{"id":67,"slug":"rajiv-rimal-ner-irrigation-080-cr-0154","public_iri":"https://jawafdehi.org/case/rajiv-rimal-ner-irrigation-080-cr-0154","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"मुगुको नेर सिँचाई आयोजनामा नबनेको कामको रु. ५.६१ लाख भुक्तानी: राजिव रिमाल विरुद्ध मुद्दा (080-CR-0154)","short_description":"मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. ५ स्थित नेर सिंचाई आयोजनामा फिल्डमा नभएको काम भएको भनी झुट्टा नापी किताब र बिल तयार गरी बढी भुक्तानी लिई सरकारलाई हानि नोक्सानी पुर्‍याएको आरोपमा खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयका कर्मचारीहरू र उपभोक्ता समितिका पदाधिकारीहरू उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी अभियोग दायर गरेको थियो। १,७०० मिटर पाइपलाइन निर्माण हुनुपर्नेमा ८१२.५ मिटर मात्र भई ८८७.५ मिटर काम नभएको आरोप थियो। विशेष अदालतले प्रमाण मूल्याङ्कनपछि पाँचै प्रतिवादीहरूलाई दोषी ठहर गरेको थियो।","authors":[{"slug":"subodh-kandel","display_name":"Subodh Kandel","name_ne":"सुबोध कँडेल","photo_url":"https://jawafdehi.org/assets/teammembers/subodh.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-08-13","public_edit_history":[],"public_notes":"Case Summarized by Subodh Kandel, First Published on 2083/04/26","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/65aa5053a7e9f3f7928ee3df51a245c911f7782e3b3776aecc8402d21241e046.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/fa1f941ce7ed4f047c5e3a44e74d0bc5a6307b0859a0b1ac8a1e7ea824b49411.webp 400w, https://s3.jawafdehi.org/case_uploads/a507d218d4a5ef40fcb5ce21cc8a68fe592235c97ea891aa29604c05d421b007.webp 800w, https://s3.jawafdehi.org/case_uploads/65aa5053a7e9f3f7928ee3df51a245c911f7782e3b3776aecc8402d21241e046.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/add18e30cf5bb36f5b0d534dfb76cf715b22e20bbc8c8cf2477e6463e9ca1f0c.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/b5c8ab1106bc43e2b77a059d1a4ddd68ff317b8174d5b8419d3e5265098b0c28.webp 640w, https://s3.jawafdehi.org/case_uploads/6b71652f7a5f6a264599ef5fc10f698c9ed161180d748a853c36fe9b9760887e.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/add18e30cf5bb36f5b0d534dfb76cf715b22e20bbc8c8cf2477e6463e9ca1f0c.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":392,"banner_image_id":319,"thumbnail_url":"","banner_url":"","case_start_date":"2024-04-14","case_end_date":"2024-08-11","dates":{"stages":[{"end":"2024-08-11","stage":"initial","start":"2024-04-14","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/080-cr-0154"},{"stage":"appeal","courtcase_iri":"https://jawafdehi.org/courtcase/supreme/082-cr-0963"}]},"status":"ongoing","case_track":null,"status_override":null,"proceedings_started_on":"2024-04-14","proceedings_decided_on":null,"appeal_verdicts":{"https://jawafdehi.org/courtcase/supreme/082-cr-0963":null},"appeal_parties":{"https://jawafdehi.org/courtcase/supreme/082-cr-0963":["https://jawafdehi.org/entity/person/rajiva-rimala-181f79"]},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/location/district/mugu-np0665","display_name":"Mugu","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"आयोजना