{"id":51,"slug":"jhalak-poudel-illegal-assets-081-cr-0138","public_iri":"https://jawafdehi.org/case/jhalak-poudel-illegal-assets-081-cr-0138","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलले रू. ६.२६ करोड स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा (081-CR-0138)","short_description":"गण्डकी प्रदेश सरकारका लेखा अधिकृत झलक शर्मा पौडेल विरुद्ध वैध आम्दानीको स्रोतले नखाम्ने रु. ६ करोड २६ लाख ९६ हजारभन्दा बढी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले उक्त सम्पत्तिलाई गैरकानुनी आर्जन ठहर गर्दै जफत तथा कानुनबमोजिम सजायको माग गरेको छ।","authors":[{"slug":"sambhav-koirala","display_name":"Sambhav Koirala","name_ne":"सम्भव कोइराला","photo_url":"https://jawafdehi.org/assets/teammembers/sambhav.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-07-13","public_edit_history":[],"public_notes":"Case drafted by Sambhav Koirala","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/2209df58311cbc211cd210465465f278b6d68aa9bfdcc3d36e1ba7e522f5239c.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/8420f7ce82750ba486beadaf5fd7b6c332172e5f56dbec45b6fec19978ff14f9.webp 400w, https://s3.jawafdehi.org/case_uploads/ddea627e0dfffa809ddd4bc80d55e6f4ed5277d5795924a5b7c0a71877caa018.webp 800w, https://s3.jawafdehi.org/case_uploads/2209df58311cbc211cd210465465f278b6d68aa9bfdcc3d36e1ba7e522f5239c.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/c8c4abd82217ddd7730692288697db20b26a823f75b9e2254cfc2b1c5004de31.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/b528ca52de1411c950a2d817d9b86f6697bef83d5e253866b2df8db3f9013f7d.webp 640w, https://s3.jawafdehi.org/case_uploads/ce5f86cd865b67c410c8faa1484788020db61aa18128faa4cb1e77920ddbbfe0.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/c8c4abd82217ddd7730692288697db20b26a823f75b9e2254cfc2b1c5004de31.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":386,"banner_image_id":302,"thumbnail_url":"","banner_url":"","case_start_date":"2025-07-09","case_end_date":null,"dates":{"stages":[{"stage":"initial","start":"2025-07-09","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/081-cr-0138"}]},"status":"ongoing","case_track":null,"status_override":null,"proceedings_started_on":"2025-07-09","proceedings_decided_on":null,"appeal_verdicts":{},"appeal_parties":{},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/organization/bhautika-purvadhara-vikasa-mantralaya-ga-199e1f","display_name":"Ministry of Physical Infrastructure Development, Gandaki Province","entity_type":"Organization","type":"related","outcome":null,"notes":"प्रतिवादी कार्यरत रहेको कार्यालय","name":{"en":"Ministry of Physical Infrastructure Development, Gandaki Province","ne":"भौतिक पूर्वाधार विकास मन्त्रालय, गण्डकी प्रदेश"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/huma-kumari-upadhyaya-9e74fb","display_name":"Huma Kumari Upadhyay","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"प्रतिवादीकी पत्नी — निजको नाममा रहेको सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी","name":{"en":"Huma Kumari Upadhyay","ne":"हुमा कुमारी उपाध्याय"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/jhalaka-sarma-paudela-0caa5e","display_name":"Jhalak Sharma Poudel","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"मुख्य प्रतिवादी — गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका लेखा अधिकृत","name":{"en":"Jhalak Sharma Poudel","ne":"झलक शर्मा पौडेल"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/localunit/pokhara-metropolitian-city-40504","display_name":"Pokhara Metropolitan City","entity_type":"AdministrativeArea,jawafdehi:MetropolitanCity","type":"location","outcome":null,"notes":"","name":{"en":"Pokhara Metropolitan