{"id":82,"slug":"dirgha-narayan-koirala-080-cr-0085-illegal-assets","public_iri":"https://jawafdehi.org/case/dirgha-narayan-koirala-080-cr-0085-illegal-assets","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"डिभिजनल वन अधिकृत दीर्घ नारायण कोइरालाले रु. १.२६ करोड स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा (080-CR-0085)","short_description":"डिभिजन वन कार्यालय, मकवानपुरमा कार्यरत डिभिजनल वन अधिकृत दीर्घ नारायण कोईराला र उनकी श्रीमती गीता कोईराला पौडेलले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४६।०२।०२ देखि २०७८।११।१२ सम्मको अवधिमा वैध आयको अनुपात भन्दा बढि चल-अचल सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी अभियोग दायर गरेको थियो। विशेष अदालतले समग्र जाँच अवधिको आय-व्यय पुनर्गणना गर्दा नखामेको रकम सर्वोच्च अदालतले तोकेको दश प्रतिशतको सीमाभन्दा कम देखिएको ठहर गर्दै दुवै प्रतिवादीहरुलाई आरोपबाट सफाइ दिएको थियो।","authors":[{"slug":"subodh-kandel","display_name":"Subodh Kandel","name_ne":"सुबोध कँडेल","photo_url":"https://jawafdehi.org/assets/teammembers/subodh.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-08-08","public_edit_history":[],"public_notes":"**Case Summerized by Subodh Kandel**\n**First Published on 2082/04/21**","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/2ce730b9f6ebbafd4ac2d67547326372f6e344e1e679bd941e678f5d9606d052.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/2bfc256eebe813dc032a0b438d6d7b720f78a13b76223cfaff26498e7b5ce91f.webp 400w, https://s3.jawafdehi.org/case_uploads/b98c7bd837a912ae6df4e3007b46f4b7c20cf68c14c9aca0a44cc8c6b4fd0647.webp 800w, https://s3.jawafdehi.org/case_uploads/2ce730b9f6ebbafd4ac2d67547326372f6e344e1e679bd941e678f5d9606d052.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/5752b09b695f62e182f8703f19ad9b86bba4e17ccd819ca85e31918f133a72c4.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/6597b5d9ea10bdb44ece561a61428f770986770fed502c14a74b1238d84e25e5.webp 640w, https://s3.jawafdehi.org/case_uploads/4530a632bf6fcc4ffbf2b291d70852d640735176dcc767039f98f41f559d0126.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/5752b09b695f62e182f8703f19ad9b86bba4e17ccd819ca85e31918f133a72c4.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":377,"banner_image_id":293,"thumbnail_url":"","banner_url":"","case_start_date":"2024-01-08","case_end_date":"2024-07-14","dates":{"stages":[{"end":"2024-07-14","stage":"initial","start":"2024-01-08","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/080-cr-0085"}]},"status":"concluded","case_track":null,"status_override":null,"proceedings_started_on":"2024-01-08","proceedings_decided_on":"2024-07-14","appeal_verdicts":{},"appeal_parties":{},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/person/pasupati-gyasa-stora-def3f2","display_name":"Pasupati Gas Store","entity_type":"Organization","type":"related","outcome":null,"notes":"आयस्रोतका रूपमा दाबी गरिएको पारिवारिक ग्यास स्टोर व्यवसाय","name":{"en":"Pasupati Gas Store","ne":"पशुपति ग्यास स्टोर"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/varsa-koirala-9c30ac","display_name":"Barsha Koirala","entity_type":"Person","type":"related","outcome":null,"notes":"प्रतिवादीकी छोरी — निजको बचत रकम जाँच अवधिको आयमा गणना गरिएको","name":{"en":"Barsha Koirala","ne":"वर्षा