{"id":100,"slug":"raju-puri-080-cr-0007-illegal-assets","public_iri":"https://jawafdehi.org/case/raju-puri-080-cr-0007-illegal-assets","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"नापी अधिकृत राजु पुरीले रु. १.०४ करोड स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा (080-CR-0007)","short_description":"नापी कार्यालय, चाबहिलका नापी अधिकृत रहेका प्रतिवादीले सेवा अवधिमा वैध आयभन्दा बढी रु. १.०४ करोड स्रोत नखुलेको सम्पत्ति आर्जन गरी श्रीमतीको नाममा समेत राखेको आरोपमा अख्तियारले प्रतिवादीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतले आयोगले अपनाएको खण्डीकृत नगद प्रवाह पद्धति अस्वीकार गर्दै समग्र जाँच अवधिको आय–व्यय एकमुष्ट गणना गर्दा आय नै व्ययभन्दा रु. ५८.३६ लाखले बढी देखिएको भन्दै दुवै प्रतिवादीलाई सफाइ दिएको थियो ।","authors":[{"slug":"subodh-kandel","display_name":"Subodh Kandel","name_ne":"सुबोध कँडेल","photo_url":"https://jawafdehi.org/assets/teammembers/subodh.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-07-22","public_edit_history":[],"public_notes":"**Case Drafted by Subodh kandel**, First Published in \" **2082/04/05**","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/8e84843e6a3990c8d156b9fb65b3b7f83632d9d355dd90b4f9b5451e2c1797d4.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/3609501ebfe3102e156d8535382feeb525436d2e611d962505ca4eefcb93035e.webp 400w, https://s3.jawafdehi.org/case_uploads/b76f6c5521183f13062bbde088e708a823214dd4cb1c175f99c5b0aaa69a655a.webp 800w, https://s3.jawafdehi.org/case_uploads/8e84843e6a3990c8d156b9fb65b3b7f83632d9d355dd90b4f9b5451e2c1797d4.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/046484b8c59d58cdceee48ee4684ff38b1524e375e0bb5ba3e5d380f6c28d74c.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/b970d332be67eac20c2f72251a8fc82950b0fab94d39e99b9235d4fb5a5fe46a.webp 640w, https://s3.jawafdehi.org/case_uploads/5e9efcc235c23a5b5247259f8c401bf3c1dbd3351a8d035502cc09d7b33b1c63.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/046484b8c59d58cdceee48ee4684ff38b1524e375e0bb5ba3e5d380f6c28d74c.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":404,"banner_image_id":320,"thumbnail_url":"","banner_url":"","case_start_date":"2023-07-30","case_end_date":"2024-06-12","dates":{"stages":[{"end":"2024-06-12","stage":"initial","start":"2023-07-30","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/080-cr-0007"}]},"status":"concluded","case_track":null,"status_override":null,"proceedings_started_on":"2023-07-30","proceedings_decided_on":"2024-06-12","appeal_verdicts":{},"appeal_parties":{},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/person/raju-puri-pa2079-bagmati-np03-bhaktapur-1-1","display_name":"Raju Puri","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"तत्कालीन नापी अधिकृत (रा.