{"id":73,"slug":"karjanha-municipality-procurement-080-cr-0140","public_iri":"https://jawafdehi.org/case/karjanha-municipality-procurement-080-cr-0140","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"कर्जन्हा प्रशासनिक भवन ठेक्कामा रु. १.०८ करोड मोबिलाइजेशन पेश्की अनियमितता: नगरप्रमुख गंगा पासमान विरुद्ध मुद्दा (080-CR-0140)","short_description":"कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि नगरपालिकाको केन्द्र तथा निर्माणस्थलको अन्तिम टुङ्गो नलाग्दै सार्वजनिक खरिद प्रक्रिया अघि बढाई ठेक्का सम्झौता गरी रु. १.०८ करोड मोबिलाइजेसन पेश्की भुक्तानी गरिएको, निर्माण कार्य सुरु नभई APG को अवधि समाप्त हुँदा पनि जमानत जफत वा रकम असुलउपरको कानुनी प्रक्रिया नअपनाई सरकारी सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याएको अभियोगमा दायर मुद्दामा विशेष अदालतले तत्कालीन नगर प्रमुख, दुई निमित्त प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र निर्माण व्यवसायीका प्रतिनिधिलाई दोषी ठहर गर्दै दामासाही रूपमा जनही रु. २१.६० लाख बिगो, २ वर्ष ६ महिना कैद तथा सोही बराबर जरिवाना सजाय गरेको थियो।","authors":[{"slug":"sambhav-koirala","display_name":"Sambhav Koirala","name_ne":"सम्भव कोइराला","photo_url":"https://jawafdehi.org/assets/teammembers/sambhav.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-08-11","public_edit_history":[],"public_notes":"Case Drafted by Sambhav Koirala\nInitially Published on 2026-08-11","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/ee183298a55126854f048c5e5c13e0dd6af98b06819d48a4c5ff1b43cc0d3161.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/517ef04e04b1abd3fd5fe49e2b6b14ab629bfc8caa3a909a0447732185201b76.webp 400w, https://s3.jawafdehi.org/case_uploads/42aa20315ca5071e85cc5b51fb06d4c647d7788d7aa6d236037952c11878c968.webp 800w, https://s3.jawafdehi.org/case_uploads/ee183298a55126854f048c5e5c13e0dd6af98b06819d48a4c5ff1b43cc0d3161.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/397d0341788049333f3c2090850b313b233f2199948bd3373ecd340fc9df6047.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/baf902d8b4e7cc74ab9db598a296c00440c73adedb1b7ae6c252881d89aed004.webp 640w, https://s3.jawafdehi.org/case_uploads/a7428388f6258aa02f58dda6bc240413cdd4be96313801d0e3a170b8a89f0006.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/397d0341788049333f3c2090850b313b233f2199948bd3373ecd340fc9df6047.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":393,"banner_image_id":307,"thumbnail_url":"","banner_url":"","case_start_date":"2024-03-27","case_end_date":"2024-11-25","dates":{"stages":[{"end":"2024-11-25","stage":"initial","start":"2024-03-27","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/080-cr-0140"},{"stage":"appeal","courtcase_iri":"https://jawafdehi.org/courtcase/supreme/081-cr-1496"}]},"status":"ongoing","case_track":null,"status_override":null,"proceedings_started_on":"2024-03-27","proceedings_decided_on":null,"appeal_verdicts":{"https://jawafdehi.org/courtcase/supreme/081-cr-1496":null},"appeal_parties":{"https://jawafdehi.org/courtcase/supreme/081-cr-1496":["https://jawafdehi.org/entity/person/jagdish-mandal-292611"]},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/related/janakpur-high-court","display_name":"Janakpur