रहेको जिल्ला","name":{"en":"Mugu","ne":"मुगु"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/province/karnali-np06","display_name":"Karnali Province","entity_type":"AdministrativeArea,jawafdehi:Province","type":"location","outcome":null,"notes":"आयोजना रहेको प्रदेश","name":{"en":"Karnali Province","ne":"कर्णाली प्रदेश"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/nera-simcai-nirmana-upabhokta-samiti-7ccffc","display_name":"Ner Irrigation Construction Consumer Committee","entity_type":"Organization","type":"related","outcome":null,"notes":"निर्माण कार्य गर्ने उपभोक्ता समिति — बढी भुक्तानी लिएको","name":{"en":"Ner Irrigation Construction Consumer Committee","ne":"नेर सिंचाई निर्माण उपभोक्ता समिति"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/khanepani-simcai-tatha-urja-vikasa-karya-8593df","display_name":"Water Supply, Irrigation and Energy Development Office, Gamgadhi, Mugu","entity_type":"Organization","type":"related","outcome":null,"notes":"सम्झौता गरी भुक्तानी दिने आयोजनाको कार्यान्वयन कार्यालय","name":{"en":"Water Supply, Irrigation and Energy Development Office, Gamgadhi, Mugu","ne":"खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, गमगढी, मुगु"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/tirtha-bahadura-sahi-8d8369","display_name":"Tirtha Bahadur Shahi","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"तत्कालीन सचिव, नेर सिंचाई निर्माण उपभोक्ता समिति — फरार","name":{"en":"Tirtha Bahadur Shahi","ne":"तिर्थ बहादुर शाही"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/hira-bahadura-sahi-e74b5c","display_name":"Hira Bahadur Shahi","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"तत्कालीन उपाध्यक्ष, नेर सिंचाई निर्माण उपभोक्ता समिति","name":{"en":"Hira Bahadur Shahi","ne":"हिरा बहादुर शाही"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/teja-bahadura-sahi-35bddd","display_name":"Tej Bahadur Shahi","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"तत्कालीन अध्यक्ष, नेर सिंचाई निर्माण उपभोक्ता समिति","name":{"en":"Tej Bahadur Shahi","ne":"तेज बहादुर शाही"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/nara-bahadura-lavada-6198e8","display_name":"Nar Bahadur Laud","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"तत्कालीन सब-इन्जिनियर, खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, गमगढी","name":{"en":"Nar Bahadur Laud","ne":"नर बहादुर लावड"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/rajiva-rimala-181f79","display_name":"Rajiv Rimal","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"तत्कालीन