{"id":7,"slug":"high-compute-infrastructure-08-d53cf7","public_iri":"https://jawafdehi.org/case/high-compute-infrastructure-08-d53cf7","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"सुनिल पाैडेल प्रकरण नं -५, हाई कम्प्युट इन्फ्रास्ट्रक्चर खरिदमा कम क्षमताको प्रोसेसर आपूर्ति सम्बन्धी भ्रष्टाचार मुद्दा  (081-CR-0142)","short_description":"राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलले आफू नेतृत्व गरेका निकायका सूचना प्रविधि खरिद ठेक्कामार्फत स्वदेशी तथा विदेशी आपूर्तिकर्तासँग मोलमोलाई गरी कमिशन लिने, सो रकम सिङ्गापुरस्थित युनाईटेड ओभरसिज बैङ्कको खातामा जम्मा गर्ने र आफन्तमार्फत लगानी गरी स्रोत नखुलेको रु. २३,७५,४६,३२४।५७ सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिति २०८१।०१।०९ मा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको थियो। सहोदर दाजु अनिल पौडेललाई निजका नाममा खरिद गरिएको घरजग्गा जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको थियो।\n\nविशेष अदालतले मिति २०८३।०३।३० मा आंशिक ठहरको फैसला गर्दै । अदालतले निजको वैध आय रु. २,२१,५७,०८०।९४ र कुल व्यय रु. १४,९७,२७,३१८।३७ कायम गरी रु. १२,७५,७०,२३७।४३ बराबरको सम्पत्तिको वैध स्रोत नखुलेको कारण देखाउदै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ र दफा २० बमोजिम निजलाई २ वर्ष कैद, दफा २४ बमोजिम थप ६ महिना कैद, सोही बिगोबमोजिम जरिवाना तथा गैरकानूनी सम्पत्ति जफत हुने सजाय ठहर गरेको छ । त्यसैगरी  दाजु अनिल पौडेलका नाममा रहेको सम्पत्ति जफत गर्ने मागदाबी भने पुग्न नसक्ने भनी विशेष अदालतबाट उनले सफाइ पाएका छन् ।","authors":[{"slug":"niroj-aryal","display_name":"Niroj Aryal","name_ne":"निरोज अर्याल","photo_url":"https://jawafdehi.org/assets/teammembers/niroj.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-03-31","public_edit_history":[{"date":"2026-08-25","remarks":"Languaged changed so that the reader can easily understand it and the special court verdict added."}],"public_notes":"Case drafted by Niroj Aryal.\n\nPublished March 31, 2026.","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/aa77cd0c6a78ea2867cf81a05538f2aaed7f52e5fccfd84e07182c00b6f4d873.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/a1ae13bb77e4a284dfb42497d504ddcf73a50c1466f4579536c5cec3eed409f6.webp 400w, https://s3.jawafdehi.org/case_uploads/67f433e01caccc7390b762d5d5fd3d882effd2f5d50cb45dad5d48e366154053.webp 800w, https://s3.jawafdehi.org/case_uploads/aa77cd0c6a78ea2867cf81a05538f2aaed7f52e5fccfd84e07182c00b6f4d873.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/97cd8b8c89191b80bae5a5ae504340ea306a41046d9ecdb5c24ffd57b31fb926.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/89a66c88b0d4a64c32eec9e1c09f21c1280828f1e0b428e1c78a9ba06ca1b9c0.webp 640w, https://s3.jawafdehi.org/case_uploads/c889b5c594a33e63e486c1fc62162a56dbdbde764dc9b5c8c412f34d639ea19a.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/97cd8b8c89191b80bae5a5ae504340ea306a41046d9ecdb5c24ffd57b31fb926.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":384,"banner_image_id":300,"thumbnail_url":"","banner_url":"","case_start_date":"2025-07-11","case_end_date":"2026-07-14","dates":{"stages":[{"end":"2026-07-14","stage":"initial","start":"2025-07-11","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/081-cr-0142"}]},"status":"concluded","case_track":null,"status_override":null,"proceedings_started_on":"2025-07-11","proceedings_decided_on":"2026-07-14","appeal_verdicts":{},"appeal_parties":{},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/organization/wdn-e6fb5e","display_name":"World Distribution Nepal Pvt. Ltd.","entity_type":"Organization","type":"accused","outcome":"convicted","notes":"खरिद प्रक्रियामा सरकारी कर्मचारीहरूसँग मिलेमतो गरी तोकिएको स्पेशिफिकेशनभन्दा कम गुणस्तरको सामग्री आपूर्ति गरेको र राज्यलाई हानि पुर्‍याउने कार्यमा मतियार भएको कम्पनी","name":{"en":"World Distribution Nepal Pvt. Ltd.","ne":"वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रा.