{"id":92,"slug":"bindu-koirala-illegal-assets-080-cr-0052","public_iri":"https://jawafdehi.org/case/bindu-koirala-illegal-assets-080-cr-0052","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"चापाकोट नगरपालिकाका सिनियर अ.हे.व. बिन्दु कोईरालाले रु. ९०.३९ लाख स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा (080-CR-0052)","short_description":"बिन्दु कोइराला (स्याङ्जा, चापाकोटस्थित तत्कालीन वरिष्ठ अहेव) र उनकी पत्नी गीता कोइराला विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवैध सम्पत्ति आर्जन गरेको आरोपमा २०८० असोज १९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो (मुद्दा नं. ०८०-CR-००५२)। अख्तियारले कोइरालाले आफ्नो सार्वजनिक सेवाको पदावधिमा ९० लाख ३९ हजार ६२० रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी गर्दै सोही बराबरको बिगो मागदाबी गरेको थियो। तर, विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राय, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अख्तियारको दाबी पुग्न नसकेको ठहर गर्दै बिन्दु कोइराला र उनकी पत्नी दुवैलाई यस भ्रष्टाचार मुद्दामा सफाइ दिएको थियो।","authors":[{"slug":"sambhav-koirala","display_name":"Sambhav Koirala","name_ne":"सम्भव कोइराला","photo_url":"https://jawafdehi.org/assets/teammembers/sambhav.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-07-22","public_edit_history":[],"public_notes":"Case Drafted by Sambhav Koirala.\nInitially published on 2026/07/22","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/5f0d6c9b7f7154367c82faae27dd46a0e7edbd229464cd779dc2ba7c3135800f.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/c49f9a442a81eecf4ef05a3dffae899f90958c2630f849af3f09fab2b128ec0d.webp 400w, https://s3.jawafdehi.org/case_uploads/b6cf3b5ce1135cd4c66ee2fc265160bf758a1787ad53322d6fae326ec5abd84f.webp 800w, https://s3.jawafdehi.org/case_uploads/5f0d6c9b7f7154367c82faae27dd46a0e7edbd229464cd779dc2ba7c3135800f.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/e7e2ab0e00acc4d826dba1cc4c8a7274ec1f152881f69d50908df23e4defb990.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/a523e75acf3b4762845e3546accdcbf95d8871ad3ba65218e1c904a73bb5ca92.webp 640w, https://s3.jawafdehi.org/case_uploads/c7c19ebc99475e238058a9fbd2a7653242acf36b0f496f291813e2ee0ca3e04c.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/e7e2ab0e00acc4d826dba1cc4c8a7274ec1f152881f69d50908df23e4defb990.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":339,"banner_image_id":254,"thumbnail_url":"","banner_url":"","case_start_date":"2023-10-06","case_end_date":"2024-05-07","dates":{"stages":[{"end":"2024-05-07","stage":"initial","start":"2023-10-06","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/080-cr-0052"},{"stage":"appeal","courtcase_iri":"https://jawafdehi.org/courtcase/supreme/082-cr-0513"}]},"status":"ongoing","case_track":null,"status_override":null,"proceedings_started_on":"2023-10-06","proceedings_decided_on":null,"appeal_verdicts":{"https://jawafdehi.org/courtcase/supreme/082-cr-0513":null},"appeal_parties":{"https://jawafdehi.org/courtcase/supreme/082-cr-0513":["https://jawafdehi.org/entity/person/gita-koirala-cf358f","https://jawafdehi.org/entity/person/vindu-koirala-bb5734"]},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/person/vindu-koirala-bb5734","display_name":"Bindu Koirala","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"मुख्य प्रतिवादी — चापाकोट नगरपालिकाका सिनियर अ.