{"id":13,"slug":"case-081-cr-0129-50904188","public_iri":"https://jawafdehi.org/case/case-081-cr-0129-50904188","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा  (081-CR-0129)","short_description":"","authors":[{"slug":"rujit-kafle","display_name":"Rujit Kafle","name_ne":"रुजित काफ्ले","photo_url":"https://jawafdehi.org/assets/teammembers/rujit.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-04-08","public_edit_history":[],"public_notes":"Case drafted by Rujit Kafle. First published on April 8, 2026.","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/a10662f1148beee4196e9b0d604e23ca43cdcb14af268ce16d37968272f2505c.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/b2b98a31bafb291d41f2fe4b95c3f67993422894ca734d23f9a49d959d842cc6.webp 400w, https://s3.jawafdehi.org/case_uploads/501e5404682a40865b3332e25543d8c4d505cb895c00c319eb3a55029b7ae4be.webp 800w, https://s3.jawafdehi.org/case_uploads/a10662f1148beee4196e9b0d604e23ca43cdcb14af268ce16d37968272f2505c.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/03c5d284ecbecc70a65dabbc5105e53513ccdb5680c95c595e7d82734a085d08.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/a6c9c3fc839dfbbec98ab3d85a8f1b95a7940195187dcc9fa7932f14cb50eeef.webp 640w, https://s3.jawafdehi.org/case_uploads/00f7a93cc97eca703dc8c7a5b0eb90d7216695266d450f0b2e9ae710fcf35c82.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/03c5d284ecbecc70a65dabbc5105e53513ccdb5680c95c595e7d82734a085d08.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":367,"banner_image_id":282,"thumbnail_url":"https://www.eaarthik.com/wp-content/uploads/2025/06/Sabdahagriha-Plus-Milan-kumar-Thapa.jpg","banner_url":"https://www.eaarthik.com/wp-content/uploads/2025/06/Sabdahagriha-Plus-Milan-kumar-Thapa.jpg","case_start_date":"2025-06-22","case_end_date":null,"dates":{"stages":[{"stage":"initial","start":"2025-06-22","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/081-cr-0129"}]},"status":"ongoing","case_track":null,"status_override":null,"proceedings_started_on":"2025-06-22","proceedings_decided_on":null,"appeal_verdicts":{},"appeal_parties":{},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/location/district/kathmandu-np0327","display_name":"Kathmandu","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Kathmandu","ne":"काठमाडौँ"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/zri-myapa-intaraprenarsa-pra-li-b05709","display_name":"Sri Map Entrepreneurs Pvt. Ltd.","entity_type":"Organization","type":"alleged","outcome":null,"notes":"","name":{"en":"Sri Map Entrepreneurs Pvt. Ltd.","ne":"श्री म्याप ईन्टरप्रेनर्स प्रा.ली"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/zri-eppala-injiniyariga-prophesanala-kansaltensi-pra-li-667c09","display_name":"Sri Apple Engineering Professional Consultancy Pvt. Ltd.","entity_type":"Organization","type":"alleged","outcome":null,"notes":"","name":{"en":"Sri Apple Engineering Professional Consultancy Pvt. Ltd.","ne":"श्री एप्पल ईन्जीनियरिङ प्रोफेसनल कन्सल्टेन्सी प्रा.ली"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/laina-bahadura-thapa-edaf58","display_name":"Lain Bahadur Thapa","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार मुख्य कसूरदारले नगद तथा अन्य गैरकानूनी लाभ प्राप्त गरी दफा २२ बमोजिम कसूर गरेको पाइएपछि विगो कायम गरी दफा ३(१)(झ) र (ज) बमोजिम कैद र बिगो बराबर जरिवाना माग गरिएको छ। खर्च भएको रु. १,८२,००,००० असूल उपर हुने सजायको आधार मान्दै दफा २२ अनुसार मुख्य कसूरदार सरह सजाय माग गरिएको छ। साथै, गलत प्रतिवेदन पेश गरी दफा १९(२) अनुसारको कसूर गरेको देखिँदा सोही बमोजिम कैद र जरिवाना माग गरिएको छ।","name":{"en":"Lain Bahadur Thapa","ne":"लैन बहादुर थापा"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/rameza-puri-fc4e50","display_name":"Ramesh