{"id":36,"slug":"case-081-cr-0090-389ad1","public_iri":"https://jawafdehi.org/case/case-081-cr-0090-389ad1","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"दिव्येश्वरी जग्गा एकीकरण आयोजनामा कार्यरत सब-इन्जिनियर कुमार पौड्याल बिरुद्द  गैरकानूनी सम्पत्ति आर्जन भष्ट्राचार  मुद्दा (081-CR-0090)","short_description":"उपत्यका विकास प्राधिकरणको दिव्येश्वरी जग्गा एकीकरण आयोजना (भक्तपुर) मा कार्यरत सव-इन्जिनियर कुमार पौड्यालमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।","authors":[{"slug":"rujit-kafle","display_name":"Rujit Kafle","name_ne":"रुजित काफ्ले","photo_url":"https://jawafdehi.org/assets/teammembers/rujit.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-05-21","public_edit_history":[],"public_notes":"**Case drafted by Rujit Kafle. First Published On 21 May 2026.**","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/703a08b34d8eb70a59ed0424eee8d31abc8043398c90ba85c784baf1ba54ea2a.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/0b339caa27715d339080a7f4a22d02ef23e7b5b81e4ffd51e3f8c251aeebb64a.webp 400w, https://s3.jawafdehi.org/case_uploads/f8c983fe81cc318400832d696797965e8d872e8d44b837d9c9614aeaa1d4129b.webp 800w, https://s3.jawafdehi.org/case_uploads/703a08b34d8eb70a59ed0424eee8d31abc8043398c90ba85c784baf1ba54ea2a.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/13637706a8b2a945d578130ed1ec2c81bea3c7c7ba1f2d6633e25aa20a780d75.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/fa67acf6b6c0f76eed591a1f2466d28adf6b79db9a36185b26f4db5cbab25d11.webp 640w, https://s3.jawafdehi.org/case_uploads/e00f2ed85255ddc4e1efc352cdb9e38e783ad261c6af4a87bb1aea093b421bf0.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/13637706a8b2a945d578130ed1ec2c81bea3c7c7ba1f2d6633e25aa20a780d75.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":360,"banner_image_id":275,"thumbnail_url":"https://purbadharwatch.com/wp-content/uploads/2025/05/Black-Yellow-Modern-Online-Business-Youtube-Thumbnail-3-1.jpg","banner_url":"https://purbadharwatch.com/wp-content/uploads/2025/05/Black-Yellow-Modern-Online-Business-Youtube-Thumbnail-3-1.jpg","case_start_date":"2025-05-11","case_end_date":null,"dates":{"stages":[{"stage":"initial","start":"2025-05-11","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/081-cr-0090"}]},"status":"ongoing","case_track":null,"status_override":null,"proceedings_started_on":"2025-05-11","proceedings_decided_on":null,"appeal_verdicts":{},"appeal_parties":{},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/person/visnu-maiya-paudyala-61d6a4","display_name":"Bishnu Maiya Poudyal","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"कुमार पौड्यालकी श्रीमती; गैरकानूनी सम्पत्ति जफत प्रयोजनका लागि सह-प्रतिवादी","name":{"en":"Bishnu Maiya Poudyal","ne":"विष्णु मैया