लि."},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/aruna-zrestha-64448b","display_name":"Arun Shrestha","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"सामाग्री खरिद प्रक्रियामा सरकारी कर्मचारीहरूसँग मिलेमतो गरी तोकिएको स्पेशिफिकेशनभन्दा कम गुणस्तरको सामग्री आपूर्ति गर्न मतियार भइ सहयोग गरेको, World Distribution Nepal Pvt Ltd का सञ्चालक ।","name":{"en":"Arun Shrestha","ne":"अरुण श्रेष्ठ"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/ramazarana-gayaka-997c16","display_name":"Ramsharan Gayak","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"खरिदका लागि तयार गरिएको प्राविधिक स्पेशिफिकेशन तथा प्रक्रियामा अनियमितता गरी राज्यलाई हानि पुर्‍याउने कार्यमा संलग्न रहेको आरोप","name":{"en":"Ramsharan Gayak","ne":"रामशरण गायक"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/rameza-pokhrela-67fe90","display_name":"Ramesh Pokhrel","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"High Compute Infrastructure खरिद प्रक्रियामा अनियमितता गरी राज्यलाई हानि पुर्‍याएको कसूरमा संलग्न रहेको","name":{"en":"Ramesh Pokhrel","ne":"रमेश पोख्रेल"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/saphala-zrestha-82fb59","display_name":"Saphal Shrestha","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"खरिद प्रक्रियामा अनियमितता तथा मिलेमतोमा संलग्न भई राज्यलाई हानि पुर्‍याएको","name":{"en":"Saphal Shrestha","ne":"सफल श्रेष्ठ"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/nima-bahaadura-valee","display_name":"Nim Bahadur Wali","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"खरिद प्रक्रियासँग सम्बन्धित आर्थिक तथा लेखासम्बन्धी कार्यमा अनियमितता गरी राज्यलाई हानि पुर्‍याएको","name":{"en":"Nim Bahadur Wali","ne":"निम बहादुर वली"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/sunila-paudela","display_name":"Sunil Poudel","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"खरिद प्रक्रियामा अनियमितता गरी राज्यलाई हानि पुर्‍याएको ।","name":{"en":"Sunil Poudel","ne":"सुनिल पौडेल"},"image":"https://s3.jawafdehi.org/entities/sunila-paudela-portrait.jpg"},{"nes_id":"https://jawafdehi.org/entity/location/kathmandu-singha-durbar-7aa85b","display_name":"Kathmandu, Singha Durbar","entity_type":"Place","type":"location","outcome":null,"notes":"","name":{"en":"Kathmandu, Singha Durbar","ne":"Kathmandu, Singha Durbar"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/rastriya-sucana-pravidhi-kendra-a95b34","display_name":"National Information Technology Centre","entity_type":"Organization","type":"related","outcome":null,"notes":"","name":{"en":"National Information Technology Centre","ne":"राष्ट्रिय सूचना प्रविधि केन्द्र"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/kathmandu-np0327","display_name":"Kathmandu","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Kathmandu","ne":"काठमाडौँ"},"image":null}],"tags":["Procurement","CIAA","NITC"],"description":"राष्ट्रिय