{"id":19,"slug":"case-081-cr-0104-6653add6","public_iri":"https://jawafdehi.org/case/case-081-cr-0104-6653add6","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारी विरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा (081-CR-0104)","short_description":"सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारी विरुद्ध रु. १ करोड ८ लाख ३८ हजारको गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा।","authors":[{"slug":"rujit-kafle","display_name":"Rujit Kafle","name_ne":"रुजित काफ्ले","photo_url":"https://jawafdehi.org/assets/teammembers/rujit.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-04-23","public_edit_history":[],"public_notes":"**Case drafted by Rujit Kafle. First published on April 23, 2026.**\n\n**Updated on 05/01/2026: Minor corrections.**","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/a9bf70e922c970c73c2df6a8241405b928dc26ad7c81b9b6f63c928997647dec.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/690ecc5f6487ed82ab4c66c9767ff125457aab579c33802b6d27803ecb330eed.webp 400w, https://s3.jawafdehi.org/case_uploads/4f7d8373d47abce313b207292aaa7f858dc7e1dc231f21fdae7b701e440ffcaf.webp 800w, https://s3.jawafdehi.org/case_uploads/a9bf70e922c970c73c2df6a8241405b928dc26ad7c81b9b6f63c928997647dec.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/a24598b1b8188f3db0390b8738faff046590b96471b4ab1f49ba35a37fe5667a.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/49af47e33937bb46ea03250a30e1bcf3057a14c7c643574d37a44e7cf35280ee.webp 640w, https://s3.jawafdehi.org/case_uploads/7ff49e9755739b8ae5667d8de8384b99728ff31fa66ab4b345095f1de763a66a.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/a24598b1b8188f3db0390b8738faff046590b96471b4ab1f49ba35a37fe5667a.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":362,"banner_image_id":277,"thumbnail_url":"https://npcdn.ratopati.com/media/news/dirgha-sodari_XtRM4JIFnu.jpg","banner_url":"https://npcdn.ratopati.com/media/news/dirgha-sodari_XtRM4JIFnu.jpg","case_start_date":"2025-06-02","case_end_date":null,"dates":{"stages":[{"stage":"initial","start":"2025-06-02","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/081-cr-0104"}]},"status":"ongoing","case_track":null,"status_override":null,"proceedings_started_on":"2025-06-02","proceedings_decided_on":null,"appeal_verdicts":{},"appeal_parties":{},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/person/dirgha-bahadur-sodari","display_name":"Deergh Bahadur Sodari","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री, सुदूरपश्चिम प्रदेश, पूर्व मुख्य मन्त्री एवं प्रस्तुत मुद्दाको मुख्य प्रतिवादी ।","name":{"en":"Deergh Bahadur Sodari","ne":"दीर्घ बहादुर सोडारी"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/babee-sodaaree","display_name":"Babi Sodari","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"दीर्घ बहादुर सोडारीको छोरा (सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी)","name":{"en":"Babi Sodari","ne":"बबी सोडारी"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/geetaa-sodaaree","display_name":"Gita Sodari","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"दीर्घ बहादुर सोडारीकी श्रीमती (सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी)","name":{"en":"Gita Sodari","ne":"गीता सोडारी"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/province/sudur-paschim-np07","display_name":"Sudurpashchim Province","entity_type":"AdministrativeArea,jawafdehi:Province","type":"location","outcome":null,"notes":"","name":{"en":"Sudurpashchim Province","ne":"सुदूरपश्चिम