{"id":22,"slug":"case-081-cr-0122-fd3f2cd9","public_iri":"https://jawafdehi.org/case/case-081-cr-0122-fd3f2cd9","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोर ढल निर्माण ठेक्कामा भ्रष्टाचार (081-CR-0122)","short_description":"काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोर ढल निर्माण ठेक्कामा कम दरको बोलपत्रदातालाई ‘pending litigation’ को आधारमा अयोग्य ठहर गरी बढी दरको संयुक्त उद्यमलाई ठेक्का दिँदा रु. ४,३१,७२,२८७ बराबरको सार्वजनिक हानि पुर्‍याएको आरोपमा अख्तियारले ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।","authors":[{"slug":"rujit-kafle","display_name":"Rujit Kafle","name_ne":"रुजित काफ्ले","photo_url":"https://jawafdehi.org/assets/teammembers/rujit.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-05-01","public_edit_history":[],"public_notes":"**Case Drafted by Rujit Kafle. First Published on May 1, 2026.**","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/99f7c9c7ed7f4ef0cc80a84486bd458ad1f9de7ba95fe2021edb2d0a46d9694a.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/f06466b60dc6bb97c8e44082979c721f0aad4b91fd0355bff1476a1a7776feb4.webp 400w, https://s3.jawafdehi.org/case_uploads/f243352cc1261775927edb5f3d5cb81d4683fd631bb72663b4a33d96cbb912fe.webp 800w, https://s3.jawafdehi.org/case_uploads/99f7c9c7ed7f4ef0cc80a84486bd458ad1f9de7ba95fe2021edb2d0a46d9694a.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/3253e56e13b3a4eb6dfe7e980243c983ef5269e8dd8814c6cc974db3233dd4b7.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/9afea8396c505d51dc74f15933a909aca4ac592e684931efc96c306977399da5.webp 640w, https://s3.jawafdehi.org/case_uploads/9b9204a2dfd73cf1f473e103b929ca007e6876f2c7223a1966799eb76c2562b8.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/3253e56e13b3a4eb6dfe7e980243c983ef5269e8dd8814c6cc974db3233dd4b7.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":365,"banner_image_id":280,"thumbnail_url":"https://www.ukaalo.com/media/albums/a3a2d632-67be-4050-8154-df2519c4d4da11062025184502.jpg.JPG","banner_url":"https://www.ukaalo.com/media/albums/a3a2d632-67be-4050-8154-df2519c4d4da11062025184502.jpg.JPG","case_start_date":"2025-06-11","case_end_date":null,"dates":{"stages":[{"stage":"initial","start":"2025-06-11","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/081-cr-0122"}]},"status":"ongoing","case_track":null,"status_override":null,"proceedings_started_on":"2025-06-11","proceedings_decided_on":null,"appeal_verdicts":{},"appeal_parties":{},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/location/district/kathmandu-np0327","display_name":"Kathmandu","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Kathmandu","ne":"काठमाडौँ"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/kalpavrksa-kohinura-je-bhi-7cf978","display_name":"Kalpavriksh-Kohinoor J.V.","entity_type":"Person","type":"related","outcome":null,"notes":"प्राविधिक रूपमा योग्य ठहरिएपछि ठेक्का प्राप्त गर्ने संयुक्त उद्यम।","name":{"en":"Kalpavriksh-Kohinoor J.V.","ne":"कल्पवृक्ष-कोहिनूर जे.भी."},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/samanantara-nirmana-seva-pra-li-88ae06","display_name":"Samanantar Nirman Seva Pvt. Ltd.","entity_type":"Organization","type":"related","outcome":null,"notes":"सबैभन्दा कम दरमा बोलपत्र पेश गर्ने तर pending litigation आधारमा अयोग्य ठहर गरिएको निर्माण कम्पनी।","name":{"en":"Samanantar Nirman Seva Pvt. Ltd.","ne":"समानान्तर निर्माण सेवा प्रा.लि."