{"id":15,"slug":"case-081-cr-0046-240817ce","public_iri":"https://jawafdehi.org/case/case-081-cr-0046-240817ce","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"कृषि, पशुपक्षी तथा मत्स्य विकास कार्यक्रममा भ्रष्टाचार मुद्दा (081-CR-0046)","short_description":"","authors":[{"slug":"rujit-kafle","display_name":"Rujit Kafle","name_ne":"रुजित काफ्ले","photo_url":"https://jawafdehi.org/assets/teammembers/rujit.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-04-08","public_edit_history":[],"public_notes":"Case drafted by Rujit Kafle. First published on April 8, 2026.","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/40c032e942d1f9355a5536c42701c3211bf0d0eaf9c299e790daaad329378e7f.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/3175e35b4b6bee2aa55f2d5d18a5b8255d9346f5be635285c99163ac79b549c6.webp 400w, https://s3.jawafdehi.org/case_uploads/e09e510d7d0beded6c5765c811f8bbda2a9e7eb37a0df5111df780e7ef7d215c.webp 800w, https://s3.jawafdehi.org/case_uploads/40c032e942d1f9355a5536c42701c3211bf0d0eaf9c299e790daaad329378e7f.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/b73286abf2e53ecd2c1e3dab48cac076600ec9227ae0e40b34dd74fc99ae20fa.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/9de38768ff7330963342d6e3f9f66ee4e2bf95f46e4b20ef15c454b5cdc6e900.webp 640w, https://s3.jawafdehi.org/case_uploads/27a3d58051bf6ef32891764c1a07043e4d1f816e79afc597f4c57a9079450a04.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/b73286abf2e53ecd2c1e3dab48cac076600ec9227ae0e40b34dd74fc99ae20fa.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":353,"banner_image_id":268,"thumbnail_url":"https://web.archive.org/web/20250107183123im_/https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/corruption2025-01-07-10-10-06.jpeg","banner_url":"","case_start_date":"2025-01-06","case_end_date":"2025-06-05","dates":{"stages":[{"end":"2025-06-05","stage":"initial","start":"2025-01-06","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/081-cr-0046"},{"stage":"appeal","courtcase_iri":"https://jawafdehi.org/courtcase/supreme/082-cr-1707"}]},"status":"ongoing","case_track":null,"status_override":null,"proceedings_started_on":"2025-01-06","proceedings_decided_on":null,"appeal_verdicts":{"https://jawafdehi.org/courtcase/supreme/082-cr-1707":null},"appeal_parties":{"https://jawafdehi.org/courtcase/supreme/082-cr-1707":["https://jawafdehi.org/entity/person/amara-chandra-mandala","https://jawafdehi.org/entity/person/avinaasha-kumaara-jhaa","https://jawafdehi.org/entity/person/brajesha-kumaara-saaha","https://jawafdehi.org/entity/person/daa-namrataa-sinha","https://jawafdehi.org/entity/person/hari-shankar-prasad-sah","https://jawafdehi.org/entity/person/laxmi-narayan-yadav","https://jawafdehi.org/entity/person/ranyjita-kumaara-adhikaaree","https://jawafdehi.org/entity/person/vikaasa-kumaara-saaha","https://jawafdehi.org/entity/person/yuvaraanee-matsya-tathaa-krishi-phaarma-praa-li"]},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/person/hari-shankar-prasad-sah","display_name":"Shankar Prasad Sah","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"अनुदान छनौट, मूल्याङ्कन, स्थलगत निरीक्षण तथा भुक्तानी सिफारिस प्रक्रियामा सक्रिय भूमिका। प्रक्रियागत काम पूरा गरेको देखाए पनि वास्तविकता बेवास्ता गरी भुक्तानी सिफारिस गरेकोले बदनियतपूर्वक सहयोगी भूमिका निर्वाह गरेको ठहर।","name":{"en":"Shankar Prasad Sah","ne":"शंकर प्रसाद साह"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/laxmi-narayan-yadav","display_name":"Lakshmi Narayan Yadav","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"अनुदानग्राही