{"id":76,"slug":"nirmal-sitaula-unauthorized-business-080-cr-0131","public_iri":"https://jawafdehi.org/case/nirmal-sitaula-unauthorized-business-080-cr-0131","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"निर्माण कम्पनीमार्फत रु. १.६१ करोड गैरकानूनी आर्जन: नेपाल टेलिकमका इन्जिनियर निर्मल प्रसाद सिटौला विरुद्ध मुद्दा (080-CR-0131)","short_description":"यो मुद्दा नेपाल टेलिकमका स्थायी इन्जिनियर निर्मल प्रसाद सिटौलाले कम्पनीको पूर्वस्वीकृति नलिई निजी निर्माण कम्पनी (Himdung and Thokar Construction Pvt. Ltd.) मा २० प्रतिशत शेयर स्वामित्व राखी परामर्शदाता र प्रतिनिधिको रूपमा काम गरी रु. १,६१,२०,००४.३० गैरकानूनी आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४ बमोजिम सजाय र बिगो जफतको मागदाबीसहित दायरा गरेको मुद्दा हो; जसमा विशेष अदालतले कार्यालय समय बाहिर ज्ञान र सिपको प्रयोग गरी गरिएको बाह्य कार्य विभागीय आचारसंहिता उल्लङ्घनको दायरामा पर्ने तर भ्रष्टाचार नहुने भन्दै सर्वोच्च अदालतको नजिर (नेकाप २०७६, नि.नं. १०२१८) समेतका आधारमा प्रतिवादीलाई पूर्ण रूपमा सफाइ दिएको थियो र हाल सो फैसलाविरुद्ध अख्तियारको तर्फबाट सर्वोच्च अदालतमा पुनरावेदन (दर्ता नं. ०८१-CR-१९४५) विचाराधीन रहेको छ।","authors":[{"slug":"sambhav-koirala","display_name":"Sambhav Koirala","name_ne":"सम्भव कोइराला","photo_url":"https://jawafdehi.org/assets/teammembers/sambhav.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-08-04","public_edit_history":[],"public_notes":"Case Drafted by Sambhav Koirala\nInitially published on 2026-08-04","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/5b3f6a78a1ce3d3aa607140ae1a45e60b67c801723adfb1fedda64a16eac973e.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/588337f954b3e078abe2090fb868fb62bdd91d36d64ada8f1f064971c7664ad9.webp 400w, https://s3.jawafdehi.org/case_uploads/4cd49d3c04fdfa01fc7462ac5c5c932f93e27a7c5e9aa50f5c1a873fcf7cbeef.webp 800w, https://s3.jawafdehi.org/case_uploads/5b3f6a78a1ce3d3aa607140ae1a45e60b67c801723adfb1fedda64a16eac973e.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/cf2dee60b4c111eff209ef8e9aa9d291782467af8a32d9a0a5bc9079f9aa8336.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/5d0ab28707ffcf63e2a026dd661585ab3e36565dd7b061bc36e80a75bfc427ff.webp 640w, https://s3.jawafdehi.org/case_uploads/2078cd23b6bec3d4f245b850f98168d75c12e782e9bfb7f3115aa155466dbfc3.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/cf2dee60b4c111eff209ef8e9aa9d291782467af8a32d9a0a5bc9079f9aa8336.