{"id":12,"slug":"case-081-cr-0082-0070ab5b","public_iri":"https://jawafdehi.org/case/case-081-cr-0082-0070ab5b","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"मधेश प्रदेश स्वास्थ्य उपकरण खरिद भ्रष्टाचार मुद्दा (081-CR-0082)","short_description":"","authors":[{"slug":"rujit-kafle","display_name":"Rujit Kafle","name_ne":"रुजित काफ्ले","photo_url":"https://jawafdehi.org/assets/teammembers/rujit.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-04-01","public_edit_history":[],"public_notes":"Case drafted by Rujit Kafle. First published on April 1, 2026.\n\nCase updated on 04/01/2026 with note: Minor corrections.","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/d1487c2df8ff91e02497ab28df54385d287ccc9a1ccffed6fee1d752dd8b55e2.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/5413d4c9c2a35ea064db6952c4c38b99c9481fefede1a59df8015dab02fbebf2.webp 400w, https://s3.jawafdehi.org/case_uploads/24b25a353e04482ef91a54f3b7ff4e900ff2b006340aa7c7bffb6a061c400032.webp 800w, https://s3.jawafdehi.org/case_uploads/d1487c2df8ff91e02497ab28df54385d287ccc9a1ccffed6fee1d752dd8b55e2.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/e29dade2d731ec7f92b06ad81a46ece9b8b39db01286f7297ac27216859a2bed.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/0ecde7113653bc93c31df7fb384cae997f2c9901433ff78de58dda1ed885d312.webp 640w, https://s3.jawafdehi.org/case_uploads/d9de20c43ca31db044101904102c586fc812fffff184362726ad85acbe8d3923.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/e29dade2d731ec7f92b06ad81a46ece9b8b39db01286f7297ac27216859a2bed.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":359,"banner_image_id":274,"thumbnail_url":"https://shilapaper.com/wp-content/uploads/2025/04/Health_lab-Janakpurdham-currption-Cover-1024x500-1.jpg","banner_url":"https://shilapaper.com/wp-content/uploads/2025/04/Health_lab-Janakpurdham-currption-Cover-1024x500-1.jpg","case_start_date":"2025-04-27","case_end_date":"2026-02-25","dates":{"stages":[{"end":"2026-02-25","stage":"initial","start":"2025-04-27","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/081-cr-0082"}]},"status":"concluded","case_track":null,"status_override":null,"proceedings_started_on":"2025-04-27","proceedings_decided_on":"2026-02-25","appeal_verdicts":{},"appeal_parties":{},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/person/ram-udgar-yadav","display_name":"Ram Udgar Yadav","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"ल्याब टेक्निसियन निरीक्षक, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधाम — आरोपदाबीबाट सफाई","name":{"en":"Ram Udgar Yadav","ne":"राम उदगार यादव"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/umesh-chaudhary","display_name":"Umesh Chaudhari","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"तत्कालीन वरिष्ठ ल्याव अधिकृत (छैठौँ तह) — भ्र.नि.ऐन, २०५९ को दफा ८(१)(ङ), (ञ) र १९(२) बमोजिम कसुरदार ठहर; १ वर्ष कैद","name":{"en":"Umesh Chaudhari","ne":"उमेश चौधरी"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/janakapuradhama-93919d","display_name":"Janakpurdham","entity_type":"Place","type":"location","outcome":null,"notes":"","name":{"en":"Janakpurdham","ne":"जनकपुरधाम"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/sebhena-hilsa-praa-lee","display_name":"Seven Hills Pvt. Ltd.","entity_type":"Organization","type":"accused","outcome":"convicted","notes":"आपूर्तिकर्ता फर्म — दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मतियार ठहर; जरिवाना र बिगो","name":{"en":"Seven Hills Pvt. Ltd.","ne":"सेभेन हिल्स प्रा.