{"id":93,"slug":"ram-ranabhat-illegal-assets-080-cr-0051","public_iri":"https://jawafdehi.org/case/ram-ranabhat-illegal-assets-080-cr-0051","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमहीका इन्जिनियर रामबहादुर रानाभाटले रु. ३.१५ करोड स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा (080-CR-0051)","short_description":"जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर राम बहादुर रानाभाटले सार्वजनिक सेवामा रहँदा आफ्नो वैधानिक आम्दानीभन्दा बढी रु. ३ करोड १५ लाख ८१ हजार ६६.८० बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अनुसन्धानका क्रममा जग्गा खरिद, घर निर्माण, शेयर लगानी, बैंक मौज्दात तथा अन्य खर्चहरूको स्रोत पुष्टि हुन नसकेको भन्दै उक्त सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरिएको दाबी गरिएको थियो। साथै, पत्नी राधा रानाभाटको नाममा रहेको सम्पत्तिसमेत जफत गर्ने प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको थियो।","authors":[{"slug":"sambhav-koirala","display_name":"Sambhav Koirala","name_ne":"सम्भव कोइराला","photo_url":"https://jawafdehi.org/assets/teammembers/sambhav.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-07-30","public_edit_history":[],"public_notes":"Case Drafted by Sambhav Koirala.\nInitially published on","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/0c1bc19c565db489140f6b9b5c4c8214ff0eff78fe912ce9d60b3295a56f13b2.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/8b8a93a4eb637a4417e7eef0fd4e3b50345b79a610f48de8b49d57986444e96b.webp 400w, https://s3.jawafdehi.org/case_uploads/cc5b8c7e672d6de6159bfb39ff0c6432a7157d233abb854ff675ed808a6bb645.webp 800w, https://s3.jawafdehi.org/case_uploads/0c1bc19c565db489140f6b9b5c4c8214ff0eff78fe912ce9d60b3295a56f13b2.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/0767f31fc3708e4883350c91739b4f030d7ef070d7861f977e6b6e7a380c9f66.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/62b466edd31abb9e8e83d7917f89ef02e225b9462898fd2fa1de095f2efdf82f.webp 640w, https://s3.jawafdehi.org/case_uploads/a800badedf92ccf39cf99da61c585d964f00f91b1153b968c56d4a36cdcffd40.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/0767f31fc3708e4883350c91739b4f030d7ef070d7861f977e6b6e7a380c9f66.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":405,"banner_image_id":321,"thumbnail_url":"","banner_url":"","case_start_date":"2023-10-04","case_end_date":"2024-06-11","dates":{"stages":[{"end":"2024-06-11","stage":"initial","start":"2023-10-04","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/080-cr-0051"}]},"status":"concluded","case_track":null,"status_override":null,"proceedings_started_on":"2023-10-04","proceedings_decided_on":"2024-06-11","appeal_verdicts":{},"appeal_parties":{},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/person/radha-ranabhata-55c9c9","display_name":"Radha Ranabhat","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"प्रतिवादीकी श्रीमती — सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी","name":{"en":"Radha Ranabhat","ne":"राधा रानाभाट"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/rama-bahadura-ranabhata-a66118","display_name":"Ram Bahadur