},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/janardana-giri-5c44ac","display_name":"Janardan Giri","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"प्राविधिक सदस्य; मूल्याङ्कन समितिमा रही प्राविधिक मूल्याङ्कन प्रक्रियामा संलग्न भएको आरोप।","name":{"en":"Janardan Giri","ne":"जनार्दन गिरी"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/uttama-dahala-88a003","display_name":"Uttam Dahal","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"खरिद इकाईका कर्मचारी; बोलपत्र स्वीकृति तथा कालोसूची सिफारिससम्बन्धी टिप्पणी उठाएको आरोप।","name":{"en":"Uttam Dahal","ne":"उत्तम दाहाल"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/namaraja-dhakala-722d49","display_name":"Namraj Dhakal","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"खरिद इकाई प्रमुख; बोलपत्र मूल्याङ्कन, निर्णय पेशी र खरिद प्रक्रियामा संलग्न भएको आरोप।","name":{"en":"Namraj Dhakal","ne":"नमराज ढकाल"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/basanta-acarya-ab22ba","display_name":"Basant Acharya","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"कानून तथा मानव अधिकार विभाग प्रमुख; कालोसूची सिफारिससम्बन्धी राय र निर्णय प्रक्रियामा संलग्न भएको आरोप।","name":{"en":"Basant Acharya","ne":"बसन्त आचार्य"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/zivaraja-adhikari-04205e","display_name":"Shivraj Adhikari","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"मूल्याङ्कन समितिका सदस्य तथा वित्त विभाग प्रमुख; प्राविधिक मूल्याङ्कन र निर्णय प्रक्रियामा संलग्न भएको आरोप।","name":{"en":"Shivraj Adhikari","ne":"शिवराज अधिकारी"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/ravinamana-zrestha-b5260b","display_name":"Rabinmaan Shrestha","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"बोलपत्र मूल्याङ्कन समितिका अध्यक्ष; प्राविधिक मूल्याङ्कन प्रतिवेदनमा संलग्न भएको आरोप।","name":{"en":"Rabinmaan Shrestha","ne":"रवीनमान श्रेष्ठ"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/pradipa-pariyara-e660d7","display_name":"Pradip Pariyar","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"तत्कालीन प्रमुख प्रशासकीय अधिकृत; बोलपत्र स्वीकृति, कालोसूची सिफारिस र निर्णय प्रक्रियामा संलग्न भएको आरोप।","name":{"en":"Pradip Pariyar","ne":"प्रदीप परियार"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/localunit/kathmandu-metropolitian-city-30608","display_name":"Kathmandu Metropolitan City","entity_type":"AdministrativeArea,jawafdehi:MetropolitanCity","type":"related","outcome":null,"notes":"ठेक्का आह्वान, मूल्याङ्कन र सम्झौता प्रक्रियामा संलग्न सार्वजनिक निकाय।","name":{"en":"Kathmandu Metropolitan City","ne":"काठमाण्डौ महानगरपालिका"},"image":null}],"tags":["Procurement","Local Government","Construction"],"description":"**क) अभियोगपत्रको सार**\n\nप्रस्तुत मुद्दामा काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धराबाट म्हेपीसम्मको ढल निर्माण कार्यसम्बन्धी *Sewer Construction Works at Samakhusi Corridor from Basundhara to Mhepi* शीर्षकको सार्वजनिक खरिदमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आरोपपत्रअनुसार यस खरिद प्रक्रियामा IFB नं. 06-27-80-81-NCBW-KMC अन्तर्गत प्रकाशित बोलपत्रमा समानान्तर निर्माण सेवा प्रा.लि. ले सबैभन्दा कम दरमा प्रस्ताव पेश गरेको थियो। तर बोलपत्र मूल्याङ्कन समितिको २०८०/१०/०९ को प्रतिवेदनमा उक्त कम्पनीले काठमाडौं महानगरपालिकासँग सम्बन्धित अर्को ठेक्कामा भएको विवादलाई *pending litigation* फाराममा उल्लेख नगरेको भन्दै प्राविधिक रूपमा अयोग्य ठहर गरिएको थियो। त्यसपछि कल्पवृक्ष-कोहिनूर जेभीको वित्तीय प्रस्ताव स्वीकृत गर्दै २०८१/०१/०३ मा सम्झौता गरिएको आरोप लगाएको थियो । अख्तियारले कम दरको योग्य बोलपत्रदातालाई हटाई बढी दरको बोलपत्र स्वीकृत गर्दा रु. ४,३१,७२,२८७.३२ बराबरको सार्वजनिक हानि भएको दाबी गरेको छ। आरोपपत्रमा सार्वजनिक खरिद ऐन, २०६३ तथा प्रचलित कानुनविपरीत मिलेमतो र बदनियतपूर्ण निर्णयमार्फत ठेक्का व्यवस्थापन गरिएको आरोप उल्लेख थियो ।\n\nआरोपपत्रमा थप रूपमा सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को मिति २०८१/०४/२४ को निर्णय नं. ९७४ ले समानान्तर निर्माण सेवा प्रा.