हे.व.","name":{"en":"Bindu Koirala","ne":"विन्दु कोइराला"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/gita-koirala-cf358f","display_name":"Gita Koirala","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"प्रतिवादीकी श्रीमती — सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी","name":{"en":"Gita Koirala","ne":"गीता कोइराला"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/capakota-nagarakaryapalikako-karyalaya-f2b13d","display_name":"Chapakoat Municipality Office","entity_type":"Organization","type":"related","outcome":null,"notes":"प्रतिवादी कार्यरत रहेको कार्यालय","name":{"en":"Chapakoat Municipality Office","ne":"चापाकोट नगरकार्यपालिकाको कार्यालय"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/judiciary/special-court","display_name":"Special Court","entity_type":"Courthouse","type":"related","outcome":null,"notes":"मुद्दाको सुनुवाइ गर्ने अदालत","name":{"en":"Special Court","ne":"विशेष अदालत"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/government/body/ciaa","display_name":"Commission for the Investigation of Abuse of Authority","entity_type":"GovernmentOrganization","type":"related","outcome":null,"notes":"अनुसन्धान गरी मुद्दा दायर गर्ने निकाय (वादी)","name":{"en":"Commission for the Investigation of Abuse of Authority","ne":"अख्तियार दुरुपयोग अनुसन्धान आयोग"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/localunit/chapakot-municipality-40908","display_name":"Chapakot Municipality","entity_type":"AdministrativeArea,jawafdehi:Municipality","type":"location","outcome":null,"notes":"","name":{"en":"Chapakot Municipality","ne":"चापाकोट नगरपालिका"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/district/syangja-np0441","display_name":"Syangja","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Syangja","ne":"स्याङजा"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/province/gandaki-np04","display_name":"Gandaki Province","entity_type":"AdministrativeArea,jawafdehi:Province","type":"location","outcome":null,"notes":"","name":{"en":"Gandaki Province","ne":"गण्डकी प्रदेश"},"image":null}],"tags":["CIAA","Corruption","Local Government","Illegal Property Acquisition","Assets Beyond Known Income","Public Office Abuse","Gandaki"],"description":"### क) अभियोगदाबीको सार\n\n-बिन्दु कोइराला चापाकोट नगरपालिकाको स्वास्थ्य शाखामा सिनियर.अ.हे.ब. (छैठौं तह) पदमा करिब २४ वर्षदेखि कार्यरत रहेकोमा, सार्वजनिक पद बहाल गरी गैरकानुनी लाभको काममा संलग्न भई अकुत सम्पत्ति आर्जन गरेको भनी मिति २०७८।६।८ मा आयोगमा उजुरी परेको थियो।