{"id":99,"slug":"case-080-cr-0014-sakir-ahmad-illegal-assets","public_iri":"https://jawafdehi.org/case/case-080-cr-0014-sakir-ahmad-illegal-assets","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"कृष्णनगर नगरपालिकाका कर्मचारी साकिर अहमदले रु. १.५५ करोड स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा (080-CR-0014)","short_description":"कपिलवस्तुको कृष्णनगर नगरपालिकाका पाँचौँ तहका कर्मचारी रहेका प्रतिवादीले सेवा अवधिमा वैध आयभन्दा बढी रु. १.५५ करोड स्रोत नखुलेको सम्पत्ति आर्जन गरी श्रीमती र छोराको नाममा समेत जग्गा, शेयर तथा लगानी गरेको आरोपमा अख्तियारले प्रतिवादीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतले आयोगले अपनाएको (Cut-off) जाँच अवधिको पद्धति अस्वीकार गर्दै समग्र जाँच अवधिको आय–व्यय एकमुष्ट गणना गर्दा वैध आय रु. ४,८४,४७,७२८।७९  व्यय भन्दा रु. ३,८७,०८,२४४।५१  बढी देखिएको भन्दै तीनै  जना प्रतिवादीलाई सफाइ दिएको थियो। उक्त फैसलाविरुद्ध पुनरावेदन दर्ता भई मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।","authors":[{"slug":"rujit-kafle","display_name":"Rujit Kafle","name_ne":"रुजित काफ्ले","photo_url":"https://jawafdehi.org/assets/teammembers/rujit.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-07-29","public_edit_history":[],"public_notes":"","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/8d34a31d2a97ebc6823dffca68a0daa8d66fbef518cbcb4fe22e2f7358f1a60c.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/2b19768ad5cd7912e78040adee84bb53fb27e14abe4120bb1dfd788e6198c0e6.webp 400w, https://s3.jawafdehi.org/case_uploads/e1a39f8f2731f35d6967eca734b2016176151992155e42d94ae208a29e9cd6be.webp 800w, https://s3.jawafdehi.org/case_uploads/8d34a31d2a97ebc6823dffca68a0daa8d66fbef518cbcb4fe22e2f7358f1a60c.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/ad93d13c575945cb192c67205d7951374a62528af330a0ed17ed3dda05a12694.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/613544ca86b15a0203d191eb8abd6ae9c54711bb37f5d9965a8a2534e466b275.webp 640w, https://s3.jawafdehi.org/case_uploads/da1598df3606e9ebabf00909492334de390c5343f57ab60d10f155aa20eadbab.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/ad93d13c575945cb192c67205d7951374a62528af330a0ed17ed3dda05a12694.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":340,"banner_image_id":256,"thumbnail_url":"","banner_url":"","case_start_date":"2023-08-08","case_end_date":"2024-05-21","dates":{"stages":[{"end":"2024-05-21","stage":"initial","start":"2023-08-08","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/080-cr-0014"}]},"status":"concluded","case_track":null,"status_override":null,"proceedings_started_on":"2023-08-08","proceedings_decided_on":"2024-05-21","appeal_verdicts":{},"appeal_parties":{},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/person/sakir-ahmad-sah","display_name":"Sakir Ahmad Sah","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"तत्कालीन