sucana-pravidhi-kendra-a95b34","display_name":"National Information Technology Centre","entity_type":"Organization","type":"related","outcome":null,"notes":"RISC तथा HCI Servers खरिद गर्ने सार्वजनिक निकाय। यसै केन्द्रको IFB No. NITC/G/NCB-6-075/076 अन्तर्गतको खरिद प्रकरण मुद्दाको विषय हो। मुद्दासँग सम्बन्धित पक्ष (related entity)।","name":{"en":"National Information Technology Centre","ne":"राष्ट्रिय सूचना प्रविधि केन्द्र"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/bancotec-pte-ltd-a8e4d6","display_name":"BancTec Pte Ltd","entity_type":"Organization","type":"related","outcome":null,"notes":"म्याक्स इन्टरनेशनल प्रा.लि.लाई सामान आपूर्ति गर्ने सिंगापुरस्थित निर्माता कम्पनी। मुद्दासँग सम्बन्धित पक्ष (related entity)।","name":{"en":"BancTec Pte Ltd","ne":"ब्यानकटेक पिटीई लि."},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/yunaiteda-obharasija-bainka-6158bd","display_name":"United Overseas Bank","entity_type":"Organization","type":"related","outcome":null,"notes":"अभियोगपत्रमा उल्लेखित सिंगापुरस्थित बैंक। मुद्दासँग सम्बन्धित पक्ष (related entity)।","name":{"en":"United Overseas Bank","ne":"युनाईटेड ओभरसिज बैङ्क"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/ramesha-prasaada-paaekhrela","display_name":"Ramesh Prasad Pokhrel","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक। खरिद गरिएका उपकरण तथा सेवाको चेकजाँच प्रतिवेदन तयार गर्ने प्राविधिक प्रक्रियामा संलग्न। विशेष अदालतको मिति २०८३।०३।३० को फैसला (निर्णय नं. ८४) बाट आरोपदाबीबाट सफाइ पाएका।","name":{"en":"Ramesh Prasad Pokhrel","ne":"रमेश प्रसाद पाेख्रेल"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/astral-computers-nepal-pvt-ltd-059ca5","display_name":"Astral Computers Nepal Pvt. Ltd.","entity_type":"Organization","type":"related","outcome":null,"notes":"यस दरभाउँ कोटेसन देखाउन प्रयोग गरिएको थियो ।","name":{"en":"Astral Computers Nepal Pvt. Ltd.","ne":"Astral Computers Nepal Pvt. Ltd."},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/thakral-one-nepal-pvt-ltd-f2e0f0","display_name":"Thakral One Nepal Pvt. Ltd.","entity_type":"Organization","type":"related","outcome":null,"notes":"दरभाउँ कोटेसन देखाउन प्रयोग गरिएको थियो ।","name":{"en":"Thakral One Nepal Pvt. Ltd.","ne":"Thakral One Nepal Pvt. Ltd."},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/ai-ti-globala-pra-li-3f00fb","display_name":"I.T. Global Pvt. Ltd.","entity_type":"Organization","type":"related","outcome":null,"notes":"यस कम्पनिको दरभाउँ कोटेसन देखाइएको थियो ।","name":{"en":"I.T. Global Pvt. Ltd.","ne":"आई.टी. ग्लोबल प्रा.