प्रदेश"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/dhanagadhi-kailali-f174bf","display_name":"Dhangadi, Kailali","entity_type":"Place","type":"location","outcome":null,"notes":"","name":{"en":"Dhangadi, Kailali","ne":"धनगढी, कैलाली"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/kailali-np0771","display_name":"Kailali","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Kailali","ne":"कैलाली"},"image":null}],"tags":["Sudurpashchim Province","Illicit Enrichment"],"description":"**क) अभियोगदावीको सार**\r\n\r\nप्रस्तुत मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा दायर गरेको आरोपपत्रअनुसार सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री हाल सुदूर पश्चिम प्रदेश सभा सदस्य दीर्घ बहादुर सोडारीले सार्वजनिक सेवाको पदमा रहँदा २०७४ माघ ७ देखि २०७९ माघ १० सम्मको अवधिमा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी रूपमा ठूलो परिमाणको सम्पत्ति आर्जन गरेको दाबी गरिएको छ। सो अवधिमा उनको वैधानिक आय पारिश्रमिक, बैंक ब्याज, कृषि आय, श्रीमती तथा छोराछोरीको पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता लगायतका स्रोतबाट जम्मा ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा मात्र रहेको देखिएको छ। तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण तथा आन्तरिक सजावट, छोरीको अध्ययन खर्च, छोराको विवाह खर्च, प्रदेश सभा निर्वाचनमा भएको खर्च, शेयर लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात तथा अन्य लगानीसमेत गरी कुल १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च भएको पाइएको छ। आय र व्ययको तुलना गर्दा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बराबरको स्रोत पुष्टि हुन नसकेको आयोगको निष्कर्ष छ।\r\n\r\nउक्त रकमलाई बिगो कायम गरी सोडारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) र (२), दफा १६(२), दफा २४, दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम कसुर गरेको आरोप लगाइएको छ। आयोगले उनले झूटो सम्पत्ति विवरण पेस गरेको पनि दाबी गरेको छ। साथै, सोडारीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति आफ्नी श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा जग्गा खरिद, घर निर्माण तथा बैंक मौज्दातको रूपमा राखेको भन्दै ती सम्पत्तिहरू जफत गर्न माग गरिएको छ। उनले सामाजिक विकास मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रदेश सभा सदस्यका रूपमा कार्यरत रहँदा पदको दुरुपयोग गरी अमिल्दो र अस्वाभाविक जीवनस्तर अपनाएको आयोगको निष्कर्ष छ। सो आधारमा बिगो असुली, कैद, जरिवाना तथा सम्पत्ति जफतको मागसहित मुद्दा दायर गरिएको हो। प्रस्तुत मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ।\r\n\r\n**ख) अभियोगपत्रमा उल्लेख भए अनुरूप दीर्घ बहादुर सोडारीले सम्पत्ति विवरणमा उल्लेख नगरेको तर अनुसन्धानबाट देखिएको वास्तविक सम्पत्तिको निष्कर्ष**\r\n\r\nक) २०६८ सालमा गीता सोडारीको नाममा २.५ तले घर निर्माण भएको देखिन्छ। सो घरलाई कहिले “पैत्रिक घर”, कहिले “४ कोठे”, पछि “६ कोठे”, त्यसपछि “१० कोठे”, र अन्तमा “११ कोठे २.५ तले” भनेर फरक–फरक विवरण दिइएको। घरको आकार र संरचना समयअनुसार बढेको देखिए पनि स्पष्ट, स्थिर विवरण नदिइएको।\r\n\r\nख) आ.व. २०७९/८० को विवरणमा स्वआर्जित घर छैन भनेर चिन्ह लगाएको। तर पहिलेका वर्षहरूमा सो घरको अस्तित्व र विस्तार उल्लेख भएको देखिन्छ।\r\n\r\nग) पहिलेका विवरणमा जनता टेलिभिजनमा रु. २,२५,०००, फार वेस्टर्न एग्रो जाईन्ट प्रा.लि. मा रु. २,०५,००० शेयर रहेको देखिन्छ। तर पछिल्लो विवरणमा “शेयर छैन” भनेर उल्लेख गरिएको।\r\n\r\nघ) श्रीमती गीता सोडारीले २०७४/११/०९ मा रु. ३६ लाख ऋण लिएको दाबी गरिएको। तर पछिल्ला सम्पत्ति विवरणहरूमा यो ऋण सम्बन्धी कुरा उल्लेख गरिएको छैन।\r\n\r\nङ) गीता सोडारीको नाममा रहेको जग्गा रु. ५५ लाखमा बिक्री गर्न करार भएको। रु. २५ लाख वैना लिएको प्रमाण देखिएकोतर यो विवरण पनि पछिल्ला सम्पत्ति विवरणमा समावेश नगरिएको।\r\n\r\nच) “बबि मसला उद्योग” मा लगानी पहिले नदेखिए पनि, सार्वजनिक पदमा रहेपछि करिब रु. २८,१५,१७०.०७ लगानी गरेको देखिएको।