{"id":83,"slug":"dhruvaraj-marasini-illegal-parceling-public-land","public_iri":"https://jawafdehi.org/case/dhruvaraj-marasini-illegal-parceling-public-land","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"बुटवल ९ख सार्वजनिक बाटो कित्ताकाट: नापी निरीक्षक ध्रुवराज मरासिनी लगायत विरुद्ध भ्रष्टाचार मुद्दा (080-CR-0084)","short_description":"ध्रुवराज मरासिनीसहितका प्रतिवादीहरूले नापी कार्यालय, बुटवलमा कार्यरत रहँदा ट्रेस नक्सा र फाइल नक्सामा फरक पारी सार्वजनिक बाटोको जग्गा (कि.नं. ४८६३) गैरकानूनी रूपमा कित्ताकाट गरी व्यक्तिको नाममा दर्ता तथा खरिदबिक्री गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगका अनुसार सरकारी नापी तथा मालपोत अभिलेखमा अनधिकृत हेरफेर गरी सार्वजनिक जग्गालाई निजी स्वामित्वमा पुर्‍याइएको थियो। विशेष अदालतले प्रतिवादीहरूलाई सफाइ दिएको भए पनि अख्तियारले प्रमाणको मूल्याङ्कन र कानुनी व्याख्यामा त्रुटि भएको जिकिर गर्दै उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ।","authors":[{"slug":"sambhav-koirala","display_name":"Sambhav Koirala","name_ne":"सम्भव कोइराला","photo_url":"https://jawafdehi.org/assets/teammembers/sambhav.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-07-22","public_edit_history":[],"public_notes":"Case Drafted by Sambhav Koirala.\nInitially published on 2026/07/22","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/1fe75dff096775ef3fb4747f9d7e04dd5f2ac4615142b9974f2b733b4483f319.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/4d4f95158d9f7ced9e7f7582cf9f19d9bff7beeaa8db30f159e6db81e5cbf7d7.webp 400w, https://s3.jawafdehi.org/case_uploads/05b7bdb0873200f61133c63a7698097b325cb0d00c7078405da64a5741e8603a.webp 800w, https://s3.jawafdehi.org/case_uploads/1fe75dff096775ef3fb4747f9d7e04dd5f2ac4615142b9974f2b733b4483f319.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/ab617250f3b3dd626305bb81450d551a41c26348a0b3f9c89a603b66de528260.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/08316ca44df378b2eef971f484a128601936a284ff652de90de3bbb771c20b70.webp 640w, https://s3.jawafdehi.org/case_uploads/2e5d315d78a85b08336e17131d10e7906b070daf32d13b722447273c4e2fc70c.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/ab617250f3b3dd626305bb81450d551a41c26348a0b3f9c89a603b66de528260.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":376,"banner_image_id":292,"thumbnail_url":"","banner_url":"","case_start_date":"2024-01-08","case_end_date":"2024-05-29","dates":{"stages":[{"end":"2024-05-29","stage":"initial","start":"2024-01-08","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/080-cr-0084"}]},"status":"concluded","case_track":null,"status_override":null,"proceedings_started_on":"2024-01-08","proceedings_decided_on":"2024-05-29","appeal_verdicts":{},"appeal_parties":{},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/location/localunit/butwal-sub-metropolitian-city-50802","display_name":"Butwal Sub-Metropolitan City","entity_type":"AdministrativeArea,jawafdehi:SubMetropolitanCity","type":"location","outcome":null,"notes":"विवादित जग्गा पर्ने स्थानीय तह","name":{"en":"Butwal Sub-Metropolitan City","ne":"बुटवल