{"id":86,"slug":"chandra-singh-lama-embezzlement-080-cr-0067","public_iri":"https://jawafdehi.org/case/chandra-singh-lama-embezzlement-080-cr-0067","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"धारापानी हिले सामुदायिक वनको रु. ९.१३ लाख हिनामिना: अध्यक्ष चन्द्रसिंह लामा विरुद्ध मुद्दा (080-CR-0067)","short_description":"प्रतिवादीहरूद्वारा धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहको बैंक खाताबाट संयुक्त हस्ताक्षरमार्फत सार्वजनिक सम्पत्तिको हिनामिना तथा दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी अभियोग दायर गरेको थियो। समूहको अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगिता चौलागाईं र कोषाध्यक्ष माधवप्रसाद चौलागाईंले रु. ९.१३ लाखभन्दा बढी रकम हिनामिना गरेको आरोप लगाइएको थियो। विशेष अदालतले बदनियतपूर्वक सार्वजनिक सम्पत्ति हिनामिना गरेको तथ्य पुष्टि हुन नसकेको ठहर गर्दै तीनै प्रतिवादीलाई सफाइ दिएको थियो।","authors":[{"slug":"subodh-kandel","display_name":"Subodh Kandel","name_ne":"सुबोध कँडेल","photo_url":"https://jawafdehi.org/assets/teammembers/subodh.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-07-22","public_edit_history":[],"public_notes":"","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/a60290cc967028252574ed9164f6a15ef5258c84646b4e8e2695cbb139dfda3b.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/bc6fb1dda9f4a6ac4f9da718e76388ddaa72706c9d151b7ad50a94bffc1a8aad.webp 400w, https://s3.jawafdehi.org/case_uploads/d8ea0121155b4346a9f2be3582a88032d68d066e4f5654198d777f7b28c39580.webp 800w, https://s3.jawafdehi.org/case_uploads/a60290cc967028252574ed9164f6a15ef5258c84646b4e8e2695cbb139dfda3b.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/608edab19210df2f4d789f1c1b7961699b89eb6a95e8eaa2a080865f9c6880e2.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/4e5c2c1488a2d9ec120f445b581dedbf209030f0b9855b60ba0857640be224ea.webp 640w, https://s3.jawafdehi.org/case_uploads/3d4652097612d1de52ecf10c9c67b8d327f441674a79d2183ec85373018a20c3.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/608edab19210df2f4d789f1c1b7961699b89eb6a95e8eaa2a080865f9c6880e2.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":373,"banner_image_id":288,"thumbnail_url":"","banner_url":"","case_start_date":"2023-11-22","case_end_date":"2024-06-05","dates":{"stages":[{"end":"2024-06-05","stage":"initial","start":"2023-11-22","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/080-cr-0067"}]},"status":"concluded","case_track":null,"status_override":null,"proceedings_started_on":"2023-11-22","proceedings_decided_on":"2024-06-05","appeal_verdicts":{},"appeal_parties":{},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/person/madhava-prasada-caulagai-193c66","display_name":"Madhav Prasad