{"id":52,"slug":"case-081-cr-0076-dinesh-yadav-illegal-assets","public_iri":"https://jawafdehi.org/case/case-081-cr-0076-dinesh-yadav-illegal-assets","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"बागमती नगर जग्गा एकिकरण आयोजनाका अमिन दिनेशप्रसाद यादवले रु. ३.२९ करोड स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा (081-CR-0076)","short_description":"बागमती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटका करार अमिन रहेका प्रतिवादीले सेवा अवधिमा वैध आयभन्दा बढी रु. ३.२९ करोड स्रोत नखुलेको सम्पत्ति आर्जन गरी श्रीमतीको नाममा समेत घरजग्गा राखेको आरोपमा अख्तियारले प्रतिवादीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतले समग्र जाँच अवधिको आय–व्यय पुनःगणना गर्दा वैध आयभन्दा रु. १,१२,७०,६६८।६२ बढी सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको ठहर गर्दै मुख्य प्रतिवादीलाई १ वर्ष कैद, सोही बराबर जरिबाना तथा सो बराबरको घरजग्गा जफत गर्ने र रु. ४,५०,८२६ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको थियो।","authors":[{"slug":"rujit-kafle","display_name":"Rujit Kafle","name_ne":"रुजित काफ्ले","photo_url":"https://jawafdehi.org/assets/teammembers/rujit.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-07-20","public_edit_history":[],"public_notes":"","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/b2a7472c144e22eea305d4f70a552310d5f8cb3654f83041ef424b1debd308cd.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/78b6d2798d149514d205201b93092dfd16d76df7d95164fb94fb06853796db3c.webp 400w, https://s3.jawafdehi.org/case_uploads/278a3b82d8300f29fa267055aefb702e1de04d6c78764b863d940fbf0d88a8cb.webp 800w, https://s3.jawafdehi.org/case_uploads/b2a7472c144e22eea305d4f70a552310d5f8cb3654f83041ef424b1debd308cd.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/60754364a5300cb3bb9763ab6e3151461c794211d2399737b65881bbba95cee2.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/7b184e6204d16ff6c7cbf46606f25eab61d9debb05679c85de49729f74898650.webp 640w, https://s3.jawafdehi.org/case_uploads/f5d6f3ce1a0aa230c5afff8f95a1fba624c39f92cc46db54dc89c460d9d98c25.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/60754364a5300cb3bb9763ab6e3151461c794211d2399737b65881bbba95cee2.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":356,"banner_image_id":271,"thumbnail_url":"","banner_url":"","case_start_date":"2025-04-21","case_end_date":"2026-06-12","dates":{"stages":[{"end":"2026-06-12","stage":"initial","start":"2025-04-21","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/081-cr-0076"}]},"status":"others","case_track":null,"status_override":null,"proceedings_started_on":"2025-04-21","proceedings_decided_on":"2026-06-12","appeal_verdicts":{},"appeal_parties":{},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/organization/upatyaka-vikasa-pradhikarana-jilla-ayukt-4838f7","display_name":"Kathmandu Valley Development Authority, District Commissioner's Office Kathmandu","entity_type":"Organization","type":"related","outcome":null,"notes":"आयोजना सञ्चालन गर्ने निकाय — प्रतिवादी कार्यरत कार्यालय","name":{"en":"Kathmandu Valley Development Authority, District Commissioner's Office Kathmandu","ne":"उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौं"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/dinesa-prasada-yadava-ea842d","display_name":"Dinesh Prasad Yadav","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"तत्कालीन अमिन (करार), बागमती नगर जग्गा एकिकरण आयोजना, गौरीघाट — मुख्य प्रतिवादी। विशेष अदालतले मिति २०८३।