कम्पनीका अध्यक्ष/संचालक भई झुट्टा कागजात, नक्कली बैंक ग्यारेन्टी र प्रज्ञापन पत्र पेश गरी अनुदान रकम प्राप्त गर्ने मुख्य लाभग्राही। सम्झौता विपरीत कार्य नगरी सरकारी रकम दुरुपयोग गर्ने प्रत्यक्ष संलग्नता पुष्टि।","name":{"en":"Lakshmi Narayan Yadav","ne":"लक्ष्मी नारायण यादव"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/janakapuradhama-93919d","display_name":"Janakpurdham","entity_type":"Place","type":"location","outcome":null,"notes":"","name":{"en":"Janakpurdham","ne":"जनकपुरधाम"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/vikaasa-kumaara-saaha","display_name":"Bikas Kumar Sah","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"कृषि अर्थ विज्ञका रूपमा समितिमा संलग्न तर भूमिका निर्णय कार्यान्वयनमा सीमित। गैरकानुनी लाभ, मिलेमतो वा मतियारको रूपमा संलग्नता प्रमाणित नभएकाले आरोपबाट सफाइ पाएको।","name":{"en":"Bikas Kumar Sah","ne":"विकास कुमार साह"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/avinaasha-kumaara-jhaa","display_name":"Avinash Kumar Jha","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"समितिमा सदस्य भई प्रशासनिक प्रक्रिया अनुसार काम गर्ने भूमिका मात्र। कुनै निर्णायक वा बदनियतपूर्ण कार्यमा संलग्नता पुष्टि नभएकोले आरोप प्रमाणित हुन नसकी निर्दोष ठहर।","name":{"en":"Avinash Kumar Jha","ne":"अविनाश कुमार झा"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/ranyjita-kumaara-adhikaaree","display_name":"Ranjit Kumar Adhikari","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"छनौट समितिको सदस्यको रूपमा निर्णय प्रक्रियामा सामान्य सहभागिता। टिप्पणी उठाउने र कार्यान्वयन तहमा सीमित भूमिका। बदनियत, मिलेमतो वा लाभ लिएको प्रमाण नदेखिएकाले मतियारको आरोप अस्वीकार भई सफाइ।","name":{"en":"Ranjit Kumar Adhikari","ne":"रञ्जित कुमार अधिकारी"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/brajesha-kumaara-saaha","display_name":"Brajesh Kumar Sah","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"लेखापालको हैसियतमा बजेटभित्र खर्च गर्न सकिने राय दिने कार्यमा सीमित। कुनै गैरकानुनी लाभ वा मिलेमतोमा संलग्नता प्रमाणित नभएकाले भ्रष्टाचार आरोप पुष्टि हुन नसकी सफाइ पाएको।","name":{"en":"Brajesh Kumar Sah","ne":"ब्रजेश कुमार साह,"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/amara-chandra-mandala","display_name":"Amar Chandra Mandal","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"प्राविधिक स्पेसिफिकेशन स्वीकृति र टिप्पणी पेश गर्ने प्रशासनिक कार्यमा मात्र संलग्न। निर्णय प्रक्रियामा निर्णायक भूमिका नरहेको र बदनियत वा मिलेमतो प्रमाणित नभएकाले आरोपबाट सफाइ पाएको।","name":{"en":"Amar Chandra Mandal","ne":"अमर चन्द्र मण्डल"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/yuvaraanee-matsya-tathaa-krishi-phaarma-praa-li","display_name":"Yuvrani Matsya Tatha Krishi Farm Pvt. Ltd.","entity_type":"Organization","type":"accused","outcome":"convicted","notes":"कम्पनीको रूपमा झुट्टा कागजात र नक्कली प्रमाण पेश गरी अनुदान प्राप्त गरेको कृत्रिम व्यक्ति। सरकारी रकम हानि पुर्‍याउने र गैरकानुनी लाभ लिने संस्थागत माध्यमका रूपमा प्रयोग भएको ठहर।","name":{"en":"Yuvrani Matsya Tatha Krishi Farm Pvt. Ltd.","ne":"युवरानी मत्स्य तथा कृषि फार्म प्रा.