Chaulagain","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"तत्कालीन कोषाध्यक्ष, धारापानी हिले सामुदायिक वन उपभोक्ता समूह — संयुक्त खाता सञ्चालक","name":{"en":"Madhav Prasad Chaulagain","ne":"माधव प्रसाद चौलागाइ"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/samgita-caulagai-f4201d","display_name":"Sangita Chaulagain","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"तत्कालीन सचिव, धारापानी हिले सामुदायिक वन उपभोक्ता समूह — संयुक्त खाता सञ्चालक","name":{"en":"Sangita Chaulagain","ne":"संगिता चौलागाइ"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/candrasimha-lama-7f3abd","display_name":"Chandrasingh Lama","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"तत्कालीन अध्यक्ष, धारापानी हिले सामुदायिक वन उपभोक्ता समूह — संयुक्त खाता सञ्चालक (मुख्य प्रतिवादी)","name":{"en":"Chandrasingh Lama","ne":"चन्द्रसिंह लामा"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/dharapani-hile-samudayika-vana-upabhokta-e2408f","display_name":"Dharapani Hile Community Forest User Group","entity_type":"Organization","type":"related","outcome":null,"notes":"वन ऐन बमोजिम गठित संस्था — हिनामिना भएको कोष","name":{"en":"Dharapani Hile Community Forest User Group","ne":"धारापानी हिले सामुदायिक वन उपभोक्ता समूह"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/dibhijana-vana-karyalaya-3818c4","display_name":"Division Forest Office","entity_type":"Organization","type":"related","outcome":null,"notes":"उपभोक्ता समूह दर्ता तथा नियमन गर्ने वन कार्यालय","name":{"en":"Division Forest Office","ne":"डिभिजन वन कार्यालय"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/province/bagmati-np03","display_name":"Bagmati Province","entity_type":"AdministrativeArea,jawafdehi:Province","type":"location","outcome":null,"notes":"मुद्दा सम्बन्धित प्रदेश","name":{"en":"Bagmati Province","ne":"वाग्मती प्रदेश"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/localunit/bhumlu-gaunpalika-30902","display_name":"Bhumlu Rural Municipality","entity_type":"AdministrativeArea,jawafdehi:RuralMunicipality","type":"location","outcome":null,"notes":"सामुदायिक वन रहेको गाउँपालिका (वडा नं. ४)","name":{"en":"Bhumlu Rural Municipality","ne":"भुम्लु गाउँपालिका"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/kavrepalanchok-np0324","display_name":"Kavrepalanchok","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"मुद्दा सम्बन्धित जिल्ला","name":{"en":"Kavrepalanchok","ne":"काभ्रेपलाञ्चोक"},"image":null}],"tags":["CIAA","Corruption","Local Government","Forestry","Embezzlement","Public Office Abuse","Bagmati","~9 Lakh 13 Hazar"],"description":"काभ्रेपलाञ्चोक जिल्ला, भुम्लु गाउँपालिका वडा नं. ४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूह, वन