पौड्याल"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/bhaktapur-np0326","display_name":"Bhaktapur","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Bhaktapur","ne":"भक्तपुर"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/kathmandu-np0327","display_name":"Kathmandu","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Kathmandu","ne":"काठमाडौँ"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/kumara-paudyala-2b59c5","display_name":"Kumar Poudyal","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"सव-इन्जिनियर, दिव्येश्वरी जग्गा एकीकरण आयोजना, उपत्यका विकास प्राधिकरण","name":{"en":"Kumar Poudyal","ne":"कुमार पौड्याल"},"image":null}],"tags":["CIAA","Illicit Enrichment","Land","Kathmandu Valley Development Authority"],"description":"**क) अभियोगदावीकाे सार**\r\n\r\nप्रस्तुत मुद्दामा उपत्यका विकास प्राधिकरणद्वारा संचालित दिव्येश्वरी जग्गा एकीकरण आयोजनामा सव-इन्जिनियर पदमा कार्यरत कुमार पौड्यालले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्नेसमेतको आधार कारण सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा अभियोगपत्र दर्ता गरिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसार अनुसन्धान हुँदा निज कुमार पौड्यालले मिति २०५१/०१/०९ गतेदेखि मिति २०८०/०३/३१ गतेसम्मको अवधि सम्मको जाँच अवधिमा निजले आर्जन गरेको वैघ आयमा तलबि पारिश्रमिक, बैठक भत्ता, निज तथा निजको परिवारको नाममा रहेको जग्गा बिक्री आय, विमा परिपक्व आय, लाभांश, ऋण कर्जा आय, व्याज आय, औषधी उपचार आय, कृषि आय, संचित विदाको आय, निजका छोरा र छोरीको पारिश्रमिक रकम गरी जम्मा कूल वैध आय रु. २,५८,९७,३२४।७५ (अक्षरेपि दुई करोड अन्ठाउन्न लाख सन्तानब्बे हजार तीन सय चौबीस रुपैयाँ र पचहतर पैसा मात्र) रहेको र उक्त अवधिमा निजले घर निर्माण खर्च, जग्गा खरिद, अध्ययन खर्च, पिस व्याङकुट एण्ड रेष्टुरेन्ट प्रा.लि. मा लगानी, सवारी साधन खरिद, शेयर खरिद, ऋण सापटी भुक्तानी, सुन खरिद, विमा प्रिमियम भुक्तानी र बैंक मौज्दात रकम गरी जम्मा कूल व्यय रु. ६,२२,१८,५३२।२५ (अक्षरेपि छ करोड बाइस लाख अठार हजार पाँच सय बत्तीस रुपैयाँ र पच्चीस पैसा मात्र) रहेको देखिँदा कूल आय रकममा कूल व्यय रकम घटाउँदा रु.३,६३,२१,२०७।५० (अक्षरेपि तीन करोड त्रिसठ्ठी लाख एकाइस हजार दुई सय सात रुपैयाँ र पचास पैसा मात्र) ऋणात्मक रही गैर कानुनी रुपमा सम्पति आर्जन गरेको पुष्टि हुन आएको र निजको उक्त कार्य साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवं निषेधित गरिए बमोजिमको कसुर भएको हुँदा प्रतिवादी कुमार पौड्याललाई बिगो रु.३,६३,२१,२०७।५० (अक्षरेपि तीन करोड त्रिसठ्ठी लाख एकाइस हजार दुई सय सात रुपैयाँ र पचास पैसा मात्र) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र जरिवाना हुनका साथै साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा १६(ग)र दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको रु.३.६३,२१,२०७।५० (अक्षरेपि तीन करोड त्रिसठ्ठी लाख एकाइस हजार दुई सय सात रुपैयाँ र पचास पैसा मात्र) मूल्य बराबरको सम्पत्ति जफत गरी पाउन मागदावी लिइएको थियो।\r\n\r\nसाथै, प्रतिवादी कुमार पौड्यालले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको सम्पती र सो बाट बढे बढाएको सम्पति समेत आफ्नो श्रीमती विष्णु मैया पौड्यालका नाममा राखेको देखिएको हुँदा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. समेतको प्रचलित कानून बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निज विष्णु मैया पौड्याललाई प्रतिवादी कायम गरिएको भन्ने समेतको अभियोगदावी रहेको छ। माथि उल्लेखित अभियोगदावी बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिति २०८२/०१/२८ गते विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको थियो। हाल सम्म प्रस्तुत मुद्दा विशेष अदालतमा विचाराधिन छ ।