लि"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/kathmandu-singha-durbar-7aa85b","display_name":"Kathmandu, Singha Durbar","entity_type":"Place","type":"location","outcome":null,"notes":"","name":{"en":"Kathmandu, Singha Durbar","ne":"Kathmandu, Singha Durbar"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/kathmandu-np0327","display_name":"Kathmandu","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Kathmandu","ne":"काठमाडौँ"},"image":null}],"tags":["CIAA","Procurement","NITC","081-CR-0098"],"description":"आर्थिक वर्ष ०७५/७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट IFB No. NITC/G/NCB-6-075/076 अन्तर्गत RISC तथा HCI Servers खरिद कार्य सन्देह पुर्ण रहेको खरिद गरिएको, मख्य उपकरणहरुको प्राविधिक विवरणहरु अनलाईनमा प्राप्त विवरणहरु सँग मिल्न गएकोमा यसरी खरिद गरीकएको मुख्य उपकरणहरुको मुल्य अनलाइन श्रोतमा प्रापत हालको मूल्यसूची भन्दा बढी भएको पाइएको आधार सम्बन्धमा परेको उजुरीका आधारमा अनुसन्धान हुँदा खरिद प्रक्रियामा गम्भीर अनियमितता भएको तथ्य स्थापित भएको देखियो । अनुसन्धानबाट सार्वजनिक खरिद योजना तयार नगरी खरिद कार्य अगाडि बढाइएको, लागत अनुमानसँग मिल्ने गरी Technical Specification तयार गरी विस्तृत दरभाउपत्र पेश गर्ने क्रममा मिलेमतो गरिएको तथा खरिद कार्यलाई एकमुष्ट दर विधिबाट गर्नुपर्नेमा आइटमाङच गरी गरिएको देखिएको छ। यद्यपि, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८(१)(क) र ८(२) बमोजिम मालसामान खरिद गर्दा राष्ट्रियस्तरमा खुला बोलपत्र आह्वान गरी आइटमवाइज लागत अनुमान, स्पेशिफिकेशन र बोलपत्र कागजात तयार गरिएको अवस्थामा उक्त खरिदलाई एकमुष्ट दर विधिबाट गरिएको खरिद भन्न नमिल्ने देखिन्छ। साथै साथै यस यस एनको दफा ८को उपदफा २ अन्तरगत खरिद गर्दा प्रतिस्पर्धा सिमित हुने गरी टुत्रा टुत्रा पारी खरिद गुर्नु हुदैन भन्ने स्पस्ट वयवस्था रहेको भएता पनी RISC तथा HCI Servers खरिद गर्दा Application Server, Hyper Converged Infrastructure लगायतका मालसामानसँग सम्बन्धित Training, Installation and Configuration तथा Warranty with Onsite Support कार्य सामान्यतया निर्माता वा सम्झौता गर्ने कम्पनीकै दायित्वभित्र पर्ने प्रकृतिको भए पनि खरिद गर्दा उक्त शीर्षकहरु लाइ छुटा छुटै बनाइ राखी लागत अस्वाभाविक रूपमा बढाइएको देखियो । यस क्रममा म्याक्स इन्टरनेशनलले पेश गरेको Invoice No. 6124 अनुसार Training and Onetime Installation and Configuration शीर्षकमा भ्याट बाहेक रु. २,६५,००,०००। अक्षरुपी रु दुई करोड पइस्टी लाख रुपैया तथा Three Years Warranty with Onsite Support शीर्षकमा भ्याट बाहेक रु. ३,१४,००,०००।- तिन करोड चौध लाख रुपैया सम्झौताबमोजिमको Warranty Onsite Support कार्य सम्पन्न नभएको अवस्थामा समेत कार्य सम्पन्न भएको भनी भुक्तानी दिइएको/लिइएको भुक्तानी गरिएको देखिन आयो ।