पाँचौँ तहका कर्मचारी, कृष्णनगर नगरपालिका — स्रोत नखुलेको सम्पत्ति आर्जन (मुख्य प्रतिवादी)","name":{"en":"Sakir Ahmad Sah","ne":"साकिर अहमद साह"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/noor-jaha-281152","display_name":"Nur Jahan","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"प्रतिवादी साकिर अहमदकी श्रीमती — बिगो/सम्पत्ति जफत प्रयोजनार्थ मात्र प्रतिवादी","name":{"en":"Nur Jahan","ne":"नुर जहाँ"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/sajana-saha-68d0b4","display_name":"Sajan Shah","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"प्रतिवादी साकिर अहमदका छोरा — बिगो/सम्पत्ति जफत प्रयोजनार्थ मात्र प्रतिवादी","name":{"en":"Sajan Shah","ne":"साजन शाह"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/localunit/krishnanagar-municipality-50905","display_name":"Krishnanagar Municipality","entity_type":"AdministrativeArea,jawafdehi:Municipality","type":"location","outcome":null,"notes":"प्रतिवादी कार्यरत नगरपालिका","name":{"en":"Krishnanagar Municipality","ne":"कृष्णनगर नगरपालिका"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/sajan-diesels","display_name":"Sajan Diesels","entity_type":"Organization","type":"related","outcome":null,"notes":"प्रतिवादीको लगानी रहेको पेट्रोल पम्प व्यवसाय","name":{"en":"Sajan Diesels","ne":"साजन डिजल्स"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/kapilbastu-np0549","display_name":"Kapilvastu","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"कार्यालय रहेको जिल्ला","name":{"en":"Kapilvastu","ne":"कपिलवस्तु"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/province/lumbini-np05","display_name":"Lumbini Province","entity_type":"AdministrativeArea,jawafdehi:Province","type":"location","outcome":null,"notes":"मुद्दा सम्बन्धित प्रदेश","name":{"en":"Lumbini Province","ne":"लुम्बिनी प्रदेश"},"image":null}],"tags":["CIAA","Corruption","Local Government","Illegal Property Acquisition","Assets Beyond Known Income","Lumbini","~1 Crore 55 Lakh"],"description":"### क) अभियोगदावीको सार \n\nप्रस्तुत मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिति २०८०।०४।२३ मा कपिलवस्तु, कृष्णनगर नगरपालिकाका पाँचौँ तहका कर्मचारी साकिर अहमदविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको थियो। अनुसन्धानका क्रममा निजले सरकारी सेवामा प्रवेश गरेको मिति २०४८।१०।१५ देखि २०७८।०६।३० सम्मको समग्र आय तथा व्यय विश्लेषण गरिएको थियो। सो अवधिमा पारिश्रमिक, घरजग्गा बिक्री, विभिन्न भत्ता, कर्जा, कृषि आय, विदेशबाट प्राप्त रेमिट्यान्स, सवारी साधन बिक्री, निर्माण सेवा तथा बैंक ब्याजलगायतबाट रु.१,१६,५३,९५७।११ वैध आय भएको देखिएको थियो।तर सोही अवधिमा बैंक ऋण चुक्ता, अध्ययन खर्च, कम्पनी तथा शेयरमा लगानी, जग्गा खरिद तथा रजिष्ट्रेशन दस्तुर, ऋण दिएको रकम, पुँजीगत लाभकर, सवारी साधन तथा विद्युतीय उपकरण खरिद र बैंक मौज्दातलगायतमा रु.२,७२,३३,६५२।६९ खर्च तथा लगानी गरेको देखियो। यसरी वैध आयको तुलनामा रु.१,५५,७९,६९५।