\r\n\r\n## अ.दु.अ.आ को दावी अनुसार प्रतिवादी कुमार पौडेलको समग्र आय र व्ययको विश्लेषण\r\n\r\n|  |  |  |  |  |  |\r\n| --- | --- | --- | --- | --- | --- |\r\n| **क्र**.**सं**. | **आय शीर्षक** | **जम्मा आय** रकम **रु**. | **क्र**.**सं**. | **व्यय शीर्षक** | **जम्मा व्यय** रकम **रु**. |\r\n| १ | कुमार पौडेलको पारिश्रमिक बचत | ५७,१७,९१६.४० | १ | जग्गा खरिद | ३,१९,६३,४५६.२५ |\r\n| २ | कुमार पौडेलको भत्ता | २,३१,६१५.०० | २ | घर/टहरा निर्माण | ५१,०३,३८६.१९ |\r\n| ३ | जग्गा बिक्री आय | १,२४,३८,०५४.३८ | ३ | शेयर खरिद | ११,११,०३०.८६ |\r\n| ४ | अनुजा पौडेलको पारिश्रमिक आय | १,५७,६८४.७६ | ४ | सवारी साधन खरिद | २६,११,३४५.०० |\r\n| ५ | विनायक पौडेलको पारिश्रमिक आय | १,००,०१०.१५ | ५ | सुन खरिद | ७,३८,८४५.०० |\r\n| ६ | ऋणकर्जा आय | २६,५२,०००.०० | ६ | बीमा प्रिमियम भुक्तानी | २,०८,४५०.०० |\r\n| ७ | लाभांश/मुनाफा आय | ६७,७२९.३६ | ७ | अध्ययन खर्च | ७६,७५,३४५.०७ |\r\n| ८ | बीमा परिपक्व आय | ३,८२,२५०.०० | ८ | कर्जा भुक्तानी | १,११,५४५.०० |\r\n| ९ | ब्याज आय | ४४,६५,५४०.७४ | ९ | व्यवसाय/कम्पनीको लगानी | ३१,२५,०००.०० |\r\n| १० | कृषि आय | २,५३,४११.३२ | १० | सवारी साधन नविकरण दस्तुर/शुल्क | ३,८५,४२३.०० |\r\n| ११ | कुमार पौडेलको औषधी उपचार आय | ३५,३००.०० | ११ | बैंक मौज्दात | ५९,४०,६६५.६८ |\r\n| १२ | कुमार पौडेलको उत्पादन/सिंचित बिदाको आय | २,४५,६६०.०० |  |  |  |\r\n|  |  | **जम्मा आय**: **२**,**४८**,**७०**,**३२५**.**५२** |  |  | **जम्मा व्यय**: **६**,**२२**,**७५**,**४३२**.**२५** |\r\n|  |  | **आय भन्दा व्यय बढी भई गैरकानुनी रकम आर्जन गरेको देखिएको: (रु. ३,७४,३१,२०७।७३**) |  |  |  |\r\n\r\n**ख) अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादीहरूले गरेको बयानको सार**\r\n\r\n| प्रतिवादीहरू | मुख्य सार |\r\n| ------------ | --------- |\r\n| कुमार पौड्याल | प्रतिवादी कुमार पौड्यालले आफूले २०५१ सालदेखि २०८० सालसम्म तलब, भत्ता, घरजग्गा बहाल, कृषि आय, जग्गा बिक्री, ब्याज, नक्सा लेखन तथा घर निर्माण सुपरिवेक्षण, बैना–टु–बैना कारोबार, सुन बिक्री, सापटी तथा छोराछोरीको आम्दानी लगायतबाट आय आर्जन गरेको बताएका थिए। उनले नक्सा लेखन तथा सुपरिवेक्षण व्यक्तिगत सीप र कार्यालय समयबाहिरको कार्य भएको जिकिर गरेका थिए। बैना–टु–बैना कारोबार जग्गा किनबेचबीच मध्यस्थता गरी मुनाफा कमाउने कार्य भएको बताएका थिए। छोराछोरीको अध्ययन तथा MBBS शिक्षामा ठूलो रकम खर्च भएको र सो रकम बैंकमार्फत पठाइएको विवरण पेश गरेका थिए। विभिन्न जग्गा खरिद, घर निर्माण, कम्पनी स्थापना, सवारी साधन खरिद तथा बैंक मौज्दातको स्रोत तलब, बहाल, कृषि, पैतृक सम्पत्ति तथा प्राविधिक कार्यबाट प्राप्त आम्दानी भएको दाबी गरेका थिए। उनले केही रकम नगद कारोबारमार्फत भएको, कतिपय विवरण वार्षिक सम्पत्ति विवरणमा छुटेको तथा आवश्यक कागजात पछि पेश गर्ने बताएका थिए। आयोगले बहाल आयलाई आयस्रोतमा समावेश नगरेकोप्रति असन्तुष्टि जनाउँदै आफ्नो सम्पूर्ण आय वैध भएको दाबी गरेका थिए। |\r\n| विष्णु मैया पौड्याल | प्रतिवादी विष्णु मैया पौड्यालले आफूले