Puri","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसूरमा दफा ३(१)(झ) र (ज) बमोजिम कैद र बिगो बराबर जरिवाना माग गरिएको छ। कायम बिगोमध्ये खर्च भएको रु. १,८२,००,००० प्रतिवादीबाट असूल उपर गरिपाऊँ भन्ने मागदाबी लिइएको छ।","name":{"en":"Ramesh Puri","ne":"रमेश पुरी"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/suraja-capagai-db742f","display_name":"Suraj Chapagai","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार मुख्य कसूरदारले नगद तथा अन्य गैरकानूनी लाभ प्राप्त गरी दफा २२ बमोजिम कसूर गरेको पाइएपछि विगो कायम गरी दफा ३(१)(झ) र (ज) अनुसार कैद र बिगो बराबर जरिवाना माग गरिएको छ। खर्च भएको रु. १,८२,००,००० असूल उपर हुने सजायको आधार मान्दै दफा २२ बमोजिम समान सजाय र झुट्टा प्रतिवेदन पेश गरेको कसूरमा दफा १९(२) अनुसार सुरज चापागाईंलाई कैद र जरिवाना माग गरिएको छ।","name":{"en":"Suraj Chapagai","ne":"सुरज चापागाई"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/yadunandana-bhattarai-2351ad","display_name":"Yadunandan Bhattarai","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार मुख्य कसूरदारले नगद तथा अन्य प्रकृतिको गैरकानूनी लाभ प्राप्त गरी दफा २२ बमोजिम कसूर गरेको पाइएपछि, सोही ऐनको दफा १७ अनुसार विगो कायम गरी दफा ३(१)(झ) र (ज) बमोजिम कैद तथा बिगो बराबर जरिवाना माग गरिएको छ। कायम बिगोमध्ये खर्च भएको रु. १,८२,००,००० असूल उपर हुने सजायको आधार मान्दै, दफा २२ बमोजिम मुख्य कसूरदार सरहको सजाय माग गरिएको छ।","name":{"en":"Yadunandan Bhattarai","ne":"यदुनन्दन भट्टराई"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/manoja-puri-d5da94","display_name":"Manoj Puri","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार मुख्य कसूरदारले नगद तथा अन्य प्रकृतिको गैरकानूनी लाभ प्राप्त गरी दफा २२ बमोजिम कसूर गरेको पाइएपछि, सोही ऐनको दफा १७ अनुसार विगो कायम गरी दफा ३(१)(झ) र (ज) बमोजिम कैद तथा बिगो बराबर जरिवाना माग गरिएको छ। कायम बिगोमध्ये खर्च भएको रु. १,८२,००,००० असूल उपर हुने सजायको आधार मान्दै, दफा २२ बमोजिम मुख्य कसूरदार सरहको सजाय माग गरिएको छ।","name":{"en":"Manoj Puri","ne":"मनोज पुरी"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/yuvaraja-adhikari-18da7a","display_name":"Yuvraj Adhikari","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम मुख्य कसूरदारले नगद तथा अन्य प्रकृतिको गैरकानूनी लाभ प्राप्त गरी दफा २२ बमोजिम कसूर गरेको पाइएपछि, सोही ऐनको दफा १७ अनुसार विगो अक्षरेपी रु. १०,३१,९३,०३१ कायम गरी दफा ३(१)(झ) र (ज) बमोजिम कैद तथा बिगो बराबर जरिवाना माग गरिएको छ। कायम बिगोमध्ये खर्च भएको रु. १,८२,००,००० मुख्य कसूरदारहरुवाट असूल उपर हुने सजायको आधार मान्दै दफा २२ बमोजिम समान किसिमको सजायको माग गरिएको छ।","name":{"en":"Yuvraj Adhikari","ne":"युवराज अधिकारी"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/denisa-upreti-7a6749","display_name":"Denis Upreti","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसूरमा बिगो कायम गरी दफा ३(१)(झ) र (ज) बमोजिम कैद तथा बिगो बराबर जरिवाना माग गरिएको छ। सोही ऐनको दफा १७ बमोजिम कायम बिगोमध्ये खर्च भइसकेको रु. १,८२,००,००० प्रतिवादीबाट असूल उपर गरिपाऊँ भन्ने मागदाबी लिइएको छ।","name":{"en":"Denis Upreti","ne":"डेनिस उप्रेती"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/pazupati-thakura-afb24f","display_name":"Pasupati Thakur","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसूरमा बिगो कायम गरी दफा ३(१)(झ) र (ज) बमोजिम कैद तथा बिगो बराबर जरिवाना माग गरिएको छ। कायम बिगोमध्ये खर्च भएको रु. १,८२,००,००० असूल उपर गरिपाऊँ भन्ने मागदाबी लिइएको छ। साथै गलत प्रतिवेदन पेश गरी दफा १९(२) अनुसारको कसूर गरेको देखिँदा सोही बमोजिम कैद र जरिवाना सजाय समेत हुन माग गरिएको छ।","name":{"en":"Pasupati Thakur","ne":"पशुपति ठाकुर"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/candra-prasada-khanala-40a3ae","display_name":"Chandra Prasad Khanal","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसूरमा बिगो कायम गरी दफा ३(१)(झ) तथा (ज) बमोजिम कैद सजाय र बिगो बराबर जरिवाना माग गरिएको छ। कायम बिगोमध्ये खर्च भएको