कार्यालय प्रमुख/इन्जिनियर, खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, गमगढी — मुख्य प्रतिवादी","name":{"en":"Rajiv Rimal","ne":"राजिव रिमाल"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/localunit/soru-gaunpalika-60203","display_name":"Soru Rural Municipality","entity_type":"AdministrativeArea,jawafdehi:RuralMunicipality","type":"location","outcome":null,"notes":"","name":{"en":"Soru Rural Municipality","ne":"सोरु गाउँपालिका"},"image":null}],"tags":["CIAA","Corruption","Water Supply","Public Office Abuse","Forged Documents","Karnali"],"description":"### आरोपपत्रको सार\n\nआर्थिक वर्ष २०७८/०७९ मा जिल्ला मुगु, सोरु गाउँपालिका वडा नं. ५ स्थित नेर सिंचाई आयोजना निर्माणका लागि खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, गमगढी, मुगु र नेर सिंचाई निर्माण उपभोक्ता समितिबीच मिति २०७८।०९।२६ मा जम्मा रु.२२,२५,३८४।१४ (जसमध्ये कार्यालयले रु.२०,०२,८४५।७२ र उपभोक्ताको योगदान रु.२,२२,५३८) को लागत अनुमानमा सम्झौता भएको थियो। सम्झौता अनुसार ९०mm व्यासको एच.डि.पि.ई. पाइप प्रयोग गरी १,७०० मिटर लामो सिंचाई कुलो मिति २०७८।१२।१५ सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने थियो।\n\nउपभोक्ता समितिले निर्माण कार्य सम्पन्न भएको भन्दै पेस गरेको प्रथम र दोस्रो रनिङ बिलका आधारमा मिति २०७८।१०।१७ मा रु.२,९३,८७०।- र मिति २०७९।०३।१६ मा रु.१४,००,६६२।- गरी जम्मा रु.१६,९४,५३२।- भुक्तानी भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिएको प्राविधिकसहितको टोलीले मिति २०७९।११।२७ मा स्थलगत मुचुल्का र मिति २०८०।०१।०६ मा प्राविधिक प्रतिवेदन तयार गर्दा उक्त पाइपलाइन १,७०० मिटर हुनुपर्नेमा फिल्डमा ८१२.५ मिटर मात्र रहेको र ८८७.५ मिटर काम फिल्डमा नभएको पाइयो। यसरी नभएको कामवापत रु.५,६१,४८१।९५ बढी भुक्तानी भएको देखिएकाले, झुट्टा नापी किताब र बिल तयार गरी उपभोक्ता समितिलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याएको भन्ने आरोप लगाइएको थियो।\n\n### प्रतिवादीहरूको भूमिका\n\nराजिव रिमाल (इन्जिनियर/कार्यालय प्रमुख, खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, गमगढी, मुगु) ले फिल्डमा नभएको काम पनि भएको भनी झुट्टा नापी किताब र पहिलो-दोस्रो बिल स्वीकृत गरी रु.५,६१,४८१।९५ बढी भुक्तानी दिएको आरोप लगाइएको थियो।\n\nनर बहादुर लावड (सब-इन्जिनियर, सोही कार्यालय) ले फिल्डमा नभएको काम भएको भनी झुट्टा नापी किताब र बिल तयार गरी पेस गरेको र सोही आधारमा भुक्तानी भएको आरोप लगाइएको थियो। साथै, फिल्डमा नभएको कार्य भएको भनी नभए/नगरेको कुरा देखाई गलत निर्माण सम्पन्न प्रतिवेदन दिएको थप आरोप पनि लगाइएको थियो।\n\nतेज बहादुर शाही (अध्यक्ष), हिरा बहादुर शाही (उपाध्यक्ष) र तिर्थ बहादुर शाही (सचिव): नेर सिंचाई उपभोक्ता समितिका यी तीन पदाधिकारीहरूले सम्झौता र लागत अनुमानभन्दा कम काम गरी फिल्डमा नभएको काम पनि भएको भनी भुक्तानीका लागि झुट्टा बिल पेस गरी रु.५,६१,४८१।९५ बढी भुक्तानी लिई आफूलाई गैरकानूनी लाभ पुर्‍याएको आरोप लगाइएको थियो।\n\n### बिगो\n\nआरोप पत्रको अनुसार फिल्डमा नभएको ८८७.५ मिटर पाइपलाइन कार्यवापत रु.