लि. लाई कालोसूचीमा नराख्ने ठहर गर्नुका साथै, कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णयसँग संलग्न कर्मचारीमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न लेखी पठाउने निर्णय गरेको तथ्य पनि उद्धृत गरिएको थियो । समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ ६३ पैसाको न्यूनतम कबोल पेश गर्दा समेत उक्त कम्पनीलाई अयोग्य ठहर गरी २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ ९५ पैसाको उच्च कबोल गर्ने कल्पवृक्ष कोहिनूर जेभीसँग सम्झौता गरिएको अख्तियारले ठहर गरेको थियो ।यसरी न्यूनतम कबोल अस्वीकार गरी उच्च कबोलमा सम्झौता गर्दा चार करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ ३२ पैसाको राष्ट्रिय सम्पत्ति हिनामिना भएको एकिन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार सार्वजनिक सम्पत्तिको हानि नोक्सानी पुर्‍याउने, दफा ३ अनुसार पदको दुरुपयोग गर्ने, र दफा १९(२) अनुसार गलत मूल्याङ्कन तथा बदनियतपूर्ण निर्णय गर्ने कार्य भएको उल्लेख गर्दै अख्तियारले बिगोबमोजिम जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको थियो।\n\n**अख्तियारको अनुसन्धानले प्रस्तुत मुद्दामा देहायको निष्कर्ष निकालेको थियो :-**\n\nक. बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारीहरूले बोलपत्रको प्राविधिक पक्षको मूल्याङ्कनको क्रममा बदनियत राखी ठोस आधार कारणविना Pending litigation नै नभएको विषयमा Pending litigation भएको भनी अपव्याख्या गरी गलत मूल्याङ्कन प्रतिवेदन खडा गरी समानान्तर निर्माण सेवा प्रा.ली.लाई प्राविधिक मूल्याङ्कनबाट अनुत्तिर्ण गरेको।\n\nख. सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४९ ले निर्देश गरे अनुसार बोलपत्रदाता वा प्रस्तावदाताले दफा ४७ बमोजिम सार्वजनिक निकाय समक्ष दिएको निवेदन त्यस्तो निकायका प्रमुखले सोही दफाको उपदफा (६) मा उल्लेख भए अनुसार ५ (पाँच) दिनको अवधिमा जवाफ नदिई म्याद गुजारी आर्थिक प्रस्ताव खोली नीज निर्माण व्यवसायीलाई पुनरावलोकन समिति समक्ष जाने मौका समेत नदिने मनसाय देखिएको।\n\nग. काठमाडौं महानगरपालिका सार्वजनिक खरिद नियमावली, २०७९ को नियम ४३ बमोजिम बोलपत्र मूल्याङ्कन समितिको प्रतिवेदन जाँचबुझ गर्नु पर्नेमा सो प्रतिवेदन जाँचबुझ नगरे/नगराएको।\n\nघ. सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४७ तथा काठमाडौँ महानगरपालिका सार्वजनिक खरिद नियमावली, २०७९ को नियम ४४ बमोजिम खरिद कारवाही वा निर्णयको पुनरावलोकनका लागि निवेदन दिन चाहने बोलपत्रदाता वा प्रस्तावदाताले प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन दिनुपर्ने र सो बमोजिम परेका निवेदन उपर प्रमुख प्रशासकीय अधिकृतले आवश्यक जाँचबुझ, छानविन गरी पाँच दिनभित्रमा लिखित निर्णय गर्नुपर्ने तथा पुनरावलोकनको निर्णय र त्यस्तो निर्णयको सम्बन्धमा अपनाइएको उपचरात्मक कदमहरुको अभिलेख राखी प्रत्येक वर्ष सार्वजनिक खरिद अनुगमन कार्यालयमा जानकारी दिनुपर्नेछ भन्ने समेत व्यवस्था रहेको देखिएकोमा बोलपत्रदाता समानान्तर निर्माण सेवाले बोलपत्र मूल्याङ्कन समितिले गरेको प्राविधिक प्रस्तावको मूल्याङ्कनका सम्बन्धमा चित्त नबुझी पेश गरेको निवेदन उपर प्रमुख प्रशासकीय अधिकृतले नियमानुसार कुनै कारवाही नगरेको।\n\nङ. बोलपत्र मूल्याङ्कन समितिले खडा गरेको गलत मूल्याङ्कन प्रतिवेदनको आधारमा, सो प्रतिवेदन जाँचबुझ समेत नगरी/नगराई बोलपत्र स्वीकृत गरेको।\n\nच. काठमाडौँ महानगरपालिका, नगरकार्यपालिकाको कार्यालयमा नियमानुसारको समयावधी भित्रै समानान्तर निर्माण सेवा प्रा.लीले दर्ता गराएको निवेदनहरु बदनियतपूर्वक लुकाई छिपाई, पुनरावलोकनको लागि निवेदन समय भित्रै खरिद एकाईमा प्राप्त नभएको भनी, झुठा विवरण सहितको बोलपत्र स्वीकृतिको टिप्पणी उठाई सदर गरेको\n\n**ख) अख्तियार समक्ष अभियुक्तहरूले गरेको बयानको सार**\n\n| नाम/पद | बयानको सारांश |\n| ------ | ------------- |\n| प्रदीप परियार (तत्कालीन प्रमुख प्रशासकीय अधिकृत) | बोलपत्र मूल्याङ्कन समितिले SNS ले pending litigation को matter of dispute मा “None” उल्लेख गरेको आधारमा प्राविधिक रूपमा असफल ठहर गरेको बताए। विवाद भए पनि खुलाउन नसक्नु त्रुटि भएको देखिएको। पुनरावलोकन प्रक्रियामा नजाई नियामक निकायमा उजुरी गर्नु कर्मचारीलाई दुःख दिने नियत भएको उल्लेख गरे। |\n| रविनमान श्रेष्ठ (अध्यक्ष) | SBD अनुसार pending litigation खुलाउनुपर्नेमा SNS ले “None” लेखेकोले अयोग्य भएको बताए। टेकु भवन सम्बन्धी विवाद मध्यस्थता र उच्च अदालतमा विचाराधीन रहेको उल्लेख गरे। मध्यस्थता पनि अदालतसरह भएकाले उक्त विवाद pending litigation मा पर्ने र मूल्याङ्कन