\r\n\r\n**ग) अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादीहरूले गरेको बयानको सार**\r\n\r\n| क्रम सं. | प्रतिवादी | बयानको सार |\r\n| -------- | --------- | ---------- |\r\n| १ | दीर्घ बहादुर सोडारी | आफू प्रदेश सभा सदस्य तथा विभिन्न समयमा मन्त्री रहेको उल्लेख गर्दै परिवारका सदस्यहरूको आय, जग्गा खरिद, घर निर्माण, बैंक मौज्दात, सुन–चाँदी लगायत सम्पत्ति वैध स्रोतबाट आर्जित भएको दाबी गरे। श्रीमती, छोरा र बुहारीको तलब तथा भत्ताबाट आय भएको बताए। घर निर्माण, जग्गा बिक्री बैना, सहकारी र बैंक कारोबार, अनुदान रकम, ऋण सापटी तथा निर्वाचन खर्च समेत वैध स्रोतबाट भएको उल्लेख गर्दै सम्पत्ति विवरण आयोगमा पेस गरिसकेको बताए। |\r\n| २ | गीता सोडारी | आफू विद्यालयमा राहत शिक्षक रही तलब–भत्ता प्राप्त गरेको र विभिन्न संस्थाबाट भत्ता पाएको बताइन्। आफ्नो नाममा रहेको घर परिवारकै वैध आयबाट बनेको दाबी गरिन्। बैंक खातामा रहेको रकम उद्योग अनुदान, पारिवारिक आय तथा सहकारीमार्फत आएको उल्लेख गरिन्। जग्गा बिक्री बैना, सापटी लेनदेन, सहकारी रकम फिर्ता तथा खर्च फछौट सम्बन्धी विवरण प्रस्तुत गर्दै सबै रकम वैध स्रोतबाट आएको दाबी गरिन्। |\r\n| ३ | बबि सोडारी | आफूले विवाह गरेको, खर्चबारे बुबालाई जानकारी रहेको बताए। बुबा मन्त्री हुँदा स्वकीय सचिवका रूपमा काम गरी तलब पाएको तथा रेडक्रसमा काम गर्दा समेत आय भएको उल्लेख गरे। परिवारको संयुक्त आयबाट चार जनाको नाममा कैलालीमा जग्गा खरिद गरिएको बताए। सम्पूर्ण आर्थिक विवरण बुबाले आयोगमा पेस गरिसकेको भन्दै जग्गा कारोबार तथा आय स्रोतबारे अभिभावकलाई नै विस्तृत जानकारी रहेको बताए। |","key_allegations":["सार्वजनिक पद धारण गरेको अवधिमा रु. १ करोड ८ लाख ३८ हजार ३०२ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको।","स्रोत नखुलेको सम्पत्तिबाट श्रीमती र छोराको नाममा जग्गा खरिद र घर निर्माण गरेको।","अख्तियारमा पेश गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति लुकाई झुट्टा विवरण पेश गरेको।"],"timeline":[{"date":"2018-01-21","title":"सार्वजनिक पद धारण सुरु","date_bs":"2074-10-07","description":"दीर्घ बहादुर सोडारीले सार्वजनिक पद (प्रदेश सभा सदस्य) धारण गरेको मिति।"},{"date":"2022-09-28","title":"अख्तियारमा परेको उजुरी निवेदन।","date_bs":"2079-06-12","description":"सुदूरपश्चिम प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारीले प्राविधिक कर्मचारीहरुको सरुवा गर्दा नियमानुसार गर्नु पर्ने काम नगरी कर्मचारीहरुको सरुवा गर्दा रकम लिएको र निजले लिएको रकम गैर कानूनी रुपमा आर्जन भएकोले निजको वैधानिक स्रोत नभएको सम्पत्ति छानबिन गरी कारबाही गरी पाउँ भन्ने समेत व्यहोराको उ.द.नं. ०१८३३९-१ मिति २०७९।०६।१२ मा दर्ता भएको उजुरी निवेदन।"},{"date":"2023-02-22","title":"जाँच अवधिको अन्त्य","date_bs":"2079-11-10","description":"अख्तियारले सम्पत्ति जाँच गरेको अवधिको अन्त्य मिति।"},{"date":"2025-06-02","title":"आरोपपत्र दायर","date_bs":"2082-02-19","description":"अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/press_release/20260412.29efd578","additional_details":"अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रेस विज्ञप्ति।","material":{"display_name":"प्रेस विज्ञप्ति 3096","material_type":"press_release","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/db6ce0522c92cbcfc776bc6d9604df752bd2290f8afe8491cd24f1c0e0a86376.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/0f71831e8126b5edb961acd5686814a2c281def678a2a5e5d222d6f7ab8fbd44.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/charge_sheet/20260412.2abc2071","additional_details":"अख्तियारद्वारा दायर गरिएको अभियोग पत्र — मुद्दा 081-CR-0104, प्रतिवादी र मुख्य आरोपसम्बन्धी आधिकारिक कागजात।","material":{"display_name":"अभियोग पत्र 081-CR-0104","material_type":"charge_sheet","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/1c0bc050a8524f3d45ecf30d31395490dd4a98d417f0bccfe5a9db78c89b0a01.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/fdbdd28176d8c7d80ebfa9cc4a6693f2955a124b4ec4ccc87276796cd34cde6c.