रु. १,८२,००,००० असूल उपर गरिपाऊँ भन्ने मागदाबी लिइएको छ। साथै गलत प्रतिवेदन पेश गरी दफा १९(२) बमोजिमको कसूर गरेको देखिँदा सोही बमोजिम कैद तथा जरिवाना सजायसमेत माग गरिएको छ।","name":{"en":"Chandra Prasad Khanal","ne":"चन्द्र प्रसाद खनाल"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/sitarama-risela-4b882a","display_name":"Sitaram Risel","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसूरमा बिगो कायम गरी दफा ३(१)(झ) तथा (ज) बमोजिम कैद सजाय र बिगो बराबर जरिवाना माग गरिएको छ। साथै दफा १७ बमोजिम कायम भएको बिगोमध्ये खर्च भएको रु. १,८२,००,००० प्रतिवादीबाट असूल उपर गरिपाऊँ भन्ने मागदाबी लिइएको छ।","name":{"en":"Sitaram Risel","ne":"सिताराम रिसेल"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/revati-ramana-adhikari-1b0cc6","display_name":"Revati Raman Adhikari","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसूरमा दफा ३(१)(झ) र (ज) बमोजिम कैद तथा बिगो बराबर जरिवाना माग गरिएको छ। कायम बिगोमध्ये खर्च भएको रु. १,८२,००,००० प्रतिवादीबाट असूल उपर गर्न मागदाबी गरिएको छ। साथै गलत प्रतिवेदन पेश गरी दफा १९(२) बमोजिमको कसूर गरेको देखिँदा सोही बमोजिम कैद तथा जरिवाना सजायसमेत माग गरिएको छ।","name":{"en":"Revati Raman Adhikari","ne":"रेवती रमण अधिकारी"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/ghanazyama-khativada-528d0a","display_name":"Ghanashyam Khatiwada","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसूरमा दफा ३(१)(झ) र (ज) बमोजिम कैद तथा बिगो बराबर जरिवाना माग गरिएको छ। कायम बिगोमध्ये खर्च भएको रु. १,८२,००,००० असूल उपर गर्न मागदाबी गरिएको छ। साथै दफा १९(२) अनुसार गलत प्रतिवेदन पेश गरेको कसूरमा कैद तथा जरिवाना माग गरिएको छ। पशुपति क्षेत्र विकास कोषका अधिकृत स्तर विशिष्ट श्रेणीका पदाधिकारी भएकाले दफा २४ बमोजिम थप सजायको समेत माग गरिएको छ।","name":{"en":"Ghanashyam Khatiwada","ne":"घनश्याम खतिवडा"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/raju-kumara-khatri-1635d7","display_name":"Raju Kumar Khatri","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसूरमा दफा ३(१)(झ) र (ज) बमोजिम कैद तथा बिगो बराबर जरिवाना माग गरिएको छ। कायम बिगोमध्ये खर्च भएको रु. १,८२,००,००० असूल उपर गर्न मागदाबी गरिएको छ। साथै पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य सचिव राजु कुमार खत्रीले उक्त कसूर गरेको देखिँदा दफा २४ बमोजिम थप सजायको माग गरिएको छ।","name":{"en":"Raju Kumar Khatri","ne":"राजु कुमार खत्री"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/da-milana-kumara-thapa-8326b9","display_name":"Dr. Milan Kumar Thapa","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा दफा ३(१)(झ) र (ज) अनुसार कैद तथा बिगो बराबर जरिवाना माग गरिएको छ। दफा १७ अनुसार कायम भएको बिगोमध्ये खर्च भइसकेको रु. १,८२,००,००० असूल उपर गर्न मागदाबी गरिएको छ। साथै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापालाई परिच्छेद २ अन्तर्गतको कसूरमा दफा २४ बमोजिम थप सजाय गर्न समेत माग गरिएको छ।","name":{"en":"Dr. Milan Kumar Thapa","ne":"डा.मिलन कुमार थापा"},"image":null}],"tags":["Pashupati Development Area","Public Procurement"],"description":"प्रस्तुत मुद्दामा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापासमेतका १६ प्रतिवादीहरूले आपसी मिलेमतो तथा योजनाबद्ध रूपमा आफूहरूलाई लाभ पुर्‍याउने र कोषलाई हानि नोक्सानी गराउने मनसायले विभिन्न गैरकानुनी कार्य गरेको आरोप लगाइएको छ। प्रतिवादीहरूले कोषमा उपलब्ध पूर्व अनुभव तथा कागजातहरूको प्रयोग नगरी सोझै खरिद प्रक्रिया अपनाई तीन वटा कम्पनीबाट दररेट माग गरी Apple Engineering Professional Consultancy Pvt. Ltd. लाई परामर्श सेवा प्रदान गर्न निर्देशन दिएको, सो क्रममा सम्बन्धित कार्यमा अनुभव नभएका परामर्शदाताबाट फर्जी कोटेशन तयार गराई, सोही आधारमा बढी लागत अनुमान र आफूअनुकूल Technical Specification तयार गरेको, कार्यसूची (ToR) अनुसार आवश्यक प्राविधिक विज्ञलाई संलग्न नगराई नक्कली विज्ञ खडा गरी अपूर्ण तथा गलत प्रतिवेदन पेश गरिएको र सो प्रतिवेदनलाई स्वीकृत गरी विलविजक जारी हुनुअघि नै भुक्तानी स्वीकृत गरिएको, सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ का प्रावधान विपरीत अनुभवसम्बन्धी मापदण्ड अत्यधिक राखी प्रतिस्पर्धा सीमित गरिएको र Map Entrepreneurs Pvt. Ltd. लाई मात्र लाभ पुग्ने गरी बोलपत्र प्रक्रिया अगाडि बढाइएको भनी अख्तियारले स्थलगत प्रतिवेदनबाट निष्कर्ष निकालेको देखिन्छ।