निर्णय सही भएको दाबी गरे। |\n| बसन्त आचार्य (सदस्य) | कुनै मिलेमतो वा पूर्वाग्रह बिना कानून, SBD र समितिको सामूहिक निर्णय अनुसार काम गरेको बताए। आफ्नो क्षमता अनुसार इमान्दारीपूर्वक मूल्याङ्कन गरेको र Sewer Construction ठेक्कामा पनि प्रचलित कानून तथा मापदण्ड अनुसार निष्कर्षमा पुगेको उल्लेख गरे। |\n| नमराज ढकाल (सचिव/खरिद प्रमुख) | टेकु भवन निर्माणमा २०७८ देखि विवाद रहेको र विचाराधीन अवस्थामा रहेको बताए। SNS ले LIT-1 मा “None” लेखी तथ्य वङ्ग्याएको ठहर गर्दै मूल्याङ्कन समितिले स्वतः जानकारीका आधारमा प्राविधिक चरणमै अयोग्य ठहर गरेको बताए। |\n| शिवराज अधिकारी (सदस्य) | मिलेमतो नभएको स्पष्ट पारे। SNS ले pending litigation नखुलाएको बताए। यदि सही विवरण दिएको भए स्रोतमा असर नपर्ने देखिए स्वीकृत हुन सक्थ्यो भने। GCC अनुसार अनिवार्य विवरण नखुलाउँदा निर्णय फरक हुन सक्ने सम्भावना उल्लेख गरे। |\n| जनार्दन गिरी (सदस्य) | कुनै रिसइवि नभएको बताए। SBD अनुसार pending litigation खुलाउनुपर्ने अनिवार्य मापदण्ड रहेको र टेकु भवन विवाद उल्लेख नगरेकाले SNS प्राविधिक रूपमा अयोग्य भएको स्पष्ट पारे। मापदण्डमा छुट दिन नसकिने धारणा राखे। |\n| उत्तम दाहाल (खरिद इकाइ) | SNS ले “None” लेखी तथ्य लुकाई ठेक्का लिन खोजेको बताए। मूल्याङ्कन समितिले सोही आधारमा असफल गरेको उल्लेख गरे। कालोसूची सम्बन्धी कार्यमा माथिल्लो तहबाट मौखिक निर्देशन आएको र आफूले आदेशअनुसार मात्र काम गरेको बताए। |\n| प्रकाश ढुंगाना (कल्पवृक्ष-कोहिनूर JV प्रतिनिधि) | महानगरपालिकाबाट पत्र प्राप्त भएपछि मात्र सम्झौता गरी निर्माण कार्य सुरु गरेको बताए। बोलपत्र मूल्याङ्कन प्रक्रियाबारे आफूलाई जानकारी नभएको स्पष्ट पारे। |\n\n**ग) विशेष अदालतको फैसलाको सार**\n\nविशेष अदालतका सदस्य माननीय श्री नारायणप्रसाद पौडेल, माननीय श्री हेमन्त रावल र माननीय श्री उमेश कोइरालाको इजलासले मिति २०८२/०९/२२ गते समानान्तर निर्माण सेवा प्रा.लि.ले प्राविधिक प्रस्ताव पेश गर्दा काठमाडौं महानगरपालिकासँगको बिल भुक्तानी सम्बन्धी Pending Litigation नखुलाएको ठहर गर्दै मूल्याङ्कन समितिले उक्त प्रस्ताव अनुत्तीर्ण गर्नु नियमसम्मत भएको निष्कर्ष निकालेको थियो। साथै, कल्पवृक्ष–कोहिनुर जे.भि. विरुद्ध कुनै विवाद वा मुद्दा नदेखिएको र प्रतिवादीहरूले त्यसबाट कुनै व्यक्तिगत लाभ लिएको प्रमाण नभएको ठहर समेत गरेको थियो। प्राविधिक चरणमै असफल भएको बोलपत्रदाताको आर्थिक प्रस्ताव खुल्ने अवस्था नरहने भएकाले बढी दरवालासँग सम्झौता गरी हानी नोक्सानी पुर्‍याएको भन्ने आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकाली लागत अनुमानभन्दा ७.३ प्रतिशत कम दरमा सम्झौता भएको र कार्यसमेत नियमानुसार अघि बढेको देखिँदा सम्पूर्ण प्रक्रिया कानुनबमोजिम भएको ठहर गर्दै प्रतिवादीहरूलाई आरोप दावीबाट सफाइ दिने फैसला गरेको थियो।","key_allegations":["प्रतिवादीहरूको काठमाडौं महानगरपालिकाको NCBW-KMC को ठेक्कामा  Pending Litigation नहुने विषयलाई Pending Litigation रहेको भनी व्याख्या गरी गलत मूल्याङ्कन प्रतिवेदन खडा गरी सोही मूल्याङ्कनसमेतको आधारमा सबैभन्दा कम अंक कबोल गर्ने निर्माण व्यवसायीलाई अयोग्य ठहर गरी दोस्रो कम अङ्ग कबोल प्रस्ताव गर्ने निर्माण व्यवसायीसँग सम्झौता गरी सार्वजनिक सम्पत्ति बदनियतपूर्वक हानि नोक्सानी तथा दुरुपयोग गरेको।","कम दरको बोलपत्रदातालाई हटाएर कल्पवृक्ष-कोहिनूर जेभीलाई ठेक्का दिँदा सार्वजनिक निकायलाई रु. ४,३१,७२,२८७.३२ बराबरको हानि पुर्‍याइएको अख्तियारको दाबी ।","आरोपपत्रमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूले खरिद प्रक्रिया प्रभावित पार्दै मिलेमतोपूर्ण र कानुनविपरीत निर्णय गरेको आरोप लगाइएको ।","PPMO ले २०८१/०४/२४ मा समानान्तर निर्माण सेवा प्रा.लि. लाई कालोसूचीमा नराख्ने निर्णय गर्नुले प्रारम्भिक अयोग्यता ठहरको आधारबारे थप प्रश्न खडा गरेको।"],"timeline":[{"date":"2023-02-07","title":"मूल्याङ्कन समिति गठन","date_bs":"2079-10-24","description":"काठमाडौं महानगरपालिकाको २०७९/१०/२४ को प्रमुख प्रशासकीय अधिकृतस्तरीय निर्णयअनुसार रामबहादुर थापा अध्यक्ष रहने गरी बोलपत्र मूल्याङ्कन समिति गठन गरिएको थियो। पछि २०८०/०९/१६ को निर्णयबाट अध्यक्ष परिवर्तन गरी रवीनमान श्रेष्ठलाई तोकिएको तथा शिवराज अधिकारी, बसन्त आचार्य, जनार्दन गिरी र नमराज ढकालसहित ५ सदस्यीय समिति कायम भएको उल्लेख छ।"