०२।२९ मा रु. १,१२,७०,६६८।६२ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिमको कसूर गरेको ठहर गरी दफा २०(२) बमोजिम १ वर्ष कैद र बिगो बराबर रु. १,१२,७०,६६८।६२ जरिवाना (धरौटी रु. १,००,००० कट्टा गरी बाँकी रु. १,११,७०,६६८।६२ असुल उपर गर्ने) तथा अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१(३) बमोजिम रु. ४,५०,८२६ क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा दाखिला गर्ने ठहर गरेको। चित्त नबुझे ३५ दिनभित्र सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्ने।","name":{"en":"Dinesh Prasad Yadav","ne":"दिनेश प्रसाद यादव"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/amrta-kumari-yadava-bf2d54","display_name":"Amrita Kumari Yadav","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"प्रतिवादी दिनेशप्रसाद यादवकी श्रीमती — निजउपर कुनै कसूरको सजाय दाबी नलिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएकी। फैसलाअनुसार निजको नाममा रहेको ललितपुर, धापाखेल-१ कि.नं. १८८१ (क्षे. २१४.६२ व.मि.) मा निर्मित घर बाहेकको रु. १,१२,७०,६६८।६२ बराबरको जग्गा र सोबाट बढेबढाएको सम्पत्ति जफत हुने ठहर भएको; निजलाई कुनै कैद वा जरिवाना भएको छैन।","name":{"en":"Amrita Kumari Yadav","ne":"अमृता कुमारी यादव"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/localunit/kathmandu-metropolitian-city-30608","display_name":"Kathmandu Metropolitan City","entity_type":"AdministrativeArea,jawafdehi:MetropolitanCity","type":"location","outcome":null,"notes":"प्रतिवादी कार्यरत आयोजना (गौरीघाट) रहेको स्थानीय तह","name":{"en":"Kathmandu Metropolitan City","ne":"काठमाण्डौ महानगरपालिका"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/kathmandu-np0327","display_name":"Kathmandu","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"कार्यालय/आयोजना रहेको जिल्ला","name":{"en":"Kathmandu","ne":"काठमाडौँ"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/province/bagmati-np03","display_name":"Bagmati Province","entity_type":"AdministrativeArea,jawafdehi:Province","type":"location","outcome":null,"notes":"मुद्दा सम्बन्धित प्रदेश","name":{"en":"Bagmati Province","ne":"वाग्मती प्रदेश"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/localunit/godawari-municipality-30803","display_name":"Godawari Municipality","entity_type":"AdministrativeArea,jawafdehi:Municipality","type":"location","outcome":null,"notes":"धापाखेल कि.