{"id":55,"slug":"bharat-tal-case-080-cr-0190","public_iri":"https://jawafdehi.org/case/bharat-tal-case-080-cr-0190","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"भरत ताल घोटाला: बागमती नगरपालिकामा नदीजन्य पदार्थ उत्खननमा रु. ३०.२९ करोड बिगो: नगरप्रमुख भरत कुमार थापा विरुद्ध मुद्दा (080-CR-0190)","short_description":"सर्लाहीको बागमती नगरपालिका वडा नं. ४ र १२ मा सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रभित्र स्वीकृतिबिनै माछा पोखरी (भरत ताल) निर्माणका नाममा नदीजन्य पदार्थ उत्खनन गरी VAT सहित रु. ३०.२९ करोड बराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी तथा गलत लिखत तयार गरेको आरोपमा अख्तियारले नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, लेखा अधिकृत र जि.स.स. प्रमुखसहित ६ प्रतिवादीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र योजना शाखा प्रमुख गरी तीन प्रतिवादीलाई कसुरदार ठहर गरेको थियो भने उपप्रमुख, लेखा अधिकृत र जि.स.स. प्रमुखलाई सफाइ दिएको थियो।","authors":[{"slug":"sambhav-koirala","display_name":"Sambhav Koirala","name_ne":"सम्भव कोइराला","photo_url":"https://jawafdehi.org/assets/teammembers/sambhav.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-08-14","public_edit_history":[],"public_notes":"Case Drafted by Sambhav Koirala,\nInitially published on 2026-08-13","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/bd7d4987a68ebb026e9bbfd85958dfdb110b883a6cae080a56af3f6bdebdea40.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/a666c54b980830b381d337a8943554413cd77499befc7b964abcc5ba7c5ec63c.webp 400w, https://s3.jawafdehi.org/case_uploads/59977c94db64009a6f7a7dab0f87f905e0f09a846217b677f7ac7d1e55c2f594.webp 800w, https://s3.jawafdehi.org/case_uploads/bd7d4987a68ebb026e9bbfd85958dfdb110b883a6cae080a56af3f6bdebdea40.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/47a71dc1c3a5484c2f5ea674f90d5f485b4a2ac0dfe952c2383c60a9164bf474.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/ef3dcde854839fc69dbae93f589645b1e9099d50dc0e03d927a83d2ed1eafc81.webp 640w, https://s3.jawafdehi.org/case_uploads/243466c4d8cde3665a631df88efb137fcd2d7d6f37c7b90a0f56ca682e49a585.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/47a71dc1c3a5484c2f5ea674f90d5f485b4a2ac0dfe952c2383c60a9164bf474.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":337,"banner_image_id":251,"thumbnail_url":"","banner_url":"","case_start_date":"2024-06-11","case_end_date":"2025-08-14","dates":{"stages":[{"end":"2025-08-14","stage":"initial","start":"2024-06-11","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/080-cr-0190"}]},"status":"concluded","case_track":null,"status_override":null,"proceedings_started_on":"2024-06-11","proceedings_decided_on":"2025-08-14","appeal_verdicts":{},"appeal_parties":{},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/location/district/sarlahi-np0219","display_name":"Sarlahi","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Sarlahi","ne":"सर्लाही"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/methura-caudhari-509175","display_name":"Methur Chaudhri","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"","name":{"en":"Methur Chaudhri","ne":"मेथुर चौधरी"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/sagara-paudela-3d1cfe","display_name":"Sagar