५,६१,४८१।९५ (पाँच लाख एकसठ्ठी हजार चार सय एकासी रुपैयाँ पन्चानब्बे पैसा) नेपाल सरकारलाई भएको हानि नोक्सानी बिगोको रूपमा कायम गरिएको थियो।\n\n### मागदाबी\n\nराजिव रिमाल र नर बहादुर लावड उपर सरकारी ओहदाको दुरुपयोग गरी झुट्टा बिल-भर्पाई बनाई भुक्तानी लिने-दिने कार्य गरेको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) अन्तर्गत अभियोग लगाइएको थियो। नर बहादुर लावड उपर थप, भएगरेको कुरा लुकाई गलत प्रतिवेदन दिएको आरोपमा सोही ऐनको दफा १९(२) अन्तर्गत समेत अभियोग लगाइएको थियो। उपभोक्ता समितिका तीन पदाधिकारीहरू (राष्ट्रसेवक नभएका व्यक्तिहरू) उपर सम्झौताको शर्त पालना नगरी आफूलाई गैरकानूनी लाभ पुर्‍याएको आरोपमा सोही ऐनको दफा ८ को उपदफा (४) अन्तर्गत अभियोग लगाइएको थियो।\n\n| प्रतिवादी | भूमिका | कानुनी व्यवस्था |\n|---|---|---|\n| राजिव रिमाल | इन्जिनियर/कार्यालय प्रमुख (फिल्डमा नभएको काम भएको भनी झुट्टा नापी किताब र बिल स्वीकृत गरेको) | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) |\n| नर बहादुर लावड | सब-इन्जिनियर (झुट्टा नापी किताब र बिल तयार गरी पेस गरेको, गलत निर्माण सम्पन्न प्रतिवेदन दिएको) | दफा ८(१)(ङ) र दफा १९(२) |\n| तेज बहादुर शाही | उपभोक्ता समिति अध्यक्ष (कम काम गरी झुट्टा बिल पेस गरी बढी भुक्तानी लिएको) | दफा ८(४) |\n| हिरा बहादुर शाही | उपभोक्ता समिति उपाध्यक्ष (कम काम गरी झुट्टा बिल पेस गरी बढी भुक्तानी लिएको) | दफा ८(४) |\n| तिर्थ बहादुर शाही | उपभोक्ता समिति सचिव (कम काम गरी झुट्टा बिल पेस गरी बढी भुक्तानी लिएको) | दफा ८(४) |\n\n### प्रतिवादीहरूको बयान\n\n| प्रतिवादी | बयान |\n|---|---|\n| राजिव रिमाल, नर बहादुर लावड | सिंचाई योजनाको सबै काम लागत अनुमान र सम्झौता बमोजिम सम्पन्न भई पानी संचालन भएको र स्थानीय कृषकले लाभ लिएको जिकिर गरे। मूल पाइप लाइन (८१२.५ मिटर) बाहेक ४ वटा कलेक्सन च्याम्बरबाट ३५०, २५० र ३१० मिटरका सहायक पाइप लाइनसमेत निर्माण भएको तर आयोगको टोलीले मूल लाइन मात्र नापजाँच गरी सहायक लाइनहरू नापजाँच नगरी अपुरो र झुट्टा प्रतिवेदन दिएको भन्दै पुनः सम्पूर्ण पाइपलाइनको नापजाँच गरिपाउँ भनी जिकिर गरे। रिसिबीका कारण झुट्टा उजुरी परेको र आफूले बदनियतपूर्वक काम नगरेको भन्दै सफाइको माग गरे। |\n| तेज बहादुर शाही, हिरा बहादुर शाही, तिर्थ बहादुर शाही | प्राविधिकले तयार पारेको नापी किताब र कार्य सम्पन्न प्रतिवेदनका आधारमा योजना सम्पन्न भई भुक्तानी लिएको र सहायक पाइप लाइनसमेत निर्माण भई १,७०० मिटर नै पूरा भएको जिकिर गरे। आयोगको टोलीले मूल लाइन मात्र नापी गरी शाखा लाइन ननापेकाले कम देखिएको र मुचुल्का राम्ररी पढ्न नदिई विश्वासमा राखी सहिछाप गराइएको भन्दै राजनैतिक/व्यक्तिगत रिसिबीका कारण उजुरी परेको जिकिर गरी सफाइ माग गरे। हिरा बहादुर शाहीले थप, सहायक लाइन नापजाँच गर्दा बरु सरकारले थप रकम बुझाउनुपर्ने हुन आउने जिकिर गरे। |\n\n### विशेष अदालतको निर्णयको सार\n\n#### अदालतले विचार गरेका मुख्य प्रश्नहरू\n\nअदालतले (क) प्रतिवादीहरूले आरोप दाबी बमोजिम कम काम गरी बढी भुक्तानी लिएको हो, होइन? (ख) सो कार्यबाट नेपाल सरकारलाई हानि नोक्सानी पुगेको छ, छैन? र (ग) प्रतिवादीहरूलाई आरोप दाबी बमोजिमको कसुरमा सजाय गर्नुपर्ने हो, होइन भन्ने प्रश्नहरूमा निर्णय गर्नुपरेको थियो।