{"id":20,"slug":"case-081-cr-0044-a72c082d","public_iri":"https://jawafdehi.org/case/case-081-cr-0044-a72c082d","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"जगतगुरु कृपालु प्रतिष्ठानमा भएकाे भ्रष्टचार:  नागार्जुन नगरपालिकाका नगर प्रमुख समेत विरूद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणकाे मुद्धा  (081-CR-0044)","short_description":"नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेत र राजु प्रसाद कँडेल संलग्न भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा।","authors":[{"slug":"niroj-aryal","display_name":"Niroj Aryal","name_ne":"निरोज अर्याल","photo_url":"https://jawafdehi.org/assets/teammembers/niroj.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":null,"public_edit_history":[],"public_notes":"Case Drafted by Niroj Aryal. Student of Purbanchal University College of Law","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/d59c96e88685beb73d92eb1f57505eb60cba4eb85eac0bbfb350c86bab377c0c.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/dad14c55c045f8f689d9adfa2b1ab748b9f57e7d47a27afbabd62dff46329137.webp 400w, https://s3.jawafdehi.org/case_uploads/dc3322bc4316c0e68727f190dd22b739ff99528e104c8c76f8ed37e491d362e8.webp 800w, https://s3.jawafdehi.org/case_uploads/d59c96e88685beb73d92eb1f57505eb60cba4eb85eac0bbfb350c86bab377c0c.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/a6b98c7ffab38637779f29e71b5f849fed542b252b4b0e2ad2a295617098f223.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/920b7d35e76c52c052ec7d830439d089e7dd82c9c9fea40989a735a8206e6b0a.webp 640w, https://s3.jawafdehi.org/case_uploads/695f9ed2fa7030a0aa96bcd2485528dbb1857d3d6e943829e0ead6f4901855b0.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/a6b98c7ffab38637779f29e71b5f849fed542b252b4b0e2ad2a295617098f223.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":352,"banner_image_id":267,"thumbnail_url":"","banner_url":"","case_start_date":"2024-09-13","case_end_date":"2025-06-30","dates":{"stages":[{"end":"2025-06-30","stage":"initial","start":"2024-09-13"},{"stage":"appeal","courtcase_iri":"https://jawafdehi.org/courtcase/supreme/082-cr-1782"}]},"status":"ongoing","case_track":null,"status_override":null,"proceedings_started_on":"2024-09-13","proceedings_decided_on":null,"appeal_verdicts":{"https://jawafdehi.org/courtcase/supreme/082-cr-1782":null},"appeal_parties":{"https://jawafdehi.org/courtcase/supreme/082-cr-1782":["https://jawafdehi.org/entity/organization/padmaa-kolonee-praa-li","https://jawafdehi.org/entity/organization/padmaa-marchenta-kampanee-praa-li","https://jawafdehi.org/entity/person/mohan-bahadur-basnet-334834","https://jawafdehi.org/entity/person/raaju-prasaada-kandela"]},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/person/mohan-bahadur-basnet-334834","display_name":"Mohan Bahadur Basnet","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"नगर प्रमुखको पद दुरुपयोग गरी घुस लिने र सम्पत्ति शुद्धीकरण गर्ने मुख्य आरोपी ।","name":{"en":"Mohan Bahadur Basnet","ne":"मोहन बहादुर बस्नेत"},"image":"https://s3.jawafdehi.org/case_uploads/a6545f17393684f502f1d6897b09d19139f6fc1e2254eeef4f48de0f7125b149.webp"},{"nes_id":"https://jawafdehi.org/entity/location/sita-paila-c638c9","display_name":"Sita Paila","entity_type":"Place","type":"location","outcome":null,"notes":"करिब रु. ६.