ऐन बमोजिम गठित र डिभिजन वन कार्यालयमा दर्ता भएको संगठित संस्था हो। समूहले काठ लगायतका वन पैदावारको बिक्री-वितरणबाट प्राप्त रकम आफ्नो छुट्टै कोषमा जम्मा गर्ने र सोबाट वन संरक्षण तथा विकास कार्यक्रम सञ्चालन गर्ने गरेको थियो। समूहको बैंक खाता नेपाल बैंक लिमिटेड, बनेपा शाखामा रहेको र सो खाता अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगिता चौलागाई र कोषाध्यक्ष माधवप्रसाद चौलागाईको संयुक्त दस्तखतबाट सञ्चालन हुने गरेको थियो।\n\n****आरोपपत्रको सार****\n\nअख्तियार समक्ष परेको उजुरीमा समूहका अध्यक्षले हिसाब-किताब नदेखाएको र २०७६ सालदेखि साधारण सभा नबसाई आफूखुसी रकम खर्च गरी हिनामिना गरेको भनी आरोप लगाइएकोमा, अनुसन्धानको क्रममा समूहको आर्थिक वर्ष २०७३।०७४ देखि २०७९।०८० सम्मका लेखा परीक्षण प्रतिवेदन र बैंक स्टेटमेन्ट भिडान गर्दा हिसाबमा भिन्नता देखिएको थियो। लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७३।०७४ को अन्तिम मौज्दात रु.२२,०७,३३९।- रहेकोमा सोपछिका वर्षहरूको जम्मा आम्दानी रु.८३,८८,२१७।९५ र जम्मा खर्च रु.४५,७३,२२०।- रहेको आधारमा आर्थिक वर्ष २०७९।०८० को अन्त्यमा समूहको कोषमा रु.३८,१४,९९७।९५ (अठतीस लाख चौध हजार नौ सय सन्तानब्बे रुपैयाँ पन्चानब्बे पैसा) मौज्दात रहनुपर्नेमा वास्तविक रूपमा बैंक खातामा रु.२९,०१,७१७।०५ (उनन्तीस लाख एक हजार सात सय सत्र रुपैयाँ पाँच पैसा) मात्र मौज्दात रहेको पाइएको थियो।\n\nयसरी हिसाब र वास्तविक मौज्दातबीच रु.९,१३,२८०।९० (नौ लाख तेह्र हजार दुई सय असी रुपैयाँ नब्बे पैसा) को भिन्नता देखिएकोमा प्रतिवादीहरू चन्द्रसिंह लामा, संगिता चौलागाई र माधवप्रसाद चौलागाईले आपसी मिलोमतोमा आफ्नो संयुक्त दस्तखतबाट समूहको उक्त बैंक खाताबाट सो रकम अनियमित रूपमा झिकी झिक्न लगाई नेपाल सरकार/सार्वजनिक संस्थाको सम्पत्ति लापरवाही तथा बदनियतपूर्वक हिनामिना र दुरुपयोग गरी निजी प्रयोगमा लगाएको भनि आरोप पत्रमा उल्लेख गरिएको थियो। तीनैजना प्रतिवादीलाई समान रूपमा र संयुक्त रूपमा उक्त कार्यमा संलग्न रहेको भनी आरोप लगाइएको थियो ।\n\n****बिगो:**** प्रतिवादीहरू तीनैजनालाई संयुक्त रूपमा रु.९,१३,२८०।९० (नौ लाख तेह्र हजार दुई सय असी रुपैयाँ नब्बे पैसा) बिगो कायम गरिएको थियो।\n\n****कानुनी आधार:**** प्रतिवादीहरू समुदायिक वन उपभोक्ता समूहका निर्वाचित पदाधिकारी भएकाले राष्ट्रसेवकको परिभाषाभित्र पर्ने र सार्वजनिक सम्पत्तिको हिनामिना, हानि-नोक्सानी वा दुरुपयोग गरेको आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको भनी अभियोग लगाइएको थियो। सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम कैद सजाय, दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र दफा १७ बमोजिम बिगो रकम प्रतिवादीहरूबाट असुल-उपर गरिलिन समेतको मागदाबी आरोप पत्रमा लिइएको थियो ।\n\n****प्रतिवादीहरूको बयान****\n\n****प्रतिवादी चन्द्रसिंह लामा (अध्यक्ष) र माधवप्रसाद चौलागाई (कोषाध्यक्ष):**** प्रतिवादी माधवप्रसाद चौलागाईले मिति २०८०।०८।१९ मा र प्रतिवादी चन्द्रसिंह लामाले मिति २०८०।०८।