City","ne":"पोखरा महानगरपालिका"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/kaski-np0439","display_name":"Kaski","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Kaski","ne":"कास्की"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/province/gandaki-np04","display_name":"Gandaki Province","entity_type":"AdministrativeArea,jawafdehi:Province","type":"location","outcome":null,"notes":"","name":{"en":"Gandaki Province","ne":"गण्डकी प्रदेश"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/localunit/kirtipur-municipality-30609","display_name":"Kirtipur Municipality","entity_type":"AdministrativeArea,jawafdehi:Municipality","type":"location","outcome":null,"notes":"","name":{"en":"Kirtipur Municipality","ne":"किर्तिपुर नगरपालिका"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/kathmandu-np0327","display_name":"Kathmandu","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Kathmandu","ne":"काठमाडौँ"},"image":null}],"tags":["CIAA","Illegal Wealth","Civil Servant","गण्डकी प्रदेश","झलक शर्मा पौडेल"],"description":"# **१. मुद्दाको संक्षिप्त तथ्य**\n\nप्रस्तुत मुद्दाका प्रमुख प्रतिवादी झलक शर्मा पौडेल मिति २०५४।१०।०८ गते डिठ्ठा/रा.प.अनं. द्वितीय श्रेणी पदमा सुरू नियुक्ति भई विभिन्न समयमा विभिन्न सरकारी कार्यालयमा सरुवा वा वढुवा भई कार्यरत रहँदै आएका राष्‍ट्र सेवक थिए। यस मुद्दाको उजुरी पर्दाका बखत निज प्रतिवादी भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरामा लेखा अधिकृत (अधिकृत आठौँ तह) पदमा कार्यरत थिए।\n\nमिति २०८०-०१-१२ गते निज उपर भ्रष्टाचारजन्य कार्य गरेकोले छानबिन गरीपाऊँ भनी मिति आयोगमा उजुरी पर्छ। उजुरवालाले मुख्यतः निम्न कार्यद्वारा पौडेलले भ्रष्टाचार गरेको भनी उजुरी दिएको हुन्छः\n\n·       साविक कृषि मन्त्री चढ्ने स्कार्पियो नम्बर ग १ झ ६१६ को गाडी खरिद,\n\n·        स्टेस्नरी सामान खरिद गर्दा बजार मूल्य भन्दा बढीको बिल बनाएको,\n\n·       बा १ झ ९७५ नम्बरको गाडी मर्मत गराउने निहुँमा मर्मत नै नगराई वर्कशपसँगको मिलेमतोमा ३/४ लाख भन्दा बढीको बिल बनाएको,\n\n·       बा १ झ ९१८२ नं. को गाडी मर्मत गराउँदा अनियमितता गरेको,\n\n·        कम्तीमा पनि महिनाको ३-४ वटा भ्रमण आदेश कार्यालय प्रमुख बाहेक अफिसर वा आफै स्वीकार गरी खाने गरेको।\n\nयसै उजुरीको आधारमा अख्तियारले अनुसन्धान अगाडि बढाएको देखिन्छ। अख्तियारले निज प्रतिवादीले सेवा सुरु गरेको अवधि(२०५४/१०/०८) लाई सुरुवती विन्दुको रुपमा लिई सम्पत्ति विवरणको फारम बुझाएको मिति (२०८०/०८/१०) सम्मको अवधिलाई जाँच अवधि मानी सो समय भित्रको निज र निजको परिवारको आय र व्ययको विवरण संकलन गरी अनुसन्धान अगाडि बढाएको देखिन्छ।\n\n# २. समग्र आय–व्यय विश्लेषण\n\nआयोगले जाँच अवधिमा गरेको आय-व्यय प्रवाह विश्लेषणलाई हेर्दा, निज प्रतिवादीको कुल वैध आय रु. ३,३९,८७,४९०.६५ मात्र देखिन्छ भने घरजग्गा खरिद, घर निर्माण, बैंक तथा सहकारी मौज्दात, मुद्दती बचत, शेयर लगानी, सवारी साधन खरिद, सुन खरिद, शैक्षिक खर्च, विभिन्न व्यक्तिलाई रकम प्रवाह तथा ऋणसापटीसमेत गरी कुल व्यय रु. ९,६६,८०,६२०.४७ को देखिन्छ। यसरी आयको तुलनामा रु. ६,२६,९३,१२९.८२ बराबरको व्यय तथा लगानीको स्रोत पुष्टि हुन नसकेको भन्दै आयोगले यही रकम बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरिएको निष्कर्ष निकालेको देखिन्छ।\n\n| @cols=3:**आय** | @cols=3:**व्यय / लगानी** |\n| --- | --- | --- | ------------ | ------------ | ------------ |\n| १. | तलब | ४२,८२,२९६।०६ | १. | जग्गा/घरजग्गा खरिद   र रजिष्ट्रेशन दस्तुर समेत | १,००,६५,८३०।०० |\n| २. | बैठक भत्ता | ३,५९,०४०।०० | २. | घर निर्माण | १५,६७,३६५।७६ |\n| ३. | दैनिक भ्रमण भत्ता | ८,३७,१३७।७० | ३. | शैक्षिक खर्च | १८,२८,०९५।०० |\n| ४. | प्रोत्साहन भत्ता | ६,२९,०६२।०० | ४. | बैंक/सहकारीबाट विभिन्न
व्यक्तिलाई ऋण सापटी | ४,२४,०४,७७२।०० |\n| ५. | शेयर बिक्री
प्राप्त रकम | ८१,५५४।८९ | ५. | विभिन्न व्यक्तिहरूलाई
दिएको रकम | १,०१,९७,१८१।०० |\n| ६. | कर्मचारी सञ्चय कोष
विशेष सापटी रकम | ५१,५००।०० | ६. | सञ्चय कोष सापटीको