५८ बराबरको खर्च तथा लगानीको स्रोत नखुलेको भन्दै आयोगले उक्त रकमलाई गैरकानूनी रूपमा आर्जित सम्पत्तिको बिगो कायम गरेको थियो। आयोगले साकिर अहमदले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम कसुर गरेको पुष्टि भएको दाबी गर्दै बिगोबमोजिम जरिवाना तथा कैद सजाय र स्रोत नखुलेको सम्पत्ति जफत गर्न मागदाबी गरेको थियो। साथै, गैरकानूनी रूपमा आर्जित सम्पत्ति श्रीमती नुर जहाँ र छोरा साजन शाहको नाममा जग्गा तथा शेयर खरिद, विभिन्न कम्पनीमा लगानी र बैंक खातामा मौज्दात राखिएको आरोप लगाउँदै, स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनीहरूलाई समेत प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएको थियो।\n\n\n**आरोपपत्रमा उल्लेखित मुख्य विषयवस्तु \n**\n**१.** आयोगले प्रतिवादीले सरकारी सेवा प्रवेश गरेको मिति वि सं २०४८-१०-१५ देखि वि सं २०७८-०६-३० सम्मको आय-व्यय विश्लेषण गर्दा वैध आयतर्फ पारिश्रमिक आय, घरजग्गा बिक्री आय, विभिन्न भत्ता, कर्जाको आय, कृषि आय, विप्रेषण, सवारी बिक्री, निर्माण सेवा आम्दानी र बैंक ब्याजसमेत गरी जम्मा रु.१,१६,५३,९५७।११ मात्र देखियो।\n\n**२.** सोही अवधिमा बैंक ऋण चुक्ता, अध्ययन खर्च, कम्पनी लगानी, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, ऋण दिएको, पुँजीगत लाभकर, शेयर खरिद, सवारी साधन खरिद, विद्युतीय उपकरण खरिद र बैंक मौज्दातसमेत गरी रु.२,७२,३३,६५२।६९ खर्च तथा लगानी देखिएको।\n\n**३.** यसरी वैध आयको तुलनामा खर्च घटाउँदा रु.१,५५,७९,६९५।५८ बराबरको सम्पत्तिको वैधानिक स्रोत नखुलेकाले प्रतिवादी र निजको परिवारले अमिल्दो र अस्वाभाविक जीवनयापन गरेको प्रमाणित हुन आएको आयोगको दाबी रह्यो।\n\n**४.** प्रतिवादीले श्रोत नखुलेको सम्पत्ति श्रीमती नुर जहाँ र छोरा साजन शाहको नाममा जग्गा खरिद, शेयर खरिद, विभिन्न कम्पनीमा लगानी तथा बैंक खातामा रकम मौज्दात राखी लुकाएको/राखेको ठहर्‍याइयो।\n\n\n| प्रतिवादी | भूमिका/अभियोग | मागदावी |\n|---|---|---|\n| साकिर अहमद | सार्वजनिक पदको दुरुपयोग गरी रु.१,५५,७९,६९५।५८ श्रोत नखुलेको सम्पत्ति आर्जन | कैद, जरिवाना तथा बिगो जफत |\n| नुर जहाँ | श्रीमतीको नाममा स्रोत नखुलेको सम्पत्ति राखेको | सम्पत्ति जफत प्रयोजनार्थ मात्र प्रतिवादी |\n| साजन शाह | छोराको नाममा स्रोत नखुलेको सम्पत्ति राखेको | सम्पत्ति जफत प्रयोजनार्थ मात्र प्रतिवादी |\n\n### ख) प्रतिवादीको बयानको सार\n\nतीनै प्रतिवादीले अभियोग दाबी इन्कार गरे। साकिर अहमदले सेवामा रहँदा कानूनविपरीत कुनै काम नगरेको, तलब-भत्ता-पुरस्कारबाहेक कुनै रकम नलिएको र आफू तथा परिवारको सम्पूर्ण सम्पत्ति वैध स्रोतबाट आर्जित भएको जिकिर लिए। निजले आयोगले आयलाई मनोमानी ढंगले विभाजन (breakdown) गरी पुख्र्यौली/पैतृक सम्पत्ति, जग्गा बिक्री, सापटी, कृषि आय र विप्रेषणजस्ता वैध स्रोतलाई मान्यता नदिई वास्तविक आय घटाएको दाबी गरे। नुर जहाँ र साजन शाह दुवै असाक्षर/नेपाली नजान्ने भएकाले साकिर अहमदमार्फत बयान गराइएको थियो। निजहरूले सम्पत्ति तलब-भत्ता, पुख्र्यौली सम्पत्ति बेचबिखन, सापटी, देवर/काकाले कतारबाट पठाएको रकम र बाजेको पैतृक सम्पत्तिको स्रोतबाट किनिएको हुँदा जफत हुनुपर्ने होइन भनी जिकिर लिए।\n\n| क्र.