उपमहानगरपालिका"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/malapota-karyalaya-butavala-28521f","display_name":"Land Revenue Office Butwal","entity_type":"Organization","type":"related","outcome":null,"notes":"स्वामित्व हस्तान्तरण दर्ता गर्ने मालपोत कार्यालय","name":{"en":"Land Revenue Office Butwal","ne":"मालपोत कार्यालय बुटवल"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/haribahadura-srestha-7fa6ef","display_name":"Haribahadur Shrestha","entity_type":"Person","type":"related","outcome":null,"notes":"बीचमा जग्गा आफ्नो नाममा ल्याई हालका जग्गाधनीलाई बिक्री गर्ने जग्गाधनी","name":{"en":"Haribahadur Shrestha","ne":"हरिबहादुर श्रेष्ठ"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/napi-karyalaya-butavala-rupandehi-fdfa6f","display_name":"Measurement Office, Butwal, Rupandehi","entity_type":"Organization","type":"related","outcome":null,"notes":"विवादित कित्ताकाट भएको नापी कार्यालय","name":{"en":"Measurement Office, Butwal, Rupandehi","ne":"नापी कार्यालय, बुटवल, रुपन्देही"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/mana-prasada-srestha-18bef4","display_name":"Man Prasad Shrestha","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"हालको जग्गाधनी — कित्ताकाट बदर प्रयोजनार्थ प्रतिवादी","name":{"en":"Man Prasad Shrestha","ne":"मान प्रसाद श्रेष्ठ"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/nanda-bahadura-kalathapa-917b50","display_name":"Nand Bahadur Kalathapa","entity_type":"Person","type":"accused","outcome":"abated","notes":"साविक जग्गाधनी — विवादित कि.नं. ४८६३ निजको नाममा दर्ता","name":{"en":"Nand Bahadur Kalathapa","ne":"नन्द बहादुर कालाथापा"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/sivanatha-mandala-9262e9","display_name":"Shivanath Mandal","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"तत्कालीन सर्वेक्षक, नापी कार्यालय बुटवल","name":{"en":"Shivanath Mandal","ne":"शिवनाथ मण्डल"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/dhruvaraja-marasini-a5edd8","display_name":"Dhruraj Marasini","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"तत्कालीन नापी निरीक्षक, नापी कार्यालय बुटवल","name":{"en":"Dhruraj Marasini","ne":"ध्रुवराज मरासिनी"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/saukata-ali-kha-041015","display_name":"Shaukat Ali Khan","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"तत्कालीन अमिन, नापी कार्यालय बुटवल","name":{"en":"Shaukat Ali Khan","ne":"शौकत अलि खाँ"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/rupandehi-np0548","display_name":"Rupandehi","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Rupandehi","ne":"रुपन्देही"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/province/lumbini-np05","display_name":"Lumbini Province","entity_type":"AdministrativeArea,jawafdehi:Province","type":"location","outcome":null,"notes":"","name":{"en":"Lumbini Province","ne":"लुम्बिनी प्रदेश"},"image":null}],"tags":["CIAA","Corruption","Land Management","Forged Documents","Illegal Property Acquisition","Lumbini"],"description":"### क) अभियोगदावीको सार\n\nअख्तियार दुरुपयोग अनुसन्धान आयोगले वि.