लि"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/daa-namrataa-sinha","display_name":"Dr. Namrata Singh","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"अनुदान वितरण प्रक्रियामा नेतृत्वदायी भूमिकामा रही नक्कली कागजातहरूको सत्यापन नगरी बदनियतपूर्वक भुक्तानी स्वीकृत गर्ने मुख्य निर्णयकर्ता। सम्झौता विपरीत कार्य सम्पन्न नभएको थाहा हुँदाहुँदै पनि रकम निकासा गरेकोले प्रत्यक्ष भ्रष्टाचारमा संलग्न ठहर।","name":{"en":"Dr. Namrata Singh","ne":"डा। नम्रता सिंह"},"image":null}],"tags":["Agriculture Subsidy","Corruption"],"description":"**क) अख्तियारको अभियोगको सार**\r\n\r\nप्रस्तुत मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सञ्चालन भएको कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रममा प्रतिवादीहरूले योजनाबद्ध भ्रष्टाचार गरेको दावी गरेको थियो । म्यादभित्र नआएको युवरानी मत्स्य तथा कृषि फार्मलाई नियमविपरीत सूचीमा समावेश गरी छनोट गरिएको, प्राविधिक स्पेसिफिकेशन तथा लागत अनुमान बिना जाँच स्वीकृत गरिएको र आवश्यक बैंक ग्यारेन्टी बिना सम्झौता गरिएको दावी गरिएको थियो । पछि पेश गरिएको बैंक ग्यारेन्टीसमेत नक्कली हुँदाहुँदै स्वीकार गरिएको, नक्कली बिल, VAT विवरण र भन्सार कागजात तयार गरी पेश गरिएको तथा अपूर्ण कामलाई सम्पन्न देखाई करिब १ करोड रुपैयाँ अनियमित रूपमा भुक्तानी गरी हिनामिना गरिएको दावी लिई अख्तियारले विशेष अदालतमा मिति २०८१/०९/२२ गते मुद्दा दायर गरेको थियो ।\r\n\r\n**ख) प्रतिवादीहरू विरुद्द सजायको मागदवी**\r\n\r\nप्रतिवादीहरू डा नम्रता सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ८ को उपदफा (१) को खण्ड(ङ), दफा ११ र दफा २४ समेतको कसूरको आरोप दाबी रहेको, प्रतिवादीहरु शंकर प्रसाद साह, अमरचन्द्र मण्डल, ब्रजेश कुमार साहलाई ऐ. ऐनको दफा ८ को उपदफा (१) को खण्ड (ङ) र दफा ११ को कसूरको आरोप दाबी रहेको, प्रतिवादी युवरानी मत्य तथा कृषि फार्म प्रा. लि. र सो प्रा लि का अध्यक्ष/संचालक लक्ष्मी नारायण यादवको हकमा ऐ. ऐनको दफा ८ को उपदफा (४) र दफा ११ बमोजिमको कसूर गरेको भन्ने र प्रतिवादीहरु रंजित कुमार अधिकारी, अविनास कुमार झा र विकास कुमार साहको हकमा ऐ. ऐनको दफा ८ को उपदफा (१) को खण्ड (ङ) को कसूरको दफा २२ बमोजिमको मतियारको कसूर गरेको भन्ने आरोप सहितको मागदाबी लिइएको थियो ।\r\n\r\n**ग) प्रतिवादीहरूले अदालत समक्ष गरेको बयानको सार**\r\n\r\n|  |  |  |\r\n| --- | --- | --- |\r\n| **क्र.सं.** | **प्रतिवादी** | **मुख्य सार** |\r\n| १ | रंजित कुमार अधिकारी | प्रस्ताव म्यादभित्र दर्ता भई आवश्यक कागजात पूरा भएकाले प्रारम्भिक सूचीमा समावेश गरिएको र सबै मूल्याङ्कन तथा छनौट प्रक्रिया कानूनबमोजिम गरिएको दाबी। प्रक्रियामा समावेश गर्नु मात्र कसुर नभएको भन्दै आरोप अस्वीकार। |\r\n| २ | विकास कुमार साह | प्रस्ताव म्यादभित्र दर्ता भए पनि ठेगाना त्रुटिका कारण ढिला मन्त्रालय पुगेको, पछि तोकादेशपछि प्रक्रिया अनुसार मूल्याङ्कनमा समावेश गरिएको दाबी। नियमअनुसार काम गरेको र पछिल्ला चरणमा संलग्न नभएको उल्लेख। |\r\n| ३ | लक्ष्मी नारायण यादव | सूचना अनुसार सबै कागजात पेश गरी वैधानिक रूपमा प्रस्ताव दर्ता गरेको, कुनै झुट्टा विवरण वा हिनामिना नगरेको दाबी। फिल्ड भिजिट अनुसार काम गरेको र आरोप झुट्टा भएको भन्दै सफाई माग। |\r\n| ४ | अविनाश कुमार झा | म्यादभित्र दर्ता भएको प्रस्तावलाई क्षेत्राधिकार मिलाएर प्रक्रियामा समावेश गरिएको र प्राविधिक मापदण्ड अनुसार मूल्याङ्कन गरिएको दाबी। परियोजना बैंकसम्बन्धी नियमका आधारमा समावेश गर्न मिल्ने उल्लेख। |\r\n| ५ | अमर चन्द्र मण्डल | बैंक ग्यारेन्टी रोक्का राखी कागजात जाँच गर्दा नक्कली प्रज्ञापनपत्र फेला परेको र आफैंले असुली प्रक्रिया सुरु गरी अख्तियारमा पठाएको दाबी। आफूले अनियमितता पत्ता लगाएको भन्दै आरोप अस्वीकार। |\r\n| ६ | ब्रजेश कुमार साह | सचिवबाट स्वीकृति पछि भुक्तानी मात्र गरेको, कुनै मिलेमतो वा झुट्टा कागजात स्वीकार नगरेको दाबी। आफ्नो भूमिका प्रक्रिया अनुसार सीमित रहेको भन्दै सफाई माग। |\r\n| ७ | शंकर प्रसाद साह | बैंक ग्यारेन्टीबाट रकम सुरक्षित भएकाले असल नियतले भुक्तानी सिफारिस गरिएको दाबी। पछि ग्यारेन्टी रोक्का राखी असुली प्रक्रिया अघि बढाएको र मिलेमतो नगरेको उल्लेख। |\r\n| ८ | नम्रता सिंह | प्रक्रिया पूरा गरी बैंक ग्यारेन्टी सुरक्षित राखी भुक्तानी आदेश दिएको र प्राविधिक प्रतिवेदनका आधारमा काम गरेको दाबी। बदनियत नभएको र हिनामिना प्रमाणित नभएसम्म असुली नगरेको उल्लेख। |\r\n\r\n**घ) विशेष अदालतको फैसलाको सार**\r\n\r\nप्रस्तुत मुद्दामा विशेष अदालतका न्यायाधीश टेक नारायण कुँवर,राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले आंशिक ठहर फैसला गरेको छ । अनुदान वितरण प्रक्रियामा गम्भीर अनियमितता तथा भ्रष्टाचार भएको तथ्य स्थापित भएको छ। अदालतले मनसाय (Mens rea) प्रत्यक्ष रूपमा नभए पनि कार्यको प्रकृति, परिणाम र अपनाइएका उपायबाट प्रमाणित हुने ठहर गरेको छ। प्रस्तुत घटनामा सम्झौता अनुसार काम सम्पन्न नभएको, स्थलगत तथा प्राविधिक प्रतिवेदनले पुष्टि गरेको अवस्था हुँदाहुँदै पनि प्रतिवादी डा. नम्रता सिंह र शंकर प्रसाद साहले हतारमा भुक्तानी दिन विभिन्न उपाय अपनाएको देखिएकोले उनीहरूको बदनियत स्पष्ट भएको निष्कर्ष निकालिएको छ। अनुदानग्राही युवरानी मत्स्य तथा कृषि फार्म प्रा.