{"id":95,"slug":"jalahari","public_iri":"https://jawafdehi.org/case/jalahari","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"पशुपतिनाथको सुनको जलहरीमा १,४९१.७१८ ग्राम सुन हिनामिना, रु. १.१७ करोड भ्रष्टाचार: डा. प्रदिप ढकाल विरुद्ध मुद्दा (080-CR-0047)","short_description":"श्री पशुपतिनाथ मन्दिरमा सुनको जलहरी निर्माण गर्दा नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको सुनमध्ये जर्ती कटाउँदा समेत १,४९१.७१८ ग्राम शुद्ध सुन कम देखिएकोले, रु. १.१७ करोड बराबरको सुन हिनामिना गरेको आरोपमा अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य-सचिव, कोषाध्यक्ष र अरुण कुमार श्रेष्ठ गरी ३ प्रतिवादीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतले जलहरी निर्माणस्थलमा सेना, प्रहरी र सिसिटिभीसहितको कडा सुरक्षा रहेको, बरामद ६२३ ग्राम सुन अभियोजन पक्षले गणनामा नलिएको र सुनको गुणस्तर परीक्षण विधिमै असंगति रहेको भन्दै कसुर शंकारहित तवरले पुष्टि हुन नसकेको ठहर गरी तीनै प्रतिवादीलाई सफाइ दिएको थियो। उक्त फैसलाविरुद्ध पुनरावेदन दर्ता भई मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।","authors":[{"slug":"rujit-kafle","display_name":"Rujit Kafle","name_ne":"रुजित काफ्ले","photo_url":"https://jawafdehi.org/assets/teammembers/rujit.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-07-21","public_edit_history":[],"public_notes":"**Case Drafted by Rujit Kafle. First Published on July 22, 2026. **","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/6edcdb6062ed7c20ab5f312f74581a1425666725b1b08b38a217e70fc54fda81.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/c04cb248dbfeae3ec820de067a64c774b90f0361ad0ee903bc1ac7cbd457cf27.webp 400w, https://s3.jawafdehi.org/case_uploads/589a536c7eab493914ed47d2a2344aad638da912ea326a70450c06f25f006703.webp 800w, https://s3.jawafdehi.org/case_uploads/6edcdb6062ed7c20ab5f312f74581a1425666725b1b08b38a217e70fc54fda81.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/277a31d1ef9cc1feba975c8eae908f9db2d41f718cca8fe79e7787d2850023b6.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/b63da06f54623b6bb430bad10cfd51ceb7dc772e26489963d1d26a424c661dc4.webp 640w, https://s3.jawafdehi.org/case_uploads/7b7f35bb4ccb0c3c361c7eceeba8adcc95ec93598f1207369899f788c690c99a.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/277a31d1ef9cc1feba975c8eae908f9db2d41f718cca8fe79e7787d2850023b6.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":342,"banner_image_id":258,"thumbnail_url":"","banner_url":"","case_start_date":"2023-10-01","case_end_date":"2024-04-30","dates":{"stages":[{"end":"2024-04-30","stage":"initial","start":"2023-10-01","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/080-cr-0047"}]},"status":"concluded","case_track":null,"status_override":null,"proceedings_started_on":"2023-10-01","proceedings_decided_on":"2024-04-30","appeal_verdicts":{},"appeal_parties":{},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/person/da-pradipa-dhakala-b14e5c","display_name":"Dr. Pradip Dhakal","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"तत्कालीन सदस्य-सचिव, पशुपति क्षेत्र विकास कोष — जलहरी निर्माणको जिम्मेवार पदाधिकारी (मुख्य प्रतिवादी)","name":{"en":"Dr. Pradip Dhakal","ne":"डा.प्रदिप ढकाल"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/da-milana-kumara-thapa-8326b9","display_name":"Dr. Milan Kumar Thapa","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"तत्कालीन कोषाध्यक्ष, पशुपति क्षेत्र विकास कोष तथा जलहरी निर्माण व्यवस्था समितिका संयोजक","name":{"en":"Dr. Milan Kumar Thapa","ne":"डा.