सूचना प्रविधि केन्द्र नेपालको Supply, Delivery, Installation and Commissioning of High Compute Infrastructure खरिद कार्यमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी अख्तियारमा परेको दर्ता भएको थियो । उक्त उजुरीप्रति अनुसन्धान हुँदा राष्ट्रिय सूचना प्रविधि केन्द्रमा बोलपत्रको गुरुयोजना नै तयार नभनाई मिलेमतो गरी High Compute Infrastructure खरिदका लागि स्पेशिफिकेशन तथा VAT सहित रु. ३०,९९,९९,९९९ को लागत अनुमान तयार गरी बोलपत्र आह्वान गर्दा World Distribution Nepal Pvt. Ltd, Kantipath, Kathmandu ले VAT सहित रु.३०,६५,५५,७६३।१८ को बोलपत्र स्वीकृत गरी राष्ट्रिय सूचना प्राविधिक केन्द्र, सिंहदरबार, काठमाडौं र वल्ड डिष्ट्रिब्युसन नेपाल प्रा.लि. कान्तिपथ, काठमाडौं विच मिति २०७६/१०/१५ अर्थात् January 29, 2020 मा सम्झौता भई गरिएको उक्त डकुमेन्टमा The Storage Controller equipped with dual cluster HA Controller with each controller having 2x24-core 2.4 GHz Intel® Xeon® Processors and 1.5 TB DRAM Cache Memory हुनुपर्ने भन्ने उल्लेख रहेको तर त्यसो नगरी Oracle ZFS Storage Appliance ZS7-2 Controller मा 2.1 GHz Intel® Xeon® Processors जडित गरेको र यी दुई विच\n|  |  |  |\n| --- | --- | --- |\n| पक्ष | 2.4 GHz | 2.1 GHz |\n| Clock Speed | बढी | कम |\n| प्रति सेकेन्ड Instruction Processing | बढी | कम |\n| Performance Capacity | करिब 14.28% बढी | कम |\n\nफरक देखिएकाे अर्थात यि दुइ प्रोसेसरको बिच तुलना गर्दा 2.4 GHZ प्रोसेसरले प्रति सेकेन्ड लगभग 300 मिलियन बढी निर्देश (instruction) प्रोसेस गर्न सक्ने त्यसैले प्लाई गरिएको सामान specification भन्दा inferior (कम गुणस्तरको) भएको Performance capacity पनी 2.4 GHz प्राेसेस्रमा बढी हुनुपर्नेमा 2.1 GHZ प्राेसेस्रमा १४.२८% ले कम रहेकाे पाइयाे ।\n\nअत: गुरुयाेजना नभनाइ मिलाेमताे गरी High Compute Infrastrucure खरिदका लागी स्पेशीफिकेशन दिएकाे, कम गुणस्थरकाे कागजात पेश गरी गर्न लगाइ अस्वाभाविक मूल्य विद्री गराएकाे, राज्यकाे ढुकुटिकाे पैसा निजि लाभका लागी खर्च गरेकै कारण उनिहरू विरूद्ध भष्टचार मुद्धा विशेष अदालतमा दायर गरिएको थियो । \n\n|  |  |  |  |\n| --- | --- | --- | --- |\n| त्र.स. | नाम, पद र कार्यालय | बिगो (रु.) | कसूर तथा सजायको मागदाबी |\n| १ | राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल | रु. १५,८८,५०,०००।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) देहाय (ग), (ङ), (ञ) बमोजिमको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी उल्लेखित बिगो रकम असुल उपर हुन एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसूरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना सजाय समेत हुन, साथै, निज राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक भई कार्य गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद-२ (भ्रष्टाचार कसूर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लेखित मागदाबी बमोजिमको कसूर गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन मागदाबी लिइएको छ । |\n| २ | १. राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ २. सहायक निर्देशक रमेश पोख्रेल ३. कम्प्युटर इन्जिनियर रामशरण गायक | रु. १५,८८,५०,०००।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) देहाय (ग), (ङ), (ञ) बमोजिमको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसूरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको छ । |\n| ३ | राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निम बहादुर वली | रु. १५,८८,५०,०००।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग), (ङ) र (ञ) बमोजिमको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ । |\n| ४ | वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रा.