साँवा व्याज भुक्तानी | १,२९,८९४।८९ |\n| ७. | मुद्दती बचत कर्जा
रकम | २,२३,१५,०००।०० | ७. | सवारी साधन खरिद | १२,०२,०५६।०० |\n| ८. | जग्गा बिक्री आय | ९८,५००।०० | ८. | सवारी साधन नवीकरण | १,२३,६३५।०० |\n| ९. | कृषि आय रकम | ४,५०,४००।०० | ९. | शेयर खरिद | ६२,७७०।०० |\n| १०. | ऋण सापटी फिर्ता
पाएको रकम | ४८,८३,०००।०० | १०. | सुन खरिद | १,८०,४०५।०० |\n|  |  |  | ११. | मुद्दती मौज्दात रकम
(जाँचमा परिपक्व नभएको) | २,८३,५१,०००।०० |\n|  |  |  | १२. | अन्तिम बैंक मौज्दात | ५,६४,६१५।८२ |\n| @cols=2:**जम्मा आय (रू.)** | **३,३९,८७,४९०।६५** | @cols=2:**जम्मा व्यय (रू.)** | **९,६६,८०,६२०।४७** |\n| @cols=2:**समग्र आयबाट समग्र व्यय घटाउँदा**
**स्रोत नपुगी ऋणात्मक रकम रू.** | @cols=4:**(६,२६,९३,१२९।८२)**
*(अक्षरेपि: छ करोड छब्बीस लाख त्रियानब्बे हजार एकसय उनन्तीस रूपैया बयासी पैसा)* |\n\n# ३. प्रतिवादीहरूको बयानको सारांश\n\n##### ३.१ झलक शर्मा पौडेलको बयान\n\nमिति २०८०/०८/१० गते आयोगमा १३ पाने सम्पत्ति विवरण फाराम आफैंले भरी सहीछाप गरी बुझाएको र उक्त विवरणमा उल्लिखित तथ्यहरू सत्य रहेको, जाँच अवधिमा काठमाडौँ र पोखरामा रु ३७,००० देखि रु ७,८०,००० सम्मको मूल्यमा जग्गाहरू खरिद गरी पोखरामा घर समेत बनाएको, पत्नीको नाममा किर्तिपुरमा जग्गासहितको घर रू. ६२,१०,०००।०० र कलंकीमा जग्गा रू. २६,३९,२५०।०० मा खरिद भएको, पत्नीका सम्पूर्ण बैंक खाताहरू आफूले नै सञ्चालन गरेको स्वीकार गरेको, पत्नीको मुक्तिनाथ विकास बैंक खाताबाट रू. १,३८,१५,०००।०० (एक करोड अठ्तीस लाख) बोल प्रसाद अधिकारीकी पत्नी लिला कुमारी शर्माको खातामा र कुमारी बैंकबाट रू. ८५,००,०००।०० हरि प्रसाद पौडेललाई मिति २०८० कार्तिक २२-२३ गते हस्तान्तरण गरेको, पोखरामा भएको दुई तल्ले घर समय समयमा विभिन्‍न व्यक्तिलाई बहालमा दिएको तर घर बहाल कर आजसम्म नतिरेको, आयका स्रोत सरकारी जागिर, कृषि, पैतृक सम्पत्ति बेचबिखन र सञ्चयकोषबाट लिएको ऋण भएको भन्‍ने व्यहोराको आयोगका अधिकार प्राप्त अनुसन्धान अधिकृत समक्ष निज प्रतिवादी झलक शर्मा पौडेलको बयान।\n\n##### ३.२ हुमा कुमारी उपाध्यायको बयान\n\nआफ्नो नाममा रहेको सम्पत्ति र बैंक कारोबारबारे जानकारी नभएको, आफ्नो पेशा कृषि मात्र रहेको, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकका खाताहरूमा रहेको रकम र त्यसको स्रोतबारे जानकारी नभएको, पतिको विशाल बचत तथा ऋण सहकारी संस्थाको खाताबाट आफ्नो कुमारी बैंक खातामा मिति २०८०/०६/१७ गते रू. १,००,००,०००।०० (एक करोड) जम्मा भएको, मुक्तिनाथ विकास बैंकको खाताबाट रू. ८५,००,०००।०० लिला कुमारी शर्माको सिटिजन बैंक खातामा र रू. १,३८,००,०००।०० हरि प्रसाद पौडेललाई जम्मा गरिएको भन्‍ने व्यहोराको निज प्रतिवादीकी पत्नी हुमा कुमारी उपाध्यायको बयान।\n\n# ४. स्थानीय जनप्रतिनिधिहरूको बयानको सारांश\n\n##### **४.१ रूद्र नाथ बराल (वडा अध्यक्ष, पोखरा म.न.पा.वडा नं. ८)**\n\nझलक शर्मा पौडेल र अम्बिका घिमिरे, हरि प्रसाद खनाल, तथा डेकेन्द्र शर्मा पौडेलबीच आफ्नो रोहवरमा कुनै आर्थिक कारोबार नभएको, पो.म.न.पा. वडा नं. ८ को च.नं. १३६४, मिति २०८१।१०।०९ को कागजातमा तीन वटा लिखतमा आफूले हस्ताक्षर गरेको तर लिखतहरू कहाँ, कहिले तयार भए भन्ने जानकारी नभएको, पक्षहरू पहिल्यै तयार गरी ल्याएका लिखत प्रमाणित गर्न अनुरोध मात्र गरेको, वास्तविक लेनदेन आफ्नो सामुन्ने भएको होइन भन्ने व्यहोराको रूद्र नाथ बरालको बयान।\n\n##### **४.२ बिष्णु प्रसाद बराल (वडा अध्यक्ष, पोखरा म.न.पा.वडा नं. ५)**\n\nझलक शर्मा पौडेल मिति २०८०।०७।२२ मा दुई वटा लिखत प्रमाणितका लागि आएका, दुवै पक्षलाई मौखिक रूपमा सोधी कारोबार भएको हो भन्ने आधारमा प्रमाणित गरिदिएको, कारोबार कहिले, कुन बैंक खाताबाट वा नगद भए-नभएको जानकारी छैन, भौतिक प्रमाण र रकमको स्रोत सोधिखोजी गरिएको थिएन, वडा कार्यालयमा भेटिएका वडाको छाप लागेका  ३ वटा लिखतमा आफूले प्रमाणित गरेको होइन, दर्ता-चलानीमा अभिलेख पनि नभएको, झलक शर्मा पौडेलले नै उक्त ३ वटा लिखतको प्रतिलिपि वडा कार्यालयमा बुझाएको, ती कसरी प्रमाणित भए जानकारी छैन, झलक शर्मा पौडेलले आ.व. २०६२ देखि २०८१।०८२ सम्मको घर बहाल कर एकमुष्ट रु. १,४३,९१० मिति २०८१।०९।