High Court, Rajbiraj Bench","entity_type":"Courthouse","type":"related","outcome":null,"notes":"नगरपालिकाको कार्यालय अन्यत्र नसार्नु भनी आदेश दिएको अदालत","name":{"en":"Janakpur High Court, Rajbiraj Bench","ne":"जनकपुर उच्च अदालत, राजबिराज इजलास"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/mahalaksmi-pande-enda-kampani-dragana-je-3ebca4","display_name":"Mahalaxmi/Pande and Company/Dragon JV","entity_type":"Organization","type":"related","outcome":null,"notes":"प्रशासनिक भवन निर्माणको ठेक्का पाएको तथा पेश्की लिएको निर्माण व्यवसायी जे.भी.","name":{"en":"Mahalaxmi/Pande and Company/Dragon JV","ne":"महालक्ष्मी/पाण्डे एण्ड कम्पनी/ड्रागन जे.भी"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/karjanha-nagarapalika-nagarakaryapalikak-280175","display_name":"Karjanha Municipality, Municipal Executive Office","entity_type":"Organization","type":"related","outcome":null,"notes":"ठेक्का प्रक्रिया सञ्चालन गरी पेश्की भुक्तानी दिने कार्यालय","name":{"en":"Karjanha Municipality, Municipal Executive Office","ne":"कर्जन्हा नगरपालिका, नगरकार्यपालिकाको कार्यालय"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/buddhimana-danuvara-8e02a4","display_name":"Buddhiman Danuwar","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत — ठेक्का सम्झौतामा हस्ताक्षर गर्ने","name":{"en":"Buddhiman Danuwar","ne":"बुद्धिमान दनुवार"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/baijnath-yadav-254768","display_name":"Baijnath Yadav","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"निर्माण व्यवसायी जे.भी.का आधिकारिक प्रतिनिधि","name":{"en":"Baijnath Yadav","ne":"बैजनाथ यादव"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/pravina-kumara-mahato-fb107d","display_name":"Praveen Kumar Mahto","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"तत्कालीन लेखापाल — मोबिलाइजेसन पेश्की भुक्तानी गर्ने","name":{"en":"Praveen Kumar Mahto","ne":"प्रवीण कुमार महतो"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/jagdish-mandal-292611","display_name":"Jagdish Mandal","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत — बोलपत्र आह्वान तथा मूल्याङ्कन गर्ने","name":{"en":"Jagdish Mandal","ne":"जगदीश मण्डल"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/ganga-pasman-237673","display_name":"Ganga Pasman","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"तत्कालीन नगर प्रमुख, कर्जन्हा नगरपालिका","name":{"en":"Ganga Pasman","ne":"गंगा पासमान"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/related/madhesh-government","display_name":"Madesh Province