\n\nअदालतले निर्माण सम्पन्न प्रतिवेदन, नापी किताब र बिल-भर्पाईमा नै ९०mm व्यासको पाइप १,७०० मिटर जडान गरेको भनी उल्लेख गरिएको तर आयोगको प्राविधिक टोलीको स्थलगत नापजाँच र मुचुल्काबाट वास्तवमा ८१२.५ मिटर मात्र कार्य भएको देखिएको भन्दै, प्रतिवादीहरूले सहायक पाइप लाइनसमेत सोही व्यासको ९०mm पाइपबाट नै बनाएको भनी पुष्टि गर्न नसकेको हुँदा १,७०० मिटरमध्ये ८८७.५ मिटर काम नभएको तथ्यमा विवाद नरहेको ठहर गर्‍यो।\n\nराजिव रिमाल र नर बहादुर लावडले प्राविधिक सुपरिवेक्षण गर्ने आफ्नो सम्झौताबद्ध जिम्मेवारी हुँदाहुँदै निर्माण सम्पन्न भए/नभएको यकिन नगरी बिल-भर्पाईकै आधारमा भुक्तानी दिएको आफैं बयानमा स्वीकार गरेकाले दफा ८(१)(ङ) बमोजिमको कसुर स्थापित भएको ठहर गर्‍यो। नर बहादुर लावडले भएगरेको वास्तविकता लुकाई झुट्टा निर्माण सम्पन्न प्रतिवेदन दिएको हुँदा दफा १९(२) बमोजिमको कसुरसमेत स्थापित भएको ठहर गर्‍यो। उपभोक्ता समितिका तीन पदाधिकारीहरूले सम्झौता र लागत अनुमानविपरीत कार्य गरी झुट्टा बिल पेस गरी बढी भुक्तानी लिएकाले दफा ८(४) बमोजिमको कसुर भएको ठहर गर्‍यो।\n\n#### निर्णय\n\nअदालतले सबै पाँच प्रतिवादीहरूलाई आरोपित कसुरमा दोषी ठहर गर्‍यो। बिगो रु.५,६१,४८१।९५ पाँचै प्रतिवादीबाट दामासाहीले (प्रत्येकबाट रु.१,१२,२९६।३९ का दरले) असुल उपर हुने ठहर गर्‍यो।\n\n| प्रतिवादी | निर्णय | सजाय |\n|---|---|---|\n| राजिव रिमाल | दोषी ठहर | दफा ८(१) बमोजिम ३ महिना कैद र बिगोको दामासाहीले रु.१,१२,२९६।३९ जरिवाना |\n| नर बहादुर लावड | दोषी ठहर | दफा ८(१) बमोजिम ३ महिना कैद र रु.१,१२,२९६।३९ जरिवाना; दफा १९(२) बमोजिम थप ३ महिना कैद र रु.१०,०००।- जरिवाना |\n| तेज बहादुर शाही | दोषी ठहर | दफा ८(४) बमोजिम बिगोको दामासाहीले रु.१,१२,२९६।३९ जरिवाना |\n| हिरा बहादुर शाही | दोषी ठहर | दफा ८(४) बमोजिम बिगोको दामासाहीले रु.१,१२,२९६।३९ जरिवाना |\n| तिर्थ बहादुर शाही | दोषी ठहर (फरार) | दफा ८(४) बमोजिम बिगोको दामासाहीले रु.१,१२,२९६।३९ जरिवाना |\n\n### पुनरावेदन\n\nउक्त फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको छ। उक्त पुनरावेदन (मुद्दा नं. ०८२-CR-०९६३) हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।","key_allegations":["खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, गमगढी, मुगुका कार्यालय प्रमुख/इन्जिनियर राजिव रिमाल र सब-इन्जिनियर नर बहादुर लावडले फिल्डमा नभएको ८८७.५ मिटर पाइपलाइन कार्य पनि भएको भनी झुट्टा नापी किताब र बिल तयार गरी स्वीकृत गरेका र नेर सिंचाई उपभोक्ता समितिका अध्यक्ष तेज बहादुर शाही, उपाध्यक्ष हिरा बहादुर शाही र सचिव तिर्थ बहादुर शाहीले सोही झुट्टा बिलका आधारमा रु.५,६१,४८१।९५ बढी भुक्तानी लिई नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याएको आरोप लगाइएको थियो।"],"timeline":[{"date":"2022-01-10","title":"सम्झौता तथा कार्यादेश","date_bs":"2078-09-26","description":"खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, गमगढी, मुगु र नेर सिंचाई निर्माण उपभोक्ता समितिबीच रु.२२,२५,३८४।१४ मा १,७०० मिटर सिंचाई कुलो निर्माणको सम्झौता भयो।"