०४ मा बुझाएको हो, स्थलगत भ्रमणमा गई हेरेर मात्र लिनुपर्नेमा जनशक्तिको अभावले त्यसो नगरिएको हो, नक्कली प्रमाण खडा गर्न झलक शर्मासँग कुनै मिलेमतो छैन भन्ने व्यहोराको बिष्णु प्रसाद बरालको बयान।\n\n##### **४.३ धन बहादुर नेपाली (पूर्व वडा अध्यक्ष, वडा नं. ५)**\n\nमिति २०७४।०२।११ देखि २०७९।०२।०४ सम्म वडा नं. ५ को वडा अध्यक्ष पदमा कार्यरत रहेको,  झलक शर्मा पौडेलले वडा नं. ५ मार्फत मिति २०७९ चैत्र १० गते प्रमाणित गरेको भनिएका लिखतहरूमा भएको हस्तलिखित र हस्ताक्षर आफ्नो नभएको, आफूले प्रमाणित नगरेको,  चैत्र २०७९ मा आफू वडा अध्यक्ष पदमा बहाल नरहेको, आफ्नो कार्यकालमा झलक शर्मा पौडेलको कुनै पनि लेनदेन लिखत प्रमाणित नगरेको भन्ने व्यहोराको धन बहादुर नेपालीको बयान।\n\n# ५. गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको तथ्य स्थापित गर्ने तथ्यहरु\n\nआयोगले आरोपपत्रमा निम्न कार्यद्वारा प्रतिवादीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० बमोजिम गैरकानुनी सम्पत्ति आर्जन गरेको तथ्य स्थापित गर्न खोजेको देखिन्छः\n\n##### **५.१ अमिल्दो वा अस्वभाविक सम्पत्ति विवरण**\n\nप्रतिवादी झलक शर्मा पौडेलले सार्वजनिक पदमा रहँदा खरिद-बिक्री गरेका जग्गाहरूको विवरण राष्ट्रिय किताबखानामा पेस गरेको सम्पत्ति विवरणमा उल्लेख नगरी लुकाएको देखिन्छ। निजको नाममा विशाल सहकारीमा रु. ५,१३,२२६ र रु. ३०,००,०००, पत्नी हुमा कुमारी उपाध्यायको नाममा मुक्तिनाथ बैंकमा रु. ६०,००,००० र रु. ९३,५१,०००, तथा कुमारी बैंकमा रु. १,००,००,००० मौज्दात रहेको तर यी रकमहरू सम्पत्ति विवरणमा उल्लेख गरेको देखिँदैन। यसैगरी विभिन्न व्यक्तिहरूलाई दिएको जम्मा रु. १,०१,९७,१८१ र ऋण सापटी जम्मा रु. ४,२४,०४,७७२ समेत सम्पत्ति विवरणमा लुकाएको देखिन्छ। निजले २०६३ सालदेखि घर बहालमा दिई आय प्राप्त गरेको भए पनि सो विवरण सम्पत्ति विवरणमा उल्लेख गरेका थिएनन् र अनुसन्धानको क्रममा मात्र एकमुष्ट बहाल कर बुझाएको देखिन्छ। जग्गा खरिद, घर निर्माण, सवारी साधन, शेयर, सुन लगायत सबै खर्च तथा बैंक मौज्दात, ऋण फिर्ता र मुद्दती रकमहरू निजको पदअनुसार प्राप्त हुने आयभन्दा अस्वाभाविक बढी भएको र पेस गरेको सम्पत्ति विवरणसँग समेत अमिल्दो रहेको देखिन्छ।\n\n##### \n\n##### **५.२ मानसिव कारण बिना उच्च जीवनस्तर कायम रहेको**\n\nप्रतिवादी झलक शर्मा पौडेल सार्वजनिक पद धारण गर्नु पूर्व मध्यम वर्गीय परिवारका सदस्य रहेका भएकाले निजको जीवनस्तर सामान्य हुनुपर्ने अवस्थामा, निजले राष्ट्रसेवक भएपश्चात कास्की र काठमाडौंमा जम्मा १४१६.३८ वर्गमिटर (२ रोपनी १२ आना २ पैसा ०.७३ दाम) जग्गा/घर खरिद गरी हक भोग गरेको देखिन्छ, जुन निज र निजकी पत्नीको वैधानिक आयबाट सम्भव देखिँदैन। जाँच अवधिमा निजको जम्मा तलब-भत्ता रु. ६१,०७,५३५।७६ मात्र देखिएकोमा छोराहरू सरोज र सागर पौडेलको बोर्डिङ स्कुलको शैक्षिक खर्च मात्रै रु. १८,२८,०९५ पुगेको छ, जसले आयभन्दा अमिल्दो तथा अस्वाभाविक बढी खर्च भएको देखाउँछ। यसका अतिरिक्त निजले जाँच अवधिमा परिपक्क नभएको मुद्दती मौज्दात रु. २,८३,५१,०००, र मुद्दती बचत कर्जा रु. २,२३,१५,००० लिई प्रयोगमा ल्याएको देखिन्छ, जसको वैध स्रोत निजको तलब-भत्ता लगायत सबै आय जोड्दा पनि पुग्ने देखिँदैन। यी लगायत अन्य तथ्यहरूले निज प्रतिवादीले मनासिव कारण बिना अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन्छ।\n\n##### \n\n##### **५.३ पद र हैसियतभन्दा बढी रकम अरूलाई दिएको**\n\nप्रतिवादी झलक शर्मा पौडेलले सार्वजनिक पद धारण गरेपश्चात बैंक तथा सहकारी खाताबाट विभिन्न व्यक्तिहरूलाई जम्मा रु. ४,२४,०४,७७२ ऋण सापटी दिएको र थप रु. १,०१,९७,१८१ विभिन्न व्यक्तिहरूलाई दिएको देखिन्छ। तर निजले राष्ट्रसेवक भएपश्चात पारिश्रमिक तलब तथा भत्ताबाट जम्मा रु. ६१,०७,५३५।७६ मात्र आय प्राप्त गरेको देखिन्छ। यति ठूलो रकमको वैध स्रोत निज प्रतिवादीले देखाउन नसकेको र अन्य कुनै वैध आयस्रोत पनि देखिँदैन। यसरी निजले आफ्नो राष्ट्रसेवक पदअनुसार प्राप्त हुने आयभन्दा अस्वाभाविक तथा आफ्नो हैसियतभन्दा बढी रकम अरूलाई ऋण सापटी दिएको देखिन्छ।\n\n##### \n\n##### **५.४ आय-व्ययमा सन्तुलन कायम रहेको देखाउन प्रमाण सिर्जना गरेको**\n\nप्रतिवादीले आफ्नो आय बढी देखाउन वा आय-व्ययमा सन्तुलत कायम रहेको देखाउने उद्देश्यले निम्न व्यक्तिहरूसँग नगदै ऋण लिएको भनी जम्मा रू. ३,१७,७४,५००।६५ बराबरको लिखत/कपाली तमसुकहरू पेस गरेको देखिन्छः\n\n| **क्र.