२६ मा विशेष अदालत समक्ष गरेको बयानमा उजुरीमा उल्लिखित बेहोरा झुट्टा रहेको, उपभोक्ता समूहको हिसाब-किताब नियमित रूपमा वार्षिक साधारण भेला बसी पारित भएको र सो भेलाबाट सर्वसम्मतिले अनुमोदन भएको जिकिर लिएका थिए। लेखा परीक्षण प्रतिवेदनबमोजिमको हिसाब दुरुस्त रहेको, बैंकबाट रकम निकासा उपभोक्ता समूहको कार्यसमितिको निर्णयअनुसार नै भई खर्च भएको र नेपाल सरकारबाट मान्यताप्राप्त रजिष्टर्ड लेखा परीक्षकबाट लेखा परीक्षण भई प्रतिवेदन प्रकाशित भएको उल्लेख गरेका थिए। समूहको दैनिक तथा आकस्मिक कामको लागि केही रकम पेश्कीस्वरूप पदाधिकारीको जिम्मामा राखिएको हो र सो रकमको विवरण समेत लेखा परीक्षण प्रतिवेदनमा उल्लेख भएको भनी जिकिर गरेका थिए। आफूहरूले बदनियतपूर्वक कुनै रकम हिनामिना नगरेको, व्यक्तिगत प्रयोजनका लागि रकम नलिएको, संस्थालाई कुनै हानि-नोक्सानी नपुर्‍याएको र आफूहरूउपरको अभियोग दाबी पूर्णतः झुट्टा रहेको भन्दै बयानमा सफाइको माग गरेका थिए।\n\n**प्रतिवादी संगिता चौलागाई (सचिव):**  प्रतिवादी संगिता चौलागाईले मिति २०८०।०९।०१ मा विशेष अदालत समक्ष गरेको बयानमा आफू सचिव भए पनि समूहको आय-व्ययसम्बन्धी वास्तविक जानकारी आफूलाई नरहेको, हिसाब-किताब र खर्चसम्बन्धी सम्पूर्ण कार्य अध्यक्ष र कोषाध्यक्षले नै गर्ने गरेको जिकिर लिएकी थिइन्। संयुक्त खाता सञ्चालनको लागि आवश्यकताअनुसार अध्यक्ष र कोषाध्यक्षले भनेबमोजिम विश्वास गरी चेकमा हस्ताक्षर गर्ने गरेको र रकम हिनामिना भएको विषयमा उजुरी परेपछि मात्र थाहा पाएको बताएकी थिइन्। आफूले कुनै गलत मनसाय वा बदनियत राखी कुनै काम नगरेको, समूहबाट एक रुपैयाँ पनि व्यक्तिगत फाइदा नलिएको र आफूउपरको अभियोग दाबी झुट्टा रहेको भन्दै सफाइ माग गरेकी थिइन्।\n\n****विशेष अदालतको निर्णयको सार****\n\nअदालतले मुख्यतः ****(क)**** प्रतिवादीहरू राष्ट्रसेवकको परिभाषाभित्र पर्ने हुन् वा होइनन्  र प्रतिवादीहरू भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को दायराभित्र पर्ने हुन् वा होइनन् ?\n\n**(ख)** \nआरोपदाबी पुष्टि हुने हो वा होइन ? भन्ने विषयमा केन्द्रित रही निर्णय गरेको थियो।\n\nअदालतले धारापानी हिले सामुदायिक वन उपभोक्ता समूह वन ऐनबमोजिम गठित संगठित संस्था भएको र सोको पदाधिकारीहरू भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २ को खण्ड (घ)(१) बमोजिम राष्ट्रसेवकको परिभाषाभित्र पर्ने भन्ने ठहर गरेको थियो।\n\nराष्ट्रसेवक ठहरिए तापनि अदालतले हिनामिनाको कसुर पुष्टि हुनका लागि राष्ट्रसेवकले ओहदाको दुरुपयोग गरी जालसाजीपूर्वक सरकारी सम्पत्ति नासेमासेको वा निजी प्रयोगमा लगाएको अवस्था (fraudulent conversion) र गैरकानूनी लाभ लिनेदिने बदनियत (mala fide intention) दुवै तत्त्व स्थापित हुनुपर्ने भन्ने आधार लिएको थियो। यसै आधारमा हेर्दा लेखा परीक्षण प्रतिवेदनको हिसाब र बैंक मौज्दातबीचको फरक रकम रु.९,१३,२८०।९० देखिए पनि सो फरक पर्नुका विभिन्न कारण हुन सक्ने र सो रकम अध्यक्ष, कोषाध्यक्ष तथा एक सदस्यले समूहको आकस्मिक कामका लागि पेश्कीस्वरूप लिएको भन्ने बयानबाट देखिएकोले र बैंक मौज्दात फरक परेको आधारमा मात्र रकम हिनामिना गरेको अर्थ लगाउन नमिल्ने अदालतले ठहर गरेको थियो। साथै, समूहको पेश्की फछ्यौट लगायतका आन्तरिक आर्थिक विषयमा निर्णय गर्ने अधिकार समूहको साधारण सभाको रहेको र साधारण सभाले अन्तिम हिसाब-किताब नगर्दै नै रकम हिनामिना गरेको दाबी लिइएको हुँदा प्रतिवादीहरूले बदनियतपूर्वक रकम लिई खाई मासेको दाबी पुष्टि नहुने अदालतले ठहर गरेको थियो।