विवाहमा प्राप्त दाइजो, गिफ्ट, गरगहना बिक्री, माइती तथा आफन्तबाट प्राप्त सहयोग, जग्गा बिक्री, टहरा तथा जग्गा बहाल, र श्रीमान् कुमार पौड्यालले नक्सा लेखन तथा बैना कारोबारबाट कमाएको रकमबाट आय प्राप्त भएको बताएकी थिइन्। उनले २०५१ देखि २०८० सम्म विभिन्न सांस्कृतिक तथा पारिवारिक अवसरमा प्राप्त दान–दक्षिणा समेत आयको स्रोत भएको उल्लेख गरेकी थिइन्। उनका अनुसार श्रीमान्ले कार्यालय समयबाहिर नक्सा लेखन तथा सुपरिवेक्षण कार्य गरी नियमित पारिश्रमिक आर्जन गरेका थिए। त्यस्तै, जग्गा बैना कारोबारबाट समेत अनुमानित रूपमा ठूलो रकम आम्दानी भएको दाबी गरेकी थिइन्। उनले आफ्नो नाममा रहेका जग्गा खरिदमा संयुक्त लगानी रहेको, तर त्यसको सम्पूर्ण कागजात तत्काल उपलब्ध नभएको बताएकी थिइन्। बागमती नगर जग्गा एकीकरण आयोजनाबाट थप जग्गा प्राप्त गर्न रकम बुझाइएको र त्यस सम्बन्धी भौचर पेश गरिएको उल्लेख गरेकी थिइन्। उनले घर तथा टहरा निर्माण, जग्गा खरिद र बहाल आयका विषयमा खर्च तथा आम्दानीको विवरण प्रस्तुत गर्दै आफ्नो परिवारको सम्पत्ति वैध स्रोतबाट आर्जित भएको जिकिर गरेकी थिइन्। |","key_allegations":["सव-इन्जिनियर कुमार पौड्यालले सार्वजनिक सेवाको पदमा प्रवेश गरेपछि उपत्यका विकास प्राधिकरण अन्तर्गत विभिन्न कार्यालयमा रहँदा पदीय दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको।","जाँच अवधि (२०५१-२०८०) मा कुल वैध आयको तुलनामा अस्वाभाविक खर्च तथा लगानी गरी रु. ३,६३,२१,२०७।५० बराबरको सम्पत्तिको वैधानिक स्रोत खुलाउन नसकेको।","प्रतिवादी कुमार पौड्यालले सार्वजनिक सेवाको पदमा रहँदाका गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको सम्पती र सो बाट बढे बढाएको सम्पति समेत आफ्नो श्रीमती विष्णु मैया पौड्यालका नाममा राखेको देखिएको हुँदा  प्रचलित कानून बमोजिम जफत गर्ने प्रयोजनार्थ  विष्णु मैया पौड्याललाई प्रतिवादी कायम गरिएको ।"],"timeline":[{"date":"1998-07-17","title":"प्रारम्भिक बचत","date_bs":"2055-04-01","description":"मिति २०५१/०१/०९ देखि मिति २०५५/०४/०१ सम्मको आयव्यय विश्लेषण गर्दा कुमार पौड्यालको पारिश्रमिक र भत्ताबाट रु.१,९९,९३७.३४ आय भएको देखिन्छ। यस अवधिमा कुनै खर्च नदेखिएकोले सम्पूर्ण रकम बचत रहेको देखिन्छ।"},{"date":"2004-07-15","title":"घर निर्माण खर्च","date_bs":"2061-03-31","description":"मिति २०५६/०४/०१ देखि मिति २०६१/०३/३१ सम्मको आयव्यय विश्लेषण गर्दा घर निर्माण, जग्गा खरिद र बीमा प्रिमियममा ठूलो खर्च भएको देखिन्छ। आयभन्दा व्यय रु.१६,७७,६४६.५३ बढी भई सो रकमको स्रोत खुल्न नसकेको देखिन्छ।"},{"date":"2005-07-04","title":"सामान्य असन्तुलन","date_bs":"2062-03-20","description":"मिति २०६१/०४/०१ देखि मिति २०६२/०३/२० सम्मको आयव्यय विश्लेषण गर्दा कृषि आय, पारिश्रमिक र भत्ताबाट आय भएको देखिन्छ। जग्गा खरिद, अध्ययन र बीमा खर्चका कारण रु.१३,६४४.३७ स्रोत नखुलेको देखिन्छ।"},{"date":"2008-12-07","title":"जग्गा तथा शेयर लगानी","date_bs":"2065-08-22","description":"मिति २०६२/०४/०१ देखि मिति २०६५/०८/२२ सम्मको आयव्यय विश्लेषण गर्दा जग्गा खरिद, शेयर तथा सुन खरिदमा उच्च खर्च भएको देखिन्छ। आयभन्दा व्यय रु.१३,१९,६१६.१२ बढी भई स्रोत खुल्न नसकेको देखिन्छ।"},{"date":"2010-10-13","title":"सवारी र जग्गा खरिद","date_bs":"2067-06-27","description":"मिति २०६५/०९/२९ देखि मिति २०६७/०६/२७ सम्मको आयव्यय विश्लेषण गर्दा सवारी साधन, जग्गा खरिद र घर निर्माणमा ठूलो खर्च भएको देखिन्छ। आयभन्दा व्यय रु.