सं | प्रतिवादी | भूमिका | बयानको सार |\n|---|---|---|---|\n| १ | साकिर अहमद | मुख्य अभियुक्त | इन्कार — पदको दुरुपयोग नगरेको; तलब-भत्ता-पुरस्कारबाहेक रकम नलिएको; सम्पूर्ण सम्पत्ति वैध स्रोतको; आयोगले आय मनोमानी विभाजन गरी वास्तविक आय घटाएको |\n| २ | नुर जहाँ | श्रीमती | इन्कार — सम्पत्ति तलब-भत्ता, पुख्र्यौली सम्पत्ति बिक्री, सापटी, कतारको विप्रेषण र पैतृक स्रोतबाट किनिएको; जफत हुनुपर्ने होइन |\n| ३ | साजन शाह | छोरा | इन्कार — माथिकै आधारमा सम्पत्ति वैध स्रोतको भएकाले जफत नहुने |\n\n### ग) विशेष अदालतको फैसलाको सार\n\nविशेष अदालत, काठमाडौं इजलास नं. २ का माननीय न्यायाधीशहरू डा. खुशी प्रसाद थारु, तेज नारायण सिंह राई र राम बहादुर थापाको इजलासले मिति वि सं २०८१-०२-०८ प्रस्तुत मुद्दाको फैसला गर्‍यो।\n\nअदालतले मुख्यतया जाँच अवधिको प्रश्न निरूपण गर्‍यो। आयोगले सेवा प्रवेशदेखि वि सं २०७९-१२-१४ सम्ममा नगद प्रवाहका आधारमा पटके (Cut-Off) जाँच अवधि कायम गरी बीचमै श्रोत पुगेको/नपुगेको छुट्याएकोमा अदालतले यो सर्वोच्च अदालतले स्थापित न्यायिक मान्यताविपरीत भएको ठहर्‍यायो। नेपाल सरकार वि. श्रीराम पन्त (मुद्दा नं. 064-CR-0830) र नेपाल सरकार वि. वीरेन्द्र कुमार सिंह (ने.का.प. २०७२, नि.नं. ९३६६ ब ) समेतका आधारमा समग्र जाँच अवधिलाई एउटै समयावधि मानी आय-व्यय एकमुष्ठ हिसाब गर्नुपर्ने ठहर भयो। प्रमाणको भारसम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० अन्तर्गत कसूर प्रमाणित गर्ने कानूनी भार वादीमा रहने र प्रमाणको मापदण्ड \"प्रमाणको प्रचुरता (preponderance of evidence)\" हुने व्याख्या गर्यो ।\n\nअदालतले आय पुनर्गणना गर्दा भत्ता, विप्रेषण, जग्गा बिक्री, कृषि आय, निर्माण सेवा र साजन डिजल्स आम्दानीसमेत थप गरी कुल वैध आय रु.४,८४,४७,७२८।७९ कायम गर्‍यो। व्ययतर्फ प्रतिवादीले विवाद नगरी स्वीकार गरेकाले आयोगकै रु.३,८७,०८,२४४।५१ कायम गरियो। यसरी समग्र जाँच अवधिमा वैध आय (रु.४,८४,४७,७२८।७९) व्यय (रु.३,८७,०८,२४४।५१) भन्दा बढी देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० बमोजिमको कसूर नदेखिएको ठहर्‍याई प्रतिवादीहरू साकिर अहमद, नुर जहाँ र साजन शाह सबैले आरोप दाबीबाट **सफाई पाउने** फैसला भयो।\n\n### घ) पुनरावेदनको सार\n\nविशेष अदालत काठमाडौंले मिति २०८१/०१/१३ को फैसलाबाट प्रतिवादी साकिर अहमद को वैधानिक आयभन्दा व्यय कम रहेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० अन्तर्गतको गैरकानुनी सम्पत्ति आर्जनको अभियोगबाट सफाइ दिएको थियो। उक्त फैसलासँग असहमति जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१/०९/१२ मा सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ। आयोगका अनुसार विशेष अदालतले प्रतिवादीले पछि तयार गरेका तथा अनुसन्धानका क्रममा खुलासा नगरेका प्रमाणका आधारमा अतिरिक्त भत्ता, जग्गा बिक्री तथा अन्य आम्दानीलाई वैध आय मानेर गणना गरेको छ। त्यसैगरी, भाइबाट आएको भनिएको रेमिट्यान्स, कृषि आय, सवारी बिक्री, निर्माण व्यवसाय तथा डिजल्स व्यवसायबाट भएको आम्दानीसम्बन्धी रकमलाई पर्याप्त प्रमाणबिना आयमा समावेश गरेको आयोगको जिकिर छ। आयोगले प्रतिवादीको आमा, श्रीमती तथा अन्य व्यक्तिहरूबाट प्राप्त भएको भनिएको अंश, ऋण तथा ऋण फिर्ता रकमको स्रोत र प्रयोजन पुष्टि नभएको अवस्थामा त्यस्ता रकमलाई वैध आय मानेको निर्णय कानुन र प्रमाणको सिद्धान्तविपरीत भएको उल्लेख गरेको छ। साथै, आयोगले सर्वोच्च अदालतबाट प्रतिपादित ने.