\n\nअदालतले वादी पक्षले प्रतिवादीहरूले गैरकानूनी लाभ लिने वा संस्थालाई हानि पुर्‍याउने बदनियतले कार्य गरेको वस्तुनिष्ठ प्रमाणद्वारा पुष्टि गर्न नसकेको र संस्थाको कति सम्पत्ति वास्तवमै हानि-नोक्सानी भएको हो भन्ने कुरा समेत प्रमाणित हुन नसकेको निष्कर्ष निकालेको थियो। सोही आधारमा दाबीको रकमको आय-व्यय समूहको साधारण सभामा पेश गरी हिसाब-किताब गरी असुल-उपर गर्न सकिने देखिँदा आरोपदाबी पुष्टि हुन नसकेको ठहर गरी अदालतले प्रतिवादीहरू चन्द्रसिंह लामा, संगिता चौलागाई र माधवप्रसाद चौलागाई तीनैजनालाई आरोपित कसुरबाट सफाइ दिएको थियो।\n\n****निर्णयको:****\n\n| प्रतिवादी                       | निर्णय | आधार                                                     |\n| ------------------------------- | ------ | -------------------------------------------------------- |\n| चन्द्रसिंह लामा (अध्यक्ष)       | सफाइ   | गैरकानूनी लाभ वा बदनियत वस्तुनिष्ठ प्रमाणले पुष्टि नभएको |\n| संगिता चौलागाई (सचिव)           | सफाइ   | गैरकानूनी लाभ वा बदनियत वस्तुनिष्ठ प्रमाणले पुष्टि नभएको |\n| माधवप्रसाद चौलागाई (कोषाध्यक्ष) | सफाइ   | गैरकानूनी लाभ वा बदनियत वस्तुनिष्ठ प्रमाणले पुष्टि नभएको |\n\n\n**पुनरावेदन** \n\nविशेष अदालतको फैसला विरुद्ध मिति २०८१।०८।११ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको थियो। उक्त पुनरावेदनमा सर्वोच्च अदालतले मिति २०८२।०३।२० गते विशेष अदालतको फैसलालाई सदर गरेको थियो ।","key_allegations":["धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगिता चौलागाई र कोषाध्यक्ष माधवप्रसाद चौलागाईले आपसी मिलोमतोमा समूहको बैंक खाताबाट संयुक्त दस्तखतमार्फत बदनियतपूर्वक रकम झिकी रु. ९ लाख १३ हजारभन्दा बढी सार्वजनिक सम्पत्ति हिनामिना तथा दुरुपयोग गरेको।","प्रतिवादीहरूले लेखा परीक्षण प्रतिवेदनमा उल्लेख भएको मौज्दात रकम बैंक खातामा नराखी आफैं चलाई हिनामिना गरेको,","प्रतिवादीहरूले सामुदायिक वनको सम्पत्ति लापरवाही तथा बदनियतपूर्वक दुरुपयोग गरी निजी प्रयोगमा लगाएको,","प्रतिवादीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सार्वजनिक सम्पत्ति हिनामिना गरेको भ्रष्टाचारसम्बन्धी कसुरमा अभियोग दायर गरिएको"],"timeline":[{"date":"2014-12-28","title":"उपभोक्ता समूहको बैंक खाता खोलेको","date_bs":"2071-09-13","description":"धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहले नेपाल बैंक लि., बनेपा (खाता नं. ०१५००१०००४७२१२००००१) मा खाता खोलेको; आरोपित हिनामिना यसै खाताबाट भएको दावी गरिएको।"},{"date":"2017-07-16","title":"आरोपित अनियमित रकम झिकेको अवधि (आ.व. ०७४/०७५–०७९/०८०)","date_bs":"2074-04-01","description":"आ.व. २०७४/०७५ देखि २०७९/०८० सम्म समूहको मौज्दात रु.३८,१४,९९७।९५ हुनुपर्नेमा बैंकमा रु.२९,०१,७१७।०५ मात्र देखिएको; फरक बिगो रु.