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260422.7f620b24","additional_details":"दीर्घ बहादुर सोडारी प्रकरण — “पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध अकुत सम्पत्ति आर्जन मुद्दा” — Onlinekhabar — June 2, 2025 (जेठ १९, २०८२)","material":{"display_name":"पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध अकुत सम्पत्ति आर्जन मुद्दा","material_type":"news","urls":[{"link":"https://www.onlinekhabar.com/2025/06/1694388/","role":"RAW"},{"link":"https://web.archive.org/web/20250602000000/https://www.onlinekhabar.com/2025/06/1694388/","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/1c68c85a272fd3f9f192998529ebd3a855847578063a98e735a3215c6777a81b.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/charge_sheet/20260422.8be643bb","additional_details":"दीर्घ बहादुर सोडारी प्रकरण — “भ्रष्टाचार मुद्दा दायर: सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध आरोपपत्र” — Ratopati — June 2, 2025 (जेठ १९, २०८२)","material":{"display_name":"भ्रष्टाचार मुद्दा दायर: सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध आरोपपत्र","material_type":"charge_sheet","urls":[{"link":"https://www.ratopati.com/story/493315/corruption-chargesheet-filed-against-former-far-west-chief-minister-sodari","role":"RAW"},{"link":"https://web.archive.org/web/20260422124533/https://www.ratopati.com/story/493315/corruption-chargesheet-filed-against-former-far-west-chief-minister-sodari","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/3b0640b508e8609ebfeffb77fdda2ee7ddcb6e088609514eb546ec30fcc3ff53.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260422.ccaa860c","additional_details":"दीर्घ बहादुर सोडारी प्रकरण — “सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर” — Prasashan — June 2, 2025 (जेठ १९, २०८२)","material":{"display_name":"सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर","material_type":"news","urls":[{"link":"https://prasashan.com/2025/06/02/670280/","role":"RAW"},{"link":"https://web.archive.org/web/20260422124809/https://prasashan.com/2025/06/02/670280/","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/da8b713a0d8b8a30edccb72a8ab5701cd2ef0fb81de557069a55c6af2abcf531.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260422.fe234e4a","additional_details":"दीर्घ बहादुर सोडारी प्रकरण — “सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा” — Naya Patrika Daily — June 2, 2025 (जेठ १९, २०८२)","material":{"display_name":"सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा","material_type":"news","urls":[{"link":"https://www.nayapatrikadaily.com/news-details/169228/2025-06-02","role":"RAW"},{"link":"https://web.archive.org/web/20250602000000/https://www.nayapatrikadaily.com/news-details/169228/2025-06-02","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/57af07f402d7103da1a3d18da19e74c7d2daad302960fd53484e607a54acc715.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260422.5516a127","additional_details":"दीर्घ बहादुर सोडारी प्रकरण — “पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर” — Naya Page — June 2025 (≈ June 2, 2025) update","material":{"display_name":"पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर","material_type":"news","urls":[{"link":"https://nayapage.com/archives/612186","role":"RAW"},{"link":"https://web.archive.org/web/20260422125246/https://nayapage.com/archives/612186","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/05d9f6091a2b41fbdd0f50ae00d7918e0b9f30202193ae71160e097467835897.md","role":"MARKDOWN"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/081-cr-0104"],"missing_details":"क) प्रतिवादीहरूले अदालतमा गरेको बयानको ब्याहोरा \r\n\r\nख) प्रस्तुत मुद्दासँग सम्बद्ध थप आधार र प्रमाण पुष्टि गर्ने प्रमाणिक स्रोत\r\n\r\nग) विशेष अदालतको फैसलाको प्रतिलिपि\r\n\r\nघ) अन्य आवश्यक स्रोतहरू।","bigo":10838302,"weight":0,"versionInfo":{},"created_at":"2026-04-12T07:04:59.024970+05:45","updated_at":"2026-10-05T21:33:46.410979+05:45"}