{"id":81,"slug":"case-080-cr-0093-min-bhattarai-illegal-assets","public_iri":"https://jawafdehi.org/case/case-080-cr-0093-min-bhattarai-illegal-assets","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"मालपोत अधिकृत मिन बहादुर भट्टराईले रु. ४.४० करोड स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा (080-CR-0093)","short_description":"मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत  प्रतिवादीले  सेवा अवधिमा वैध आयभन्दा बढी आर्जन गरेको रु. ४.४० करोड स्रोत नखुलेको सम्पत्तिले श्रीमतीको नाममा समेत जग्गा खरिद तथा लगानी गरेको आरोपमा अख्तियारले प्रतिवादीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतले जाँच अवधिलाई खण्डित गरी गरिएको अनुसन्धान पद्धति नै त्रुटिपूर्ण रहेको र आरोपपत्रमा गणना नगरिएको घरजग्गा बिक्री आय समेत जोड्दा आय नै व्ययभन्दा बढी हुने ठहर गर्दै दुवै प्रतिवादीलाई सफाइ दिएको थियो । उक्त फैसलाविरुद्ध  पुनरावेदन दर्ता भई मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।","authors":[{"slug":"subodh-kandel","display_name":"Subodh Kandel","name_ne":"सुबोध कँडेल","photo_url":"https://jawafdehi.org/assets/teammembers/subodh.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-07-22","public_edit_history":[],"public_notes":"**Case Summerized by Subodh Kandel\nFirst Published on 2082/04/05**","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/11bc80b11f5b08e72df71289d73ac06ffab5b852f34707a0c252ff9077d77ea8.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/5e694c61e0d43f88b9f3459cf91e8d88a3d73359582305088727b59ecbeafd47.webp 400w, https://s3.jawafdehi.org/case_uploads/4fdd10dd73c9d323c4ab5f28712169606d29197e4cb735349bb7b6a45ba5055e.webp 800w, https://s3.jawafdehi.org/case_uploads/11bc80b11f5b08e72df71289d73ac06ffab5b852f34707a0c252ff9077d77ea8.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/26881c405f6740be2bf7b513608ea1666bc8d97a3e56fa6dee2ccdcb2bc1404f.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/de9abf9685781434d11ffe9545a3084a571b91242bd255fe49a2485e5d4d679a.webp 640w, https://s3.jawafdehi.org/case_uploads/ca7dd3d3f7242cb2d82e925af084836d86a5e8f91d56ef9a7ed40d21985c79e2.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/26881c405f6740be2bf7b513608ea1666bc8d97a3e56fa6dee2ccdcb2bc1404f.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":343,"banner_image_id":257,"thumbnail_url":"","banner_url":"","case_start_date":"2024-01-30","case_end_date":"2024-06-23","dates":{"stages":[{"end":"2024-06-23","stage":"initial","start":"2024-01-30","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/080-cr-0093"}]},"status":"concluded","case_track":null,"status_override":null,"proceedings_started_on":"2024-01-30","proceedings_decided_on":"2024-06-23","appeal_verdicts":{},"appeal_parties":{},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/person/jhuna-kumari-katheta-508e18","display_name":"Juna Kumari Kathet","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"प्रतिवादी मिन बहादुर भट्टराईकी कान्छी श्रीमती — सम्पत्ति जफत प्रयोजनार्थ मात्र प्रतिवादी","name":{"en":"Juna