८२ करोड बिनाप्रतिफल  हस्तान्तरण गरी सम्पती सुद्धिकरण गरेकाे ।","name":{"en":"Sita Paila","ne":"सीता पाइला"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/localunit/nagarjun-municipality-30607","display_name":"Nagarjun Municipality","entity_type":"AdministrativeArea,jawafdehi:Municipality","type":"location","outcome":null,"notes":"उक्त क्षेत्रमा भ्रष्टचार भएकाे उक्त क्षेत्रका  नगर प्रमुखले  भ्रष्टचार गरेकाे ।","name":{"en":"Nagarjun Municipality","ne":"नागार्जुन नगरपालिका"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/urmilaa-basneta","display_name":"Urmila Basnet","entity_type":"Person","type":"alleged","outcome":null,"notes":"मोहन बस्नेतकी पत्नी भई योजनामा संलग्न भनिए पनि अदालतबाट आरोप पुष्टि नभई सफाइ पाएकी ।","name":{"en":"Urmila Basnet","ne":"उर्मिला बस्नेत"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/raaju-prasaada-kandela","display_name":"Raju Prasad Kandel","entity_type":"Person","type":"accused","outcome":"charged","notes":"पद्मा कम्पनीका संचालक तथा जगतगुरु कृपालु प्रतिष्ठानसँग सम्बद्ध भई घुस दिने र लाभ लिने आरोपी ।","name":{"en":"Raju Prasad Kandel","ne":"राजु प्रसाद कँडेल"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/padmaa-kolonee-praa-li","display_name":"Padma Colony Pvt. Ltd.","entity_type":"Organization","type":"accused","outcome":"charged","notes":"सह-सम्बद्ध कम्पनी भई कम मूल्यमा जग्गा प्राप्त गरी लाभ लिएको संस्था ।","name":{"en":"Padma Colony Pvt. Ltd.","ne":"पद्मा कोलोनी प्रा.लि."},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/padmaa-marchenta-kampanee-praa-li","display_name":"Padma Merchant Company Pvt. Ltd.","entity_type":"Organization","type":"accused","outcome":"charged","notes":"घुसमार्फत अनुचित लाभ (जग्गा, कर छुट आदि) प्राप्त गर्ने कम्पनी ।","name":{"en":"Padma Merchant Company Pvt. Ltd.","ne":"पद्मा मर्चेन्ट कम्पनी प्रा.लि."},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/jagataguru-krpalu-pratisthana-nepala-e67d6a","display_name":"Jagatguru Kripalu Pratisthan Nepal","entity_type":"Organization","type":"related","outcome":null,"notes":"अख्तियार अनुसार जसको नाममा सुविधा (जग्गा, कर छुट, सहजीकरण) गराउने बहानामा अनियमितता गरिएको संस्था ।","name":{"en":"Jagatguru Kripalu Pratisthan Nepal","ne":"जगतगुरु कृपालु प्रतिष्ठान नेपाल"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/kathmandu-np0327","display_name":"Kathmandu","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Kathmandu","ne":"काठमाडौँ"},"image":null}],"tags":["bribery","Money-laundering","Nagarjun Municipality","land-deal"],"description":"## मुद्धाकाे बारेमा जानकारी\r\n\r\nप्रतिवादी मोहनबहादुर बस्नेतले निजकी पत्नी उर्मिला बस्नेतसँगको आपसी मिलेमतो र योजनामा नागार्जुन नगरपालिकाको नगर प्रमुख पद तथा ओहदाको दुरुपयोग गरी पद्मा कोलोनी प्रा.लि., पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. तथा जगतगुरु कृपालु प्रतिष्ठान नेपालका अध्यक्ष/सञ्चालक प्रतिवादी राजु प्रसाद कँडेललाई अनुचित लाभ पुर्‍याउने उद्देश्यले नगरपालिकाबाट कर छुट दिने, विदेशी सहायता स्वीकृतिका लागि सिफारिस गर्ने, नगर प्रमुखको हैसियतमा हुने पत्राचार आफ्नै हस्ताक्षरमा गर्ने तथा मन्दिर निर्माण गर्ने बहानामा नगरक्षेत्रभित्र जग्गा उपलब्ध गराउने कार्यसमेत गरेको देखिन्छ। सोही क्रममा प्रतिवादी मोहनबहादुर बस्नेतले जग्गाधनीहरूसँग सम्झौता गरी वास्तविक मूल्य रू. 47,75,00,000/- बराबरको जग्गा रू. 23,22,27,000/- मात्रमा प्रतिवादीहरू पद्मा कोलोनी प्रा.लि., पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. तथा ती कम्पनीका सञ्चालक/अध्यक्ष प्रतिवादी राजु प्रसाद कँडेललाई प्राप्त गराएको देखिन्छ। यसरी गरिएको कार्यबाट ती कम्पनीहरू तथा प्रतिवादी राजु प्रसाद कँडेलले वास्तविक मूल्यभन्दा रू. 24,52,73,000/- कम मूल्यमा जग्गा प्राप्त गरी अनुचित लाभ लिएको देखिन्छ। साथै, सो कार्य बापत प्रतिवादी मोहनबहादुर बस्नेत र निजकी श्रीमतीले नगद, जग्गा तथा भोज खर्चसमेत गरी रू. 9,22,46,032.33 बराबर घुस/रिसवत प्राप्त गरेको हुँदा निजहरूलाई घुस/रिसवत दिएको र लिएको कसुरमा सजाय हुनुपर्छ भनि अख्तियारकाे मागदाबी रहेकाेमा उक्त घुस/रिसवतबाट प्राप्त सम्पत्ति गैरकानूनी आर्जन समेत भएकाले त्यसलाई वैध देखाउन विभिन्न भुक्तानी, ऋण भुक्तान, जग्गामा घर निर्माण तथा अन्य व्यक्तिहरूलाई भुक्तानी गर्ने कार्यमार्फत स्रोत लुकाउने, रूपान्तरण गर्ने र हस्तान्तरण गर्ने काम समेत गरिएको देखिन्छ। तसर्थ, प्रतिवादीहरूले घुस/रिसवत दिई-लिई भ्रष्टाचार निवारण ऐन, 2059 विरूद्धकाे कसुर गरेको र त्यसबाट प्राप्त सम्पत्तिलाई वैध बनाउन विभिन्न माध्यम अपनाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, 2064 (संशोधन सहित) विरूद्धकाे कसुर तथा मतियार भइ साे सम्बन्दी कसुरसमेत गरेको हुँदा प्रतिवादीहरूलाई आरोपदाबी बमोजिम सजाय गरिपाऊँ भनी अख्तियार तथा विशेष सरकारी वकिल कार्यलयकाे मागदावी ।