लि., कान्तिपथ, काठमाडौं तथा उक्त कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठ | रु. १५,८८,५०,०००।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग), (ङ), (ञ) बमोजिमको कसूरमा मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसूर भएको देखिएकोले मतियार कसूरदार सरह बिगो कायम गरी कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मतियार कसूरदार सरह सजाय हुन र बिगो असुल उपर हुन मागदाबी लिइएको छ । \n### प्रतिवादीहरूको बयान\n | प्रतिवादी | पद | बयान मिति | बयानको मुख्य जिकिर |\n| --- | --- | --- | --- |\n| **सफल श्रेष्ठ** | तत्कालीन निर्देशक, रासूप्रके | २०८२।०५।०५ | कम गुणस्तरको स्टोरेज कन्ट्रोलर खरिद भएको भन्ने आरोप नै गलत। आपूर्ति भएको Intel Xeon Platinum 8160 मा Turbo Boost प्रविधि रहेकाले २.१ देखि ३.७ GHz सम्म चल्न सक्ने, त्यसैले २.४ GHz को माग पूरा हुन्छ। स्टोरेजमा १०४ हार्डडिस्कविरुद्ध जम्मा ४ प्रोसेसर हुने भएकाले प्रोसेसरले कुल लागतमा ठूलो असर पार्दैन। अख्तियारका विज्ञ केशवराज ज्ञवालीले IPC, cache size, architecture, generation र tier नहेरी MIPS मात्रको आधारमा तुलना गरेको हुँदा १४.२८ प्रतिशत कम क्षमता भन्ने निष्कर्ष त्रुटिपूर्ण, भ्रामक र पूर्वाग्रही। Passmark तुलनात्मक चार्ट प्रमाणका रूपमा पेश। सफाइ माग। |\n| **सुनिल पौडेल** | तत्कालीन कार्यकारी निर्देशक, रासूप्रके | २०८२।०५।०८ | कसैसँग कुनै मिलेमतो नगरेको। खरिदमा सात उपकरणमध्ये स्टोरेजबाहेक छ वटामा आरोपपत्रले प्रश्न नउठाएकाले खरिद प्रक्रिया मूल रूपमा सही रहेको आरोपपत्रले नै स्वीकार गरेको देखिन्छ। Turbo Boost को तथ्य अन्देखा गरिएको। सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम प्राविधिकबाट परीक्षण गराई उनीहरूले Compliant भनी पेस गरेको प्रतिवेदन नियमानुसार स्वीकृत गरेको मात्र हो; प्राविधिक परीक्षणमा कुनै हस्तक्षेप नगरेको। सफाइ माग। |\n| **अरुण श्रेष्ठ** | अध्यक्ष, वर्ल्ड डिस्ट्रिब्युसन नेपाल — आफ्नो तथा कम्पनी दुवैको तर्फबाट | २०८२।०५।१० | सम्झौताविपरीत कुनै अनियमितता नगरेको; समयमै आपूर्ति र जडान सम्पन्न। सन् २०२० देखि छ वर्ष निर्बाध सञ्चालनमा रहेको र परराष्ट्र मन्त्रालय, राहदानी विभाग, नेपाल आयल निगम, आन्तरिक राजस्व विभागलगायत निकाय यसैमा आबद्ध। स्पेसिफिकेसनमा न्यूनतम फ्रिक्वेन्सी नतोकी काम गर्न सक्ने २.४ GHz राखिएकोमा ३.७ GHz सम्म चल्ने प्रोसेसर आपूर्ति गरिएको। झुट्टा कागजात पेस नगरेको र अस्वाभाविक मूल्य कायम नगराएको। कुन सामग्रीको कति मूल्य बढी लिइयो भन्ने नखुलाई हचुवा दाबी गरिएको। सफाइ माग। |\n| **निम बहादुर वली** | तत्कालीन लेखा अधिकृत, रासूप्रके | २०८२।०५।१६ | आपूर्तिकर्ताको निवेदन, कार्यालय प्रमुखको तोकादेश, प्राविधिकहरूको जाँच प्रतिवेदन र पुनः कार्यालय प्रमुखको भुक्तानी आदेश  यिनै कागजातका आधारमा भुक्तानीका लागि पेस मात्र गरेको। गुरुयोजना आफूले तयार गर्ने वा स्वीकृत गर्ने कागजात नभएको, र गुरुयोजना नभए भुक्तानी रोक्नुपर्ने कहीँ उल्लेख नभएको । आर्थिक प्रशासनको कर्मचारीले विद्युतीय उपकरणको गुणस्तर आफ्नै विवेकले यकिन गर्ने प्रश्नै नै नउठ्ने ; त्यो प्राविधिकको काम हो र भइसकेको । वादीले स्वाभाविक मूल्य कति हो भन्ने दाबी नै लिएको छैन। सफाइ माग। |\n| **रमेश पोखरेल** | तत्कालीन सहायक निर्देशक, रासूप्रके | २०८२।०८।१० | कुनै गलत चेकजाँच प्रतिवेदन नदिएको; Turbo Boost का कारण २.४ GHz सोहीभित्र पर्ने भएकाले Comply भएको प्रतिवेदन दिएको। Intel को आधिकारिक विवरण र Passmark चार्ट पेस। ज्ञवालीको राय IPC नहेरी MIPS मात्रको आधारमा भएको। कार्यालय प्रमुखको निर्देशनबमोजिम प्राप्त दरभाउको औसत निकाली लागत अनुमान तयार गरेको। आपूर्तिकर्ताले के कति नाफा लियो आफूलाई थाहा हुने विषय नभएको । गुरुयोजनातर्फ आफू प्राविधिक मानिस भएकाले ध्यान नगएको र कार्यालय प्रमुखबाट सोको आदेश नभएको। सफाइ माग। |\n\n### **फैसलाको सार**\nविशेष अदालत काठमाडौंको  अध्यक्ष माननीय न्यायाधीश श्री सुदर्शनदेव भट्ट, सदस्य माननीय न्यायाधीश  श्री हेमन्त रावल तथा सदस्य माननीय न्यायाधीश श्री डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले मिति २०८३।