प. तृतीय), नापी कार्यालय चाबहिल — मुख्य प्रतिवादी","name":{"en":"Raju Puri","ne":"राजु पुरी"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/srrjana-giri-82ecf8","display_name":"Shrijana Giri","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"प्रतिवादी राजु पुरीकी श्रीमती — बिगो/सम्पत्ति जफत प्रयोजनार्थ मात्र प्रतिवादी","name":{"en":"Shrijana Giri","ne":"श्रृजना गिरी"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/napi-karyalaya-cabahila-kathamadaum-af3d48","display_name":"Land Survey Office, Chabahil - Kathmandu","entity_type":"Organization","type":"location","outcome":null,"notes":"प्रतिवादी कार्यरत रहेको नापी कार्यालय","name":{"en":"Land Survey Office, Chabahil - Kathmandu","ne":"नापी कार्यालय, चाबहिल - काठमाडौं"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/ghara-jagga-sampatti-lalitapura-jilla-82c91d","display_name":"House/Land Property - Lalitpur District","entity_type":"Place","type":"location","outcome":null,"notes":"प्रतिवादीको पैतृक अंशबण्डा तथा घरजग्गा कारोबार भएको जिल्ला","name":{"en":"House/Land Property - Lalitpur District","ne":"घर/जग्गा सम्पत्ति - ललितपुर जिल्ला"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/napi-karyalaya-cabahila-58bb88","display_name":"Land Survey Office, Chabahil","entity_type":"Organization","type":"related","outcome":null,"notes":"प्रतिवादी कार्यरत रहेको नापी कार्यालय","name":{"en":"Land Survey Office, Chabahil","ne":"नापी कार्यालय, चाबहिल"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/government/department/survey","display_name":"Survey Department","entity_type":"GovernmentOrganization","type":"related","outcome":null,"notes":"प्रतिवादी कार्यरत रहेको विभाग","name":{"en":"Survey Department","ne":"नापी विभाग"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/sojana-puri-1d15a5","display_name":"Sojan Puri","entity_type":"Person","type":"related","outcome":null,"notes":"प्रतिवादीको एकासगोलको परिवार सदस्य — आय-व्यय गणनामा समावेश","name":{"en":"Sojan Puri","ne":"सोजन पुरी"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/rastriya-vanijya-baimka-80e830","display_name":"National Commerce Bank","entity_type":"Organization","type":"related","outcome":null,"notes":"प्रतिवादीको खाता/कारोबार रहेको बैंक","name":{"en":"National Commerce Bank","ne":"राष्ट्रिय वाणिज्य बैंक"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/brhaspati-bacata-tatha-rna-sahakari-sams-a30c91","display_name":"Brihaspati Savings and Loan Cooperative Ltd.","entity_type":"Organization","type":"related","outcome":null,"notes":"प्रतिवादीको निक्षेप/लगानी रहेको सहकारी संस्था","name":{"en":"Brihaspati Savings and Loan Cooperative Ltd.","ne":"बृहस्पति बचत तथा ऋण सहकारी संस्था लि"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/annapurna-bacata-tatha-rna-sahakari-sams-750f0b","display_name":"Annapurna Savings and Loan Cooperative