नं. १८८१ घरजग्गा रहेको स्थानीय तह","name":{"en":"Godawari Municipality","ne":"गोदावरी नगरपालिका"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/lalitpur-np0325","display_name":"Lalitpur","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"स्रोत नखुलेको घरजग्गा सम्पत्ति रहेको जिल्ला","name":{"en":"Lalitpur","ne":"ललितपुर"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/morang-np0105","display_name":"Morang","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"स्रोत नखुलेको घरजग्गा सम्पत्ति रहेको जिल्ला","name":{"en":"Morang","ne":"मोरङ"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/saptari-np0215","display_name":"Saptari","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"स्रोत नखुलेको घरजग्गा सम्पत्ति रहेको जिल्ला","name":{"en":"Saptari","ne":"सप्तरी"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/siraha-np0216","display_name":"Siraha","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"स्रोत नखुलेको घरजग्गा सम्पत्ति रहेको जिल्ला","name":{"en":"Siraha","ne":"सिरहा"},"image":null}],"tags":["Land Management","Transportation","Revenue","Bagmati","~3 Crore 29 Lakh","CIAA","Corruption","Special Court"],"description":"### क) अभियोगदावीको सार\n\nप्रस्तुत मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डौं उपत्यका विकास प्राधिकरण अन्तर्गत जिल्ला आयुक्तको कार्यालय, काठमाडौंद्वारा संचालित बागमती नगर जग्गा एकिकरण आयोजना, गौरीघाटमा अमिन (करार) पदमा (नियुक्ति मिति वि सं २०६३-०५-०८) कार्यरत दिनेश प्रसाद यादव र निजकी श्रीमती अमृता कुमारी यादवविरुद्ध गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मिति वि सं २०८२-०१-०८ गते विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको हो। मिति वि सं २०७९-०७-३० मा दर्ता भएको उजुरीको अनुसन्धानपछि यो अभियोगदावी पेस भएको हो। अनुसन्धानअनुसार २०६३/०५/०८ देखि २०८१/०३/३० सम्मको जाँच अवधिमा यादवको कुल वैध आय रु. २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ ३० पैसा रहेको देखिएको छ। तर सोही अवधिमा घर निर्माण, जग्गा खरिद, बैंक मौज्दात, शेयर लगानी, सवारी साधन खरिद, ऋण भुक्तानी, गरगहना खरिद, शैक्षिक तथा सामाजिक खर्चलगायत कुल व्यय रु. ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ ५१ पैसा भएको पाइएपछि रु. ३ करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ २१ पैसा बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको निष्कर्षमा अख्तियार पुगेको हो। अख्तियारले उक्त रकमलाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय, सो बराबरको सम्पत्ति जफत तथा असुलउपरको माग गरेको छ। साथै, गैरकानूनी रूपमा आर्जित सम्पत्ति र त्यसबाट बढेको सम्पत्तिको केही हिस्सा श्रीमती अमृता कुमारी यादवको नाममा राखिएको देखिएकाले, जफत गर्ने प्रयोजनका लागि मात्र उनलाई समेत प्रतिवादी बनाई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।\n\n**अभियोगदावीका मुख्य आधारहरू:**\n\n**१.** दिनेश प्रसाद यादवले मिति वि सं २०६३-०५-०८ देखि वि सं २०८१-०३-३० सम्मको सार्वजनिक पद धारण गरेको जाँच अवधिमा रु. २ करोड ४२ लाखभन्दा बढी वैध/गणनायोग्य आयको तुलनामा रु. ५ करोड ७१ लाखभन्दा बढी खर्च तथा लगानी गरी **रु. ३,२९,४५,७०२** (रु. ३ करोड २९ लाखभन्दा बढी) श्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरेको।\n\n**२.** वैध आयभन्दा बढी रकम घर निर्माण, जग्गा खरिद, गरगहना, शेयर तथा सवारी साधन खरिदलगायतमा खर्च गरी आफ्नो आय श्रोतसँग नमिल्ने सम्पत्ति जोडेको। निजको पारिश्रमिक र भत्ता गरी कुल वैध आय सीमित रहेको अवस्थामा मोरङ, सप्तरी, सिराहा, ललितपुरलगायतमा थुप्रै घरजग्गा (कि.नं. ६१७, ५९२, २४४८, २३४, ८२३, १५६०, ७६६, ९९३ आदि) खरिद गरेको।\n\n**३.** ललितपुर, धापाखेल कि.नं. १८८१ (क्षे. २१४.६२ व.मि.) को जग्गा विजय र कमला ताम्राकारबाट रु. २,११,७५,०००।