०३।३० गते आंशिक ठहरको फैसला सुनाएको छ । \nफैसलामा अदालतले प्रस्तुत मुद्दामा दुई प्रश्नमा केन्द्रित रही न्याय निरूपण गर्नुपर्ने देखिन आएको भनी उल्लेख गरेको छ:\n\n**१. प्रतिवादीहरूले आरोप दाबीबमोजिमको कसुर गरेको पुष्टि हुन्छ वा हुँदैन?**\n\n**२. प्रतिवादीहरूलाई आरोप दाबीबमोजिम सजाय हुने हो वा होइन?**\n\n**पहिलो प्रश्नतर्फ विचार गर्दा**\nप्रतिवादीहरूले माग गरिएको 2.4 GHz प्रोसेसरको सट्टा 2.1 GHz को कम क्षमताको प्रोसेसर आपूर्ति भएको अवस्थामा पनि उक्त सामान Specification बमोजिमकै भएको भनी प्राविधिक परीक्षण प्रतिवेदन तयार गरी स्वीकृत गरेको । विज्ञको प्रतिवेदनअनुसार 2.1 GHz प्रोसेसर 2.4 GHz भन्दा करिब 14.28 प्रतिशत कम क्षमताको भएको कारणबाट प्राविधिक कर्मचारीहरूले वास्तविक अवस्था लुकाई गलत प्रतिवेदन प्रस्तुत गरेको र कार्यकारी निर्देशक सुनिल पौडेल समेतले उक्त प्रतिवेदन स्वीकृत गरेको कारण  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिमको कसूर भएको अदालतले ठहर गरेको छ। आपूर्तिकर्ता अरुण श्रेष्ठलाइ  उक्त कसुरमा मतियार भइ सहयोग गरेकोले अदालतले उनलाइ पनी दोषी ठहर गरेको छ । \n\nतर कम क्षमताको प्राेसेसर भएता पनि उक्त प्रोसेसर र अन्य उपकरणहरू राष्ट्रिय सूचना प्रविधि केन्द्रमा जडान भएर सञ्चालनमै रहेकोले अभियोगपत्रमा दावी गरे अनुसारको १५,८८,५०,००० बराबरको आर्थिक हानिभएको पर्याप्त आधार नदिएकोले सम्पूर्ण रकम हिनामिना गरेको दावी पुष्टि सक्ने आधार नरहेको । \n\n**दाेस्रो प्रश्न तर्फ विचार गर्दा**\nस्पेसिफिकेसनअनुसार आपूर्ति नभएको अवस्थामा पनि कुनै प्राविधिक कैफियत नखुलाई सोहीअनुसार भएको भनी प्रतिवेदन पेस गर्ने र त्यसलाई स्वीकृत गर्ने कार्य  भ्रष्टाचार निवारण ऐन, २०५९  अनुसार देहाय बमोजिम सजाय हुने ठहर गरेको छ । \n| प्रतिवादी | ठहर | सजाय |\n| --- | --- | --- |\n| सुनिल पौडेल | दफा १९ को उपदफा २ | ३ महिना कैद र रु. १०,००० जरिवाना, दफा २४ बमोजिम थप ३ महिना कैद — जम्मा ६ महिना कैद |\n| सफल श्रेष्ठ | दफा १९ को उपदफा २ | ३ महिना कैद र रु. १०,००० जरिवाना |\n| रमेश पोखरेल | दफा १९ को उपदफा २ | ३ महिना कैद र रु. १०,००० जरिवाना |\n| रामशरण गायक | दफा १९ को उपदफा २ | ३ महिना कैद र रु. १०,००० जरिवाना |\n| अरुण श्रेष्ठ | दफा २२ को उपदफा २ बमोजिम मतियार | ३ महिना कैद र रु. १०,००० जरिवाना |\n| वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रा.लि. | दफा २२ को उपदफा २ बमोजिम मतियार | रु. १०,००० जरिवाना |\n| निम बहादुर वली | — | सफाइ |\n\nप्रमुख अभियुक्ता निम बाहादुर वलिको हकमा सामानको प्राविधिक परीक्षण वा मूल्याङ्कनमा संलग्न भएको प्रमाण नदेखिएको, प्राविधिक ज्ञान भएका अन्य प्रतिवादीहरूले तयार गरी पेश गरेको प्राविधिक परीक्षण प्रतिवेदनका आधारमा कार्यालय प्रमुखबाट भएको तोक आदेश अनुसार भुक्तानी दिएको र गलत Specification को सामान आपूर्ति गर्ने वा त्यसलाई सही भएको भनी प्राविधिक प्रतिवेदन बनाउने कार्यमा उनको संलग्नता प्रमाणित नभएकाले उनलाई कसूरदार मान्न नमिल्ने भनी सफाइ दिएको छ ।","key_allegations":["राष्ट्रय सूचना प्रविधि केन्द्र मा बाेलपत्रकाे गुरूयाेजना नै तयार नभनाइ वाेलपत्रकाे सुचना तयार पारेकाे । \nThe Storage Controller equipped with dual cluster HA Controller with each controller having 2x24-core 2.4 GHz Intel® Xeon® Processors and 1.5 TB DRAM Cache Memory  हुनुपर्ने भन्ने उल्लेख रहेको तर त्यसाे नगरी Oracle ZFS Storage Appliance ZS7-2 Controller भा 2.1 GHz Intel® Xeon® Processors