Government","entity_type":"AdministrativeArea","type":"related","outcome":null,"notes":"नगरपालिकाको केन्द्र तथा भवनसम्बन्धी स्वीकृतिसँग सम्बन्धित प्रदेश सरकार","name":{"en":"Madesh Province Government","ne":"मधेश प्रदेश सरकार"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/localunit/karjanha-municipality-20205","display_name":"Karjanha Municipality","entity_type":"AdministrativeArea,jawafdehi:Municipality","type":"location","outcome":null,"notes":"","name":{"en":"Karjanha Municipality","ne":"कर्जन्हा नगरपालिका"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/siraha-np0216","display_name":"Siraha","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Siraha","ne":"सिरहा"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/province/madhesh-np02","display_name":"Madhesh Province","entity_type":"AdministrativeArea,jawafdehi:Province","type":"location","outcome":null,"notes":"","name":{"en":"Madhesh Province","ne":"मधेश प्रदेश"},"image":null}],"tags":["CIAA","Corruption","Local Government","Procurement Irregularities","Embezzlement","Public Office Abuse","Madhesh","~1 Crore 8 Lakh"],"description":"### क) अभियोगदावीको सार\n\nअख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कर्जन्हा नगरपालिकाले प्रशासनिक भवन निर्माणका लागि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६(३) को उल्लङ्घन गर्दै निर्माणस्थलको अन्तिम टुङ्गो नलागी तथा नगरपालिकाको केन्द्र सम्बन्धी विवाद कायम रहेकै अवस्थामा बोलपत्र आह्वान, ठेक्का सम्झौता तथा निर्माण प्रक्रिया अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्राप्त नगरसभा तथा कार्यपालिका बैठकका निर्णय, ठेक्का सम्झौता, बजेट विनियोजन, पेश्की भुक्तानी, कार्यसम्पादन जमानी तथा Advance Payment Guarantee (APG) सम्बन्धी कागजातबाट निर्माणस्थल सुनिश्चित नगरी खरिद प्रक्रिया सञ्चालन गरिएको आयोगले उल्लेख गरेको थियो।\n\nआयोगका अनुसार निर्माण कम्पनी महालक्ष्मी–पाण्डे एण्ड कम्पनी–ड्रागन जेभी सँग रु. १२,१८,३२,६१४ (भ्याटसहित) को ठेक्का सम्झौता गरी रु. १,०८,००,००० मोबिलाइजेसन पेश्की भुक्तानी गरिएको थियो। तर, नगरपालिकाको केन्द्रसम्बन्धी विवाद, निर्माणस्थलको अस्पष्टता तथा उच्च अदालत राजविराजबाट नगरपालिकाको कार्यालय स्थानान्तरण नगर्न तथा साविक स्थानबाट सञ्चालन गर्न जारी भएको आदेश हुँदाहुँदै पनि निर्माण प्रक्रिया अघि बढाइएको र निर्माण कार्य सुरु हुन नसकेको आयोगको दाबी रहेको थियो। यस सम्बन्धमा उच्च अदालतको आदेश, नगरपालिकाबाट प्राप्त कागजात तथा अनुसन्धानबाट संकलित अभिलेखलाई आयोगले प्रमाणका रूपमा प्रस्तुत गरेको थियो।\n\nत्यसैगरी, निर्माण कार्य सुरु नभई योजनाको निर्माण अवधि तथा APG को मान्य अवधि समाप्त हुँदासमेत सम्बन्धित पदाधिकारीहरूले APG को म्याद थप गराउने वा बैंक जमानत जफत गर्ने कानुनी प्रक्रिया अवलम्बन गरेको थिएन जसका कारण राज्यकोषको रु. १,०८,००,००० बराबरको मोबिलाइजेसन पेश्की रकम जोखिममा परेको आयोगको दाबी रहेको थियो। पेश्की भुक्तानी विवरण, बैंक जमानतसम्बन्धी अभिलेख तथा अनुसन्धानबाट संकलित कागजातका आधारमा सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुगेको आयोगले दाबी लिएको थियो।