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":400,"banner_image_id":316,"thumbnail_url":"","banner_url":"","case_start_date":"2024-03-17","case_end_date":"2024-06-09","dates":{"stages":[{"end":"2024-06-09","stage":"initial","start":"2024-03-17","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/080-cr-0131"}]},"status":"concluded","case_track":null,"status_override":null,"proceedings_started_on":"2024-03-17","proceedings_decided_on":"2024-06-09","appeal_verdicts":{},"appeal_parties":{},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/person/related-entities-shivhari-ghimire","display_name":"Shivhari Ghimire","entity_type":"Person","type":"related","outcome":null,"notes":"हिमडुङ्ग एण्ड थोकर कन्स्ट्रक्शनसँग सम्बन्धित व्यक्ति","name":{"en":"Shivhari Ghimire","ne":"शिवहरि घिमिरे"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/related-entities-bahadur-singh-lama","display_name":"Bahadur Singh Lama","entity_type":"Person","type":"related","outcome":null,"notes":"आफ्नो शेयर प्रतिवादीलाई हस्तान्तरण गर्ने कम्पनीका शेयरधनी","name":{"en":"Bahadur Singh Lama","ne":"बहादुर सिँह लामा"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/related-entities-pratap-singh-thokar","display_name":"Pratap Singh Thokar","entity_type":"Person","type":"related","outcome":null,"notes":"हिमडुङ्ग एण्ड थोकर कन्स्ट्रक्शनका शेयरधनी/सञ्चालक","name":{"en":"Pratap Singh Thokar","ne":"प्रताप सिंह ठोकर"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/suryabinayak-dhulikhel-sindhuli-bardibas-09f076","display_name":"Suryabinayak-Dhulikhel-Sindhuli-Bardibas Road Project","entity_type":"Organization","type":"related","outcome":null,"notes":"प्रतिवादीले कम्पनीको प्रतिनिधि भई ठेक्का सम्झौतामा हस्ताक्षर गरेको सडक आयोजना","name":{"en":"Suryabinayak-Dhulikhel-Sindhuli-Bardibas Road Project","ne":null},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/himdung-and-thokar-construction-pvt-ltd-92e06a","display_name":"Himdung and Thokar Construction Pvt. Ltd","entity_type":"Organization","type":"related","outcome":null,"notes":"प्रतिवादीले २०% शेयर तथा सञ्चालक हैसियत राखेको निजी निर्माण कम्पनी","name":{"en":"Himdung and Thokar Construction Pvt. Ltd","ne":null},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/nepala-telikama-5089f6","display_name":"Nepal Telecom","entity_type":"Organization","type":"related","outcome":null,"notes":"प्रतिवादी स्थायी कर्मचारी रहेको सरकारी कम्पनी","name":{"en":"Nepal Telecom","ne":"नेपाल टेलिकम"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/nirmala-prasada-sitaula-b5646f","display_name":"Nirmal Prasad Sitaula","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"मुख्य प्रतिवादी — नेपाल टेलिकमका प्राविधिक अधिकृत (इन्जिनियर)","name":{"en":"Nirmal Prasad Sitaula","ne":"निर्मल प्रसाद सिटौला"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/related/company-registrar-office","display_name":"Office of Company Registrar","entity_type":"AdministrativeArea","type":"related","outcome":null,"notes":"कम्पनीको शेयर तथा सञ्चालक अभिलेख राख्ने कार्यालय","name":{"en":"Office of Company Registrar","ne":"कम्पनी