Institution Ltd.","entity_type":"Organization","type":"related","outcome":null,"notes":"प्रतिवादीको निक्षेप/लगानी रहेको सहकारी संस्था","name":{"en":"Annapurna Savings and Loan Cooperative Institution Ltd.","ne":"अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लि"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/laipha-insyorensa-karporesana-nepala-lim-a413ab","display_name":"Life Insurance Corporation (Nepal) Ltd.","entity_type":"Organization","type":"related","outcome":null,"notes":"बीमा प्रिमियम भुक्तानी भएको बीमा कम्पनी","name":{"en":"Life Insurance Corporation (Nepal) Ltd.","ne":"लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/amerikana-laipha-insyorensa-kampani-li-210bac","display_name":"American Life Insurance Company Ltd.","entity_type":"Organization","type":"related","outcome":null,"notes":"बीमा प्रिमियम भुक्तानी भएको बीमा कम्पनी","name":{"en":"American Life Insurance Company Ltd.","ne":"अमेरिकन लाईफ ईन्स्योरेन्स कम्पनी लि"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/kathmandu-np0327","display_name":"Kathmandu","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Kathmandu","ne":"काठमाडौँ"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/lalitpur-np0325","display_name":"Lalitpur","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Lalitpur","ne":"ललितपुर"},"image":null}],"tags":["CIAA","Corruption","Land Management","Illegal Property Acquisition","Assets Beyond Known Income"],"description":"नापी कार्यालय, चाबहिल (हाल नापी विभाग) मा नापी अधिकृत (रा.प. तृतीय श्रेणी) पदमा कार्यरत राजु पुरी विरुद्ध सेवाग्राहीको काममा ढिलासुस्ती गरी अतिरिक्त रकम असुल्दै अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी मिति २०७२/१०/२२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको थियो। उजुरीमा भ्रष्टाचारबाट आर्जित रकम जग्गा प्लटिङ, विभिन्न बैंक तथा जलविद्युत कम्पनीको शेयर खरिद तथा काठमाडौंका सहकारी संस्थाहरूमा परिवार र आफन्तको नाममा जम्मा गरिएको आरोप लगाइएको थियो। सोही उजुरीका आधारमा आयोगले अनुसन्धान गरी मिति २०५२/०९/०९ गते सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि मिति २०७९/०३/३२ गतेसम्मलाई जाँच अवधि कायम गरी राजु पुरी तथा निजको एकासगोलको परिवारको आय–व्ययको विस्तृत विश्लेषण गरेको थियो।\n\n****आरोपपत्रको सार****\n\nआयोगले गरेको गणना अनुसार जाँच अवधिभर राजु पुरी र निजको परिवारले पारिश्रमिक, घरजग्गा बिक्री, घरबहाल, मुआब्जा, कर्जा, कृषि, लाभांश, ब्याज, बीमा र अन्य भत्ता जस्ता शीर्षकहरूबाट कुल रु.१,२०,७७,७४८।६९ आम्दानी गरेको देखिएको थियो। यसको तुलनामा निजहरूले घर निर्माण, कर्जाको साँवा-ब्याज भुक्तानी, जीवन बीमा प्रिमियम, जग्गा खरिद, शेयर खरिद, शैक्षिक खर्च, विद्युतीय सामान खरिद, सवारी साधन खरिद, विदेश भ्रमण खर्च, पुँजीगत लाभ कर र बैंक मौज्दातसमेतमा कुल रु.२,२४,८१,६९०।