ली"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/anila-saaha","display_name":"Anil Sah","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"सञ्चालक, सेभेन हिल्स प्रा.लि. — दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मतियार ठहर; १ वर्ष कैद","name":{"en":"Anil Sah","ne":"अनिल साह"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/mana-mohana-mishra","display_name":"Man Mohan Mishra","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"मेडिकल ल्याब टेक्नोलोजिष्ट — आरोपदाबीबाट सफाई","name":{"en":"Man Mohan Mishra","ne":"मन मोहन मिश्र"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/karmashila-prasaada-gopa","display_name":"Karmshil Prasad Gop","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"ल्याब असिस्टेन्ट/जिन्सी प्रमुख — आरोपदाबीबाट सफाई","name":{"en":"Karmshil Prasad Gop","ne":"कर्मशिल प्रसाद गोप"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/gunaananda-prasaada-saaha","display_name":"Gunanand Prasad Sah","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"वरिष्ठ ल्याव टेक्निसियन निरीक्षक — आरोपदाबीबाट सफाई","name":{"en":"Gunanand Prasad Sah","ne":"गुणानन्द प्रसाद साह"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/amara-deepa-mahato","display_name":"Amar Deep Mahto","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"अधिकृत छैटौं (लेखा अधिकृत) — आरोपदाबीबाट सफाई","name":{"en":"Amar Deep Mahto","ne":"अमर दीप महतो"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/shravana-kumaara-mishra","display_name":"Shravan Kumar Mishra","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"तत्कालीन निर्देशक, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधाम — भ्र.नि.ऐन, २०५९ को दफा ८(१)(ङ), (ञ) र १९(२) बमोजिम कसुरदार ठहर; १ वर्ष कैद साथै दफा २४ बमोजिम थप ६ महिना गरी जम्मा १ वर्ष ६ महिना कैद","name":{"en":"Shravan Kumar Mishra","ne":"श्रवण कुमार मिश्र"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/dhanusa-np0217","display_name":"Dhanusha","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Dhanusha","ne":"धनुषा"},"image":null}],"tags":["nphl","Public Procurement"],"description":"### क) अभियोगदाबीको सार\n\nप्रस्तुत मुद्दामा मधेस प्रदेश, सामाजिक विकास मन्त्रालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामबाट २०७९/०८० मा मधेस प्रदेश स्थित ७२ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाको लागि भएका खरिद सम्झौताहरु मध्ये Contract No: Re-PPHL2/G/NCB/02/2079-80 मा सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा भएको व्यवस्था बमोजिम मेडिकल सामाग्री, इक्विप्मेन्ट, फर्निचर र पूर्वाधार खरिद प्रयोजनार्थ बजेट माग गर्नुपूर्व सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन, लाभ-लागत विश्लेषण, उपयुक्त खरिद विधिसमेतको अध्ययन विश्लेषण हुनुपर्नेमा सो नगरी बजेट माग गरे गराएको, स्पष्ट आधार, कारण र औचित्यता विना एउटा शीर्षकलाई दुई वटा ठेक्कामा टुक्र्याई खरिद गरेको, कुन कुन स्थानीय तहमा के कति जनसंख्या र विरामीको चाप रहेको छ सो विश्लेषण नै नगरी खरिद कार्य गरे गराएको, खरिद गरिएका उपकरणहरु कुन कुन पालिकाका हुन भन्ने यकिन हुन नसकेको, खरिद कार्यमा एक आपसमा सम्बन्ध तया Conflict of Interest रहेका फर्महरुबाट दररेट पेश गर्न लगाई सोही दररेटको आधारमा लागत अनुमान स्वीकृत गरेको, स्वीकृत भएको लागत अनुमान बमोजिमको हाराहारीमा नै बोलपत्र पेश गरी सेभेन हिल्स प्रा.लि., सिनामंगल, काठमाडौँ मार्फत लागत अनुमान भन्दा ५.७४% मात्र घटी रकम कबोल गरी गराई ठेक्का प्राप्त गरी सम्झौता समेत गरेको, सम्झौताको शर्तहरु विपरीत स्वीकृत स्पेसिफिकेशनमा उल्लिखित भन्दा कम फिचर भएका, स्पेसिफिकेशन भन्दा फरक र कम मूल्यका गुणस्तरहीन मालसामान खरिद गरेको देखिंदा देखिदै जानी जानी उक्त मालसामान स्पेसिफिकेशन बमोजिम नै रहेको भनी बदनियतपूर्व गलत Post Delivery Inspection प्रतिवेदन पेस गरी रु. ६.