मिलन कुमार थापा"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/aruna-kumara-srestha-1cf89a","display_name":"Arun Kumar Shrestha","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"तत्कालीन बिशेट नाईके (स्टोरकिपर), पशुपति क्षेत्र विकास कोष — सुनको जिम्मा रहेको कर्मचारी","name":{"en":"Arun Kumar Shrestha","ne":"अरुण कुमार श्रेष्ठ"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/kathmandu-np0327","display_name":"Kathmandu","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"मुद्दा सम्बन्धित जिल्ला","name":{"en":"Kathmandu","ne":"काठमाडौँ"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/pasupati-ksetra-vikasa-kosa-e12187","display_name":"Pasupati Kshetra Bikas Kosh","entity_type":"Person","type":"related","outcome":null,"notes":"सुनको जलहरी निर्माण गर्ने सार्वजनिक संस्था — हानिनोक्सानी पुगेको निकाय","name":{"en":"Pasupati Kshetra Bikas Kosh","ne":"पशुपति क्षेत्र विकास कोष"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/government/department/bureau-standards","display_name":"Nepal Standards and Metrology Department","entity_type":"GovernmentOrganization","type":"related","outcome":null,"notes":"सुनको तौल तथा गुणस्तर परीक्षण गर्ने निकाय","name":{"en":"Nepal Standards and Metrology Department","ne":"नेपाल गुणस्तर तथा नापतौल विभाग"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/mulabhatta-ganesa-bhatta-38de58","display_name":"Mulbhatt Ganesh Bhatt","entity_type":"Person","type":"related","outcome":null,"notes":"पशुपतिनाथका मूलभट्ट — सुनको जलहरी राख्न अनुरोध गर्ने","name":{"en":"Mulbhatt Ganesh Bhatt","ne":"मूलभट्ट गणेश भट्ट"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/bfi/commercial/nepal-rastra-bank","display_name":"Nepal Rastra Bank","entity_type":"Organization","type":"related","outcome":null,"notes":"जलहरी निर्माणका लागि कच्चा सुन बिक्री गर्ने बैंक","name":{"en":"Nepal Rastra Bank","ne":"नेपाल राष्ट्र बैंक"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/localunit/kathmandu-metropolitian-city-30608","display_name":"Kathmandu Metropolitan City","entity_type":"AdministrativeArea,jawafdehi:MetropolitanCity","type":"location","outcome":null,"notes":"पशुपति क्षेत्र विकास कोष रहेको स्थानीय तह","name":{"en":"Kathmandu Metropolitan City","ne":"काठमाण्डौ महानगरपालिका"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/province/bagmati-np03","display_name":"Bagmati Province","entity_type":"AdministrativeArea,jawafdehi:Province","type":"location","outcome":null,"notes":"मुद्दा सम्बन्धित प्रदेश","name":{"en":"Bagmati Province","ne":"वाग्मती प्रदेश"},"image":null}],"tags":["Corruption","Pashupati Jalahari"],"description":"**क) पृष्ठभूमि/ अभियोगदावीको सार**\n\nश्री पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा पहिलेदेखि चाँदीको जलहरी रहेको थियो। पञ्चामृत चढाउँदा उक्त चाँदीको जलहरीभित्र पञ्चामृत छिरेर गन्हाउन थालेकाले मुलभट्ट गणेश भट्टले मिति २०७६/७/२८ मा सुनको जलहरी राख्न अनुरोध गरे। पशुपति क्षेत्र विकास कोषले समिति गठन गरी कार्य अगाडि बढाएको क्रममा मिति २०७७/१०/१२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्दिर दर्शनका क्रममा नेपाल सरकारबाट रु. ३० करोड दिने बताए। त्यसपछि कोषले आफ्नो तर्फबाट रु. ५० करोड र सरकारी रु. ३० करोड गरी जम्मा रु. ८० करोडले नेपाल राष्ट्र बैंकबाट सुन खरिद गरी जलहरी निर्माण गर्ने निर्णय गर्यो। मिति २०७७/११/११ मा जलहरी बनाइयो र मिति २०७७/११/१२ मा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अनावरण गरियो।\n\n**अभियोगदावीको सार**\n\nप्रस्तुत मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पशुपति क्षेत्र विकास कोष मा सुनको जलहरी निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो। मुख्य अभियोग अनुसार श्रीपशुपतिनाथ मन्दिरमा सुनको जलहरी निर्माण गर्दा खरिद गरिएको सुनको परिमाण, प्रयोग भएको सुन तथा बाँकी रहेको सुनको हिसाबमा गम्भीर अन्तर देखिएको अभियोग लगाइएको थियो। अनुसन्धानबाट नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको १०३,७७३.१ ग्राम सुनमध्ये शुद्ध सुन १०२,६१४ ग्राम रहेको देखिएको थियो। तर जलहरी निर्माणमा प्रयोग भएको र बाँकी रहेको सुनको कुल शुद्ध परिमाण १०१,०४८.५ ग्राम मात्र भेटिएकाले १,५६५.६ ग्राम सुन कम रहेको निष्कर्ष निकालिएको थियो। नेपाल राष्ट्र बैंकले स्वीकार गरेको सामान्य जर्ती ७३.८८ ग्राम घटाउँदा पनि १,४९१.७१८ ग्राम सुन हिनामिना भएको दाबी गरिएको थियो।