५२ खर्च तथा लगानी गरेको देखिएको थियो। यसरी आयको तुलनामा खर्च तथा लगानी बढी भएको र सो फरक रकमको वैधानिक स्रोत खुल्न नआएको हुँदा राजु पुरीले सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको र अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको आरोपपत्रमा उल्लेख गरिएको थियो।\n\n****प्रतिवादीहरुको भुमिका****\n\nराजु पुरीलाई सार्वजनिक पदमा रहँदा पदीय अख्तियारको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको  \nभनि मुख्य प्रतिवादी बनाइएको थियो। निजकी श्रीमती श्रृजना गिरीको नाममा समेत गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढेबढाएको सम्पत्ति रहेको देखिएकोले निजलाई भने भ्रष्टाचारको आरोप नलगाई, निजको नाममा रहेको सम्पत्ति जफत गर्ने प्रयोजनका  लागि मात्र प्रतिवादी कायम गरिएको थियो।\n\n****बिगो****\n\nआयोगले राजु पुरीको नाममा स्रोत नखुलेको खर्च तथा लगानी रु. १,०४,०३,९४१।- (एक करोड चार लाख तीन हजार नौ सय एकचालिस रूपैयाँ त्रियासी पैसा) रहेको भनी बिगो कायम गरेको थियो। सो\n\n| विवरण                                                 | रकम                |\n| ----------------------------------------------------- | ------------------ |\n| जाँच अवधिभरको कुल खर्च तथा लगानी                      | रु. २,२४,८१,६९०।५२ |\n| स्रोत पुष्टि भएको (वैध आयबाट भएको) खर्च/सम्पत्ति      | रु. १,२०,७७,७४८।६९ |\n| स्रोत पुष्टि नभएको (गैरकानूनी) सम्पत्ति — आरोपित बिगो | रु. १,०४,०३,९४१।८३ |\n\n****स्रोत नखुलेका शीर्षकहरु****\n\n| शीर्षक                       | रकम                |\n| ---------------------------- | ------------------ |\n| जग्गा खरिद                   | रु. ४२,२२,६१७।७५   |\n| घर निर्माण                   | रु. २१,६९,०४१।१९   |\n| कर्जाको साँवा-ब्याज भुक्तानी | रु. १९,१७,५३७।१७   |\n| बैंक मौज्दात                 | रु. १७,१५,१६७।१५   |\n| विद्युतीय सामान खरिद         | रु. १,४१,०००।–     |\n| हवाई खर्च                    | रु. ९०,०००।–       |\n| शेयर खरिद                    | रु. ६२,३००।–       |\n| अध्ययन खर्च                  | रु. ६१,८७०।–       |\n| बीमा प्रिमियम भुक्तानी       | रु. २४,४०९।–       |\n| जम्मा                        | रु. १,०४,०३,९४१।८३ |\n\n****आरोपको कानुनी आधार****\n\nआयोगले राजु पुरीले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको उल्लेख गर्दै साबिकको ऐनको दफा ३, दफा २९ को उपदफा (२) तथा प्रचलित कानुनको दफा २० को उपदफा (२) बमोजिम जरिबाना र कैद सजायको मागदाबी लिएको थियो। साथै साबिक ऐनको दफा ३, दफा १६ग, दफा २९ को उपदफा (१), प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफत तथा असुल हुनुपर्ने मागदाबी लिइएको थियो। श्रृजना गिरीको हकमा भने निजको नाममा रहेको सम्पत्ति साबिक ऐनको दफा १६ग, दफा २९ र प्रचलित ऐनको दफा ४७ तथा आयोग ऐनको दफा २९ख बमोजिम मात्र जफत गर्नुपर्ने मागदाबी लिइएको थियो।