Poudel","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"","name":{"en":"Sagar Poudel","ne":"सागर पौडेल"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/vishvaraaja-pokharela","display_name":"Bishwaraj Pokharel","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"","name":{"en":"Bishwaraj Pokharel","ne":"विश्वराज पोखरेल"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/bimala-kumaara-pokharela","display_name":"Bimal Kumar Pokharel","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"","name":{"en":"Bimal Kumar Pokharel","ne":"बिमल कुमार पोखरेल"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/lila-kumari-muknata-c97263","display_name":"Lila Kumari Muknat","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"","name":{"en":"Lila Kumari Muknat","ne":"लीला कुमारी मुक्नात"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/bharata-kumara-thapa-4d7899","display_name":"Bharat Kumar Thapa","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"","name":{"en":"Bharat Kumar Thapa","ne":"भरत कुमार थापा"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/localunit/bagmati-municipality-20503","display_name":"Bagmati Municipality","entity_type":"AdministrativeArea,jawafdehi:Municipality","type":"location","outcome":null,"notes":"","name":{"en":"Bagmati Municipality","ne":"बागमती नगरपालिका"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/government/body/sagarnath-forest-development-project","display_name":"Sagarnath Forest Development Project","entity_type":"GovernmentOrganization","type":"related","outcome":null,"notes":"","name":{"en":"Sagarnath Forest Development Project","ne":"सागरनाथ वन विकास परियोजना"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/government/district/dcc/sarlahi-np0219","display_name":"District Coordination Committee, Sarlahi","entity_type":"GovernmentOrganization","type":"related","outcome":null,"notes":"","name":{"en":"District Coordination Committee, Sarlahi","ne":"जिल्ला समन्वय समिति, सर्लाही"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/organization/government/body/ciaa","display_name":"Commission for the Investigation of Abuse of Authority","entity_type":"GovernmentOrganization","type":"related","outcome":null,"notes":"","name":{"en":"Commission for the Investigation of Abuse of Authority","ne":"अख्तियार दुरुपयोग अनुसन्धान आयोग"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/location/province/madhesh-np02","display_name":"Madhesh Province","entity_type":"AdministrativeArea,jawafdehi:Province","type":"location","outcome":null,"notes":"","name":{"en":"Madhesh Province","ne":"मधेश प्रदेश"},"image":null}],"tags":["CIAA","Corruption","Local Government","Public Works","Forestry","Public Office Abuse","Procurement Irregularities","Madhesh"],"description":"### क) अभियोगदावीको सार\n\nअख्तियार दुरुपयोग अनुसन्धान आयोगले वि सं २०८१-०२-२९ मा सर्लाही जिल्ला बागमती नगरपालिका वडा नं. ४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिटी, बालुवालगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी, गलत प्रतिवेदन तथा गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको थियो। अभियोगदाबीका मुख्य आधारहरू देहायबमोजिम छन्:\n\n**१.