{"id":66,"slug":"case-080-cr-0158-sunil-paudel-illegal-assets","public_iri":"https://jawafdehi.org/case/case-080-cr-0158-sunil-paudel-illegal-assets","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"सुनिल पौडेल प्रकरण–६ | सिङ्गापुर खातामार्फत खरिद कमिशन: रु. २३.७५ करोड दाबीमा रु. १२.७६ करोड स्रोत नखुलेको ठहर, २ वर्ष ६ महिना कैद (080-CR-0158)","short_description":"राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलले आफू नेतृत्व गरेका निकायका सूचना प्रविधि खरिद ठेक्कामार्फत स्वदेशी तथा विदेशी आपूर्तिकर्तासँग मोलमोलाई गरी कमिशन लिने, सो रकम सिङ्गापुरस्थित युनाईटेड ओभरसिज बैङ्कको खातामा जम्मा गर्ने र आफन्तमार्फत लगानी गरी स्रोत नखुलेको रु. २३,७५,४६,३२४।५७ सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिति २०८१।०१।०९ मा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको थियो। सहोदर दाजु अनिल पौडेललाई निजका नाममा खरिद गरिएको घरजग्गा जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको थियो । \nयस मुद्धामा विशेष अदालतले अनिल पाैडेललाइ सफाइ दिएको छ भने सुनिल पाैडेललाइ दोषी करार गरी दण्ड तथा जरिवानाको सजाय सुनाएको छ ।","authors":[{"slug":"niroj-aryal","display_name":"Niroj Aryal","name_ne":"निरोज अर्याल","photo_url":"https://jawafdehi.org/assets/teammembers/niroj.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-04-01","public_edit_history":[],"public_notes":"","thumbnail":null,"banner":null,"thumbnail_image_id":null,"banner_image_id":null,"thumbnail_url":"https://s3.jawafdehi.org/case_uploads/f69708e488c98dfe9fd10f7fee2dc6c206d890b61e3a2273b8bf8317bee39911.png","banner_url":"","case_start_date":"2024-04-21","case_end_date":"2026-07-14","dates":{"stages":[{"end":"2026-07-14","stage":"initial","start":"2024-04-21","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/080-cr-0158"}]},"status":"concluded","case_track":null,"status_override":null,"proceedings_started_on":"2024-04-21","proceedings_decided_on":"2026-07-14","appeal_verdicts":{},"appeal_parties":{},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/organization/bancotec-pte-ltd-a8e4d6","display_name":"BancTec Pte Ltd","entity_type":"Organization","type":"related","outcome":null,"notes":"आरोपित खरिद/टेन्डर प्रक्रियासँग सम्बन्धित कम्पनीका रूपमा उल्लेख ।","name":{"en":"BancTec Pte Ltd","ne":"ब्यानकटेक पिटीई लि."},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/instasafe-inc-dde27f","display_name":"Instasafe Inc","entity_type":"Organization","type":"related","outcome":null,"notes":"स्वदेशी आपूर्तिकर्तासँग साझेदारी गरी IT सामग्री आपूर्ति गरेको र कथित कमिशन कारोबारसँग जोडिएको कम्पनी ।","name":{"en":"Instasafe Inc","ne":"इन्स्टासेफ इंक"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/next-gen-solution-d2999e","display_name":"Next Gen Solution","entity_type":"Person","type":"related","outcome":null,"notes":"आरोपित खरिद/टेन्डर प्रक्रियासँग सम्बन्धित कम्पनीका रूपमा उल्लेख ।","name":{"en":"Next Gen Solution","ne":"Next Gen Solution"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/max-bc4bd2","display_name":"Max