\n\n-आयोगले प्रतिवादीको सेवा-प्रवेश मिति (२०५४।०७।०५) देखि २०७८।०८।२१ सम्मको अवधिलाई ७ वटा जाँच अवधिमा विभाजन गरी नगद प्रवाह (Cash Flow) विधिबाट आय-व्यय विश्लेषण गरेको थियो।\n\n-आरोप पत्र अनुसार कुल व्यय रु. ३,८८,२१,४२२.४० र वैधानिक आय रु. २,९७,८१,८०२.०१ देखाई, स्रोत नखुलेको सम्पत्ति रु. ९०,३९,६२०.३९ कायम गरिएको थियो।\n\n-साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, १६ग, ३, २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) र (२) बमोजिम बिन्दु कोइरालालाई सो बिगो बमोजिम जरिबाना र कैद सजाय तथा सम्पत्ति जफत माग गरिएको थियो।\n\n-गीता कोइरालालाई (मुख्य अभियुक्तको श्रीमती) निजको नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको थियो।\n \n**आयोगको दाबी अनुसार:**\n\n**१.** प्रतिवादीले सार्वजनिक सेवामा नियुक्ति पाएको मिति वि सं २०५४-०७-०५ देखि मिति वि सं २०७८-०८-२१ सम्मको जाँच अवधिमा पारिश्रमिक, पैतृक सम्पत्ति, घरजग्गा बिक्री, कृषि आय, कोभिड भत्ता, कर्जा आय, दैनिक भ्रमण भत्ता एवं अतिरिक्त भत्ता, बुबाबाट प्राप्त रकम, बैंक ब्याज, सवारी बहाल तथा सवारी साधन बिक्रीलगायतबाट जम्मा रु.२,९७,८१,८०२।०१ आय आर्जन गरेका।\n\n**२.** सोही जाँच अवधिमा घर निर्माण, उद्योग व्यवसायमा लगानी, कर्जा भुक्तानी, जग्गा खरिद, शेयर खरिद, शैक्षिक खर्च, सवारी साधन खरिद, बैंक मौज्दात, विवाह खर्च, सवारी राजस्व, पुँजीगत लाभकरलगायत जम्मा रु.३,८८,२१,४२२।०४ खर्च तथा लगानी गरेका।\n\n**३.** यसरी आयभन्दा रु.९०,३९,६२०।३९ बढी व्यय/लगानी देखिई सोही बराबरको सम्पत्तिको स्रोत नखुलेको पुष्टि भएको। यो स्रोत नखुलेको सम्पत्ति प्रमुखतः घर निर्माण लागत र बैंक मौज्दातबाट सिर्जित रहेको।\n\n**४.** प्रतिवादीले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुलेको सम्पत्ति श्रीमती गीता कोईरालाको नामको बैंक खाता/मौज्दातमा समेत राखेको।\n\n### ख) प्रतिवादीको बयानको सार\n\nदुवै प्रतिवादीले मिति वि सं २०८०-१०-२१ मा विशेष अदालतसमक्ष बयान गरी आरोप दाबी अस्वीकार गरेका छन्।\n\n| क्र.सं | प्रतिवादी | भूमिका | बयानको सार |\n| ------ | --------- | ------ | ---------- |\n| १ | बिन्दु कोईराला | मुख्य प्रतिवादी, सार्वजनिक पद धारण गरेका सि.अ.हे.ब. | २०५४।०५ मा अस्थायी अ.हे.ब. पदमा प्रवेश गरी हाल सि.अ.हे.ब. छैठौं तहमा कार्यरत रहेको; परिवारमा ६ जना सदस्य; आम्दानीका स्रोत जागिर, कृषि, व्यापार, जग्गा बिक्री, सवारी बहाल, ऋण/सापटी र घर बहाल आय भएको; ऋण/सापटी नगदै लिई जग्गा, घर निर्माण, गाडी, शिक्षामा खर्च गरेको; सबै आय-व्यय सम्बन्धी कागजात पेस गरेको; गैरकानुनी सम्पत्ति आर्जन नगरेको भनी सफाई माग गरेको।\n| २ | गीता कोईराला | बिन्दु कोईरालाकी श्रीमती; सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी | बिन्दु कोइरालासँग २०५७।१०।२१ मा विवाह; परिवारमा ४ जना; आम्दानीको स्रोत कृषि, व्यापार, जागिर र भाडा; श्रीमानले पेस गरेका आय स्रोतमा नसमेटिएका थप भत्ता पेस गर्ने भनेको; कुनै गैरकानुनी सम्पत्ति आर्जन नगरेको भनी सफाई माग गरेको। पछि थप बयानमा तलब, ब्याज, कृषि/पशुपालन आय, मेडिकल हल मुनाफा, घर बहाल, सवारी आय आदि गणनाबाट छुट भएको र आय नै व्ययभन्दा बढी रहेको जिकिर लिएको।\n\n### ग) विशेष अदालतको फैसलाको सार\n\n-अदालतले दुवै प्रतिवादी बिन्दु कोइराला र गीता कोइरालालाई आरोप दाबीबाट सफाई दिएको छ।\n\n-अदालतको पुनर्गणना अनुसार प्रतिवादीको वास्तविक आय रु. ३,८५,६३,४०४.