\n\nआयोगले तत्कालीन सदस्य सचिव डा. प्रदिप ढकाल, तत्कालीन कोषाध्यक्ष हालका सदस्य सचिव डा. मिलन कुमार थापा तथा बिशेट नाइके (स्टोरकिपर) अरुण कुमार श्रेष्ठले सुनको संरक्षण, अभिलेख र पारदर्शी व्यवस्थापनमा गम्भीर लापरवाही तथा बदनियतपूर्ण कार्य गरेको अभियोग लगाएको थियो। उनीहरूले आधिकारिक निर्णय, मुचुल्का र कार्यटोलीको जानकारीबिना रुद्रगाडेश्वरस्थित सेफबाट सुन निकालेर रिङ्ग तथा पेच बनाएको, सुनको वास्तविक तौल र बाँकी परिमाणको अभिलेख नराखेको तथा सुनमा चाँदी र तामाको मात्रा बढाएर शुद्ध सुनको परिमाण घटाएको आरोप लगाइएको थियो।\n\nअनुसन्धानका क्रममा जलहरीमा प्रयोग गरिएको मिश्रणमा १,०४१ ग्राम चाँदी र ७३२.६२ ग्राम तामा बढी प्रयोग गरी सुनको परिमाण घटाइएको उल्लेख गरिएको थियो। विशेष गरी मिति २०७७/११/२० मा कुनै मुचुल्का वा आधिकारिक निर्णयबिना सुन निकालेर प्रयोग गरिएको तथ्यलाई आयोगले योजनाबद्ध हिनामिनाको आधार मानेको थियो। नेपाल गुणस्तर तथा नापतौल विभागका प्राविधिकहरूको प्रतिवेदनले पनि १.५६५६ केजी शुद्ध सुनको अन्तर वास्तविक रहेको निष्कर्ष प्रस्तुत गरेको थियो।\n\nयसरी हिनामिना भएको भनिएको १,४९१.७१८ ग्राम सुनको मूल्य तत्कालीन दरअनुसार रु. १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा कायम गरिएको थियो। उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अन्तर्गत सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी तथा दुरुपयोगको कसुर भएको अभियोग लगाउँदै तीनै जनाविरुद्ध बिगो असुल, जरिवाना र कैद सजाय माग गरिएको थियो। साथै सार्वजनिक पदमा रहेका डा. प्रदिप ढकालविरुद्ध भष्ट्राचार निवारण ऐनको दफा २४ बमोजिम थप सजायको माग सहितको अभियोगदावी लिई मिति २०८०/०६/१४ गते विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको थियो।\n\n**अभियोगको ठोस निष्कर्ष** \n\n१. मिति २०७७/११/११ को मुचुल्कामा जालसाजी:** जलहरी निर्माण सम्पन्न भएपछि राती ८ बजे गरिएको मुचुल्कामा जलहरीमा १०.९७६ किलो सुन टुक्राटाक्री अवस्थामा बाँकी रहेको उल्लेख छ। तर सोही राती ११ बजेको अर्को मुचुल्कामा (जम्मा ३ घण्टा पछि) \"बाँकी रहेको सुनको टुक्राहरु रिङ बनाई जलहरीमा लगाईयो\" भन्ने वाक्य थप गरिएको पाइयो। ३ घण्टाभित्र यति ठूलो रिङ बनाएर जडान गर्न सम्भव नहुने देखिन्छ भन्ने अभियोजनको दाबी छ। साथै यो थपिएको वाक्य पछिबाट थपिएको जस्तो देखिन्छ भन्ने धेरै साक्षीहरूले बयान दिए।\n\n**२. मिति २०७७/११/२० को बेथिति:** बाँकी रहेको करिब १०.९७६ किलो सुन लिएर पाटन बालकुमारी लगी रिङ बनाइयो। तर यो कार्य बिना मुचुल्का, बिना नापतौल गरियो। सुन पेल्न लैजाँदा, रिङ बनाउँदा र बाँकी रहेको सुन राख्दा कुनै पनि कागजात तयार गरिएन। यो गम्भीर लापरबाही हो।\n\n**३. सुनको गुणस्तरमा फरक:** राष्ट्र बैंकबाट खरिद गरिएको सुनको औसत शुद्धता ९८.८८% थियो। तर जलहरीमा परीक्षण गर्दा सुनको शुद्धता औसत ९४.०४% मात्र भेटियो। यसको अर्थ सुनमा बढी मात्रामा अन्य धातु (तामा, चाँदी आदि) मिसाइयो र शुद्ध सुन कम प्रयोग भयो।\n\n**४. दाताको १ किलो सुन अपारदर्शी:** व्यापारी सुभाषचन्द्र संघाईले मुलभट्टलाई १ किलो सुन दान गरेका थिए। त्यो सुन कोषको जिन्सी खातामा दर्ज गरिएन, मुलभट्टकै जिम्मामा रह्यो। यो पारदर्शी प्रक्रिया होइन।\n\n**५. लेखापरीक्षण प्रतिवेदनले उठाएको प्रश्न:** महालेखापरीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदनले रिङ बनाउन गएको सुन कोषमा दाखिला भएको छैन, बाँकी सुन कहाँ गयो यकिन नभएको भनी औंल्याएको थियो।\n\n### अभियोगदावी बमोजिमको सुनको गणना तालिका\n\n| विवरण | परिमाण |\n| ----- | ------ |\n| नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको जम्मा सुन | १,०३,७७३.१० ग्राम |\n| उक्त सुनको औसत शुद्धता | ९८.८८३१% |\n| त्यसमा रहेको शुद्ध सुन (Pure Gold) | १,०२,६१४.० ग्राम |\n| जलहरीमा जडान भएको सुनको जम्मा तौल | १,०६,४३२.५ ग्राम |\n| त्यसमा रहेको शुद्ध सुन | १,००,०८५.९ ग्राम |\n| रुद्रगाडेश्वरमा बाँकी रहेको सुनको तौल | १,०३७.५ ग्राम |\n| त्यसमा रहेको शुद्ध सुन | ९६२.६ ग्राम |\n| जम्मा प्रयोग भएको शुद्ध सुन | १,०१,०४८.५ ग्राम |\n| खरिद र प्रयोगबीचको अन्तर | १,५६५.६ ग्राम |\n| स्वाभाविक जर्ति (०.०७२% अनुसार) | ७३.९ ग्राम |\n| अभियोगको दाबी — हिनामिना भएको सुन | १,४९१.७१८ ग्राम |\n| सो सुनको बजार मूल्य (रु. ७,८४४.५०/ग्राम ) | रु. १,१७,०१,७८१.८५ |\n\n**ख) प्रतिवादीहरूले अदालत समक्ष गरेको बयानको सार**\n\n| क्र.सं. | प्रतिवादी | मुख्य बयान/जिकिर | प्रमुख आधार तथा तर्क |\n| ------- | --------- | ---------------- | -------------------- |\n| १ | डा. मिलनकुमार थापा | आफू निर्दोष रहेको तथा सुन हिनामिना हुन नसक्ने अवस्था रहेको जिकिर | नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी तथा सिसिटिभी निगरानीमा कार्य भएको; १,४९१ ग्राम सुन लुकाउन व्यवहारतः असम्भव रहेको; सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण काम रोकिएको; ६२३ ग्राम सुन संकलन गरी अख्तियारलाई बुझाइएको तर अभियोजनले गणनामा नलिएको; “रिङ बनाई लगाइयो” भन्ने वाक्य आफूबाट थप गराइएको आरोप निराधार रहेको; वास्तविक फरक १०८.