International","entity_type":"Organization","type":"related","outcome":null,"notes":"आरोपित खरिद/टेन्डर प्रक्रियासँग सम्बन्धित कम्पनीका रूपमा उल्लेख ।","name":{"en":"Max International","ne":"म्याक्स इन्टरनेशनल"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/obci-7dbcd5","display_name":"OBCI","entity_type":"Organization","type":"related","outcome":null,"notes":"स्वदेशी आपूर्तिकर्तासँग साझेदारी गरी IT सामग्री आपूर्ति गरेको र कथित कमिशन कारोबारसँग जोडिएको कम्पनी।","name":{"en":"OBCI","ne":null},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/wdn-e6fb5e","display_name":"World Distribution Nepal Pvt. Ltd.","entity_type":"Organization","type":"related","outcome":null,"notes":"सुनिल पौडेलको कार्यकालमा टेन्डर/कोटेशनमार्फत ठेक्का प्राप्त गरेको र विदेशी कम्पनीसँग साझेदारी गरी IT सामग्री आपूर्ति गरी भष्ट्रचारमा सगाएको  आरोपमा उल्लेख।","name":{"en":"World Distribution Nepal Pvt. Ltd.","ne":"वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रा.लि."},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/nepala-durasancara-kampani-limiteda-nepa-a80772","display_name":"Nepal Telecommunications Company Ltd. (Nepal Telecom)","entity_type":"Organization","type":"related","outcome":null,"notes":"सुनिल पौडेल प्रबन्ध निर्देशक रहेको संस्था। उनको वैध आय गणना गर्दा नेपाल टेलिकमबाट प्राप्त पारिश्रमिक, सुविधा तथा भ्रमण भत्ता समावेश गरिएको छ ।","name":{"en":"Nepal Telecommunications Company Ltd. (Nepal Telecom)","ne":"नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/rastriya-sucana-pravidhi-kendra-a95b34","display_name":"National Information Technology Centre","entity_type":"Organization","type":"related","outcome":null,"notes":"सुनिल पौडेल कार्यकारी निर्देशक रहेको सरकारी निकाय। आरोपित टेन्डर तथा खरिदसम्बन्धी अनियमितता मुख्यतः यसै संस्थामा उनको कार्यकालसँग सम्बन्धित छ ।","name":{"en":"National Information Technology Centre","ne":"राष्ट्रिय सूचना प्रविधि केन्द्र"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/yunaiteda-obharasija-bainka-khata-singap-0acc30","display_name":"United Overseas Bank Account - Singapore","entity_type":"Organization","type":"related","outcome":null,"notes":"अभियोगपत्रअनुसार विदेशी कम्पनीबाट प्राप्त भनिएको कमिशन रकम सुनिल पौडेलसँग सम्बन्धित सिङ्गापुरस्थित UOB खातामा प्राप्त/स्थानान्तरण गरिएको ।","name":{"en":"United Overseas Bank Account - Singapore","ne":"युनाईटेड ओभरसिज बैङ्क खाता - सिङ्गापुर"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/anila-paudela-0787c0","display_name":"Anil Poudel","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"सुनिल पौडेलका सहोदर दाजु। स्रोत नखुलेको रकमबाट उनको नाममा घरजग्गा खरिद गरिएको आरोप भएकाले उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको ।","name":{"en":"Anil Poudel","ne":"अनिल पौडेल"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/sunila-paudela","display_name":"Sunil Poudel","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक। अख्तियारका अनुसार रु. २३,७५,४६,३२४।