जडित गरेको ।","यसरी गलत तथा कम गुणस्थरकाे सामान जडान गर्दा लाग्ने अनुमानित रकम भन्दा लगभग रु. १५,८८,५०,००० बराबरकाे बडी  रकम भुक्तानी लिएकाे दिएको भन्ने आरोप","अतः निज प्रतिवादीहरूले निर्धारित Specification विपरीत सामान आपूर्ति गरेकाे, झुटा कागजात पेश गरी अस्वाभाविक मूल्य बढाइ सरकारलाई हानि पुर्‍याइएकाे, ठेकेदारलाई गैरकानूनी लाभ पुराइएकाे र एकतिस कराेड लागत अनुमानकाे काम गर्दा पन्द्र कराेडकाे घाेटाला गरेकाे आरोप ।"],"timeline":[{"date":"2019-03-31","title":"बोलपत्र आह्वान","date_bs":"2075-12-17","description":"राष्ट्रय सूचना प्राविधि केन्द्रबाट आ‌.ब ०७६/७७ मा ठेक्का नं NITC/G/NCB-7-076/77 Supply, Delivery, Installation and Commissioning of High Compute Infrastructure निमार्ण गर्नको लागी भनी  सूचना प्रविधि केन्द्र, सिहंदरबारबाद आ.ब ०७६/७७ मा High Compute Infrastructure खरिदका लागि स्पेशिफिकेशन तथा भ्याटसहित रु  ३०,९९,९९,९९९.७९ (VAT सहित)को  सन  31-03-2019 मा बोलपत्र  आवाहान गरियो ।"},{"date":"2019-07-19","title":"नेपाल दूरसञ्चार प्राधिकरणले राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरबार, काठमाडौँलाई आ.व. २०७६/७७ को प्राधिकरणको स्वीकृत बजेट तथा वार्षिक कार्यक्रममा GIDC को लागि 'High Power Computing Infrastructure' खरिद गर्ने कार्यक्रमका लागि रु. एक अर्ब बजेट विनियोजन गरिएको सम्बन्धमा पत्राचार","date_bs":"2076-04-03","description":""},{"date":"2019-10-31","title":"कम्प्युटर इन्जिनियर रामशरण गायक, सहायक निर्देशक रमेश पोखरेल र कार्यकारी निर्देशक सुनिल पौडेलले प्राविधिक स्पेसिफिकेसन (Technical Specification) तयार गरेको","date_bs":"2076-07-14","description":""},{"date":"2019-11-05","title":"World Distribution Nepal Pvt. Ltd.  तथा OBCI Pvt. Ltd. बाट दररेट पेश","date_bs":"2076-07-19","description":""},{"date":"2019-11-06","title":"म्याक्स इन्टरनेशनल प्रा. लि. (Max International Pvt. Ltd.) बाट दररेट पेश।\n\nलागत अनुमान (Cost Estimate) तयार।\n\nप्राविधिक स्पेसिफिकेसन (Technical Specification) र लागत अनुमान स्वीकृत गर्न तथा बोलपत्र सूचना प्रकाशन गर्न राय पेश।\n\nप्राविधिक स्पेसिफिकेसनसहितको लागत अनुमान भ्याट (VAT) सहित रु. ३०,९९,९९,९९९.७९/- (अक्षरेपी: तीस करोड उनान्सय लाख उनान्सय हजार नौ सय उनान्साँढे रुपैयाँ उनासी पैसा) स्वीकृति तथा बोलपत्र सूचना प्रकाशन गर्ने निर्णय सदर।","date_bs":"2076-07-20","description":""},{"date":"2020-01-03","title":"वर्ल्ड डिभ्युसन नेपाल प्रा. लि. (World Diffusion Nepal Pvt. Ltd.) ले पेश गरेको भ्याट (VAT) सहित रु. ३०,६५,५५,७६३.१८/- (अक्षरेपी: तीस करोड पैसठ्ठी लाख पचपन्न हजार सात सय त्रिसठ्ठी रुपैयाँ अठार पैसा) को बोलपत्र छनोट गरी स्वीकृतिका लागि सिफारिस","date_bs":"2076-09-18","description":""},{"date":"2020-01-14","title":"बोलपत्र स्वीकृत गरी खरिद सम्झौता गर्न आउन सूचना दिने टिप्पणी-आदेश कार्यकारी निर्देशक सुनिल पौडेलबाट सदर भई, सम्झौता गर्न आउन सूचना दिएको","date_bs":"2076-09-29","description":""},{"date":"2020-01-17","title":"वर्ल्ड डिभ्युसन नेपाल प्रा. लि. (World Diffusion Nepal Pvt. Ltd.), कान्तिपथ, काठमाडौँका सी.ई.ओ. (CEO) अरुण श्रेष्ठले हिमालयन बैंकको रु. १,५३,३०,०००/- (अक्षरेपी: एक करोड त्रिपन्न लाख तीस हजार रुपैयाँ) को कार्यसम्पादन जमानत (Performance Security) सहित सम्झौता गर्न निवेदन दिएको","date_bs":"2076-10-03","description":""},{"date":"2020-01-29","title":"सम्झौता सम्पन्न (२०७६/१०/१५)","date_bs":"2076-10-15","description":"Bid Document तथा technical Specification मा The Storage Controller equipped with dual cluster HA Controller with each controller having 2x24-core 2.4 GHz Intel® Xeon® Processors and 1.5 TB DRAM Cache Memory  समेत लगायतका सामाग्री खरिद तथा जडान गर्ने भनी यस सम्बन्धी राष्ट्रय सूचना केन्द्र, सिंहदरबार र Worlds Distribution Nepal pvt. ltd. का भिच सम्झौता गरियो ।"