\r\n\r\nकरिब भा.रु. ३२ लाख ५० हजार पर्ने शवदाह मेशिनको लागत ने.रु. १ करोड ५२ लाख निर्धारण गरी अस्वाभाविक रूपमा लागत बढाइएको, जडान स्थान सुनिश्चित नगरी ठेक्का प्रक्रिया अगाडि बढाइएको, प्राविधिक विवरणमा बारम्बार संशोधन गरी जालझेल गरिएको तथा अनुभव नभएको कम्पनीलाई ठेक्का प्रदान गरिएको,सम्झौता विपरीत अग्रिम भुक्तानी गरिएको, असम्बन्धित व्यक्तिलाई विदेश भ्रमण पठाइएको, मेशिनको गुणस्तर परीक्षण नगरी कम गुणस्तरको मेशिन स्वीकार गरिएको तथा कार्यसम्पन्न नभए पनि भुक्तानी स्वीकृत गरिएको, साथै, ठेक्का अलपत्र पारेर म्याद समाप्त हुँदा समेत कानुनी कारबाही नगरिएको, पेश्की जमानत जफत नगरी राज्यलाई थप नोक्सानी पुर्‍याइएको तथा जडान भएका मेशिन सञ्चालनमा नआएको अवस्था देखिएको कारण प्रतिवादीहरूको कार्यबाट कुल रु. १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसा बराबरको हिनामिना तथा दुरुपयोग भएको निष्कर्ष निकाल्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसूर कायम गरी विशेष अदालत, काठमाडौंमा अख्तियारद्वारा मिति २०८२/०३/०८ गते आरोपपत्र दायर गरिएको छ। मुद्दा सुनुवाईको क्रममा भएकाले हालसम्म फैसला भइसकेको छैन।\r\n\r\n**प्रतिवादीहरूले गरेका कार्यकसूरहरूको क्रमागत विवरणलाई अख्तियारले देहाय बमोजिम रुपमा औँल्याएको छ :-**\r\n\r\n१. सम्बन्धित कार्यको आवश्यक अनुभव तथा संलग्न गरिनुपर्ने प्राविधिक विज्ञहरूको जानकारी नलिई अनुभवनै नभएको परामर्शदातालाई सोझै खरिद प्रक्रिया मार्फत नियुक्त गरे गराएको।\r\n\r\n२. ठेकेदारसँगको मिलेमतोमा फर्जी कोटेशन तयार गरी, नकली विज्ञ खडा गरी, अस्वाभाविक रूपमा बढी लागत राखी परामर्शदाताबाट गलत तथा भ्रामक प्रतिवेदन पेश गराएको।\r\n\r\n३. परामर्शदाताबाट बिलबिजक जारी हुनुअघि नै भुक्तानी स्वीकृत गरी आर्थिक अनुशासन उल्लङ्घन गरेको।\r\n\r\n४. माग गरिएअनुसारको अनुभव पेश नगरेको बोलपत्रदातालाई समेत सारभूतरूपमा प्रभावग्राही देखाई मूल्यांकन गरी ठेक्का सम्झौता गराएको।\r\n\r\n५. बोलपत्र कागजातमा सारभूत रूपमा फरक पर्ने गरी संशोधन गरी, पछि बिना आधार सो संशोधन रद्द गर्दै जालझेलपूर्ण कार्य गरेको।\r\n\r\n६. सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) द्वारा तयार गरिएको Standard Bidding Document (SBD) भन्दा बढी अनुभव माग गरी प्रतिस्पर्धा सीमित गर्ने उद्देश्यले बोलपत्रसम्बन्धी कागजात तयार गरेको।\r\n\r\n७. असम्बन्धित व्यक्तिहरूलाई खरिद सम्झौताको प्रतिकूल हुने गरी फ्याक्ट्री अवलोकनमा पठाई राज्यको रकम दुरुपयोग गरेको।\r\n\r\n८. जडान भएका मेशिनहरूको सूक्ष्म परीक्षण नगरी, कैफियत देखिँदा समेत भुक्तानी स्वीकृत गरेको।\r\n\r\n९. ठेक्का सम्झौताको म्याद समाप्त भई कार्य सम्पन्न नभएको र म्याद थपको लागि निवेदन समेत नपरेको अवस्थामा प्रथम रनिङ बिल स्वीकृत गरेको।\r\n\r\n१०. कम गुणस्तरको मेशिन जडान गरी समयमै मर्मतसम्भार नगरी सञ्चालनविहीन अवस्थामा पुर्‍याएको।\r\n\r\n११. कम गुणस्तरको मेशिन जडान गराई रु. १,८२,००,०००।- पेश्की भुक्तानी दिएको तथा पेश्की जमानत (APG) को म्याद समाप्त हुँदा समेत कानूनअनुसार कारबाही नगरी हानि नोक्सानी गराएको।\r\n\r\n१२. ठेक्का सम्झौताको म्याद समाप्त हुँदा समेत कार्य सम्पन्न नगरी, म्याद थपको प्रक्रिया अगाडि नबढाई पेश्की जमानत (APG) गुजारी राज्यलाई थप हानि पुर्‍याएको।\r\n\r\nउपर्युक्त कार्यहरूबाट प्रतिवादीहरूको मिलेमतो र योजनाबद्ध क्रियाकलापका कारण पशुपति क्षेत्र विकास कोषलाई जम्मा रु. १०,३३,९१,०३०।३१ बराबरको हिनामिना तथा हानि नोक्सानी भएको पुष्टि हुन आएको।