\n\nयसरी तत्कालीन नगर प्रमुख गंगा पासमान, निमित्त प्रमुख प्रशासकीय अधिकृतहरू जगदीश मण्डल र बुद्धिमान दनुवार, लेखापाल प्रविण कुमार महतो, निर्माण व्यवसायी बैजनाथ यादव तथा महालक्ष्मी–पाण्डे एण्ड कम्पनी–ड्रागन जेभीले आ–आफ्नो जिम्मेवारीअनुसार कानुनी दायित्व पूरा नगरी सार्वजनिक सम्पत्तिमा बदनियतपूर्वक हानि–नोक्सानी पुर्‍याएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७, दफा २२ तथा दफा ३(१)(झ) बमोजिम रु. १,०८,००,००० बिगो कायम गरी बिगो असुलउपर, जरिवाना तथा कैद सजायको मागदाबी लिएको थियो।\n\n**मागदावी**\n\n| प्रतिवादी | भूमिका/अभियोग | बिगो | मागदावी |\n| --------- | ------------- | ---- | ------- |\n| गंगा पासमान | तत्कालीन नगर प्रमुख — बोलपत्र आह्वानको निर्णय | रु. १,०८,००,०००।– | दफा ३(१)(झ) र ३(१) बमोजिम कैद, जरिवाना; दफा १७ बमोजिम बिगो असुलउपर |\n| जगदीश मण्डल | तत्कालीन नि.प्र.प्र.अ. — बोलपत्र आह्वान | रु. १,०८,००,०००।– | दफा ३(१)(झ) र ३(१) बमोजिम कैद, जरिवाना; दफा १७ बमोजिम बिगो असुलउपर |\n| बुद्धिमान दनुवार | तत्कालीन नि.प्र.प्र.अ. — सम्झौता/पेश्की भुक्तानी | रु. १,०८,००,०००।– | दफा ३(१)(झ) र ३(१) बमोजिम कैद, जरिवाना; दफा १७ बमोजिम बिगो असुलउपर |\n| प्रविन कुमार महतो | लेखापाल — पेश्की भुक्तानी | रु. १,०८,००,०००।– | दफा ३(१)(झ) र ३(१) बमोजिम कैद, जरिवाना; दफा १७ बमोजिम बिगो असुलउपर |\n| बैजनाथ यादव | जे.भी.का आधिकारिक प्रतिनिधि — मतियार | रु. १,०८,००,०००।– | दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदार सरह सजाय |\n| महालक्ष्मी/पाण्डे एण्ड कम्पनी/ड्रागन जे.भी. फर्म | निर्माण व्यवसायी फर्म — मतियार | रु. १,०८,००,०००।– | दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदार सरह जरिवाना र बिगो असुलउपर |\n\n(इन्जिनियर जय किसोर साह, सब-इन्जिनियर अरुण कुमार ठाकुर, प्रशासन सहायक विक्रान्त विश्व चौधरी, DPR फर्मका पुष्पराज शर्मा र जे.भी.का राजेन्द्र मानन्धर तथा हरिवंश पाण्डे उपर निजहरूको भूमिका मूल्यांकन/DPR/अख्तियारनामासम्म मात्र रहेको हुँदा आयोगबाटै मुद्दा नचलाउने निर्णय भएको।)\n\n### ख) प्रतिवादीको बयानको सार\n\n| प्रतिवादी | बयानको सार |\n| --- | --- |\n| **प्रविण कुमार महतो (लेखापाल)** | भवन निर्माण ठेक्कामा कुनै अनियमितता नभएको, सम्पूर्ण प्रक्रिया इ–बिडिङमार्फत कानुनबमोजिम अघि बढेको, आफूले कसैलाई फाइदा वा नेपाल सरकारलाई हानि पुर्‍याउने बदनियतले कुनै कार्य नगरेको तथा आफू निर्दोष रहेकोले सफाइ पाउनुपर्ने जिकिर गरे। |\n| **जगदीश मण्डल (तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत)** | उच्च अदालतको आदेश आफ्नो कार्यकालअघि भएको र त्यसबारे जानकारी नभएको, नगरसभाले विधिसम्मत रूपमा भवन निर्माण र केन्द्र परिवर्तनको निर्णय गरेको तथा प्रदेश र संघीय सरकारबाट समेत आवश्यक स्वीकृति प्राप्त भएकोले भवन निर्माण प्रक्रिया अघि बढाइएको बताए। आफूले बोलपत्र प्रक्रिया र मूल्याङ्कनसम्मको जिम्मेवारी मात्र निर्वाह गरेको, ठेक्का सम्झौता, पेश्की भुक्तानी वा APG सम्बन्धी कार्यमा आफ्नो संलग्नता नरहेको तथा सबै कार्य कानुनबमोजिम र असल नियतले गरेको हुँदा सफाइ माग गरे। |\n| **बुद्धिमान दनुवार (तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत)** | आफू पदमा आउनुअघि नै बोलपत्र प्रक्रिया र निर्माण