रजिस्टारको कार्यालय"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/localunit/kathmandu-metropolitian-city-30608","display_name":"Kathmandu Metropolitan City","entity_type":"AdministrativeArea,jawafdehi:MetropolitanCity","type":"location","outcome":null,"notes":"","name":{"en":"Kathmandu Metropolitan City","ne":"काठमाण्डौ महानगरपालिका"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/kathmandu-np0327","display_name":"Kathmandu","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Kathmandu","ne":"काठमाडौँ"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/province/bagmati-np03","display_name":"Bagmati Province","entity_type":"AdministrativeArea,jawafdehi:Province","type":"location","outcome":null,"notes":"","name":{"en":"Bagmati Province","ne":"वाग्मती प्रदेश"},"image":null}],"tags":["CIAA","Corruption","Construction","Infrastructure","Procurement Irregularities","Public Office Abuse","Bid Rigging","Bagmati","~1 Crore 61 Lakh"],"description":"### क) अभियोगदावीको सार\n\nयो मुद्दा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा प्राविधिक अधिकृत (निर्माण तथा मर्मत, संकेत नं. ४०६८) पदमा कार्यरत स्थायी इन्जिनियर निर्मल प्रसाद सिटौला विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्राप्त उजुरी (दर्ता नं. 8081 C-068539, मिति २०८०/०२/२६) बाट सुरु भएको भ्रष्टाचार मुद्दा हो।\n\nनेपाल टेलिकमको तत्कालीन कर्मचारी नियमावली २०६१ को विनियम ८१(३) र हाल प्रचलित नियमावली २०७८ को विनियम १०१ मा कुनै पनि कर्मचारीले कम्पनीको पूर्वस्वीकृति नलिई बाह्य कार्य गर्न, व्यापार व्यवसाय सञ्चालन गर्न वा अन्यत्र नोकरी/परामर्शदाताका रूपमा काम गर्न नपाउने प्रष्ट कानूनी बन्देज रहेको थियो। तर, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा प्राविधिक अधिकृत पदमा कार्यरत स्थायी इन्जिनियर निर्मल प्रसाद सिटौलाले नेपाल टेलिकमबाट कुनै स्वीकृति नलिई 'Himdung and Thokar Construction Pvt. Ltd.' नामक निजी निर्माण कम्पनीको २० प्रतिशत शेयर खरिद गरी आ.व. २०६९/७० देखि संस्थापक शेयरधनी एवं निर्देशक/विशेषज्ञको हैसियतमा गैरकानूनी रूपमा कार्य गर्दै आएको आरोप आरोपपत्रमा लगाएको देखिन्छ। निजले टेलिकमको सेवामा बहाल रहेकै अवस्थामा सो निजी कम्पनीका लागि नक्सा तथा डिजाइन तयार गर्ने, टेन्डर लागत इस्टिमेट र बिलिङ जाँच गर्ने तथा सूर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजना जस्ता सार्वजनिक ठेक्कापट्टाका सम्झौताहरूमा निजी कम्पनीको आधिकारिक प्रतिनिधिको रूपमा आफैँ हस्ताक्षर समेत गर्ने गरेको सडक विभाग र कम्पनी रजिष्ट्रारको कार्यालयका आधिकारिक कागजातहरूबाट पुष्टि भएको जिकिर आरोपपत्रमा लिएको देखिन्छ।\n\nआन्तरिक राजस्व कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय र सम्बन्धित निजी कम्पनीको लेखापरीक्षण प्रतिवेदन (Audit Report) अनुसार प्रतिवादी सिटौलाले सो कम्पनीमा परामर्श सेवा उपलब्ध गराए बापत रु. ४५,१७,५००/- पारिश्रमिक भुक्तानी लिएको र कम्पनीको सञ्चित मुनाफाबाट आफ्नो २०% शेयर स्वामित्व बापत रु. १,१६,०२,५०४.