सं.** | **ऋण दिने व्यक्ति** | **लिखत मिति** | **वडामा दर्ता मिति** | **वडा नं.** | **ऋण रकम (रू.)** |\n| ------- | --------------- | --------- | ---------------- | ------- | ------------ |\n| १ | पूर्ण चन्द्र पौडेल | २०७१/०७/११ | २०७९/१२/१० | ०५ | ७,००,०००।०० |\n| २ | राजेन्द्र कुमार श्रेष्ठ | २०७१/०७/११ | २०७९/१२/१० | ०५ | १५,००,०००।०० |\n| ३ | विक्रम सापकोटा | २०७१/०७/११ | २०७९/१२/१० | ०५ | ५,००,०००।०० |\n| ४ | हरि प्रसाद खनाल | (मिति उल्लेख नभएको) | २०८०/०७/२४ | ०८ | २७,६५,०००।०० |\n| ५ | अम्बिका प्रसाद घिमिरे | २०८०/०६/१२ | २०८०/०७/२४ | ०८ | ३०,००,०००।०० |\n| ६ | हरि प्रसाद पौडेल | २०८०/०४/१२ | २०८०/०७/२२ | ०५ | १,३५,००,०००।०० |\n| ७ | बोल प्रसाद अधिकारी | २०८०/०६/१५ | २०८०/०७/२२ | ०५ | ८५,००,०००।०० |\n| ८ | डकेन्द्र शर्मा पौडेल | २०८०/०२/२७ | २०८०/०८/०७ | ०८ | १०,०९,५००।६५ |\n| @cols=5:**जम्मा दाबी गरिएको ऋण रकम (रू.)** | **३,१७,७४,५००।६५** |\n\nआयोगले उपर्युक्त सम्पूर्ण ऋण दाबीलाई निम्न आधारहरूमा अमान्य ठहर गरी आयमा गणना गर्न नसकिने ठहराएको छ:\n\\- पूर्ण चन्द्र पौडेल\\, राजेन्द्र कुमार श्रेष्ठ र विक्रम सापकोटाबाट मिति २०७१/०७/११ मा क्रमशः रु\\.७ लाख\\, रु\\.१५ लाख र रु\\.५ लाख लिएको भनिएको लिखत पोखरा महानगरपालिका वडा नं\\.०५ ले नै प्रमाणित नगरेको बयान दिएको।\n\\- हरि प्रसाद खनाल\\, अम्बिका प्रसाद घिमिरे\\, डकेन्द्र शर्मा पौडेल\\, हरि प्रसाद पौडेल र बोल प्रसाद अधिकारीबाट नगदमा ऋण लिएको भनिएका सबै लिखतहरू पोखरा महानगरपालिका वडा नं\\.०५ र ०८ ले प्रमाणीकरणका लागि आएपछि मात्र हस्ताक्षर गरिदिएको\\, बैंकिङ कारोबार भएको वा रकम कसरी\\, कहाँ\\, किन दिइयो भन्ने जानकारी नरहेको।\n\\- उक्त सबै लिखत मिति २०८०/०७/२१ मा सम्पत्ति विवरण फाराम \\(१३ पाने\\) उपलब्ध गराइएपछि मात्र प्रमाणित गरिएको\\, अर्थात् प्रमाण थप्ने उद्देश्यले सिर्जना गरिएको।\n\\- उक्त रकमहरू निज झलक शर्मा पौडेल वा निजको एकासगोल परिवारको कुनै पनि बैंक खातामा जम्मा भएको नदेखिएको।\nतसर्थ, कुल दाबी गरिएको ऋण रकम रु.३,१७,७४,८००।६५ आयमा गणना गरिएन।\n\n##### **५.५ सम्पत्ति विवरणमा तथ्यहरू लुकाएको**\n\nप्रतिवादी झलक शर्मा पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० र सार्वजनिक पद धारण गरेको मानिने राष्ट्रसेवकको कानूनी दायित्व अनुसार वार्षिक रूपमा राष्ट्रिय किताबखाना (निजामती), हरिहरभवन, ललितपुरमा सम्पत्ति विवरण पेस गर्नुपर्ने संवैधानिक तथा कानूनी दायित्व रहँदारहँदै निम्न महत्त्वपूर्ण विवरणहरू जानाजानी लुकाएको आयोगले आरोपपत्रमा उल्लेख गरेको छः\n\n१. जाँच अवधिमा खरिद र बिक्री गरिएका जग्गाहरूको सम्पूर्ण विवरण सम्पत्ति विवरण फारममा उल्लेख नगरिएको।\n२. विशाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत खाता नं. १०४०३०३०००२६०९ मा रू. ५,१३,२२६।०४ र मुद्दती खाता नं. १०४०४०५०००१९६० मा रू. ३०,००,०००।०० मौज्दात रहेको विवरण।\n३. पत्नी हुमा कुमारी उपाध्यायको नाममा मुक्तिनाथ विकास बैंकको मुद्दती खाताहरूमा रू. ६०,००,०००।०० र रू. ९३,५१,०००।०० तथा कुमारी बैंकको मुद्दती खातामा रू. १,००,००,०००।०० मौज्दात रहेको विवरण।\n४. विभिन्न व्यक्तिहरूलाई दिएको जम्मा रू. १,०१,९७,१८१।०० र ऋण सापटी दिएको रू. ४,२४,०४,७७२।०० को विवरण।\n५. मिति २०६३ सालदेखि घर बहालमा लगाई आय प्राप्त गरिरहेको भनिएको तर सम्पत्ति विवरणमा कहिल्यै उल्लेख नगरिएको।\n\n# ६. मागदाबी\n\n| **आरोप / कसूर** | **लागू कानूनी व्यवस्था** | **माग गरिएको सजाय / कारबाही** |\n| ----------- | -------------------- | ------------------------- |\n| गैरकानूनी रूपमा रू. ६,२६,९३,१२९।८२
बराबरको सम्पत्ति आर्जन गरेको | साविक भ्रष्टाचार निवारण ऐन, २०१७
दफा १५
प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९
दफा २०(१) | साविक ऐन, २०१७: दफा ३, १६ग, २९(१) र (२)
प्रचलित ऐन, २०५९: दफा २०(२), दफा ४७
अ.दु.अ.आ ऐन, २०४८: दफा २९ख
→ कैद + बिगो बराबर जरिवाना
→ रू. ६,२६,९३,१२९।८२ को सम्पत्ति जफत |\n| वार्षिक सम्पत्ति विवरणमा वास्तविक
सम्पत्ति लुकाई झुट्टा विवरण पेस गरेको | भ्रष्टाचार निवारण ऐन, २०५९
दफा १६(२) | → एक देखि तीन महिनासम्म कैद
→ दश हजारसम्म जरिवाना