Ranabhat","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"मुख्य प्रतिवादी — जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमहीका इन्जिनियर","name":{"en":"Ram Bahadur Ranabhat","ne":"राम बहादुर रानाभाट"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/jala-utpanna-prakopa-niyantrana-karyalay-e9a22c","display_name":"जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङ","entity_type":"Organization","type":"related","outcome":null,"notes":"प्रतिवादी कार्यरत रहेको कार्यालय","name":{"en":null,"ne":"जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङ"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/da-akrti-ranabhata-fb6c73","display_name":"Dr. Akriti Ranabhaat","entity_type":"Person","type":"related","outcome":null,"notes":"प्रतिवादीकी छोरी — एकाघर परिवारको आय-व्यय विश्लेषणमा समावेश","name":{"en":"Dr. Akriti Ranabhaat","ne":"डा.आकृति रानाभाट"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/anuska-ranabhata-9df15f","display_name":"Anuska Ranabhat","entity_type":"Person","type":"related","outcome":null,"notes":"प्रतिवादीकी छोरी — एकाघर परिवारको आय-व्यय विश्लेषणमा समावेश","name":{"en":"Anuska Ranabhat","ne":"अनुस्का रानाभाट"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/purna-bahadura-ranabhata-66dc83","display_name":"Purna Bahadur Ranabhat","entity_type":"Person","type":"related","outcome":null,"notes":"राधा रानाभाटका बुवा — चितवनको जग्गा बकसमा दिएको भनी दाबी गरिएको","name":{"en":"Purna Bahadur Ranabhat","ne":"पूर्ण बहादुर रानाभाट"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/grinaphilda-ejukesana-phaundesana-2e5f80","display_name":"Greenfield Education Foundation","entity_type":"EducationalOrganization","type":"related","outcome":null,"notes":"छोरीको अध्ययन खर्चसँग सम्बन्धित शिक्षण संस्था","name":{"en":"Greenfield Education Foundation","ne":"ग्रिनफिल्ड एजुकेशन फाउण्डेशन"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/localunit/lamahi-municipality-51007","display_name":"Lamhi Municipality","entity_type":"AdministrativeArea,jawafdehi:Municipality","type":"location","outcome":null,"notes":"","name":{"en":"Lamhi Municipality","ne":"लमही नगरपालिका"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/dang-np0556","display_name":"Dang","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Dang","ne":"दाङ"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/province/lumbini-np05","display_name":"Lumbini Province","entity_type":"AdministrativeArea,jawafdehi:Province","type":"location","outcome":null,"notes":"","name":{"en":"Lumbini Province","ne":"लुम्बिनी प्रदेश"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/kathmandu-np0327","display_name":"Kathmandu","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Kathmandu","ne":"काठमाडौँ"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/kaski-np0439","display_name":"Kaski","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Kaski","ne":"कास्की"},"image":null}],"tags":["CIAA","Corruption","Water Supply","Illegal Property Acquisition","Assets Beyond Known Income","~3 Crore 15 