२०,९४,५०७.७७ बढी भई स्रोत खुल्न नसकेको देखिन्छ।"},{"date":"2014-04-22","title":"व्यवसाय लगानी","date_bs":"2071-01-09","description":"मिति २०६७/०६/३० देखि मिति २०७१/०९/०१ सम्मको आयव्यय विश्लेषण गर्दा व्यवसाय/कम्पनीमा रु.३१,२५,००० लगानी गरिएको देखिन्छ। अध्ययन, बीमा र सवारी शुल्कसमेत गरी आयभन्दा व्यय रु.२१,८४,९३६.८० बढी भई स्रोत खुल्न नसकेको देखिन्छ।"},{"date":"2015-04-13","title":"जग्गा खरिद","date_bs":"2071-12-30","description":"मिति २०७१/०९/३० देखि मिति २०७१/१२/३० सम्मको आयव्यय विश्लेषण गर्दा व्याज आय मात्र भएको देखिन्छ। जग्गा खरिद, अध्ययन र बीमा खर्चका कारण रु.९,२३,४२४.५३ स्रोत नखुलेको देखिन्छ।"},{"date":"2015-07-15","title":"अध्ययन खर्च","date_bs":"2072-03-30","description":"मिति २०७२/०१/०१ देखि मिति २०७२/०३/३० सम्मको आयव्यय विश्लेषण गर्दा व्याज आय न्यून रहेको र अध्ययन खर्च बढी भएको देखिन्छ। आयभन्दा व्यय रु.४८,२५७.४३ बढी भई स्रोत खुल्न नसकेको देखिन्छ।"},{"date":"2015-12-17","title":"उच्च अध्ययन खर्च","date_bs":"2072-09-02","description":"मिति २०७२/०३/३१ देखि मिति २०७२/०९/०२ सम्मको आयव्यय विश्लेषण गर्दा अध्ययन खर्च अत्यधिक भएको देखिन्छ। आयभन्दा व्यय रु.२७,९२,८०३.६८ बढी भई स्रोत खुल्न नसकेको देखिन्छ।"},{"date":"2017-01-11","title":"ठूलो जग्गा कारोबार","date_bs":"2073-09-27","description":"मिति २०७२/०९/०८ देखि मिति २०७३/०९/२७ सम्मको आयव्यय विश्लेषण गर्दा जग्गा बिक्रीबाट ठूलो आय भए पनि जग्गा खरिद, अध्ययन र सुन खरिदमा अत्यधिक खर्च भएको देखिन्छ। आयभन्दा व्यय रु.३३,०८,१४६.२४ बढी भई स्रोत खुल्न नसकेको देखिन्छ।"},{"date":"2017-07-12","title":"पुनः जग्गा लगानी","date_bs":"2074-03-28","description":"मिति २०७३/०९/२९ देखि मिति २०७४/०३/२८ सम्मको आयव्यय विश्लेषण गर्दा घर/जग्गा बिक्रीबाट आय भएको देखिन्छ। पुनः जग्गा खरिद र शेयर लगानीका कारण रु.१८,७१,१०६.०३ स्रोत नखुलेको देखिन्छ।"},{"date":"2017-10-11","title":"सामान्य घाटा","date_bs":"2074-06-25","description":"मिति २०७४/०३/३१ देखि मिति २०७४/०६/२५ सम्मको आयव्यय विश्लेषण गर्दा पारिश्रमिक, भत्ता र व्याजबाट आय भएको देखिन्छ। जग्गा र शेयर खरिद तथा सवारी शुल्कका कारण रु.२५,५०३.६१ स्रोत नखुलेको देखिन्छ।"},{"date":"2018-01-22","title":"अध्ययन खर्च वृद्धि","date_bs":"2074-10-08","description":"मिति २०७४/०६/३० देखि मिति २०७४/१०/०८ सम्मको आयव्यय विश्लेषण गर्दा व्याज तथा लाभांश आय भएको देखिन्छ। अध्ययन खर्चका कारण आयभन्दा व्यय रु.२,३५,४४१.४८ बढी भई स्रोत खुल्न नसकेको देखिन्छ।"},{"date":"2018-07-14","title":"ठूलो जग्गा खरिद","date_bs":"2075-03-30","description":"मिति २०७४/१०/१८ देखि मिति २०७५/०३/३० सम्मको आयव्यय विश्लेषण गर्दा व्याज र लाभांश आय भए पनि जग्गा तथा सुन खरिदमा अत्यधिक खर्च भएको देखिन्छ। आयभन्दा व्यय रु.६६,७४,४८०.५६ बढी भई स्रोत खुल्न नसकेको देखिन्छ।"},{"date":"2019-01-31","title":"अध्ययन तथा सुन खरिद","date_bs":"2075-10-17","description":"मिति २०७५/०३/३१ देखि मिति २०७५/१०/१७ सम्मको आयव्यय विश्लेषण गर्दा पारिश्रमिक, व्याज र लाभांशबाट आय भएको देखिन्छ। अध्ययन, सुन खरिद र सवारी शुल्कका कारण रु.४६,१३७.४४ स्रोत नखुलेको देखिन्छ।"