५७ स्रोत नखुलेको सम्पत्ति आर्जन, कमिशन प्राप्ति, टेन्डरमा अनियमितता, विदेशी बैंकमा रकम राख्ने, झुट्टा सम्पत्ति विवरण पेस गर्ने तथा अस्वाभाविक उच्च जीवनस्तर कायम गर्ने आरोप । मुख्य आरोपी","name":{"en":"Sunil Poudel","ne":"सुनिल पौडेल"},"image":"https://s3.jawafdehi.org/entities/sunila-paudela-portrait.jpg"},{"nes_id":"https://jawafdehi.org/entity/location/kathmandu-singha-durbar-7aa85b","display_name":"Kathmandu, Singha Durbar","entity_type":"Place","type":"location","outcome":null,"notes":"","name":{"en":"Kathmandu, Singha Durbar","ne":"Kathmandu, Singha Durbar"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/kathmandu-np0327","display_name":"Kathmandu","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Kathmandu","ne":"काठमाडौँ"},"image":null}],"tags":["CIAA","Corruption","Telecommunications","IT","Finance","Embezzlement","Public Office Abuse","Procurement Irregularities","Kathmandu Valley","~2 Arab 37 Crore","NITC"],"description":"### क) अभियोगदावीको सार\n\nअख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिति वि सं २०८१-०१-०९ (वि सं २०२४-०४-२१) मा प्रेस विज्ञप्ति जारी गरी राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको थियो (मुद्दा दर्ता नं. 080-CR-0158)। \n\n**अभियोगपत्रका मुख्य दाबीहरू देहायबमोजिम छन्**:\n\n**१.** सुनिल पौडेल मिति वि सं २०६१-०२-२० मा राष्ट्रिय सूचना प्रविधि केन्द्रमा प्रशासकीय अधिकृतको करार पदमा नियुक्त भई विभिन्न पदमा कार्यरत रही मिति वि सं २०७५-०४-२१ मा सोही केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्त भएका र मिति वि सं २०७८-१२-२४ सम्म सोही पदमा रहेका तथा मिति वि सं २०७८-१२-२५ देखि नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा कार्यरत रहेका हुन्। यस जाँच अवधिमा निजको अंशहक, पारिश्रमिक बचत, भ्रमण भत्ता, स्रोत खुलेको शेयर बिक्री, सवारी साधन बिक्री र बैङ्क ब्याजसमेत गरी वैध आय जम्मा रु.१,१९,२४,८४६।४७ मात्र देखिएको अवस्था छ । \n\n**२.**  त्यसैगरी उनलाइ राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक भएको अवधिमा निजले आफैले टेण्डरहरूको कोटेशन (Quotation) बनाई योजनाबद्ध ढङ्गले आफूले चाहेका स्वदेशी आपूर्तिकर्ता WDN, OBCI, MAX र Next Gen Solution सँग ठेक्का सम्झौता गराएका र ती आपूर्तिकर्ताहरूले विदेशी आपूर्तिकर्ता Instasafe Inc र Bancotec Pte Ltd जस्ता कम्पनीसँग साझेदारी गरी सूचना प्रविधि सम्बन्धी सामान आपूर्ति गर्ने गरेका। सो साझेदारी बापत विदेशी कम्पनीहरूले कमिशनस्वरूप निजको सिङ्गापुरस्थित युनाईटेड ओभरसिज बैङ्कको खातामा रकम जम्मा गरेको अख्तियारको अभियोजनले देखाउछ । \n\n**३.** उक्त गैरकानूनी रकम सोही बैङ्कबाट ट्रान्सफर गरी, सहोदर दाजु अनिल पौडेलमार्फत घरजग्गा लगायतका क्षेत्रमा लगानी गरी, विदेशमा गहना/सुनचाँदी, हिरा-जवाहरात खरिद, सिङ्गापुरको प्रुण्डेसियल कम्पनीमा जीवन बीमाको प्रिमियम भुक्तानी, हवाई यात्रा, होटलबास, घरबहाल लगायतमा खर्च गरी निजले जम्मा रु.24,94,71,171।04 खर्च तथा लगानी गरेको देखिएकोले उनका दाजु अनिल पाैडेल समेतलाइ प्रतिवादी बनाइ मुद्धा दायर गरिएको छ । \n\n**४.** आय-व्यय प्रवाह विवरण (Income Expenditure Flow Chart) अनुसार वैध आय रु.१,१९,२४,८४६।४७ बाट कुल खर्च रु.24,94,71,171।04 घटाउँदा रु.२३,७५,४६,३२४।