},{"date":"2023-07-26","title":"मध्यस्थ नियुक्तिका लागि पत्राचार","date_bs":"2080-04-10","description":"निर्माण व्यवसायी समानान्तर निर्माण सेवा प्रा.लि. ले आफूले गरेको कामको भुक्तानी नपाएको विषयमा काठमाडौं महानगरपालिकालाई मध्यस्थ नियुक्त गर्न २०८०/०४/१० मा पत्राचार गरेको देखिन्छ।"},{"date":"2023-08-04","title":"दोस्रो मध्यस्थता पत्राचार","date_bs":"2080-04-19","description":"Ref No. SNS/023/2080/081 मार्फत २०८०/०४/१९ मा मध्यस्थता नियुक्तिको लागि थप पत्राचार गरिएको थियो।"},{"date":"2023-08-24","title":"तेस्रो मध्यस्थता पत्राचार","date_bs":"2080-05-07","description":"Ref No. SNS/038/2080/081 मार्फत २०८०/०५/०७ मा मध्यस्थता नियुक्तिको लागि पुनः पत्राचार गरिएको उल्लेख छ।"},{"date":"2023-09-26","title":"लागत अनुमान स्वीकृत","date_bs":"2080-06-09","description":"Sewer Construction Work from Basundhara to Mhepi कार्यका लागि रु. २४,१७,३६,४४०.७३ को लागत अनुमान तयार गरी २०८०/०६/०९ मा स्वीकृत गरिएको थियो।"},{"date":"2023-10-05","title":"चौथो मध्यस्थता पत्राचार","date_bs":"2080-06-18","description":"Ref No. SNS/082/2080/081 मार्फत २०८०/०६/१८ मा मध्यस्थता नियुक्तिको लागि महानगरपालिकामा थप पत्राचार गरिएको देखिन्छ।"},{"date":"2023-10-09","title":"बोलपत्र सूचना प्रकाशित","date_bs":"2080-06-22","description":"गोरखापत्र राष्ट्रिय दैनिकमा IFB No. 06-27-80-81-NCBW-KMC अन्तर्गत Samakhusi Corridor बाट Basundhara to Mhepi सम्मको ढल निर्माण कार्यका लागि बोलपत्र सूचना २०८०/०६/२२ मा प्रकाशित भएको थियो।"},{"date":"2023-11-26","title":"प्राविधिक प्रस्ताव खोलियो","date_bs":"2080-08-10","description":"२०८०/०८/१० मा प्राविधिक प्रस्ताव खोलिँदा समानान्तर निर्माण सेवा प्रा.लि. र कल्पवृक्ष-कोहिनूर जे.भी. गरी दुई बोलपत्रदाताले प्रस्ताव पेश गरेको देखिएको छ।"},{"date":"2024-01-01","title":"समिति पुनर्गठन","date_bs":"2080-09-16","description":"२०८०/०९/१६ को निर्णयअनुसार बोलपत्र मूल्याङ्कन समितिको अध्यक्ष परिवर्तन गरी रवीनमान श्रेष्ठलाई तोकियो र शिवराज अधिकारी, बसन्त आचार्य, जनार्दन गिरी तथा नमराज ढकालसहित ५ सदस्यीय समिति कायम गरियो।"},{"date":"2024-01-17","title":"नेपाल मध्यस्थता परिषदको पत्र","date_bs":"2080-10-03","description":"नेपाल मध्यस्थता परिषदले च.नं. NEPCA-559/2080/81 मार्फत २०८०/१०/०३ मा मध्यस्थता नियुक्तिका लागि महानगरपालिकामा पत्राचार गरेको थियो।"},{"date":"2024-01-23","title":"प्राविधिक मूल्याङ्कन प्रतिवेदन","date_bs":"2080-10-09","description":"बोलपत्र मूल्याङ्कन समितिको २०८०/१०/०९ को प्रतिवेदनले Teku Building ठेक्कासम्बन्धी pending litigation विषय फाराम LIT-1 मा उल्लेख नगरेको भन्दै समानान्तर निर्माण सेवा प्रा.लि. लाई प्राविधिक रूपमा अयोग्य ठहर गर्‍यो र कल्पवृक्ष-कोहिनूर जे.भी. को प्रस्ताव स्वीकृत गरी आर्थिक प्रस्ताव खोल्न सिफारिस गर्‍यो।"},{"date":"2024-02-02","title":"आर्थिक प्रस्ताव खोल्ने सूचना","date_bs":"2080-10-19","description":"२०८०/१०/२८ मा आर्थिक प्रस्ताव खोलिने मिति खुलाई सूचना प्रकाशित गरिएको थियो।"},{"date":"2024-02-05","title":"कारण माग पत्र","date_bs":"2080-10-22","description":"समानान्तर निर्माण सेवा प्रा.लि. ले बोलपत्र असफल हुनुको कारण माग गर्दै Ref No. SNS/150/2080/081 अनुसार २०८०/१०/२२ मा पत्र पठाएको थियो। पत्रमा माग गरिएअनुसार कारवाही नगरी पछि आर्थिक प्रस्ताव खोली ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरिएको आरोप छ।"},{"date":"2024-02-09","title":"प्राविधिक मूल्याङ्कन पुनरावलोकन निवेदन","date_bs":"2080-10-26","description":"समानान्तर निर्माण सेवा प्रा.लि. ले Ref No. SNS/153/2080/081 मार्फत २०८०/१०/२६ मा प्राविधिक प्रस्ताव मूल्याङ्कन पुनरावलोकनका लागि निवेदन दिएको थियो, तर त्यसमा कारवाही भएको नखुलेको उल्लेख छ।"},{"date":"2024-02-11","title":"आर्थिक प्रस्ताव खोलियो","date_bs":"2080-10-28","description":"२०८०/१०/२८ मा आर्थिक प्रस्ताव खोलिएको मुचुल्काअनुसार कल्पवृक्ष-कोहिनूर जे.भी. को आर्थिक प्रस्ताव खोलिएको थियो।"},{"date":"2024-02-11","title":"आर्थिक मूल्याङ्कन सिफारिस","date_bs":"2080-10-28","description":"बोलपत्र मूल्याङ्कन समितिको २०८०/१०/२८ को प्रतिवेदनले कल्पवृक्ष-कोहिनूर जे.