का.प. २०६९, अंक २, नि.नं. ८७७० तथा युवराज शर्मा विरुद्ध नेपाल सरकार (०७१-NF-००२१) मा स्थापित सिद्धान्तको विपरीत विशेष अदालतले प्रमाणको मूल्याङ्कन गरेको दाबी गरेको छ। आयोगको निष्कर्षमा, विशेष अदालतले आय–व्यय विश्लेषणमा विभिन्न शीर्षकमा प्रतिवादीको आय कृत्रिम रूपमा बढाई गैरकानुनी सम्पत्ति वैध देखाएको हुँदा उक्त फैसला त्रुटिपूर्ण रहेको र बदर गरी आरोपपत्रबमोजिम सजाय तथा सम्पत्ति जफत हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।","key_allegations":["कृष्णनगर नगरपालिकाका पाँचौँ तहका साकिर अहमदले सरकारी सेवा प्रवेश गरेको मिति २०४८/१०/१५ देखि २०७८/०६/३० सम्म सार्वजनिक पदमा रहँदा वैध आय करिब रु. १ करोड १६ लाख मात्र रहेको अवस्थामा बैंक ऋण चुक्ता, कम्पनी लगानी, जग्गा तथा शेयर खरिद, सवारी साधन खरिद र बैंक मौज्दातसमेतमा करिब रु. २ करोड ७२ लाख खर्च तथा लगानी गरी रु. १ करोड ५५ लाखभन्दा बढी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको।","साकिर अहमदले वैध आयसँग नमिल्ने अस्वाभाविक खर्च र लगानीमार्फत आफू र परिवारको नाममा स्रोत पुष्टि हुन नसकेको सम्पत्ति बढाएको।","साकिर अहमदले पत्नी नुर जहाँ र छोरा साजन शाहको नाममा जग्गा खरिद, शेयर खरिद, विभिन्न कम्पनीमा लगानी र बैंक खातामा रकम मौज्दात राखी स्रोत नखुलेको सम्पत्ति लुकाउने वा राख्ने काम गरेको।"],"timeline":[{"date":"1992-01-29","title":"जाँच अवधिभर गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप","date_bs":"2048-10-15","description":"अख्तियारका अनुसार साकिर अहमदले सरकारी सेवा प्रवेश मिति २०४८/१०/१५ देखि अन्तिम Cut-off मिति २०७८/०६/३० सम्मको समग्र आय-व्यय विश्लेषणमा वैध आय रु.१,१६,५३,९५७।११ को तुलनामा रु.२,७२,३३,६५२।६९ खर्च/लगानी देखिएकाले रु.१,५५,७९,६९५।५८ बराबरको श्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोप। यो अवधिभित्र साजन डिजल्स पेट्रोल पम्प, कृष्णनगर कि.नं.१९६८ जग्गा, लखनउमा सापटी आदि लगानी समेटिएको। विशेष अदालतले पछि सफाई दिएकाले यी आरोपमात्र हुन्।"},{"date":"2023-03-22","title":"अख्तियारमा उजुरी दर्ता","date_bs":"2079-12-08","description":"उ.द.नं. ०४८९३९, मिति २०७९/१२/०८ मा साकिर अहमदले नगरपालिकाको विकास निर्माण कार्यमा ठेकेदारसँग मिलेमतो गरी कमिशन लिने, साजन डिजल्स पेट्रोल पम्पमा लगानी, अलिशान घर, बैंक रकम र भारतमा जग्गा/घर भन्ने उजुरी अख्तियारमा दर्ता।"},{"date":"2023-03-26","title":"विस्तृत अनुसन्धान गर्ने निर्णय","date_bs":"2079-12-12","description":"अख्तियारले मिति २०७९/१२/१२ मा साकिर अहमदविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी विस्तृत अनुसन्धान गर्ने निर्णय गर्‍यो। जाँच अवधि सेवा प्रवेश २०४८/१०/१५ देखि सम्पत्ति विवरण फारम बुझेको २०७९/१२/१४ सम्म कायम।"},{"date":"2023-08-08","title":"आरोपपत्र दायर र प्रेस विज्ञप्ति","date_bs":"2080-04-23","description":"अख्तियारले मिति २०८०/०४/२३ मा विशेष अदालत, काठमाडौंमा साकिर अहमदविरुद्ध बिगो रु.१,५५,७९,६९५।५८ कायम गरी आरोपपत्र दायर गरी सोही दिन प्रेस विज्ञप्ति जारी गर्‍यो। साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, १६ग एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१)/(२), ४७ बमोजिम कैद, जरिवाना र सम्पत्ति जफतको मागदाबी। श्रीमती नुर जहाँ र छोरा साजन शाहलाई जफत प्रयोजनार्थ प्रतिवादी कायम। मुद्दा नं. 