व्यवसायी छनोट सम्पन्न भइसकेको, नगरसभाको निर्णयका आधारमा सम्झौता र पेश्की भुक्तानी भएको तथा आफ्नो निर्माण व्यवसायीसँग कुनै मिलेमतो नरहेको बताए। APG र ठेक्काको म्याद थपका लागि पटक–पटक पत्राचार गरेको, बैंकलाई नगरपालिकाको निर्णयबिना जमानत फुकुवा नगर्न निर्देशन दिएको तथा आफ्नो तर्फबाट आवश्यक पहल गरेकोले कुनै बदनियत वा भ्रष्टाचारजन्य कार्य नगरेको भन्दै सफाइ माग गरे। |\n| **गंगा पासमान (तत्कालीन नगर प्रमुख)** | भवन निर्माण प्रक्रिया नगरसभा र कार्यपालिकाको निर्णयअनुसार भवनको अभाव समाधान गर्न अघि बढाइएको, मन्त्रालयबाट जग्गा उपलब्ध हुने विश्वासमा प्रक्रिया अगाडि बढाइएको तथा आफूलाई ठेकेदार, पेश्की भुक्तानी वा आर्थिक कारोबारबारे जानकारी नरहेको बताए। पेश्की भुक्तानी कर्मचारीको जिम्मेवारी भएको, आफूले कुनै बदनियत नराखेको र निर्दोष रहेकोले सफाइ पाउनुपर्ने जिकिर गरे। |\n| **बैजनाथ यादव (महालक्ष्मी–पाण्डे एण्ड कम्पनी–ड्रागन जेभीका आधिकारिक प्रतिनिधि)** | निर्माण कार्य नगरपालिकाले साइट उपलब्ध नगराएकाले सुरु हुन नसकेको, साइट उपलब्ध गराए सम्झौताबमोजिम निर्माण गर्न तयार रहेको बताए। APG को म्याद थपका लागि दुई पटक निवेदन दिएको, प्राप्त पेश्की रकम निर्माण सामग्री खरिदमा प्रयोग भएको तथा यो विषय दुई पक्षबीचको करार सम्बन्धी विवाद भएकाले मध्यस्थता (Arbitration) बाट समाधान हुनुपर्ने, भ्रष्टाचारको विषय नभएको र आफूले सार्वजनिक सम्पत्तिमा बदनियतपूर्वक हानि–नोक्सानी नपुर्‍याएको भन्दै सफाइ माग गरे। |\n\n\n### ग) विशेष अदालतको फैसलाको सार\n\nविशेष अदालतले कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माणका सम्बन्धमा नेपाल सरकारबाट नगरपालिकाको केन्द्र परिवर्तनको अन्तिम निर्णय नभई तथा निर्माणस्थलको व्यवस्था नगरी सार्वजनिक खरिद प्रक्रिया अघि बढाई ठेक्का सम्झौता गरेको, निर्माण व्यवसायीलाई रु. १,०८,००,००० मोबिलाइजेसन पेश्की भुक्तानी गरेको तथा निर्माण कार्य सुरु नभई Advance Payment Guarantee (APG) को अवधि समाप्त हुँदासमेत जमानत जफत वा रकम असुलउपरतर्फ आवश्यक कानुनी कारबाही नगर्दा सरकारी सम्पत्तिमा हानि–नोक्सानी पुगेको ठहर गरेको थियो।\n\nअदालतले तत्कालीन नगर प्रमुख गंगा पासमान, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल र बुद्धिमान दनुवार तथा लेखापाल प्रविण कुमार महतोले आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्ने क्रममा लापरवाही गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सरकारी सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याएको निष्कर्ष निकालेको थियो। त्यसैगरी निर्माण व्यवसायी बैजनाथ यादवले उक्त कार्यबाट अनुचित लाभ लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मतियारको कसुर गरेको ठहर गरेको थियो।\n\nअदालतले पाँचै प्रतिवादीलाई दामासाही रूपमा बिगो कायम गरी देहायबमोजिम सजाय गरेको थियो।