३० लाभांश/मुनाफा हकदाबी प्राप्त गरी कुल रु. १,६१,२०,००४.३० (एक करोड एकसठी लाख बीस हजार चार पैसा तीस) गैरकानूनी रूपमा आर्जन गरेको आरोप लगाएको थियो। \n\nयसरी बहालवाला राष्ट्रसेवक कर्मचारी भई कानून विपरीत निजी व्यापार व्यवसाय सञ्चालन गरी गैरकानूनी आर्थिक लाभ हासिल गरेको पुष्टि भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी निर्मल प्रसाद सिटौलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४ (राष्ट्रसेवकले गैरकानूनी व्यापार व्यवसाय गरेमा हुने कसुर) बमोजिम कैद र जरिवाना सजाय गर्नका साथै निजले गैरकानूनी रूपमा आर्जन गरेको कुल बिगो रकम रु. १,६१,२०,००४.३० सोही ऐनको दफा १४ बमोजिम पूर्ण रूपमा जफत (Confiscation) गर्न विशेष अदालतसमक्ष मागदाबी लिएको थियो।\n\n### ख) प्रतिवादीको बयानको सार\n\nअनुसन्धान अधिकारी (अख्तियार) र विशेष अदालतसमक्ष प्रतिवादी निर्मल प्रसाद सिटौलाले दिएका बयानबिच स्पष्ट भिन्नता देखिन्छ। अनुसन्धानका क्रममा अख्तियारसमक्ष बयान दिँदा उनले मिति २०६९/०९/०२ देखि कम्पनीको कित्ता किनेर शेयरधनी बनेको स्वीकार गर्दै, सडक आयोजनाको ठेक्का सम्झौतामा म्याद गुज्रन लागेकाले कार्यालय समयपछि प्रतिनिधिको रूपमा हस्ताक्षर गरिदिएको बताएका थिए। साथै, उनले बाह्य काम गर्दा टेलिकमको पूर्वस्वीकृति लिनुपर्छ भन्ने थाहा नभएर भूलवश यस्तो हुन गएको भन्दै अब उप्रान्त स्वीकृति नलिई काम नगर्ने भनी आफ्नो असवधानी वा गल्ती स्वीकारेका थिए।\n\nयसको ठीक विपरीत, विशेष अदालतसमक्ष बयान दिँदा प्रतिवादीले शेयर खरिद गरेको नभई कम्पनीले आफ्नो कामको प्रोत्साहन स्वरूप २० प्रतिशत शेयर निःशुल्क दिएको दाबी गरेका थिए। साथै, साविक विनियमावली २०६१ मा \"वैज्ञानिक तथा कलात्मक कार्य\" गर्न स्वीकृति लिनु नपर्ने व्यवस्था रहेको र आफ्नो इन्जिनियरिङ/डिजाइनको काम सोही वर्गमा पर्ने भएकाले स्वीकृति लिन आवश्यक नठानेको जिकिर लिएका थिए। ठेक्कापट्टामा गरेको हस्ताक्षरबारे अदालतमा मौन रहँदै उनले स्वीकृति नलिई काम गर्नु बढीमा टेलिकमको आन्तरिक आचारसंहिता उल्लङ्घन मात्र हुने तर यसलाई जबरजस्ती भ्रष्टाचार बनाएर अन्यायपूर्ण मुद्दा चलाइएको जिकिर समेत लिएका थिए।\n\n### ग) विशेष अदालतको फैसलाको सार\n\nविशेष अदालतले दुवै पक्षको बहस, मिसिल संलग्न प्रमाण र सर्वोच्च अदालतका नजिरहरूको अध्ययन गरी \"स्वीकृति नलिई कार्यालय समय बाहिर आफ्नो ज्ञान र सिप प्रयोग गरी कार्य गर्नु आचरण र विभागीय कारबाहीको विषय हुने तर यसलाई भ्रष्टाचारजन्य कसुर मान्न नमिल्ने\" ठहर गर्दै प्रतिवादी निर्मल प्रसाद सिटौलालाई आरोप दाबीबाट **पूर्ण रूपमा सफाइ** दिएको थियो।  अदालतका मुख्य आधार देहायबमोजिम छन्:\n\n**१. विभागीय आचारसंहिता उल्लङ्घन र भ्रष्टाचार फरक विषय हुनु**\nनेपाल टेलिकमको कर्मचारी विनियमावली, २०६१ (विनियम ८१) र २०७८ (विनियम १०१) ले कम्पनीको पूर्वस्वीकृति नलिई अन्यत्र काम गरेमा सो विषयलाई अनुशासन र आचरणको उल्लङ्घन मानेको छ। विनियमावलीकै परिच्छेद-१० मा स्वीकृत नलिई बाह्य कार्य गर्ने कर्मचारीलाई विभागीय कारबाही गर्ने र भविष्यमा सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउनेसम्मको स्पष्ट आन्तरिक सजायको व्यवस्था गरिएको छ। त्यसैले, विभागीय अनुमति नलिई काम गर्नु केवल आन्तरिक आचारसंहिता र अनुशासन उल्लङ्घनको दायराभित्र पर्ने प्रशासनिक विषय मात्र  भएकाले यसलाई सोझै भ्रष्टाचार निवारण ऐन बमोजिमको गम्भीर भ्रष्टाचारजन्य अपराध मान्न मिल्दैन।