→ लुकाइएको सम्पत्ति जफत |\n| पत्नी हुमा कुमारी उपाध्यायको नाममा
गैरकानूनी स्रोतबाट सम्पत्ति खरिद गरेको | साविक ऐन, २०१७: दफा १५
प्रचलित ऐन, २०५९: दफा २०(१), १६(२), ४७
अ.दु.अ.आ ऐन, २०४८: दफा २९ख | → पत्नीको नाममा रहेको सम्पत्ति जफत
(जफत प्रयोजनार्थ मात्र प्रतिवादी कायम) |\n| बैंक मौज्दात र घरजग्गा विक्री/
हस्तान्तरण रोक्का राख्ने | अ.दु.अ.आ ऐन, २०४८: दफा २३क
भ्र.नि.ऐन, २०५९: दफा ३९
कसुरजन्य सम्पत्ति ऐन, २०७०: दफा ४
विशेष अदालत नियमावली, २०८०: नियम ३१ | → अन्तिम फैसला नभएसम्म
तपशिल (क) र (ख) सम्पत्तिहरू
रोक्का निरन्तरता |\n| पीडित राहतकोषमा
क्षतिपूर्ति जम्मा गराउने | अपराध पीडित संरक्षण ऐन, २०७५
दफा ४१ | → कसूरदारबाट पीडित राहतकोषमा
क्षतिपूर्ति शुल्क जम्मा |\n| सम्पत्ति शुद्धीकरण सम्बन्धी
थप अनुसन्धान | सम्पत्ति शुद्धीकरण
(मनी लाउण्डरिङ) निवारण ऐन, २०६४
दफा १५, १५क, २२, २९ | → धन बहादुर नेपाली, विष्णु प्रसाद
बराल र रुद्र नाथ बरालको हकमा
छुट्टै अनुसन्धानको निर्णय ।","key_allegations":["प्रतिवादी झलक शर्मा पौडेलले सार्वजनिक सेवामा प्रवेश गरेपछि विभिन्न पद तथा कार्यालयमा कार्यरत रहँदा पदीय हैसियतको दुरुपयोग गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर कायम गरेको, आफ्नो वैध आयस्रोतबाट पुष्टि हुन नसक्ने रू. ६,२६,९३,१२९।८२ बराबरको सम्पत्ति आर्जन गरेको तथा वार्षिक सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति लुकाई झुट्टा विवरण पेस गरेको आरोप।","निजकी पत्नी हुमा कुमारी उपाध्यायको नाममा काठमाडौँ, कलंकीमा जग्गा तथा ४ तले घर (खरिद मूल्य रू. ६२,१०,०००) समेत रहेको आरोप लगाएकोले उक्त सम्पत्ति जफत गर्ने प्रयोजनार्थ निजलाई पनि प्रतिवादी कायम गरिएको।"],"timeline":[{"date":"1998-01-21","title":"झलक शर्मा पौडेलले सार्वजनिक सेवामा प्रवेश गरेको।","date_bs":"2054-10-08","description":"अनुसन्धानमा यस समयलाई सुरुवाति विन्दुको रुपमा लिईएको।"},{"date":"2000-03-27","title":"पोखरामा पहिलो घरजग्गा खरिद गरेको आरोप","date_bs":"2056-12-14","description":"झलक शर्मा पौडेलले कास्की, पोखरा महानगरपालिका वडा ५ कि.नं. ५७०९ (हाल वडा ८) मा ७७.८० व.मि. घरजग्गा रू. ३७,०००।– लिखत मूल्यमा खरिद गरेको।"},{"date":"2005-08-23","title":"पोखरा कि.नं. ८ मा घर निर्माण गरेको आरोप","date_bs":"2062-05-07","description":"कास्की, पोखरा वडा ५ कि.नं. ८ मा ७७.८ व.मि. जग्गामा २.५ तले घर निर्माण; निर्माण मूल्य रू. १५,६७,३६५।७६।"},{"date":"2007-05-10","title":"बैंक/सहकारीमा वर्षौंसम्म ठूलो नगद निक्षेप गरेको आरोप","date_bs":"2064-01-27","description":"राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र विशाल बचत तथा ऋण सहकारी संस्था लि.का खातामा निरन्तर रूपमा सयौँपटक ठूलो रकम जम्मा गरेको — गैरकानूनी आर्जनको प्रमुख अंश। (प्रत्येक निक्षेप छुट्टै नभई एउटै अवधिमा समेटिएको)।"},{"date":"2007-06-25","title":"पोखरा कि.नं. १२९३ जग्गा खरिद गरेको आरोप","date_bs":"2064-03-11","description":"कास्की, पोखरा वडा ५ कि.नं. १२९३ (हाल २९) ६४९ व.मि. जग्गा रू. ३,७७,०००।– मा खरिद।"},{"date":"2009-07-07","title":"पोखरा कि.नं. १२९५ जग्गा खरिद गरेको आरोप","date_bs":"2066-03-23","description":"कास्की, पोखरा वडा ५ कि.नं. १२९५ (हाल ३०) ३९९.५ व.मि. जग्गा रू. ७,५०,०००।– मा खरिद।"},{"date":"2014-10-31","title":"पत्नीको नाममा कलंकीमा जग्गा खरिद गरेको आरोप","date_bs":"2071-07-14","description":"पत्नी हुमा कुमारी उपाध्यायको नाममा काठमाडौँ का.म.न.पा. कलंकी वडा १४ कि.नं. ४४२, १४३.०५ व.मि. जग्गा रू. २५,५०,०००।– मा खरिद।"},{"date":"2018-04-19","title":"पत्नीको नाममा कीर्तिपुरमा ४ तले घर खरिद गरेको आरोप","date_bs":"2075-01-06","description":"पत्नी हुमा कुमारी उपाध्यायको नाममा काठमाडौँ कीर्तिपुर वडा १ मा १४७.०३ व.मि. जग्गासहितको ४ तले घर रू. ६०,००,०००।– मा खरिद; रजिस्ट्रेशन दस्तुर रू. २,१०,०००।–।"},{"date":"2021-12-19","title":"स्याङ्जा अर्जुनचौपारी जग्गा बिक्री गरेको आरोप","date_bs":"2078-09-04","description":"अर्जुन चौपारी गा.पा. वडा ५ कि.नं. ३६० जग्गा रू. १,००,०००।– मा बिक्री; पुँजीगत लाभकर रू. १,५००।– कटाई खुद रू. ९८,५००।–।"