** बागमती नगरपालिकाका पदाधिकारीहरूले आपसी मिलेमतोमा बदनियत राखी संघीय सरकार अन्तर्गतको सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रमा उक्त परियोजना तथा नेपाल सरकारको स्वीकृतिविना अनधिकृत रूपमा माछा पोखरी निर्माणका लागि भनी आ.व. २०७५/०७६ देखि निरन्तर रूपमा वन पैदावार (नदीजन्य पदार्थ) उत्खनन गरेको।\n\n**२.** उत्खननलाई वैध देखाउन प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (IEE) स्वीकृत भएको भन्ने गलत लिखत तयार गरी/गराई, सोपश्चात बागमती नगरकार्यपालिकाबाट Detailed Project Report (DPR) तयार गरेको देखाई, बहुउद्देश्यीय माछा पोखरी निर्माण कार्यको गुरुयोजना स्वीकृतसमेत नगरी/नगराई र बागमती नदीको वहाव प्रयोगको स्वीकृति नलिई माछा पोखरी (हाल ताल) निर्माण गरेको।\n\n**३.** बागमती माछा पोखरी-१ बाट १७,८८,२६४.१८ घनमिटर र माछा पोखरी-२ बाट २१,८४,९२७ घनमिटर गरी जम्मा ३९,७३,१९१.१८ घनमिटर (Bulking बाहेक) तथा Bulking सहित ४७,००,२८५.१६ घनमिटर नदीजन्य पदार्थ उत्खनन भएकोमा बिक्री, आयोजनामा प्रयोग र भण्डारणसमेत गरी ३३,५९,८६५.२७ घनमिटर मात्र खर्च तथा मौज्दात देखिई, नपुग हुने १३,४०,४१९.८९ घनमिटर (Bulking सहित) वन पैदावार हानिनोक्सानी, दुरुपयोग गरे/गराएको पुष्टि भएको।\n\nउक्त नपुग परिमाणको रु. २६,८०,८३,९८०।– र सोमा १३ प्रतिशतले हुने मूल्य अभिवृद्धि कर (VAT) रु. ३,४८,५०,९१७।४० समेत गरी जम्मा **रु. ३०,२९,३४,८९७।४०** सार्वजनिक सम्पत्तिको हिनामिना, दुरुपयोग गरी/गराई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको पुष्टि भएको भन्ने आयोगको दाबी रहेको छ।\n\n### ख) मागदाबी\n\nआयोगले पाँच जना प्रतिवादीसँग रु. ३० करोड ३० लाखको बिगोदाबी र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीसँग कैद तथा जरिवानाको मागदाबी लिएको थियो। प्रतिवादीहरूउपरको बिगो र मागदाबी देहायबमोजिम छ:\n\n| प्रतिवादी | भूमिका/अभियोग | बिगो रु. | मागदाबी |\n| --------- | ------------- | -------- | ------- |\n| भरत कुमार थापा | नगर प्रमुख (हाल निलम्बित), बागमती नगरपालिका | ३०,२९,३४,८९७।४० | भ्र.नि. ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा दफा ३(१) को देहाय (झ) बमोजिम कैद र बिगो बमोजिम जरिवाना, दफा १७ बमोजिम बिगो असुलउपर; गलत लिखत तयार गरेकोमा दफा ९ बमोजिम कैद/जरिवाना; दफा १९(२) बमोजिम कैद/जरिवाना |\n| लीला कुमारी मुक्तान | नगर उपप्रमुख, बागमती नगरपालिका | ३०,२९,३४,८९७।४० | दफा १७, दफा ३(१)(झ), दफा ९ र दफा १९(२) बमोजिम कैद र जरिवाना |\n| बिमल कुमार पोखरेल | तत्कालीन प्रमुख प्रशासकीय अधिकृत | ३०,२९,३४,८९७।४० | दफा १७, दफा ३(१)(झ), दफा ९ र दफा १९(२) बमोजिम कैद र जरिवाना |\n| सागर पौडेल | योजना शाखा प्रमुख इन्जिनियर | ३०,२९,३४,८९७।४० | दफा १७, दफा ३(१)(झ), दफा ९ र दफा १९(२) बमोजिम कैद र जरिवाना |\n| विश्वराज पोखरेल | तत्कालीन लेखा अधिकृत | ३०,२९,३४,८९७।४० | दफा १७, दफा ३(१)(झ), दफा ९ र दफा १९(२) बमोजिम कैद र जरिवाना |\n| मेथुर चौधरी | तत्कालीन प्रमुख, जिल्ला समन्वय समिति सर्लाही | – | दफा ९ बमोजिमको कसुरमा कैद र जरिवाना |\n\n### ग) विशेष अदालतको फैसलाको सार\n\nविशेष अदालतले मिति  २०८२-०४-२१ मा भरत ताल निर्माणमा रु. ३० करोड २९ लाख हानिनोक्सानी भएको ठहर गरेको थियो। अदालतले नदीजन्य पदार्थको उत्खनन र बिक्री वितरणमा अनियमितता गरी सरकारी सम्पत्तिमा हानि पुर्‍याएको ठहर गर्दै नगर प्रमुख **भरत कुमार थापा**, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत **बिमल कुमार पोखरेल** र योजना शाखा प्रमुख इन्जिनियर **सागर पौडेल** लाई कसुरदार ठहर गरेको थियो। नगर उपप्रमुख **लीला कुमारी मुक्तान**, तत्कालीन लेखा अधिकृत **विश्वराज पोखरेल** र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख **मेथुर चौधरी** ले सफाई पाए।