११ र व्यय रु. ३,७४,७५,००६.०७ रहेको देखिई, आय नै व्ययभन्दा रु. १०,८८,३९८.०४ ले बढी देखियो।\n\n-फलतः आरोप दाबी बमोजिमको स्रोत नखुलेको (गैरकानुनी) सम्पत्ति देखिन नआएकोले वादीको आरोप दाबी पुष्टि हुन सकेन र दुवै प्रतिवादी सफाई पाउने ठहर भयो।\n\n### घ) विशेष अदालतको फैसला गर्दा लिएको आधार\n\n**क) पद्धतिगत आधार:** आयोगले प्रयोग गरेको नगद प्रवाह (Cash Flow) आधारित विधिलाई अस्वीकार गर्दै अदालतले समग्र जाँच अवधिको संकलित आय-व्यय विश्लेषण गर्नुपर्ने सिद्धान्त अपनाएको देखिन्छ। \n\n**ख) व्यय पुनर्गणना (कटौती/समायोजन):** \n\n-घर निर्माण खर्चमा आयोगले कायम गरेको रु. ५४,९०,८५३.९६ मा स्वयं निर्माण गरेको घरमा १५% ओभरहेड + ५% ठेक्का कर (जम्मा २०%) कटौती हुनुपर्ने भनी विभिन्न मुद्दाहरुबाट प्रतिपादित न्यायिक सिद्धान्तलाई आधार मानी अदालतले बिगो रु. ४७,०३,८८९.०७ मात्र कायम गरिदिएको देखिन्छ।\n\n-सवारी साधन खरिद-पूर्वको राजस्व रु. ७३,२१० खरिदपूर्व कै दायित्व रहेको देखिँदा उक्त रकम व्ययबाट घटाइदिएको देखिन्छ। \n\n-दिपा जि.टी.लाई दिइएको सापटी रु.१०,००,००० को सम्बन्धमा प्रतिवादीले जाँच अवधिपछि सो रकम प्रदान गरेको जिकिर लिए तापनि सो पुष्टि गर्ने विश्वसनीय प्रमाण पेस हुन नसकेकोले उक्त रकम व्ययमै यथावत् कायम गरिएको देखिन्छ। \n\n-यसैगरी, जग्गा खरिद, सेयर खरिद, ऋण भुक्तानी लगायतका अन्य शीर्षकहरूमा दुवैपक्षको मुख मिलेकाले ती शीर्षकहरू यथावत् राखिएका थिए, जसका आधारमा प्रतिवादीको कुल व्यय रु.३,७४,७५,००६।०७ कायम हुन गएको देखिन्छ।\n\n**ग) आय पुनर्गणना (थप):**\n\n-बिन्दु कोइरालाको पारिश्रमिक आयमा गणना नभएको एक महिना नौ दिनको तलब तथा दशैं भत्ता समायोजन गरी उक्त शीर्षकको आय रु.३३,९८,७७७।१३ कायम गरिएको देखिन्छ।\n\n-गीता कोइरालाको हकमा, मिति २०६४।११।०४ देखि २०७४।०३।३० सम्म स्वास्थ्य कार्यालय स्याङ्जाबाट प्राप्त तलब भत्ता, जुन आयोगबाट गणना गरिएकै थिएन, तथा वर्ष २०७८ को थप सेवा अवधिको तलबसमेत जोडी निजको पारिश्रमिक आय रु.२७,९१,९५३।-- कायम गरिएको देखिन्छ। \n\n-कालो नम्बर प्लेट रहेको डबल क्याब जिप सार्वजनिक प्रयोजनका लागि सञ्चालनमा रहेको अनुमान गर्दै, उक्त सवारी साधनको सापटीको साँवा-व्याज रु.२३,३९,९३४।४ बराबरको रकम वहाल आयमा थप गरिएको देखिन्छ।\n\n-बैंक ब्याज आयतर्फ, प्रतिवादीले पेस गरेको बैंक स्टेटमेन्टका आधारमा थप रु.१,९२,५८६।७५ रकम आयमा गणना गरिएको देखिन्छ।\n-त्यसैगरी, भूमिजंग के.सी.बाट लिइएको थप कर्जा रु.४०,००,००० बैंकिङ माध्यमबाट प्रमाणित भएको र सोही रकम व्ययतर्फ पनि गणना भइसकेको आधारमा उक्त रकम कर्जा आयमा थप गरिएको छ। \n\n-यसरी माथि उल्लिखित शीर्षकहरूको योगबाट प्रतिवादीको कुल आय रु.३,८५,६३,४०४।११ कायम हुन गएको छ।\n\n### ङ) निष्कर्ष\nमाथि विवेचित आधार र कारणबाट प्रतिवादीहरूको समग्र गणना अवधिमा वैधानिक आयको तुलनामा व्यय कम देखिएकोले निजहरूको स्रोत नखुलेको गैरकानुनी सम्पत्ति रहेको देखिन आएन। तसर्थ, वादीको आरोप दाबी प्रमाणित हुन नसकेकोले प्रतिवादीहरू बिन्दु कोइराला र गीता कोइरालाले आरोप दाबीबाट सफाइ पाउने ठहर भएको छ।\n\n### पुनरावेदन\n\nउक्त फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको छ। उक्त पुनरावेदन (मुद्दा नं. ०८२-CR-०५१३) हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।","key_allegations":["चापाकोट नगरकार्यपालिकाको कार्यालयका सिनियर अ.हे.