Lakh"],"description":"### क) अभियोगदावीको सार\n\nअख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी अनुसार प्रतिवादी राम बहादुर रानाभाटले मिति २०४६/०३/३० देखि २०७९/०७/०६ सम्म सार्वजनिक सेवामा रहँदा आफू तथा आफ्नो एकाघरका परिवारका सदस्यहरूको नाममा विभिन्न चल तथा अचल सम्पत्ति, लगानी तथा खर्च गरेको देखिएको छ। अनुसन्धानका क्रममा निजको वैध आयका स्रोतहरू (तलब–भत्ता, भ्रमण भत्ता, बचत, कृषि आय, छोरीहरूको वैध आम्दानी, बीमा परिपक्‍व रकम, जग्गा बिक्री, ऋण, अन्य वैध स्रोत) र सम्पूर्ण व्यय तथा लगानीको तुलनात्मक विश्लेषण गर्दा रु. ३,१५,८१,०६६.८० (अक्षरेपी तीन करोड पन्ध्र लाख एकासी हजार छेसठ्ठी रुपैँया असी पैसा) बराबरको सम्पत्तिको वैध स्रोत पुष्टि हुन नसकेको आयोगको निष्कर्ष रहेको छ। उक्त रकम बराबरको सम्पत्ति निजले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको भन्दै भ्रष्टाचार निवारण ऐन अन्तर्गत अभियोग दायर गरिएको हो।\n\n**अभियोग लगाएको आधारहरू**\n\n१.राम बहादुर रानाभाटले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही दाङमा कार्यरत रहँदा बाढी तथा कटान नियन्त्रण योजनाहरूमा नामधारी/नक्कली उपभोक्ता समिति गठन गरी योजनाको रकम भुक्तानी गराई त्यसमध्ये करिब ३५–४० प्रतिशत रकम आफैंले लिने गरेको तथा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो। त्यसैका आधारमा विस्तृत अनुसन्धान प्रारम्भ गरिएको थियो।\n\n२.विस्तृत अनुसन्धानमा प्रतिवादीको सम्पूर्ण वैध आय र सम्पूर्ण खर्च तथा लगानीको विश्लेषण गर्दा आयले व्यय धान्न नसकेको र ठूलो रकमको स्रोत पुष्टि हुन नसकेको देखिएको थियो। प्रारम्भिक अनुसन्धानमै आयभन्दा व्यय बढी देखिएकाले विस्तृत अनुसन्धान अघि बढाइएको थियो।\n\n३.अनुसन्धानका क्रममा प्रतिवादी राम बहादुर रानाभाट तथा निजको एकाघरका परिवारका सदस्यहरूको नाममा गरिएको विभिन्न खर्च तथा लगानीको वैध स्रोत परीक्षण गर्दा २०५९ सालमा निर्माण गरिएको घर, कर्मचारी सञ्चयकोषबाट लिएको ऋणको साँवा तथा ब्याज भुक्तानी, विभिन्न वर्षमा छोरीहरूको अध्ययनमा गरिएको खर्च, सुन खरिद, बीमा प्रिमियम भुक्तानी, विभिन्न वर्षमा गरिएको शेयर खरिद तथा लगानी, विभिन्न स्थानमा गरिएको जग्गा खरिद, सहकारी तथा अन्य संस्थाबाट लिइएका ऋणहरूको साँवा–ब्याज भुक्तानी तथा विशेष गरी २०७७–२०७८ सालमा ठूलो परिमाणमा गरिएको शेयर लगानीको स्रोत पुष्टि हुन नसकेको देखिएको थियो। \n\n४. त्यसैगरी राधा रानाभाटको नाममा मिति २०७५/०३/२९ मा चितवनको भरतपुरस्थित जग्गा रु. ९३,००,००० मा खरिद गरिएको देखिए पनि उक्त खरिद रकमको वैध स्रोत पुष्टि हुन नसकेको आयोगले आरोपपत्रमा  उल्लेख गरेको थियो। उक्त जग्गा पछि बिक्री गरिएको देखिए पनि प्रारम्भिक खरिदको स्रोत प्रमाणित नभएकाले त्यसलाई वैध आयबाट भएको लगानीका रूपमा स्वीकार गरिएको थिएन। यी सम्पूर्ण खर्च तथा लगानीको आय–व्यय विश्लेषण गर्दा अन्ततः रु. ३,१५,८१,०६६.८० बराबरको सम्पत्तिको वैध स्रोत पुष्टि हुन नसकेको निष्कर्षमा आयोग पुगेको थियो जसलाई प्रतिवादीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति भनी अभियोग दायर गरिएको थियो।\n\n५.अनुसन्धानमा प्रतिवादी मात्र नभई पत्नी राधा रानाभाट तथा छोरीहरू आकृति र अनुष्का रानाभाटका नाममा रहेका घर, जग्गा, बैंक मौज्दात, शेयर, बीमा, अध्ययन खर्च, आय तथा अन्य लगानीसमेत समग्र रूपमा परीक्षण गरी एकासगोल परिवारको आय–व्यय विश्लेषण गरिएको थियो।\n\n### ख) मागदाबी\n\n| प्रतिवादी | भूमिका/अभियोग | बिगो | मागदावी |\n| --------- | ------------- | ---- | ------- |\n| राम बहादुर रानाभाट | इन्जिनियर; स्रोत नखुलेको सम्पत्ति आर्जन | रु.