कोईराला"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/bibeka-koirala-bbc19d","display_name":"Bibek Koirala","entity_type":"Person","type":"related","outcome":null,"notes":"प्रतिवादीका छोरा — ग्यास स्टोर व्यवसाय सञ्चालन गरेको भनी दाबी गरिएको","name":{"en":"Bibek Koirala","ne":"बिबेक कोईराला"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/citavana-rastriya-nikunja-karyalaya-a377e1","display_name":"Chitwan National Park Office","entity_type":"Organization","type":"related","outcome":null,"notes":"प्रतिवादीले रेन्जर पदमा सेवा प्रवेश गरेको कार्यालय","name":{"en":"Chitwan National Park Office","ne":"चितवन राष्ट्रिय निकुन्ज कार्यालय"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/government/district/dfo/makwanpur-np0331","display_name":"Division Forest Office, Makwanpur","entity_type":"GovernmentOrganization","type":"related","outcome":null,"notes":"प्रतिवादी डिभिजनल वन अधिकृत रहेको कार्यालय","name":{"en":"Division Forest Office, Makwanpur","ne":"डिभिजन वन कार्यालय, मकवानपुर"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/gita-koirala-paudela-bad8dc","display_name":"Gita Koirala Poudel","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"प्रतिवादीकी श्रीमती — सम्पत्ति जफत प्रयोजनार्थ मात्र प्रतिवादी","name":{"en":"Gita Koirala Poudel","ne":"गीता कोईराला पौडेल"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/dirgha-narayana-koirala-0d7df3","display_name":"Dirgha Narayan Koirala","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"तत्कालीन डिभिजनल वन अधिकृत (अधिकृत दशौं तह), डिभिजन वन कार्यालय मकवानपुर — मुख्य प्रतिवादी","name":{"en":"Dirgha Narayan Koirala","ne":"दीर्घ नारायण कोईराला"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/localunit/hetauda-sub-metropolitian-city-31206","display_name":"Hetauda Sub-Metropolitan City","entity_type":"AdministrativeArea,jawafdehi:SubMetropolitanCity","type":"location","outcome":null,"notes":"कार्यालय रहेको स्थानीय तह","name":{"en":"Hetauda Sub-Metropolitan City","ne":"हेटौडा उपमहानगरपालिका"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/makwanpur-np0331","display_name":"Makwanpur","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"कार्यालय रहेको जिल्ला","name":{"en":"Makwanpur","ne":"मकवानपुर"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/province/bagmati-np03","display_name":"Bagmati Province","entity_type":"AdministrativeArea,jawafdehi:Province","type":"location","outcome":null,"notes":"मुद्दा सम्बन्धित प्रदेश","name":{"en":"Bagmati Province","ne":"वाग्मती प्रदेश"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/localunit/bharatpur-metropolitian-city-31304","display_name":"Bharatpur Metropolitan City","entity_type":"AdministrativeArea,jawafdehi:MetropolitanCity","type":"location","outcome":null,"notes":"घरजग्गा सम्पत्ति रहेको स्थानीय तह","name":{"en":"Bharatpur Metropolitan City","ne":"भरतपुर महानगरपालिका"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/chitawan-np0335","display_name":"Chitwan","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"घरजग्गा सम्पत्ति रहेको जिल्ला","name":{"en":"Chitwan","ne":"चितवन"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/syangja-np0441","display_name":"Syangja","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"घरजग्गा सम्पत्ति रहेको