५६ ग्राम मात्र भएको दाबी। |\n| २ | डा. प्रदिप ढकाल | सुन गाल्ने वा धातु मिसाउने कार्यमा आफ्नो संलग्नता नरहेको जिकिर | सुन गाल्ने कार्यका लागि विशेषज्ञता आवश्यक पर्ने; आफूले त्यस्तो कार्य नगरेको; मिति २०७७/११/२० मा कार्यालयको कामले उपत्यका बाहिर रहेको; २०७७/११/२२ मा मात्र हाजिर भएको; २०७८/०४/३१ पछि अवकाश भएकाले त्यसपछिका घटनाबारे जानकारी नभएको; धार्मिक आस्थाका कारण पशुपतिनाथको सम्पत्ति हिनामिना गर्ने कल्पना पनि नगरेको। |\n| ३ | अरुणकुमार श्रेष्ठ | आफू सुन संरक्षण गर्ने जिम्मेवार व्यक्ति नभएको तथा हिनामिना नभएको जिकिर | आफू “बिशेट नाईके” मात्र रहेको र जिन्सी सामान दाखिला गर्ने काम गर्ने; पूजा व्यवस्था नियमावली, २०६८ अनुसार सुन संरक्षण आफ्नो दायित्वभित्र नपर्ने; अख्तियारले नापतौल गर्दा सुन सुरक्षित रहेको अभियोगपत्रमै उल्लेख भएको; जलहरी निर्माणमा स्वाभाविक जर्ति हुने; ६२३ ग्राम सुन संकलन गरी बुझाइएको भए पनि अभियोजनले गणनामा नलिएको। |\n\n**ग) विशेष अदालतको फैसलाको सार**\n\nविशेष अदालतको अध्यक्ष माननीय टेकनारायण कुँवर र माननीय मुरारीबाबु श्रेष्ठको इजलासले मिति २०८१/०१/१८ मा सुनको जलहरी निर्माणसम्बन्धी मुद्दामा फैसला गर्दै डा. प्रदिप ढकाल, डा. मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठलाई अभियोगबाट सफाइ दिएको थियो। अदालतले फौजदारी मुद्दामा कसुर प्रमाणित गर्ने दायित्व अभियोजन पक्षकै हुने र अभियोग “शंकारहित तवरले” प्रमाणित हुनुपर्ने कानुनी सिद्धान्तलाई आधार मानेको थियो। अदालतका अनुसार जलहरी निर्माणस्थलमा अत्यन्त कडा सुरक्षा व्यवस्था रहेको थियो। सुन राखिएको सेफको तीनवटा साँचो नेपाली सेना, पशुपति क्षेत्र विकास कोष र बिशेट नाईकेसँग अलग-अलग राखिएको थियो र एक पक्षको साँचोले मात्र सेफ खोल्न सम्भव थिएन। त्यसमाथि २४ घण्टा सिसिटिभि निगरानी, नेपाली सेना तथा प्रहरीको उपस्थितिमा हरेक पटक सुन निकाल्ने र राख्ने कार्य मुचुल्कासहित हुने गरेको देखिएकोले प्रतिवादीहरूले मात्र सुन हिनामिना गर्न सक्थे भन्ने अभियोग विश्वासयोग्य नदेखिएको अदालतले उल्लेख गरेको थियो।\n\nअदालतले “Selective Prosecution” अर्थात छनौट गरेर मात्र अभियोग लगाइएको विषयलाई पनि गम्भीर रूपमा उठाएको थियो। समान जिम्मेवारी भएका सबै व्यक्तिमध्ये केहीलाई मात्र मुद्दा चलाइनु र केहीलाई नचलाउनु समान न्यायको सिद्धान्तविपरीत भएको अदालतको ठहर थियो। त्यसैगरी जलहरी निर्माणस्थलबाट संकलन गरिएको ६२३ ग्राम सुन अख्तियारलाई बुझाइएको भए पनि त्यसलाई अभियोजन पक्षले हिसाबमा समावेश नगरेको अदालतले औंल्याएको थियो। अदालतका अनुसार अनुसन्धानमा भएको यस्तो त्रुटिको भार प्रतिवादीमाथि थोपर्न मिल्दैन। १०७ किलोभन्दा बढी सुन प्रयोग भएको जलहरी निर्माण गर्दा केही ग्राम सुन कण-कणमा छुटिनु स्वाभाविक जर्ति भएको अदालतले मानेको थियो।\n\nफैसलामा सुनको गुणस्तर परीक्षण विधिमा पनि असंगति रहेको उल्लेख गरिएको थियो। नेपाल राष्ट्र बैंकले सुन बिक्री गर्दा रासायनिक परीक्षण (PPT विधि) प्रयोग गरेको तर अख्तियारले Carats Meter प्रयोग गरी परीक्षण गरेको कारण फरक परिणाम आउन सक्ने अदालतको निष्कर्ष थियो। यसलाई मात्र आधार बनाएर अपराध स्थापित गर्न नसकिने अदालतले स्पष्ट गरेको थियो। साथै जलहरी निर्माण प्रक्रिया समिति गठन, सुनको तौल, मुचुल्का, साँचो व्यवस्थापन र राष्ट्र बैंकसँगको सम्झौतासहित विधिवत रूपमा सम्पन्न भएको देखिएको अदालतले उल्लेख गरेको थियो।\n\nअन्ततः अदालतले प्रतिवादीहरूले बदनियतपूर्वक सुन हिनामिना गरेको भन्ने कुनै ठोस तथ्य, वस्तुगत प्रमाण वा विश्वसनीय आधार अभियोजन पक्षले प्रस्तुत गर्न नसकेको निष्कर्ष निकालेको थियो। त्यसैले तीनै जना प्रतिवादीलाई अभियोगबाट सफाइ दिने र मुद्दाका क्रममा राखिएको धरौटी अन्तिम फैसला भएपछि फिर्ता गर्ने आदेश अदालतले दिएको थियो।\n\nअभियोगको १,४९१ ग्राम सुन गणना गलत रहेको ठहर गरी देहायको तालिका उल्लेख गरेको छ ।\n\n| खण्ड | परिमाण |\n| ---- | ------ |\n| अभियोजनको दाबी (हिनामिना भएको सुन) | १,४९१.७१८ ग्राम |\n| बाहिर ल्याएर अख्तियारलाई बुझाइएको सुन | \\- ६२३ ग्राम |\n| यकिन भएको अन्य धातु (Iron, Iridium आदि) | \\- ८०९\\.३३ ग्राम |\n| स्वाभाविक जर्ति | \\- ७३\\.८८ ग्राम |\n| वास्तवमा फरक परेको | ≈ ५८.