080-CR-0014 दर्ता।"},{"date":"2024-05-21","title":"विशेष अदालतको फैसला — सफाई","date_bs":"2081-02-08","description":"विशेष अदालत काठमाडौँ (इजलास नं.२) ले निर्णय नं. १३६, मिति २०८१/०२/०८ मा समग्र जाँच अवधिलाई एकमुष्ट लिँदा वैध आय रु.४,८४,४७,७२८।७९ व्यय रु.३,८७,०८,२४४।५१ भन्दा बढी देखिएकाले दफा २० को कसूर नदेखिएको ठहर गर्‍यो। प्रतिवादी साकिर अहमद, नुर जहाँ र साजन शाह तीनै जनालाई आरोप दाबीबाट सफाई।"},{"date":"2024-12-27","title":"अख्तियारको सर्वोच्च अदालतमा पुनरावेदन","date_bs":"2081-09-12","description":"विशेष अदालतले तीनै प्रतिवादी (साकिर अहमद, नुर जहाँ, साजन शाह) लाई दिएको सफाई फैसलामा चित्त नबुझाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिति २०८१।०९।१२ मा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्‍यो"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/ciaa_press_release/2414","additional_details":"यो प्रेस विज्ञप्ति यस मुद्दा (080-CR-0014) को आरोपपत्र दायर भएको प्राथमिक अभिलेख हो, जसले साकिर अहमदले स्रोत नखुलेको रु.१.५५ करोडभन्दा बढी सम्पत्ति आर्जन गरेको मुख्य आरोप तथा बिगो रकमको आधिकारिक स्रोत स्थापित गर्दछ। यसले नुर जहाँ र साजन शाहलाई प्रतिवादी बनाई परिवारको नाममा सम्पत्ति राखेको आरोपलाई समेत प्रत्यक्ष रूपमा पुष्टि गर्ने आधिकारिक दस्तावेज भएकाले यो प्रमुख प्रमाण-अभिलेखको रूपमा रहन्छ।","material":{"display_name":"जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिकाका पाँचौ तहका साकिर अहमद उपर बिगो रु.१,५५,७९,६९५।५८ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।","material_type":"press_release","urls":[{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2414. जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिकाका पाँचौ तहका साकिर अहमद उपर बिगो रु.१,५५,७९,६९५।५ - 2.pdf","role":"RAW"},{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2414. जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिकाका पाँचौ तहका साकिर अहमद उपर बिगो रु.१,५५,७९,६९५।५ - 1.doc","role":"ALTERNATE"},{"link":"https://ciaa.gov.np/pressrelease/2414","role":"SOURCE_PAGE"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/special.080-cr-0014","additional_details":"यो फैसला यस मुद्दाको प्राथमिक न्यायिक अभिलेख हो, जसले साकिर अहमदले वैध आयभन्दा बढी रु. १.५५ करोड स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको मुख्य आरोपको आय–व्यय आधार र अदालती ठहर प्रत्यक्ष रूपमा बोक्छ। यसमा अभिलिखित जग्गा–शेयर खरिद, बैंक मौज्दात, ऋण र साजन डिजल्समा लगानीसम्बन्धी विवरणले पत्नी नुर जहाँ र छोरा साजन शाहको नाममा सम्पत्ति राखेको आरोपलाई समेत बल पुर्‍याउने प्रमाणका रूपमा रहन्छ।","material":{"display_name":"Special Court verdict: 080-CR-0014 · Illegal acquisition of property","material_type":"court_order","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/court-orders/special/080-CR-0014.1.pdf","role":"RAW"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260606.cfaeb8e3","additional_details":"यो