९,१३,२८०।९० प्रतिवादीहरूले संयुक्त दस्तखतबाट झिकी हिनामिना गरेको आरोप। (कुनै छुट्टै निकासी मिति नखुलेकाले अवधि-रूपमा उल्लेख।)"},{"date":"2021-03-07","title":"लेखापरीक्षण प्रतिवेदनहरू तयार भएको","date_bs":"2077-11-23","description":"आ.व. ०७४/०७५ (२०७७।११।२३), ०७५/०७६ र ०७६/०७७ (२०७७।११।२४), ०७७/०७८ (२०७८।०७।२५) र ०७८/०७९ (२०७९।०५।१५) का लेखापरीक्षण प्रतिवेदन तयार; यिनै प्रतिवेदन र बैंक मौज्दातबीचको फरक नै आरोपको आधार।"},{"date":"2021-03-11","title":"२७औं साधारण सभाले लेखापरीक्षण अनुमोदन गरेको","date_bs":"2077-11-27","description":"समूहको २७औं साधारण सभाले आ.व. ०७४/०७५, ०७५/०७६ र ०७६/०७७ को लेखापरीक्षण अनुमोदन गर्ने निर्णय गरेको।"},{"date":"2022-06-17","title":"अख्तियारमा उजुरी निवेदन दर्ता","date_bs":"2079-03-03","description":"अध्यक्षसमेतले हिसाबकिताब नदेखाई, साधारण सभा नबसाई आफूखुसी रकम खर्च/हिनामिना गरेको भन्ने उजुरी निवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता।"},{"date":"2023-08-16","title":"अख्तियारको अनुसन्धान — बयानहरू लिइएको","date_bs":"2080-04-31","description":"अनुसन्धानका क्रममा चन्द्रसिंह लामा (२०८०।०४।३१), माधवप्रसाद चौलागाई (२०८०।०४।३२), संगिता चौलागाई (२०८०।०५।०१) लगायत साक्षी इन्द्रप्रसाद गौतम, सन्तबहादुर पहारी, लेखापरीक्षकहरूको बयान (ततिम्बासहित २०८०।०५।२१ सम्म) लिइएको।"},{"date":"2023-11-22","title":"आरोपपत्र दायर र प्रेस विज्ञप्ति प्रकाशन","date_bs":"2080-08-06","description":"अख्तियारले तीनै पदाधिकारीविरुद्ध बिगो रु.९,१३,२८०।९० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ (दफा ३(१)(ङ) कैद, दफा ३(१) जरिवाना र बिगो असुल मागदावीसहित) विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरी सोही दिन प्रेस विज्ञप्ति प्रकाशन गरेको।"},{"date":"2023-12-05","title":"बयान/थुनछेक–धरौटी आदेशहरू","date_bs":"2080-08-19","description":"विशेष अदालतसमक्ष बयानपश्चात् माधवप्रसाद (धरौट रु.१,००,०००), चन्द्रसिंह (रु.३०,०००) र संगिता (रु.२०,०००) धरौटीमा रिहा गर्ने आदेश।"},{"date":"2024-06-05","title":"विशेष अदालतको फैसला — तीनै प्रतिवादीलाई सफाई","date_bs":"2081-02-23","description":"विशेष अदालतले  बदनियत र खाई मासेको पुष्टि नभएको र पेश्की लिने/फछ्र्यौट कार्य आन्तरिक स्वायत्तताभित्र पर्ने ठहर गरी बिगो रु.९,१३,२८०।९० अस्वीकार गरि चन्द्रसिंह लामा, संगिता चौलागाई र माधवप्रसाद चौलागाई तीनै जनालाई आरोपित कसुरबाट सफाई दिएको ।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/ciaa_press_release/2499","additional_details":"यो प्रेस विज्ञप्ति यस मुद्दामा आयोगद्वारा आरोपपत्र दायर भएको आधिकारिक अभिलेख हो, जसले प्रतिवादीहरू, रु.९,१३,२८०।