३५ ग्राम मात्र |\n\n| **घ) पुनरावेदनको सार**\n\nअख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. प्रदीप ढकाल, डा. मिलन कुमार थापा र अरुण कुमार श्रेष्ठ सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरू भएकाले जलहरी निर्माणमा प्रयोग भएको सुन सुरक्षित राख्ने दायित्व उनीहरूमाथि रहेको जिकिर गरेको छ। पुनरावेदन अनुसार नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको सुन र जलहरीमा वास्तविक रूपमा प्रयोग भएको सुनको हिसाब गर्दा १५६५.६ ग्राम शुद्ध सुन कम देखिएको र जर्ती कटाउँदा पनि १४९१.७१८ ग्राम सुन नपुगेकोले उक्त सुन हिनामिना भएको दाबी गरिएको छ। अनुसन्धानबाट यो कमी सामान्य प्राविधिक त्रुटि नभई बदनियतपूर्वक गरिएको कार्य भएको भन्दै बिना मुचुल्का र नापतौल सुन निकालिएको, रिङ्ग बनाउने नाममा सुन सारिएको तथा सुनको सट्टा चाँदी र तामाको मात्रा बढाएर हिसाब मिलाउने प्रयास गरिएको आरोप लगाइएको छ। विशेष रूपमा अरुणकुमार श्रेष्ठले आफ्नो जिम्मामा रहेको सुन उचित प्रक्रिया बिना उपलब्ध गराएको, सही अभिलेख नराखेको तथा लापरवाही र बदनियतका कारण सुन कम भएको जिकिर गरिएको छ। अख्तियारले अनुसन्धान टोलीले कानुनी प्रक्रिया पूरा गरी नापतौल, मुचुल्का र परीक्षण गरेको तथा प्रतिवादीहरूले पछि देखाएको ६२३ ग्राम सुन पनि पहिले नै अनुसन्धान टोलीले बरामद गरी नापतौल गरेको सुन भएको दाबी गरेको छ। साथै विशेष अदालतले “Selective Prosecution” को आधार लिएर प्रतिवादीहरूलाई सफाइ दिएकोमा आपत्ति जनाउँदै भ्रष्टाचारसम्बन्धी अनुसन्धान र अभियोजन गर्ने संवैधानिक अधिकार अख्तियारलाई भएको र अदालतले अभियोजनकर्ताको भूमिकामा हस्तक्षेप गर्न नमिल्ने तर्क गरिएको छ। सर्वोच्च अदालतका विभिन्न नजिरसमेत उल्लेख गर्दै विशेष अदालतले प्रमाणको सही मूल्याङ्कन नगरी त्रुटिपूर्ण फैसला गरेकोले उक्त फैसला बदर गरी प्रतिवादीहरूलाई आरोपपत्रबमोजिम सजाय गरिनुपर्ने माग सहित सर्वोच्च अदालतमा मिति २०८१/११/०९ गते पुनरावेदनपत्र दर्ता गरेको छ। |","key_allegations":["पशुपतिनाथको मन्दिरमा सुनको जलहरी बनाउने क्रममा नेपाल राष्ट्र बैङ्कबाट जलहरी निर्माणका लागि खरिद गरिएको १०३,७७३.१ ग्राम सुनमध्ये शुद्व सुन १०२,६१४.० ग्राम रहेकोमा जलहरीमा जडान भएको १००,०८५.९ ग्राम र रुद्रगाडेश्वरमा बाँकी रहेको ९६२.६ ग्राम गरी जम्मा शुद्व सुन १०१,०४८.५ ग्राम मात्र रहेको हुँदा बाँकी १,५६५.६ ग्राम शुद्ध सुनबाट ७३.८८२०८ ग्राम जर्तीको मात्रा घटाउँदा बाँकी हुन आउने १४९१.७१८ ग्राम शुद्ध सुन हिनामिना भएको।","जलहरी निर्माण सम्पन्न भएपछि राती ८ बजे गरिएको मुचुल्कामा जलहरीमा १०.९७६ किलो सुन टुक्राटाक्री अवस्थामा बाँकी रहेको उल्लेख छ। तर सोही राती ११ बजेको अर्को मुचुल्कामा (जम्मा ३ घण्टा पछि) \"बाँकी रहेको सुनको टुक्राहरु रिङ बनाई जलहरीमा लगाईयो\" भन्ने वाक्य थप गरिएको पाइयो। ३ घण्टाभित्र यति ठूलो रिङ बनाएर जडान गर्न सम्भव नहुने देखिन्छ भन्ने अभियोजनको दाबी।"],"timeline":[{"date":"2019-11-14","title":"मूलभट्टको सुनको जलहरी निर्माण निवेदन","date_bs":"2076-07-28","description":"पशुपतिनाथका मूलभट्ट गणेश भट्टले चाँदीको जलहरीको सट्टा सुनको जलहरी निर्माण गर्न अनुरोध गर्दै निवेदन दिएको — यसैबाट योजना सुरु भएको आरोप।"},{"date":"2019-12-02","title":"जलहरी निर्माण व्यवस्था समिति गठन","date_bs":"2076-08-16","description":"कार्य सम्पादन समितिको बैठक निर्णयअनुसार कोषाध्यक्ष डा. मिलनकुमार थापाको संयोजकत्वमा ९ सदस्यीय 'श्रीको जलहरी निर्माण व्यवस्था समिति' गठन भएको।"},{"date":"2021-01-25","title":"प्रधानमन्त्री निरीक्षण र रु.३० करोड प्रतिबद्धता","date_bs":"2077-10-12","description":"तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको पशुपति निरीक्षणका क्रममा नेपाल सरकारबाट रु.३० करोड उपलब्ध गराउने व्यहोरा; अनुमानित १०८ किलोग्राम सुन लाग्ने।"},{"date":"2021-01-27","title":"संचालक परिषद्को रु.८० करोडको कार्यविधि निर्णय","date_bs":"2077-10-14","description":"संस्कृति मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा संचालक परिषद्ले कोषबाट रु.५० करोड र सरकारबाट रु.३० करोड गरी रु.८० करोडको कार्यविधि तथा राष्ट्र बैंकसँग MOU गर्ने अधिकार सदस्य-सचिवलाई दिने निर्णय गरेको आरोप।"},{"date":"2021-02-08","title":"राष्ट्र बैंकसँग सुन खरिद-बिक्री सम्झौता","date_bs":"2077-10-26","description":"डा. प्रदिप ढकाल र राष्ट्र बैंकका रेवतीप्रसाद नेपालबीच ९९९ टचभन्दा कम गुणस्तरको कच्चा सुन बिक्री गर्ने सम्झौता भएको आरोप।"