- मा खरिद गरी सोही जग्गामा कुल मूल्यांकन रु. ९२,२५,७१७।८३ को २.५ तल्ले घर (२३१०.१७ व.फि.) निर्माण सम्पन्न गरेको।\n\n**४.** आयोजनाका सब-ओभरसियर विष्णुमैया पौडेल, ना.सु. याम कुमार काकीकी श्रीमती देवका अधिकारी र अमृता कुमारी यादवको संयुक्त लगानीमा काठमाडौं म.न.पा. वडा ६ कि.नं. ३७४ जग्गा रु. ३०,००,०००।- मा खरिद गरी पछि आयोजनाबाट रिप्लटिङ गर्दा थप जग्गा प्राप्त गरेको।\n\n**५.** गैरकानूनी रूपमा आर्जन गरेको र सोबाट बढेबढाएको सम्पत्ति आफ्नी श्रीमती अमृता कुमारी यादवको नाममा राखी लुकाउने प्रयास गरेको; यसैले निज अमृता कुमारी यादवलाई जफत प्रयोजनको लागि प्रतिवादी कायम गरिएको।\n\n**अभियोगदावीको मागदावी तालिका:**\n\n| प्रतिवादी | भूमिका/अभियोग | बिगो | मागदावी |\n| --------- | ------------- | ---- | ------- |\n| दिनेश प्रसाद यादव | अमिन (करार), बागमती नगर जग्गा एकिकरण आयोजना; स्रोत नखुलेको सम्पत्तिको मुख्य आर्जक | रु. ३,२९,४५,७०२ | गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गरी सजाय तथा बिगो जफत |\n| अमृता कुमारी यादव | श्रीमती; गैरकानूनी सम्पत्ति निजको नाममा राखिएको | — | जफत प्रयोजनको लागि प्रतिवादी कायम |\n\n### ख) प्रतिवादीको बयानको सार\n\n| क्र.सं | प्रतिवादी | भूमिका | बयानको सार |\n| ------ | --------- | ------ | ---------- |\n| १ | दिनेश प्रसाद यादव | अमिन (करार) | निजले अनुसन्धानको क्रममा आरोप अस्वीकार गर्दै सम्पूर्ण सम्पत्ति वैध आयबाट आर्जन गरेको जिकिर लिएका। मिति वि सं २०६३-०५-०८ देखि वि सं २०८१-०३-३० सम्म तलब रु. ४१,०५,०९८ र भत्ता रु. २६,४५,७६२ गरी कुल रु. ६७,५०,८६० प्राप्त गरेको; साथै वार्षिक रु. ८.५ देखि १० लाखसम्म कृषि आय, मासिक रु. ६०,००० घरभाडा, बिहान–बेलुकी फिल्ड नापीबाट आय र अफिस समयबाहेक जग्गा खरिद-बिक्रीबाट आम्दानी भएको बताए। घरजग्गा आफ्नो परिश्रम, बाउबाजेको सम्पत्ति, घर-जग्गा बिक्री र सरसापटी (याम कुमार काकीबाट रु. ५३ लाख समेत) बाट किनेको दाबी गर्दै धापाखेलको घर निर्माणमा सनराइज बैंकको रु. ३० लाख ऋणलगायत प्रयोग भएको उल्लेख गरे। |\n| २ | अमृता कुमारी यादव | श्रीमती (गृहिणी) | निजले आफू गृहिणी रहेको र आफ्ना नाममा रहेका घरजग्गा श्रीमान् दिनेश प्रसाद यादवले नै खरिद गरिदिएको बताइन्। मोरङ, सप्तरी कन्चनपुर (बाबुले बकसपत्र गरिदिएको), ललितपुरलगायतका जग्गा र धापाखेलको घर श्रीमान्ले किनेको/बनाएको भए पनि सोको खर्च, मूल्य, मिति र आय श्रोत आफूलाई थाहा नभएको दोहोर्‍याइन्। घर निर्माणमा सनराइज बैंकबाट रु. ३० लाख ऋण लिएको र बाँकी श्रीमान्लाई थाहा रहेको, जग्गाहरू कृषिमा प्रयोग भएको र भाडामा नलागेको जनाइन्। निजले आरोपको तथ्यगत आधारबारे जानकारी नभएको भन्दै प्रत्यक्ष इन्कारी बयान दिइन्। |\n\n### ग) विशेष अदालतको फैसलाको सार\n\nविशेष अदालत काठमाडौँका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले मिति २०८३/०२/२९ गते वाग्मती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटमा करारका अमिनका रूपमा कार्यरत दिनेशप्रसाद यादवलाई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गर्दै १ वर्ष कैद, रु. १,१२,७०,६६८.६२ बराबर जरिवाना तथा सोही बराबरको स्रोत नखुलेको घर, जग्गालगायत सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै, अपराध पीडित संरक्षण ऐनबमोजिम रु. ४,५०,८२६ पीडित राहत कोषमा जम्मा गर्न पनि आदेश दिएको छ। अदालतले २०६३/०५/०८ देखि २०८१/०३/३० सम्मको आय–व्यय विश्लेषण गर्दा यादवको वैध आय रु. ४,२५,९२,९५१.३० र खर्च तथा लगानी रु. ५,३८,६३,६१९.९२ रहेको पाएको थियो। वैध आयभन्दा रु. १,१२,७०,६६८.