०५.११.५००।- भुक्तानी गरे/गराएको पुष्टि भएको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्र,जनकपुरधामका वरिष्ठ ल्याव टेक्निसियन निरीक्षक गुणानन्द प्रसाद साह, बरिष्ठ ल्याव अधिकृत उमेश चौधरी, अधिकृत छैटौं (लेखा अधिकृत) अमरदीप महतो, ल्याव असिस्टेन्ट कर्मशील प्रसाद गोप, प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका मेडिकल ल्याब टेक्नोलोजिष्ट मन मोहन मिश्र, ल्याब टेक्निसियन निरीक्षक राम उदगार यादव, सेभेन हिल्स प्रा.लि र उक्त कम्पनीका सञ्चालक अनिल शाह विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) (क), (ङ) र (ञ) अनुसार गैरकानूनी लाभ लिई राज्यलाई हानि पुर्‍याएको कसूरमा कैद, बिगो बराबर जरिवाना तथा बिगो असुलको माग गर्दै दफा १९(२) अनुसार गलत प्रतिवेदन पेश गरेको कसूर र दफा २४ बमोजिम थप सजायको माग गरी विशेष अदालतमा अभियोगपत्र दायर गरेको थियो ।\n\n### ख) विशेष अदालतको फैसलाको सार\n\nमिति २०८२।०१।१४ मा दर्ता भएको प्रस्तुत मुद्दामा विशेष अदालत, काठमाडौंबाट मिति २०८२।११।१३ मा  आंशिक ठहर फैसला भएको थियो। फैसलाको पूर्णपाठ विशेष अदालतबाट सार्वजनिक भइसकेको छ र यस मुद्दाको प्रमाण स्रोतमा संलग्न गरिएको छ।\n\n**ठहरको आधार**\n\nअदालतले आपूर्ति भएका मालसामानमध्ये ५०% भन्दा बढीमा कैफियत देखिएको र सो कैफियत लामो समयसम्म यथावत् रहेको तथ्यलाई खरिद सामानमा सच्याउन मिल्ने सामान्य त्रुटिका रूपमा लिन नमिल्ने ठहर गर्‍यो। स्वीकृत स्पेसिफिकेशन बमोजिम नहुँदा नहुँदै र माग गरिएभन्दा कम फिचर भएतापनि स्पेसिफिकेशन बमोजिमै सामग्री आपूर्ति भएको भनी कम गुणस्तरका सामग्री स्वीकार गरी अस्वाभाविक रूपमा रु. ३,१३,५६,०००।- बढी भुक्तानी गरी/गराई प्रतिवादीहरूलाई लाभ तथा नेपाल सरकार/प्रदेश सरकार/सार्वजनिक संस्थालाई हानिनोक्सानी पुगेको निष्कर्ष निकालियो।\n\nसम्झौता रकम रु. ६,०५,११,५००।- (मु.अ.कर सहित) मध्ये स्वीकृत स्पेसिफिकेशनभन्दा फरक पारी मूल्य रु. ३,१३,५६,०००।- बराबरको उपकरण तथा सामान बुझाउने/बुझ्ने र सोही बमोजिम भुक्तानी दिने/लिने कार्यमा मिलेमतो भएको ठहर गर्दै अदालतले सो हदसम्मको बदनियतपूर्ण कार्यमा संलग्न देखिएका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्र र वरिष्ठ ल्याव अधिकृत उमेश चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) र (ञ) तथा दफा १९(२) बमोजिमको कसुर गरेको ठहर गर्‍यो। सेभेन हिल्स प्रा.लि. र सोका सञ्चालक अनिल साहले उक्त कसुरमा गैरकानूनी लाभ लिई मतियार भई दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको कसुर गरेको ठहर भयो।\n\n**सजाय**\n\n| प्रतिवादी | भूमिका | ठहर | कैद | जरिवाना | बिगो |\n| --- | --- | --- | --- | --- | --- |\n| डा. श्रवण कुमार मिश्र | तत्कालीन निर्देशक, प्रदेश जनस्वास्थ्य प्रयोगशाला | कसुरदार — दफा ८(१)(ङ), (ञ) र १९(२) | १ वर्ष + दफा २४ बमोजिम थप ६ महिना = जम्मा १ वर्ष ६ महिना | रु. ७८,३९,०००।- | रु. ७८,३९,०००।- |\n| उमेश चौधरी | तत्कालीन वरिष्ठ ल्याव अधिकृत (छैठौँ तह) | कसुरदार — दफा ८(१)(ङ), (ञ) र १९(२) | १ वर्ष | रु. ७८,३९,०००।- | रु. ७८,३९,०००।- |\n| अनिल साह | सञ्चालक, सेभेन हिल्स प्रा.लि. | मतियार — दफा २२ को प्रतिबन्धात्मक वाक्यांश | १ वर्ष | रु. ७८,३९,०००।- | रु. ७८,३९,०००।- |\n| सेभेन हिल्स प्रा.लि. | आपूर्तिकर्ता फर्म | मतियार — दफा २२ को प्रतिबन्धात्मक वाक्यांश | — | रु. ७८,३९,०००।- | रु. ७८,३९,०००।- |\n| अमरदीप महतो, गुणानन्द प्रसाद साह, कर्मशील प्रसाद गोप, मन मोहन मिश्र, राम उदगार यादव | लेखा अधिकृत, ब.ल्या.टे.नि., ल्या.अ., मे.ल्या.टे. र ल्या.टे.नि. | सफाई | — | — | — |\n\nकसुरदार ठहर भएका चारै प्रतिवादीलाई दामासाहीले हुने गरी जम्मा रु. ३,१३,५६,०००।- जरिवाना गरी सोही बमोजिमको बिगो असुल गर्ने ठहर भयो। स्पेसिफिकेशनभन्दा फरक ठहर भएका उपकरण तथा सामान प्रतिवादी सेभेन हिल्स प्रा.लि.ले फिर्ता पाउने र सो बाहेकका अन्य आरोपदाबी पुग्न नसक्ने ठहर गर्यो।