Kumari Kathet","ne":"झुना कुमारी कठेत"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/mina-bahadura-bhattarai-db286e","display_name":"Min Bahadur Bhattarai","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"तत्कालीन मालपोत अधिकृत, मालपोत कार्यालय ललितपुर (हाल शाखा अधिकृत, आठौं) — मुख्य प्रतिवादी","name":{"en":"Min Bahadur Bhattarai","ne":"मिन बहादुर भट्टराई"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/bhumisudhara-tatha-malapota-karyalaya-la-603932","display_name":"Land Reform and Revenue Office - Lalitpur","entity_type":"Organization","type":"location","outcome":null,"notes":"प्रतिवादी मालपोत अधिकृत रहेको कार्यालय","name":{"en":"Land Reform and Revenue Office - Lalitpur","ne":"भूमिसुधार तथा मालपोत कार्यालय - ललितपुर"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/bhumisudhara-tatha-malapota-karyalaya-la-27fd1c","display_name":"Land Reform and Malipot Office, Lalitpur","entity_type":"Organization","type":"related","outcome":null,"notes":"प्रतिवादी मालपोत अधिकृत रहेको कार्यालय","name":{"en":"Land Reform and Malipot Office, Lalitpur","ne":"भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुर"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/udyoga-paryatana-vana-tatha-vatarana-man-78f84a","display_name":"Ministry of Industry, Tourism, Forest and Environment, Madhes Province","entity_type":"Organization","type":"related","outcome":null,"notes":"आरोपपत्र दायर हुँदा प्रतिवादी शाखा अधिकृत (आठौं) रहेको मन्त्रालय","name":{"en":"Ministry of Industry, Tourism, Forest and Environment, Madhes Province","ne":"उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय, मधेस प्रदेश"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/government/body/ciaa","display_name":"Commission for the Investigation of Abuse of Authority","entity_type":"GovernmentOrganization","type":"related","outcome":null,"notes":"अनुसन्धान गरी मुद्दा दायर गर्ने निकाय (वादी)","name":{"en":"Commission for the Investigation of Abuse of Authority","ne":"अख्तियार दुरुपयोग अनुसन्धान आयोग"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/lalitpur-np0325","display_name":"Lalitpur","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"मुद्दा सम्बन्धित जिल्ला","name":{"en":"Lalitpur","ne":"ललितपुर"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/province/bagmati-np03","display_name":"Bagmati Province","entity_type":"AdministrativeArea,jawafdehi:Province","type":"location","outcome":null,"notes":"मुद्दा सम्बन्धित प्रदेश","name":{"en":"Bagmati Province","ne":"वाग्मती प्रदेश"},"image":null}],"tags":["CIAA","Corruption","Land Management","Assets Beyond Known Income","Public Office Abuse","Illegal Property Acquisition"],"description":"प्रतिवादी मिन बहादुर भट्टराईले मिति २०५४।०४।२६ मा जिल्ला हुलाक कार्यालय, सोलुखुम्बुबाट नायब सुब्बा पदमा सार्वजनिक सेवामा प्रवेश गरेका थिए। त्यसपछि निजले हुलाक, यातायात व्यवस्था, स्थानीय विकास र भूमिसुधार लगायतका विभिन्न सरकारी कार्यालयहरूमा क्रमशः सरुवा भई सेवा गरेका थिए र अन्ततः मालपोत कार्यालय, ललितपुरमा मालपोत अधिकृतको पदमा कार्यरत रहेका थिए। निजविरुद्ध सार्वजनिक पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्ने बेहोराको उजुरी उ.