\r\n\r\n### सम्पति शुद्धिकरणकाे विधि तथा प्रकिया\r\n\r\n**प्रथम चरण** \\- यस चरणमा गैरकानुनी रूपमा प्राप्त रकमलाई पहिलो पटक आर्थिक प्रणालीमा प्रवेश गराइन्छ। प्रस्तुत मुद्दामा प्रतिवादी मोहन बहादुर बस्नेतले करिब रु\\. ९\\,२२\\,४६\\,०३२\\.३३ बराबरको घुस रकम विभिन्न माध्यम \\(नगद\\, बैंक खाता\\, जग्गा हस्तान्तरण\\) मार्फत प्रणालीमा प्रवेश गराएका छन्\\, जसमा विशेषगरी सितापाईलाको जग्गा \\(करिब रु\\. ६\\.८२ करोड\\) बिनाप्रतिफल हस्तान्तरण भएको देखिन्छ ।\r\n\r\n**दाेस्राे चरण**\\- यस चरणमा रकमको वास्तविक स्रोत लुकाउन विभिन्न जटिल आर्थिक कारोबार गरिन्छ। यस मुद्दामा उक्त जग्गा कित्ताकाट गरी बिक्री गर्दा करिब रु\\. १०\\,७२\\,२७\\,००० प्राप्त गरिएको छ र सो रकम विभिन्न बैंक खातामा सारिएको \\(करिब रु\\. २\\.१५ करोड\\+\\) तथा विभिन्न व्यक्तिहरूलाई भुक्तानी\\, खर्च र अन्य कारोबारमार्फत घुमाइएको देखिन्छ ।\r\n\r\n**तेस्राे चरण-** यस चरणमा अवैध रकमलाई वैध जस्तो देखाई पुनः अर्थतन्त्रमा प्रयोग गरिन्छ। प्रस्तुत मुद्दामा रकम बैंक कर्जा तिर्न, घर निर्माण, नयाँ जग्गा खरिद, पारिवारिक खर्च तथा अन्य लगानीमा प्रयोग गरिएको देखिन्छ, जसबाट करिब रु. १३,१२,०५,०७६.८३ बराबरको सम्पत्ति वैध आम्दानी जस्तो देखाइएकाले एकीकरण भएको पुष्टि हुन्छ ।\r\n\r\n### **मागदाबी**\r\n\r\n1. #### **भ्रष्टचार तर्फ**\r\n\r\n|  |  |  |  |  |\r\n| --- | --- | --- | --- | --- |\r\n| सि.नं. | प्रतिवादीहरुको नाम | प्रतिवादीहरुले गरेको कसुर | प्रतिवादीहरु उपर माग गरिएको सजाय | प्रतिवादीहरुबाट असुल हुने बिगो (रू.) तथा जफत/असुल |\r\n| १. | मोहन बहादुर बस्नेत | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) को कसुर गरेको, | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद, सोही ऐनको दफा 3 उपदफा (१) बमोजिम बिगो बमोजिम जरिबाना, ऐ. को दफा 24 बमोजिम थप सजाय | 9,22,46,032/33, भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) तथा दफा 47 र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, 2048 को दफा 29ख. बमोजिम आरोपपत्रको तालिका नं.१२ को सम्पत्ति जफत/असुल |\r\n| २. | उर्मिला बस्नेत | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) को कसुरमा ऐ. को दफा 22 बमोजिम मतियारको कसुर गरेको, | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) र दफा 3 को उपदफा (१) को देहाय (झ) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा 22को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सजाय | 9,22,46,032/33, भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) तथा दफा 22 तथा दफा 47 र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, 2048 को दफा 29ख. बमोजिम आरोपपत्रको तालिका नं.१२ को सम्पत्ति जफत/असुल |\r\n| 3. | पद्मा कोलोनी प्रा.लि, पद्मा मर्चेन्ट कम्पनी प्रा.लि तथा उक्त कम्पनीहरुको संचालक/अध्यक्ष राजु प्रसाद कँडेल | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (3) को कसुर | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) र दफा 3 को उपदफा (१) को देहाय (झ) बमोजिम सजाय | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ तथा दफा 47 र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, 2048 को दफा 29ख. बमोजिम आरोपपत्रको तालिका नं.१3 को सम्पत्ति जफत/असुल |\r\n\r\n2. #### **सम्पत्ति शुद्धीकरण तर्फ:**\r\n\r\n|  |  |  |  |  |\r\n| --- | --- | --- | --- | --- |\r\n| सि.नं. | प्रतिवादीहरुको नाम | प्रतिवादीहरुले गरेको कसुर | प्रतिवादीहरु उपर माग गरिएको सजाय | प्रतिवादीहरुबाट असुल हुने बिगो (रू.) तथा जफत/असुल |\r\n| १. | मोहन बहादुर बस्नेत | सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, 2064 (संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग) तथा सोही ऐनको दफा (३) को उपदफा (३) ले परिभाषित गरेको कसुर | सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, 2064 (संशोधन सहित) को दफा 30 को उपदफा (१) बमोजिम सजाय, सोही ऐनको दफा 30को उपदफा (७) बमोजिम थप सजाय | 13,12,73,032।33, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, 2064 (संशोधन सहित) को दफा 34 को उपदफा (१) बमोजिम आरोपपत्रको तालिका नं.१२ मा उल्लेखित सम्पत्ति/जग्गा जफत |\r\n| २. | उर्मिला बस्नेत | सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, 2064 (संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग) तथा सोही ऐनको दफा (३) को उपदफा (३) ले परिभाषित गरेको कसुरको मतियार भई सोही ऐनको दफा ३ को उपदफा (२) तथा सोही ऐनको दफा ३ को उपदफा (३) ले परिभाषित कसुर | सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, 2064 (संशोधन सहित) को दफा 30 को उपदफा (२) मुख्य कसुरदारलाई हुने सजाय सरह, | 13,12,73,032।33, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, 2064 (संशोधन सहित) को दफा 34 को उपदफा (१) बमोजिम आरोपपत्रको तालिका नं.१२ मा उल्लेखित सम्पत्ति/जग्गा जफत |\r\n| 3. | पद्मा कोलोनी प्रा.लि, पद्मा मर्चेन्ट कम्पनी प्रा.लि तथा उक्त कम्पनीहरुको संचालक/अध्यक्ष राजु प्रसाद कँडेल | सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, 2064 (संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग) तथा सोही ऐनको दफा (३) को उपदफा (३) ले परिभाषित गरेको कसुरको दुरुत्साहन, मद्दत तथा सहजीकरण गरी सोही ऐनको दफा ३ को उपदफा (२) तथा सोही ऐनको दफा ३ को उपदफा (३) ले परिभाषित कसुर | सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, 2064 (संशोधन सहित) को दफा 30 को उपदफा (२),(५) र (8) बमोजिम सजाय | 13,12,73,032।33, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, 2064 (संशोधन सहित) को दफा 34 को उपदफा (१) बमोजिम आरोपपत्रको तालिका नं.१3 मा उल्लेखित सम्पत्ति/जग्गा जफत |\r\n\r\n**पद्मा कोलोनी प्रा.लि., पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. तथा सो कम्पनीहरूका संचालक अध्यक्ष प्रतिवादी राजु प्रसाद कँडेल अनुसार-**\r\n\r\nप्रतिवादी मोहन बहादुर बस्नेत र प्रतिवादी राजु प्रसाद कँडेलबीचको पुरानो चिनजान र अार्थिक काराेबार रहेकाे सम्म साचाे हाे । उक्त रकम विवाहा गर्नकाे निमित्त भनी साप्पटी लिएकाे रकम हाे र साे रकम पछी फिर्ता गरिनु पर्ने रकम भएकाेले घुसकाे रकम हैन । प्रतिवादीले कुनै कर छुट लिएकाे छैन त्यसैकरण माथी निज व्यक्ति उपर लगाइएकाे अाराेप निराधार अाराेप रहेकाे भन्ने बयान कागज\r\n\r\n**प्रतिवादीहरू मोहन बहादुर बस्नेत तथा निजको श्रीमती प्रतिवादी उर्मिला बस्नेत अनुसार-**\r\n\r\nजगदगुरु कृपालु प्रतिष्ठान नेपाललाई कर छुट दिन, विदेशी सहायता स्वीकृत गर्न र मन्दिर निर्माणको लागि जग्गा उपलब्ध गराउने कार्यहरु कानूनी दायराभित्र रहेर गरिएका कार्यहरू हुन, निज कम्पनीका लागी उपलब्ध गारइएकाे जग्गा पनी बैद रूपमा मालपाेतमा प्रकिया पुरा गरी उपल्बध गराइएका जग्गाहरू हुन भन्ने बयान कागज\r\n\r\n### **अदालतबाट ठहर**\r\n\r\n* अदालत अनुसार उपलब्ध प्रमाण, दस्तावेज तथा कानुनी विश्लेषणका आधारमा तेस्रो पक्षद्वारा प्रतिवादी मोहन बहादुर बस्नेत एवं उनकी पत्नीलाई छोराको विवाह खर्च तिरेर, बैंक खातामा रकम जम्मा गराइ, जग्गा खरिद बिक्री प्रक्रियामा रकम व्यवस्था गरिदिई उपलब्ध गराइएको रु. ९,२२,४६,०३२।३३ बराबरको लाभ व्यक्तिगत आर्थिक फाइदा वित्र पर्दछ, जुन सार्वजनिक पदको दुरुपयोगमार्फत प्राप्त गरिएको घुस/रिसवतको श्रेणीभित्र पर्दछ ।\r\n* यस मुद्दामा प्रतिवादीले जग्गा “पछि मूल्य तिर्ने गरी खरिद गरेको” वा “पहिलेदेखि कारोबार चलिरहेको” भन्ने जिकिर लिए तापनि त्यस्तो दाबीलाई पुष्टि गर्ने तमसुक वा अन्य कुनै लिखत प्रमाण प्रस्तुत गर्न नसकेकाले सो बचाउ विश्वसनीय ठहरिन आउँदैन\r\n* प्रतिवादी मोहन बहादुर बस्नेतले रू.६,८२,००,०००।- मूल्य अंकित सितापाईला वार्ड नं. ६ मा पर्ने कि.नं. २९६ को क्षेत्रफल ७४९.९ बर्ग मिटर र ऐ.ऐ. मा पर्ने कि.नं.२९९ को क्षेत्रफल ४३१.९ बर्ग मिटर जग्गाको मूल्य भुक्तान नगरी आफ्नो नाउँमा मालपोत कार्यालयबाट पारित गरेकाे र निज प्रतिवादी मोहन बहादुर बस्नेतले उक्त जग्गाको मूल्य एक करोड भुक्तानी पाउने गरी चेक दिएको भनेतापनि सो चेक हालसम्म सटही नभएको, लिखत पनी नजिककाे स्तानीय तहबाट स्विकृत नगराएकाे र पैसा भुक्तानी गर्ने कुनै छाटकाट पनी नदेखाएकाेले उक्त प्रमाणलाइ प्रमाणकाे रुपमा लिन नमिल्ने ।