लि. तथा यसको अध्यक्ष लक्ष्मीनारायण यादवले झुट्टा कागजात, नक्कली बैंक ग्यारेन्टी तथा हेरफेर गरिएको प्रज्ञापन पत्र पेश गरी सम्झौता विपरीत अनुदान रकम प्राप्त गरेको पुष्टि भएको छ। यसले उनीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) र दफा ११ अन्तर्गतको कसूर गरेको देखिन्छ।\r\n\r\nअर्कोतर्फ, अन्य प्रतिवादीहरू अमरचन्द्र मण्डल, ब्रजेश कुमार साह, रंजित कुमार अधिकारी, अविनाश कुमार झा र विकास कुमार साहको भूमिका प्रशासनिक कार्यमा सीमित रहेको, निर्णय तहमा संलग्न नभएको तथा बदनियत वा मिलेमतो प्रमाणित नभएकोले उनीहरूलाई सफाइ दिईएको छ। प्रमाण ऐन, २०३१ अनुसार अभियोग प्रमाणित गर्ने भार वादीमा रहने र शङ्कारहित प्रमाण पेश हुन नसकेको आधारमा उनीहरू निर्दोष ठहरिएका हुन्। अन्ततः अदालतले डा. नम्रता सिंह र शंकर प्रसाद साहलाई १ वर्ष कैद, जनही २५ लाख जरिवाना तथा बिगो असुल गर्ने आदेश दिएको छ। लक्ष्मीनारायण यादवलाई पनि १ वर्ष कैदसहित थप सजाय तथा कम्पनीलाई समेत जरिवाना गरिएको छ। साथै सबै दोषीबाट पीडित राहत कोषमा रकम जम्मा गराउने आदेश दिएको छ।\r\n\r\n**ङ) पुनरावेदन**\r\n\r\nउक्त फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको छ। उक्त पुनरावेदन (मुद्दा नं. ०८२-CR-१७०७) हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।\r\n\r\n<br>","key_allegations":["स्पेशिफिकेशन अनुसारको सामान खरिद नगरी नक्‍कली बिल भरपाईको आधारमा भुक्तानी दिई नेपाल सरकार एवं सार्वजनिक संस्थालाई हानि पुर्‍याई गैरकानूनी लाभ लिएको ।","सरकारी अनुदान रकम हिनामिना गर्ने दूषित मनसायका साथ योजनाबद्ध रूपमा काम गरिएको।","प्रतिस्पर्धामा संलग्न नै नरहेको फर्मलाई सूचीमा समावेश गरी छनोट, बैंक ग्यारेन्टी बिनै सम्झौता भएको ।","सम्झौताको तीन दिनपछि ३२ हजार घटीको नक्कली बैंक ग्यारेन्टी स्वीकार, सामान खरिदको भन्सार प्रज्ञापन नै नक्कली रहेको र लाभग्राही फर्मले नै पेस गरेको प्राविधिक स्पेसिफिकेसन र लागत अनुमान स्वीकृत गरेको ।","स्थलगत अध्ययन र प्राविधिक टोलीले गम्भीर कैफियत औंल्याउँदा पनि भुक्तानीको टिप्पणी पेस, कानुनविपरीत एक करोड रुपैयाँ भुक्तानी गरिएको।"],"timeline":[{"date":"2022-09-25","title":"गोरखापत्र दैनिकमा प्रकाशित सूचना","date_bs":"2079-06-09","description":"तोकिएको ढाँचामा कागजातहरु संलग्न राखी मिति २०७९।०७।०४ सम्म कार्यालय समय भित्र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेश मातहत विषयगत कार्यालयहरुमा (कृषि ज्ञान केन्द्र वा गरी खामबन्दी प्रस्ताव सूचना भेटेरीनरी अस्पताल वा पशु सेवा विज्ञ केन्द्र) आई पुग्ने पेश गर्न मिति २०७९।०६।०९ गते गोरखापत्र दैनिकमा प्रकाशित भएको। शंकर प्रसाद साह संयोजकत्वमा प्रस्ताब छनौट समिति गठन भएको।"},{"date":"2022-12-26","title":"प्रस्ताव मूल्यांकन समितिको निर्णयहरु (मिति २०७९।०९।०१ देखि २०७९।०९।११ सम्म)","date_bs":"2079-09-11","description":"मिति २०७९।०९।०१ देखि २०७९।०९।११ सम्म मूल्यांकन समितिले विभिन्न जिल्लाबाट प्राप्त प्रस्ताव सम्बन्धमा क्रमागत निर्णय गरेको देखिन्छ। मिति २०७९।०९।०१ मा सप्तरीबाट प्राप्त प्रस्तावमध्ये आवश्यक कागजात नसंलग्न प्रस्तावलाई यथास्थितिमा राख्ने तथा कागजात पूरा भएका प्रस्तावलाई सूचीकरण गर्ने निर्णय गरिएको थियो। त्यसपछि २०७९।०९।०३ देखि २०७९।०९।११ सम्म सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाबाट प्राप्त प्रस्तावहरुलाई आवश्यकताअनुसार सूचीकरण गर्ने निर्णय गरिएको पाइन्छ। समग्रमा, उक्त अवधिमा प्राप्त प्रस्तावहरुको मूल्यांकन गरी आवश्यक कागजात पूरा भएका प्रस्तावहरुलाई प्राथमिकताका साथ सूचीमा समावेश गर्ने निर्णयहरू गरिएको देखिन्छ।"