सं. २०८०-०९-२३ गते विशेष अदालत, काठमाडौंमा दायर गरेको आरोपपत्रअनुसार, जिल्ला रुपन्देही, बुटवल उपमहानगरपालिका वडा नं. १३ (साविक बुटवल नगरपालिका वडा नं. ९ख) स्थित फाईल नक्सा नं. ५५५ अन्तर्गत सार्वजनिक बाटोका रूपमा रहेको कि.नं. ४८६३ (क्षेत्रफल ०–३–९¾), तत्कालीन जग्गाधनी नन्द बहादुर कालाथापाको नाममा दर्ता रहेको जग्गालाई वि.सं. २०६३-०६-२९ गते ट्रेस नक्सा तयार गरी गैरकानूनी रूपमा कित्ताकाट गरिएको आरोप लगाइएको थियो। आरोपपत्रअनुसार उक्त सार्वजनिक जग्गाबाट कि.नं. ५९७८ (क्षेत्रफल ०–०–६) र कि.नं. ५९७९ (क्षेत्रफल ०–३–३¾) कायम गरिएकामा कि.नं. ५९७९ साविक जग्गाधनीकै नाममा राखिएको तर कि.नं. ५९७८ लाई मूल फाईल नक्साबाट हटाई फाईल नक्सा नं. ५९८ मा समावेश गरी हरि बहादुर श्रेष्ठमार्फत हालका जग्गाधनी मान प्रसाद श्रेष्ठको नाममा स्वामित्व हस्तान्तरण गरिएको अभियोग दाबी लिइएको थियो।\n\nयस मुद्दामा अख्तियारले देहायका आधारमा अभियोगदावी लिएको देखिन्छः\n\n**१.** सार्वजनिक बाटो रहेको जग्गालाई कित्ताकाट गरी व्यक्तिविशेषको नाममा दर्ता गरी सार्वजनिक बाटोको क्षेत्रफल घटाएको र व्यक्तिलाई नै लाभ हुने किसिमले खरिदविक्री गराइएको।\n\n**२.** सरकारी फाईल नक्सा नम्बरसमेत फरक पारी जिल्ला रुपन्देही साविक बुटवल ९ख को कि.नं. ३०४७ लाई फिल्डबाटै गायब हुने गरी अभिलेख तयार/रुजु/प्रमाणित गरिएको।\n\n**३.** यी कार्यबाट नापी कार्यालयका कर्मचारीहरूले व्यक्तिलाई गैरकानूनी लाभ र सार्वजनिक जग्गामा हानी पुर्‍याएको।\n\nउक्त उजुरीमाथि अनुसन्धान गर्ने क्रममा नापी कार्यालयका स्थलगत निरीक्षण प्रतिवेदन, सर्वेक्षक देवीप्रसाद सापकोटाको प्रतिवेदन, बुटवल उपमहानगरपालिकाको पत्र, फाईल नक्सा नं. ५९८ सम्बन्धी नापी कार्यालयका अभिलेख तथा वि.सं. २०६३-०६-२९ को ट्रेस नक्सा र राजिनामा लिखतलगायतका कागजात अध्ययन गरिएका थिए। यी कागजातका आधारमा सार्वजनिक बाटोको जग्गा गैरकानूनी रूपमा कित्ताकाट गरी फाईल नक्सासमेत परिवर्तन गरिएको निष्कर्षमा पुग्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो।\n\n**मागदाबी**\n\n| प्रतिवादी | भूमिका/अभियोग | बिगो | मागदावी |\n| --------- | ------------- | ---- | ------- |\n| ध्रुवराज मरासिनी | तत्कालीन नापी निरीक्षक — ट्रेस नक्सा तयार गरी कित्ताकाट गरी प्रमाणित गर्ने | उल्लेख छैन | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ तथा ८(१) बमोजिम कैद र जरिवाना |\n| शिवनाथ मण्डल | तत्कालीन सर्वेक्षक — रुजु गर्ने | उल्लेख छैन | भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ११ तथा ८(१) बमोजिम कैद र जरिवाना |\n| शौकत अलि खाँ | तत्कालीन अमिन — तयार गर्ने | उल्लेख छैन | भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ११ तथा ८(१) बमोजिम कैद र जरिवाना |\n| नन्द बहादुर कालाथापा | साविक जग्गाधनी — कर्मचारीसँग मिलेमतो गरी फाईल नक्सा परिवर्तन गराई क्षेत्रफल घटाउने/खरिदविक्री | उल्लेख छैन | भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ८(१) अन्तर्गत; मृत्यु भइसकेकोले मुलुकी.फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३३ बमोजिम सजाय दाबी नगरी जग्गा सार्वजनिक कायम गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी |\n| मान प्रसाद श्रेष्ठ | हालको जग्गाधनी — कि.नं. ५९७८ पछि खरिद गर्ने | उल्लेख छैन | भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ४७ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कित्ताकाट बदर गरी सार्वजनिक बाटो कायम गर्ने प्रयोजनका लागि प्रतिवादी (सजाय दाबी होइन) |\n\n### ख) प्रतिवादीको बयानको सार\n\n| क्र.