\r\n* माथी अनुसार रू.२,१५,७३,३९५।३३ प्रतिवादी मोहन बहादुर बस्नेतको बैंक खातामा रकम जम्मा भएको देखिन आएकोले सो समेत घुस रिसवत वापत प्राप्त गरेको देखियो ।\r\n* हाेटलमा रू.२४,७२,६३७।÷समेत शंकर होटलमा प्रतिवादी पद्म कम्पनीको खाताबाट भुक्तानी गरेको रकम अन्यथा भनी प्रतिवादीहरुले प्रमाणबाट पुष्टि गर्न नसकेको हुँदा घुस रिसवत बापत कै रकम भनी मान्नु पर्ने देखियो ।\r\n* यसप्रकार माथि विश्लेषण गरे अनुसार प्रतिवादीहरुले घुस रिसवत बापत रु.9,22,46,032/33 लेनदेन गरेको हुँदा प्रतिवादीहरुले आरोपदाबी अनुसार घुस रिसवत लिनु/दिनु गरी भ्रष्टाचारको कसुर गरेको देखिन आयो ।\r\n\r\n## **प्रतिवादीहरूकाे हकमा**\r\n\r\n### **घुस लेनदेन**\r\n\r\n**उर्मिला वस्नेतकाे हकमा**\\- निजले जानी जानी घुस रिसवतको रकम लिए खाए वा भुक्तानी गर्न लगाएको भन्ने तथ्य मिसिल संलग्न प्रमाण कागजबाट पुष्टि हुन नआएकोले निज उपरको आरोपदाबी पुग्न सक्ने देखिएन। निजले सो आरोपित कसूरबाट सफाई पाउने ठहर्छ।\r\n\r\n**माेहन बाहादुर वस्नेतकाे हकमा-** मोहन बहादुर बस्नेतले बैंक खाता मार्फत रू.2,15,73,395।33, रू.6,82,00,000।– मूल्य बराबरको जग्गा र प्रतिवादी राजु प्रसाद कँडेललाई शंकर होटलमा भुक्तानी गर्न लगाएको बैबाहिक भोज गर्दाको रकम रू.24,72,637।– समेत गरी जम्मा रू.9,22,46,032।33 बराबर घुस रिसवत बापत प्राप्त गरेको देखिन आएकोले नगर पालिकाको मेयर सर्वजनिक ओहदाधारण गरेका यी प्रतिवादी मोहन बहादुर बस्नेतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूर गरेको देखियो ।\r\n\r\n**प्रतिवादीहरु पद्मा मर्चेन्ट कम्पनी प्रा.लि., पद्मा कोलोनी प्रा.लि तथा सोको संचालक अध्यक्ष राजु प्रसाद कँडेलको हकमा**\\- मोहन बहादुर बस्नेतले सो बिगो बराबरको रकम भ्रष्टाचार निवारण ऐन\\, २०५९ को दफा ३ को उपदफा \\(१\\) बमोजिमको कसूर गरेको र अन्य प्रतिवादीहरू पद्मा कोलोनी प्रा\\.लि\\.\\, पद्मा मर्चेन्ट कम्पनी प्रा\\.लि\\. तथा सो कम्पनीहरूका संचालक अध्यक्ष राजु प्रसाद कँडेलले आफ्नो कम्पनीको नाउँमा जग्गा प्राप्त गर्ने प्रयोजनको लागि सो प्रकृतिको घुस रिसवत दिए दिलाएको देखिन आएकोले ऐ\\.ऐनको दफा ३ को उपदफा \\(३\\) बमोजिमको कसूर गरेको देखिन आयो।\r\n\r\n### **सम्पति शुद्धिकरण**\r\n\r\n**माेहन बाहादुर बस्नेतकाे हकमा-** प्रतिवादी मोहन बहादुर बस्नेतले गैरकानूनी रुपमा घुस रिसवत वापत प्राप्त गरेको रकम र जेथा (जग्गा) लाई आफ्नो नाममा धारण गरी सो जग्गाहरूलाई कित्ताकाट गरी विभिन्न व्यक्ति तथा कम्पनीलाई बिक्री वितरण एवम् हक हस्तान्तरण गरी रू.13,12,73,032/33 (तेह्र करोड बाह्र लाख त्रिहत्तर हजार बत्तीस रुपैयाँ तेत्तीस पैसा) बिगो बराबरको रकम सम्पत्ति शुद्धीकरण गरेको पुष्टि हुन आएको हुँदा निज प्रतिवादी मोहन बहादुर बस्नेतले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, 2064 (संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग) मा वर्णित कार्य गरी ऐ.ऐनको दफा ३ को उपदफा (3) बमोजिमको कसूर गरेको ठहर।\r\n\r\n**उर्मिला वस्नेतकाे हकमा-** कसूरबाट आर्जित सम्पत्ति जानीजानी धारण गरेको वा भुक्तानी गर्न लगाएको वा हक हस्तान्तरण गरेको भन्ने ठोस एवं बस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन नआएकोले निजले सम्पत्ति शुद्धिकरण तर्फको आरोदावीबाट सफाई पाउने ठहर ।\r\n\r\n### **कैद सम्बन्धमा**\r\n\r\n1. मोहन बहादुर बस्नेतको हकमा- भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा विभिन्न कानुनी प्रावधानअनुसार कैद सजाय निर्धारण हुँदा, भ्रष्टाचार निवारण ऐन, २०५९ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम छुट्टाछुट्टै सजाय तोकिए पनि फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, 2074 को दफा ११(३) अनुसार बढी सजाय लागू भई अन्तिम कैद ८ वर्ष ३ महिना कायम ।\r\n2. प्रतिवादी राजु प्रसाद कँडेलको हकमा- ८ (आठ) वर्ष कैद\r\n\r\n### **जरिवाना सम्बन्धमा**\r\n\r\n1. मोहन बहादुर बस्नेत: जम्मा जरिबाना रु. ३१,१८,६२,१७९.२ → धरौटी रु. २५,००,००० कट्टा पछि बाँकी रु. ३०,९३,६२,१७९.२\r\n2. राजु प्रसाद कँडेल: जरिबाना रु. २,३०,६१,५०८.०८ → धरौटी रु. ३,००,००० कट्टा पछि बाँकी रु. २,२७,६१,५०८.०८\r\n3. पद्मा कोलोनी प्रा.लि.: रु. २,३०,६१,५०८.०८\r\n4. पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.: रु. २,३०,६१,५०८.