\n\nतीन वर्षभन्दा बढी कैद हुनसक्ने भ्रष्टाचार मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ हुने भएकाले अदालतले मिति वि सं २०८२-०४-२९ मा कसुर ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण गर्दै अन्तिम फैसला गरेको थियो। उक्त सजाय निर्धारणको पेशीमा विशेष अदालतले  प्रतिवादीहरू भरत थापा, विमलकुमार पोखरेल र सागर पौडेललाई जनही ८ वर्ष कैद र रु. १० करोड जरिवाना हुने फैसला गरेको थियो। साथै, प्रत्येक प्रतिवादीबाट रु. ४० लाख ३९ हजार १ सय ३१ क्षतिपूर्ति पीडित राहत कोषमा भराउने आदेशसमेत दिएको थियो।","key_allegations":["बागमती नगरपालिकाका हाल निलम्बित नगर प्रमुख भरत कुमार थापा, नगर उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेलसहितका पदाधिकारीहरूले सागरनाथ वन विकास परियोजनाअन्तर्गतको वन क्षेत्रमा रहेको बागमती माछा पोखरी प्रथम र दोस्रोबाट नेपाल सरकार तथा परियोजनाको स्वीकृतिबिना आ.व. २०७५/०७६ देखि निरन्तर नदीजन्य वन पैदावार उत्खनन् गरी नपुग देखिएको १३ लाख ४० हजार घनमिटरभन्दा बढी ढुंगा, गिटी, बालुवा दुरुपयोग गराई VAT सहित रु. ३० करोडभन्दा बढी सार्वजनिक सम्पत्ति हानि पुर्‍याएको।","नगरपालिकाका पदाधिकारीहरूले माछा पोखरी निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत भएको भनी गलत लिखत तयार गराई अनधिकृत उत्खननलाई वैध देखाउने आधार बनाएको।","बागमती नगरपालिकाका प्राविधिक, योजना र लेखा भूमिकाका कर्मचारीहरूले गुरुयोजना स्वीकृत नगरी, DPR तयार भएको देखाई र बागमती नदीको बहाव प्रयोगको स्वीकृति नलिई वन क्षेत्रमा माछा पोखरी निर्माण तथा नदीजन्य पदार्थ उत्खनन प्रक्रियामा सहयोग गरेको।"],"timeline":[{"date":"2018-07-17","title":"बागमती माछा पोखरी (भरत ताल) निर्माणमा नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रीमा अनियमितता","date_bs":"2075-04-01","description":"सर्लाही बागमती नगरपालिका वडा नं. ४ र १२ मा सागरनाथ वन विकास परियोजना/नेपाल सरकारको स्वीकृति विना आ.व. २०७५/०७६ देखि निरन्तर रुपमा बागमती माछा पोखरी–१ र २ बाट जम्मा ३९,७३,१९१.१८ घनमिटर वन पैदावार (नदीजन्य पदार्थ) उत्खनन् गरी, IEE स्वीकृत भएको भन्ने गलत लिखत तयार गरी, १३,४०,४१९.८९ घनमिटर परिमाण नपुग देखाई हानिनोक्सानी गरेको। बिगो रु.२६,८०,८३,९८० र VAT १३% रु.३,४८,५०,९१७.४० समेत जम्मा रु.३०,२९,३४,८९७.४० हानिनोक्सानी।"},{"date":"2024-06-11","title":"विशेष अदालतमा आरोपपत्र दायर तथा प्रेस विज्ञप्ति","date_bs":"2081-02-29","description":"अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख भरत कुमार थापा, नगर उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्र.प्र.अ. बिमल कुमार पोखरेल, योजना शाखा प्रमुख सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेलसमेत ५ जना उपर रु.३०,२९,३४,८९७.४० बिगो र जि.स.स. सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरी उपर कैद–जरिवाना मागदाबी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(झ), ९, १७ र १९(२) अन्तर्गत आरोपपत्र दायर गरेको। प्रवक्ता नरहरि घिमिरे।"},{"date":"2024-08-12","title":"विशेष अदालतमा पेशी सुरु","date_bs":"2081-04-28","description":"मुद्दा पहिलो पटक इजलासमा पेश भयो। फैसलासम्म अदालतको अभिलेखमा जम्मा ३१ पटक पेशी चढेको देखिन्छ; साक्षी बुझ्ने आदेश पटक–पटक भएको।"},{"date":"2025-04-20","title":"अदालतको दुईबुँदे बुझ्ने आदेश","date_bs":"2082-01-07","description":"विशेष अदालतले प्रतिवादीको बयानअनुसारका कागजात झिकाउने र प्राविधिकको बकपत्र गराउने गरी दुईबुँदे आदेश दियो।"