५७ बराबरको सम्पत्तिको वैधानिक स्रोत नखुलेकोले आयभन्दा व्यय बढी भई ऋणात्मक देखिएको। यसरी निजले आफू कार्यकारी प्रमुख भएका निकायमा सामग्री आपूर्ति गर्ने स्वदेशी तथा विदेशी कम्पनीसँग मोलमोलाई गरी गैरकानूनी कमिशन लिने, विदेशी बैङ्कमा खाता खोली रकम जम्मा गर्ने र आफन्तमार्फत विभिन्न क्षेत्रमा लगानी गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको अख्तियारले अभियोगपत्रमा जनाएको छ । \n\n**५.** निजले राष्ट्रसेवकको रूपमा कार्यरत रहँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम पेस गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति लुकाई/छिपाई झुट्टा विवरण पेस गरेको अख्तियारले  पुष्टि गरेको छ । \n\n**मागदाबी:**\n\n| प्रतिवादी | भूमिका/अभियोग | बिगो | मागदाबी |\n|---|---|---|---|\n| सुनिल पौडेल | राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक; गैरकानूनी सम्पत्ति आर्जन र झुट्टा सम्पत्ति विवरण | रु.२३,७५,४६,३२४।५७ | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा २० को उपदफा (२) बमोजिम बिगोअनुसार कैद र बिगोबमोजिम जरिवाना; दफा १६ को उपदफा (२) बमोजिम झुट्टा विवरण पेस गरेकोमा कैद र जरिवाना; दफा २४ बमोजिम थप सजाय; गैरकानूनी सम्पत्ति दफा २० (२), ४७, अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख., पारस्परिक कानूनी सहायता ऐन, २०७० को दफा १२ र कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा १० र ११ बमोजिम जफत/असुल उपर |\n| अनिल पौडेल | सुनिल पौडेलको सहोदर दाजु | — | स्रोत नखुल्ने सम्पत्तिबाट निज अनिल पौडेलका नाममा खरिद गरिएका घरजग्गा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र प्रतिवादी कायम |\n### प्रतिवादी सुनिल पाैडेलको बयान \nसुनिल पौडेलले आफूले अमिल्दो वा अस्वाभाविक उच्च जीवनस्तर नअपनाएको र आफ्नो जीवनयापन सामान्य रहेको दाबी गरेका छन्। अख्तियारले विदेशको बैंक खातासँग सम्बन्धित भनी पेश गरेका इमेल तथा कागजातहरू आफ्ना नभएको र ती कागजातबारे आफूलाई जानकारी नभएको उनको जिकिर छ।\n\nउनले आफूले पेश गरेको सम्पत्ति विवरण र अख्तियारको गणनाबीच देखिएको फरक नेपालमा अध्यापनबाट प्राप्त पारिश्रमिक तथा शैक्षिक र अन्य परामर्श सेवाबाट प्राप्त शुल्कलाई अख्तियारले आयस्रोतका रूपमा गणना नगरेका कारण भएको बताएका छन्। त्यसैले आफूले गैरकानूनी सम्पत्ति आर्जन नगरेको, अभियोगअनुसार सजाय हुनुपर्ने अवस्था नरहेको तथा आफ्नो र दाजु अनिल पौडेलको नाममा रहेको सम्पत्ति जफत गर्नुपर्ने अवस्था नरहेको भन्दै कसूरमा इन्कार गरेका छन्।\n\n### प्रतिवादी अनिल पाैडेलको बयान \n\nअनिल पौडेलले आफ्नो नाममा रहेको सम्पत्ति आफ्नै वैध आयस्रोतबाट आर्जन गरेको दाबी गरेका छन्। उनका अनुसार उनले व्यापार–व्यवसाय, सेयर खरिद–बिक्री, परामर्श सेवा, घरजग्गाको कारोबार, घरभाडा, जागिर, सापटी तथा बैंक ऋणबाट रकम प्राप्त गरी घरजग्गा खरिद गरेका हुन् । \n\nउनले आफ्नो अंशबण्डा मिति २०७५।०९।०२ मा काठमाडौंस्थित मालपोत कार्यालयबाट भएको र आफूले खरिद गरेका घरजग्गा स्वआर्जन तथा बैंक ऋणबाट प्राप्त रकमबाट खरिद गरेको बताएका छन् । साथै, उक्त घरजग्गा खरिदमा उनका भाइ सुनिल पौडेलको कुनै संलग्नता वा आर्थिक योगदान नरहेको स्पष्ट रूपमा जिकिर गरेका छन्  । \n\n\n###  विशेष अदालतको फैसलाको सार\n\nमिति २०८३ असार महिनाको ३० गते बसेको अध्यक्ष माननीय न्यायाधीश श्री सुदर्शनदेव भट्ट श्री हेमन्त रावल माननीय न्यायाधीश श्री डिल्लीरत्न श्रेष्ठ ज्युको संयुक्त इजलाशले अंशिक ठहर गर्दै सुनिल पाैडेललाइ  दोषी करार गरेको छ । \n\nअदालतले निम्न शिर्षकमा सो फैसला सुनाएको हो । \n\n**१. प्रतिवादीहरूले आरोप दाबी बमोजिम गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन्छ् वा हुदैन?