भी. ले प्रस्ताव गरेको रु. १९,२१,१९,१२६.५० (भ्याटबाहेक) रकम लागत अनुमानभन्दा ७.२७ प्रतिशत घटी रहेको भन्दै स्वीकृत गर्न सिफारिस गरेको थियो।"},{"date":"2024-02-13","title":"आशय सूचना प्रकाशन","date_bs":"2080-11-01","description":"कल्पवृक्ष-कोहिनूर जे.भी. को बोलपत्र स्वीकृत गर्ने आशयको सूचना २०८०/११/०१ मा प्रकाशित गरिएको थियो।"},{"date":"2024-02-13","title":"पत्र दर्ता","date_bs":"2080-11-01","description":"कारण मागसम्बन्धी पत्र खरिद एकाईमा २०८०/११/०१ मा मात्रै दर्ता भएको कुरा संलग्न दर्ता किताबबाट देखिएको उल्लेख छ।"},{"date":"2024-02-14","title":"आर्थिक मूल्याङ्कन प्रक्रियासम्बन्धी पुनरावलोकन निवेदन","date_bs":"2080-11-02","description":"समानान्तर निर्माण सेवा प्रा.लि. ले Ref No. SNS/156/2080/081 मार्फत २०८०/११/०२ मा आफूलाई बिना आधार आर्थिक प्रस्ताव मूल्याङ्कन प्रक्रियामा सहभागी नगराएको भन्दै पुनरावलोकन निवेदन दिएको थियो।"},{"date":"2024-02-15","title":"उजुरी पत्र दर्ता","date_bs":"2080-11-03","description":"२०८०/११/०३ मा समानान्तर निर्माण सेवा प्रा.लि. ले पुनरावलोकन अधिकार हनन गरी आफू निकट बोलपत्रदातालाई स्वीकृत गर्ने आशयले सूचना निकालिएको भनी उजुरीपत्र दर्ता गराएको थियो।"},{"date":"2024-02-16","title":"असफलताको कारणबारे जानकारी पत्र","date_bs":"2080-11-04","description":"खरिद इकाईले २०८०/११/०४ मा च.नं. २६९ को पत्रबाट समानान्तर निर्माण सेवा प्रा.लि. लाई बोलपत्र असफल हुनुको कारण जानकारी गराएको तथा सो पत्र इमेलमार्फत पठाइएको उल्लेख छ।"},{"date":"2024-03-04","title":"कालोसूची सिफारिस सदर","date_bs":"2080-11-21","description":"प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले २०८०/११/२१ मा समानान्तर निर्माण सेवा प्रा.लि. लाई ३ वर्षका लागि कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गर्ने निर्णय सदर गरेको देखिन्छ।"},{"date":"2024-03-05","title":"उजुरी दर्ता","date_bs":"2080-11-22","description":"समानान्तर निर्माण सेवा प्रा.लि. ले Ref No. SNS/166/2080/081 मार्फत २०८०/११/२२ मा आफू असफल ठहर हुँदा राज्यलाई रु. ३,८२,०५,५६३.५८ बराबरको अतिरिक्त दायित्व परेको उल्लेख गर्दै काठमाडौं महानगरपालिकामा उजुरी दर्ता गराएको थियो।"},{"date":"2024-03-05","title":"कालोसूची सिफारिससम्बन्धी टिप्पणी आदेश","date_bs":"2080-11-22","description":"२०८०/११/२२ को टिप्पणी आदेशमा pending litigation form LIT-1 मा विवादसम्बन्धी विषय नखुलाई तथ्य बङ्ग्याएको भन्दै समानान्तर निर्माण सेवा प्रा.लि. लाई ३ वर्षका लागि कालोसूचीमा राख्न सिफारिस गर्ने प्रक्रिया अघि बढाइएको उल्लेख छ।"},{"date":"2024-03-26","title":"उच्च अदालत पाटनमा निवेदन","date_bs":"2080-12-13","description":"समानान्तर निर्माण सेवा प्रा.लि. ले महानगरपालिकाले मध्यस्थता नियुक्ति नगरेको भन्दै २०८०/१२/१३ मा उच्च अदालत पाटनमा दर्ता नं. 080-FJ-0157 अन्तर्गत निवेदन दर्ता गरेको देखिन्छ।"},{"date":"2024-03-27","title":"मध्यस्थता नियुक्ति सम्बन्धी निवेदन दर्ता","date_bs":"2080-12-14","description":"२०८०/१२/१४ मा मध्यस्थता नियुक्तिसम्बन्धी निवेदन दर्ता भएको उल्लेख छ।"},{"date":"2024-04-02","title":"बोलपत्र स्वीकृति टिप्पणी","date_bs":"2080-12-20","description":"२०८०/१२/२० मा खरिद इकाईका उत्तम दाहालले टिप्पणी उठाई, नमराज ढकालमार्फत पेश गरी प्रमुख प्रशासकीय अधिकृतबाट बोलपत्र स्वीकृत गराइएको थियो।"},{"date":"2024-04-10","title":"सम्झौता गर्न आउने पत्राचार","date_bs":"2080-12-28","description":"कल्पवृक्ष-कोहिनूर जे.भी. लाई १५ दिनभित्र सम्झौता गर्न आउनू भन्ने व्यहोराको पत्र २०८०/१२/२८ मा पठाइएको थियो।"},{"date":"2024-06-17","title":"ठेक्का सम्झौता","date_bs":"2081-03-03","description":"२०८१/०१/०३ मा काठमाडौं महानगरपालिका र कल्पवृक्ष-कोहिनूर जे.भी. बीच रु. १९,२१,१९,१२६.५० (भ्याटबाहेक) मा Sewer Construction Works at Samakhusi Corridor from Basundhara to Mhepi सम्बन्धी ठेक्का सम्झौता भएको थियो।"},{"date":"2024-08-08","title":"PPMO निर्णय नं. ९७४","date_bs":"2081-04-24","description":"सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्णय नं. ९७४ मार्फत २०८१/०४/२४ मा समानान्तर निर्माण सेवा प्रा.