},{"date":"2023-01-20","title":"भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जलेश्वर महोत्तरीको पत्र","date_bs":"2079-10-06","description":"युवरानी मत्स्य तथा कृषि फार्म प्रा.लि. औरही-३ को खामबन्दी प्रस्ताव/आवेदन मिति २०७९।१०।०५ मा खोल्दा मन्त्रालयको नाममा सम्बोधन गरेको हुँदा सक्कल फाइल पठाएको बेहोराको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जलेश्वर महोत्तरीक पत्र।"},{"date":"2023-01-24","title":"प्रस्ताव मूल्यांकन समितिको मिति २०७९।१०।१० को निर्णय","date_bs":"2079-10-10","description":"युबरानी मत्स्य तथा कृषि फार्म प्रा.लि. औरही ३ को प्रस्ताव प्रारम्भिक मूल्यांकनको लागि सूचिमा समावेश गर्ने गरी  प्रस्ताव मूल्यांकन समितिबाट पूनः निर्णय भएको ।"},{"date":"2023-04-02","title":"प्रस्ताव छनौटको अन्तिम नामावली प्रकाशन","date_bs":"2079-12-19","description":"सहकार्यमा प्रस्तावमा आधारित कृषि पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमको नामावली प्रकाशन गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश धनुषाको सूचना,उक्त सूचनाको सि.नं. १६ मा श्री युवरानी मत्स्य तथा कृषि फार्मको नाम उल्लेख भएको पाइन्छ।"},{"date":"2023-04-12","title":"कार्यक्रम सम्बन्धी सम्झौता पत्र","date_bs":"2079-12-29","description":"प्रस्तावित कार्यक्रमको लागि स्वीकृत लागत अनुमान अधिकतम अनुमानित रकम रु. २,४७,८४,०००।- मा दोस्रो पक्षको दायित्व रकम रु.१.४७,८४,०००।- अधिकत अनुदान रु. १,००,००,०००।- सम्म र सो बाहेकको अन्य खर्च दोस्रो पक्षको दायित्व हुनेछ । सम्झौता बमोजिमको सम्पूर्ण कार्य तथा बिल भरपाई २०८० असार १५ गतेसम्म मात्र स्वीकार्य तथा मान्य हुनेछ । दोस्रो पक्षको खर्च दायित्व बराबरको २०८० आपाड मसान्तसम्म मान्य अवधिको बैंक ग्यारेन्टी प्रथम पक्ष समक्ष पेश गरेपछि प्रथम पक्षले खरिद प्रक्रिया अगाडि बढाउने छ भन्ने बेहोरा समेतको मन्त्रालयका तर्फबाट सचिव डा. नम्रता सिंह र युबरानी मत्स्य तथा कृषि फर्मको तर्फबाट लक्ष्मी नारायण यादवको हस्ताक्षर गरी कार्यक्रम सम्बन्धी सम्झौता भएको ।"},{"date":"2023-05-07","title":"प्राविधिक स्पेशिफिकेशन","date_bs":"2080-01-24","description":"Technical Specification for Feed machineries with accessories of Yubrani mastya tatha krishi fram pvt.ltd. से नै   मन्त्रालयमा पेश गरेको प्राविधिक स्पेशिफिकेशन ।"},{"date":"2023-05-10","title":"बैंक ग्यारेन्टी","date_bs":"2080-01-27","description":"युवरानी मत्स्य तथा कृषि फार्म प्रा.लि. औरही नगरपालिका-३. महोत्तरीले मिति २०८०।०१।२७ को निवेदनसाथ मिति २०८०।०४।२६ सम्म म्याद भएको नेपाल बैंक लिमिटेडको रु.१,००,००,०००।- (एक करोड) बैंक ग्यारेन्टी पेश गरेको ।"},{"date":"2023-05-15","title":"लागत अनुमान स्वीकृत","date_bs":"2080-02-01","description":"लागत अनुमान र प्राविधिक स्पेशिफिकशेन स्वीकृतिको लागि टिप्पणी पेश भएकोमा सचिवबाट स्वीकृत भएको।"},{"date":"2023-05-16","title":"बोलपत्रको सूचना प्रकाशन","date_bs":"2080-02-02","description":"Before 12.00 noon on 14 June 2023  इबिडिङ्ग गर्ने सूचना ।"},{"date":"2023-06-14","title":"बोलपत्रको खोलेको मुचुल्का","date_bs":"2080-02-31","description":"लाभग्राही युवरानी मत्स्य तथा कृषि फर्म गौशाला- १ महोत्तरीकै माव १ बोलपत्र दर्ता भएको बेहोराको Bid Opening Record (मुचुल्का) बाट देखिन्छ ।"},{"date":"2023-06-16","title":"बोलपत्र मूल्यांकन समितिको निर्णय","date_bs":"2080-03-01","description":"मिति २०८०/०३/०१ मै विश्लेषण र मूल्यांकन तथा आर्थिक प्रस्ताव ठेका कवोल अंक रकम रु.२,२६,४०,०००।- लागत अनुमान भन्दा ०९.७०% घटी देखिएको र सारभूत रुपमा प्रभावग्राही भई स्वीकृतीको लागि सिफारिस गर्ने बोलपत्र प्रस्ताव मूल्यांकन समितिको निर्णय देखिन्छ ।"},{"date":"2023-06-21","title":"सम्झौता गर्न आउने सूचना","date_bs":"2080-03-06","description":"७ दिनभित्र रु.११,३०,०००।- को Performance Bond सहित सम्झौता गर्न आउने मिति २०८०।३।६ को सूचना ।"