सं | प्रतिवादी | भूमिका | बयानको सार |\n| ------ | --------- | ------ | ---------- |\n| १ | ध्रुवराज मरासिनी | तत्कालीन नापी निरीक्षक | आरोपित कसूरमा इन्कार; कित्ताकाट आफ्नो कर्तव्यभित्रको अधिकारप्राप्त कार्य भएको र गैरकानूनी सच्याउने/बदनियत नभएको जिकिर। |\n| २ | शिवनाथ मण्डल | तत्कालीन सर्वेक्षक | आरोपित कसूरमा इन्कार; रुजु प्रक्रिया कार्यालयको नियमित कार्य भएको र बदनियत नभएको बयान। |\n| ३ | शौकत अलि खाँ | तत्कालीन अमिन | इन्कार; फाईल नक्सा नं. ५९८ मा मसी भरिएको कार्य \"भुलवस\" भएको स्वीकार गर्दै गैरकानूनी मनसाय नभएको जिकिर। |\n| ४ | मान प्रसाद श्रेष्ठ | हालको जग्गाधनी | इन्कार; मिति वि सं २०६३-०७-३० मा हरि बहादुर श्रेष्ठबाट रु. २२ लाखमा कि.नं. ५९७८ खरिद गरेको, खरिद बखत जग्गामा सार्वजनिक बाटो नजनिएको र कित्ताकाटमा संलग्नता नभएको बयान। |\n| ५ | नन्द बहादुर कालाथापा | साविक जग्गाधनी | मिति वि सं २०७२-०३-०५ मा मृत्यु भइसकेकोले म्याद जारी नगरिएको; बयान लिइएन। |\n\n### ग) विशेष अदालतको फैसलाको सार\n\nविशेष अदालतले अख्तियारले लगाएको भ्रष्टाचारसम्बन्धी अभियोग प्रमाणित हुन नसकेको निष्कर्षसहित सबै प्रतिवादीलाई आरोप दाबीबाट सफाइ दिएको देखिन्छ।\n\nअदालतले निर्णयार्थ तीन प्रश्न (कसूर भए/नभएको, संलग्नता, सजाय) तय गरी देहायबमोजिम तर्क राख्यो:\n\n* **दफा ११ बारे:** अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ आकर्षित हुन सरकारी अभिलेख पहिले नै तयार भइसकेपछि त्यसमा अनधिकृत रूपमा सच्याउने, केरमेट गर्ने वा हेरफेर गरिएको हुनुपर्ने उल्लेख गरेको छ। तर प्रस्तुत मुद्दामा प्रतिवादीहरू नापीसम्बन्धी कार्य गर्ने अधिकारप्राप्त कर्मचारी नै रहेको र उनीहरूले पहिलेको अभिलेख संशोधन गरेको नभई कित्ताकाटकै क्रममा फाईल नक्सा नं. ५५५ को सट्टा फाईल नक्सा नं. ५९८ मा मसी भरिएको देखिएको अदालतले जनाएको छ।  प्रतिवादीहरुले समेत यो कार्य बदनियतवश नभई भूलवश भएको स्वीकार गरेको अवस्थामा यसलाई दफा ११ अन्तर्गत सरकारी अभिलेखमा गैरकानूनी हेरफेर भएको कसूर मान्न नमिल्ने निष्कर्ष अदालतले निकालेको छ।\n\n* **दफा ८(१) बारे:** अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) अन्तर्गत कसूर स्थापित हुन राष्ट्रसेवकले आफू वा अरू कसैलाई गैरकानूनी लाभ वा नेपाल सरकारलाई हानि पुर्‍याउने बदनियतका साथ कार्य गरेको प्रमाणित हुनुपर्ने उल्लेख गरेको छ। साथै, प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार यस्तो बदनियत प्रमाणित गर्ने दायित्व वादी पक्षकै हुने अदालतले स्पष्ट गरेको छ। प्रस्तुत मुद्दामा प्रतिवादीहरूले बदनियतपूर्वक कार्य गरेको पुष्टि गर्ने कुनै प्रत्यक्ष वा परिस्थितिजन्य प्रमाण पेश हुन नसकेको र फौजदारी मुद्दामा कसूर ठहर गर्न अभियुक्तको दोष वस्तुनिष्ठ प्रमाणबाट पूर्ण रूपमा स्पष्ट (crystal clear) हुनुपर्ने मापदण्ड पूरा नभएकाले अभियोग स्थापित हुन नसक्ने निष्कर्ष अदालतले निकालेको छ।\n\n* **सार्वजनिक जग्गा/बिगो बारे:** अदालतले विवादित कि.नं. ५९७८ साविक कि.नं. ४८६३ बाट कित्ताकाट भई कायम भएको र कि.नं. ४८६३ को मूल दर्ता अद्यापि नन्द बहादुर कालाथापाकै नाममा रहेको तथ्यलाई महत्त्व दिएको छ। यस्तो अवस्थामा उक्त जग्गा वास्तवमै सार्वजनिक बाटो रहेको प्रमाणित भए मालपोत ऐन, २०३४ को दफा २४(२) बमोजिम सम्बन्धित मालपोत अधिकृतले जुनसुकै बेला त्यस्तो दर्ता बदर गरी पुनः सार्वजनिक वा सरकारी जग्गाका रूपमा कायम गर्न सक्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै अदालतले यस मुद्दामै कित्ताकाट बदर गर्ने आदेश दिन आवश्यक नदेखेको हो। साथै, आरोपपत्रमा कुनै निश्चित बिगो दाबी नगरिएको र अदालतले पनि कुनै बिगो कायम वा असुल गर्ने आदेश दिएको छैन।