\n\n**सफाईको आधार**\n\nअदालतले Post Delivery Inspection प्रतिवेदन पेश गर्ने तथा भुक्तानी दिने कार्यमा प्रतिवादी मन मोहन मिश्र र राम उदगार यादवको कुनै संलग्नता नदेखिएको उल्लेख गर्‍यो। अन्य प्रतिवादीहरूले आफ्नो पदीय हैसियत बमोजिम निर्देशनात्मक कार्य गरेको र निजहरूको बदनियत पुष्टि हुने ठोस तथा वस्तुनिष्ठ प्रमाण वादी पक्षले पेस गर्न नसकेको भन्दै प्रतिवादीहरू अमरदीप महतो, गुणानन्द प्रसाद साह, कर्मशील प्रसाद गोप, मन मोहन मिश्र र राम उदगार यादवले आरोपदाबीबाट सफाई पाउने ठहर गर्यो।\n\n\n\n<br>\nRelated Cases\n\n* 081-CR-0079\n\n\n* 081-CR-0080\n\n\n* 081-CR-0081\n\n\n<br>","key_allegations":["Procurement of Installation Equipment, Supply, Delivery and Infrastructure, Software and for Furniture establishment Pathology lab Municipality अन्तर्गतको खरिदमा अनियमितता गरेको भन्नेसमेत अभियोग  ।","प्रतिवादीहरूको मिलेमतोमा ७२ वटा पालिकाहरूमा जनस्वास्थ्य प्रयोगशाला स्थापनाको लागि भएका खरिद कार्यमा प्रचलित सार्वजनिक खरिद कानुनबमोजिमको खरिद आवश्यकताको नगरी, आवश्यक पूर्वतयारी खरिद स्वीकृत पहिचान बिना नै बजेट माग गरेको ।","सम्झौताका सर्तविपरीत स्पेसिफिकेसनमा उल्लिखितभन्दा कम फिचर भएका, फरक र कम गुणस्तर तथा मूल्यका मालसामान खरिद गरी भुक्तानी लिए/दिएको।"],"timeline":[{"date":"2022-07-17","title":"आ.व. २०७९।८० को नीति तथा कार्यक्रम","date_bs":"2079-04-01","description":"मधेश सरकारको नीति तथा कार्यक्रमको बुँदा नं. ७९ मा प्रदेश जनस्वास्थ्य प्रयोगशाला मार्फत आठै जिल्लामा रहेका विभिन्न स्वास्थ्य प्रयोगशालाहरुको सुधृढीकरण तथा गुणस्तर अभिवृद्धिको लागि पुर्वाधार निर्माण, थप जनशक्ति र उपकरणको व्यवस्था गरिनेछ भनी उल्लेख भएको।"},{"date":"2022-07-17","title":"आ.व. २०७९।०८० को बजेट सुनिश्चितता","date_bs":"2079-04-01","description":"७२ वटा पालिका स्तरिय जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाको लागि Nidan Lab for each Municipality रु. ३०,००,००,०००।- बजेट विनियोजन भएको।"},{"date":"2022-07-25","title":"स्पेशिफिकेशन स्वीकृती","date_bs":"2079-04-09","description":"तयार गर्नेः जितेन्द्र कुमार साह (माइक्रोबाइलोजिस्ट), अमरेन्द्र कुमार मिश्र (माइक्रोबाइलोजिस्ट), दिपेन्द्र कुमार मिश्र (उ.प्र.मे.टे.), रमेश कुमार मण्डल (ल्या.अ.) र स्वीकृत गर्नेः डा. श्रवण कुमार मिश्र।"},{"date":"2022-07-26","title":"दररेट माग","date_bs":"2079-04-10","description":"आ.व. २०७९।०८० को लागि मधेश प्रदेशको ७२ वटा पालिकाहरुमा प्रयोगशाला स्थापना गर्न मेसिनरी औजार, कम्प्युटर, फर्निचर र सफ्टवेयरहरुको दररेट पेश गर्न लाईफ लाईन ईन्टरनेशनल प्रा.लि., कस्तुरी ट्रेड लिंक प्रा.लि., मेडि सोलुसन इन्टरनेशनल प्रा.लि. र ट्रिनिटी फर्मास्युटिकल्स लाई मिति २०७९।०४।१० मा पत्राचार गरेको।"},{"date":"2022-07-29","title":"दररेट पेस","date_bs":"2079-04-13","description":"४ वटै फर्मबाट Quotation पेस भएको।"},{"date":"2022-07-29","title":"लागत अनुमान स्वीकृत","date_bs":"2079-04-13","description":"मिति २०७९।०४।१३ मा निर्देशक डा. श्रवण कुमार मिश्रबाट स्वीकृत तथा लागत अनुमान रु. ६,४१,९३,०४०।-रहेको।निर्देशक डा. श्रवण कुमार मिश्रबाट स्वीकृत भएको ।"},{"date":"2022-08-02","title":"बोलपत्र आह्वानको सूचना प्रकाशन","date_bs":"2079-04-17","description":"मेसिनरी औजार तथा सफ्टवेयर र फर्निचर तथा फिक्चर्स खरिदको लागि विद्युतिय बोलपत्रको ३० दिनको म्याद दिई सूचना आव्हान भएको। ठेक्का नं. PPHL2/G/NCB-02/2079-80 को लागि सुचना प्रकाशन भएको।"},{"date":"2022-09-01","title":"बोलपत्र प्रस्ताव पेस","date_bs":"2079-05-16","description":"२ (दुई) वटा बोलपत्रदाताहरु सेभेन हिल्स प्रा.लि. र द डिजाईनर्स नेपाल प्रा.लि. ले प्रस्ताव गरेको।"},{"date":"2022-09-09","title":"बोलपत्र मुल्याङ्कन समितिको प्रतिवेदन","date_bs":"2079-05-24","description":"बोलपत्र मुल्यांकन समिति उमेश चौधरी (ब.ल्या.अ.), अमर दीप महतो (लेखा अधिकृत), कर्मशिल प्रसाद गोप (ल्या.अ.) र गुणानन्द प्रसाद साह (ब.ल्या.टे.नि.) ले ठेक्का नं. PPHL2/G/NCB-02/2079-80 को लागि पेश हुन आएको बोलपत्रको Responsive Chart तयार गरी अध्ययन गर्दा दुई वटै बोलपत्रदाताहरु श्री सेभेन हिल्स प्रा.लि., काठमाडौँ र द डिजाईनर्स नेपाल प्रा.