},{"date":"2025-08-06","title":"विशेष अदालतको कसुर ठहर फैसला","date_bs":"2082-04-21","description":"विशेष अदालतले भरत कुमार थापा, बिमल कुमार पोखरेल र सागर पौडेललाई रु.३०.२९ करोड (रु.३०२.९ मिलियन) हानिनोक्सानीमा दोषी ठहर गर्‍यो; लीला कुमारी मुक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीले सफाई पाए।"},{"date":"2025-08-14","title":"विशेष अदालतको सजाय निर्धारण फैसला","date_bs":"2082-04-29","description":"तीन वर्षभन्दा बढी कैद हुने भ्रष्टाचार मुद्दामा छुट्टै सुनुवाइ गरी सजाय निर्धारण गरिएको। यो भरत ताल मुद्दासँगै थापा अर्को अवैध सम्पत्ति आर्जन मुद्दामा समेत दोषी ठहरिए।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/ciaa_press_release/2687","additional_details":"यो आरोप-पत्र दायरसम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रेस विज्ञप्ति यस मुद्दा (080-CR-0190) को प्राथमिक अभिलेख हो, जसले नदीजन्य पदार्थ अनधिकृत उत्खननबाट VAT सहित रु. ३०,२९,३४,८९७।४० बिगो हानिनोक्सानी पुर्‍याएको र IEE स्वीकृत भएको भनी गलत लिखत तयार गरेको आरोपलाई सोझै पुष्टि गर्दछ। यसले अभियुक्त भरत कुमार थापा, लीला कुमारी मुक्तान, बिमल कुमार पोखरेलसमेत ६ जनाउपरको कसुर र सजाय मागदाबीसँग प्रत्यक्ष सम्बन्ध राखी आरोपको कानुनी आधार तथा बिगो परिमाण स्थापित गर्ने केन्द्रीय प्रमाण-स्रोत बन्दछ।","material":{"display_name":"जिल्ला सर्लाही, बागमती नगरपालिकाका (हाल निलम्बित) नगर प्रमुख भरत कुमार थापा, नगर उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेलसमेत ६ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, गलत प्रतिवेदन तथा गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।","material_type":"press_release","urls":[{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2687. जिल्ला सर्लाही, बागमती नगरपालिकाका (हाल निलम्बित) नगर प्रमुख भरत कुमार थापा, नगर उपप्रम - 2.pdf","role":"RAW"},{"link":"https://ngm-store.jawafdehi.org/uploads/ciaa/press-releases/files/2687. जिल्ला सर्लाही, बागमती नगरपालिकाका (हाल निलम्बित) नगर प्रमुख भरत कुमार थापा, नगर उपप्रम - 1.doc","role":"ALTERNATE"},{"link":"https://ciaa.gov.np/pressrelease/2687","role":"SOURCE_PAGE"}]}},{"material_iri":"https://jawafdehi.org/material/charge_sheet/20260608.de5ddcf7","additional_details":"यो अभियोगपत्रसम्बन्धी समाचार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरत कुमार थापालगायतविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दाको प्राथमिक अभिलेखीय स्रोत हो, जसले नदीजन्य पदार्थ उत्खनन तथा सार्वजनिक सम्पत्ति हानिको मुख्य अभियोग र अभियुक्तहरूको पहिचानलाई प्रत्यक्ष रूपमा पुष्टि गर्दछ। यसले रु. ३० करोडभन्दा बढी बिगो दाबी, गलत लिखत/प्रतिवेदन तयारी र अभियुक्तहरूको भूमिकासम्बन्धी अभियोगलाई समर्थन गर्ने आधिकारिक अभिलेखका रूपमा प्रमाणिक महत्त्व राख्छ।","material":{"display_name":"Mayor, Deputy Mayor of Bagmati Municipality face chargesheet against corruption - Nepal Samaj","material_type":"charge_sheet","urls":[{"link":"https://nepalsamaj.com/en/mayor-deputy-mayor-of-bagmati-municipality-face-chargesheet-against-corruption/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/c4cb1c125fc02ca3bdb7ea351b908fee5bb08af5279a81dd8bd26e3392441cd5.