\n\nसार्वजनिक खरिद अनुगमन कार्यालय, काठमाडौं तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग अन्तर्गत सार्वजनिक खरिद परामर्श कार्य टोलीको राय प्रतिवेदनले दरभाउ माग नगरेको, लागत अनुमान तयारी र स्वीकृतिमा स्वार्थ बाझिने गरी मिलेमतो भएको, बोलपत्र तथा सम्झौताका सर्तअनुसार खरिद कार्य नभएको तथा Training, Installation and Configuration र Three Years Warranty with Onsite Support शीर्षकमा गरिएको भुक्तानी नियमसम्मत नभएको, र म्याक्स इन्टरनेशनललाई सामान आपूर्ति गर्ने सिंगापुरस्थित BancTec Pte Ltd ले सोही वर्ष राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलको UOB Singapore बैंकमा रहेको खातामा US$ 79,640 जम्मा गरेकोसमेत देखिएको छ ।\n\nसार्वजनिक खरिद अनुगमन कार्यलय अनुसार खरिद प्रक्रियामा संलग्न राष्ट्रसेवकहरूको बदनियत तत्व देखिएको राय प्रतिवेदन, सार्वजनिक खरिद कार्य टाेलीकाे सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ समेतको प्रतिकूल हुने गरी खरिद प्रक्रिया अवलम्बन गरी-गराई भुक्तानीसम्मको कार्य गरे-गराएको भन्ने समेत व्यहोराको राय प्रतिवेदनले नि निजले नै साे कार्य पदकाे दुरूप्रयाेग गरी भष्टचार गरेकाे देखाउछ ।\n\nउपरोक्त माथी लेखिएकाे समग्र तथ्यबाट मिलेमतो, स्वार्थ बाझिने कार्य तथा गैरकानूनी लाभ पुर्‍याउने बदनियतले नेपाल सरकार/सार्वजनिक संस्थालाई हानी पुर्‍याई रु. ५,७९,००,०००।– बराबरको बढी भुक्तानी गरिएको देखिएकाले सम्बन्धित प्रतिवादीहरूउपर भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसूर ठहर गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।\n\n## प्रतिवादीहरुलाई लगाइएको अभियोग\n\n|  |  |  |  |  |  |  |\n| --- | --- | --- | --- | --- | --- | --- |\n| स.नं. | नाम / संस्था | पद तथा कार्यालय | बिगो रकम (रु.) | लागू दफा (भ्रष्टाचार निवारण ऐन, २०५९) | कसूरको स्वरूप | सजाय मागदाबी |\n| 1 | सुनिल पौडेल | राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक | ५,७९,००,००० | दफा ८(१)(क)(ङ)(ञ), दफा १९ (२), दफा २४ | गैर कानूनी लाभहानी | दफा ८ (१) अनुसार कैद तथा बिगो बराबर जरिवाना, बिगो असुल उपर, दफा १९(२) अनुसार थप कैद/जरिवाना, दफा २४ अनुसार थप सजाय |\n| 2 | रमेश प्रसाद पोखरेल; | सहायक निर्देशक; राष्ट्रिय सूचना प्रविधि केन्द्र | ५,७९,००,००० | दफा ८(१)(क)(ङ)(ञ), दफा १९ (२), | गैर कानूनी लाभहानी | दफा ८ (१) अनुसार कैद तथा बिगो बराबर जरिवाना, बिगो असुल उपर, दफा १९(२) अनुसार कैद/जरिवाना |\n| ३ | रामशरण गायक | कम्प्युटर इन्जिनियर, राष्ट्रिय सूचना प्रविधि केन्द्र | ५,७९,००,००० | दफा ८(१)(क)(ङ)(ञ), दफा १९ (२), | गैर कानूनी लाभहानी | दफा ८ (१) अनुसार कैद तथा बिगो बराबर जरिवाना, बिगो असुल उपर, दफा १९(२) अनुसार कैद/जरिवाना |\n| ४ | निम बहादुर वली | लेखा अधिकृत, राष्ट्रिय सूचना प्रविधि केन्द्र | ५,७९,००,००० | दफा ८(१)(ङ)(ञ) | गैर कानूनी लाभहानी | दफा ८(१) अनुसार कैद तथा बिगो बराबर जरिवाना, बिगो असुल उपर |\n| ५ | म्याक्स इन्टरनेशनल प्रा.