३,१५,८१,०६६।८० | साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम कसुर कायम गरी दफा ३, १६ग, २९ तथा दफा २०(२) बमोजिम बिगोबमोजिम जरिवाना र कैद सजाय; ऐन २०१७ को दफा १६ग, २९, ऐन २०५९ को दफा ४७ र अख्तियार ऐन, २०४८ को दफा २९ख बमोजिम लागत मूल्यमा बिगो जफत/असुल |\n| राधा रानाभाट | श्रीमती; जफत प्रयोजनार्थ मात्र प्रतिवादी | (जफत प्रयोजन) | निजको नाममा रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको जग्गा, घर, शेयर र बैंक मौज्दातबाट साविक ऐन २०१७ को दफा १६ग, २९, ऐन २०५९ को दफा ४७ र अख्तियार ऐन, २०४८ को दफा २९ख बमोजिम बिगो जफत |\n\n### ख) प्रतिवादीको बयानको सार\n\n| क्र.सं | प्रतिवादी | भूमिका | बयानको सार |\n| ------ | --------- | ------ | ---------- |\n| १ | राम बहादुर रानाभाट | इन्जिनियर/राष्ट्रसेवक | निजले आफ्नो सम्पूर्ण सम्पत्ति कानूनबमोजिम आर्जित भएको जिकिर लिएका थिए। आयका स्रोतमा तलब भत्ता, कलंकी घरको बहाल आय (२०५९–२०७९ मा रु.४३,०२,०००; तर बहाल कर नबुझाएको स्वीकार), आमाको पेन्सन, छोरीहरूको तलब, कृषि आय, जग्गा तथा शेयर बिक्री, बीमा र ऋण रहेको दाबी गरेका थिए। निर्माण समिति स्थानीय निकायबाट सिफारिस भई बन्ने हुँदा आर्थिक क्रियाकलापमा आफ्नो संलग्नता नभई अनुगमन र गुणस्तर मात्र हेर्ने काम भएको, सेवाकालमा नसिहतसमेत नपाएको र जानीजानी गल्ती नगरेको भन्दै सफाइ माग गरेका थिए। |\n| २ | राधा रानाभाट | श्रीमती (जफत प्रयोजन प्रतिवादी) | आफू गृहिणी/कृषि पेशा रहेको र आयका स्रोत श्रीमानले खुलाएबमोजिम भएको बयान दिएकी थिइन्। चितवनको जग्गा बुवा पूर्ण बहादुरबाट बकसमा पाएको, घर निर्माणमा करिब रु.११ लाख खर्च गरेको, शेयर कारोबार, स्कुटर खरिद र सहकारी ऋण लिएको स्वीकार गरेकी थिइन्। जाँच अवधिको कुल आय रु.१०,४६,२६,२२०।९४ र कुल व्यय रु.७,५६,२३,५८२।०६ रहेकोमा आयोगले आय बिना आधार घटाई व्यय बढाएको, सासूको निवृत्तिभरण छुटाएको र छोरी आकृतिको चिकित्सा शिक्षा शुल्क रु.२७,५०,००० माइतीबाट भुक्तानी भएको जिकिर लिएकी थिइन्। |\n\n### ग) विशेष अदालतको फैसलाको सार\n\nविशेष अदालतले प्रतिवादी राम बहादुर रानाभाट मिति २०४६/०३/३० देखि २०७९/०७/०६ सम्म करिब ३३ वर्षभन्दा बढी सार्वजनिक सेवामा कार्यरत रहेको राष्ट्रसेवक भएको तथ्यमा विवाद नरहेको उल्लेख गर्दै आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको भनी दायर गरेको अभियोगको परीक्षण गरेको देखिन्छ। अन्ततः प्रतिवादीको कुल वैध आय रु. ७,९५,२९,५७८.६१ तथा कुल व्यय रु. ७,९४,०९,००७.२२ कायम हुँदा आय व्ययभन्दा रु. १,२०,५७१.३९ ले बढी देखिएको, सम्पत्ति विवरण अस्वाभाविक वा आयभन्दा बढी सम्पत्ति आर्जन भएको पुष्टि नभएको निष्कर्षमा पुग्दै राम बहादुर रानाभाट तथा राधा रानाभाट दुवैलाई आरोप दाबीबाट** सफाइ** दिने फैसला गरेको थियो।\n\n**विशेष अदालतले फैसला गरेको आधारहरू**\n\n-प्रतिवादी ३३ वर्षभन्दा बढी सार्वजनिक सेवामा कार्यरत रहेको तथ्यमा विवाद नभए पनि गैरकानुनी सम्पत्ति आर्जन भएको कुरा अभियोजन पक्षले प्रमाणित गर्नुपर्ने दायित्व (Burden of Proof) पूरा गर्न नसकेको अदालतको निष्कर्ष रहेको देखिन्छ।\n\n-आयोगले सम्पूर्ण जाँच अवधिलाई एकीकृत रूपमा विश्लेषण नगरी १६ वटा Cut-off Date बनाई Cash Flow Method अपनाएको थियो। अदालतले भ्रष्टाचार निवारण ऐन वा अन्य प्रचलित कानूनले यस्तो विधि अपनाउन स्पष्ट आधार नदिएको उल्लेख गर्दै सम्पूर्ण जाँच अवधिको एकमुष्ट आय–व्यय विश्लेषण गर्नुपर्ने सिद्धान्त अवलम्बन गरेको देखिन्छ।