द.नं. ८०२७, मिति २०७३।०२।११ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको थियो। पछि यातायात व्यवस्था कार्यालय, सिराहाका प्रमुखको हैसियतले पनि अवैध रकम असुली र लाइसेन्स खुला रूपमा बिक्री वितरण गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने थप उजुरी समेत प्राप्त भएको थियो। प्रारम्भिक छानबिनबाट निजको बहाल अवधिभरको वैध आय भन्दा व्यय बढी देखिएकोले स्रोत नखुलेको सम्पत्तिका सम्बन्धमा निज र सगोलका परिवारको विस्तृत अनुसन्धान गर्नुपर्ने देखिएको थियो।\n\n  \n\n****आरोपपत्रको सार****\n\n  \n\n****जाँच अवधिः**** अनुसन्धानको लागि निज मिन बहादुर भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४।०४।२६ देखि मिति २०७९।०२।३० सम्मको अवधिलाई जाँच अवधि कायम गरी आय-व्ययको विस्तृत विश्लेषण गरिएको थियो।\n\nविस्तृत अनुसन्धानबाट प्रतिवादी मिन बहादुर भट्टराईले उल्लिखित जाँच अवधिभर सार्वजनिक पदमा बहाल रहँदा तलब, भत्ता, अंशबण्डा, जग्गा तथा शेयर बिक्री, कृषि आय, ऋण सापटी लगायतका स्रोतबाट प्राप्त कुल वैध आयभन्दा जग्गा खरिद, शेयर खरिद, बीमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, ऋण सापटी फिर्ता लगायतमा गरेको कुल व्यय बढी रहेको र सो फरक पर्ने रकमको स्रोत खुल्न नसकेको पाइएको थियो। यसरी स्रोत नखुली आर्जन भएको सम्पत्ति निज मिन बहादुर भट्टराई र निजकी कान्छी श्रीमती झुना कुमारी कठेतको नाममा रहेको काठमाडौं महानगरपालिका वडा नं. १० स्थित कित्ता नं. ५६ र १८० को जग्गा (टहरा सहित) खरिदमा लगानी भएको देखिएको थियो।\n\nप्रतिवादी मिन बहादुर भट्टराईले मालपोत अधिकृत लगायतका सार्वजनिक पदमा बहाल रहँदा सोही पदीय हैसियतको दुरुपयोग गरी वैध आय स्रोतभन्दा बढी सम्पत्ति आर्जन गरेको आरोप लगाइएको थियो। निजकी कान्छी श्रीमती झुना कुमारी कठेतलाई भने अलग्गै भ्रष्टाचारजन्य कसुर गरेको आरोप नलगाई, स्रोत नखुलेको सम्पत्ति निजको नाममा समेत राखिएकोले सो सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको थियो।\n\n| विवरण                                                 | रकम                |\n| ----------------------------------------------------- | ------------------ |\n| जाँच अवधिभरको कुल खर्च तथा लगानी                      | रु.१०,२३,९२,२८८।१५ |\n| स्रोत पुष्टि भएको (वैध आयबाट भएको) खर्च/सम्पत्ति      | रु.५,८३,७६,३६२।२९  |\n| स्रोत पुष्टि नभएको (गैरकानूनी) सम्पत्ति — आरोपित बिगो | रु.४,४०,१५,९२५।८६  |\n\n****स्रोत पुष्टी नभएका शिर्षकहरु****\n\n| शीर्षक                               | रकम               |\n| ------------------------------------ | ----------------- |\n| जग्गा खरिद (रजिष्ट्रेशन दस्तुर समेत) | रु.४,३९,१९,१९०।८६ |\n| बीमा प्रिमियम भुक्तानी               | रु.६५,७३५।-       |\n| शेयर खरिद                            | रु.३१,०००।-       |\n| जम्मा                                | रु.४,४०,१५,९२५।८६ |\n\nअनुसन्धानबाट प्रतिवादी मिन बहादुर भट्टराईले स्रोत नखुली आर्जन गरेको गैरकानूनी सम्पत्ति रु.४,४०,१५,९२५।८६ (चार करोड चालिस लाख पन्ध्र हजार नौ सय पच्चिस रुपैया छयासी पैसा) कायम गरिएको थियो। सो रकम काठमाडौं महानगरपालिका वडा नं. १० स्थित कित्ता नं. ५६ र १८० को जग्गा (टहरा सहित) मा लगानी भएको देखिएकोले सोही जग्गाबाट विगो असुल र जफत गरी पाउँ भन्ने मागदाबी लिइएको थियो।