},{"date":"2019-06-02","title":"दर्ता शुल्क","date_bs":"2076-02-19","description":"मिति २०७५/११/०२ देखि मिति २०७६/०२/१९ सम्मको आयव्यय विश्लेषण गर्दा लाभांश र व्याजबाट आय भएको देखिन्छ। दर्ता तथा रजिष्ट्रेशन दस्तुरका कारण रु.४१,५७३.८५ स्रोत नखुलेको देखिन्छ।"},{"date":"2019-10-31","title":"ऋण र जग्गा खरिद","date_bs":"2076-07-14","description":"मिति २०७६/०३/३१ देखि मिति २०७६/०७/१४ सम्मको आयव्यय विश्लेषण गर्दा ऋण, पारिश्रमिक र व्याजबाट आय भएको देखिन्छ। जग्गा खरिदमा अत्यधिक खर्च हुँदा रु.३२,०१,७९०.६६ स्रोत नखुलेको देखिन्छ।"},{"date":"2020-01-28","title":"अध्ययन खर्च","date_bs":"2076-10-14","description":"मिति २०७६/०७/१७ देखि मिति २०७६/१०/१४ सम्मको आयव्यय विश्लेषण गर्दा बीमा समर्पण र व्याजबाट आय भएको देखिन्छ। अध्ययन खर्चका कारण रु.२३,३२४.८८ स्रोत नखुलेको देखिन्छ।"},{"date":"2021-07-15","title":"घर निर्माण","date_bs":"2078-03-31","description":"मिति २०७६/१२/३० देखि मिति २०७८/०३/३१सम्मको आयव्यय विश्लेषण गर्दा व्याज, पारिश्रमिक र लाभांशबाट आय भएको देखिन्छ। घर निर्माण र शेयर खरिदका कारण रु.९,१५,९८६.६६ स्रोत नखुलेको देखिन्छ।"},{"date":"2021-11-01","title":"शेयर लगानी","date_bs":"2078-07-15","description":"मिति २०७८/०४/०१ देखि मिति २०७८/०७/१५ सम्मको आयव्यय विश्लेषण गर्दा पारिश्रमिक र व्याजबाट आय भएको देखिन्छ। शेयर खरिद तथा सवारी शुल्कका कारण रु.१,२८,६२७.१३ स्रोत नखुलेको देखिन्छ।"},{"date":"2021-12-05","title":"शेयर खरिद","date_bs":"2078-08-19","description":"मिति २०७८/०७/१६ देखि मिति २०७८/०८/१९ सम्मको आयव्यय विश्लेषण गर्दा लाभांश आय न्यून रहेको र शेयर खरिदमा बढी खर्च भएको देखिन्छ। आयभन्दा व्यय रु.३,०४,४००.८९ बढी भई स्रोत खुल्न नसकेको देखिन्छ।"},{"date":"2022-01-11","title":"पुनः शेयर लगानी","date_bs":"2078-09-27","description":"मिति २०७८/०९/०२ देखि मिति २०७८/०९/२७ सम्मको आयव्यय विश्लेषण गर्दा लाभांश आय भए पनि शेयर खरिदमा बढी खर्च भएको देखिन्छ। आयभन्दा व्यय रु.१,११,०९९.८० बढी भई स्रोत खुल्न नसकेको देखिन्छ।"},{"date":"2022-03-21","title":"शेयर खर्च","date_bs":"2078-12-07","description":"मिति २०७८/०९/३० देखि मिति २०७८/१२/०७ सम्मको आयव्यय विश्लेषण गर्दा व्याज तथा लाभांश आय भएको देखिन्छ। शेयर खरिद खर्चका कारण रु.८८,२९३.६१ स्रोत नखुलेको देखिन्छ।"},{"date":"2023-02-27","title":"बैंक मौज्दात","date_bs":"2079-11-15","description":"मिति २०७८/१२/३० देखि मिति २०७९/११/१५ सम्मको आयव्यय विश्लेषण गर्दा पारिश्रमिक, व्याज र लाभांशबाट आय भएको देखिन्छ। बैंक मौज्दात तथा सवारी खरिदका कारण रु.४१,७९,४००.०९ स्रोत नखुलेको देखिन्छ।"},{"date":"2023-06-05","title":"सवारी साधन खरिद","date_bs":"2080-02-22","description":"मिति २०७९/१२/२२ देखि मिति २०८०/०२/२२ सम्मको आयव्यय विश्लेषण गर्दा पारिश्रमिक, व्याज र लाभांशबाट आय भएको देखिन्छ। सवारी साधन खरिदका कारण रु.४,४१,०२२.८३ स्रोत नखुलेको देखिन्छ।"},{"date":"2023-07-16","title":"बैंक मौज्दात","date_bs":"2080-03-31","description":"मिति २०८०/०३/३१ देखि मिति २०८०/०३/३१ सम्मको आयव्यय विश्लेषण गर्दा व्याज आय भएको देखिन्छ। बैंक मौज्दात रकमका कारण रु.३६,७०,०३४.५१ स्रोत नखुलेको देखिन्छ।"},{"date":"2023-07-16","title":"अख्तियारद्वारा अनुसन्धान अवधि — २०८०/०३/३१ सम्म","date_bs":"2080-03-31","description":"सव-इन्जिनियर कुमार पौड्यालले मिति २०५१/०१/०९ देखि २०८०/०३/३१ सम्म आर्जन गरेको आय र व्ययको अख्तियारद्वारा अनुसन्धान गरिएको।"