},{"date":"2022-01-31","title":"प्रथम भुक्तानी","date_bs":"2078-10-17","description":"प्रथम रनिङ बिलबापत रु.२,९३,८७०।- भुक्तानी गरियो।"},{"date":"2022-03-29","title":"निर्माण कार्य सम्पन्न (दाबी)","date_bs":"2078-12-15","description":"उपभोक्ता समितिले निर्माण पूर्ण रूपमा सम्पन्न भएको भनी प्रतिवेदन पेस गर्‍यो।"},{"date":"2022-06-30","title":"दोस्रो भुक्तानी","date_bs":"2079-03-16","description":"दोस्रो रनिङ बिलबापत रु.१४,००,६६२।- थप भुक्तानी हुँदा कुल भुक्तानी रु.१६,९४,५३२।- पुग्यो।"},{"date":"2022-07-12","title":"उजुरी दर्ता","date_bs":"2079-03-28","description":"आयोजनाको रकम हिनामिना भएको भन्ने उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भयो।"},{"date":"2023-03-11","title":"अख्तियारको स्थलगत मुचुल्का","date_bs":"2079-11-27","description":"आयोगको प्राविधिक टोलीले घटनास्थलमा पाइपलाइनको स्थलगत नापजाँच गरी मुचुल्का तयार गर्‍यो।"},{"date":"2023-04-19","title":"प्राविधिक प्रतिवेदन","date_bs":"2080-01-06","description":"१,७०० मिटरमध्ये ८१२.५ मिटर मात्र काम भई ८८७.५ मिटरबापत रु.५,६१,४८१।९५ बढी भुक्तानी भएको प्रतिवेदन बुझाइयो।"},{"date":"2024-04-14","title":"आरोपपत्र दायर","date_bs":"2081-01-02","description":"आयोगले पाँच प्रतिवादीहरू उपर विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको आरोपपत्र दायर गर्‍यो।"},{"date":"2024-05-15","title":"प्रतिवादीहरूको बयान","date_bs":"2081-02-02","end_date":"2024-05-19","description":"प्रतिवादीहरू अदालत समक्ष उपस्थित भई आरोपमा इन्कार गरे; तिर्थ बहादुर शाही फरार रहे।","end_date_bs":"2081-02-06"},{"date":"2024-07-31","title":"साक्षी बकपत्र","date_bs":"2081-04-16","description":"वादी र प्रतिवादीपक्षका साक्षीहरूले अदालतमा बकपत्र गरे।"},{"date":"2024-08-11","title":"विशेष अदालतको फैसला","date_bs":"2081-04-27","description":"अदालतले पाँचै प्रतिवादीहरूलाई दोषी ठहर गर्दै कैद, जरिवाना र बिगो असुलीको फैसला सुनायो।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/ciaa_press_release/2634","additional_details":"यो आयोगको आधिकारिक प्रेस विज्ञप्ति 080-CR-0154 मा लगाइएका झुट्टा नापी किताब/बिल मार्फत रु.५,६१,४८१।९५ बढी भुक्तानी गराई गैरकानूनी लाभ र सरकारलाई हानिनोक्सानी पुर्‍याएको अभियोग, संलग्न पाँच अभियुक्तको पहिचान र लगाइएका कानूनी दफाहरूको प्राथमिक अभिलेखका रूपमा रहेको छ। यसले अभियोगको औपचारिक दायरी, बिगो रकम र मागदाबीलाई पुष्टि गर्ने आधिकारिक स्रोतका रूपमा प्रमाणिक भार राख्छ।","material":{"display_name":"जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।","material_type":"press_release","urls":[{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2634. जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालस - 2.pdf","role":"RAW"},{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2634. जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालस - 1.doc","role":"ALTERNATE"},{"link":"https://ciaa.gov.np/pressrelease/2634","role":"SOURCE_PAGE"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/special.080-cr-0154","additional_details":"यो फैसला यस मुद्दाको प्राथमिक न्यायिक अभिलेख हो, जसले राजिव रिमाल, नर बहादुर लावड र उपभोक्ता समितिका पदाधिकारीहरूविरुद्धको झुट्टा नापी किताब/बिल बनाई रु. ५.