\n\n**२. कार्यालय समय र सरकारी स्रोतको दुरुपयोग नहुनु**\nसम्पत्ति तथा लाभ आर्जनका क्रममा प्रतिवादीले नेपाल टेलिकमको कार्यालय समय र सरकारी स्रोत-साधनको दुरुपयोग गरे/नगरेको विषयलाई अदालतले प्रमुख आधार बनाएको थियो। प्रतिवादी सिटौलाले नेपाल टेलिकमको तोकिएको कार्यालय समय (बिहान १० देखि ५ बजेसम्म) मा नियमित रूपमा विद्युतीय (बायोमेट्रिक) हाजिरी गरी आफ्नो पदीय दायित्व पूरा गरेको देखिएको थियो। निजले निजी कम्पनीलाई डिजाइन र परामर्श सेवा उपलब्ध गराउँदा केवल आफ्नो व्यक्तिगत समय (बिहान, बेलुकी र सार्वजनिक बिदाका दिन) को प्रयोग गरेको र टेलिकमको साधन-स्रोत निजी लाभमा प्रयोग गरेको सप्रमाण दाबी नआएकाले उक्त आर्जनलाई भ्रष्टाचार भन्न नमिल्ने ठहर गरिएको थियो।\n\n**३. इन्जिनियरिङ कार्यको सृजनात्मक तथा कलात्मक प्रकृति**\nकर्मचारी विनियमावलीले साहित्यिक, वैज्ञानिक र कलात्मक कार्य गर्न छुट दिएको व्यवस्थालाई इन्जिनियरिङ पेसासँग जोडेर अदालतले व्याख्या गरेको थियो। इन्जिनियरिङ विषय आफैँमा सृजनात्मक र प्राविधिक ज्ञानमा आधारित हुने हुनाले नक्सा, डिजाइन, ड्रइङ र इस्टिमेशन तयार गर्ने कार्यलाई समाज र कानुनले कलात्मक तथा बौद्धिक कार्यकै रूपमा हेर्ने गर्दछ। प्रतिवादीले आफ्नो व्यक्तिगत ज्ञान, अध्ययन, सीप र दक्षताको प्रयोग गरी अतिरिक्त समयमा यस्ता सिर्जनशील कार्य गरी पारिश्रमिक वा लाभांश आर्जन गर्नु पेसागत क्षमताको स्वाभाविक प्रयोग भएकाले यसलाई गैरकानूनी वा अपराधजन्य कार्य मान्न नसकिने आधार बनाइएको थियो।\n\n**४. नेपाल टेलिकमसँग प्रतिस्पर्धी व्यवसाय नरहेको**\nकम्पनी विनियमावलीले कर्मचारीलाई आफ्नै संस्थासँग प्रतिस्पर्धा गर्ने वा समान प्रकृतिको व्यवसायमा संलग्न हुन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। तर, प्रस्तुत मुद्दामा प्रतिवादी सिटौला संलग्न रहेको निजी संस्था 'हिमडुङ्ग एण्ड थोकर कन्स्ट्रक्सन प्रा.लि.' मुख्यतया सडक तथा भवन निर्माणको ठेक्कापट्टा गर्ने निर्माण कम्पनी हो। यो कम्पनी प्रतिवादी कार्यरत रहेको नेपाल टेलिकमको सञ्चार क्षेत्र वा दूरसञ्चार सेवासँग कुनै पनि प्रकारले मिल्दोजुल्दो वा प्रतिस्पर्धी व्यवसाय गर्ने संस्था नभएकाले, प्रतिवादीको यस संलग्नताबाट नेपाल टेलिकमको व्यावसायिक हित, गोपनीयता वा व्यापारमा कुनै प्रत्यक्ष हानि-नोक्सानी नपुगेको अदालतको निष्कर्ष रहेको थियो।\n\n५. सर्वोच्च अदालतको प्रतिपादित मान्य सिद्धान्त (नजिर)\nविशेष अदालतले आफ्नो निर्णयलाई न्यायिक वैधता दिन सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्दान्त (नेपाल सरकार विरुद्ध अनिल कुमार आचार्य, नेकाप २०७६, अङ्क ३, निर्णय नं. १०२१८) लाई मुख्य आधार बनाएको थियो। उक्त नजिरमा सर्वोच्च अदालतले राष्ट्रसेवक कर्मचारीले सम्बन्धित निकायको अनुमति नलिई अन्यत्र सल्लाहकार वा परामर्शदाताका रूपमा काम गरी आर्थिक लाभ लिएमा सो कार्य व्यावसायिक आचरण विपरीत भई विभागीय कारबाहीको विषय मात्र हुने सिद्धान्त प्रतिपादन गरेको छ। सोही नजिरका आधारमा अख्तियारी वा निकायको स्वीकृति नलिएकै कारणले मात्र सो कार्यबाट आर्जन गरेको सम्पूर्ण सम्पत्तिलाई गैरकानूनी वा भ्रष्टाचार मान्नु पूर्णतः अन्यायपूर्ण हुने ठहर गर्दै सफाइ दिइएको थियो।