लि., ललितपुरले पेश गरेको बोलपत्र सारभूतरुपमा रुपमा प्रभावग्राही नदेखिएकोले दुवैको बोलपत्र अस्वीकृत गरी दोस्रो पटक बोलपत्रको सुचना आव्हान गर्नको लागि सिफारिस गरेको।"},{"date":"2022-09-13","title":"बोलपत्र अस्वीकृती र दोस्रो पटक सुचना आव्हानको निर्णय","date_bs":"2079-05-28","description":"बोलपत्र मुल्यांकन समितिको मिति २०७९।०५।२४ को निर्णय बमोजिम कार्यालयबाट ठेक्का नं. PPHL2/G/NCB-02/2079-80 को बोलपत्रहरु अस्वीकृत गरी १५ (पन्ध्र) दिनको म्याद दिई दोस्रो पटक विधुतिय खरिदको सुचना आव्हान गर्ने निर्णय भएको।"},{"date":"2022-09-15","title":"दोस्रो पटक बोलपत्र आह्वानको सूचना प्रकाशन","date_bs":"2079-05-30","description":"ठेक्का नं. Re-PPHL2/G/NCB-02/2079-80 को लागि सुचना प्रकाशन भएको।"},{"date":"2022-10-10","title":"बोलपत्र प्रस्ताव पेस","date_bs":"2079-06-24","description":"२ (दुई) वटा बोलपत्रदाताहरु सेभेन हिल्स प्रा.लि. र द डिजाईनर्स नेपाल प्रा.लि. ले प्रस्ताव गरेको।"},{"date":"2022-10-12","title":"बोलपत्र मुल्याकंन समितिको निर्णय","date_bs":"2079-06-26","description":"कार्यालयको बोलपत्र मुल्याङ्कन समिति (ब.ल्या.अ. उमेश चौधरी. ले.अ. अमर दीप महतो, ल्या.अ. कर्मशील प्रसाद गोप र ब.ल्या.टे.नि. गुणानन्द प्रसाद साह) ले ठेक्का नं. Re-PPHL2/G/NCB/02/2079-80, Procurement of Supply, Delivery and Installation of Equipment, IT infrastructures, Software, Furniture for establishment of Pathology Lab in Municipality को लागि द डिजाईनर्स नेपाल प्रा.लि., ललितपुरले पेश गरेको बोलपत्र सम्बन्धी कागजातहरुमा आर्थिक प्रस्ताव (प्राईस विड) समेत पेश गरेकोले निजको बोलपत्र अस्वीकृत गर्ने र सेभेन हिल्स प्रा.लि., काठमाडौँले पेश गरेको बोलपत्र सारभुत रुपमा प्रभावग्राही भएकोले प्राविधिक मुल्याङ्कनको लागि प्राविधिक समिति समक्ष पेश गर्ने भनी निर्णय गरेको।"},{"date":"2022-10-20","title":"प्राविधिक मुल्याङ्कन समितिको निर्णय","date_bs":"2079-07-03","description":"प्रयोगशाला मुल्याङ्कन समिति (माईक्रोबाईलोजिस्ट जितेन्द्र कुमार साह, माईक्रोबाईलोजिस्ट अमरेन्द्र कुमार मिश्र, उप प्र.मे.टे. दिपेन्द्र कुमार मिश्र र ल्या.अ. रमेश कुमार मण्डल) ले ठेक्का नं. Re-PPHL2/G/NCB/02/2079-80 को लागि सेभेन हिल्स प्रा.लि.. काठमाडौँले पेश गरेको बोलपत्र स्वीकृतिको लागि कार्यालयमा सिफारिस गर्ने भनी निर्णय गरेको।"},{"date":"2022-10-21","title":"प्राविधिक बोलपत्र स्वीकृतिको निर्णय","date_bs":"2079-07-04","description":"बोलपत्रदाता सेभेन हिल्स प्रा.लि., काठमाडौंको बोलपत्रको प्राविधिक प्रस्ताव स्वीकृत गरेको।"},{"date":"2022-11-21","title":"बोलपत्र मुल्याकंन समितिको निर्णय","date_bs":"2079-08-05","description":"बोलपत्र मुल्यांकन समिति उमेश चौधरी (ब.ल्या.अ.), अमर दीप महतो (लेखा अधिकृत), कर्मशिल प्रसाद गोप (ल्या.अ.) र गुणानन्द प्रसाद साह (ब.ल्या.टे.नि.) ले ठेक्का नं. Re-PPHL2/G/NCB-02/2079-80 को लागि पेश हुन आएको बोलपत्रको Responsive Chart तयार गरी अध्ययन गर्दा श्री सेभेन हिल्स प्रा.लि.. काठमाडौँले पेश गरेको बोलपत्र न्यूनतम मूल्याङ्कित सारभूतरुपमा रुपमा प्रभावग्राही देखिएकोले निजको कबोल अंक रु. ६,०५,११,५००।-(मु.अ.कर सहित) को बोलपत्र स्वीकृतिको सिफारिस गरेको।"},{"date":"2022-11-23","title":"बोलपत्र स्वीकृती र आसयको सुचना","date_bs":"2079-08-07","description":"वोलपत्रदाता श्री सेभेन हिल्स प्रा.लि.. काठमाडौँले पेश गरेको बोलपत्र न्यूनतम मूल्याङ्कित सारभूतरुपमा रुपमा प्रभावग्राही देखिएकोले निजको बोलपत्र मिति २०७९।०८।०६ मा स्वीकृत भई आसयको सुचना प्रकाशन भएको।"},{"date":"2022-12-28","title":"सम्झौता र कार्यदिशा","date_bs":"2079-09-13","description":"प्रयोगशालाको तर्फबाट निर्देशक डा. श्रवण कुमार मिश्र र श्री सेभेन हिल्स प्रा.लि., काठमाडौंको तर्फबाट आधिकारिक प्रतिनिधी अनिल कुमार यादवले हस्ताक्षर गरेको।"},{"date":"2023-01-11","title":"Post Delivery Inspection","date_bs":"2079-09-27","description":"ब.ल्या.