**\n\n**२. प्रतिवादी सुनिल पौडेललाई आरोप दावी बमोजिम कसूरमा सजाय हुनु पर्ने हो वा होइन?**\n\n**३. अर्का प्रतिवादी अनिल पौडेलको हकमा निजको नाममा रहेको सम्पत्ति जफत हुनु पर्ने हो वा होइन  ?**\n\n**पहिलो प्रश्न तर्फ  **  अदालतले आय–व्ययको पुनर्गणना गरेपछि उनको कुल वैध आय रु. २,२१,५७,०८०।९४ र कुल व्यय रु. १४,९७,२७,३१८।३७ कायम गरेको छ। यसबाट वैध आयभन्दा बढी रु. १२,७५,७०,२३७।४३ बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको ठहर गरेको छ । त्यसैले अदालतको निष्कर्षअनुसार सुनिल पौडेलले रु. १२,७५,७०,२३७।४३ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको छ। साथै उक्त सम्पत्ति लुकाई- छिपाई राखेको कार्यसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) र २०(१) बमोजिमको कसूर भएको ठहर गरेको छ । \nत्यसैगरी  सुनिल र अनिलबीच मिति २०७५।०९।०२ मा अंशबण्डा भइसकेको, अनिलले नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु. ३,८०,००,००० आवास कर्जा लिएको तथा आफ्नै घरजग्गा बिक्रीबाट रु. ३,८५,००,००० प्राप्त गरेको देखिएको  साथै, सुनिलबाट लिएको रु. ५०,२०,००० सापटीसमेत सुनिलको व्ययमा गणना भइसकेको आधारहरू लिएर अनिलको नाममा रहेको सम्पत्ति सुनिलको गैरकानूनी आम्दानीबाट खरिद भएको प्रमाणित नभएकाले अदालतले सम्पत्तिको स्रोत नखुलेको भन्न नमिल्ने र जफत गर्न नमिल्ने ठहर गरेको छ । \n\n**दाै्स्रो प्रश्नमा तर्फ**- अदालतले सुनिल पाैडेललाइ दोषी ठहर गरेको छ । तर अभियोग पत्र लाइ जस्ताको त्यस्तै स्वरूपमा स्विकार भने गरेको छैन् । अभियोगपत्रमा गैरकानूनी सम्पत्ति रु. २३,७५,४६,३२४।५७ कायम गरिएको थियो। तर अदालतले केही आयस्रोतलाइ  थप मान्यता दिएको देखिन्छ, जस्तै सेयर बिक्रीबाट रु. २९,२५,९२०।७१, वैदेशिक छात्रवृत्तिबाट रु. २६,६४,००० र अध्यापन तथा परामर्शबाट रु. ५४,१५,६२६।८५, जसबाट उनको कुल वैध आय रु. २,२१,५७,०८०।९४ कायम भयो।\n\nत्यस्तै, अदालतले अभियोगमा समावेश गरिएका केही खर्चहरू प्रमाणित नभएको कारण देखाउदै हटाइयो  र सिंगापुरको बैंकमा रहेको रु. १३,५३,८६,२२६।६८ मात्र व्ययमा गणना गर्‍यो; बैंकबाट अन्यत्र ट्रान्सफर भएको रकमलाई दोहोरो गणना हुने भएकाले व्ययमा समावेश गरेन। यसरी अदालतले कुल व्यय रु. १४,९७,२७,३१८।३८ कायम गरी रु. १२,७५,७०,२३७।४३ लाई गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति कायम गरेको छ। त्यस आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) र दफा २०(१) बमोजिम कसूर गरेको ठहर गरिएको छ।\n\n**तेस्राै प्रश्नमा तर्फ**- अदालतले अनिल पौडेल र सुनिल पौडेलबीच मिति २०७५।०९।०२ मा अंशबण्डा भइसकेको देखेको छ। साथै अनिल पौडेलले नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु. ३,८०,००,००० आवास कर्जा लिएको तथा आफ्नो नाममा रहेको अन्य घरजग्गा बिक्री गरेको तथ्य पनि देखिएको छ l सुनिल पौडेलबाट अनिल पौडेलले लिएको रु. ५०,२०,००० सापटी समेत सुनिल पौडेलको व्ययमा गणना भइसकेको अदालतले उल्लेख गरेकोले जफत हुनु नपर्ने ठहर गरेको छ । \n\n**अन्ततः** अदालतले सुनिल पौडेललाई २ वर्ष ६ महिना कैद र रु. १२,७५,७०,२३७।४३ जरिवाना हुने तथा कैद मिति २०८०।११।