},{"date":"2020-03-09","title":"मिति २०७६/१०/२२ र मिति २०७६/११/०६ गते गरी दुई पटक (दुई चरणमा) वर्ल्ड डिभ्युजन नेपाल प्रा. लि. लाई खरिद सम्झौता बमोजिम पेश्की स्वरूप रु. २,७१,००,०००।– (अक्षरेपी: दुई करोड एकहत्तर लाख रुपैयाँ मात्र) भुक्तानी गरिएको ।","date_bs":"2076-11-26","description":""},{"date":"2020-03-31","title":"निर्देशक सफल श्रेष्ठ र सहायक निर्देशक रमेश प्रसाद पोखरेलले बदनियत राखी ६० प्रतिशत रकम भुक्तानीका लागि सिफारिससहितको गलत जाँचबुझ प्रतिवेदन (Inspection Report) पेश गरेको  ।\n\nवर्ल्ड डिभ्युजन नेपाल प्रा. लि. लाई अग्रिम आयकर (TDS), धरौटी (Retention) र मूल्य अभिवृद्धि कर (VAT) कट्टी गरी खुद रु. ९,८२,००,०००/- (अक्षरेपी: नौ करोड बयासी लाख रुपैयाँ मात्र) भुक्तानी गरिएको ।","date_bs":"2076-12-18","description":""},{"date":"2020-04-14","title":"वर्ल्ड डिभ्युजन नेपाल प्रा. लि. लाई पेश्की स्वरूप रु. ६,४६,३०,६०१।– (अक्षरेपी: छ करोड छयालीस लाख तीस हजार छ सय एक रुपैयाँ मात्र) भुक्तानी गरिएको","date_bs":"2077-01-02","description":""},{"date":"2020-05-22","title":"निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश प्रसाद पोखरेल र कम्प्युटर इन्जिनियर रामशरण गायकले बदनियतपूर्वक भुक्तानीका लागि सिफारिससहितको गलत जाँचबुझ प्रतिवेदन (Technical Inspection Report) पेश गरेको।\n\nवर्ल्ड डिभ्युजन नेपाल प्रा. लि. लाई अन्तिम भुक्तानी स्वरूप रु. ५,४२,५७,६८५/- (अक्षरेपी: पाँच करोड बयालीस लाख सन्ताउन्न हजार छ सय पचासी रुपैयाँ मात्र) भुक्तानी गरिएको।","date_bs":"2077-02-09","description":""},{"date":"2025-07-09","title":"CIAA निर्णय — मुद्दा दायर गर्ने","date_bs":"2082-03-25","description":"अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे निर्णय नं. १३९३ अनुसार सुनिल पौडेल समेत ७ प्रतिवादी विरूद्ध निर्धारित Specification विपरीत सामान आपूर्ति, झुटा कागजात पेश, अस्वाभाविक मूल्य कायम गरिएकाे, सरकारलाई हानि पुर्‍याइएकाे, ठेकेदारलाई गैरकानूनी लाभ पुराइएकाे भन्दै  विशेष अदालतमा मुद्धा दृता गर्ने निर्णय  ।"},{"date":"2025-07-11","title":"मुद्दा दर्ता तथा प्रेस विज्ञप्ति (२०८२/०३/२७)","date_bs":"2082-03-27","description":"निज प्रतिवादी सरकारी पक्ष \tराष्ट्रय सुचना केन्द्रका तत्कालीन कार्यकारी निर्देशक\t सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ,, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर  इन्जिनियर रामशरण गायक, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निम बहादुर  वली, World Distribution Nepal Pvt. Ltd. का  निर्देशक सफल श्रेष्ठ विरूद्ध विशेष अदालतमा मुद्धा दृता मुद्दा नं. 081-CR-0142"},{"date":"2025-08-24","title":"थुनछेक आदेश","date_bs":"2082-05-08","description":"इजलास नं. १ मा न्यायाधीशहरू टेक नारायण कुँवर, मुरारीबाबु श्रेष्ठ, विदुर कोइरालाको इजलासबाट थुनछेक आदेश (धरौटी) जारी"},{"date":"2025-12-28","title":"तेस्रो पेशी - साक्षी बुझ्ने आदेश (२०८२/०९/१३)","date_bs":"2082-09-13","description":"इजलास नं. २ मा न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावलको इजलासबाट साक्षी बुझ्ने आदेश।"},{"date":"2026-07-14","title":"विशेष अदालतबाट यस मुद्धामा आंशिक ठहरको फैसला १ प्रतिवादीलाइ सफाइ","date_bs":"2083-03-30","description":"अदालतले 2.4 GHz को सट्टा 2.1 GHz को कम क्षमताको प्रोसेसर आपूर्ति हुँदासमेत Specification बमोजिम भएको भनी गलत प्राविधिक प्रतिवेदन तयार/स्वीकृत गरेको ठहर गर्दै सुनिल पौडेल, सफल श्रेष्ठ, रमेश पोखरेल, रामशरण गायक, अरुण श्रेष्ठ र वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रा.