},{"date":"2021-02-11","title":"पहिलो पटक सुन खरिद तथा निर्माण आरम्भ","date_bs":"2077-10-29","description":"राष्ट्र बैंकबाट पहिलो पटक ६४,१६३.४०० ग्राम सुन (रु.४९,५७,६०,७९९.८३, प्रतिग्राम रु.७८४४.५०) खरिद गरी रुद्रगाडेश्वर लकरमा राखी निर्माण कार्य आरम्भ गरेको आरोप।"},{"date":"2021-02-17","title":"दोस्रो पटक सुन खरिद","date_bs":"2077-11-05","description":"राष्ट्र बैंकबाट थप ३९,६०९.७०० ग्राम सुन (रु.३०,४२,५१,१४२.११) खरिद; जम्मा १,०३,७७३.१०० ग्राम (रु.८०,००,११,९४१.९४) सुन खरिद भएको आरोप।"},{"date":"2021-02-23","title":"जलहरी निर्माण सम्पन्न र अर्पण; विवादित मुचुल्का","date_bs":"2077-11-11","description":"९६ किलो ८२२ ग्रामको जलहरी श्रीपशुपतिनाथमा अर्पण। राति ८ बजेको मुचुल्कामा १०,९७६ ग्राम टुक्रा बाँकी भनिएकोमा ३ घण्टापछि ११ बजेको मुचुल्कामा रिङ्ग बनाई जलहरीमा लगाइएको भन्ने वाक्यांश डा. प्रदिप ढकालको निर्देशनमा थप गराइएको आरोप।"},{"date":"2021-02-24","title":"राष्ट्रपतिबाट जलहरी अनावरण","date_bs":"2077-11-12","description":"राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुनको जलहरी अनावरण भएको।"},{"date":"2021-02-24","title":"सर्वोच्च अदालतको अन्तरिम आदेश","date_bs":"2077-11-12","description":"सर्वोच्च अदालतले रुद्रगाडेश्वर सफा गर्ने कार्य स्थगन/सिल गर्ने अन्तरिम आदेश जारी गरेको; पछि मिति २०७७/१२/०२ मा उक्त आदेश खारेज भएको।"},{"date":"2021-03-04","title":"बिना मुचुल्का रिङ्ग बनाई हिनामिना गरेको आरोप","date_bs":"2077-11-20","description":"कार्यटोलीलाई जानकारी नदिई बिना मुचुल्का अनाधिकृत रूपमा सेफबाट सुन झिकी पाटन शाक्य सिल्भर रोलिङ्गमा रिङ्ग/पेच/किला बनाई सुनको मात्रा १४९१.७१८ ग्राम घटाई चाँदी १०४१ ग्राम र तामा ७३२.६२ ग्राम बढाई रु.१,१७,०१,७८१.८५ बराबरको सुन हिनामिना गरेको आरोप।"},{"date":"2021-07-06","title":"आयोगमा उजुरी दर्ता","date_bs":"2078-03-22","description":"अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता नं. C-०३७५०४ मार्फत पशुपतिनाथको सुनको जलहरीमा भ्रष्टाचार/अनियमितता भएको उजुरी दर्ता भएको।"},{"date":"2023-06-25","title":"आयोगद्वारा जलहरी निकाली नापजाँच/गुणस्तर परीक्षण","date_bs":"2080-03-10","description":"नेपाल गुणस्तर तथा नापतौल विभाग र सुनचाँदी महासंघको रोहवरमा जलहरी निकाली नापजाँच; जलहरीको तौल १०६,४३२.५ ग्राम, रुद्रगाडेश्वरमा बाँकी १०३७.५ ग्राम; औसत गुणस्तर ९४.०३७%।"},{"date":"2023-10-01","title":"विशेष अदालतमा आरोपपत्र दायर","date_bs":"2080-06-14","description":"आयोगले डा. प्रदिप ढकाल, डा. मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठविरुद्ध बिगो रु.१,१७,०१,७८१.८५ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७, ३(१)(झ), ३(१) र (प्रदिप ढकाललाई) दफा २४ बमोजिम मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको; सोही दिन प्रेस विज्ञप्ति प्रकाशित। मुद्दा नं. ०८०-CR-००४७।"},{"date":"2024-04-30","title":"विशेष अदालतको फैसला — तीनै प्रतिवादीलाई सफाई","date_bs":"2081-01-18","description":"अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले निर्णय नं. २६० मार्फत डा. प्रदिप ढकाल, डा. मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठ तीनै प्रतिवादीलाई अभियोग दाबीबाट सफाई दिएको। १४९१.७१८ ग्राम सुन फरक पारेको ठोस/वस्तुनिष्ठ प्रमाणबाट पुष्टि नभएको, ६२३ ग्राम सुन गणनामा नसमेटिएको, सेफको साँचो तीन पक्षसँग रहेको र selective prosecution भएको आधारमा।"},{"date":"2025-02-21","title":"सर्वोच्च अदालतमा आयोगको पुनरावेदन","date_bs":"2081-11-09","description":"विशेष अदालतको सफाई फैसलाउपर चित्त नबुझी आयोगले सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको; सोही मितिमा प्रेस विज्ञप्ति प्रकाशित। १५६५.६ ग्राम फरक र दफा १७ को कसुर पुष्टि हुने आधार लिइएको।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/ciaa_press_release/2465","additional_details":"यो दस्तावेज यस मुद्दा (080-CR-0047) को मूल अभियोजन अभिलेख हो, जसले १,४९१.७१८ ग्राम सुन हिनामिना गरी रु.१.