६२ बढी सम्पत्तिको वैध स्रोत पुष्टि हुन नसकेकाले उक्त रकम बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरिएको ठहर गर्दै विशेष अदालतले सजाय निर्धारण गरेको हो।","key_allegations":["उपत्यका विकास प्राधिकरणअन्तर्गत बागमती नगर जग्गा एकिकरण आयोजना, गौरीघाटमा अमिन (करार) पदमा कार्यरत दिनेश प्रसाद यादवले मिति २०६३/०५/०८ देखि २०८१/०३/३० सम्मको जाँच अवधिमा रु. २ करोड ४२ लाखभन्दा बढी वैध आयको तुलनामा रु. ५ करोड ७१ लाखभन्दा बढी खर्च तथा लगानी गरी रु. ३ करोड २९ लाखभन्दा बढी श्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरेको।","दिनेश प्रसाद यादवले सार्वजनिक पदको अवधिमा वैध आयभन्दा बढी रकम घर निर्माण, जग्गा खरिद, गरगहना, शेयर तथा सवारी साधन खरिदलगायतमा खर्च गरी आफ्नो आय श्रोतसँग नमिल्ने सम्पत्ति जोडेको।","दिनेश प्रसाद यादवले गैरकानूनी रूपमा आर्जन गरेको र सोबाट बढेबढाएको सम्पत्ति आफ्नी श्रीमती अमृता कुमारी यादवको नाममा राखी लुकाउने प्रयास गरेको।"],"timeline":[{"date":"2006-08-24","title":"अमिन (करार) पदमा नियुक्ति / सेवा प्रवेश","date_bs":"2063-05-08","description":"काठमाण्डौं उपत्यका विकास प्राधिकरण अन्तर्गत जिल्ला आयुक्तको कार्यालयद्वारा संचालित बागमती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटमा अमिन दिनेश प्रसाद यादव  (करार) पदमा नियुक्त। यसै सार्वजनिक पद धारण गरेको अवधिमा गैरकानूनी रूपमा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोप।"},{"date":"2009-12-04","title":"विभिन्न घरजग्गा खरिद (आरोपित श्रृंखला)","date_bs":"2066-08-19","description":"दिनेश प्रसाद यादव र श्रीमती अमृता कुमारी यादवको नाममा मोरङ, सप्तरी, सिराहा, ललितपुर लगायतमा विभिन्न मितिमा थुप्रै घरजग्गा खरिद (कि.नं. ६१७, ५९२, २४४८, २३४, ८२३, १५६०, ७६६, ९९३ आदि) गरेको — स्रोत नखुलेको सम्पत्तिबाट आर्जन गरेको आरोप। (आयोजना-सम्बद्ध संयुक्त खरिद र धापाखेलको ठूलो घडेरी छुट्टै उल्लेख।)"},{"date":"2014-11-07","title":"अंशवण्डा सम्पन्न","date_bs":"2071-07-21","description":"मालपोत कार्यालय, राजविराज, सप्तरीमा दाजुभाइ तथा बुवा-आमाबीच अंशवण्डा भएको।"},{"date":"2015-04-05","title":"आयोजना-सम्बद्ध संयुक्त जग्गा खरिद","date_bs":"2071-12-22","description":"आयोजनाका सब-ओभरसियर विष्णुमैया पौडेल, ना.सु. याम कुमार काकीकी श्रीमती देवका अधिकारी र अमृता कुमारी यादवको संयुक्त लगानीमा काठमाडौं म.न.पा. वडा ६ कि.नं. ३७४ (क्षे. ११९.२१ व.मि.) जग्गा रु. ३०,००,०००।- मा खरिद गरेको आरोप; पछि आयोजनाबाट ररप्लटिङ गर्दा थप जग्गा प्राप्त।"},{"date":"2022-04-28","title":"धापाखेलको ठूलो घडेरी खरिद","date_bs":"2079-01-15","description":"ललितपुर, धापाखेल कि.नं. १८८१ (क्षे. २१४.६२ व.मि.) जग्गा विजय र कमला ताम्राकारबाट रु. २,११,७५,०००।- मा खरिद गरेको आरोप; बैंक स्टेटमेन्ट र बयानको आधारमा गणनायोग्य आय।"},{"date":"2022-11-16","title":"अख्तियारमा उजुरी दर्ता","date_bs":"2079-07-30","description":"दिनेश प्रसाद यादवले पदीय मर्यादाविपरीत कार्य गरी गैरकानूनी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्ने उजुरी आयोगको दर्ता नं. 8081C-018289 बमोजिम आयोगमा दर्ता।"},{"date":"2023-02-12","title":"धापाखेलमा घर निर्माण सम्पन्न","date_bs":"2079-10-29","description":"धापाखेलको कि.नं. १८८१ जग्गामा २.५ तल्ले घर (२३१०.१७ व.फि.) निर्माण सम्पन्न; आन्तरिक सजावट र विद्युतीय उपकरणसहित कुल मूल्यांकन रु. ९२,२५,७१७।८३।"