\n\nअनुसन्धानबाट देखिएका माथिका तथ्यहरूका आधारमा प्रतिवादी मिन बहादुर भट्टराईले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको देखिँदा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा अभियोग दायर गरिएको थियो। निजलाई विगो रु.४,४०,१५,९२५।८६ कायम गरी साविक ऐनको दफा १५ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित ऐनको दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय हुन मागदाबी लिइएको थियो।\n\nसाथै, प्रतिवादी मिन बहादुर भट्टराई र झुना कुमारी कठेतको नाममा हाल कायम रहेको स्रोत नखुलेको सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा १६ ग., दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम जफत/असुल उपर गरी पाउन समेत मागदाबी लिइएको थियो।\n\n| प्रतिवादी          | आरोप                                                                                                  | कानुनी व्यवस्था                                                                                                                                                                                                                                            |\n| ------------------ | ----------------------------------------------------------------------------------------------------- | ---------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------- |\n| मिन बहादुर भट्टराई | सार्वजनिक पदको दुरुपयोग गरी वैध आयभन्दा बढी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको                       | साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५; प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) (कसुर); साविकको दफा ३ र प्रचलित कानुनको दफा २० को उपदफा (२) (सजाय);  साविकको दफा १६ ग., दफा २९ को उपदफा (१) र प्रचलित कानुनको  दफा ४७ (जफत/असुल उपर) |\n| झुना कुमारी कठेत   | स्रोत नखुलेको सम्पत्ति आफ्नो नाममा राखेको हुँदा सो सम्पत्ति जफतको प्रयोजनका लागि मात्र प्रतिवादी कायम | साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा १६ ग., दफा २९ को उपदफा (१); प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७; अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. (जफत/असुल उपर)                                        |\n\n****प्रतिवादीहरूको बयान (अदालत समक्ष)****\n\n  \n\n****प्रतिवादी मिन बहादुर भट्टराईले मिति २०८१।०१।०३ गते अदालत समक्ष गरेको बयानः**** बयानमा उनले आफ्नो र परिवारको सम्पूर्ण सम्पत्तिको स्रोत स्पष्ट रहेको दाबी गरेका थिए। निजले पारिश्रमिक र भत्ता, अंशबण्डाबापत प्राप्त नगद, जग्गा तथा शेयर बिक्री, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण, कृषि आय, बिमा फिर्ता, व्यक्तिगत सापटी, ब्याज आय, घरबहाल आय, विप्रेषण, ट्युसन आय र विवाहमा प्राप्त टीकाटाला लगायतका विभिन्न स्रोतबाट भएको आफ्नो जम्मा आय व्ययभन्दा बढी रहेको भन्दै प्रमाण मिसिलसाथ आय-व्ययको विस्तृत विवरण पेस गरेको व्यक्त गरेका थिए। आयको तुलनामा दश प्रतिशतसम्मको बढी व्ययलाई अस्वाभाविक सम्पत्ति नमानिने न्यायिक मान्यता समेतलाई आधार बनाई आफूले कुनै गैरकानूनी सम्पत्ति आर्जन नगरेको, आफूमाथि लगाइएको आरोप झुटो र निराधार रहेको जिकिर गर्दै सफाइ माग गरेका थिए।