\n\n  \n\n ****प्रतिवादीहरुको बयान****\n\n****प्रतिवादी राजु पुरीले मिति 2080/06/16 मा अदालत समक्ष गरेको बयानः**** प्रतिवादी राजु पुरीले आफूले सेवाग्राहीको काम समयमै गर्ने गरेको र सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क नै नरहने भएकाले अतिरिक्त रकम लिएको आरोप अस्वीकार गरेका छन्। निजका अनुसार आयोगले जाँच अवधि अनावश्यक रूपमा छोटो तथा खण्डीकृत रूपमा निर्धारण गरी आय-व्ययको गणना मनोमानी ढंगले गरेको, आफूले पेस गरेका आय–व्ययका विवरण तथा प्रमाणहरूलाई मिसिलमा समावेश नगरी पूर्वाग्रहपूर्ण रूपमा आरोपपत्र दायर गरेको बताएका छन्। घर निर्माण, शैक्षिक खर्च, कर्जा भुक्तानी, शेयर खरिद, हवाई टिकट, विद्युतीय सामान खरिद तथा बैंक मौज्दातलगायतका शीर्षकमा वास्तविकभन्दा बढी खर्च देखाइएको र आफूले नगरेका खर्चसमेत समावेश गरिएको जिकिर गरेका छन्। साथै आफन्त तथा साथीहरूबाट लिएको सापटी फिर्ता तथा जग्गा बिक्रीबाट प्राप्त रकम जम्मा भएको अंशलाई पनि आयमा गणना गर्नुपर्ने उल्लेख गर्दै आफ्नो कुल खर्च ****रु. २,९२,२७,१४२।५८**** र कुल आय ****रु. ४,१३,८३,८०६।३२**** रहेको हुँदा आय व्ययभन्दा ****रु. १,२१,५६,६६३।७८**** ले बढी रहेको दाबी गरेका छन्। यस आधारमा सम्पत्ति आर्जनमा कुनै स्रोतको अभाव नरहेको भन्दै आरोपबाट सफाइ माग गरेका छन्।\n\n****प्रतिवादी श्रृजना गिरीले मिति 2080/06/18 मा अदालत समक्ष गरेको बयानः**** प्रतिवादी श्रृजना गिरीले आफ्नो नाममा रहेको सम्पत्ति गैरकानूनी रूपमा नभई वैध स्रोतबाट आर्जित भएको जिकिर गरेकी छन्। निजका अनुसार उक्त सम्पत्ति भाइले पैतृक सम्पत्ति बिक्री गरी दिएको रकम, आफ्नो पारिश्रमिक तथा पसलबाट भएको आय, श्रीमानको तलब-भत्ता, घरजग्गा बहाल आय, कृषि तथा पशुपालनबाट प्राप्त आय, विवाह तथा उत्सवमा प्राप्त दक्षिणा, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण-सापटी तथा पैतृक अंशबण्डाबाट प्राप्त नगद र सुनबाट आर्जन गरिएको हो। साथै श्रीमान राजु पुरीले अदालतमा पेस गरेको बयान तथा प्रमाणलाई आफ्नो बयानको अभिन्न अङ्ग मानी सोही आधारमा आरोपबाट सफाइ माग गरेकी छन्।\n\n****विशेष अदालतको निर्णयको सार****\n\nअदालतले मुख्य रूपमा निम्न प्रश्नहरूमा विचार गरेको थियो:\n\n1. आय-व्यय गणना गर्दा सम्पूर्ण जाँच अवधिलाई एकमुष्ट रूपमा हेर्ने कि खण्डीकरण गरी नगद प्रवाह (Cash Flow) को आधारमा गणना गर्ने?\n2. राजु पुरीले वैध आयभन्दा बढी सम्पत्ति आर्जन गरेका हुन् वा होइनन्?\n3. आरोप दाबी बमोजिमको कसुर पुष्टि हुन्छ वा हुँदैन?\n4. प्रतिवादी तथा निजकी श्रीमतीको नाममा रहेको सम्पत्ति जफत हुनुपर्छ वा पर्दैन?\n\n****फैसला****\n\nअदालतले आयोगले अपनाएको खण्डीकृत नगद प्रवाह पद्धतिलाई (Cash Flow) अस्वीकार गर्दै, सर्वोच्च अदालतबाट स्थापित नजिरहरु अनुसार गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा समग्र जाँच अवधिको आय–व्यय एकमुष्ट रूपमा मूल्यांकन गर्नुपर्ने ठहर गर्‍यो। यसरी आय र व्ययको परिक्षण एकमुष्ट रूपमा मूल्यांकन गर्दा व्ययतर्फ घर निर्माण, कर्जा भुक्तानी, बीमा प्रिमियम, जग्गा खरिद, शेयर खरिद, शैक्षिक खर्च, सवारी साधन, विदेश भ्रमण, हवाई खर्च तथा बैंक मौज्दातसम्बन्धी आयोगको गणनालाई अधिकांश रूपमा स्वीकार गर्दै कूल व्यय रु. २,२३,९९,६९७।१० कायम गर्यो।\n\nआयतर्फ भने आयोगले गणना नगरेका घरजग्गा बहाल आय, कर्जा आय, लाभांश आय, ब्याज आय, बीमा भुक्तानी, अन्य भत्ता, दशैं भत्ता, विदेशी रेमिट्यान्स, मोटरसाइकल बिक्री, विवाहमा प्राप्त दान-दक्षिणा तथा संयुक्त बैंक खाताबाट अन्य साझेदारहरूको हकहिस्साबापत लिएको रु. ९२,१८,३३२।१६ समेतलाइ समावेश गरी कूल आय रु. २,८२,३६,६८४।४४ कायम गर्यो।