अ. उमेश चौधरी र निर्देशक डा. श्रवण कुमार मिश्रले \"The equipment is delivered at PPHL. Site\" भनी प्रतिवेदन पेश गरेको।"},{"date":"2023-01-11","title":"प्रयोगशाला मुल्याङ्कन समितिको निर्णय","date_bs":"2079-09-27","description":"प्रयोगशाला मुल्याङ्कन समिति (ब.ल्या.अ. उमेश चौधरी, ले.अ. अमर दीप महतो, ल्या.अ. कर्मशील प्रसाद गोप, ब.ल्या.टे.नि. गुणानन्द प्रसाद साह र आमन्त्रित निर्देशक डा. श्रवण कुमार मिश्र) ले ठेक्का नं. Re-PPHL.2/G/NCB/02/2079-80, Supply, Delivery and Installation of Equipment, IT infrastructures, Software, Furniture for establishment of Pathology Lab in Municipality को लागि सेभेन हिल्स प्रा.लि., काठमाडौँले प्रयोगशालामा आपूर्ती गरेको मालसामानहरू मध्येवाट Random Sampling गरी Post delivery Inspection प्रतिवेदन अनुसार Verification गर्दा नमुनाहरू बोलपत्रमा माग भए बमोजिम देखिएको हुँदा अगाडी प्रक्रियाको लागि सिफारिस गर्ने निर्णय गरेको।"},{"date":"2023-01-13","title":"श्री सेभेन हिल्स प्रा.लि., काठमाडौँलाई मेशिनरी औजार, फर्निचर तथा सफ्टवेयर खरिदको भुक्तानी","date_bs":"2079-09-29","description":"गो.भौ.नं. १७ मिति २०७९।०९।२९ बाट रु. ५,४९,४२,३००।- (कर बाहेक) भुक्तानी भएको।"},{"date":"2024-01-19","title":"अख्तियारको स्थलगत अनुगमन प्रतिवेदन","date_bs":"2080-10-05","description":"निरीक्षणमा Seven Hills Pvt. Ltd., काठमाडौंबाट आपूर्ति भएका उपकरणहरू बोलपत्र कागजातमा उल्लेखित स्पेसिफिकेशनअनुसार नभएको पाइएको थियो। Colorimeter फरक-फरक ब्राण्ड/मोडेलका र डिस्प्ले रङ असंगत रहेको, Centrifuge मा ब्राण्ड उल्लेख नभएको तथा क्याटलग बनावटी देखिएको थियो। Table, Chair र Storage Rack समेत कबोलअनुसारका नभई गुणस्तरहीन र प्रयोगयोग्य नभएको पाइएको थियो। Refrigerator पनि प्रयोगशाला प्रयोजनअनुकूल नभई साधारण घरेलु प्रकारको रहेको देखिएको थियो। समग्रमा, आपूर्ति भएका अधिकांश उपकरणहरू स्वीकृत प्राविधिक मापदण्डसँग मेल नखाने तथा अनियमितता भएको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको थियो।"},{"date":"2024-03-18","title":"अख्तियारको स्थलगत अनुगमन प्रतिवेदन","date_bs":"2080-12-05","description":"उक्त स्थलगत निरीक्षणबाट विभिन्न जिल्लाका स्वास्थ्य प्रयोगशालाहरूमा गम्भीर सञ्चालन तथा व्यवस्थापनसम्बन्धी समस्या रहेको देखिएको थियो। धनुषा र पर्साका केही स्थानीय तहमा प्राप्त उपकरणहरू जडान नगरी थन्क्याइएको पाइएको थियो भने कतिपय स्थानमा प्रयोगशाला स्थापना भए पनि सञ्चालनमा नरहेको देखिएको थियो। रौतहट, बारा, सर्लाही लगायत जिल्लाहरूमा पहिले नै उपकरण उपलब्ध हुँदा नयाँ उपकरणहरू जगेडामा राखिएको र सेवा विस्तारमा उल्लेखनीय प्रभाव नपरेको पाइएको थियो। कतिपय स्थानमा प्राविधिक जनशक्ति अभाव रहेको, उपकरण बिग्रिएको, कम्प्युटर तथा प्रिन्टर जडान नगरी थन्क्याइएको वा सफ्टवेयर (Dolphin LIS) प्रयोगमा नआएको अवस्था देखिएको थियो। बिरामीको चाप न्यून (दैनिक ४–५ जना मात्र) रहेको र सामान्य परीक्षणमै सीमित रहेको पाइएको थियो, जसका कारण उपकरणहरू न्यून प्रयोगमा रहेको देखिएको थियो। समग्रमा आवश्यकता पहिचान नगरी अत्यधिक उपकरण खरिद गरिएको, प्रभावकारी उपयोग नभएको र सार्वजनिक सम्पत्तिको हानि भएको अवस्था देखिएको थियो।"},{"date":"2025-04-27","title":"अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रेस विज्ञप्ति र अभिगोगपत्र दायर","date_bs":"2082-01-14","description":"प्रतिवादीहरूको मिलेमतोमा ७२ वटा पालिकाहरूमा जनस्वास्थ्य स्थापनाको लागि खरिद कार्यमा सार्वजनिक प्रयोगशाला भएका प्रचलित खरिद कानुनबमोजिमको खरिद आवश्यकताको नगरी, आवश्यक पूर्वतयारी खरिद स्वीकृत पहिचान बिना नै बजेट माग गरी कार्य टुक्र्याई सम्झौताका सर्तविपरीत स्पेसिफिकेसनमा उल्लिखितभन्दा कम फिचर भएका, फरक र कम गुणस्तर तथा मूल्यका मालसामान खरिद गरी भुक्तानी लिए/दिएको भनी आरोप लगाउँदै प्रेस विज्ञप्ति जारी गर्दै अभियोगपत्र दायर गरिएको।"},{"date":"2026-02-25","title":"विशेष अदालतको फैसला","date_bs":"2082-11-13","description":"विशेष अदालत (अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठ) ले निर्णय नं. ३८ द्वारा आंशिक ठहर फैसला गरेको। सम्झौता रकम रु. ६,०५,११,५००।