जिल्ला","name":{"en":"Syangja","ne":"स्याङजा"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/kathmandu-np0327","display_name":"Kathmandu","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"घरजग्गा सम्पत्ति रहेको जिल्ला","name":{"en":"Kathmandu","ne":"काठमाडौँ"},"image":null}],"tags":["Forestry","Bagmati","~1 Crore 25 Lakh","CIAA","Corruption","Special Court","Supreme Court"],"description":"****आरोपपत्रको सार****\n\nडिभिजन वन कार्यालय, राप्ती मनहरी (मकवानपुर) मा कार्यरत डिभिजनल वन अधिकृत (अधिकृत दशौं तह) दीर्घ नारायण कोईरालासमेत कार्यालयका कर्मचारीहरूले चिउरी प्रशोधन उद्योग स्थापनाका लागि आवश्यक मेसिन खरिद तथा भवन निर्माण कार्यमा प्रक्रियागत, नीतिगत र आर्थिक अनियमितता गरेको भन्ने उजुरी निवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो। सो उजुरीमाथि प्रारम्भिक छानबिन गर्दा दीर्घ नारायण कोईरालाको समग्र आम्दानीभन्दा समग्र खर्च बढी देखिएकोले निजले गैरकानूनी रूपमा आर्जन गरेको रकमबाट निज तथा परिवारका सदस्यहरूको नाममा थप चल-अचल सम्पत्ति राखेको हुनसक्ने आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २० बमोजिम विस्तृत अनुसन्धान गर्ने निर्णय आयोगबाट भएको थियो।\n\nअनुसन्धानमा दीर्घ नारायण कोईराला सार्वजनिक सेवामा स्थायी नियुक्ति लिई हाजिर भएको मिति २०४६।०२।०२ देखि निजले आयोगसमक्ष सम्पत्ति विवरण फाराम बुझाएको मिति २०७८।११।१२ सम्मको अवधिलाई जाँच अवधि कायम गरिएको थियो। सो अवधिभरको निजको समग्र आम्दानी र खर्चको विश्लेषण गर्दा पारिश्रमिक बचत, विभिन्न भत्ता, कृषि आय, जीवन बीमा परिपक्व रकम, ग्यास स्टोर व्यवसायको आय, शेयर बिक्री, र छोरीको बचतसमेत गरी निजको वैध आय जम्मा रु.८१,८६,९९६।३१ (एकासी लाख छयासी हजार नौ सय छयानब्बे रूपैयाँ एकतिस पैसा) रहेको देखाइएको थियो। सोही अवधिमा निजले घर निर्माण, जग्गा खरिद तथा दर्ता दस्तुर, छोराछोरीको अध्ययन खर्च, बीमा प्रिमियम भुक्तानी, सवारी साधन खरिद, शेयर लगानी, ग्यास स्टोरमा लगानी, सामाजिक व्यवहार खर्च, विद्युतीय उपकरण खरिद र बैंक मौज्दातसमेतमा जम्मा रु.२,०७,८३,३४९।८५ (दुई करोड सात लाख त्रियासी हजार तीन सय उनान्पचास रूपैयाँ पचासी पैसा) खर्च तथा लगानी गरेको देखाइएको थियो। यसरी वैध आयको अनुपातमा सिर्जना गरेको सम्पत्ति एवं खर्च तथा लगानी बढी भई रु.१,२५,९६,३५३।५५ (एक करोड पच्चिस लाख छयानब्बे हजार तीन सय त्रिपन्न रूपैयाँ पचपन्न पैसा) बराबरको सम्पत्तिको स्रोत नखुलेको आयोगको दाबी थियो।\n\nआय-व्यय प्रवाह विवरण तयार गर्दा गैरकानूनी सम्पत्ति अनुसन्धान कार्यविधि, २०७८ बमोजिम जाँच अवधिभर आठ पटक Cut-Off मिति कायम गरी विश्लेषण गरिएको थियो, जसअन्तर्गत कुनै-कुनै अवधिमा खर्च आयभन्दा बढी देखिएको र सोको स्रोत पुष्टि हुन नसकेको आधारमा सोही अवधिको सम्पत्ति स्रोत नखुलेको मानिएको थियो।\n\nदीर्घ नारायण कोईरालाकी श्रीमती गीता कोईराला पौडेललाई स्वतन्त्र भ्रष्टाचारको अभियोग नलगाई, दीर्घ नारायण कोईरालाले भ्रष्टाचारजन्य कार्यबाट आर्जन गरेको गैरकानूनी सम्पत्तिमध्ये निजको नाममा जग्गा खरिद, सोमा घर निर्माण तथा बैंक खातामा रकम मौज्दात राखिएकोमा स्रोत पुष्टि हुन नसकेको लागत मूल्यबराबरको सम्पत्तिलाई जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको थियो।\n\n****मागदाबी****\n\n| प्रतिवादी | भूमिका | कानूनी व्यवस्था |\n| --- | --- | --- |\n| दीर्घ नारायण कोईराला | सार्वजनिक पदमा रहेर आयको अनुपातमा भन्दा बढि चल-अचल सम्पत्ति आर्जन गरेको | साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा ३, दफा १६ग र दफा २९; प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) र (२), दफा ४७; अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख |\n| गीता कोईराला पौडेल | स्रोत नखुलेको सम्पत्तिबाट आफ्नो नाममा जग्गा खरिद, घर निर्माण र बैंक मौज्दात राखेको (जफत प्रयोजनका लागि मात्र प्रतिवादी