व बिन्दु कोईरालाले वैध आयस्रोतले नधानेको रु. ९० लाखभन्दा बढी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोप।","उक्त स्रोत नखुलेको सम्पत्ति पत्नी गीता कोईरालाको नाममा रहेको बैंक मौज्दात र खर्चका रूपमा राखेको आरोप।"],"timeline":[{"date":"1997-10-21","title":"जाँच अवधि (सार्वजनिक पद धारण अवधि)","date_bs":"2054-07-05","description":"प्रतिवादी बिन्दु कोईरालाले सार्वजनिक सेवामा नियुक्ति पाएको मिति २०५४।०७।०५ देखि मिति २०७८।०८।२१ सम्मको जाँच अवधिभित्र आय रु.२,९७,८१,८०२।०१ र खर्च/लगानी रु.३,८८,२१,४२२।०४ देखिई आयभन्दा बढी रु.९०,३९,६२०।३९ स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोप।"},{"date":"1999-06-30","title":"स्थायी नियुक्ति","date_bs":"2056-03-16","description":"प्रतिवादीले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी चिन्नेवास उपस्वास्थ्य चौकीमा स्थायी नियुक्ति प्राप्त गरेको।"},{"date":"2014-07-28","title":"पद बढुवा","date_bs":"2071-04-12","description":"प्रतिवादीको अधिकृत छैठौं (सिनियर.अ.हे.व.) तहमा बढुवा"},{"date":"2021-09-24","title":"उजुरी निवेदन आयोगमा दर्ता","date_bs":"2078-06-08","description":"नगरपालिकाको सि.अ.हे.ब. पदमा रहँदा मेयरको सहयोगीको रुपमा गैरकानुनी लाभको कार्यमा संलग्न भई अकुत सम्पत्ति आर्जन गरेको भन्ने दर्ता नं. ७८७९C-०१०१६८ को उजुरी मिति २०७८।६।८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको।"},{"date":"2023-10-06","title":"आरोपपत्र दायर तथा प्रेस विज्ञप्ति","date_bs":"2080-06-19","description":"आयोगले बिन्दु कोईरालालाई बिगो रु.९०,३९,६२०।३९ कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, १६ग, ३, २९ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० बमोजिम जरिवाना र कैद सजायको मागदावी सहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको; श्रीमती गीता कोईरालालाई समेत प्रतिवादी बनाइएको।"},{"date":"2024-05-07","title":"विशेष अदालतको फैसला","date_bs":"2081-01-25","description":"विशेष अदालत इजलास नं.२ (माननीय तेज नारायण सिंह राई, राम बहादुर थापा, रितेन्द्र थापा) ले निर्णय नं.१३० मार्फत मिति २०८१।०१।२५ मा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा फैसला गरेको (सफाई)।"},{"date":"2025-06-16","title":"फैसलाको प्रमाणिकरण","date_bs":"2082-03-02","description":"विशेष अदालतले गरेको फैसलाको पूर्ण पाठको प्रमाणिकरण भएको।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/ciaa_press_release/2473","additional_details":"यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा मिति २०८०।०६।१९ मा जारी प्रेस विज्ञप्ति तथा विशेष अदालत, काठमाडौंमा दायर आरोपपत्रसम्बन्धी प्राथमिक अभिलेख हो जसले बिन्दु कोईरालाले जाँच अवधिमा वैध आय रु.२,९७,८१,८०२।०१ भन्दा बढी रु.३,८८,२१,४२२।०४ खर्च/लगानी गरी रु.९०,३९,६२०।३९ स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपलाई प्रत्यक्ष रूपमा समर्थन गर्दछ।","material":{"display_name":"चापाकोट नगरकार्यपालिकाको कार्यालय, चापाकोट, स्याङजाका सिनियर अहेव बिन्दु कोईराला उपर बिगो रु.९०,३९,६२०।