\n\n****प्रतिवादी झुनाकुमारी कठेतको बयानः**** झुनाकुमारी कठेतले सोही मितिमा गरेको बयानमा घरको आर्थिक कारोबार श्रीमान् मिन बहादुर भट्टराईले नै गर्ने भएकाले सम्पत्तिको स्रोतका सम्बन्धमा श्रीमानले पेस गरेको बयान, लिखित प्रतिवाद र प्रमाण कागजातकै आधारमा आफ्नो हकमा समेत आय-व्यय गणना गरिपाउँ भन्ने जिकिर गरेकी थिइन्। श्रीमानले पेस गरेका प्रमाणबाट नै व्ययभन्दा आय बढी देखिने भएकाले आफूहरूले कुनै गैरकानूनी सम्पत्ति आर्जन नगरेको र आफू निर्दोष रहेको दाबी गर्दै सफाइ माग गरेकी थिइन्।\n\n****विशेष अदालतको फैसलाको सार****\n\n  \n\nविशेष अदालतले यस मुद्दामा मुख्यतः दुई विषयमा निर्णय गर्नुपरेको थियो:\n\n(****क) प्रतिवादी मिन बहादुर भट्टराईको जाँच अवधिको आय-व्यय गणना कुन पद्धतिबाट हुनुपर्ने हो, र****\n\n****(ख) सोअनुसार गणना गर्दा निजले आरोप दाबी बमोजिम गैरकानूनी सम्पत्ति आर्जन गरेको देखिन्छ वा देखिँदैन।****\n\nअदालतले सर्वप्रथम अनुसन्धान पद्धतिमाथि नै प्रश्न उठाएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाँच अवधिलाई विभिन्न Cut-off मितिहरूमा खण्डित गरी Cash flow विधिबाट आय-व्यय गणना गरेकोमा अदालतले त्यसरी खण्डित गर्नुको कुनै वैज्ञानिक वा सैद्धान्तिक आधार आरोपपत्रमा नदेखिएको ठहर गर्‍यो। सर्वोच्च अदालतबाट प्रतिपादित नजिर (****नेपाल सरकार वि. राम पन्त, नेपाल सरकार वि. वीरेन्द्र कुमार सिंह, तथा युवराज शर्मा वि. नेपाल सरकार****) उद्धृत गर्दै, अदालतले यस्ता अकुत सम्पत्ति आर्जनको मुद्दामा जाँच अवधिलाई खण्डित नगरी सेवा प्रवेशको मितिदेखि मुद्दा दर्ता हुने मितिसम्मको समग्र अवधिलाई एउटै अवधि मानी आय-व्यय गणना गर्नुपर्ने ठहर गर्‍यो।\n\nयसै आधारलाई मध्य नजर गर्दै अदालतले आरोपपत्रमा आयतर्फ गणना नगरेको दुई कित्ता घरजग्गा बिक्रीबापत प्राप्त रकम (रु.३,९०,००,०००।- र रु.८०,००,०००।- गरी जम्मा रु.४,७०,००,०००।-) लाई पनि वैध आयमा गणना गर्नुपर्ने देखायो। यसो गर्दा प्रतिवादीको वैध आय आरोपित बिगो रु.४,४०,१५,९२५।८६ भन्दा रु.२९,८४,०७४।१४ ले बढी हुन आउने भएकोले, समग्र जाँच अवधिमा प्रतिवादीको व्यय भन्दा आय नै बढी रहेको निष्कर्षमा अदालत पुग्यो। साथै अदालतले सम्पत्ति स्रोत पुष्टि गर्ने भार (evidentiary burden) प्रतिवादीमा रहने भए तापनि सोअघि सम्पत्ति अस्वाभाविक/अमिल्दो रहेको तथ्य वादीले नै पुष्टि गर्नुपर्ने हुदा, प्रस्तुत मुद्दामा वादीको अनुसन्धान पद्धति नै त्रुटिपूर्ण रहेकोले सो भार वादिले पूरा हुन नसकेको औंल्यायो।\n\nउपर्युक्त आधारमा विशेष अदालतले प्रतिवादी मिन बहादुर भट्टराई र झुना कुमारी कठेत दुवैलाई आरोप दाबीबाट सफाइ दियो। मिन बहादुर भट्टराईले धरौटी बापत दाखिला गरेको नगद रु.१,००,०००।- र अनुसन्धानका क्रममा रोक्का रहेका चल-अचल सम्पत्ति तथा बैंक खाताहरू मुद्दा अन्तिम भएपछि नियमानुसार फिर्ता/फुकुवा गर्ने आदेश भयो। फैसला चित्त नबुझने पक्षले ३५ दिनभित्र सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिने व्यहोरा समेत उल्लेख गर्यो ।