\n| प्रतिवादी | कसुर ठहर | बिगो | कैद | जरिवाना |\n| --- | --- | ---: | ---: | ---: |\n| गंगा पासमान | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ | रु. २१,६०,००० | २ वर्ष ६ महिना | रु. २१,६०,००० |\n| जगदीश मण्डल | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ | रु. २१,६०,००० | २ वर्ष ६ महिना | रु. २१,६०,००० |\n| बुद्धिमान दनुवार | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ | रु. २१,६०,००० | २ वर्ष ६ महिना | रु. २१,६०,००० |\n| प्रविण कुमार महतो | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ | रु. २१,६०,००० | २ वर्ष ६ महिना | रु. २१,६०,००० |\n| बैजनाथ यादव | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ (मतियार) | रु. २१,६०,००० | २ वर्ष ६ महिना | रु. २१,६०,००० |\n\nयसअनुसार रु. १,०८,००,००० बिगोलाई पाँच प्रतिवादीबीच दामासाही गरी जनही रु. २१,६०,००० बिगो असुलउपर, २ वर्ष ६ महिना कैद तथा जनही रु. २१,६०,००० जरिवाना हुने फैसला गरेको थियो।\n\n### पुनरावेदन\n\nउक्त फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको छ। उक्त पुनरावेदन (मुद्दा नं. ०८१-CR-१४९६) हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।","key_allegations":["कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले आ.व. २०७८/०७९ मा प्रशासनिक भवन निर्माण ठेक्कामा उच्च अदालतको आदेश र निर्माणस्थलको व्यवस्था नभई बोलपत्र आह्वान गर्न नहुने खरिद नियमविपरीत स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै बोलपत्र आह्वानको निर्णय गरी रु. १ करोड ८ लाख सार्वजनिक सम्पत्ति हानिनोक्सानी गराएको आरोप।","तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रविन कुमार महतोले निर्माणस्थल र केन्द्र परिवर्तनको कानूनी अवस्था मिलिनसक्दै प्रशासनिक भवन निर्माण सम्झौता गर्ने निर्णय गरी निर्माण व्यवसायीलाई रु. १ करोड ८ लाख मोबिलाइजेशन पेश्की भुक्तानी दिएको आरोप।","सम्बन्धित निर्माण व्यवसायीका आधिकारिक प्रतिनिधि बैजनाथ यादव र जे.भी. फर्मले Advance Payment Guarantee राखी रु. १ करोड ८ लाख मोबिलाइजेशन पेश्की लिएर पनि निर्माण कार्य सुरु नगरी ग्यारेन्टीको म्याद सकिँदा म्याद थप वा रकम फिर्ता नगरेको आरोप।"],"timeline":[{"date":"2019-05-12","title":"उच्च अदालत जनकपुरको निषेधाज्ञा/परमादेश आदेश","date_bs":"2076-01-29","description":"उच्च अदालत जनकपुर, राजविराजले प्रक्रिया पूरा नभएसम्म कर्जन्हा नगरपालिकाको कार्यालय अन्यत्र नसार्नु र साविक गा.वि.स. भवनबाटै सञ्चालन गर्नु भनी आदेश दिएको (मुद्दा ०७४-WO-०४९३)। यही आदेश परिपालन नगरी ठेक्का प्रक्रिया अघि बढाइएको।"},{"date":"2021-09-24","title":"बोलपत्र आव्हानको निर्णय गरी ठेक्का प्रक्रिया शुरु","date_bs":"2078-06-08","description":"नगर कार्यपालिकाको टिप्पणी/आदेशबाट वडा नं. ५ मा प्रशासनिक भवन निर्माण कार्य खरिद ऐन बमोजिम अघि बढाउने निर्णय। निर्माणस्थलको व्यवस्था नभई — सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६ र नियमावली, २०६४ को नियम ६(३) विपरीत — नगरप्रमुख गंगा पासमानको निर्णयमा बोलपत्र आव्हान।"},{"date":"2021-12-22","title":"छनौट निर्माण व्यवसायीलाई सम्झौता गर्न आउने सूचना","date_bs":"2078-09-07","description":"बोलपत्र मूल्याङ्कनपश्चात छनौट भएको महालक्ष्मी/पाण्डे एण्ड कम्पनी/ड्रागन J.V. लाई सम्झौता गर्न आउने सूचना जारी।"},{"date":"2022-01-17","title":"रु.१२.१८ करोडको निर्माण सम्झौता","date_bs":"2078-10-03","description":"कर्जन्हा नगरपालिका र J.V. फर्मबीच रु.१२,१८,३२,६१४.७०/– मा सम्झौता; निमित्त प्र.प्र.अ. बुद्धिमान दनुवारले हस्ताक्षर। सम्पन्न गर्ने मिति २०८०/०३/१५ तोकिएको।"},{"date":"2022-08-05","title":"रु.१.