- मध्ये स्पेसिफिकेशनभन्दा फरक रु. ३,१३,५६,०००।- बराबरको सामान खरिद र भुक्तानीमा मिलेमतो भएको ठहर गर्दै डा. श्रवण कुमार मिश्र (१ वर्ष ६ महिना कैद), उमेश चौधरी र अनिल साह (जनही १ वर्ष कैद) तथा सेभेन हिल्स प्रा.लि.लाई कसुरदार ठहर्याई दामासाहीले जम्मा रु. ३,१३,५६,०००।- जरिवाना र सोही बमोजिम बिगो असुल गर्ने ठहर। अमरदीप महतो, गुणानन्द प्रसाद साह, कर्मशील प्रसाद गोप, मन मोहन मिश्र र राम उदगार यादवले आरोपदाबीबाट सफाई पाएका।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/press_release/20260330.20ee2a7a","additional_details":"प्रतिवादीहरूको मिलेमतोमा ७२ वटा पालिकाहरूमा जनस्वास्थ्य स्थापनाको लागि खरिद कार्यमा सार्वजनिक प्रयोगशाला भएका प्रचलित खरिद कानुनबमोजिमको खरिद आवश्यकताको नगरी, आवश्यक पूर्वतयारी खरिद स्वीकृत पहिचान बिना नै बजेट माग गरी कार्य टुक्र्याई सम्झौताका सर्तविपरीत स्पेसिफिकेसनमा उल्लिखितभन्दा कम फिचर भएका, फरक र कम गुणस्तर तथा मूल्यका मालसामान खरिद गरी भुक्तानी लिए/दिएको भनी आरोप लगाउँदै प्रेस विज्ञप्ति जारी गरिएको थियो ।","material":{"display_name":"अख्तियारको प्रेश विज्ञप्ति","material_type":"press_release","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/c747c16d316ac72f10dd049b90994c9baeba4f19a7f29abc3ab8f6795e00568c.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/19448f261c0cfb2d09c6e7a1f01e779cbd452b99d22406ae8c127fd72cfbbe5c.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/charge_sheet/20260330.1676af19","additional_details":"प्रतिवादीहरूको मिलेमतोमा ७२ वटा पालिकाहरूमा जनस्वास्थ्य स्थापनाको लागि खरिद कार्यमा सार्वजनिक प्रयोगशाला भएका प्रचलित खरिद कानुनबमोजिमको खरिद आवश्यकताको नगरी, आवश्यक पूर्वतयारी खरिद स्वीकृत पहिचान बिना नै बजेट माग गरी कार्य टुक्र्याई सम्झौताका सर्तविपरीत स्पेसिफिकेसनमा उल्लिखितभन्दा कम फिचर भएका, फरक र कम गुणस्तर तथा मूल्यका मालसामान खरिद गरी भुक्तानी लिए/दिएको भनी आरोप लगाउँदै प्रेस विज्ञप्ति जारी गर्दै अभियोगपत्र दायर गरिएको।","material":{"display_name":"विशेष अदालतमा दायर गरिएको अभियोगपत्र","material_type":"charge_sheet","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/0e74089fd49f5867d9ce4c42a441770ee9ea5521f6d9b8d8b812d226ba75e6d2.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/dcc7e2da8dd3cc4173ead787c4fc2a6ffc9a58e1c0ff6d10f8b36d3facaf4145.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/document/20260330.c0a12724","additional_details":"bolpatra.gov.np","material":{"display_name":"Bid Document","material_type":"document","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/9644660039cb354c16f2a95f7a2eb528e50d51196c39bf1cc238bec99563aa61.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/09c249572adba9d712a487704ab61f37ccaf85c792f0c5db97ae7c4e8f2bbeb2.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/legal_corpus/20260320.76053052","additional_details":"Nepal Law Commission","material":{"display_name":"सार्वजनिक खरीद ऐन २०६३","material_type":"legal_corpus","urls":[{"link":"https://lawcommission.gov.np/content/12891/12891-public-procurement-act-2063/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/c787586854dc1c85a295fd8d6ff104940a9c8839be0f645046c9bc4bd3a24179.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/legal_corpus/20260320.d94b7d33","additional_details":"Nepal Law Commission","material":{"display_name":"सार्वजनिक खरिद नियमावली २०६४","material_type":"legal_corpus","urls":[{"link":"https://lawcommission.gov.np/content/13051/13051-public-procurement-regulation/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/6544b500fca3a4b6f46667eba03dfd89c61930be2b0e11ef5a54a0ad30b3e4bd.