\n\n* **मान प्रसाद श्रेष्ठ:** अदालतले मान प्रसाद श्रेष्ठको हकमा सार्वजनिक जग्गालाई व्यक्तिको नाममा दर्ता गराउने वा त्यसको गैरकानूनी खरिद–बिक्रीमा निजको कुनै संलग्नता प्रमाणित नभएको उल्लेख गरेको छ। बरु, निजले वि.सं. २०६३-०७-३० गते रु. २२ लाखमा जग्गा खरिद गर्दा उक्त जग्गा सार्वजनिक बाटोका रूपमा अभिलेखमा नदेखिएको, त्यसपछि करिब १७ वर्षसम्म स्वामित्व वा भोगचलनमा कुनै कानुनी विवाद नउठेको तथा वडा कार्यालय, बैंकसम्बन्धी अभिलेख, कर तिरेको प्रमाण र साक्षीहरूको बयानले पनि निजको जिकिरलाई समर्थन गरेको आधारमा अदालतले निजलाई अभियोगबाट सफाइ दिएको हो। साथै, सहप्रतिवादी नन्द बहादुर कालाथापाको मुद्दाको सुनुवाइअघि नै मृत्यु भइसकेकाले निजका हकमा म्याद जारी नगरी थप कुनै कारबाही आवश्यक नरहेको अदालतले उल्लेख गरेको छ।\n\n### घ) निष्कर्ष \n\nसमग्रमा, अभियोजन पक्षले प्रतिवादीहरूले सरकारी अभिलेखमा गैरकानूनी हेरफेर गरेको वा सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गरी बदनियतपूर्वक गैरकानूनी लाभ पुर्‍याएको तथ्य वस्तुनिष्ठ प्रमाणबाट पुष्टि गर्न नसकेको निष्कर्षमा विशेष अदालत पुगेको छ। फाईल नक्सामा देखिएको त्रुटिलाई मात्र भ्रष्टाचारजन्य कसूर मान्न पर्याप्त कानुनी आधार नरहेको तथा प्रतिवादीहरूको बदनियत पनि प्रमाणित हुन नसकेकाले शौकत अली खाँ, ध्रुवराज मरासिनी, शिवनाथ मण्डल र मान प्रसाद श्रेष्ठलाई आरोपित कसूरबाट सफाइ दिइएको छ।","key_allegations":["नापी कार्यालय बुटवलका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसमेतका नापी कर्मचारीहरूले बुटवल उपमहानगरपालिका वडा नं. १३ साविक बुटवल ९ख स्थित सार्वजनिक बाटो कायम कि.नं. ४८६३ को जग्गा २०६३।६।२९ मा ट्रेस नक्सा र फाइल नक्सा फरक पारी कित्ताकाट गरेर व्यक्तिका नाममा दर्ता तथा खरिदबिक्री गराई सार्वजनिक बाटोको जग्गामा हानी पुर्‍याएका (बिगो रकम उल्लेख नभएको।)","तत्कालीन सर्वेक्षक शिवनाथ मण्डल र अमिन शौकत अलि खाँले सार्वजनिक बाटोको जग्गा व्यक्तिविशेषमा दर्ता हुने गरी सरकारी नक्सा सच्याउने, रुजु गर्ने र तयार गर्ने काममा संलग्न भई साविक बुटवल ९ख को कि.नं. ३०४७ फिल्डबाटै गायब हुने अवस्था बनाएका।","जग्गाधनी नन्द बहादुर कालाथापाले नापी कर्मचारीहरूसँग मिलेमतो गरी फाइल नक्सा परिवर्तन गराई सार्वजनिक बाटोको क्षेत्रफल घटाउने र सो जग्गा व्यक्तिगत लाभका लागि खरिदबिक्री गराउने काम गरेका।"],"timeline":[{"date":"2006-01-26","title":"सार्वजनिक बाटो सम्बन्धी सरकारी निर्णय","date_bs":"2062-10-13","description":"श्री ५ को सरकार (विभागीय मन्त्रिस्तरीय) बाट प्लटिङ्ग वा कित्ताकाट गरी बिक्री गरिने जग्गामा आवातजावतको सार्वजनिक बाटो कायम गर्ने तथा व्यक्तिको नाममा रहेको बाटोको स्रेस्ता खारेज गरी सार्वजनिक बाटो कायम गराउने निर्णय।"},{"date":"2006-01-30","title":"सरकारको निर्णको परिपत्र","date_bs":"2062-10-17","description":"भूमिसुधार तथा व्यवस्था विभागको च.नं. २४७८ को पत्रमार्फत मिति २०६२-१०-१३ को विभागीय मन्त्रिस्तरीय निर्णयको परिपत्र जारी।"},{"date":"2006-10-15","title":"ट्रेस नक्सा तयार गरी कित्ताकाट गरेको आरोप","date_bs":"2063-06-29","description":"जिल्ला रुपन्देही साविक बुटवल ९ख, फाईल नक्सा ५५५ को सार्वजनिक बाटो कायम कि.नं. ४८६३ (क्षेत्रफल ०-३-९३/४) को ट्रेस नक्सा तयार गरी कित्ताकाट गरी कि.नं. ५९७८ (०-०-६) र ५९७९ (०-३-३३/४) कायम गरी, कि.