\n\n\n**पुनरावेदन**\n\nउक्त फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको छ। उक्त पुनरावेदन (मुद्दा नं.080-CR-0053) हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।","key_allegations":["प्रतिवादी मिन बहादुर भट्टराईले सार्वजनिक पदमा (मालपोत अधिकृत लगायत) बहाल रहँदा वैध आय स्रोतभन्दा बढी सम्पत्ति आर्जन गरी सोको वैध स्रोत पुष्टि गर्न नसकेको,","प्रतिवादीले काठमाडौं महानगरपालिका वडा नं. १० स्थित कित्ता नं. ५६ र १८० को जग्गा (टहरा सहित) खरिदमा स्रोत नखुलेको रकम लगानी गरेको,","प्रतिवादीकी कान्छी श्रीमती झुना कुमारी कठेतको नाममा समेत उक्त स्रोत नखुलेको सम्पत्ति राखिएकोले सो सम्पत्ति जफत गर्ने प्रयोजनका लागि निजलाई समेत प्रतिवादी कायम गरिएको,","प्रतिवादी मिन बहादुर भट्टराई विरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० बमोजिम गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी कसुरमा अभियोग दायर गरिएको,"],"timeline":[{"date":"1997-08-10","title":"सार्वजनिक सेवामा प्रवेश","date_bs":"2054-04-26","description":"प्रतिवादी मिन बहादुर भट्टराईले जिल्ला हुलाक कार्यालय, सोलुखुम्बुमा नायब सुब्बा पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए। पछि यही मितिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति जाँच अवधि गणना गर्ने प्रारम्भिक बिन्दुको आधार बनाएको थियो।"},{"date":"2012-08-08","title":"पहिलो उजुरी दर्ता","date_bs":"2069-04-24","description":"प्रतिवादीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता नं.५५० अन्तर्गत गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी पहिलो उजुरी दर्ता भई अनुसन्धान भएको थियो।"},{"date":"2013-07-03","title":"आयोगको प्रारम्भिक निर्णय (तामेली)","date_bs":"2070-03-19","description":"पहिलो उजुरीको अनुसन्धानपछि आयोगको निर्णय नं.५९२ अनुसार प्रतिवादीको उक्त अवधिसम्मको खर्चभन्दा आय रु.१५,७९,९५३।– बढी देखिएको आधारमा उजुरी तामेलीमा राखिएको थियो।"},{"date":"2016-05-24","title":"पुनः उजुरी दर्ता र अनुसन्धान सुरु","date_bs":"2073-02-11","description":"उ.द.नं. ८०२७ अन्तर्गत प्रतिवादीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी नयाँ उजुरी दर्ता भई पुनः अनुसन्धान प्रारम्भ भएको थियो। यस पटकको अनुसन्धानमा पहिले नखुलाइएका आय-व्ययका थप तथ्य र प्रमाणहरू फेला परेका थिए।"},{"date":"2022-05-22","title":"दोस्रो पटक छानबिन अधिकृत तोकिई जाँच अवधि निर्धारण","date_bs":"2079-02-08","description":"आयोगले दोस्रो पटक छानबिन अधिकृत तोकेको र यही मितिलाई आधार मानी सो महिनाको मसान्त अर्थात् मिति २०७९।०२।३० सम्मलाई सम्पत्ति जाँच अवधिको अन्त्य बिन्दुको रूपमा कायम गरेको थियो।"},{"date":"2024-01-30","title":"आरोपपत्र दायर / मुद्दा दर्ता","date_bs":"2080-10-16","description":"अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी मिन बहादुर भट्टराई र झुना कुमारी कठेतविरुद्ध रु.४,४०,१५,९२५।८६ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरी मुद्दा दर्ता गराएको थियो।"},{"date":"2024-06-23","title":"विशेष अदालतको फैसला","date_bs":"2081-03-09","description":"विशेष अदालतले जाँच अवधिको पद्धति र प्रमाणको मूल्याङ्कनमा आयोगको अनुसन्धान विधिमा त्रुटि रहेको भन्दै समग्र जाँच अवधि (२०५४।०४।२६ देखि मुद्दा दर्ता मिति २०८०।१०।०४ सम्म) मा प्रतिवादीको खर्चभन्दा आय बढी देखिएको ठहर गरी प्रतिवादीहरू मिन बहादुर भट्टराई र झुना कुमारी कठेतलाई आरोपदाबीबाट सफाइ दिने फैसला सुनायो। फैसलाविरुद्ध ३५ दिनभित्र सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिने व्यवस्था फैसलामा उल्लेख गरिएको थियो।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/ciaa_press_release/2559","additional_details":"यो प्रेस विज्ञप्ति यस मुद्दा (080-CR-0093) मा मिन बहादुर भट्टराईउपर स्रोत नखुलेको रु. ४.