२९ देखि गणना गरिने गरी जेल सजाय गरेको छ ।","key_allegations":["सुनिल पौडेलले राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक र नेपाल टेलिकमका प्रबन्ध निर्देशक रहँदा आफू नेतृत्वका निकायका सूचना प्रविधि सामग्री आपूर्ति कारोबारमा स्वदेशी तथा विदेशी आपूर्तिकर्तासँग मोलमोलाई गरी गैरकानूनी कमिशन लिने, विदेशी बैङ्क खातामा रकम जम्मा गर्ने र स्वदेश–विदेशमा लगानी तथा खर्च गर्ने माध्यमबाट मिति २०६१/०२/२० देखि २०७८/१२/२५ पछिको जाँच अवधिमा वैध आयभन्दा करिब रु. २३ करोड ७५ लाख बढी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको।","राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक भएको अवधिमा सुनिल पौडेलले आफैले टेन्डरका कोटेशन बनाई आफूले चाहेका स्वदेशी आपूर्तिकर्तासँग ठेक्का सम्झौता गराई ती आपूर्तिकर्तामार्फत विदेशी कम्पनीबाट कमिशन रकम सिङ्गापुरस्थित बैङ्क खातामा प्राप्त गरेको।","सुनिल पौडेलले गैरकानूनी स्रोतको रकम सहोदर दाजु अनिल पौडेलमार्फत घरजग्गा लगायतका क्षेत्रमा लगानी गराई आफ्नो सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति लुकाई झुट्टा विवरण पेस गरेको।"],"timeline":[{"date":"2004-06-02","title":"राष्ट्रिय सूचना प्रविधि केन्द्रमा प्रशासकीय अधिकृत करार नियुक्ति","date_bs":"2061-02-20","description":"सुनिल पौडेल मिति २०६१।०२।२० मा राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरवारमा प्रशासकीय अधिकृत पदमा करार सेवामा नियुक्त भई मिति २०६२।१०।२८ (2006-02-10) सम्म कार्यरत रहेको। यो अवधि गैरकानूनी सम्पत्ति आर्जनको जाँच अवधिको प्रारम्भ हो।"},{"date":"2008-06-26","title":"कम्प्युटर इन्जिनियर पदमा पुनः करार नियुक्ति","date_bs":"2065-03-12","description":"निज पुनः मिति २०६५।०३।१२ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कम्प्युटर इन्जिनियर पदमा करारमा नियुक्त भई मिति २०७५।०४।२० (2018-08-05) सम्म केन्द्रको विभिन्न पदमा कार्यरत रहेको।"},{"date":"2018-08-06","title":"रासूप्रके कार्यकारी निर्देशक हुँदा कमिशन लिएको आरोप अवधि","date_bs":"2075-04-21","description":"मिति २०७५।०४।२१ देखि २०७८।१२।२४ सम्म राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक रहँदा आफैले टेण्डरको कोटेशन बनाई WDN, OBCI, MAX, Next Gen Solution जस्ता स्वदेशी आपूर्तिकर्तासँग ठेक्का सम्झौता गरी, ती कम्पनीहरूले Instasafe Inc र Bancotec Pte Ltd जस्ता विदेशी कम्पनीसँग साझेदारी गरेबापत प्राप्त कमिशन सिंगापुरस्थित युनाईटेड ओभरसिज बैङ्क खातामा जम्मा गरेको आरोप।"},{"date":"2022-04-08","title":"नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्ति","date_bs":"2078-12-25","description":"मिति २०७८।१२।२५ देखि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदमा नियुक्त भई कार्यरत रहेको। यही हैसियतमा रहँदासमेत अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको आरोप।"},{"date":"2024-04-21","title":"विशेष अदालतमा आरोपपत्र दायर र प्रेस विज्ञप्ति","date_bs":"2081-01-09","description":"मिति २०८१।०१।०९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनिल पौडेलविरुद्ध रु.२३,७५,४६,३२४।५७ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१)/(२), दफा १६(२), दफा २४ बमोजिम कैद, जरिवाना र जफत मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरी सोही दिन प्रेस विज्ञप्ति प्रकाशित गरेको। स्रोत नखुलेको सम्पत्तिबाट सहोदर दाजु अनिल पौडेलका नाममा खरिद गरिएका घरजग्गा जफत गर्ने प्रयोजनार्थ निजलाई समेत प्रतिवादी कायम गरिएको।"