नं. ५९७८ लाई फाईल नक्सा नं. ५९८ मा पारी हरि बहादुर श्रेष्ठ (मल्ल) को नाममा मालपोतको राजिनामा लिखत तयार गरेको आरोप।"},{"date":"2006-11-16","title":"कि.नं. ५९७८ रु. २२ लाखमा खरिद गरेको","date_bs":"2063-07-30","description":"मान प्रसाद श्रेष्ठले हरि बहादुर श्रेष्ठ (मल्ल) बाट कि.नं. ५९७८ रु. २२ लाखमा खरिद गरेको।"},{"date":"2017-04-10","title":"अख्तियारमा उजुरी दर्ता","date_bs":"2073-12-28","description":"कि.नं. ३०४७ फिल्डमा नभएको/गायब भएको भन्ने उजुरी निवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमामा दर्ता।"},{"date":"2017-05-08","title":"अख्तियारको अनुसन्धान सुरु","date_bs":"2074-01-25","description":"अख्तियारले च.नं. २१७७ को पत्रमार्फत राय माग गरी अनुसन्धान अघि बढाएको; त्यसपछि २०७४–२०८० अवधिमा सर्वेक्षकहरूको स्थलगत निरीक्षण प्रतिवेदन तथा नापी/मालपोत कार्यालयका पत्रहरू संकलन।"},{"date":"2017-05-15","title":"पहिलो स्थलगत निरीक्षण","date_bs":"2074-02-01","description":"नापी कार्यालयको प्रतिवेदनमा कि.नं. ३०४७ फिल्डमा नभएको उल्लेख।"},{"date":"2017-08-24","title":"नापी प्रतिवेदन","date_bs":"2074-05-08","description":"नापी कार्यालयले नक्सा र फिल्ड नमिलेको प्रतिवेदन पेश गरेको।"},{"date":"2019-09-18","title":"पुनः स्थलगत प्रतिवेदन","date_bs":"2076-06-01","description":"ज्ञानेश्वर पन्थ र शालिग्राम सुवेदीले स्केच नक्सासहित स्थलगत प्रतिवेदन तयार गरेको।"},{"date":"2019-10-12","title":"नापीको विस्तृत विश्लेषण","date_bs":"2076-06-25","description":"नापी कार्यालयले कि.नं. ३०४७, ३०४९ लगायतका कित्ता सरेको निष्कर्षसहित पत्र पठायो।"},{"date":"2019-11-26","title":"ट्रेस नक्सा पेश","date_bs":"2076-08-10","description":"२०६३ को ट्रेस नक्सा र राजिनामा लिखत अनुसन्धानमा पेश गरेको।"},{"date":"2021-07-02","title":"फाइल नक्सा पुष्टि","date_bs":"2078-03-18","description":"नापी कार्यालयले कि.नं. ५९७८ र ५९७९ फरक फाइल नक्सामा रहेको पुष्टि गरेको।"},{"date":"2024-01-08","title":"अख्तियारको प्रेस विज्ञप्ति — आरोपपत्र दायर","date_bs":"2080-09-23","description":"अख्तियारले मिति २०८०।०९।२३ मा प्रेस विज्ञप्तिमार्फत नापी कार्यालय बुटवलका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसमेत ५ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र दफा ८(१)(ज) अन्तर्गत आरोपपत्र दायर गरेको सार्वजनिक जानकारी। सहायक प्रवक्ता देवी प्रसाद थपलिया।"},{"date":"2024-01-08","title":"विशेष अदालतमा आरोपपत्र दायर / मुद्दा दर्ता","date_bs":"2080-09-23","description":"अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा नं. 2080-CR-0084 दर्ता गराई आरोपपत्र दायर गरेको।"},{"date":"2024-05-29","title":"विशेष अदालतको फैसला — सबै प्रतिवादीलाई सफाई","date_bs":"2081-02-16","description":"विशेष अदालतले बदनियत र भ्रष्टाचार प्रमाणित नभएको भन्दै सबै प्रतिवादीलाई सफाइ दियो।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/ciaa_press_release/2541","additional_details":"यो आयोगको आधिकारिक प्रेस विज्ञप्ति यस मुद्दामा दायर भएको आरोपपत्र, प्रतिवादीहरूको पहिचान तथा लगाइएका कसुरको प्राथमिक अभिलेख हो।","material":{"display_name":"नापी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।","material_type":"press_release","urls":[{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2541. नापी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसमेत ५ जना उ - 2.pdf","role":"RAW"},{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2541. नापी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसमेत ५ जना उ - 1.doc","role":"ALTERNATE"},{"link":"https://ciaa.gov.np/pressrelease/2541","role":"SOURCE_PAGE"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/special.080-cr-0084","additional_details":"यो फैसला यस मुद्दाको निर्णायक प्राथमिक अभिलेख हो। यसमा अभियोग दाबी, प्रतिवादीहरूको बयान, स्थलगत प्रतिवेदन, साक्षी बकपत्र तथा अन्य प्रमाणहरूको मूल्यांकन गर्दै आरोप पुष्टि हुन नसकेको निष्कर्षसहित अन्तिम फैसला गरिएको छ।","material":{"display_name":"080-CR-0084 आदेश","material_type":"court_order","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/court-orders/special/080-CR-0084.1.doc","role":"RAW"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260608.92d1251e","additional_details":"यो समाचारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ध्रुवराज मरासिनीसमेत पाँच जनाविरुद्ध सार्वजनिक जग्गा गैरकानूनी रूपमा कित्ताकाट गरी व्यक्तिको नाममा दर्ता गराएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको तथ्यलाई पुष्टि गर्ने पृष्ठभूमि स्रोतका रूपमा कार्य गर्छ।","material":{"display_name":"सार्वजनिक जग्गा गायब पार्ने नापी निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा","material_type":"news","urls":[{"link":"https://www.janaaastha.com/story/149027","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/82a329f08be8032956688abcff73872f2a555406fc1bb9e6f83d80cb9c800575.md","role":"MARKDOWN"},{"link":"https://web.archive.org/web/20260612201401/https://www.janaaastha.com/story/149027","role":"PERMALINK"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260608.0c45c22f","additional_details":"यस मु्द्दाको सन्दर्भमा छापिएको समाचार।","material":{"display_name":"विशेष अदालतको फैसला विरुद्ध अख्तियार सर्वोच्चमा - Nepal Prasashan Nepal Prasashan","material_type":"news","urls":[{"link":"https://nepalprasashan.com/04/14/16489/2025/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/fb128de006233c8951e3c94fd989e1226d4ae8048f4fc8c933010e6518fba72b.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260608.bfbebf29","additional_details":"यसले विशेष अदालतको सफाइ फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको तथ्यलाई पुष्टि गर्नुका साथै ध्रुवराज मरासिनीविरुद्ध नापीसम्बन्धी अर्को मुद्दाको सन्दर्भ प्रस्तुत गर्छ।","material":{"display_name":"विशेषले सफाइ दिएको नापी र राष्ट्रिय निकुञ्जको दुई मुद्दामा सर्वोच्च ...","material_type":"news","urls":[{"link":"https://www.nayasawal.com/2025/04/13/21915/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/62c21fc1562b8a044ff123ad124077b47a8aa9bf0f0c1a7173fb7c1c71bf8716.md","role":"MARKDOWN"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/080-cr-0084"],"missing_details":"विशेष अदालतले मिति सर्वोच्चमा दायर गरेको आधिकारिक पुनरावेदन पत्र प्राप्त हुन सकेको छैन।","bigo":null,"weight":0,"versionInfo":{"action":"published","datetime":"2026-07-22T06:00:56.567954+00:00"},"created_at":"2026-05-05T20:33:50.780400+05:45","updated_at":"2026-09-03T09:18:37.033084+05:45"}