४० करोड सम्पत्ति आर्जन गरेको आरोपपत्र दायर भएको कुरा पुष्टि गर्ने प्राथमिक अभिलेख हो, जसले बिगो रकम, अनुसन्धान अवधि र आकर्षित कानूनी दफाहरूको स्रोत प्रदान गर्दछ। यसले श्रीमती झुना कुमारी कठेतको नाममा सम्पत्ति राखी जफत प्रयोजनार्थ प्रतिवादी कायम गरिएको आरोपलाई समेत प्रत्यक्ष आधार दिन्छ।","material":{"display_name":"भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय, मधेस प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत (आठौं) मिन बहादुर भट्टराईउपर बिगो रु.४,४०,१५,९२५।८६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।","material_type":"press_release","urls":[{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2559. भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यट - 2.pdf","role":"RAW"},{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2559. भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यट - 1.doc","role":"ALTERNATE"},{"link":"https://ciaa.gov.np/pressrelease/2559","role":"SOURCE_PAGE"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/special.080-cr-0093","additional_details":"यस मुद्दामा यो फैसला प्राथमिक न्यायिक अभिलेख हो, जसले मिन बहादुर भट्टराईले वैध आयभन्दा करिब रू. ४.४० करोड स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको र सो सम्पत्ति कान्छी श्रीमती झुना कुमारी कठेतको नाममा समेत राखेको आरोपको आधिकारिक तथ्याङ्क, आय-व्ययको तुलनात्मक विश्लेषण र अदालती कार्यवाही प्रत्यक्ष रूपमा प्रमाणित गर्छ। यो जाँच अवधि, विगो रकम तथा प्रतिवादीहरूको कानूनी हैसियत सम्बन्धी मूल अभिलेखीय स्रोत भएकाले तीनै मुख्य आरोपका लागि केन्द्रीय प्रमाणको रूपमा रहन्छ।","material":{"display_name":"080-CR-0093 आदेश","material_type":"court_order","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/court-orders/special/080-CR-0093.1.doc","role":"RAW"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260608.ec91bffa","additional_details":"यो समाचार रिपोर्ट यस मुद्दा (080-CR-0093) को बिगो रकम, अनुसन्धान अवधि, वैध आय तथा खर्च/लगानीको आँकडा र कान्छी श्रीमतीको नाममा सम्पत्ति राखिएको आरोपलाई पुष्टि गर्ने सहायक/पृष्ठभूमि सामग्री हो। यो प्राथमिक अभिलेख नभई अख्तियारको विज्ञप्तिमा आधारित मिडिया प्रतिवेदन भएकाले स्रोत नखुलेको सम्पत्ति आर्जनसम्बन्धी मूल अभियोग दस्तावेजहरूको समर्थन (corroboration) मात्र दिन्छ।","material":{"display_name":"मालपोत अधिकृतले १५ वर्षमा ४ करोड कमाएपछि भ्रष्टाचार मुद्दा दायर - नेपाल समय :: Nepal Samaya - Online News Portal","material_type":"news","urls":[{"link":"https://nepalsamaya.com/detail/120831","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/03193c6e6c5a92844cd4e9ea6bd2f57adf7a9c3bc1cb347fd7c380205a24cea9.md","role":"MARKDOWN"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/080-cr-0093","https://jawafdehi.org/courtcase/supreme/081-cr-2211"],"missing_details":"यस मुद्दाको आरोपपत्र सार्वजनिक भएको छैन भने यसमा उल्लिखित विवरणहरु विशेष अदालतको फैसलामा आधारित छन्।","bigo":44015925,"weight":0,"versionInfo":{"action":"published","datetime":"2026-07-22T12:17:07.133880+00:00"},"created_at":"2026-05-05T20:34:30.835908+05:45","updated_at":"2026-09-03T09:17:09.347918+05:45"}