},{"date":"2025-04-21","title":"विशेष अदालतमा आरोपपत्र दायर / मुद्दा दर्ता","date_bs":"2082-01-08","description":"अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिनेश प्रसाद यादव र अमृता कुमारी यादवविरुद्ध गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर ।"},{"date":"2026-06-12","title":"विशेष अदालतको फैसला","date_bs":"2083-02-29","description":"विशेष अदालत काठमाडौँका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले मिति २०८३/०२/२९ गते  वाग्मती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटमा करारका अमिनका रूपमा कार्यरत दिनेशप्रसाद यादवलाई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गर्दै १ वर्ष कैद, रु. १,१२,७०,६६८.६२ बराबर जरिवाना तथा सोही बराबरको स्रोत नखुलेको घर, जग्गालगायत सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै, अपराध पीडित संरक्षण ऐनबमोजिम रु. ४,५०,८२६ पीडित राहत कोषमा जम्मा गर्न पनि आदेश दिएको।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/press_release/20260623.9e63306b","additional_details":"यो CIAA प्रेस विज्ञप्तिले रु. ३,२९,४५,७०२।२१ बिगो कायम भएको र गैरकानूनी सम्पत्ति आर्जनको आरोप पुष्टि गर्दछ।","material":{"display_name":"CIAA प्रेस विज्ञप्ति — दिनेश प्रसाद यादव गैरकानूनी सम्पत्ति आर्जन (081-CR-0076)","material_type":"press_release","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/d97257fba43d2a083d35e10333b698ea8ceba8b788fde362ee45f0fef8b7866e.doc","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/0160ce11aa1dc8f321a0105535c73694d2a71a0c7bf96e25b1705f01fcfb2973.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/charge_sheet/20260623.93ab60ec","additional_details":"यो अभियोगपत्रले प्रतिवादी दिनेश प्रसाद यादव समेत २ जनाविरुद्धको अभियोग दाबी, बिगो रकम र कानूनी आधार समेट्छ।","material":{"display_name":"अभियोगपत्र — दिनेश प्रसाद यादव समेत २ जना (081-CR-0076)","material_type":"charge_sheet","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/032cbaeb5ed58547494ae82cadb771c45ed0281fa1737144f3a85fede29feeb0.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/8d0dd7e89b443eec7ee3a4417abeda5edc0cc8250967cdd6abb15523c2705365.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260623.5a4aba29","additional_details":"यो कान्तिपुरमा प्रकाशित समाचार लेख आरोपित दिनेश प्रसाद यादवविरुद्ध रु. ३ करोड २९ लाखभन्दा बढी स्रोत नखुलेको सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको तथ्यलाई पुष्टि गर्ने गौण/पृष्ठभूमि स्रोत हो, जसले जाँच अवधि, वैध आय र खर्चको अनुपात तथा श्रीमती अमृता कुमारी यादवको नाममा सम्पत्ति लुकाएको आरोपलाई समर्थन गर्छ। यो प्राथमिक अभिलेख नभई मुद्दा दायरीसम्बन्धी समाचारमूलक पुष्टिकरण भएकाले अभियोगपत्र वा अनुसन्धान प्रतिवेदनजस्ता प्राथमिक स्रोतको सहायक रूपमा मात्र प्रमाणिक महत्व राख्छ।","material":{"display_name":"3.3 million corruption case against Amin of Valley Development Authority - कान्तिपुर","material_type":"news","urls":[{"link":"https://ekantipur.com/en/news/2025/04/21/33-million-corruption-case-against-amin-of-valley-development-authority-51-04.html","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/31cf31ca0956892206d878876fca79f1d01b2490ecb00d6af0e13bf979880364.md","role":"MARKDOWN"},{"link":"https://web.archive.org/web/20260623005428/https://ekantipur.com/news/2025/04/21/en/33-million-corruption-case-against-amin-of-valley-development-authority-51-04.html","role":"PERMALINK"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260623.50d304fc","additional_details":"यो