०८ करोड मोबिलाइजेशन पेश्की र APG म्याद समाप्ति","date_bs":"2079-04-20","description":"खरिद ऐन दफा ५२(क) अनुसार J.V. फर्मलाई कुल रु.१,०८,००,०००/– मोबिलाइजेशन पेश्की भुक्तानी। रु.३९ लाखको APG म्याद २०७९/०४/२० र रु.६९ लाखको APG म्याद २०७९/११/१७ मा समाप्त भए पनि म्याद थप वा बैंक जमानत जफत नगरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी।"},{"date":"2022-10-19","title":"अख्तियारमा उजुरी दर्ता","date_bs":"2079-07-02","description":"प्रशासनिक भवन ठेक्कामा अनियमितता भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता (दर्ता नं. C-२०७५२)।"},{"date":"2024-03-27","title":"विशेष अदालतमा आरोपपत्र दायर र प्रेस विज्ञप्ति","date_bs":"2080-12-14","description":"आयोगले गंगा पासमान, जगदिश मण्डल, बुद्धिमान दनुवार, प्रविण कुमार महतो र मतियार बैजनाथ यादवसमेत ५ जना तथा J.V. फर्मविरुद्ध रु.१,०८,००,०००/– बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ (दफा ३(१)(झ), ३(१) र मतियारलाई दफा २२) बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर; सोही दिन प्रेस विज्ञप्ति जारी।"},{"date":"2024-11-25","title":"विशेष अदालतको फैसला: सबै ५ प्रतिवादी दोषी","date_bs":"2081-08-10","description":"इजलास नं. २ ले २०८१/०७/२८ मा कसूर ठहर गरी २०८१/०८/१० मा सजाय निर्धारण। पाँचै प्रतिवादीलाई रु.१,०८,००,०००/– मध्ये दामासाहीले जनही रु.२१,६०,०००/– बिगो कायम, जनही रु.२१,६०,०००/– जरिवाना, २ वर्ष ६ महिना कैद र बिगो असुलउपर। बैजनाथ यादवलाई दफा २२ बमोजिम मुख्य कसूरदार सरह सजाय।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/ciaa_press_release/2615","additional_details":"यो प्रेस विज्ञप्ति 080-CR-0140 मुद्दाको आरोपपत्र दायरको आयोगद्वारा सार्वजनिक रूपमा घोषित प्राथमिक अभिलेख हो, जसले निर्माणस्थल नतोकिँदै बोलपत्र आह्वान, उच्च अदालतको आदेश उल्लंघन र रु.१ करोड ८ लाख मोबिलाइजेशन पेश्की हिनामिनाका मुख्य आरोपहरू, अभियुक्तहरूको भूमिका, बिगो रकम र मागदाबी गरिएका कानूनी दफाहरू पुष्टि गर्छ। यसले अभियोजनको आधार र मुद्दाका आरोपको दायरा निर्धारण गर्ने प्रत्यक्ष स्रोतको रूपमा प्रमाणिक भार राख्छ।","material":{"display_name":"जिल्ला सिराहा, कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसमेत ५ जना र कम्पनी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।","material_type":"press_release","urls":[{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2615. जिल्ला सिराहा, कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित - 2.pdf","role":"RAW"},{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2615. जिल्ला सिराहा, कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित - 1.doc","role":"ALTERNATE"},{"link":"https://ciaa.gov.np/pressrelease/2615","role":"SOURCE_PAGE"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/special.080-cr-0140","additional_details":"यो फैसला यस मुद्दाको प्राथमिक न्यायिक अभिलेख हो, जसले निर्माणस्थल र केन्द्र परिवर्तनको कानूनी टुङ्गो नलाग्दै बोलपत्र आह्वान तथा सम्झौता गरी रु. १ करोड ८ लाख मोबिलाइजेशन पेश्की दिएको र निर्माण कार्य नसुरु भएको भन्ने मुख्य आरोपहरूमा प्रतिवादीहरूको बयान, अभियोग दावी र अदालती ठहरलाई प्रत्यक्ष