०८\r\n\r\n### **विगाे तथा सम्पति जफत सम्बन्धमा**\r\n\r\n|  |  |  |  |  |  |  |  |\r\n| --- | --- | --- | --- | --- | --- | --- | --- |\r\n| क्र.सं | घर/जग्गा धनीको नाम | घर /जग्गाको विवरण |  |  |  |  | कैफियत |\r\n| जिल्ला | गा.पा/न.पा | वडा नं. | कि.नं. | क्षेत्रफल |\r\n| १ | उर्मिला बस्नेत | काठमाडौं | नागर्जुन न.पा,सितापाईला | ५ | ९७ | १९०.८ व.मि. |  |\r\n| 2 | उर्मिला बस्नेत | काठमाडौं | नागर्जुन न.पा,सितापाईला | १ | ३४० | ११३.९२ व.मि. |  |\r\n| 3 | उर्मिला बस्नेत | काठमाडौं | “ | १ | ३३५ | २५ व.मि. |  |\r\n| 4 | उर्मिला बस्नेत | काठमाडौं | “ | १ | ३३९ | १०३.२८ व.मि. |  |\r\n| 5. | उर्मिला बस्नेत | काठमाडौ | रामकोट | 4 | 1652 | 127.16 ब.मि |  |\r\n| 6. | उर्मिला बस्नेत | काठमाडौ | रामकोट | 4 | 2217 | 127.16 व.मि |  |\r\n\r\nप्रतिवादी राजु प्रसाद कँडेलको हकमा घुस रिसवत ठहर भएकोले सो ठहर भएको विगो तथा जरिबाना बराबरको रकम नगद बुझाएमा नगदै र नगद नबुझाएमा रोक्का रहेको सम्पत्तिबाट असुल उपर गर्नू र बाँकी सम्पत्ति प्रस्तुत मुद्दा अन्तिम भए पश्चात निज प्रतिवादीको निवेदन परेमा रोक्का फूकुवा गरिदिनू भन्ने अदालतकाे अादेश ।\r\n\r\nसाथै- पीडित राहत सम्बन्धमा अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१(३) बमोजिम प्रतिवादी मोहन बहादुर बस्नेतबाट रु. १,०५,०१,०४२.५८ तथा प्रतिवादीहरू पद्मा कोलोनी प्रा.लि., पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. र सो कम्पनीका अध्यक्ष राजु प्रसाद कँडेलबाट जनही रु. ९,२२,४६०.३२ का दरले पीडित राहत भराउनुपर्ने ठहर गरिएको छ।\r\n\r\n## पुनरावेदन\r\n\r\nउक्त फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको छ। उक्त पुनरावेदन (मुद्दा नं. ०८२-CR-१७८२) हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।","key_allegations":["प्रतिवादी मोहनबहादुर बस्नेतले नगर प्रमुख पदको दुरुपयोग गरी पद्मा कम्पनीहरू र राजु प्रसाद कँडेललाई अनुचित लाभ पुर्‍याउँदै कर छुट, जग्गा उपलब्धता र अन्य सहजीकरण गरेका र सो बापत करिब रु. ९.२२ करोड घुस/रिसवत लिई उक्त रकमलाई पछि सम्पत्ति शुद्धीकरणमार्फत वैध बनाएको आरोप ।","मोहनबहादुर बस्नेतले नगर प्रमुखको अधिकार प्रयोग गरी- कर छुट दिने, विदेशी सहायता सिफारिस गर्ने, जग्गा उपलब्ध गराउने जस्ता कार्य गरी निजी कम्पनीलाई अनुचित लाभ दिलाएको ।","प्रतिवादीहरूले नगद, जग्गा (करिब रु. ६.८२ करोड), विवाह खर्च लगायत मार्फत कुल रु. ९,२२,४६,०३२.३३ बराबर घुस लेनदेन गरेको","घुसबाट प्राप्त रकमलाई बैंक कारोबार ,जग्गा किनबेच ,घर निर्माण, ऋण भुक्तानी मार्फत रूपान्तरण गरी करिब रु. १३.१२ करोड बराबर सम्पत्ति वैध देखाउने प्रयास गरेकाे ।"],"timeline":[{"date":"2016-07-26","title":"जगतगुरु कृपालु प्रतिष्ठान नेपाल कम्पनी दर्ता","date_bs":"2073-04-11","description":"जगतगुरु कृपालु प्रतिष्ठान नेपाल कम्पनी रजिष्ट्रारको कार्यालयमा मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा दर्ता भयो।"},{"date":"2017-07-24","title":"दश लाख रुपैयाँ मोहन बहादुर बस्नेतको खातामा जम्मा","date_bs":"2074-04-09","description":"पद्मा मर्चेन्ट ग्रुप (कम्पनी) प्रा.लि.को सनराइज बैंक लिमिटेडबाट जारी चेक नं. ०३९२२३०५ मार्फत मोहन बहादुर बस्नेतको लक्ष्मी सनराइज बैंक लिमिटेड (साविक सनराइज बैंक लिमिटेड) खातामा रु. १०,००,००० जम्मा भयो।"},{"date":"2019-05-27","title":"असी लाख रुपैयाँ मोहन बहादुर बस्नेतको खातामा जम्मा","date_bs":"2076-02-13","description":"पद्मा मर्चेन्ट ग्रुप (कम्पनी) प्रा.लि.को नाममा सेञ्चुरी बैंक लिमिटेडबाट जारी चेक नं. ४८३०५९७ मार्फत मोहन बहादुर बस्नेतको एनएमबी बैंक लिमिटेड खातामा रु. ८०,००,००० जम्मा भयो।"},{"date":"2019-06-17","title":"पन्ध्र लाख रुपैयाँ मोहन बहादुर बस्नेतको खातामा जम्मा","date_bs":"2076-03-02","description":"पद्मा मर्चेन्ट ग्रुप (कम्पनी) प्रा.लि.को सनराइज बैंक लिमिटेडको खाता नं. २१०३०३०८७०१४ बाट जारी चेक नं. ८८०७०३४ मार्फत मोहन बहादुर बस्नेतको एनएमबी बैंक लिमिटेड खातामा रु. १५,००,००० जम्मा भयो।"},{"date":"2020-06-08","title":"राधाकृष्ण मन्दिर परियोजनासम्बन्धी बैठक निर्णय","date_bs":"2077-02-26","description":"प्रदेश सभा सदस्य एवं संयोजक केशव प्रसाद पोखरेलको अध्यक्षतामा बसेको बैठकले राधाकृष्ण मन्दिर तथा अन्य संरचना विश्वकै ७ औं ठुलो मन्दिर बन्न लागेको र उक्त मन्दिरलाई राष्ट्रिय गौरवको परियोजनाको निमित्त नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गर्‍यो।"