लि.; अकबर हुसेन (CEO) | निजी कम्पनी तथा प्रमुख कार्यकारी अधिकृत | ५,७९,००,००० | दफा ८(१)(क)(ङ)(ञ), दफा १९ (२), दफा २४ | मतियार (Accomplice Liability) | दफा २२ अनुसार मुख्य कसूरदार सरह सजाय, बिगो कायम गरी असुल उपर |\n\n## \n\n### प्रतिवादीहरूको बयान \n\n**प्रतिवादी सुनिल पाैडेलको बयान**\n\nतत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलले आफूले कुनै भ्रष्टाचारजन्य कार्य वा अन्य प्रतिवादीसँग मिलेमतो नगरेको दाबी गरेका छन्। ठेक्काअन्तर्गत आवश्यक सामान तथा सेवाहरू आपूर्ति भएको, Training तथा Installation and Configuration गरिएको र OEM Certified Professionals बाट तालिम दिइएको उनको भनाइ छ। सर्भर Installation तथा Configuration नगरी सञ्चालनमा आउन नसक्ने भएकाले सर्भर सञ्चालनमा आएको तथ्यले उक्त कार्य भएको पुष्टि गर्ने उनको तर्क छ। साथै, बढी वा अस्वाभाविक रकम भुक्तानी भएको भन्ने आरोपको पुष्टि गर्न वादीले वास्तविक मूल्य वा प्राविधिक आधार प्रस्तुत गर्न नसकेको भन्दै आफूलाई सफाइ दिन माग गरेका छन् । \n\n**प्रतिवादी रमेश प्रसाद पोखरेलको  बयान**\n\nसहायक निर्देशक रमेश प्रसाद पोखरेलले पनि आफू कुनै मिलेमतो वा भ्रष्टाचारमा संलग्न नभएको, खरिद प्रक्रियामा प्राविधिक Specification स्वीकृत हुनुअघि नै दररेट माग गरी लागत अनुमान तयार गरिएको भन्ने आरोप झुट्टा भएको, सम्झौताअनुसार Training, Installation and Configuration तथा Warranty with On-site Support सम्बन्धी कार्य भएको र सञ्चालनमै रहेकोले सफाइ पाउनुपर्ने उनको बयान छ । \n\n**प्रतिवादी रामशरण गायकको  बयान**\n\nआफूले प्राविधिक पक्षमा कुनै अनियमितता वा मिलेमतो नगरेको, खरिद गरिएका सर्भर तथा अन्य उपकरणहरू Installation and Configuration सञ्चालनमा आएको तथ्यले कार्य सम्पन्न भएको पुष्टि गर्ने, OEM Certified Professionals बाट आवश्यक Training दिइएकोले कसुर नगरेको बयानमा उल्लेख गरेका छन् । \n\n**प्रतिवादी निम बहादुर वलीको  बयान**\n\nखा अधिकृत निम बहादुर वलीले आफू लेखा अधिकृतको हैसियतमा कानूनबमोजिम भुक्तानीसम्बन्धी काम गरेको, बढी भुक्तानी नभएको भन्ने  उनको बयानमा उल्लेख छ । \n\n**त्यसैगरी प्रतिवादी अकवर हुसेनको  बयान**\n\nम्याक्स इन्टरनेशनल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अकवर हुसेनले कम्पनीले सम्झौताअनुसार सामान तथा सेवाहरू आपूर्ति गरेको, OEM Certified Professionals बाट आवश्यक Training दिइएको र Installation तथा Configuration सम्बन्धी कार्य सम्पन्न भएकोले सफाइ दिनुपर्ने वयानमा उल्लेख गरेका छन् ।\n\n## फैसलाको पूर्ण सार \n\nसुनिल पौडेलसमेत विरुद्धको गैरकानूनी लाभ वा हानि पुर्‍याउने बदनियतले काम गरी भ्रष्टाचार गरेको मुद्दामा मिति २०८३ असार ३० गते विशेष अदालतका माननीय न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सफाइको फैसला सुनाएको छ । अदालतले निम्न फैसला सुनाउदा निम्न पश्नहरूको उक्त फैसला सुनाएको हो । \n\n**१. प्रतिवादीहरूले आरोपित कसूर गरे वा गरेनन्?