\n\nयसरी पुनःगणना गर्दा प्रतिवादीहरूको आय व्ययभन्दा रु. ५८,३६,९८७।३४ ले बढी देखिएकोले सम्पत्ति विवरण अमिल्दो वा अस्वाभाविक नरहेकोलेअदालतले प्रतिवादी राजु पुरी र श्रृजना गिरी दुवैलाई आरोप दाबीबाट सफाइ दिने ठहर गर्‍यो। साथै जफतको माग गरिएको सम्पत्ति फुकुवा गर्ने र राजु पुरीले धरौटीबापत राखेको रु. १,००,०००/- नियमानुसार फिर्ता दिने आदेश समेत गर्यो।\n\n| प्रतिवादी    | निर्णय | आधार                                                                                     |\n| ------------ | ------ | ---------------------------------------------------------------------------------------- |\n| राजु पुरी    | सफाइ   | समग्र जाँच अवधिको पुनःगणनामा वैध आय व्ययभन्दा बढी देखिएकोले आरोप दाबी पुष्टि हुन नसकेको। |\n| श्रृजना गिरी | सफाइ   | पतिविरुद्धको आरोप पुष्टि नभएकोले निजको नाममा रहेको सम्पत्ति जफत गर्ने आधार नरहेको।       |","key_allegations":["प्रतिवादी राजु पुरीले नापी कार्यालय, चाबहिलमा नापी अधिकृतको रूपमा कार्यरत रहँदा सेवाग्राहीसँग अतिरिक्त रकम असुल गरी आफ्नो वैध आय स्रोतभन्दा बढी खर्च तथा लगानी गरी अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाइएको।","प्रतिवादीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जग्गा प्लटिङ, बैंक तथा जलविद्युत कम्पनीको शेयर खरिद र सहकारी संस्थाहरूमा लगानी गरी तथा आफ्नी श्रीमती श्रृजना गिरीको नाममा राखी लुकाएको आरोप लगाइएको।","प्रतिवादी राजु पुरी विरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी कसुरमा अभियोग दायर गरिएको।"],"timeline":[{"date":"1995-12-24","title":"जाँच अवधिभर वैध आयभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप","date_bs":"2052-09-09","end_date":"2022-07-16","description":"राजु पुरीले सार्वजनिक सेवा प्रवेश गरेको २०५२।०९।०९ देखि २०७९ असार मसान्तसम्मको अनुसन्धान अवधिमा सेवाग्राहीसँग अतिरिक्त रकम लिई पदीय हैसियत दुरुपयोग गरी जग्गा प्लटिङ, बैंक/जलविद्युत शेयर र सहकारी निक्षेपमा रकम लगाई बिगो रु.१,०४,०३,९४१।८३ बराबरको अवैध सम्पत्ति आर्जन गरेको आरोप।","end_date_bs":"2079-03-32"},{"date":"1996-03-10","title":"पैतृक अंशबण्डा सम्पन्न","date_bs":"2052-11-27","description":"मालपोत कार्यालय, ललितपुरमा राजु पुरीको पैतृक अंशबण्डा भएको — प्रतिवादीको वैध सम्पत्ति स्रोतको आधार।"},{"date":"1998-05-27","title":"राजु पुरी–श्रृजना गिरी विवाह","date_bs":"2055-02-13","description":"सहप्रतिवादी श्रृजना गिरीसँग विवाह; जफत प्रयोजनार्थ निजको नाममा राखिएको सम्पत्तिको प्रश्नसँग सम्बन्धित।"},{"date":"2015-09-17","title":"नापी कार्यालय चाबहिलमा सरुवा","date_bs":"2072-05-31","description":"राजु पुरी चाबहिल नापी कार्यालयमा नापी अधिकृत भई सरुवा भएको — सेवाग्राहीसँग अतिरिक्त रकम लिएको भनिएको कार्यालय।"},{"date":"2016-02-05","title":"अख्तियारमा उजुरी दर्ता","date_bs":"2072-10-22","description":"राजु पुरीले अकुत/गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी दर्ता नं. 7273C-000108-5118 मिति २०७२।१०।२२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता।"