},{"date":"2020-06-19","title":"दश लाख रुपैयाँ पुनः मोहन बहादुर बस्नेतको खातामा जम्मा","date_bs":"2077-03-05","description":"पद्मा मर्चेन्ट ग्रुप (कम्पनी) प्रा.लि.को नाममा प्राइम बैंक लिमिटेडबाट जारी चेक नं. ७४६०९११ मार्फत मोहन बहादुर बस्नेतको एनएमबी बैंक लिमिटेड खातामा रु. १०,००,००० जम्मा भयो।"},{"date":"2020-10-21","title":"अर्को दश लाख रुपैयाँ मोहन बहादुर बस्नेतको खातामा जम्मा","date_bs":"2077-07-05","description":"पद्मा मर्चेन्ट ग्रुप (कम्पनी) प्रा.लि.को नाममा प्राइम बैंक लिमिटेडबाट जारी चेक नं. ७५७०९७७ मार्फत मोहन बहादुर बस्नेतको एनएमबी बैंक लिमिटेड खातामा रु. १०,००,००० जम्मा भयो।"},{"date":"2021-12-15","title":"जगतगुरु कृपालु प्रतिष्ठानद्वारा राधाकृष्ण मन्दिर निर्माण प्रस्ताव","date_bs":"2078-08-29","description":"राजु प्रसाद कडेल अध्यक्ष रहेको जगतगुरु कृपालु प्रतिष्ठान नेपालले नागार्जुन नगरपालिकामा ‘राधाकृष्ण’ मन्दिर निर्माणसम्बन्धी प्रक्रिया अघि बढायो।"},{"date":"2021-12-16","title":"विदेशी सहयोग लिन नगर प्रमुखको सहमति पत्र","date_bs":"2078-09-01","description":"राधाकृष्ण मन्दिर तथा अन्य संरचनाहरू निर्माण गर्न विदेशी नागरिक तथा संघसंस्थाहरूबाट आर्थिक सहयोग लिन जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगर प्रमुख मोहन बहादुर बस्नेतले आफ्नै हस्ताक्षरमा सहमति पत्र दिए।"},{"date":"2022-02-14","title":"मिति २०७८-११-०२ सम्म आइपुगी हिसाब गर्दा  मोहन बहादुर बस्नेतको बैंक खातामा रु. ५,३६,६८,५६२ र उनकी श्रीमती उर्मिला बस्नेतको नाममा रु. ९२,००,००० जम्मा भएको देखिएको उल्लेख गरिएको छ।","date_bs":"2078-11-02","description":""},{"date":"2023-04-24","title":"अनोज बस्नेतको वैवाहिक भोज खर्च राजु प्रसाद कँडेलद्वारा भुक्तानी","date_bs":"2080-01-11","description":"मोहन बहादुर बस्नेतका छोरा अनोज बस्नेतको होटल शंकरमा भएको वैवाहिक भोजमा जम्मा रु. २५,७२,६३७ खर्च भएको र उक्त रकम राजु प्रसाद कँडेलले भुक्तानी गरेको बेहोराको पत्र तथा भुक्तानी विवरण देखिन्छ।"},{"date":"2024-08-17","title":"अख्तियारमा उजुरी","date_bs":"2081-05-01","description":"नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतले पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. र यसका सञ्चालक/अध्यक्ष राजु प्रसाद कँडेलबाट गैरकानूनी रूपमा जग्गा तथा रकम प्राप्त गरेको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्‍यो।"},{"date":"2025-06-20","title":"विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा कसुर ठहर","date_bs":"2082-03-06","description":"विशेष अदालतले मोहन बहादुर बस्नेत, राजु प्रसाद कँडेल, पद्मा कोलोनी प्रा.लि. र पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. विरुद्ध भ्रष्टाचारको अभियोगमा कसुर ठहर गरेकाे छ  भने उर्मिला बस्नेतलाई सफाइ दिएकाे छ"},{"date":"2025-06-30","title":"विशेष अदालतबाट सजाय निर्धारण","date_bs":"2082-03-16","description":"विशेष अदालतले मोहन बहादुर बस्नेत तथा राजु प्रसाद कँडेलविरुद्ध ८ वर्ष कैद तथा जरिवाना निर्धारण गरेकाे छ ।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/press_release/20260415.e1654805","additional_details":".","material":{"display_name":"अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रेस विज्ञप्ति — 081-CR-0044","material_type":"press_release","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/d60ea02927a4ff6c6271c4ced4dfc60e6cc14cb9b6832e7740e325ad9a1abb56.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/2e5702d7d595f2691922c241e5e5087a791fd7c257acc03c38a23bf0ea938384.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/charge_sheet/20260415.85c7b061","additional_details":".","material":{"display_name":"अभियोग पत्र — 081-CR-0044","material_type":"charge_sheet","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/61a66ba219c56056c46472f80f4935f42bfd7108fe2a0c4372ca843f7cf37322.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/25bbbed1c95171c9e8e12fa04d2ffba7a5ad749b03dcde8ca345b323052443dc.