**\n\nपहिलो प्रश्नअन्तर्गत आरोपपत्रमा आठ प्रकारका वस्तु तथा सेवाको बिल भुक्तानी भएको भए पनि आरोप मुख्यतः सातौँ शीर्षकअन्तर्गतको Training तथा Installation and Configuration को काम नगरेको र आठौँ शीर्षकअन्तर्गतको Warranty तथा On-site Support सेवा नलिई रकम भुक्तानी गरेको भन्ने विषयमा केन्द्रित रहेको अदालतले स्पष्ट गरेको छ । यसपछि अदालतले यी कार्यहरू वास्तवमै सम्पन्न भएका थिए वा थिएनन् भन्ने कुरा विभिन्न प्रमाणबाट परीक्षण गरेको छ। सहायक निर्देशक रमेश पोखरेल र कम्प्युटर इन्जिनियर रामशरण गायकले पेश गरेका चेकजाँच प्रतिवेदनमा सामानहरू Specification बमोजिम रहेको, Installation and Configuration लगायतका काम सम्पन्न भएको र उपकरणहरू सफलतापूर्वक Installed and Commissioned भएको उल्लेख गर्दै, प्रमाणहरूबाट उपकरणहरू Specification बमोजिम जडान भई सञ्चालनमा रहेको, OEM Certified Trainer बाट तालिम दिइएको तथा Warranty सम्बन्धी सेवा उपलब्ध भएको देखिएकोले आरोपदाबीबमोजिमको कसूर गरेको पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ । \n\n**२. प्रतिवादीलाई आरोपदाबीबमोजिम सजाय हुने वा नहुने?**\n\nअदालतले पहिलो प्रश्नमै प्रतिवादीहरूको कसूर प्रमाणित हुन नसकेको निष्कर्ष निकालेपछि सजाय निर्धारण गर्ने आधार नै नरहने भएकोले छुट्टै दण्ड निर्धारणतर्फ विस्तृत रूपमा जानु नपर्ने भन्दै सुनिल पौडेल, रमेश प्रसाद पोखरेल, रामशरण गायक, निम बहादुर वली, म्याक्स इन्टरनेशनल प्रा.लि. र अकवर हुसेन सबैलाई आरोपदाबीबाट सफाइ दिएको छ ।","key_allegations":["सार्वजनिक खरिद योजना नै तयार नगरी खरिद प्रक्रिया अगाडि बढाइ लागत अनुमान र प्राविधिक स्पेसिफिकेशन बोलपत्रदातासगँ मिलोमतो गरी तयार पारिएको ।","खरिदलाई एकमुष्ट दरमा बोलपत्र आवान गर्नुपर्ने कानुनी व्यवस्था रहेपनी  आइटम-वाइज छुट्टाछुट्टै विभाजन गरी मूल्य अस्वाभाविक रूपमा बढाइएको।","तालिम र स्थापना शीर्षकमा रु. २,६५,००,००० र वारन्टी सपोर्ट शीर्षकमा रु. ३,१४,००,००० गरी कुल रु. ५.७९ करोड यी सेवाहरू कहिल्यै प्रदायक नै नभइ भुक्तानी दिइएको ।"],"timeline":[{"date":"2019-02-21","title":"राष्ट्रय सुचना तथा सुचना प्रविधि केन्द्रबाट RISC र HCI सर्भरहरु आफनो सार्वजनिक खरिद एन तथा नियमावाली अनुसार बोलपत्र आवाहान गरेको ।","date_bs":"2075-11-09","description":"आर्थिक वर्ष ०७५/७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट IFB No. NITC/G/NCB-6-075/076 अन्तर्गत RISC तथा HCI Servers खरिद गर्नको निमित्त भनि सार्वजनिक खरिद एन, २०६३ तथा  सार्वजनिक खरिद  नियमावाली अनुसार  बोलपत्र  आवान गरियो ।"},{"date":"2019-03-14","title":"उक्त बोलपत्र सम्बन्धित दस्तावेजहरुमा केही संसोधन गरियो ।","date_bs":"2075-11-30","description":"योग्यता मापदण्डको S.N. 4 र S.N. 8 मा RISC वा HCI सर्भरसम्बन्धी अनुभवलाई “x86 सर्भर” , अधिकृत पार्टनर तथा सेवा प्रदायक” भन्ने शब्दावली हटाई केवल “अधिकृत पार्टनर” मात्र राखिएको छ, “Bidder shall have certified local resource” तथा OEM प्रमाणपत्र पेश गर्नुपर्ने प्रावधान पूर्ण रूपमा हटाइएको,  १५ वटा स्थापना अनुभव हुनुपर्ने मापदण्डलाई घटाएर केवल १ वटा स्थापना अनुभवमा सीमित गरिएको , त्यसैगरी Hyper Converged Infrastructure को स्पेसिफिकेसनमा कुल प्रणाली (DC र DR साइट सहित) लाई स्पष्ट रूपमा उल्लेख गर्दै प्रति क्वान्टिटी कन्फिगरेसन (५६ कोर, १०२४ GB RAM, ७१.५ TB) थप गरीएको ।"