कायम) | साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग र दफा २९; प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७; अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख |\n\n****प्रतिवादीहरूको बयान****\n\nप्रतिवादी दीर्घ नारायण कोईरालाले अनुसन्धानका क्रममा र अदालतसमक्ष दुवै चरणमा आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आफू तथा परिवारका सदस्यहरूको नाममा रहेको सम्पूर्ण सम्पत्ति नियमसंगत स्रोतबाट आर्जित भएको जिकिर गरेका थिए। निजका अनुसार आफ्नो निजामती सेवाको तलब-भत्ता, श्रीमती गीता कोईराला पौडेलले सञ्चालन गरेको कुटानी-पिसानी मिल, कृषि तथा पशुपालन आय, घर-जग्गा बिक्री, छोराको व्यवसाय (ग्यास स्टोर), जीवन बीमा परिपक्व रकम लगायत विविध स्रोतबाट परिवारको सम्पूर्ण आय-सम्पत्ति सिर्जना भएको थियो। निजले जाँच अवधिभरको आफ्नो कुल आय रु.४,००,१०,२६१।- र कुल खर्च रु.१,३६,५३,५०४।- मात्र रहेको दाबी गर्दै, आयोगले घर निर्माण, शैक्षिक खर्च र नगद मौज्दात शीर्षकमा खर्च बढी गणना गरी रु.७१,२९,८४६।- अतिरिक्त देखाएको त्रुटिपूर्ण रहेको जिकिर गरेका थिए। साथै, चिउरी बियाँ प्रशोधन मेसिन खरिद तथा भवन निर्माणसम्बन्धी सुरुवाती उजुरी आयोगले पहिल्यै तामेलीमा राखिसकेको भए तापनि सोही विषयमा पुनः अभियोजन गरिएको जिकिर गरेका थिए। आफूले पदीय हैसियतको दुरुपयोग नगरेको, कुनै सेवाग्राही वा मातहतका कर्मचारीबाट अवैध रूपमा केही नलिएको र गैरकानूनी रूपमा सम्पत्ति आर्जन नगरेको भन्दै आफू निर्दोष रहेको र सफाइ पाउनुपर्ने बेहोराको प्रतिवादी दीर्घ नारायण कोईरालाको बयान रहेको छ।\n\nप्रतिवादी गीता कोईराला पौडेलले पनि उजुरीको बेहोरा झुट्टा रहेको र आफ्ना श्रीमानले कुनै कानुनविपरीतको कार्य नगरेको जिकिर गर्दै, परिवारको आय-व्ययमा देखिएको फरकको विषयमा श्रीमानले लिखित प्रतिवाद र प्रमाण कागजातसहित स्पष्टीकरण पेस गरिसकेको भन्ने बेहोरा उल्लेख गरेकी थिइन्।\n\n****विशेष अदालतको निर्णयको सार****\n\nविशेष अदालतले प्रस्तुत मुद्दामा मुख्यतः वादी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कायम गरेको खर्च तथा लगानीको रकम मिलेको छ कि छैन, प्रतिवादीको वास्तविक खर्च कति हो, र आय-व्ययको Cut-Off मिति पद्धति उपयुक्त हो कि होइन भन्ने विषयमा केन्द्रित रही विचार गरेको थियो र अदालतले सर्वोच्च अदालतबाट प्रतिपादित नजिरका आधारमा जाँच अवधिभरको समग्र आय र व्ययको एकमुष्ठ हिसाब गर्नुपर्ने सिद्धान्त अवलम्बन गर्दै, आरोपपत्रमा अपनाइएको आठ पटक Cut-Off मिति राखी अवधि छुट्याई हिसाब गर्ने पद्धतिलाई अस्वीकार गरेको थियो।\n\nसमग्र जाँच अवधिको आय र व्ययको पुनर्गणना गर्दा अदालतले प्रतिवादीको विभिन्न शीर्षकका खर्च (पारिश्रमिक बचत, भत्ता, ब्याज आय आदि) मा वादी र प्रतिवादी दुवैका दाबीहरूको मूल्याङ्कन गरी समायोजन गरेको थियो, जसअन्तर्गत बैंक मौज्दातबाट प्राप्त हुने ब्याज रकमसमेत प्रतिवादीको आयमा गणना गर्नुपर्ने ठहर गरेको थियो। यसरी पुनर्गणना गर्दा प्रतिवादीको समग्र जाँच अवधिको जम्मा खर्च रु.१,४०,३९,७४३।३३ र वैधानिक आय रु.१,३३,७४,०६३।२० देखिएकोमा, वैधानिक आयले नखामेको रकम रु.६,६५,६८०।१३ मात्र रहेको देखिएको थियो। अदालतले सर्वोच्च अदालतबाट **युवराज शर्मा विरुद्ध नेपाल सरकार मुद्दामा** प्रतिपादित सिद्धान्तअनुसार यस्तो नपुग आयको रकम आरोपित बिगोको दश प्रतिशतभन्दा कम भएमा गैरकानूनी सम्पत्ति आर्जन भएको मान्न नमिल्ने भन्ने कानुनी सिद्दान्त प्रतिपादन गरेकोले, प्रतिवादीको हकमा उक्त थ्रेसहोल्ड नपुगेको देखिएकोले गैरकानूनी सम्पत्ति आर्जन भएको पुष्टि नहुने ठहर गरेको थियो।\n\nयसैका आधारमा विशेष अदालतले प्रतिवादी दीर्घ नारायण कोईराला र गीता कोईराला पौडेल दुवैलाई आरोपबाट सफाइ दिएको थियो।