लि. लाई कालोसूचीमा नराख्ने ठहर गर्‍यो र कालोसूची सिफारिसमा संलग्न कर्मचारीमाथि कानुनबमोजिम कारवाही गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने निर्णय गर्‍यो।"},{"date":"2024-08-29","title":"अख्तियारमा उजुरी दर्ता","date_bs":"2081-05-13","description":"Sewer Construction Works at Samakhusi Corridor from Basundhara to Mhepi खरिदमा pending litigation सम्बन्धी आधार कमजोर रहेको, कालोसूची सिफारिससम्बन्धी निर्णय त्रुटिपूर्ण रहेको, र काठमाडौं महानगरपालिकालाई अतिरिक्त दायित्व परेको विषय उठाउँदै २०८१/०५/१३ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको थियो।"},{"date":"2024-11-15","title":"PPMO निर्णय प्राप्त","date_bs":"2081-07-30","description":"सार्वजनिक खरिद अनुगमन कार्यालयको च.नं. MK/704, मिति २०८१/०७/३० को पत्रसाथ निर्णय नं. ९७४ प्राप्त भएको उल्लेख छ।"},{"date":"2025-06-11","title":"अभियोगपत्र दायर","date_bs":"2082-02-28","description":"अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२/०२/२८ मा विशेष अदालतमा अभियोगपत्र दायर गर्दै प्रतिवादीहरूले pending litigation नभएको विषयलाई गलत व्याख्या गरी सबैभन्दा कम अंक कबोल गर्ने निर्माण व्यवसायीलाई अयोग्य ठहर गरेर दोस्रो कम अंक कबोल गर्ने व्यवसायीसँग सम्झौता गरी सार्वजनिक सम्पत्तिमा बदनियतपूर्वक हानि पुर्‍याएको आरोप लगायो।"},{"date":"2026-01-06","title":"विशेष अदालतको फैसला","date_bs":"2082-09-22","description":"प्राविधिक प्रस्तावमै अनुत्तीर्ण भएपश्चात आर्थिक प्रस्तावमा कबुल गरिएको अङ्कका बारेमा मूल्याङ्कन समिति तथा निर्णय गर्ने अधिकारीलाई जानकारी हुन नसक्ने अवस्थामा कम अङ्क कबोल गर्ने बोलपत्रदातालाई बाहेक गरी बढी अङ्क कबोल गर्ने बोलपत्रदातासँग सम्झौता गरी रकम हानिनोक्सानी तथा दुरुपयोग गरे गराएको भनी मान्न सकिने अवस्था पनि देखिएन भन्दै प्रतिवादीहरूलाई आरोप दावीबाट सफाइ दिने विशेष अदालतको फैसला।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/press_release/20260428.56bbcc86","additional_details":"CIAA","material":{"display_name":"अख्तियारको प्रेस विज्ञप्ति","material_type":"press_release","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/3ef960160ae4c8e4695c3b836882f690494578ea9182787001c1a1ee5669baf4.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/895db3810448960e73312bf358457bbf76d405c05edd43c7796780429b818e14.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/charge_sheet/20260423.598e4703","additional_details":"Office of Attorney General","material":{"display_name":"CIAA आरोपपत्र — 081-CR-0122","material_type":"charge_sheet","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/7275fb0c17785eb44404a37595062a0acbe8de6c0d301408768141d75baa01de.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/244e26b35067bbbe763a8b5cf6e9ec1f473184f3053d654a79cf264063eb0cfa.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/20260430.fdcbffb4","additional_details":"प्राविधिक प्रस्तावमै अनुत्तीर्ण भएपछि आर्थिक प्रस्तावमा कबोल गरिएको रकमबारे मूल्याङ्कन समिति तथा निर्णय गर्ने अधिकारीलाई जानकारी हुन नसक्ने र बढी रकम कबोल गर्ने बोलपत्रदातासँग सम्झौता गर्दा सरकारी रकम हानिनोक्सानी वा दुरुपयोग भएको पुष्टि नहुने भन्दै विशेष अदालतले प्रतिवादीहरूलाई आरोपबाट सफाइ दिएको फैसला।","material":{"display_name":"Decision of The Special Court","material_type":"document","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/e7448cf8f275a8488a2bc3a3352d78f86020dcf2e32f2dc71d87850fb59fec31.docx","role":"RAW"}]}},{"material_iri":"https://jawafdehi.org/material/legal_corpus/20260320.44bd104b","additional_details":"Nepal Law Commission","material":{"display_name":"भ्रष्टाचार निवारण ऐन २०५९","material_type":"legal_corpus","urls":[{"link":"https://lawcommission.gov.np/content/13421/prevention-of-corruption--2059/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/833387b943a2b6e0704c1103576405e4043b96c5cb1974a7689e029fc35b942b.