रूपमा अभिलेखित गर्दछ। तत्कालीन नगरप्रमुख, प्रशासकीय अधिकृतहरू, लेखापाल र निर्माण व्यवसायीको भूमिका तथा बिगो रकमसम्बन्धी आरोपको आधिकारिक स्रोतका रूपमा यो दस्तावेजको प्रमाणिक भार उच्च रहन्छ।","material":{"display_name":"Special Court verdict: 080-CR-0140 · Loss and damage","material_type":"court_order","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/court-orders/special/080-CR-0140.1.doc","role":"RAW"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260608.017555c9","additional_details":"यो समाचार सामग्रीले यस मुद्दाका तत्कालीन नगर प्रमुख गंगा पासमानलगायतविरुद्धको भ्रष्टाचार अभियोग, प्रतिवादीहरूको परिचय र मागदाबीको बारेमा पृष्ठभूमि सूचना दिने गौण (background) स्रोतका रूपमा रहन्छ। यसले प्रशासनिक भवन ठेक्कामा भएको अनियमितता र उच्च अदालतको आदेश अवज्ञासम्बन्धी आरोपलाई समर्थन गर्ने सहायक सामग्री हो, तर आधिकारिक अभिलेख वा प्राथमिक प्रमाण होइन।","material":{"display_name":"CIAA files corruption charges against former Mayor and four others in Karjanha Municipality &laquo; Khabarhub","material_type":"news","urls":[{"link":"https://english.khabarhub.com/2024/27/348205/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/6526ff1355ca444cf03281f25e94f49c1e2ad18a7a3a4cb3ebe840c5e715c153.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260608.a78b5081","additional_details":"यो समाचारले विशेष अदालतले गंगा पासमान, जगदीश मण्डल, बुद्धिमान (Wise) दनुवार, प्रवीण कुमार महतो र बैजनाथ यादवलाई कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माणमा भएको भ्रष्टाचारमा दोषी ठहर गरी कैद र जरिवाना सजाय सुनाएको आउटकम अभिलेख गर्ने हुँदा, यो दस्तावेज यस मुद्दामा लगाइएका तीनवटै आरोप (बोलपत्र आह्वान, मोबिलाइजेशन पेश्की हिनामिना र काम सुरु नगरेको) सँग प्रत्यक्ष सम्बन्धित न्यायिक निर्णयको प्राथमिक अभिलेख हो। यसले आरोपहरूको पुष्टि/परिणामका रूपमा निर्णायक प्रमाणको भूमिका राख्छ।","material":{"display_name":"5 people, including the former mayor of Karjanha, were imprisoned for two and a half years and fined 43 lakh 20 thousand in the corruption case - कान्तिपुर","material_type":"news","urls":[{"link":"https://ekantipur.com/madhesh-pradesh/2024/11/26/en/5-people-including-the-former-mayor-of-karjanha-were-imprisoned-for-two-and-a-half-years-and-fined-43-lakh-20-thousand-in-corruption-case-01-48.html","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/8ec6a70c8bb16e456a09c4f2ec1527a3f38965b94cf521ad91d2a9ff0447abdb.md","role":"MARKDOWN"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/080-cr-0140","https://jawafdehi.org/courtcase/supreme/081-cr-1496"],"missing_details":"अभियोगपत्रको पूर्णपाठ\nप्रस्तुत मुद्दामा उल्लेख भएका विवरण अख्तियारले जारी गरेको प्रेस विज्ञप्ति र विशेष अदालतको फैसलामा आधारित छन्।","bigo":10800000,"weight":0,"versionInfo":{"action":"published","datetime":"2026-08-11T14:10:29.877505+00:00"},"created_at":"2026-05-05T20:37:55.887434+05:45","updated_at":"2026-10-05T17:49:49.837619+05:45"}