\n\n-आयोगले व्ययतर्फ समावेश गरेका कतिपय शीर्षकहरूको पुनः मूल्याङ्कन गरी घर निर्माण खर्चमा १५% ओभरहेड तथा ५% ठेक्का कर (कुल २०%) कट्टा, शेयर खरिद, सुन खरिद, बैंक मौज्दात तथा अन्य खर्चको वास्तविक रकम पुनर्गणना गरी कुल व्यय रु. ७,९४,०९,००७.२२ कायम गरेको देखिन्छ।\n\n-आयतर्फ आयोगले समावेश नगरेका वा कम मूल्याङ्कन गरेका विभिन्न वैध स्रोतहरू समेत स्वीकार गरेको देखिन्छ जसमा पारिश्रमिक बचत, भ्रमण तथा स्थानीय भत्ता बचत, कृषि आय, शेयर बिक्रीबाट प्राप्त रकम, शेयर लाभांश, छोरीहरूको वैध पारिश्रमिक, जग्गा बिक्रीबाट प्राप्त आय, सहकारी तथा बैंक ऋण, घर बहाल आय तथा बैंक खातामा प्राप्त ऋण रकम समेतलाई वैध आय मानी कुल आय रु. ७,९५,२९,५७८.६१ कायम गरेको देखिन्छ।\n\n-शेयर खरिदलाई व्यय मान्ने तर सोही शेयर बिक्रीबाट प्राप्त रकमलाई आयमा समावेश नगर्ने आयोगको विश्लेषण अपूर्ण रहेको भनी उल्लेख गर्दै शेयर कारोबारबाट भएको वास्तविक नगद प्रवाहलाई समग्र रूपमा गणना गरेको देखिन्छ।\n\n-गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दामा सम्पत्ति वैध आयबाट आर्जन हुन नसक्ने कुरा स्पष्ट, विश्वसनीय र सन्देहरहित प्रमाणबाट अभियोजन पक्षले स्थापित गर्नुपर्ने भए पनि प्रस्तुत मुद्दामा आयोगले उक्त प्रमाणिक भार पूरा गर्न नसकेको अदालतले ठहर गरेको देखिन्छ।\n\n-अन्तिम आय–व्यय विश्लेषणमा वैध आय रु. ७,९५,२९,५७८.६१ र व्यय रु. ७,९४,०९,००७.२२ कायम हुँदा आय नै रु. १,२०,५७१.३९ ले बढी देखिएको तथा सम्पत्ति विवरणमा कुनै अस्वाभाविक वा गैरकानुनी सम्पत्ति आर्जन पुष्टि नभएकाले राम बहादुर रानाभाट र राधा रानाभाट दुवैलाई आरोप दाबीबाट सफाइ प्रदान गरिएको देखिन्छ।\n\n### घ) पुनरावेदनको सार\n\nअख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले मिति वि सं २०८१-०२-२९ मा दिएको सफाइको फैसलाप्रति चित्त नबुझाई  सर्वोच्च अदालतमा मिति २०८२-०८-१२ मा पुनरावेदन दायर गरेको देखिन्छ। उक्त पुनरावदेन सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।","key_allegations":["जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटले २०४६/०३/३० देखि २०७९/०७/०६ सम्म सार्वजनिक सेवामा रहँदा आफ्नो वैध आयस्रोतले नधानेको करिब रु. ३ करोड १६ लाख बराबरको सम्पत्ति आर्जन गरी कम्पनीका शेयर, जग्गा खरिद, घर निर्माण, अध्ययन खर्च तथा बैंक तथा वित्तीय संस्थामा मौज्दातका रूपमा लगानी गरेको आरोप","उक्त स्रोत नखुलेको सम्पत्ति आफ्नो तथा पत्नी राधा रानाभाटको नाममा राखी अस्वाभाविक उच्च जीवनस्तर कायम गरेको आरोप।"],"timeline":[{"date":"1989-07-14","title":"सार्वजनिक सेवा प्रवेश — जाँच अवधि प्रारम्भ","date_bs":"2046-03-30","description":"प्रतिवादी राम बहादुर रानाभाट जिल्ला सिंचाई कार्यालय, रुपन्देहीमा ओभरसियर पदमा स्थायी नियुक्त। यही मितिदेखि सम्पत्ति विवरण बुझाएको मितिसम्मलाई आयोगले गैरकानुनी सम्पत्ति आर्जनको जाँच अवधि कायम गरेको।"},{"date":"2003-03-28","title":"घर निर्माण सम्पन्न — स्रोत नखुलेको आरोप","date_bs":"2059-12-14","description":"कलंकीस्थित घर निर्माण सम्पन्न; आयोगले यस शीर्षकमा रु.१६,८०,७३७।९९ (करिब ६०.२८%) स्रोत नखुलेको भनी लगाएको आरोप।"},{"date":"2017-07-13","title":"शेयर/जग्गा/अध्ययनमा स्रोत नखुलेको आर्जनको आरोप","date_bs":"2074-03-29","description":"यस अवधिमा शेयर खरिद, जग्गा खरिद र अध्ययन खर्चमा रु.१,२९,२०,९८१।०० बराबर स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आयोगको आरोप।"},{"date":"2018-07-13","title":"चितवनको जग्गा खरिद-बिक्री — स्रोत नखुलेको आरोप","date_bs":"2075-03-29","description":"राधा रानाभाटको नाममा चितवन भरतपुर कि.नं. २०७४/३६९६ जग्गा भगवती रानाभाटबाट रु.