\n\n| प्रतिवादी | निर्णय | लागू गरिएको कानुनी व्यवस्था |\n| --- | --- | --- |\n| दीर्घ नारायण कोईराला | सफाइ | साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५; प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) — आरोपदाबी पुष्टि नभएको |\n| गीता कोईराला पौडेल | सफाइ | साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग; प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ — सम्पत्ति जफतको आधार नरहेको |\n\n**पुनरावेदन**\n\n\n---\n\nउक्त फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको छ। उक्त पुनरावेदन **(मुद्दा नं.००८१-CR- २५३५)** हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।","key_allegations":["प्रतिवादी दीर्घ नारायण कोईरालाले सार्वजनिक पदमा रहँदा (मिति २०४६।०२।०२ देखि २०७८।११।१२ सम्मको अवधिमा) आर्जन गरेको वैध आय रु.८१,८६,९९६।३१ को तुलनामा रु.२,०७,८३,३४९।८५ खर्च तथा लगानी गरी रु.१,२५,९६,३५३।५५ बराबरको सम्पत्ति आर्जनको वैध स्रोत पुष्टि गर्न नसकेको र सोमध्ये केही सम्पत्ति श्रीमती गीता कोईराला पौडेलको नाममा जग्गा खरिद, घर निर्माण र बैंक मौज्दातका रूपमा राखी लुकाएको भन्दै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी कसुरमा अभियोग दायर गरिएको।"],"timeline":[{"date":"1989-05-15","title":"सेवा प्रवेश","date_bs":"2046-02-02","description":"दीर्घ नारायण कोईराला चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा रेन्जर पदमा नियुक्त भई मिति २०४६।०२।०२ गते कार्यालयमा हाजिर भएका थिए। यही मितिबाट पछि गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धान अवधि गणना गरिएको थियो।"},{"date":"2021-08-13","title":"उजुरी दर्ता","date_bs":"2078-04-29","description":"डिभिजन वन कार्यालय, राप्ती मनहरीमा कार्यरत दीर्घ नारायण कोईराला लगायत कर्मचारीहरूले चिउरी प्रशोधन उद्योगका लागि मेसिन खरिद र भवन निर्माण कार्यमा प्रक्रियागत, नीतिगत र आर्थिक अनियमिता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी (उ.द.नं. C-004181) दर्ता भएको थियो।"},{"date":"2022-02-24","title":"सम्पत्ति विवरण पेश","date_bs":"2078-11-12","description":"दीर्घ नारायण कोईरालाले आयोगसमक्ष आफ्नो सम्पत्ति विवरण फाराम बुझाएका थिए। यही मितिलाई आयोगले गैरकानूनी सम्पत्ति अनुसन्धानको जाँच अवधिको अन्तिम बिन्दु कायम गरेको थियो।"},{"date":"2023-04-18","title":"विस्तृत अनुसन्धानको निर्णय","date_bs":"2080-01-05","description":"प्रारम्भिक छानबिनमा दीर्घ नारायण कोईरालाको समग्र आय भन्दा व्यय बढी देखिएकोले आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २० बमोजिम विस्तृत अनुसन्धान गर्ने निर्णय गरेको थियो।"},{"date":"2024-01-08","title":"आरोपपत्र दायर","date_bs":"2080-09-23","description":"अनुसन्धानपश्चात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीर्घ नारायण कोईराला र गीता कोईराला पौडेल विरुद्ध विशेष अदालत, काठमाडौंमा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको थियो।"},{"date":"2024-04-26","title":"प्रतिवादीहरूको बयान","date_bs":"2081-01-14","description":"दीर्घ नारायण कोईराला र गीता कोईराला पौडेल दुवैले विशेष अदालतसमक्ष उपस्थित भई आरोप अस्वीकार गर्दै आफ्नो बयान गरेका थिए।"},{"date":"2024-07-14","title":"विशेष अदालतको फैसला","date_bs":"2081-03-30","description":"विशेष अदालतले जाँच अवधिको समग्र आय-व्ययको पुनर्गणना गरी नखामेको रकम सर्वोच्च अदालतले तोकेको दश प्रतिशतको सीमाभन्दा कम रहेको ठहर गर्दै दीर्घ नारायण कोईराला र गीता कोईराला पौडेल दुवैलाई आरोपित कसुरबाट सफाइ दिएको थियो।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/ciaa_press_release/2540","additional_details":"यो आयोगको आधिकारिक आरोपपत्र दायरीसम्बन्धी प्राथमिक अभिलेख हो, जसले प्रस्तुत मुद्दाको केन्द्रीय आरोप — दीर्घ नारायण कोईरालाले वैध आयभन्दा बढी रु.१,२५,९६,३५३।