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/legal_corpus/20260320.76053052","additional_details":"Nepal Law Commission","material":{"display_name":"सार्वजनिक खरीद ऐन २०६३","material_type":"legal_corpus","urls":[{"link":"https://lawcommission.gov.np/content/12891/12891-public-procurement-act-2063/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/c787586854dc1c85a295fd8d6ff104940a9c8839be0f645046c9bc4bd3a24179.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260428.a2099458","additional_details":"टेकपाना, २०८२ जेठ २९ गते प्रकाशित","material":{"display_name":"सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा","material_type":"news","urls":[{"link":"https://techpana.com/2025/151307/","role":"RAW"},{"link":"https://web.archive.org/web/20260430105614/https://techpana.com/2025/151307/","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/dca28e8187704758b1228f8463d48006d10f3e361cfe907517ed72cbdcd3740e.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_filing/20260428.055adaa6","additional_details":"जन आस्था , जेठ २८, २०८२ मा प्रकाशित","material":{"display_name":"प्रदीप परियार भ्रष्टाचारमा तानिए, विशेष अदालतमा मुद्दा दर्ता","material_type":"document","urls":[{"link":"https://www.janaaastha.com/story/167330","role":"RAW"},{"link":"https://web.archive.org/web/20250611000000/https://www.janaaastha.com/story/167330","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/a1eae2410ac3d2069f15d25453b319844a6d9361c98fbfa7764cb47ecb88e050.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260428.259f0fbb","additional_details":"अनलाइन खबर , जेठ २८, २०८२ मा प्रकाशित","material":{"display_name":"काठमाडौंका पूर्वप्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा","material_type":"news","urls":[{"link":"https://www.onlinekhabar.com/2025/06/1700787","role":"RAW"},{"link":"https://web.archive.org/web/20260430105742/https://www.onlinekhabar.com/2025/06/1700787","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/4650bfeaa0cea69e65f61cb2d501d585da4651197ad6576d6f4f348713ce9c36.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260428.808ef1f3","additional_details":"नयाँ पत्रिका, २o८२ पौष २२ गते प्रकाशित","material":{"display_name":"सहसचिव प्रदीप परियारसहितलाई विशेष अदालतको सफाइ","material_type":"news","urls":[{"link":"https://www.nayapatrikadaily.com/news-details/185555/2026-01-06","role":"RAW"},{"link":"https://web.archive.org/web/20260106000000/https://www.nayapatrikadaily.com/news-details/185555/2026-01-06","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/dd29e9a6cb233118aa599ad353b1057e92efb3b97ae99c49273bbc91d919199c.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260428.5baf5bd4","additional_details":"उकेरा, २o८२ पौष २२ गते प्रकाशित","material":{"display_name":"भ्रष्टाचार मुद्दामा काठमाडौं महानगरका ७ कर्मचारीले पाए सफाइ","material_type":"news","urls":[{"link":"https://ukeraa.com/news/detail/169710/","role":"RAW"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260428.b908c5ea","additional_details":"अनलाइन खबर ,२o८२ पौष २२ गते प्रकाशित","material":{"display_name":"भ्रष्टाचार मुद्दामा प्रदीप परियारले पाए सफाइ","material_type":"news","urls":[{"link":"https://web.archive.org/web/20260430110511/https://www.onlinekhabar.com/2026/01/1843084","role":"PERMALINK"},{"link":"https://www.onlinekhabar.com/2026/01/1843084","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/90ac507a1bcff9aa8362b0946dfa5e6cce32ca235e83a628d7ad83c603f19a85.md","role":"MARKDOWN"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/081-cr-0122"],"missing_details":"क) प्रस्तुत मुद्दासँग सम्बद्ध थप आधार र प्रमाण पुष्टि गर्ने प्रमाणिक स्रोत ।\n\nख) प्रस्तुत मुद्दाको विवरण अख्तियारले दायर गरेको अभियोगपत्र र विशेष अदालतले गरेको फैसलामा आधारित छ ।","bigo":43172287,"weight":0,"versionInfo":{},"created_at":"2026-04-23T17:19:47.662060+05:45","updated_at":"2026-09-09T21:43:09.011617+05:45"}