Ratopati को समाचार लेख विशेष अदालतले दिनेश प्रसाद यादवलाई गैरकानूनी सम्पत्ति आर्जनमा दोषी ठहर गरी सुनाएको फैसला रिपोर्ट गर्ने माध्यमिक स्रोत हो, जुन यस मुद्दाको स्रोत नखुलेको सम्पत्ति आर्जनसम्बन्धी मुख्य आरोपको न्यायिक परिणाम तथा जाँच अवधि (२०६३/०५/०८–२०८१/०३/३०) को आय-व्यय विश्लेषणको पुष्ट्याइँ दिने पृष्ठभूमिगत सामग्रीको रूपमा रहन्छ। अदालतले बिगो बराबरको घरजग्गा जफत गर्ने ठहर गरेको हुँदा यो लेख श्रीमती अमृता कुमारी यादवको नाममा सम्पत्ति लुकाएको आरोपसँग सम्बन्धित जफत प्रयोजनलाई समर्थन गर्ने सहायक सन्दर्भ हो, तर बिगो रकम भने आरोपपत्रको रु. ३ करोड २९ लाखभन्दा फरक रहेकाले यो आधिकारिक फैसलाको अभिलेख नभई समाचार विवरणका रूपमा मूल्याङ्कन गरिनुपर्छ।","material":{"display_name":"गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा अमिन पदमा कार्यरत यादव दोषी ठहर, १ करोड १२ लाख बिगो र कैद सजाय | Nepal's first 24-hour updated news portal - Ratopati","material_type":"news","urls":[{"link":"https://www.ratopati.com/story/569777/yadav-who-worked-as-an-amin-found-guilty-in-illegal-wealth-acquisition-case-fined-rs-12-million-and-sentenced-to-imprisonment","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/4c7cbcc982e6186f74870e08ad8ea4ebeddeb3783ef8668039184d4c9f1831fd.md","role":"MARKDOWN"},{"link":"https://web.archive.org/web/20260623005610/https://www.ratopati.com/story/569777/yadav-who-worked-as-an-amin-found-guilty-in-illegal-wealth-acquisition-case-fined-rs-12-million-and-sentenced-to-imprisonment","role":"PERMALINK"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/bagmatijagga.fdcbffb4","additional_details":"यो विशेष अदालत, काठमाडौंको मिति २०८३।०२।२९ को पूर्णपाठ फैसला (निर्णय नं. ७४) यस मुद्दाको न्यायिक परिणामको प्राथमिक र आधिकारिक अभिलेख हो। यसले अदालतले कायम गरेको वैध आय रु. ४,२५,९२,९५१।३०, खर्च–लगानी रु. ५,३८,६३,६१९।९२ र स्रोत पुष्टि हुन नसकेको रु. १,१२,७०,६६८।६२ बिगो, तथा १ वर्ष कैद, सोही बराबर जरिवाना, सम्पत्ति जफत र रु. ४,५०,८२६ क्षतिपूर्ति शुल्कको ठहर प्रमाणित गर्दछ। आरोपपत्रको बिगो दाबी रु. ३,२९,४५,७०२।२१ भन्दा अदालतले घटाइ ठहर गरेको आधार यसै फैसलामा उल्लेख छ।","material":{"display_name":"०८१-CR-००७६ आदेश","material_type":"court_order","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/6d4a3fbff42ce984054e4bbf577c44ed5460cc84d2b0b51759dbb1c31859e71f.doc","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/185d4d1f674952d3690746b73b182d1c5b8ffb0f76c439ced054c3995492e89f.md","role":"MARKDOWN"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/081-cr-0076"],"missing_details":"प्रस्तुत मुद्दाका विवरण अख्तियारको प्रेश विज्ञप्ती र विशेष अदालतको फैसलामा आधारित छन्।\n\nप्रस्तुत मुद्दामा प्रतिवादीले पुनरावेदन गरे नगरेको यकिन गर्न सकिएको छैन ।","bigo":32945702,"weight":0,"versionInfo":{"action":"published","datetime":"2026-08-11T12:18:39.203746+00:00"},"created_at":"2026-05-07T18:34:41.368736+05:45","updated_at":"2026-09-21T21:53:31.462214+05:45"}