९३,००,००० मा खरिद गरी मिति २०७५/०८/२०  मा सोही व्यक्तिलाई सोही रकममा बिक्री; खरिदमा शतप्रतिशत स्रोत नपुगेको भनी आयोगले आयमा समावेश नगरेको।"},{"date":"2020-04-13","title":"शेयर खरिदमा स्रोत नखुलेको आर्जनको आरोप","date_bs":"2077-01-01","description":"यस अवधिको शेयर खरिदमा रु.९९,६१,०५०।५१ बराबर सम्पत्तिको स्रोत नखुलेको भनी आयोगले दाबी गरेको आरोप।"},{"date":"2022-05-26","title":"उजुरी निवेदन अख्तियारमा दर्ता","date_bs":"2079-02-12","description":"अख्तियारमा उजुरी दर्ता; रामबहादुर रानाभाटले ग्याबिन जाली कार्यक्रममा नामधारी नक्कली उपभोक्ता समिति बनाई आयोजना रकमको ३५/४०% आफैंले लिई भ्रष्टाचार गरेको भन्ने आरोप।"},{"date":"2022-10-23","title":"सम्पत्ति विवरण बुझाएको — जाँच अवधि समाप्ति","date_bs":"2079-07-06","description":"प्रतिवादीले सम्पत्ति विवरण फारम बुझाएको मिति; यही मितिसम्म (सेवा प्रवेशदेखि ३३ वर्षभन्दा बढी) समग्र आय–व्ययको जाँच अवधि कायम गरिएको।"},{"date":"2023-03-24","title":"विस्तृत अनुसन्धान गर्ने आयोगको निर्णय","date_bs":"2079-12-10","description":"अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीउपर विस्तृत अनुसन्धान गर्ने निर्णय गरेको।"},{"date":"2023-10-04","title":"आरोपपत्र दायर — प्रेस विज्ञप्ति","date_bs":"2080-06-17","description":"आयोगले रु.३,१५,८१,०६६।८० बिगो कायम गरी राम बहादुर रानाभाट (मुख्य) र जफत प्रयोजनार्थ श्रीमती राधा रानाभाटविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर; साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं ऐन, २०५९ को दफा २०(१)(२) बमोजिम कैद, जरिबाना र जफतको मागदाबी। प्रवक्ता भोला दाहालद्वारा सोही दिन प्रेस विज्ञप्ति जारी। (मुद्दा नं. ०80-CR-०051)"},{"date":"2024-06-11","title":"विशेष अदालतको फैसला — दुवै प्रतिवादीलाई सफाई","date_bs":"2081-02-29","description":"नगद प्रवाह होइन समग्र जाँच अवधिको आधारमा गणना गर्दा वैध आय रु.७,९५,२९,५७८।६१ व्यय रु.७,९४,०९,००७।२२ भन्दा बढी देखिएकाले आरोप दाबी नपुग्ने ठहर्‍याई राम बहादुर रानाभाट र राधा रानाभाट दुवैले सफाइ पाउने फैसला।"},{"date":"2025-11-28","title":"सर्वोच्च अदालतमा अख्तियारको पुनरावेदन","date_bs":"2082-08-12","description":"विशेष अदालतको सफाइ फैसलाचित्त नबुझी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु.३,१५,८१,०६६।८० बिगो/जरिबानाको मागदाबीसहित सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/ciaa_press_release/2471","additional_details":"यो आयोगको आधिकारिक प्रेस विज्ञप्ति हो, जसले प्रस्तुत मुद्दाको आरोपपत्र, बिगो रकम, प्रतिवादीहरू तथा आयोगको मागदाबीबारे आधिकारिक जानकारी प्रदान गर्ने प्राथमिक स्रोतका रूपमा काम गर्दछ।","material":{"display_name":"जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाट उपर बिगो रु.३,१५,८१,०६६।८० कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।","material_type":"press_release","urls":[{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2471. जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाट उपर बिग - 2.pdf","role":"RAW"},{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2471. जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाट उपर बिग - 1.doc","role":"ALTERNATE"},{"link":"https://ciaa.gov.np/pressrelease/2471","role":"SOURCE_PAGE"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/special.080-cr-0051","additional_details":"यो