},{"date":"2023-06-25","title":"मेशिनरी खरिद सम्बन्धी सम्झौता","date_bs":"2080-03-10","description":"पहिलो पक्षले उपलब्ध गराएको सामानहरु ७दिनभित्र प्राविधिक परिक्षण गराई सन्तोषजनक भएमा मात्र प्रगति तथा कार्य सम्पन्नताको आधारमा भुक्तानी दिइनेछ बेहोरा उल्लेख भएको देखिन्छ। -मिति २०८०।३।६ को सूचना विपरित रु.११,३०,०००।- को Performance Bond बिना नै सम्झौता गरेको\nदेखिन्छ।"},{"date":"2023-06-28","title":"बैंक ग्यारेन्टी","date_bs":"2080-03-13","description":"YUWARANI MATSYA TATHA KRISHI FARM PVT LTE को Contract No. NCB/MOLMACMP/EBQ10/079-80/GOODS को लागि रु.११,००,०००।-THIS GUARANEE SHALL EFFECTIVE FROM 2080.03.13 उल्लेख भएको नेपाल बैंक लिमिटेडको मिति ०८०।३।१३ को पत्र । अनुसन्धानको कममा उक्त बैंक ग्यारेन्टी नक्कली रहेको खुल्न आएको ।"},{"date":"2023-06-30","title":"भुक्तानीको निवेदन","date_bs":"2080-03-15","description":"मेशिनरी औजार तथा उपरकणको बिल नियमानुसार भुक्तानीको लागि मिति २०८०।३।१५ मा निवेदन पेश गरेको, प्राविधिक चेकजाँच प्रतिवेदन अनुसार आ.प्र. शाखामा पठाउने भनी निवेदनमा तोक आदेश भएको देखिन्छ ।"},{"date":"2023-07-08","title":"स्थलगत भ्रमण प्रतिवेदन (मिति २०८०।३।२१ देखि मिति २०८०।३।२३ सम्म)","date_bs":"2080-03-23","description":"युवरानी मत्स्य तथा कृषि फार्म प्रा.लि. औरही- ३ महोत्तरीको अनुगमन गर्दा दाना उधोग विस्तारको लागि आवश्यक मेशिनरीहरु जडान गरिरहेको देखियो तर जहान तथा सञ्चालन नगरी मेशिनहरु यकिन गर्न सकिने अवस्थामा थिएन भन्ने समेत बेहोरा उल्लेख भएको देखिन्छ । कार्य सम्पन्न प्रतिवेदन,अनुदानग्राही युवरानी मत्स्य तथा कृषि फार्म प्रा.लि. औरही-३ महोत्तरीले दाना उद्योग विस्तार। \n\nआयोजनामा रु.२,२२,४०,०००।-को लागतमा रु. २,२२,४०,०००।- रकमको Actual work. भएको र कार्य सञ्चालन सुरक्षा धरौटी बापत बैंक ग्यारेन्टी रु.१,००,००,०००।-पेश भएको छ भन्ने कार्य सम्पन्न प्रतिवेदन। कैफियतमा Operational verification is require उल्लेख भएको देखिन्छ।"},{"date":"2023-07-08","title":"भुक्तानी आदेश","date_bs":"2080-03-23","description":"युवरानी मत्स्य तथा कृषि फर्म प्रालि लाई रु. १,००,००,०००।- भुक्तानी दिएको मिति २०८०।३।२३ को भुक्तानी आदेश ।"},{"date":"2023-07-30","title":"भुक्तानीका लागि पेश भएको बिल तथा भन्सार प्रज्ञापन पत्रमा देखिएको कैफियत सम्बन्धमा","date_bs":"2080-04-14","description":"भुक्तानीका लागि मन्त्रालयमा पेश भएको पज्ञापन पत्र यकिन गर्न पठाएकोमा Exporter को नाम र मिति फरक परेको देखिएको भन्ने जलेश्वर भन्सार कार्यालयको मिति २०८१।४।१४ को पत्र र प्रज्ञापन पत्र  ।"},{"date":"2023-08-01","title":"आन्तरिक राजस्व कार्यालय पत्र","date_bs":"2080-04-16","description":"युवरानी मत्स्य तथा कृषि फर्म प्रा.लि.ले मिति २०८०।३।१५ मा जारी गरेको बिजक नं. ७४ मा उल्लेख भएको करयोग्य विक्री आयलाई २०८० आषाढको मु.अ.कर विवरणमा समावेश गरेको नदेखिएको भन्ने आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषाको पत्र ।"},{"date":"2023-08-07","title":"बैंक ग्यारेन्टी रोक्का पत्र","date_bs":"2080-04-22","description":"युवरानी मत्स्य तथा कृषि फर्म प्रा.लि. ले राखेको परफरमेन्स ग्यारेण्टी रु. १,००,००,०००।- मन्त्रालयको अकों आदेश नहुन्जेलसम्मको लागि रोक्का गरिदिन भनी नेपाल बैंक लिमिटेडलाई मिति २०८०।४।२२ मा पत्राचार भएको र उक्त बैंक ग्यारेन्टी रोक्का गरिएको बेहोराको नेपाल बैंक लिमिटेडको मिति २०८०।५।५ को पत्रबाट देखिन्छ तर उक्त बैंक ग्यारेन्टीको म्याद नै मिति २०८०।४।२६ गते समाप्त भएको पाइन्छ ।"},{"date":"2024-05-07","title":"बैंक ग्यारेन्टी नक्कली देखिएको सम्बन्धमा","date_bs":"2081-01-25","description":"युवरानी मत्स्य तथा कृषि फार्म प्रा.लि. औरही-३ महोत्तरीले भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशको लागि मिति २०८०।३।१३ को रु.११,००,०००/- को BID/BONDL/ GBD094850030 यस बैंकबाट जारी नभएको बेहोराको नेपाल बैंक लिमिटेडको मिति प.सं.०९४/८७/कर्जा/५६, २०८१।०१।२५ को पत्र ।"