\r\n\r\n<br>","key_allegations":["पशुपति क्षेत्र विकास कोष, काठमाडौंबाट शवदाह मेसिन खरिद कार्यको ठेक्का प्रक्रियामा मिलोमतो गरी प्रतिस्पर्धालाई सीमित गराई अनियमितता गरेको भन्नेसमेतको अभियोग लगाइएको ।","प्रतिवादीहरूको मिलोमतोमा शवदाह मेसिन खरिद कार्यको ठेक्का प्रक्रियामा नक्कली विज्ञ तथा फर्जी कागजातसमेत प्रयोग गरी अस्वाभाविक मूल्य कायम गरी लागत अनुमान तयार गरेको ।","मेसिन जडान गर्ने स्थानसमेत यकिन नगरी Standard Bidding Document मा तोकिएको मापदण्डविपरीत आवश्यकताभन्दा बढी अनुभवको मापदण्ड राखेको ।","प्रतिस्पर्धालाई सीमित गराई कम्पनी छनोट गरी पेश्कीबापतको रकम भुक्तानी गरेको र कम गुणस्तरको मेसिन स्वीकार गरी ठेक्काबमोजिमको कार्य सम्पन्न नगरी ठेक्का प्रक्रिया अलपत्र पारेको।"],"timeline":[{"date":"2023-05-07","title":"सञ्जालक परिषद् बाट ४ वटा मेशिन खरिदको निर्णय","date_bs":"2080-01-24","description":"सञ्चालक परिषद् बाट पुराना २ वटा शवदाह गर्ने मेशिनको सट्टामा २ वटा नया मेशीन र थप २ बटा गरी जम्मा ४ वटा वातावरण मैत्री विद्युतीय मेशीन खरिद गर्ने, जडान गर्दा भैरहेको संरचनामा केही घप सिभिल कार्य गरी नियमानुसार खरिद गर्ने, भौतिक पूर्वाधार निर्माण र मेशीन खरिदको लागि का.म.न.पा. सँग समन्वय गरी रु.२५ करोड सम्मको श्रोत सुनिश्चितता गर्ने र हाललाई रु.८ करोड रकम कोषले खर्च गर्ने भन्ने समेतको निर्णय भएको।"},{"date":"2023-05-10","title":"परामर्श खरिदको लागि प्रक्रिया शुरु","date_bs":"2080-01-27","description":"आन्तरिक सम्बाद पत्र मार्फत नयाँ विद्युतीय मेशीन (फर्नेश) खरिद गरी जडान गर्ने कार्यको लागि परामर्श सेवा लिने व्यवस्था मिलाउने, नयाँ विद्युतीय मेशीन (फर्नेश) खरिद गरी जडान गर्ने कार्यको लागि परामर्श सेवाको ल.ई र कार्यसूची तयार गर्ने निर्णय भएको।"},{"date":"2023-05-11","title":"लगत स्टिमेट स्वीकृत र दररेट पेश गर्नका लागि सूचना टाँस","date_bs":"2080-01-28","description":"नयाँ मेशीन खरिद एवं जडान कार्य सम्बन्धी कार्यसूची तथा रु ४,९८,७३४।५४ बराबरको लगत स्टिमेट स्वीकृत भएको र सोही दिन दर रेट पेश गर्न सुचना जारी गरिएको।"},{"date":"2023-05-18","title":"परामर्शदातालाई कार्यदेश","date_bs":"2080-02-04","description":"३ (तिन) बटा कम्पनी SIERRA ENGINEERING CONSULTANTS PVT LTD, SUGI Consultant Pvt. Ltd. र Apple Engineering Professional Consultancy Pvt. Ltd. ले दररेट पेश गरेकोमा तिन वटा कम्पनी मध्ये Apple Engineering Professional Consultancy Pvt. Ltd. ले सबैभन्दा कम रु. ४,७९,८६५।८० (मु.अ.क. सहित) पेश गरेकोले मिति २०८०।०२।०३ मा उक्त कम्पनी छनोट गरी मिति २०८०।०३।०३ सम्म कार्यसम्पन गर्ने गरी मा कार्यादेश दिइएको।"},{"date":"2023-06-19","title":"लागत अनुमान स्वीकृत","date_bs":"2080-03-04","description":"परामर्शदाताबाट पेश भएको प्रतिवेदनमा भएका बुटठी र कमठीलाई परिमार्जन गरी मू.अ.क. सहित रु१०,४५,४३,०८०।- को लागत अनुमान स्वीकृत गरिएको।"},{"date":"2023-06-20","title":"बोलपत्र प्रकाशन","date_bs":"2080-03-05","description":"राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रमा सूचना प्रकाशन गरी नेपाल सरकारको विद्युतीय खरिद प्रणाली www.bolpatra.gov.np/egp मार्फत राष्ट्रियस्तरको बोलपत्र (National Competetive Bidding-NCB) आह्वान गरेको।"},{"date":"2023-06-30","title":"परामर्शदातालाई भुक्तानी","date_bs":"2080-03-15","description":"परामर्शदाताबाट फर्जी कागजात र नक्कली विज्ञको प्रयोग गरी कुनै एक कम्पनीलाई मात्र मिल्ने गरी Specification र मापदण्ड तयार गरी अपूर्ण र गलत रिपोर्ट पेश गरेको र भुक्तानी स्वीकृत गरिएको।  परामर्शदाताले मिति २०८०।०३।२० मा मात्र बिल बिजक जारी गरेको।"},{"date":"2023-07-16","title":"बोलपत्र संशोधन","date_bs":"2080-03-31","description":"मिति २०८०/०३/२५ मा EG Infra Pvt. Ltd., Tinkune, Kathmandu ले बोलपत्र संशोधनको लागि Technical Specification मा केही कैफियत देखाइ निवेदन पेश भए पश्चात बोलपत्रमा संशोधन गरएिको।"},{"date":"2023-07-21","title":"बोलपत्र संशोधन रद्दको सूचना","date_bs":"2080-04-05","description":"कुनै तथ्यगत आधार कारण बिना नै बोलपत्रमा मिति २०८०/०३/३१मा गरिएका सबै संशोधनहरुरद्द गरिएको सूचना प्रकासन गरीएको।"},{"date":"2023-08-30","title":"बोलपत्रको प्राविधिक मूल्यांकन प्रतिवेदन पेश","date_bs":"2080-05-13","description":"कोषका कार्यकारी निर्देशकको संयोजकत्वमा गठित मूल्यांकन समितिले प्राप्त भएका २ वटा बोलपत्रको प्राविधिक मूल्यांकन गरी सम्बन्धित कार्यमा अनुभव नै नभएको Map Entreprenuers Pvt. Ltd., Panipokhari, Kathmandu को सारभूतरूपमा प्रभाबग्राही नरहेको (Non-responsive) बोलपवलाई सारभूतरुपमा प्रभावग्राही रहेको भनि मूल्यांकन प्रतिवेदन पेश गरेको।"