विशेष अदालतको आधिकारिक फैसला हो, जसमा प्रतिवादी राम बहादुर रानाभाटविरुद्ध दायर गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अभियोग, आय–व्यय विश्लेषण, शेयर तथा जग्गा कारोबार, बैंक मौज्दात, पक्षहरूको जिकिर र अदालतको कानुनी विश्लेषण समावेश छ। यसले आरोपमाथि अदालतले गरेको मूल्याङ्कन तथा अन्तिम निर्णय बुझ्न आवश्यक प्राथमिक न्यायिक स्रोतका रूपमा कार्य गर्दछ।","material":{"display_name":"Special Court verdict: 080-CR-0051 · Illegal acquisition of property","material_type":"court_order","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/court-orders/special/080-CR-0051.1.doc","role":"RAW"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260606.895ab585","additional_details":"यो ShareHub (Corporate Khabar) मा प्रकाशित समाचार लेख हो, जसले मुद्दा विशेष अदालतमा विचाराधीन रहेको जानकारी प्रदान गर्दछ। यो प्राथमिक अभिलेख नभई पृष्ठभूमि सन्दर्भका रूपमा प्रयोग हुने गौण स्रोत हो।","material":{"display_name":"Legal Challenge Against Engineer Rana Bhatt in Asset Case | News Detail | ShareHub","material_type":"news","urls":[{"link":"https://sharehubnepal.com/news/105767-corporate-khabar-legal-challenge-against-engineer-rana-bhatt-in-illegal-asset-acquisition-case","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/1d233a16fbe1b181359d802d3d1ba2c3190743e2860e9b30275a44bf17d5e701.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260606.78b8aa60","additional_details":"यो विशेष अदालतको फैसलाबारे प्रकाशित समाचार हो, जसले प्रतिवादीहरूले सफाइ पाएको जानकारी दिन्छ। यो गौण स्रोत भएकाले फैसलाको आधिकारिक विवरणका लागि मूल फैसला नै आधार मानिन्छ।","material":{"display_name":"गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा इन्जिनियर रानाभाटलाई सफाइ","material_type":"news","urls":[{"link":"https://www.nayapatrikadaily.com/news-details/143045/2024-06-11","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/256079933f9b4b3b2a847896e01ee2694be22c4c6d451224a7612721cf7d2d83.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260606.74aec67c","additional_details":"यो समाचार लेखले विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको र रु. ३,१५,८१,०६६.८० बिगोको दाबी कायम राखेको जानकारी दिन्छ। यो प्रक्रियागत पृष्ठभूमि बुझ्न उपयोगी भए पनि प्राथमिक न्यायिक अभिलेख होइन।","material":{"display_name":"Ranabhat files Rs 30 million money laundering case, appeals Supreme Court against special court&#8217;s verdict &#8211; Lagani News","material_type":"news","urls":[{"link":"https://laganinews.com/en/2025/11/28/ranabhat-files-rs-30-million-money-laundering-case-appeals-supreme-court-against-special-courts-verdict-2/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/a8c7abb4f539a597d735768e3523eb376063e9f53cee682d7e06e705fb632615.md","role":"MARKDOWN"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/080-cr-0051"],"missing_details":"विशेष अदालतमा दायर गरेको आरोप पत्र\nसर्वोच्च अदालतमा दायर गरेको पुनरावेदन पत्र","bigo":31581066,"weight":0,"versionInfo":{"action":"published","datetime":"2026-07-30T07:02:13.233317+00:00"},"created_at":"2026-05-05T20:32:02.199744+05:45","updated_at":"2026-09-03T10:01:57.007320+05:45"}