},{"date":"2023-05-26","title":"अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता","date_bs":"2080-02-12","description":"उजुरी दर्ता नं. ७९८०C-०६५०८९-१; झलक शर्मा पौडेलले सवारी (ग १ झ ६१६) खरिद तथा मर्मतमा बजार मूल्यभन्दा बढी बिल बनाई, मर्मत नगरी बिल बनाई, र भ्रमण आदेशको रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने सम्पत्ति छानबिनसम्बन्धी उजुरी निवेदन।"},{"date":"2023-07-12","title":"पत्नीको नाममा ठूला मुद्दती खाता खोलेको आरोप","date_bs":"2080-03-27","description":"हुमा कुमारी उपाध्यायको नाममा मुक्तिनाथ विकास बैंकमा रू. ६०,००,०००।– (२०८०/०३/२७) र रू. ९३,५१,०००।– (२०८०/०४/१५), कुमारी बैंकमा रू. १,००,००,०००।– (२०८०/०६/१७) समेत गरी छोटो अवधिमा ठूला मुद्दती निक्षेप; झलक शर्माको नाममा विशाल सहकारीमा रू. ३०,००,०००।– समेत।"},{"date":"2023-11-26","title":"अनुसन्धान अवधिको अन्त्य","date_bs":"2080-08-10","description":"यस मितिसम्मको तथ्य तथा प्रमाणमा आधारित रहेर अनुसन्धान टुङ्ग्याएको"},{"date":"2025-07-09","title":"विशेष अदालतमा आरोपपत्र दायर / मुद्दा दर्ता","date_bs":"2082-03-25","description":"अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत रमेश लामाको प्रतिवेदनबाट लेखा अधिकृत झलक शर्मा पौडेल र पत्नी हुमा कुमारी उपाध्यायविरुद्ध रू. ६.२६ करोड गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दर्ता (अनुसन्धान अवधि २०५४।१०।०८–२०८०।०८।१०); मुद्दा हाल चलिरहेको।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/press_release/20260507.77db76dc","additional_details":"झलक शर्मा पौडेलविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएको र बिगो रू. ६,२६,९३,१२९।८२ कायम गरिएको विवरण।","material":{"display_name":"CIAA प्रेस विज्ञप्ति नं. ३१५५ — झलक शर्मा पौडेलविरुद्ध आरोपपत्र दायर","material_type":"press_release","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/72b71555528ace901958152cb76acc02725e3ddf96a7d95e76206a1098c18ed3.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/ace2dbf1da66e38c085eb2397aae4b90751da08c453a796f92a57a4fcbd0615f.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/charge_sheet/20260507.f30b292b","additional_details":"विशेष अदालत मुद्दा नं. ०८१-CR-०१३८। आय-व्यय विश्लेषण, अचल सम्पत्ति विवरण, बैंक खाता, शेयर लगानी र रू. ६,२६,९३,१२९।८२ बराबरको स्रोत नखुलेको सम्पत्तिको विस्तृत विवरण।","material":{"display_name":"आरोपपत्र — विशेष अदालत मुद्दा नं. ०८१-CR-०१३८ (झलक शर्मा पौडेल)","material_type":"charge_sheet","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/4e98ab0896a7a2f44456c0906d4c8aa184bf4039812b58bc3543bf06f18d8a15.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/bc357059da402a1a6fe43940f1d100aa6f444cf49732099d5ff8f324ec356b71.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/legal_corpus/20260320.44bd104b","additional_details":"यो ऐन झलक शर्मा पौडेललगायतविरुद्धको गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी अभियोगको कानूनी आधारका रूपमा रहेको छ, जसले वैध आयस्रोतबाट पुष्टि हुन नसक्ने सम्पत्ति आर्जन र झुट्टा सम्पत्ति विवरण पेस गर्ने कार्यलाई कसुरका रूपमा परिभाषित गर्दछ। यो प्रत्यक्ष प्रमाण नभई अभियोगलाई कानूनी रूपमा आधार दिने पृष्ठभूमिगत कानूनी सन्दर्भ हो।","material":{"display_name":"भ्रष्टाचार निवारण ऐन २०५९","material_type":"legal_corpus","urls":[{"link":"https://lawcommission.gov.np/content/13421/prevention-of-corruption--2059/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/833387b943a2b6e0704c1103576405e4043b96c5cb1974a7689e029fc35b942b.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/legal_corpus/20260507.f1b4b477","additional_details":"यो दस्तावेज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको गैरकानूनी सम्पत्ति अनुसन्धानसम्बन्धी आन्तरिक कार्यविधि भएकाले यस मुद्दामा यो प्रतिवादीको कुनै कार्यको प्रत्यक्ष अभिलेख नभई पृष्ठभूमिगत प्रक्रियागत/कानूनी आधार हो। झलक शर्मा पौडेलको वैध आयस्रोतबाट पुष्टि नहुने रू. ६,२६,९३,१२९।