३९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।","material_type":"press_release","urls":[{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2473. चापाकोट नगरकार्यपालिकाको कार्यालय, चापाकोट, स्याङजाका सिनियर अहेव बिन्दु कोईराला उपर - 2.pdf","role":"RAW"},{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2473. चापाकोट नगरकार्यपालिकाको कार्यालय, चापाकोट, स्याङजाका सिनियर अहेव बिन्दु कोईराला उपर - 1.doc","role":"ALTERNATE"},{"link":"https://ciaa.gov.np/pressrelease/2473","role":"SOURCE_PAGE"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/special.080-cr-0052","additional_details":"यस दस्तावेज प्रतिवादी बिन्दु कोईरालाविरुद्धको रु.९०.३९ लाख स्रोत नखुलेको सम्पत्ति आर्जनको आरोपसम्बन्धी मु्द्दामा अदालतबाट भएको फैसलाको पूर्णपाठ हो।","material":{"display_name":"080-CR-0052 आदेश","material_type":"court_order","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/court-orders/special/080-CR-0052.1.doc","role":"RAW"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260606.90f23597","additional_details":"यो The Himalayan Times (अक्टोबर ८, २०२३) मा प्रकाशित समाचार लेख आरोपित बिन्दु कोईरालाविरुद्ध रु. ९० लाखभन्दा बढी स्रोत नखुलेको सम्पत्ति आर्जनको मुख्य आरोपका सम्बन्धमा सहायक (corroborative) सामग्री हो।","material":{"display_name":"Heath assistant booked for accumulating illegal property worth 9 million - The Himalayan Times - Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest Politics, Business, World, Sports, Entertainment, Travel, Life Style News","material_type":"news","urls":[{"link":"https://www.thehimalayantimes.com/nepal/heath-assistant-booked-for-accumulating-illegal-property-worth-9-million","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/73cdd7ff322a55b3a06bc7edd8b2687532eb861f4ebf020aed2dbd2e0eadbc98.md","role":"MARKDOWN"},{"link":"http://web.archive.org/web/20260623031736/https://www.thehimalayantimes.com/nepal/heath-assistant-booked-for-accumulating-illegal-property-worth-9-million","role":"PERMALINK"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260606.bf9bc28a","additional_details":"यो समाचार विशेष अदालतले अ.हे.व विन्दु कोइराला र जफत प्रयोजनका प्रतिवादी गीता कोइरालालाई दिएको सफाइ फैसलाको रिपोर्टिङ गरेको छ।","material":{"display_name":"गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा अहेव कोइरालालाई सफाइ","material_type":"news","urls":[{"link":"https://www.nayapatrikadaily.com/public/news-details/140599/2024-05-07","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/ebdccb58dec7022c15283f7691b84411070408fd8ff0e5fb67c715975d2f1e51.md","role":"MARKDOWN"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/080-cr-0052","https://jawafdehi.org/courtcase/supreme/082-cr-0513"],"missing_details":"१. यस मुद्दाको आरोपपत्र सार्वजनिक भएको छैन।\n२. गीता कोइरालाको नाममा रहेको स्रोत नखुलेको सम्पत्तिको ठ्याक्कै रकम कति हो भन्ने तथ्य परिमाणसहित उल्लेख गरिएको छैन।\n३. प्रस्तुत मुद्दामा उल्लेख भएका विवरण अख्तियारले जारी गरेको प्रेस विज्ञप्ति र विशेष अदालतको फैसलामा आधारित छन्।","bigo":9039620,"weight":0,"versionInfo":{"action":"published","datetime":"2026-07-22T05:58:03.182946+00:00"},"created_at":"2026-05-05T20:32:05.114403+05:45","updated_at":"2026-10-05T18:12:01.412261+05:45"}