६१ लाख बढी भुक्तानी लिएको आरोप, सम्बन्धित बिगो, कसूर दाबीका कानुनी आधार र पक्ष-विपक्षका जिकिर अधिकारिक रूपमा प्रमाणित गर्छ। पाइपलाइन लम्बाई र बढी भुक्तानीसम्बन्धी सबै अभियोगहरूका लागि यो केन्द्रीय आधारभूत स्रोत हो।","material":{"display_name":"080-CR-0154 आदेश","material_type":"court_order","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/court-orders/special/080-CR-0154.1.doc","role":"RAW"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260608.dd95401e","additional_details":"यो Khabarhub मा प्रकाशित समाचार सामग्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख राजिव रिमालसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको तथ्यलाई पुष्टि गर्ने पृष्ठभूमि/सहायक स्रोत हो, जसले आर्थिक वर्ष २०७८/०७९ मा नबनेको कामको भुक्तानी लिएको आरोप र अभियुक्तहरूको पहिचानलाई समर्थन गर्छ। यो प्राथमिक अभिलेख नभई द्वितीयक समाचार स्रोत भएकाले झुट्टा नापी किताब र रु. ५.६१ लाख बढी भुक्तानीसम्बन्धी आरोपको विवरणका लागि सीमित प्रमाणिक भार राख्दछ।","material":{"display_name":"CIAA files corruption case against Mugu&#8217;s Energy Development Office Chief and four others &laquo; Khabarhub","material_type":"news","urls":[{"link":"https://english.khabarhub.com/2024/14/350764/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/b92796cad0d22e6fda07605ea0d56d59d3c4eea26f21554be6c00601c58a5f09.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260608.45acfa61","additional_details":"यो समाचार लेख यस मुद्दा (080-CR-0154) मा कार्यालय प्रमुख राजिव रिमाललगायतले झुट्टा नापी किताब र बिल बनाई रु. ५.६१ लाख बढी भुक्तानी लिएको अभियोगमा विशेष अदालतले गरेको अन्तिम फैसला र सजायको द्वितीयक (मिडिया) अभिलेखका रूपमा रहन्छ। यसले अदालती निर्णयको परिणाम, जरिवाना तथा बिगो असुलीको विवरणलाई पुष्टि गर्ने सहायक स्रोतका रूपमा काम गर्छ, तर प्राथमिक अदालती अभिलेख (फैसलाको प्रति) होइन।","material":{"display_name":"नेर सिँचाइ आयोजनाको भ्रष्टचारः राजिव रिमालसहित पाँच जनानै भ्रष्टाचारी ठहर &laquo; Dainiki","material_type":"news","urls":[{"link":"https://dainiki.com/324871/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/d7cb001fa9a2d20ac86f24db04f961033644048f202d85584ea958349d191307.md","role":"MARKDOWN"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/080-cr-0154","https://jawafdehi.org/courtcase/supreme/082-cr-0963"],"missing_details":"१. यस मुद्दाको आरोपपत्र सार्वजनिक भएको छैन।\n२. प्रस्तुत मुद्दामा उल्लेख भएका विवरण अख्तियारले जारी गरेको प्रेस विज्ञप्ति र विशेष अदालतको फैसलामा आधारित छन्।","bigo":561481,"weight":0,"versionInfo":{"action":"published","datetime":"2026-08-16T13:46:51.453276+00:00"},"created_at":"2026-05-05T20:39:09.547906+05:45","updated_at":"2026-10-05T17:50:39.590507+05:45"}