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260608.f746c062","additional_details":"नयाँ पत्रिकामा प्रकाशित यो समाचार यस मुद्दा (080-CR-0190) कै अदालती कारबाहीसँग सीधै सम्बन्धित भई विशेष अदालतले जारी गरेको दुईबुँदे आदेश, अख्तियारले दाबी गरेको रु. ३० करोड २९ लाखको हानिनोक्सानी तथा अनधिकृत नदीजन्य पदार्थ उत्खननसम्बन्धी अभियोगको पुष्टि प्रक्रिया (प्रतिवादीको बयानअनुसारका कागजात झिकाउने र प्राविधिकको बकपत्र गराउने) झल्काउँछ। यो प्राथमिक अदालती अभिलेख नभई पत्रकारिता स्रोत भएकाले मुद्दाको प्रक्रियागत स्थिति र अभियोगको पृष्ठभूमि बुझ्न सहायक/समर्थनकारी सन्दर्भको रूपमा रहन्छ।","material":{"display_name":"मेयर थापाविरुद्धकाे मुद्दामा दुईबुँदे आदेश","material_type":"news","urls":[{"link":"https://www.nayapatrikadaily.com/news-details/165540/2025-04-20","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/89ba4cb3a26f9b24023eec299071d58468a75a7da16c7131b3e3e4cc580e63ae.md","role":"MARKDOWN"},{"link":"https://web.archive.org/web/20250427124113/https://www.nayapatrikadaily.com/news-details/165540/2025-04-20","role":"PERMALINK"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260608.49fc196f","additional_details":"यो विशेष अदालतको फैसला (court order) सम्बन्धी समाचार यस मुद्दा (080-CR-0190) मा लागेका नदीजन्य पदार्थको उत्खनन तथा बिक्रीमा भएको अनियमितताबाट रु. ३०.२९ करोड बिगो हानि पुर्‍याएको अभियोगमाथिको न्यायिक निरूपण देखाउने प्राथमिक अभिलेख हो, जसले भरत कुमार थापा, बिमल कुमार पोखरेल र सागर पौडेललाई कसुरदार ठहर्‍याएको र लीला कुमारी मुक्तान, विश्वराज पोखरेल तथा मेथुर चौधरीलाई सफाइ दिएको देखाउँछ। यसले प्रमुख अभियोग (बिगो रकम र संलग्न पदाधिकारीहरूको दायित्व) सँग सीधा सम्बन्ध राख्ने भएकाले यो मुद्दाको नतिजासम्बन्धी मूल प्रमाणका रूपमा रहन्छ।","material":{"display_name":"Bagmati Municipality mayor convicted in two corruption cases - Peoples&#039; Review","material_type":"news","urls":[{"link":"https://peoplesreview.com.np/2025/08/07/bagmati-municipality-mayor-convicted-in-two-corruption-cases/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/6f704d27d3d621fa4b43f52fe2b4edbf96baa36ff3a9ba5ed603d9e9ddfa49fb.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news_setopati/2082","additional_details":"A news article published by Setopati regarding the punishments given to the defendants in the case.","material":{"display_name":"News relating to Determination of punishment","material_type":"document","urls":[{"link":"https://www.setopati.com/politics/366697","role":"RAW"}]}},{"material_iri":"https://jawafdehi.org/material/news_shilaptra/2082","additional_details":"This article reports about the new case filed against Bharat Thapa with allegation of allegations of irregularities of Rs 300 million in the construction of Bharat Lake","material":{"display_name":"Another corruption case against Bagmati Mayor Thapa, allegations of irregularities of Rs 300 million in the construction of Bharat Lake","material_type":"document","urls":[{"link":"https://shilapatra.com/detail/138491","role":"RAW"}]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/080-cr-0190"],"missing_details":"अभियोगपत्र प्राप्त नभएको र फैसलाको पूर्णपाठ प्रकाशित नभईसकेको कारण बिगो र आरोपका विवरण CIAA प्रेस विज्ञप्ति र समाचारमा आधारित छन्।","bigo":302934897,"weight":0,"versionInfo":{"action":"published","datetime":"2026-08-14T06:47:29.328793+00:00"},"created_at":"2026-05-05T20:42:01.671030+05:45","updated_at":"2026-09-03T09:16:46.933460+05:45"}