},{"date":"2025-01-06","title":"अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्र","date_bs":"2081-09-22","description":"प्रतिवादीहरूको मिलेमतोमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मधेस  प्रदेश, धनुषाबाट  २०७१/८० मा सहकार्य प्रस्तावमा आधारित कृषि पशुपन्छी तथा मत्स्य विकास कार्यक्रममा युबरानी मत्सय तथा कृषि फार्म प्रा.लि औरही-३. महोत्तरीलाई मिलेमतोमा छनोट गरी खरिद प्रक्रिया अगाडि बढाई बैक ग्यारेन्टी बिना नै खरिद  सम्झौता  गरी कार्यादेश  दिनुका साथै सम्झना अनुसारको कार्यसम्पन्न नगरी भुक्तानी गरेको भन्ने आरोप सहितको अभियोगपत्र ।"},{"date":"2025-06-05","title":"विशेष अदालतको फैसला","date_bs":"2082-02-22","description":"प्रतिवादी डा. नम्रता सिंह र शंकर प्रसाद साहले नक्कली तथा कृतिम कागजातहरूको सत्यापन नगरी बदनियतपूर्वक एक करोड रुपैयाँ भुक्तानी गरेको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) अनुसार दोषी ठहर भएका । यस्तै, युवरानी मत्स्य तथा कृषि फार्म प्रा.लि. र यसको संचालक लक्ष्मी नारायण यादवले झुट्टा कागजात पेश गरी अनुदान लिएको तथा नक्कली बैंक ग्यारेन्टी प्रयोग गरेको देखिएकोले दफा ८(४) र ११ अनुसार कसूर प्रमाणित भएको। अन्य प्रतिवादीहरू विरुद्ध पर्याप्त प्रमाण नभएकाले उनीहरूलाई सफाइ दिइएको  फैसलाको सार।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/press_release/20260407.52ed0318","additional_details":"भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश जनकपुरधाम धनुषाका तत्कालीन सचिव डा. नम्रता सिंहसमेत ८ जना र कृषि फार्म प्रा.लि. उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको प्रेस विज्ञप्ति ।","material":{"display_name":"अख्तियारको प्रेस विज्ञप्ति","material_type":"press_release","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/fb9339e94323ec102c87e27ea6ecedbd1d22ffbe70352ec2d937c729875a285f.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/5ac690302c428b11a3649e663f59b8c6883f358fc2af1d0be981257a3f11417f.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/charge_sheet/20260407.84d847d4","additional_details":"प्रतिवादीहरूको मिलेमतोमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मधेस प्रदेश, धनुषाबाट २०७१/८० मा सहकार्य प्रस्तावमा आधारित कृषि पशुपन्छी तथा मत्स्य विकास कार्यक्रममा युबरानी मत्सय तथा कृषि फार्म प्रा.लि औरही-३. महोत्तरीलाई मिलेमतोमा छनोट गरी खरिद प्रक्रिया अगाडि बढाई बैक ग्यारेन्टी बिना नै खरिद सम्झौता गरी कार्यादेश दिनुका साथै सम्झना अनुसारको कार्यसम्पन्न नगरी भुक्तानी गरेको भन्ने आरोप सहितको अभियोगपत्र ।","material":{"display_name":"अभियोगपत्र","material_type":"charge_sheet","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/8db5ccb1f1a69f0b4a983e0af3852817d0593f47c531be900a8bc1450d0d736c.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/5dcf9c44185f7b21bf2858246ebd6314b8160d2f615a596c625bf1fcd8a568f6.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/20260407.e582c01c","additional_details":"प्रतिवादी डा. नम्रता सिंह र शंकर प्रसाद साहले नक्कली तथा कृतिम कागजातहरूको सत्यापन नगरी बदनियतपूर्वक एक करोड रुपैयाँ भुक्तानी गरेको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) अनुसार दोषी ठहर भएका । यस्तै, युवरानी मत्स्य तथा कृषि फार्म प्रा.लि. र यसको संचालक लक्ष्मी नारायण यादवले झुट्टा कागजात पेश गरी अनुदान लिएको तथा नक्कली बैंक ग्यारेन्टी प्रयोग गरेको देखिएकोले दफा ८(४) र ११ अनुसार कसूर प्रमाणित भएको। अन्य प्रतिवादीहरू विरुद्ध पर्याप्त प्रमाण नभएकाले उनीहरूलाई सफाइ दिइएको विशेष अदालतको फैसला।","material":{"display_name":"विशेष अदालतको फैसला","material_type":"court_order","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/44c7d1ac8cd89d98ec3613a47be91a93e8490896fb745efde1eefd714780cfec.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/06666317853d56510beb83e69a313743e37ea8108d4999365bf28d959b7bfa9c.doc","role":"ALTERNATE"},{"link":"https://s3.jawafdehi.org/case_uploads/5ae47aace3f8c9d432b74e3bff00fca439f8348f15ac4e1870f74f6fa649f98d.