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/20260415.4d6689a1","additional_details":".","material":{"display_name":"विशेष अदालतको फैसला/आदेश — 081-CR-0044","material_type":"court_order","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/badb66f0b2d31e853350cd7e41d4455c21e84e665c87048f8a883a691dd63b26.docx","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/6274ea79d834db898b33b8d478bb8efbd55244c79a51edd82fdebd3f1a49d277.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260415.ea773a16","additional_details":".","material":{"display_name":"लाेकान्त्रर","material_type":"news","urls":[{"link":"https://www.lokaantar.com/story/275678/2024/12/29/governance/mohan-basnet-","role":"RAW"},{"link":"https://web.archive.org/web/20241229140214/https://www.lokaantar.com/story/275678/2024/12/29/governance/mohan-basnet-","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/9646382e93a14ff16d269b1498b622877cce3d1c5d3064598be6c327978b1200.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260415.93895dd2","additional_details":".","material":{"display_name":"समाचार — अन्नपूर्ण","material_type":"news","urls":[{"link":"https://www.annapurnapost.com/story/455264/","role":"RAW"},{"link":"https://web.archive.org/web/20241204101209/https://www.annapurnapost.com/story/455264/","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/5aa3913d5b1a154177db099dd6294e0a71d75eff6454cf1db702e2dd0d6b6240.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260415.34ea3b8d","additional_details":".","material":{"display_name":"समाचार - अनलाइन खवर","material_type":"news","urls":[{"link":"https://www.onlinekhabar.com/2024/04/1460940/a-corruption-case-was-filed-against-bhattarai-the-planning-head-of-lumbini-development-fund","role":"RAW"},{"link":"https://web.archive.org/web/20240924102105/https://www.onlinekhabar.com/2024/04/1460940/a-corruption-case-was-filed-against-bhattarai-the-planning-head-of-lumbini-development-fund","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/8a54f19604beea69abf953cf4124fa57aa9984c1eed105389d9f2de6845ef7f3.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260415.46636820","additional_details":".","material":{"display_name":"समाचार — Nagarik News — 2024-12-29","material_type":"news","urls":[{"link":"https://w.nayapatrikadaily.com/news-details/159945/2025-02-09","role":"RAW"},{"link":"https://web.archive.org/web/20260416080410/https://w.nayapatrikadaily.com/news-details/159945/2025-02-09","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/66476ff25eb00c4601a2d1daebc89758c129695b12a95c047cf49a60a844eb84.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260415.c5facff8","additional_details":".","material":{"display_name":"समाचार — surakshyakhabar","material_type":"news","urls":[{"link":"https://www.surakshyakhabar.com/detail/1340","role":"RAW"},{"link":"https://web.archive.org/web/20260416075639/https://www.surakshyakhabar.com/detail/1340","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/f135262830adcc13f1d76f0174f6554e6a9011239539718d5afe36665feedfc8.md","role":"MARKDOWN"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/supreme/082-cr-1782"],"missing_details":"- प्रतिवादीहरूकाे  जवाफ तथा साक्षी वकपत्र, तथा अन्य detail हरू न भेटिएता पनी फैसलामा उक्त कुराहरूकाे जानकारी राखिएकाे देखिन्छ । यदावी हामी सगँ उक्त  प्रमाण भने  छैन् । \r\n-  उक्त फैसला कार्यान्वयन कहाँ कति भयो, सो बारेमा पनि जानकारी छैन ।\r\n- प्रस्तुत मुद्दामा उल्लेख भएका विवरण अख्तियारले जारी गरेको प्रेस विज्ञप्ति, अभियोगपत्र र विशेष अदालतको फैसलामा आधारित छन्।","bigo":92246032,"weight":0,"versionInfo":{},"created_at":"2026-04-12T07:29:28.062035+05:45","updated_at":"2026-10-05T22:52:13.676483+05:45"}