},{"date":"2016-10-26","title":"संयुक्त बैंक खाता खोलिएको","date_bs":"2073-07-10","description":"नेपाल इन्भेष्टमेन्ट बैंक, लगनखेलमा संयुक्त बैंक खाता खोलिएको।"},{"date":"2016-12-29","title":"कि.नं. ५५२ जग्गा बिक्री","date_bs":"2073-09-14","description":"गोदामचौर-१घ कि.नं. ५५२ (०-६-०-०) भुवना जोशीलाई रु.२९,९०,००० मा बिक्री।"},{"date":"2017-06-12","title":"कि.नं. ६०८ जग्गा बिक्री","date_bs":"2074-02-29","description":"मातातिर्थ-९ख कि.नं. ६०८ (०-५-२-२) सुमित्रा कार्कीलाई रु.२३,००,००० मा बिक्री।"},{"date":"2017-10-03","title":"मोटरसाइकल बिक्री","date_bs":"2074-06-17","description":"मोटरसाइकल (बा.३५ प.८५२३) दल बहादुर सार्कीलाई रु.१,००,००० मा बिक्री।"},{"date":"2023-07-30","title":"अख्तियारको प्रेस विज्ञप्ति — आरोपपत्र दायर","date_bs":"2080-04-14","description":"मिति २०८०।०४।१४ मा अख्तियारले प्रेस विज्ञप्तिमार्फत राजु पुरीउपर बिगो रु.१,०४,०३,९४१।८३ कायम गरी गैरकानूनी सम्पत्ति आर्जनको आरोपपत्र दायर गरेको सार्वजनिक जानकारी दिएको। प्रवक्ता: भोला दाहाल।"},{"date":"2023-07-30","title":"विशेष अदालतमा आरोपपत्र दायर / मुद्दा दर्ता","date_bs":"2080-04-14","description":"साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, ३ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१)(२), ४७ तथा अख्तियार ऐन, २०४८ को दफा २९ख बमोजिम बिगो रु.१,०४,०३,९४१।८३ कायम गरी राजु पुरी र (जफत प्रयोजनार्थ) श्रृजना गिरीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर (मुद्दा नं. ०८०-CR-०००७)।"},{"date":"2024-06-12","title":"विशेष अदालतको फैसला — दुवै प्रतिवादीलाई सफाई","date_bs":"2081-02-30","description":"विशेष अदालत इजलास नं. १ (अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेज नारायण सिंह राई र राम बहादुर थापा) ले समग्र जाँच अवधिलाई समष्टिगत रूपमा गणना गर्दा वैध आय रु.२,८२,३६,६८४।४४ ले व्यय रु.२,२३,९९,६९७।१० भन्दा बढी देखिएको ठहर्‍याई आरोप बिगो अस्वीकृत गर्दै राजु पुरी र श्रृजना गिरी दुवैले सफाई पाउने फैसला; धरौटी फिर्ता र रोक्का सम्पत्ति फुकुवा।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/ciaa_press_release/2409","additional_details":"यो प्रेस विज्ञप्ति ०८०-CR-0007 मुद्दामा आयोगले आरोपपत्र दायर गरेको कुरा तथा बिगो रकम, आय-व्यय हिसाब र कानूनी आधारको आधिकारिक अभिलेखको रूपमा रहेको छ, जसले राजु पुरीले आयभन्दा बढी सम्पत्ति आर्जन गरी अस्वाभाविक जीवनस्तर कायम गरेको र सो सम्पत्ति श्रृजना गिरीको नाममा राखेको आरोपलाई पुष्टि गर्ने प्राथमिक स्रोत हो। आरोपका रकम, मिति र दफागत आधारहरू यही विज्ञप्तिसँग मेल खाने हुँदा यो मुद्दाको केन्द्रीय अभियोगको आधिकारिक स्रोत-दस्तावेज मानिन्छ।","material":{"display_name":"नापी कार्यालय, चाबहिल (हाल नापी बिभाग) मा कार्यरत नापी अधिकृत राजु पुरीउपर बिगो रु.१,०४,०३,९४१।८३ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।","material_type":"press_release","urls":[{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2409. नापी कार्यालय, चाबहिल (हाल नापी बिभाग) मा कार्यरत नापी अधिकृत राजु पुरीउपर बिगो रु.