\n\n### घ) पुनरावेदनको अवस्था\n\nविशेष अदालतबाट प्रतिवादीले सफाइ पाएपश्चात् उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर भएको देखिन्छ (०८१-CR-१९४५)। विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम फैसलामा चित्त नबुझे ३५ दिनभित्र सर्वोच्च अदालतमा पुनरावेदन गर्ने म्याद अख्तियारलाई दिइएको थियो र सफाइको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट पुनरावेदन भएको हो।","key_allegations":["नेपाल टेलिकमका प्राविधिक अधिकृत निर्मल प्रसाद सिटौलाले कार्यालयको स्वीकृतिबिना निजी निर्माण कम्पनीको शेयर खरिद गरी संस्थापक शेयरधनी तथा निर्देशकका रूपमा कार्य गर्दै ठेक्कापट्टामा संलग्न भई, नेपाल टेलिकममा कार्यरत रहँदा बाह्य व्यापार व्यवसाय गर्न आवश्यक अनुमति नलिई सडक आयोजनासम्बन्धी ठेक्कामा कम्पनीको प्रतिनिधिका रूपमा हस्ताक्षरसमेत गरेको र उक्त कम्पनीबाट पारिश्रमिक तथा मुनाफाका रूपमा जम्मा रु. १ करोड ६१ लाखभन्दा बढी गैरकानूनी आय आर्जन गरेको आरोप"],"timeline":[{"date":"2012-09-21","title":"हिमडुङ्ग एण्ड थोकर कम्पनीको शेयर खरिद गरी संचालक बनेको","date_bs":"2069-06-05","description":"संचालक समितिको निर्णयले बहादुर सिंह लामाको शेयरबाट प्रतिवादी निर्मल प्रसाद सिटौलाले २०,००० थान शेयर खरिद गरी Himdung and Thokar Construction Pvt. Ltd. को संस्थापक शेयरधनी तथा संचालक बनेको र नेपाल टेलिकमको पूर्व स्वीकृति नलिएको आरोप।"},{"date":"2012-12-10","title":"२० प्रतिशत शेयर नि:शुल्क प्रदान गर्ने निर्णय भएको","date_bs":"2069-08-25","description":"Himdung and Thokar Construction Pvt. Ltd. को संचालक समितिको बैठकले प्रतिवादीलाई प्रोत्साहन स्वरूप २० प्रतिशत शेयर नि:शुल्क प्रदान गर्ने निर्णय गरेको (प्रतिवादीको अदालत समक्षको दाबीअनुसार)।"},{"date":"2012-12-17","title":"थप शेयर अभिलेखमा शेयरधनी कायम भएको","date_bs":"2069-09-02","description":"मिति २०६९/०९/०२ देखि प्रतिवादी कम्पनीको शेयरधनीको रूपमा अभिलेखित भएको; आ.व. ०६९/०७० देखि निर्देशकको हैसियतमा काम गरी परिश्रमिक बुझेको आरोप।"},{"date":"2022-12-15","title":"थप एक लाख थान शेयर खरिद गरेको आरोप","date_bs":"2079-08-29","description":"जारी पूँजी ७ करोडबाट १० करोड पुगेपछि प्रतिवादीले थप १,००,००० थान शेयर खरिद गरी शेयरधनिता वृद्धि गरेको आरोप।"},{"date":"2023-01-06","title":"नेपाल टेलिकममा हाजिर रहँदै कम्पनीमा कार्यरत रहेको अवधि","date_bs":"2079-09-22","description":"प्रतिवादीको नेपाल टेलिकमको ६ महिनाको इलेक्ट्रोनिक हाजिरी विवरण; यसै अवधिसहित कार्यालयमा हाजिर हुँदाहुँदै हिमडुङ्ग एण्ड थोकर कम्पनीमा समेत कार्य गरी सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाको ठेक्कामा प्रतिनिधिका रूपमा हस्ताक्षर गरेको आरोप।"},{"date":"2023-06-09","title":"अख्तियारमा उजुरी दर्ता","date_bs":"2080-02-26","description":"नेपाल टेलिकमका कर्मचारीले व्यापार व्यवसाय गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता (दर्ता नं. 