},{"date":"2023-10-10","title":"सम्झौता र कार्यादेश","date_bs":"2080-06-23","description":"Gorakhnath-Synergy JV ले पूनः मूल्यांकनको लागि निवेदन पेश गरेकोमा मूल्यांकन समितिले पूनःमूल्यांकन गर्नु नपर्ने भनि राय दिइ सोही बमोजिम पवाचार गरी Map Entreprenuers Pvt. Ltd आर्थिक प्रस्तावको मूल्यांकन कार्य सम्पन्न गरी लागत अनुमान भन्दा १.१ प्रतिशत कम प्रस्ताव भएकोले सम्झौताको लागि सिफारिस गरे बमोजिम मिति २०८०।०६।२३ गते Map Entreprenuers Pvt. Ltd., Panipokhari, Kathmandu सँग सम्झौता गरी १२० दिनमा कार्य सम्पन्न गर्ने गरी कार्यदेश दिएको।"},{"date":"2023-10-17","title":"Advance Payment","date_bs":"2080-06-30","description":"मिति २०८०।०६।२३ मा २ थान फर्नेश जडानको कार्यदिश पश्चात पेश्की जमानत (Advance Payment Guarantee) लिई मिति २०८०।०६।३० मा रु.१,८२,००,०००।- भुक्तानी गरी मिति ठेका सम्झौता विपरीत असम्बन्धित व्यक्ति समेत संलग्न गरी सो को भ्रमण भत्ता समेत कोषबाट नै बुझी भारत स्थित फ्याक्ट्रिमा निरिक्षण गरी प्रतिवेदन पेश भएको।"},{"date":"2024-04-07","title":"परीक्षण","date_bs":"2080-12-25","description":"मिति २०८०।१०।२९ को निर्णयबाट मिति २०८०।१०।२४ गते देखि लागु हुने गरीसम्झौताको म्याद६० दिन थप भएको साथै ४ धान नयाँ फर्नेस मध्ये २ थान आपूर्ति भई जडान भईरहेकोमा बाँकी २ चान समेत आपूर्ति हुनकालागि मिति २०८०।११।०६ मा कार्यदिश दिएकोमा मिति २०८०।१२।२५ मा विज्ञ, कर्मचारी र ठेकेदार तथा निर्माण कम्पनीको प्रतिनिधिको उपस्थितिमा जडान भएका जम्मा २ थान शवदाह मेशीन र १ थान जेनेरेटरको मात्र परीक्षण गरिएको।"},{"date":"2024-05-12","title":"का.म.न.पा.लाई अनुदान अनरोध","date_bs":"2081-01-30","description":"मिति २०८०।१२।२४ मा ठेक्का सम्झौताको म्याद समाप्त भएकोमा मिति २०८०।१२।२५ को परीक्षण पश्चात केही कैफियत सहितको प्राविधिक प्रतिवेदन पेश भए पश्चात सोको समेत आधारमा मिति २०८१/०१/०२ मा रु.५,६५,५४,७९०।३१ बराबरको प्रथम रनिङ्ग बिल भुक्तानी स्वीकृत भएको तर काठमाडौँ महानगरपालिकाले रु.१५,००,००० रकम अनुदान दिने भनेकोले सो को बारेमा बुझी रकम निकासा गर्ने निर्णय भएकोले महानगरमा पत्राचार गरिएकोमा महानगरपालिकाबाट कुनै जवाफ प्राप्त नभएको। महानगरपालिकासँग कुनै लिखित सम्झौता समेत नभएको।"},{"date":"2024-06-30","title":"बैंक जमानतको समाप्ति","date_bs":"2081-03-16","description":"लक्ष्मी सनराइज बैंक लिमिटेडबाट जारी भएको रु.२,०६,७९,०००।०० बराबरको पेश्की जमानत (Advance Payment Guarantee) को म्याद समेत मिति ३० जुन २०२४ मा समाप्त भैसकेकोर सो को म्याद थप एवं ठेक्का सम्झौताको म्याद थप समेत नभएको साथै ठेकेदार कम्पनीबाट पटक पटक भुक्तानीको माग भएकोमा सो को कुनै पनि जवाफ कोषबाट नदिएको एवं थप २ थान फर्नेस जडान गर्न स्थान उपलब्ध गराउन अनुरोध गरिएकोमा सो समेत उपलब्ध नगराइएको।"},{"date":"2024-11-26","title":"सर्भिसिङ्ग तथा मेन्टेनेन्सको पत्र","date_bs":"2081-08-11","description":"ठेकेदार कम्पनीबाट पटक पटक मेशीनको Perventing Periodic servicing का लागि अनुरोध गरिएकोमा मिति २०८१।०८।११ मा मात्र कोषबाट केही समयदेखि शब्दाह मेशीन सञ्जालनमा नरहेको देखिएकोले माग गरे अनुसार Servicing तथा Maintenance गरी यथाशिघ्र सञ्चालनमा ल्याउन सुचित गरिएको र सोही बमोजम सम्झौता अनुसार जडान गरिएका २ थान फर्नेशको सर्भिसिङसम्पन्न गरिएको जानकारी ठेकेदार कम्पनीले कोषलाई दिएको।"},{"date":"2025-03-05","title":"मेशीन बिग्रिएको पत्र","date_bs":"2081-11-21","description":"जडान गरिएका मेशीन मध्ये नं. १ मेशीन (फर्नेस) पटक पटक बिग्रिने गरेको, पटक पटक मर्मत सम्भार गरी सञ्चालनमा ल्याइएको भएता पनि दुबै फर्नेशमा विभिन्न समस्या आई राम्रोसँग नचल्ने, पटक पटक मर्मत सम्भार गर्दा पनि गुणस्तरीय नभएको पाईएकोले लामो समयसम्म सञ्चालनमा ल्याउन मिल्ने गरी स्तरीय एवं गुणस्तरीय रुपमा मर्मत सम्भार गरिदिनु हुन ठेकेदार कम्पनी Map Entrepreneurs Pvt. Ltd. लाई कोषले जानकारी गराएको।"},{"date":"2025-04-29","title":"अख्तियारको स्थलगत नापजाँच प्रतिवेदन","date_bs":"2082-01-16","description":"मिति २०८१।१२।१०मा कोषबाट यस आयोगमा पेश गरिएको पत्रमा समेत मेशीन जडान भइ सञ्चालनमा आए पश्चात दुबै मेशीनमा पटक पटक प्राविधिक समस्या आई मेशीन बिग्रने गरेको, मेशीन चल्न नसकेको, हाल २ थान मेशीन मध्ये एक थान मेशीन मिति २०८१।१०।१५ देखि विग्रिएर नचल्ने अवस्थामा रहेको र अकों मेशीनमा समेत समस्या आइरहेको व्यहोरा उल्लेख गरिएको गर्दै स्थलगत नापजाँचमा समेत दुई थान मेशीन बिग्रिएर सञ्चालनमा नरहेको अवस्थामा भेटिएको।"