समाचार लेख (ekarmachari.com) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा दायर गरेको आरोपपत्रको गौण विवरण भएकाले साकिर अहमदले रु. १ करोड ५५ लाखभन्दा बढी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको मुख्य आरोप तथा आय रु. १ करोड १६ लाख र व्यय/लगानी रु. २ करोड ७२ लाखको तथ्यांकलाई समर्थन गर्ने सहायक स्रोतका रूपमा रहन्छ। यसले पत्नी नुर जहाँ र छोरा साजन शाहलाई प्रतिवादी कायम गरिएको आरोपलाई पुष्टि गर्ने पृष्ठभूमि सामग्रीको रूपमा काम गर्छ, तर यो प्राथमिक अभिलेख नभई पत्रकारितामूलक समर्थनकारी स्रोत मात्र हो।","material":{"display_name":"साढे १ करोडको भ्रष्टाचारमा डामिए साकिर","material_type":"news","urls":[{"link":"https://ekarmachari.com/archives/38640","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/334f9512178cb72ef7959c27744914674c9d78f890947ea1aff673d1707fde2f.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260606.5c7cd033","additional_details":"यो समाचार लेख साकिर अहमदसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौँबाट वैशाख १३ गते भएको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको पुष्टि गर्ने पृष्ठभूमि/प्रक्रियागत अभिलेखको रूपमा रहन्छ। यसले स्रोत नखुलेको सम्पत्ति आर्जनसम्बन्धी मूल आरोपको ठहरबारे प्रत्यक्ष प्रमाण नदिई मुद्दाको न्यायिक प्रक्रिया र फैसलाप्रति आयोगको असहमतिको स्थितिमात्र समर्थन गर्छ।","material":{"display_name":"विशेष अदालतको फैसलामा चित्त नबुझेपछि अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन","material_type":"news","urls":[{"link":"https://www.shuvabihani.com/archives/7103","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/1320641448d80461b7147af2535da73f3ca4dd65ab1a4b2df68c7ed156d4e8b2.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/ciaa_press_release/2908","additional_details":"अख्तियारको पुनरावेदनसम्बन्धी प्रेस विज्ञप्ति — विशेष अदालतको सफाई फैसलाविरुद्ध सर्वोच्च अदालतमा मिति २०८१।०९।१२ (२०२४-१२-२७) मा दायर पुनरावेदनको आधिकारिक स्रोत।","material":{"display_name":"अख्तियारले दायर गरेको पुनरावेदनको प्रेस विज्ञप्ति","material_type":"document","urls":[{"link":"https://ciaa.gov.np/pressrelease/2908","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/4645d34f1c25eb5b00637df20049f668f76b9eb8f04d95cd79d1b52803ee1bc7.pdf","role":"RAW"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/080-cr-0014","https://jawafdehi.org/courtcase/supreme/081-cr-1227"],"missing_details":"अख्तियारले दायर गरेको अभियोगपत्र \nसर्वोच्च अदालतमा अख्तियारले दायर गरेको पुनरावेदन (सन्दर्भ 080-CR-1227) को निवेदन\nखण्ड (घ) को पुनरावेदन-विवरण आयोगको पुनरावेदनसम्बन्धी प्रेस विज्ञप्ति (ciaa.gov.np/pressrelease/2908, मिति २०८१।०९।१२) मा आधारित छ।","bigo":15579695,"weight":0,"versionInfo":{"action":"published","datetime":"2026-07-29T12:55:14.709176+00:00"},"created_at":"2026-05-05T20:29:31.592297+05:45","updated_at":"2026-09-03T09:16:56.143353+05:45"}