},{"date":"2019-04-02","title":"बोलपत्र मूल्याङ्कन समितिले NITC/G/NCB-6-075/076 Supply, Delivery and Installation and commissioning of\nRISC and HCI servers खरिद कार्यकाे  Max International लाइ दिइने निर्णय","date_bs":"2075-12-19","description":"राष्ट्रिय सूचना प्रविधि केन्द्रको ठेक्का नं. NITC/G/NCB-6-075/076 को बोलपत्र मूल्याङ्कनका लागि गठित समितिले मिति २०७५/१२/१० देखि २०७५/१२/१९ सम्म विभिन्न १० वटा बैठकहरू बसी म्याक्स इन्टरनेशनलको प्राविधिक र वित्तीय प्रस्तावको विस्तृत विश्लेषण गरी उक्त कम्पनीको प्रस्ताव केन्द्रको लागत अनुमान रु. २६,२९,५३,३३५.३३ को सीमाभित्र रही रु. २६,२१,६०,००० मा प्राप्त भएको र सबै प्राविधिक मापदण्डहरू (RISC र HCI Servers) पुरा गरेको पाइएकाेले  बोलपत्र स्वीकृतिका लागि समितिकाे सिफारिस ।"},{"date":"2019-06-19","title":"कार्य नै सम्पन्न नभइ भुक्तानी दिएको","date_bs":"2076-03-04","description":"राष्ट्रय सुचना तथा प्राविधिक केन्द्रबाट Training and onetime Installation and Configuration at GIDC and DRC सिर्षकमा मेक्सम इन्टरनेशनललाइ भ्याट बाहेक रु. २,६५,००,०००। अक्षरुपी रु दुई करोड पइस्टी लाख रुपैया तथा Three Years Warranty with Onsite Support शीर्षकमा भ्याट बाहेक रु. ३,१४,००,०००।- तिन करोड चौध लाख रुपैया सो काम नै समपन्न नभइ  रकम भुक्तानी गरिएको ।"},{"date":"2023-05-02","title":"IFB No.\nNITC/G/NCB-6-075/076, Supply, Delivery and Installation and Commissioning of RISC and HCI\nServers खरिद विरूद अख्तियारमा दायर गरेकाे हुलिया निवेदन","date_bs":"2080-01-19","description":"अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालमा दर्ता भएको उ.द.नं. ७९८०C-०५९१७४(२), मिति २०८०/०१/१९ गतेको उजुरीमा राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट आ.व. २०७५/७६ मा IFB No. NITC/G/NCB-6-075/076, 'Supply, Delivery, Installation and Commissioning of RISC and HCI Servers' खरिद कार्य सन्देहपूर्ण रहेको; खरिद गरिएका मुख्य उपकरणहरूको प्राविधिक विवरणहरू अनलाइनमा प्राप्त विवरण (DataSheet) सँग मिल्न गएको भएतापनि यसरी खरिद गरिएका मुख्य उपकरणहरूको मूल्य अनलाइन स्रोतमा प्राप्त हालको मूल्य सूची भन्दा औसतमा ४० प्रतिशत भन्दा बढी पाइएको भन्ने समेत व्यहोराको उजुरी।"},{"date":"2025-05-05","title":"अख्तियार दुरुप्रयोग आयोगकको उल्लेखित प्रतिवादीहरु विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गर्ने निर्णय ।","date_bs":"2082-01-22","description":"आयोगले निम्न सरकारी कर्मचारीहरु निम बहादुर वली, सुनिल पौडेल, रमेश प्रसाद पोखरेल, राम, शरण गायक, तथा निजि पक्षहरु  म्याक्स इन्टरनेशनल प्रा.ली., अकबर हुसेन विरुद्ध भष्टचारको मुद्धा विशेष अदालतमा दर्ता गर्ने आयोगको निर्णय ।"},{"date":"2025-05-19","title":"अख्तियार दुरुप्रयोग आयोग उल्लेखित प्रतिवादीहरु विरुद्ध विशेष अदालतमा  द्मुद्धा दर्ता ।","date_bs":"2082-02-05","description":"राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट आ.व.