},{"date":"2026-07-14","title":"माननीय न्यायाधीश श्री सुदर्शनदेव भट्ट श्री हेमन्त रावल माननीय न्यायाधीश श्री डिल्लीरत्न श्रेष्ठ ज्युको संयुक्त इजलाशले सुनिल पाैडेललाइ अंशिक ठहर गर्दे दोषी करार गरेको छ  पुर्ण पाठ उपलव्द नभइसकेकोले यस बारेमा जानकारी प्रधान गर्न असमर्थ ।","date_bs":"2083-03-30","description":""},{"date":"2024-04-24","title":"थुनछेक आदेश — प्रतिवादी थुनामा","date_bs":"2081-01-12","description":"विशेष अदालतले मिति २०८१।०१।१२ मा थुनछेक आदेशमार्फत प्रतिवादी सुनिल पौडेललाई थुनामा राख्ने आदेश गरेको। मुद्दा हाल विशेष अदालतमा चलिरहेको अवस्थामा छ।"},{"date":"2026-07-14","title":"अन्ततः अदालतले सुनिल पौडेललाई २ वर्ष ६ महिना कैद र रु. १२,७५,७०,२३७।४३ जरिवाना हुने तथा कैद मिति २०८०।११।२९ देखि गणना गरिने ठहर गरेको छ ।  अनिल पाैडेलको खण्डमा उनलाइ सफाइ दिएको अवस्था छ ।","date_bs":"2083-03-30","description":""}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/ciaa_press_release/2639","additional_details":"सुनिल पौडेलविरुद्धको  दायर गरिएको गैरकानुनी सम्पती आर्जन, स्रोत नखुलेको सम्पत्ति, कमिशन प्राप्ति र झुट्टा सम्पत्ति विवरण  पेश गरेको  सम्बन्धमा विशेष अदालतमा अभियोजन लगाइएको सम्बन्धी जानकारी दिनको निमित्त गरिएको प्रेश विज्ञप्ती","material":{"display_name":"राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।","material_type":"press_release","urls":[{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2639. राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार क - 2.pdf","role":"RAW"},{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2639. राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार क - 1.doc","role":"ALTERNATE"},{"link":"https://ciaa.gov.np/pressrelease/2639","role":"SOURCE_PAGE"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260608.ba5391eb","additional_details":"सुनिल पाैडेलको  स्रोत नखुलेको सम्पत्ति सम्बन्धी अभियोग, २३ करोड  बिगो रकम सहित मुद्धा दायर सम्बन्धी  समाचार","material":{"display_name":"सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा, पौने २४ करोड गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर - बाह्रखरी :: Baahrakhari","material_type":"news","urls":[{"link":"https://baahrakhari.com/detail/418545","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/1a3713eb29d8503b9c490c64adfc6edecedf92fbf67ffcacddbb88af289e1bab.md","role":"MARKDOWN"},{"link":"https://web.archive.org/web/20260612200541/https://baahrakhari.com/detail/418545","role":"PERMALINK"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260608.c3a04ede","additional_details":"२३ करोड ७५ लाख बिगो दाबीसहित सुनिल पौडेलविरुद्ध विशेष अदालतमा गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा दायर सम्बन्धमा छापिएको  समाचार ।","material":{"display_name":"सुनिल पौडेलको भ्रष्टाचार मुद्दामा सिंगापुरको खाता विवरण झिकाउन आदेश - कान्तिपुर","material_type":"news","urls":[{"link":"https://ekantipur.com/news/2026/02/24/order-to-extract-singapore-account-details-in-sunil-poudels-corruption-case-37-44.html","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/fe2cae88038a0461e7f777d4fd0d239d318bc52e702b0c707f944080e3e343fd.md","role":"MARKDOWN"},{"link":"https://web.archive.org/web/20260424205342/https://ekantipur.com/news/2026/02/24/order-to-extract-singapore-account-details-in-sunil-poudels-corruption-case-37-44.html","role":"PERMALINK"}]}},{"material_iri":"https://jawafdehi.org/material/document/20260304.13cf884f","additional_details":"मिति २०७८/१२/२५ मा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदमा सुनिल पौडेल नियुक्त भएको मन्त्रिपरिषद्को निर्णय ।","material":{"display_name":"मन्त्री परिषदको निर्णय: 2078 Chaitra 24","material_type":"document","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/63bccd215b880c25a1c032adec99776f9a989b70009b3f0c2995ec0dc8f453b2.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/6f1891991d213c5e40e4c721f4d963a340125e5c7eb422b9c1e979297da0add4.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260325.ae8de39b","additional_details":"२३ करोड ७५ लाख बिगो दाबीसहित सुनिल पौडेलविरुद्ध विशेष अदालतमा गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा दायर सम्बन्धमा छापिएको  समाचार ।","material":{"display_name":"प्रशाशन","material_type":"news","urls":[{"link":"https://prasashan.com/2024/04/21/547536/","role":"RAW"},{"link":"https://web.archive.org/web/20260325110409/https://prasashan.com/2024/04/21/547536/","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/b1a4ad66622dd9b05a3ee8c1c958f39bc6681c90ac103047725982bb401adcfe.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/document/20260331.600aa374","additional_details":"अनलाइनखबरमा प्रकाशित समाचार: अख्तियारले सुनिल पौडेलविरुद्ध रु. २३.७५ करोड बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको विवरण ।","material":{"display_name":"Online Khabar","material_type":"document","urls":[{"link":"https://www.onlinekhabar.com/2024/04/1467782/corruption-case-filed-against-sunil-paudel-claim-of-23-75-million-bigos","role":"RAW"},{"link":"https://web.archive.org/web/20250908062956/https://www.onlinekhabar.com/2024/04/1467782/corruption-case-filed-against-sunil-paudel-claim-of-23-75-million-bigos","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/3c349eb38be0191f82ad9eff4b884c146d1ad41ceba02c3f5bf4caab9ac88956.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/special.080-cr-0158","additional_details":"मिति २०८३।०३।३० को फैसलाको पूर्णपाठ (निर्णय नं. ८७)। स्रोत: NGM।","material":{"display_name":"विशेष अदालतको फैसला — नेपाल सरकार विरुद्ध सुनिल पौडेल समेत २ (मुद्दा नं. ०८०-CR-०१५८, निर्णय नं. ८७)","material_type":"court_order","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/e810179dcfa9249eb88f6a2492f7c867a5008bb1fbd794477c2abf71fa36aaab.doc","role":"RAW"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/080-cr-0158"],"missing_details":"क. अभियोग पत्र प्राप्त नभएको, \n\nख. साक्षी वकपत्रको सक्कल प्रतिलिपि प्रस्तुत गर्न नसकेको र साक्षीले गरेको बयान अदालतमा प्रस्तुत गरिएको संक्षिप्त बयानको अधिनमा रहेको  \n\nग.  पुनरावेदन गरे नगरेको जानकारी नरहेको ।","bigo":237546324,"weight":0,"versionInfo":{"action":"published","datetime":"2026-09-18T15:22:07.622078+00:00"},"created_at":"2026-05-05T20:39:21.264870+05:45","updated_at":"2026-10-05T21:33:38.027659+05:45"}