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/legal_corpus/20260320.44bd104b","additional_details":"Nepal Law Commission","material":{"display_name":"भ्रष्टाचार निवारण ऐन २०५९","material_type":"legal_corpus","urls":[{"link":"https://lawcommission.gov.np/content/13421/prevention-of-corruption--2059/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/833387b943a2b6e0704c1103576405e4043b96c5cb1974a7689e029fc35b942b.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260320.032a1cb9","additional_details":"Onlinekhabar — Article published on Baisakh 14, 2082 (April 27, 2025)","material":{"display_name":"मधेश प्रदेशका १३६ पालिकामा स्वास्थ्य सामग्री खरिद गर्दा ५२ करोड भ्रष्टाचार","material_type":"news","urls":[{"link":"https://www.onlinekhabar.com/2025/04/1670481/","role":"RAW"},{"link":"https://web.archive.org/web/20250427174200/https://www.onlinekhabar.com/2025/04/1670481/","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/e142ca100b5e7730eeb2ae2b1d419e3d9301e2343ac8e8bdbd2c1f0d0fd6fb1a.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260321.660cb29c","additional_details":"Naya Patrika Daily — Article published on April 28, 2025 (Baisakh 15, 2082)","material":{"display_name":"मधेशका पालिकाका लागि स्वास्थ्य उपकरण खरिदमा ५२ करोड ४२ लाख भ्रष्टाचार","material_type":"news","urls":[{"link":"https://www.nayapatrikadaily.com/news-details/166133/2025-04-28","role":"RAW"},{"link":"https://web.archive.org/web/20250428120000/https://www.nayapatrikadaily.com/news-details/166133/2025-04-28","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/3a39a6a060cd3344fdd100aa57e6c9e3728346a5163d9391b34ca67c344d841a.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260320.28e0b32b","additional_details":"Ukeraa — Article published on Baisakh 14, 2082 (April 27, 2025)","material":{"display_name":"मधेस प्रदेशको स्वास्थ्य उपकरणको बदमासी अदालत पुग्यो, स्वास्थ्य सेवा विभाग र गेटाको कहिले ?","material_type":"news","urls":[{"link":"https://ukeraa.com/news/detail/160583","role":"RAW"},{"link":"https://web.archive.org/web/20250427000000/https://ukeraa.com/news/detail/160583","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/db8307c42e5a1e966d73c131f2367329145bd5ca957ef33ee388997ba2cfd411.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/madeshp_pradesh_health.fdcbffb4","additional_details":"विशेष अदालत, काठमाडौंबाट मिति २०८२।११।१३ मा भएको निर्णय नं. ३८ को फैसलाको पूर्णपाठ। सम्झौता रकम रु. ६,०५,११,५००।- मध्ये स्वीकृत स्पेशिफिकेशनभन्दा फरक रु. ३,१३,५६,०००।- बराबरको सामान खरिद र भुक्तानीमा मिलेमतो भएको ठहर गरी डा. श्रवण कुमार मिश्र (१ वर्ष ६ महिना कैद), उमेश चौधरी र अनिल साह (जनही १ वर्ष कैद) तथा सेभेन हिल्स प्रा.लि.लाई कसुरदार ठहर्याई दामासाहीले जम्मा रु. ३,१३,५६,०००।- जरिवाना र सोही बमोजिम बिगो असुल गर्ने ठहर भएको। अमरदीप महतो, गुणानन्द प्रसाद साह, कर्मशील प्रसाद गोप, मन मोहन मिश्र र राम उदगार यादवले आरोपदाबीबाट सफाई पाएका। स्रोतः विशेष अदालत।","material":{"display_name":"०८१-CR-००८२ आदेश","material_type":"document","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/d078cfc5a88209433929c529fc36b4d7e1c76f2ac6a32347812418f51aaeeb97.doc","role":"RAW"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/081-cr-0082"],"missing_details":"क) प्रतिवादीहरूले अदालतमा गरेको बयानको ब्याहोरा\n\nख) प्रस्तुत मुद्दासँग सम्बद्ध थप आधार र प्रमाण पुष्टि गर्ने प्रमाणिक स्रोत\n\nग) अन्य आवश्यक स्रोतहरू।\n\nप्रस्तुत मुद्दामा उल्लेख भएका विवरण अख्तियारले दायर गरेको अभियोगपत्र र विशेष अदालतले गरेको फैसलामा आधारित छन्।","bigo":60511500,"weight":0,"versionInfo":{},"created_at":"2026-03-30T10:50:42.283123+05:45","updated_at":"2026-10-05T21:23:45.881061+05:45"}