०७५/७६ मा  Supply, Delivery and Installation and Commissioning of RISC and HCI Servers खरिद सन्देह पूर्ण रहेको, खरिद गरिएका मुख्य उपकरणहरुको प्राविधिक विवरणहरु अनलाईनमा प्राप्त विवरणहरु (DataSheet) सँग मिल्न गएकोमा यसरी खरिद गरिएका मुख्य उपकरणहरुको मूल्य अनलाईन श्रोतमा प्राप्त हालको मूल्यसूची भन्दा औसतमा ४० प्रतिशत भन्दा बढी भएको पाईएको भन्नेसमेत व्यहोरा सहित विशेष अदालतमा मुद्धा दर्ता"},{"date":"2026-02-24","title":"विशेष अदालतमा मुद्धाको स्थिति","date_bs":"2082-11-12","description":"साझी बुझने आदेश भइ साझी समेत भुझी .श्रिमान सुदर्शन देव भट्ट, हेमन्त रावल र \nडिल्लीरत्न श्रेष्ठको संयुक्त इजलाशबाट सुनिल पौडेलको सिंगापुरको बैंक खाताको विवरण झिकाउन विशेष अदालतकाे वुझ्ने आदेश भएको"},{"date":"2026-10-16","title":"विशेष अदालतको फैसला","date_bs":"2083-06-30","description":"अदालतले सो प्रकरणमा सबै प्रतिवादीहरूलाइ  अभियोग पत्र अनुसारको प्रमाण दावी पुग्न नसकेको निस्कर्ष निकाल्दै  सफाइको फैसला ठहर गरेको छ ।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/charge_sheet/20260324.60019b1d","additional_details":"घुस रिसवत लिई-दिई भ्रष्टाचार गरेको भन्ने व्यहोराको मुद्दा इति संवत् २०८२ साल ०२ २४ गते  दर्ता गरेकाे अभियाेग/ अाराेप पत्र","material":{"display_name":"अभियाेग पत्र","material_type":"charge_sheet","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/056ac6d892b911dda0a642e694978c08a153ea8758a39c15d32c7bd7d90bedba.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/143b0c0be2ab63bf1a91835374f8185fcd44aec013ef3254248d10b7c42fda54.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/document/20260324.53f166bc","additional_details":".मिति २०७८ चैत २४ गतेकाे नेपाल टेलिकमकाे  प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त","material":{"display_name":"मन्त्री परिषदकाे निर्णय","material_type":"document","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/63bccd215b880c25a1c032adec99776f9a989b70009b3f0c2995ec0dc8f453b2.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/8ebc3521ec8ae54ba2e0f1657e6da57e1db1b61d096a021b5f04a5dc9f80a6a5.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/press_release/20260312.acb7f0ea","additional_details":"अख्तियार दुरूप्रयाेग अनुसन्धान अायाेगकाे  RISC तथा HCI Servers खरिद कार्यमा भ्रष्टचार भएकाे मिति २०८२-०२-०५ गतेकाे  प्रेश विज्ञप्ति","material":{"display_name":"Press Release regarding this Case file in Special court","material_type":"press_release","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/12b2ec92b8e26e7ca538c0d21ec9f72ed2cfe3b38695a450bf899dc24915f678.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/9c091d676d3cc2c3c6ed2695cdd6972574b96280f57c5b64d80705d9fbf94626.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/document/20260312.4416ed4e","additional_details":".","material":{"display_name":"RISC and HCL Server Bidding Document and addendum Document.","material_type":"document","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/a4db84f4f733fc5a681cc7e0a792679681ba995c651d4b21decacbf294780179.