१७ करोड भ्रष्टाचार गरेको प्रमुख आरोप र मुचुल्कामा पछि वाक्यांश थपिएको सम्बन्धी आरोपको आधिकारिक स्रोतका रूपमा रहन्छ। यसले अभियुक्तहरू डा. प्रदिप ढकाल, डा. मिलन कुमार थापा र अरुण कुमार श्रेष्ठविरुद्धका अभियोग, बिगो रकम र कानुनी दफाहरूको प्रत्यक्ष प्राथमिक प्रमाणका रूपमा प्रमाणिक भार बहन गर्दछ।","material":{"display_name":"पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य-सचिव डा. प्रदिप ढकाल र ऐ. कोषका तत्कालीन कोषाध्यक्ष हालका सदस्य सचिव डा. मिलन कुमार थापासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।","material_type":"press_release","urls":[{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2465. पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य-सचिव डा. प्रदिप ढकाल र ऐ. कोषका तत्कालीन कोषा - 2.pdf","role":"RAW"},{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2465. पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य-सचिव डा. प्रदिप ढकाल र ऐ. कोषका तत्कालीन कोषा - 1.doc","role":"ALTERNATE"},{"link":"https://ciaa.gov.np/pressrelease/2465","role":"SOURCE_PAGE"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/special.080-cr-0047","additional_details":"यो विशेष अदालत काठमाडौंको प्रस्तुत मुद्दा (नं. 080-CR-0047) कै फैसला (निर्णय नं. 260, फैसला मिति 2081/01/18) भएकोले यो दुवै अभियोग — १,४९१.७१८ ग्राम शुद्ध सुन हिनामिना र राती ८ बजे र ११ बजेका मुचुल्काबीचको रिङ्ग जडानसम्बन्धी बेमेल — सम्बन्धमा अदालती ठहर बोक्ने प्राथमिक न्यायिक अभिलेख हो। यसको तथ्य खण्डमा सुन खरिद परिमाण, जर्तीको गणना र मुचुल्कागत विवरणहरू समेटिएकोले अभियोजन दाबीको आधारभूत प्रमाणिक स्रोतका रूपमा यसको प्रत्यक्ष प्रासङ्गिकता रहन्छ।","material":{"display_name":"080-CR-0047 आदेश","material_type":"court_order","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/court-orders/special/080-CR-0047.1.doc","role":"RAW"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/20260602.ef7df165","additional_details":"यो दस्तावेज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रेस विज्ञप्ति भएको हुनाले यस मुद्दाको न्यायिक यात्रा र अभियोजन पक्षको दाबी सम्बन्धी प्राथमिक अभिलेख हो — यसले विशेष अदालतबाट प्रतिवादीहरूलाई दिइएको सफाइ र सोउपर आयोगको पुनरावेदनको आधारलाई पुष्टि गर्दै सुन हिनामिना तथा मुचुल्का सम्बन्धी दुवै मुख्य आरोपमा अभियोजनको कानूनी अडानलाई प्रत्यक्ष रूपमा समर्थन गर्छ। १,४९१.७१८ ग्राम सुनको हिनामिना र जर्ती मापदण्ड सम्बन्धी अभियोजनको गणनालाई यसले विस्तृत रूपमा अभिलेखित गर्ने हुँदा यो आरोपको प्राथमिक दस्तावेजी आधार र मुद्दाको पछिल्लो अवस्था (पुनरावेदन) देखाउने अभिलेखका रूपमा महत्वपूर्ण छ।","material":{"display_name":"बिशेष अदालतको  फैसला उपर अ. दु.अ.आ को पुनरावेदनपत्र","material_type":"court_order","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/b5287c4a52bbf4b95478762292e2eaa49dd337c949e90f63265ab6c6af948788.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/68ce522f0e73118145c39bc20fea9507f6c162fe8aaba44b2a59c253001eabed.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/legal_corpus/20260320.44bd104b","additional_details":"यो दस्तावेज भ्रष्टाचार निवारण ऐन, २०५९ हो, जसले भ्रष्टाचारजन्य कसुर र सजायको कानुनी आधार तोक्दछ; यस मुद्दामा यो कुनै तथ्यगत प्रमाण नभई सुन हिनामिना गरी भ्रष्टाचार गरेको अभियोग कुन कानुनी प्रावधानअन्तर्गत लाग्दछ भन्ने निर्धारण गर्ने वैधानिक तथा पृष्ठभूमि सन्दर्भको रूपमा रहन्छ।","material":{"display_name":"भ्रष्टाचार निवारण ऐन २०५९","material_type":"legal_corpus","urls":[{"link":"https://lawcommission.gov.np/content/13421/prevention-of-corruption--2059/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/833387b943a2b6e0704c1103576405e4043b96c5cb1974a7689e029fc35b942b.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260602.4e9a8ee7","additional_details":"यो समाचार लेख मुद्दा 080-CR-0047 अन्तर्गत १,४९१.७१८ ग्राम सुन हिनामिना गरी भ्रष्टाचार मुद्दा दर्ता भएको दाबीसँग सम्बन्धित पृष्ठभूमि सामग्रीका रूपमा रहेको छ। यो प्राथमिक अभिलेख नभई मुद्दा दर्ता भएको तथ्यलाई पुष्टि गर्ने समाचारमूलक सहायक स्रोत हो।","material":{"display_name":"पशुपति जलहरी प्रकरण : तीनजनाले १४ सय ९१ ग्राम सुन हिनामिना गरेको अभियोगसहित भ्रष्टाचार मुद्दा दर्ता","material_type":"news","urls":[{"link":"https://www.sidhakura.com/detail/824","role":"RAW"},{"link":"https://web.archive.org/web/20260601111427/https://www.sidhakura.com/detail/824","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/6b0c8973092e2b6b26710a572d438531bd46206ada8b0d4a2c9a40ba6f59a788.