8081 C-068539)।"},{"date":"2024-03-17","title":"विशेष अदालतमा आरोपपत्र दायर / मुद्दा दर्ता","date_bs":"2080-12-04","description":"अख्तियारले निर्मल प्रसाद सिटौलाउपर रु.१,६१,२०,००४।३० बिगो (परिश्रमिक रु.४५,१७,५००।– र मुनाफा आय रु.१,१६,०२,५०४।३०) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४ बमोजिम सजाय र सम्पत्ति जफतको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको।"},{"date":"2024-03-17","title":"अख्तियारको प्रेस विज्ञप्ति","date_bs":"2080-12-04","description":"प्रवक्ता नरहरि घिमिरेद्वारा आरोपपत्र दायर गरिएको सम्बन्धी प्रेस विज्ञप्ति जारी; गैरकानूनी व्यापार व्यवसाय गरी रु.१,६१,२०,००४।३० आर्जन गरेको आरोप सार्वजनिक।"},{"date":"2024-04-25","title":"प्रतिवादीको बयान तथा थुनछेक आदेश","date_bs":"2081-01-13","description":"प्रतिवादी निर्मल प्रसाद सिटौलाले विशेष अदालत समक्ष बयान गरेको र थुनछेक आदेश अनुसार र.नं. ६९५ बाट रु.१०,०००।– धरौटी राखेको।"},{"date":"2024-06-09","title":"विशेष अदालतको फैसला: सफाइ","date_bs":"2081-02-27","description":"इजलास नं. १ (अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेज नारायण सिंह राई र राम बहादुर थापा) ले प्रतिवादीले कार्यालय समय बाहिर व्यक्तिगत सिप प्रयोग गरी कलात्मक/वैज्ञानिक प्रकृतिको कार्य गरेको ठहर्‍याउँदै, स्वीकृति नलिनु विभागीय कारवाहीको विषय भई भ्रष्टाचार नठहरिने (ने.का.प. २०७६, नि.नं. १०२१८ को नजिर) आधारमा प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने ठहर; विवादित बिगो रु.१,६१,२०,००४।३० अस्वीकृत।"},{"date":"2025-03-28","title":"सर्वोच्च अदालतमा पुनरावेदनपत्र दर्ता","date_bs":"2081-12-15","description":"विशेष अदालतबाट प्रतिवादीले सफाइ पाएपश्चात् उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/ciaa_press_release/2606","additional_details":"यस मुद्दामा यो प्रेस विज्ञप्ति आयोगले प्रतिवादी निर्मल प्रसाद सिटौला उपर लगाएको स्वीकृतिबिना बाह्य व्यापार व्यवसाय गरी रु.१.६१ करोड गैरकानूनी आर्जन गरेको आरोप र बिगो रकमको आधिकारिक प्राथमिक अभिलेखका रूपमा रहन्छ। यसले शेयरधनी/निर्देशक हैसियत, ठेक्कामा हस्ताक्षर र पारिश्रमिक/मुनाफाको रकम विवरणसम्बन्धी अभियोजन दाबीलाई प्रत्यक्ष पुष्टि गर्दछ।","material":{"display_name":"नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मल प्रसाद सिटौला उपर रु.१,६१,२०,००४।३० बिगो कायम गरी गैरकानूनी व्यापार व्यवसाय गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।","material_type":"press_release","urls":[{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2606. नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मल प्रसाद सिटौला उपर रु.१,६१,२०, - 2.pdf","role":"RAW"},{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2606. नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मल प्रसाद सिटौला उपर रु.