लि.लाई दोषी ठहर तर प्राविधिक परीक्षणमा निम बहादुर वलीको संलग्नता नदेखिएको भन्दै उनलाई सफाइ ।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/charge_sheet/20260324.34d5cb2d","additional_details":"इति सम्बत  २०८२असार २७ गते  सुनिल पौडेल लगायत ६ जना विरूद्ध अख्तियारले अदालतमा दायर गरेकाे अभियाेग पत्र","material":{"display_name":"अभियाेग पत्र","material_type":"charge_sheet","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/93f8049c223c2ed5067fd148323b0b65970deb6a7b0edf8e3ebc391a4cfdced1.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/01217221a55a277596ab4c671a36ce6acfef3b4ff138dafbe2afc219a340f680.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/press_release/20260324.50293ca0","additional_details":"मुद्दा दर्ता तथा प्रेस विज्ञप्ति (२०८२/०३/२७) सुनिल पौडेल लगायत ६ जना विरूद्ध अदालतमा मुद्धा दायर","material":{"display_name":"प्रेश विज्ञप्ती","material_type":"press_release","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/1b707b2fbd540b93ec0eebdbee5bf1e0f1abd157fce07d273258caf86ec4735e.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/afcf48a321a9e2a52873b74f52788f32aa951278ecd81453f6cfd1e66c521332.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/document/20260319.6800aab7","additional_details":"Bidding Document। Technical Specification र लागत अनुमान समावेश","material":{"display_name":"NITC/G/NCB-7-076/77  bidding Document","material_type":"document","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/58466b8519e911dac554e58409eb32e7b19e960e6f31ec4585f74f65a3d7d868.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/f43795140b4f8b2b3883a2d9c2277adba7a26f0acaabdb288fde66ff0a74cb3f.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260319.63359db3","additional_details":"सूचना केन्द्रका पूर्व कार्यकारी निर्देशक पौडेलसहित छ जनाविरुद्ध १५ करोडको भ्रष्टाचार मुद्दा शिर्षक राखी समाचार प्रकाशन","material":{"display_name":"गाेर्खा पत्र-  ४ चैत २०८२, बुधबारका दिन  प्रकाशित","material_type":"news","urls":[{"link":"https://gorkhapatraonline.com/news/163193","role":"RAW"},{"link":"https://web.archive.org/web/20250711130718/https://gorkhapatraonline.com/news/163193","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/6b64fd329e2f1b67942c27c765ceec7274ca3675f94045e9e2fb6904d950e26c.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260319.031a97e7","additional_details":"३० करोडको प्रविधि खरिदमा १५ करोडको घोटाला, पूर्वकार्यकारी निर्देशकसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा","material":{"display_name":"विमा पाेस्ट- २७ असार २०८२, शुक्रबारका दिन प्रकाशित","material_type":"news","urls":[{"link":"https://www.beemapost.com/2025/07/183288/","role":"RAW"},{"link":"https://web.archive.org/web/20260319064134/https://www.beemapost.com/2025/07/183288/","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/6b448416ea828997de657e85de7868688e59334c5f2082230670af059f0f9799.md","role":"MARKDOWN"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/081-cr-0142"],"missing_details":"१. करार सम्बन्धित विवरण\n२. मुद्दासँग सम्बन्धित आरोपपत्र\n३. साक्षीको वकपत्र\n४. आरोपितले पेश गरेको प्रतिउत्तर \n५. सम्बन्धित प्रतिवादीहरूको फोटो","bigo":158850000,"weight":0,"versionInfo":{},"created_at":"2026-03-17T22:38:36.086310+05:45","updated_at":"2026-10-05T21:26:09.882015+05:45"}