१,०४,० - 2.pdf","role":"RAW"},{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2409. नापी कार्यालय, चाबहिल (हाल नापी बिभाग) मा कार्यरत नापी अधिकृत राजु पुरीउपर बिगो रु.१,०४,० - 1.doc","role":"ALTERNATE"},{"link":"https://ciaa.gov.np/pressrelease/2409","role":"SOURCE_PAGE"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/special.080-cr-0007","additional_details":"यो फैसला यस मुद्दाको आय-व्ययको तुलनात्मक गणना तथा वैध स्रोत नखुलेको सम्पत्ति आर्जनसम्बन्धी मूल आरोपका लागि प्राथमिक न्यायिक अभिलेख हो, जसले राजु पुरीको वैध आय र खर्च/लगानीबीचको भिन्नता सम्बन्धी आरोपलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्दछ। यसमा रहेको जग्गा, बैंक/सहकारी खाता, बीमा प्रिमियम, बहाल र कृषि आयको स्रोत-अनुपात गणनाले श्रृजना गिरीसमेतको नाममा रहेको सम्पत्तिको स्रोत-निर्धारणसम्बन्धी आरोपलाई पुष्टि गर्ने आधारभूत प्रमाणका रूपमा रहन्छ।","material":{"display_name":"080-CR-0007 आदेश","material_type":"court_order","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/court-orders/special/080-CR-0007.1.doc","role":"RAW"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260606.fb7d3a34","additional_details":"यो myRepublica (Republica) मा प्रकाशित समाचार लेख अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलका नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको सार्वजनिक घोषणालाई पुष्टि गर्ने सहायक/पृष्ठभूमि स्रोत हो, जसले स्रोत नखुलेको सम्पत्ति आर्जन र पत्नी श्रृजना गिरीका नाममा सम्पत्ति राखिएको आरोपलाई समर्थन गर्छ। यो आयोगको आधिकारिक अभियोगपत्र वा फैसला नभई पत्रकारितामूलक विवरण भएकाले प्राथमिक अभिलेख नभई समाचारगत पुष्टिकरण मात्र हो, र यसमा उल्लिखित अंक (कुल सम्पत्ति, वैध आय, बिगो) सूचनात्मक रूपमा सान्दर्भिक छन्।","material":{"display_name":"CIAA files case against Survey Officer for illegal earnings of around Rs 10 million - myRepublica - The New York Times Partner, Latest news of Nepal in English, Latest News Articles | Republica","material_type":"news","urls":[{"link":"https://d2l6fjvu7g4rze.cloudfront.net/news/ciaa-files-case-against-surveyor-officer-for-illegal-earnings-of-around-rs-10-million","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/c1d4c95308288c1e35c33add58c84c33a63a0527838a86d513c44c2f2dfcad94.md","role":"MARKDOWN"},{"link":"https://web.archive.org/web/20260612202254/https://d2l6fjvu7g4rze.cloudfront.net/news/ciaa-files-case-against-surveyor-officer-for-illegal-earnings-of-around-rs-10-million","role":"PERMALINK"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/080-cr-0007"],"missing_details":"१. यस मुद्दाको आरोपपत्र सार्वजनिक भएको छैन भने यसमा उल्लिखित विवरणहरु विशेष अदालतको फैसलामा आधारित छन्।\n२. उक्त फैसला उपर पुनरावेदन परेको वा नपरेको भन्ने कुरा थाहा पाउन सकिएको छैन।","bigo":10403941,"weight":0,"versionInfo":{"action":"published","datetime":"2026-07-22T12:19:54.174470+00:00"},"created_at":"2026-05-05T20:29:19.634321+05:45","updated_at":"2026-10-05T21:38:23.804439+05:45"}