},{"date":"2025-06-22","title":"अख्तियारद्वारा विशेष अदालतमा अभियोगपत्र दायर","date_bs":"2082-03-08","description":"पेश्की जमानत (Advance Payment Guarantee) को म्याद समाप्त भएको, ठेकाको म्याद समाप्त भएको र सोको म्याद समेत थप नभइ ठेक्का अलपत्र अवस्थामा रहेको, सम्झौता अनुसारको कार्य सम्पन्न नभएको, जडान भएका मेशीनहरु गुणस्तरीय नरहेको र हाल जडान भएका २ थान शवदाह मेशीन नै विग्रिएर सञ्चालनमा नरहेको, सम्झौता अनुसारको कार्य सम्पन्न नभएकोमा नियमानुसार कुनै पनि कार्य अगाडी नवढाइएको, आफ्नो जिम्मामा रहेको सरकारी सम्पत्ति हानिनोक्सानी/हिनामिना गरेको भनी अख्तियारले अभियोगपत्र दायर गरेको।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/press_release/20260401.98fe6872","additional_details":"प्रतिवादीहरूको मिलोमतोमा शवदाह मेसिन खरिद कार्यको ठेक्का प्रक्रियामा नक्कली विज्ञ तथा फर्जी कागजातसमेत प्रयोग गरी अस्वाभाविक मूल्य कायम गरी लागत अनुमान तयार गरेको अभियोग सहितको प्रेस विज्ञप्ति","material":{"display_name":"अख्तियारको प्रेस विज्ञप्ति","material_type":"press_release","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/88e02c59ad70f19644271c8cc83d97f51f336fa605ea67ca2b6414344c4c93c5.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/c78ad89f8d85550f131fcdd1eba7ad3354404dc68fc3671f8fea2938cf5a752b.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/charge_sheet/20260401.afc7bf5c","additional_details":"पेश्की जमानत (Advance Payment Guarantee) को म्याद समाप्त भएको, ठेकाको म्याद समाप्त भएको र सोको म्याद समेत थप नभइ ठेक्का अलपत्र अवस्थामा रहेको, सम्झौता अनुसारको कार्य सम्पन्न नभएको, जडान भएका मेशीनहरु गुणस्तरीय नरहेको र हाल जडान भएका २ थान शवदाह मेशीन नै विग्रिएर सञ्चालनमा नरहेको, सम्झौता अनुसारको कार्य सम्पन्न नभएकोमा नियमानुसार कुनै पनि कार्य अगाडी नवढाइएको, आफ्नो जिम्मामा रहेको सरकारी सम्पत्ति हानिनोक्सानी/हिनामिना गरेको भनी अख्तियारले अभियोगपत्र दायर ।","material":{"display_name":"अभियोगपत्र","material_type":"charge_sheet","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/b037bdfde470b6e4354e7c04264261a77fef9834723afeb9413fd67cdb47d08d.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/baff6872f7199b29588c32feb6d373fdb9bc08cb4bb741a8880a2939e8e8eea6.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/document/20260401.19de9621","additional_details":"bolpatra.gov.np","material":{"display_name":"Bid Document","material_type":"document","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/d43fa31fea78ab8f3ca3e35950c3cda30764b98260ec83ca3cd943e20ca7063f.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/596036cdad2a289b57ad6e6d00498c58c190f823f14fe0d6cd28b9540ffe9e71.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/legal_corpus/20260320.76053052","additional_details":"Nepal Law Commission","material":{"display_name":"सार्वजनिक खरीद ऐन २०६३","material_type":"legal_corpus","urls":[{"link":"https://lawcommission.gov.np/content/12891/12891-public-procurement-act-2063/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/c787586854dc1c85a295fd8d6ff104940a9c8839be0f645046c9bc4bd3a24179.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/legal_corpus/20260320.d94b7d33","additional_details":"Nepal Law Commission","material":{"display_name":"सार्वजनिक खरिद नियमावली २०६४","material_type":"legal_corpus","urls":[{"link":"https://lawcommission.gov.np/content/13051/13051-public-procurement-regulation/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/6544b500fca3a4b6f46667eba03dfd89c61930be2b0e11ef5a54a0ad30b3e4bd.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/legal_corpus/20260320.44bd104b","additional_details":"Nepal Law Commission","material":{"display_name":"भ्रष्टाचार निवारण ऐन २०५९","material_type":"legal_corpus","urls":[{"link":"https://lawcommission.gov.np/content/13421/prevention-of-corruption--2059/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/833387b943a2b6e0704c1103576405e4043b96c5cb1974a7689e029fc35b942b.