५५ बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको — लाई बिगो, ऐनका दफा र मागदावीसहित सीधै पुष्टि गर्दछ। यसले श्रीमती गीता पौडेल कोईरालाको नाममा जग्गा खरिद, घर निर्माण र बैंक मौज्दातमार्फत सम्पत्ति राखेको आरोपको आधार पनि प्रत्यक्ष रूपमा बोक्ने भएकोले मुद्दाको प्रमुख प्रमाणका रूपमा रहन्छ।","material":{"display_name":"डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत (अधिकृत दशौ तह) दीर्घ नारायण कोईराला उपर रु.१,२५,९६,३५३।५५ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।","material_type":"press_release","urls":[{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2540. डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत (अधिकृत दशौ तह) दीर्घ नारायण कोईराला उ - 2.pdf","role":"RAW"},{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2540. डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत (अधिकृत दशौ तह) दीर्घ नारायण कोईराला उ - 1.doc","role":"ALTERNATE"},{"link":"https://ciaa.gov.np/pressrelease/2540","role":"SOURCE_PAGE"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/special.080-cr-0085","additional_details":"यो फैसला यस मुद्दाको आधिकारिक न्यायिक अभिलेख हो, जसले दीर्घ नारायण कोईरालाले वैध आयभन्दा बढी रु. १ करोड २६ लाख बराबर स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपको अनुसन्धान अवधि, आय–व्ययको आधार र पक्षहरूको कानूनी स्थिति स्थापित गर्छ। यसले विशेष गरी वैध आय (तलब भत्ता, कृषि आय, छोरीको पारिश्रमिक) र श्रीमती गीता कोईराला पौडेलको नाममा रहेको सम्पत्तिसम्बन्धी आरोपहरूको मूल्याङ्कनमा प्राथमिक अभिलेखका रूपमा प्रत्यक्ष प्रमाणिक भार बोक्छ।","material":{"display_name":"Special Court verdict: 080-CR-0085 · Illegal acquisition of property","material_type":"court_order","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/court-orders/special/080-CR-0085.1.doc","role":"RAW"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260608.b12b136d","additional_details":"यो समाचार सामग्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत दीर्घ नारायण कोईरालाविरुद्ध रु. १ करोड २५ लाख ९६ हजार ३५३ बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जनको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको तथ्यलाई पुष्टि गर्ने सहायक/पुष्ट्याइँकारी अभिलेखका रूपमा रहन्छ। यसले मुख्यतया वैध आयभन्दा बढी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोप र वैध आय रु. ८१ लाखभन्दा बढी देखिएको विवरणसँग सम्बन्ध राख्छ, तर यो आयोगको विज्ञप्तिमा आधारित समाचार प्रतिवेदन भएकाले प्राथमिक अभिलेख नभई पृष्ठभूमि एवं पुष्ट्याइँ सामग्रीको हैसियत राख्छ।","material":{"display_name":"Headline Nepal : Online News Portal | Corruption Case Been Filed Against The Forest Officer","material_type":"news","urls":[{"link":"https://english.headlinenepal.com/details/35790","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/521830aa7aee8fc7147fefb83fbd8cbcb172b5de2266cfe5b59015916c083813.md","role":"MARKDOWN"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/080-cr-0085","https://jawafdehi.org/courtcase/supreme/081-cr-2535"],"missing_details":"१.यस मुद्दाको आरोपपत्र सार्वजनिक भएको छैन भने यसमा उल्लिखित विवरणहरु विशेष अदालतको फैसलामा आधारित छन्।\n२.उक्त फैसला उपर पुनरावेदन परेको वा नपरेको यकिन गर्न सकिएको छैन।","bigo":12596353,"weight":0,"versionInfo":{"action":"published","datetime":"2026-08-08T16:27:41.507244+00:00"},"created_at":"2026-05-05T20:33:55.376480+05:45","updated_at":"2026-09-03T09:18:40.845638+05:45"}