},{"date":"2023-08-28","title":"उजुरी विवरण","date_bs":"2080-05-11","description":"मिति २०८०/०५/११ मा परेको उजुरी अनुसार कुमार पौड्यालले भूमाफियासँग मिलेर अवैध प्लटिङ, सडक मिच्ने तथा अस्वाभाविक सम्पत्ति आर्जन गरेको आरोप लगाई गैरकानुनी सम्पत्तिको छानबिन र कारबाही माग गरिएको देखिन्छ।"},{"date":"2025-05-11","title":"विशेष अदालतमा आरोपपत्र दायर — २०८२/०१/२८","date_bs":"2082-01-28","description":"अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा कुमार पौड्याल र उनकी श्रीमती विष्णु मैया पौड्यालविरुद्ध विशेष अदालतमा रु. ३ करोड ६३ लाख २१ हजार बिगो दाबीसहित भ्रष्टाचार मुद्दा (०८१-CR-००९०) दायर।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/ciaa_press_release/3075","additional_details":"यसले कुमार पौड्यालको गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी बिगो रकम (रु. ३,६३,२१,२०७।५०) र मुद्दाका प्रतिवादीहरूको आधिकारिक जानकारी पुष्टि गर्दछ।","material":{"display_name":"काठमाडौं उपत्यका विकास प्राधिकरण, दिव्येश्वरी जग्गा एकीकरण आयोजना,भक्तपुरमा कार्यरत सव-इन्जिनियर कुमार पौड्याल उपर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्वन्धी आरोप पत्र दायर।","material_type":"press_release","urls":[{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/3075. काठमाडौं उपत्यका विकास प्राधिकरण, दिव्येश्वरी जग्गा एकीकरण आयोजना,भक्तपुरमा कार्यरत - 2.pdf","role":"RAW"},{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/3075. काठमाडौं उपत्यका विकास प्राधिकरण, दिव्येश्वरी जग्गा एकीकरण आयोजना,भक्तपुरमा कार्यरत - 1.doc","role":"ALTERNATE"},{"link":"https://ciaa.gov.np/pressrelease/3075","role":"SOURCE_PAGE"}]}},{"material_iri":"https://jawafdehi.org/material/charge_sheet/20260507.a904f6c6","additional_details":"यसले अभियुक्तले कुन-कुन ठाउँमा कति रकम खर्च र लगानी गरेको थियो भन्ने विवरणसहित भ्रष्टाचारको विस्तृत आरोप, अनुसन्धानमा भेटिएका प्रमाण र कानुनी आधारहरू खुलाउँछ।","material":{"display_name":"CIAA Charge Sheet – 081-CR-0090","material_type":"charge_sheet","urls":[{"link":"https://ag.gov.np/storage/abhiyogPatra/081-CR-0090_1750231881.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/5c88b671f4986c52cff1b6321a2e954b72c07d6ac8d2fcf7f49239b510de9bb9.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260507.48ac47bf","additional_details":"सञ्चारमाध्यममा प्रकाशित यस समाचारले सार्वजनिक रूपमा केसको जानकारी दिनुका साथै अख्तियारको दाबी र बिगो रकमलाई समाचारको रूपमा पुष्टि गर्छ।","material":{"display_name":"सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर","material_type":"news","urls":[{"link":"https://ekantipur.com/news/2025/05/11/en/corruption-case-filed-against-sub-engineer-21-13.html","role":"RAW"},{"link":"https://web.archive.org/web/20250511000000/https://ekantipur.com/news/2025/05/11/en/corruption-case-filed-against-sub-engineer-21-13.html","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/4c2f1a8ec284d0fe7b3d6a34623145925107e4f0b74b47ad28e0a1a2d6790bae.