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260401.c7845c45","additional_details":"Nepal Press — Article published on June 22, 2025 (Asar 8, 2082)","material":{"display_name":"पशुपतिको शवदाह मेसिन खरिदमा झण्डै साढे १० करोड भ्रष्टाचार, १४ जनाविरुद्ध मुद्दा दायर","material_type":"news","urls":[{"link":"https://nepalpress.com/2025/06/22/608692/%e0%a4%aa%e0%a4%b6%e0%a5%81%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a4%b5-%e0%a4%a6%e0%a4%be%e0%a4%b9-%e0%a4%ae%e0%a5%87%e0%a4%b8%e0%a4%bf%e0%a4%a8-%e0%a4%96%e0%a4%b0%e0%a4%bf/","role":"RAW"},{"link":"https://web.archive.org/web/20260401115447/https://nepalpress.com/2025/06/22/608692/%e0%a4%aa%e0%a4%b6%e0%a5%81%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a4%b5-%e0%a4%a6%e0%a4%be%e0%a4%b9-%e0%a4%ae%e0%a5%87%e0%a4%b8%e0%a4%bf%e0%a4%a8-%e0%a4%96%e0%a4%b0%e0%a4%bf/","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/ee3787608f012644f18d35d79b227ce770105d39720005275adfd9d0b72e21fc.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260401.dd9f32d4","additional_details":"Ukeraa — Article published on Asar 8, 2082 (June 22, 2025)","material":{"display_name":"शवदाह मेसिन किन्दा १० करोड भ्रष्टाचार, पशुपति कोषका सदस्यसचिवसहित १३ जनाविरुद्ध मुद्दा","material_type":"news","urls":[{"link":"https://ukeraa.com/news/detail/162624/","role":"RAW"},{"link":"https://web.archive.org/web/20260122010851/https://ukeraa.com/news/detail/162624/","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/1c3fe055fda9f7a045efd8564ae3ddf573a16a4e8379805b9a628f2432c8f6ef.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260401.d589278a","additional_details":"Nepal Talk TV — Article published on June 22, 2025","material":{"display_name":"पशुपति शवदाह गृह मेसिनमा भ्रष्टाचार गरेको आरोपमा १६ जनाविरूद्ध मुद्दा दायर","material_type":"news","urls":[{"link":"https://nepaltalktv.com/2025/06/1740/","role":"RAW"},{"link":"https://web.archive.org/web/20260401120734/https://nepaltalktv.com/2025/06/1740/","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/1bccd2c299d7b9080c7cab9e30ba98300cba562a3d8be870e10cbd8fc3c158ec.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260401.55a25894","additional_details":"Nepal Face — Article published on June 22, 2025","material":{"display_name":"शव जलाउने मेसिन खरिद प्रकरणः पशुपति कोषका सदस्यसचिव थापासहित १४ जनाविरुद्ध मुद्दा दायर","material_type":"news","urls":[{"link":"https://www.nepalface.com/content/134014/2025-06-22/","role":"RAW"},{"link":"https://web.archive.org/web/20260401121018/https://www.nepalface.com/content/134014/2025-06-22/","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/1f8703e7445785dab55f2c890a191f8f52e59b1101bdd50f61574625213f36be.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/document/20260410.90a646c3","additional_details":"Power Point Presentation","material":{"display_name":"पवार पोइन्ट प्रस्तुतिकरण","material_type":"document","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/1a4b7fffc882d59af9e22c8c40b50f58b4fb8246a8867eddb45268c03c80c67d.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/9d263354d04b28cf652404273ba97d1e7ec5e1cda8ae944e0b8823a28349700e.md","role":"MARKDOWN"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/081-cr-0129"],"missing_details":"क) प्रतिवादीहरूले अदालतमा गरेको बयानको ब्याहोरा\r\n\r\nख) प्रस्तुत मुद्दासँग सम्बद्ध थप आधार र प्रमाण पुष्टि गर्ने प्रमाणिक स्रोत\r\n\r\nग) विशेष अदालतको आदेशहरूको प्रतिलिपि\r\n\r\nघ) अन्य आवश्यक स्रोतहरू।","bigo":103391030,"weight":0,"versionInfo":{},"created_at":"2026-04-01T16:26:47.693530+05:45","updated_at":"2026-09-03T09:18:12.860823+05:45"}