९० को बिगो र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अन्तर्गतको मागदाबीलाई पुष्टि गर्दछ। संयुक्त दस्तखतमार्फत रकम हिनामिना तथा सार्वजनिक सम्पत्ति दुरुपयोगसम्बन्धी मुख्य आरोपको प्राथमिक प्रक्रियागत आधार स्रोतका रूपमा यो सान्दर्भिक छ।","material":{"display_name":"जिल्ला काभ्रेपलाञ्चोक, धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामासमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।","material_type":"press_release","urls":[{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2499. जिल्ला काभ्रेपलाञ्चोक, धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिं - 2.pdf","role":"RAW"},{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2499. जिल्ला काभ्रेपलाञ्चोक, धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिं - 1.doc","role":"ALTERNATE"},{"link":"https://ciaa.gov.np/pressrelease/2499","role":"SOURCE_PAGE"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/special.080-cr-0067","additional_details":"यो अदालती अभिलेख यस मुद्दाका तीनै आरोपको — अध्यक्ष, सचिव र कोषाध्यक्षले संयुक्त दस्तखतमार्फत बैंक खाताबाट अनियमित रकम झिकी रु. ९.१३ लाखभन्दा बढी हिनामिना गरेको, साधारण सभा नगरी हिसाबकिताब नदेखाई रकम खर्च गरेको — सम्बन्धमा न्यायिक प्रक्रिया, बिगो निर्धारण र पक्षविपक्षका बयानसहितको प्राथमिक अभिलेख हो। लेखा परीक्षण प्रतिवेदन र बैंक स्टेटमेन्टबीचको फरकलाई आधार बनाएको अभियोग दावी समेटिएको हुनाले यो रकम हिनामिनाको मुख्य आरोपको प्रत्यक्ष रूपमा भारबहन गर्ने दस्तावेज हो।","material":{"display_name":"080-CR-0067 आदेश","material_type":"court_order","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/court-orders/special/080-CR-0067.1.doc","role":"RAW"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260608.9414fda5","additional_details":"यो अन्नपूर्ण पोस्टमा प्रकाशित समाचार लेख अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगिता चौलागाई र कोषाध्यक्ष माधवप्रसाद चौलागाईविरुद्ध रु. ९ लाख १३ हजार २८० हिनामिनाको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको तथ्यलाई पुष्टि गर्ने पूरक (corroborative) स्रोत हो, जसले संयुक्त दस्तखतमार्फत रकम झिकी हिनामिना गरेको र साधारणसभा नबसी हिसाबकिताब नदेखाएको मुख्य आरोपहरूलाई समर्थन गर्दछ। यो प्राथमिक अभिलेख नभई आरोपपत्र दायरीको सार्वजनिक प्रतिवेदनात्मक पृष्ठभूमि सामग्री हो।","material":{"display_name":"उपभोक्ता समितिका अध्यक्षसहित तीनजना विरुद्ध आरोपपत्र दायर | अन्नपूर्ण पोस्ट्","material_type":"news","urls":[{"link":"https://annapurnapost.com/story/446840/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/9335e4f67e3e4bba70cbdffb0d5e4195c3ec1f5b104573ea8e52c11041fa1a30.md","role":"MARKDOWN"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/080-cr-0067","https://jawafdehi.org/courtcase/supreme/081-cr-1038"],"missing_details":"यस मुद्दाको आरोपपत्र सार्वजनिक भएको छैन भने यसमा उल्लिखित विवरणहरु विशेष अदालतको फैसलामा आधारित छन्।","bigo":913280,"weight":0,"versionInfo":{"action":"published","datetime":"2026-07-22T12:02:30.883829+00:00"},"created_at":"2026-05-05T20:32:55.303943+05:45","updated_at":"2026-09-03T09:18:30.963822+05:45"}