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/legal_corpus/20260320.44bd104b","additional_details":"Nepal Law Commission","material":{"display_name":"भ्रष्टाचार निवारण ऐन २०५९","material_type":"legal_corpus","urls":[{"link":"https://lawcommission.gov.np/content/13421/prevention-of-corruption--2059/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/833387b943a2b6e0704c1103576405e4043b96c5cb1974a7689e029fc35b942b.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260507.66a95354","additional_details":"News Source","material":{"display_name":"इन्जिनियरविरुद्ध तीन करोड ६३ लाख बढीको भ्रष्टाचार मुद्दा","material_type":"news","urls":[{"link":"https://gorkhapatraonline.com/news/154509","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/b8245d2636e7886cf6afe5384a76d76089b1e28887e3edcd8309b61f40c67a2b.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260507.7164b785","additional_details":"News Source","material":{"display_name":"दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सवइन्जिनियरविरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा","material_type":"news","urls":[{"link":"https://web.archive.org/web/20260507094205/https://www.ratopati.com/story/489292/corruption-case-worth-over-rs-35-crore-filed-against-sub-engineer-of-dibyeshwori-land-integration-project","role":"PERMALINK"},{"link":"https://www.ratopati.com/story/489292/corruption-case-worth-over-rs-35-crore-filed-against-sub-engineer-of-dibyeshwori-land-integration-project","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/af409a9149b68b6a4e5b310acd30ba5da0125894d529df730dcc00ba54e6afe5.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260507.51b1dc00","additional_details":"News Source","material":{"display_name":"दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सब-इन्जिनियर बिरुद्ध भ्रष्टाचार मुद्दा","material_type":"news","urls":[{"link":"https://web.archive.org/web/20260507095142/https://nonstopkhabar.com/archives/80519","role":"PERMALINK"},{"link":"https://nonstopkhabar.com/archives/80519","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/ba6a4da30f01ae693b72eaca7cb8d21331be7a46751ad5d201aeec1f92479d1a.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/legal_corpus/20260507.f1b4b477","additional_details":"CIAA","material":{"display_name":"गैरकानूनी सम्पत्ति अनुसन्धान कार्यविधि, २०७८","material_type":"legal_corpus","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/bb972c5ee49e11cf88f08aeefdc26f0c5edb85ac371860c41c11ddc6f13f3cdf.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/3da69ca629ed9ed2b8f4cbacea443a8a6ea01148d6ab869c423969edefd530f3.md","role":"MARKDOWN"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/081-cr-0090"],"missing_details":"क) प्रतिवादीहरूले अदालतमा गरेको बयानको ब्यहोरा ख) प्रस्तुत मुद्दासँग सम्बद्ध थप आधार र प्रमाण पुष्टि गर्ने प्रमाणिक स्रोत , ग ) अन्य आवश्यक स्रोतहरू।","bigo":36321207,"weight":0,"versionInfo":{},"created_at":"2026-05-06T18:30:28.412260+05:45","updated_at":"2026-09-03T09:17:54.568709+05:45"}