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/6159465d1b62849245f8ba7d40f53958244185bc5618ebe2e3e4d26de194da53.pdf","role":"ALTERNATE"},{"link":"https://s3.jawafdehi.org/case_uploads/95d427f1843b9250a93af72f7e9b72838c1481fc3ec7123c305f22aefb00fc65.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260312.98ea7742","additional_details":"सुनील पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, पाँच करोड ७९ लाख बिगो दाबी भन्ने समाचार वि स २०८२ चैत १३ काे EK Nepalमा समाचार प्रकाशित ।","material":{"display_name":"EK Nepal- सुनील पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, पाँच करोड ७९ लाख बिगो दाबी","material_type":"news","urls":[{"link":"https://www.canadanepal.com/detail/239383","role":"RAW"},{"link":"https://web.archive.org/web/20260312144400/https://www.canadanepal.com/detail/239383","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/afd7f7c96fa9ff14f4a7c51340ae5cc5fc2edf5670b864363f5e8f46f1f89afa.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260312.d743baba","additional_details":"चैत १३ २०८२ मा प्रकाशित","material":{"display_name":"सिएन नेपाल- सुनिल पौडेलविरुद्ध पाँच करोड ७९ लाख बिगो दाबी गर्दै अर्को भ्रष्टाचार मुद्दा","material_type":"news","urls":[{"link":"https://www.canadanepal.com/detail/239383","role":"RAW"},{"link":"https://web.archive.org/web/20260312144400/https://www.canadanepal.com/detail/239383","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/9dd51776bf8f18401f8361fd7808c6945e829a9a057efaaff75943c0d8ec51a1.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/special.081-cr-0098","additional_details":"विशेष अदालत, काठमाडौं (इजलास नं. १ — माननीय सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्‍न श्रेष्ठ) बाट मुद्दा नं. ०८१-CR-००९८ मा भएको मिति २०८३/०३/३० गतेको फैसला (निर्णय नं. ८४), जसबाट सुनिल पौडेलसहित सबै प्रतिवादीले सफाइ पाएका छन् ।","material":{"display_name":"081-CR-0098 आदेश","material_type":"court_order","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/27cbfc113b10b9da6427d2edbf7392196e258156bbdeec02a338be22609ec673.doc","role":"RAW"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/081-cr-0098"],"missing_details":"- सुनिल पौडेलको UOB Singapore बैंक खातामा जम्मा भएको लेनदेन विवरण र मिति \n- अदालतमा साक्षी द्वारा गरिएकाे बयान कागज \nअदालतमा पेश भएका तथा अनलाइन अथवा अन्य श्राेतमा प्रकाशित नभएका सामाग्री\n- पुनरावेदन गरे नगरेको जानकारी नभएको ।","bigo":57900000,"weight":0,"versionInfo":{},"created_at":"2026-03-12T18:44:37.824690+05:45","updated_at":"2026-10-05T21:38:41.877353+05:45"}