८२ बराबरको अमिल्दो सम्पत्ति र अस्वाभाविक उच्च जीवनस्तरको आरोप यकिन गर्न प्रयोग भएको आय-व्यय गणना तथा सम्पत्ति मूल्यांकनको पद्धति यसले निर्धारण गर्ने हुनाले यो अनुसन्धान विधिको सहायक/प्रासंगिक सन्दर्भका रूपमा रहन्छ।","material":{"display_name":"गैरकानूनी सम्पत्ति अनुसन्धान कार्यविधि, २०७८","material_type":"legal_corpus","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/bb972c5ee49e11cf88f08aeefdc26f0c5edb85ac371860c41c11ddc6f13f3cdf.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/3da69ca629ed9ed2b8f4cbacea443a8a6ea01148d6ab869c423969edefd530f3.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/legal_corpus/20260511.e9e7248c","additional_details":"यो ऐन प्रस्तुत मुद्दामा प्रतिवादीहरूविरुद्धको गैरकानूनी सम्पत्ति आर्जन तथा झुट्टा सम्पत्ति विवरण पेस गरेको अभियोग एवं सम्पत्ति जफतको प्रयोजनसँग सम्बन्धित कानूनी आधार (background legal framework) का रूपमा उद्धृत भएको हो। यो तथ्यगत प्रमाण नभई अभियोग कायम गर्ने तथा सम्पत्ति जफत गर्ने कारबाहीको कानूनी सन्दर्भ प्रदान गर्ने स्रोत हो।","material":{"display_name":"सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४","material_type":"legal_corpus","urls":[{"link":"https://lawcommission.gov.np/content/12229/12229-money-laundering-prevention-ac/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/fa192b7bfdce29cabe0f26947314cba1eb7d8e73bbd599beded2d6eb82a68d8e.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260511.443965b1","additional_details":"यो समाचार लेख मुद्दा 081-CR-0138 का मुख्य अभियोगहरू — झलक शर्मा पौडेलले वैध आयस्रोतभन्दा रू. ६,२६,९३,१२९।८२ बढी अमिल्दो सम्पत्ति आर्जन गरेको र पत्नी हुमा कुमारी उपाध्यायको नाममा सम्पत्ति राखेको — सँग प्रत्यक्ष सम्बन्धित पृष्ठभूमि तथा पुष्टिकारी स्रोत हो। यसले अख्तियारको आरोपपत्र दायरको तथ्य र दाबी गरिएको रकमको सार्वजनिक अभिलेखीकरण गर्ने भएकाले गौण (corroborative) प्रमाणका रूपमा भूमिका राख्छ, किनकि प्राथमिक अभिलेख आरोपपत्र स्वयं हो।","material":{"display_name":"६ करोडको भ्रष्टाचारमा फँसे गण्डकी प्रदेशका लेखा अधिकृत झलक पौडेल","material_type":"news","urls":[{"link":"https://web.archive.org/web/20260511070727/https://www.beemapost.com/2025/07/182959/","role":"PERMALINK"},{"link":"https://www.beemapost.com/2025/07/182959/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/8283e08440656eff59963e7006eb26268e990dc9c3a42c5aa99a90ec5da15a2f.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260603.76b044df","additional_details":"यो समाचार सामग्री प्रस्तुत मुद्दामा झलक शर्मा पौडेलविरुद्ध अकुत सम्पत्ति आर्जन र पत्नीको नाममा सम्पत्ति लुकाएको अभियोगसम्बन्धी पृष्ठभूमिगत (background) तथा सहायक स्रोतका रूपमा रहेको छ, जसले आरोपपत्र दायर भएको तथ्य र दाबी गरिएको रकमलाई पुष्टि गर्न सघाउँछ। प्राथमिक अभिलेख (जस्तै आरोपपत्र) नभई पत्रकारिता प्रतिवेदन भएकाले यसको प्रमाणिक भार समर्थनकारी प्रकृतिको हो।","material":{"display_name":"लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध ६ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा","material_type":"news","urls":[{"link":"https://donnews.com/archives/26116","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/1523c394cedc43a86a6cc6d2e1c9ed8f9357f366fca7a08e946c2df5a5254812.md","role":"MARKDOWN"},{"link":"https://web.archive.org/web/20260619074615/https://donnews.com/archives/26116","role":"PERMALINK"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/081-cr-0138"],"missing_details":"यस मुद्दाको अन्तिम फैसला भइनसकेको कारणले गर्दा यसमा आरोप पत्रका व्यहोरालाई मात्र उल्लेख गरिएको छ। विशेष अदालतबाट अन्तिम फैसला भएपछि पुनः अपलोड गरिनेछ।","bigo":62693129,"weight":0,"versionInfo":{"action":"published","datetime":"2026-07-13T13:08:38.598044+00:00"},"created_at":"2026-05-07T21:22:37.991465+05:45","updated_at":"2026-09-03T09:19:07.224477+05:45"}