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260407.96e8e44b","additional_details":"Onlinekhabar — Article published on Poush 22, 2081 (January 6, 2025)","material":{"display_name":"मधेशको कृषि मन्त्रालयका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा","material_type":"news","urls":[{"link":"https://www.onlinekhabar.com/2025/01/1599785/","role":"RAW"},{"link":"https://web.archive.org/web/20250106000000/https://www.onlinekhabar.com/2025/01/1599785/","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/6ec52ebed4c8bdc8fabc7e97d93b40af0481eb794160723b2725c5df913b7773.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260407.ab01c9c1","additional_details":"Naya Patrika Daily — Article published on January 7, 2025 (Poush 23, 2081)","material":{"display_name":"नक्कली कागजातका आधारमा सम्झौता गरेर एक करोड भुक्तानी, प्रदेश सचिवसहित आठविरुद्ध मुद्दा","material_type":"news","urls":[{"link":"https://www.nayapatrikadaily.com/news-details/157371/2025-01-07","role":"RAW"},{"link":"https://web.archive.org/web/20250107000000/https://www.nayapatrikadaily.com/news-details/157371/2025-01-07","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/c4866b21acb08ed23813c15ed17d921559cf4189eba8ef5bd4008f3c1ae96430.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260407.1d1a97d0","additional_details":"Annapurna Post — Article published on Poush 22, 2081 (January 6, 2025)","material":{"display_name":"मधेशको कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा","material_type":"news","urls":[{"link":"https://annapurnapost.com/story/471470/","role":"RAW"},{"link":"https://web.archive.org/web/20250106141248/https://annapurnapost.com/story/471470/","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/5e956ea127ca1132bde684cb8f8d70a78c65e5b559e7777acb5eedfce0e20359.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260407.0758ecc2","additional_details":"Naya Patrika Daily — Article published on June 6, 2025 (Jestha 23, 2082)","material":{"display_name":"कृषि अनुदानको एक करोड वितरणमा अनियमितता : मधेश प्रदेशकी तत्कालीन कृषिसचिव डा. नम्रता सिंह भ्रष्टाचारी ठहर","material_type":"news","urls":[{"link":"https://www.nayapatrikadaily.com/news-details/169567/2025-06-06","role":"RAW"},{"link":"https://web.archive.org/web/20250606000000/https://www.nayapatrikadaily.com/news-details/169567/2025-06-06","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/259cdd1146f23bde0e52bc4f197a6f9a3e5bc224e999b7750e4c0aee19a29f71.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/document/20260410.4c13f11b","additional_details":"Power Point Presentation","material":{"display_name":"पवार पोइन्ट प्रस्तुतिकरण","material_type":"document","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/3de2860b118c939dfe5868528dd350a56574e3416623bf7742e3826c10d2a13c.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/fe794fce0c6a406e7f670ab343b4e9a80b02ba8019d2a70406bd74bc83f709af.md","role":"MARKDOWN"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/081-cr-0046","https://jawafdehi.org/courtcase/supreme/082-cr-1707"],"missing_details":"क) प्रस्तुत मुद्दासँग सम्बद्ध थप आधार र प्रमाण पुष्टि गर्ने प्रमाणिक स्रोत,\r\n\r\nख) अन्य आवश्यक स्रोतहरू।\r\n\r\nग) प्रस्तुत मुद्दामा उल्लेख भएका विवरण अख्तियारले जारी गरेको प्रेस विज्ञप्ति, अभियोगपत्र र विशेष अदालतको फैसलामा आधारित छन्।","bigo":10000000,"weight":0,"versionInfo":{},"created_at":"2026-04-03T17:13:47.083083+05:45","updated_at":"2026-10-05T17:53:36.846520+05:45"}