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260602.d8555074","additional_details":"रातोपाटीमा प्रकाशित यो समाचार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. प्रदिप ढकाल, डा. मिलन कुमार थापा र अरुण कुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको पुष्टि गर्ने पृष्ठभूमिजन्य/समर्थनकारी अभिलेख हो, जसले १,४९१.७१८ ग्राम सुन हिनामिना र जनही रु.१,१७,००,१७८१ बिगो मागदावीसम्बन्धी अभियोगका मुख्य तथ्यलाई पुष्टि गर्छ। यो अदालती अभिलेख (अभियोगपत्र) आफैँ नभई त्यसको दायरीको सञ्चार-प्रतिवेदन भएकाले प्राथमिक प्रमाणभन्दा समर्थनकारी सामग्रीको रूपमा भार राख्छ।","material":{"display_name":"जलहरी प्रकरणमा सदस्य सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर","material_type":"news","urls":[{"link":"https://www.ratopati.com/story/387890/pashupatinath-temple","role":"RAW"},{"link":"https://web.archive.org/web/20260601115118/https://www.ratopati.com/story/387890/pashupatinath-temple","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/c8654bd8c107a5baa397f6ed85e78df65546bcf8a8e90c3e856632d92708f979.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260602.57ce55a9","additional_details":"यो समाचारले अभियुक्त डा. प्रदीप ढकाल, डा. मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठविरुद्धको १,४९१.७१८ ग्राम सुन हिनामिना तथा मुचुल्कामा पछि वाक्यांश थपिएको दुवै मुख्य आरोपको सार्वजनिक विवरण प्रस्तुत गर्दछ। यो प्राथमिक अभिलेख नभई पत्रकारितागत स्रोत भएकाले अभियोगका दाबीहरूको पुष्टिकारक तथा पृष्ठभूमि सन्दर्भका रूपमा भूमिका राख्छ।","material":{"display_name":"पशुपतिमा जलहरी राख्दा डेढ किलो सुन हिनामिना","material_type":"news","urls":[{"link":"https://www.onlinekhabar.com/2023/10/1374204/one-and-a-half-kg-of-gold-was-stolen-while-keeping-water-in-pashupati","role":"RAW"},{"link":"https://web.archive.org/web/20260601130839/https://www.onlinekhabar.com/2023/10/1374204/one-and-a-half-kg-of-gold-was-stolen-while-keeping-water-in-pashupati","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/ae1a7f800a186e0a8b5e21ee2e13aa6a38dd38246cd8ff95e3b90943fcacfb35.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260602.fc471d2c","additional_details":"यो गोरखापत्र अनलाइनमा प्रकाशित समाचार लेख विशेष अदालतले डा. मिलन थापा, डा. प्रदीप ढकाल र अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको फैसला सम्बन्धी द्वितीय स्रोत हो, जसले सुनको जलहरी निर्माणमा सुन हिनामिना भएको अभियोजन दाबीको न्यायिक परिणामलाई पुष्टि गर्दैन, बरु अदालतले अनियमितता नभएको ठहर गरेको पृष्ठभूमि सूचना मात्र दिन्छ। यसले अभियोगका मूल आरोपहरूको प्रमाण नभई मुद्दाको अन्तिम नतिजा अभिलेख गर्ने सन्दर्भ सामग्रीको भूमिका निर्वाह गर्छ।","material":{"display_name":"पशुपति जलहरी प्रकरण : तीनै जनालाई सफाइ","material_type":"news","urls":[{"link":"https://gorkhapatraonline.com/news/106010","role":"RAW"},{"link":"https://web.archive.org/web/20260601131413/https://gorkhapatraonline.com/news/106010","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/7479f4cb54835278ede1d12ba215719cf84b3422e99acef0df03c9886875b4bd.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260602.92d7f995","additional_details":"News Source","material":{"display_name":"पशुपति जलहरीको १.५६ किलो सुन हिनामिना मुद्दा: विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्च पुग्यो","material_type":"news","urls":[{"link":"https://ukeraa.com/news/detail/158616/","role":"RAW"},{"link":"https://web.archive.org/web/20260601112018/https://ukeraa.com/news/detail/158616/","role":"PERMALINK"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/080-cr-0047","https://jawafdehi.org/courtcase/supreme/081-cr-1635"],"missing_details":"(क) यस मुद्दाको मूल आरोपपत्र (अभियोगपत्र) को पूर्ण प्रति प्राप्त भएको छैन।\n(ख) अख्तियारको पुनरावेदनपत्रको पतिलिपी प्राप्त छैन । \n(ग) मुद्दासंग सम्बन्धित अन्य प्रमाणहरु ।","bigo":11701781,"weight":0,"versionInfo":{"action":"published","datetime":"2026-09-18T14:33:33.761251+00:00"},"created_at":"2026-05-05T20:31:40.520689+05:45","updated_at":"2026-09-18T20:18:33.793591+05:45"}