१,६१,२०, - 1.doc","role":"ALTERNATE"},{"link":"https://ciaa.gov.np/pressrelease/2606","role":"SOURCE_PAGE"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/special.080-cr-0131","additional_details":"यो दस्तावेज प्रस्तुत मुद्दाको प्रत्यक्ष न्यायिक निर्णय (primary record) हो, जसले निर्मल प्रसाद सिटौलामाथिको स्वीकृतिबिना निजी निर्माण कम्पनीको शेयरधनी/निर्देशक बनी पारिश्रमिक र मुनाफाबाट रु.१.६१ करोड गैरकानूनी आर्जन गरेको र ठेक्का सम्झौतामा प्रतिनिधिका रूपमा हस्ताक्षर गरेको सबै आरोपहरूको अदालती ठहर निर्धारण गर्छ। यसले उक्त आरोपहरूमा प्रतिवादीले सफाइ पाएको र कार्यलाई भ्रष्टाचारजन्य नभई विभागीय कारबाहीको विषयमात्र ठहराइएको अन्तिम परिणाम स्थापित गर्ने आधिकारिक स्रोत हो।","material":{"display_name":"Special Court verdict: 080-CR-0131 · Illegal gain","material_type":"court_order","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/court-orders/special/080-CR-0131.1.doc","role":"RAW"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260608.73a9c1f9","additional_details":"यो समाचार लेख आयोगले प्रतिवादी निर्मल प्रसाद सिटौलाविरुद्ध दायर गरेको मुद्दा र निजले नेपाल टेलिकममा कार्यरत रहँदै स्वीकृतिबिना निजी निर्माण कम्पनीमार्फत ठेक्कामा संलग्न भई पारिश्रमिक र मुनाफा प्राप्त गरेको आरोपको पृष्ठभूमि एवं सार्वजनिक रिपोर्टिङका रूपमा सहायक सन्दर्भ सामग्री हो। यो प्राथमिक अभिलेख नभई समाचार स्रोत भएकाले आरोपको औपचारिक विवरण समर्थन गर्ने पुष्ट्याइँकारी (corroborative) भूमिका राख्छ।","material":{"display_name":"Telecom employees contractor company, case filed by Commission - कान्तिपुर","material_type":"news","urls":[{"link":"https://ekantipur.com/en/news/2024/03/17/telecom-employees-contractor-company-case-filed-by-commission-26-12.html","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/58d86f1c00ff4143163d10c084ada858f74b6764c19073dab41d2f37183ce660.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/ciaa_press_release/2081","additional_details":"विशेष अदालतको फैसला उपर चित्त नबुझेर अख्तियारले सर्वोच्च अदालतमा दायर गरेको पुनरावेदनको सम्बन्धमा उल्लेख गरिएको प्रेस विज्ञप्ति","material":{"display_name":"Appeal filed in the Supreme Court","material_type":"press_release","urls":[{"link":"https://ciaa.gov.np/pressrelease/3000","role":"RAW"},{"link":"https://web.archive.org/web/20260122210403/https://ciaa.gov.np/pressrelease/3000","role":"PERMALINK"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/080-cr-0131","https://jawafdehi.org/courtcase/supreme/081-cr-1945"],"missing_details":"यस मुद्दाको अभियोगपत्र (आरोपपत्र) को पूर्ण पाठ प्राप्त भएको छैन।\n\nबिगो र आरोपका विवरण CIAA प्रेस विज्ञप्ति र समाचारमा आधारित छन्। \n\nसर्वोच्च अदालतमा पुनरावेदन (supreme:081-CR-1945) सम्बन्धी निवेदन/नतिजाको पूर्ण विवरण प्राप्त भएको छैन।","bigo":16120004,"weight":0,"versionInfo":{"action":"published","datetime":"2026-08-04T12:12:21.800356+00:00"},"created_at":"2026-05-05T20:37:26.889210+05:45","updated_at":"2026-09-03T10:01:43.022993+05:45"}