{"id":17,"slug":"bara-hulak-081-CR-0091","public_iri":"https://jawafdehi.org/case/bara-hulak-081-CR-0091","offence_type":"CORRUPTION","case_type":"CORRUPTION","state":"PUBLISHED","title":"बारा हुलाक बचत बैंक बचतकर्ताको रकम हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दा (081-CR-0091)","short_description":"","authors":[{"slug":"rujit-kafle","display_name":"Rujit Kafle","name_ne":"रुजित काफ्ले","photo_url":"https://jawafdehi.org/assets/teammembers/rujit.webp","title":"Caseworker","has_public_page":true}],"case_publish_date":"2026-04-21","public_edit_history":[],"public_notes":"**Case drafted by Rujit Kafle. First published on April 21, 2026.**","thumbnail":{"src":"https://s3.jawafdehi.org/case_uploads/6e0b027a3fd4b2d52eb872f2d0f93a15dcb6791e3a388769a160cb8bbdf7c816.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/7e035626c25bc3c8ec9b209bec7da6b4d85d520c4cbc59ee5f303a97b3393399.webp 400w, https://s3.jawafdehi.org/case_uploads/bda148c871184936372afa1b07f842efec1f8830078a78a4b55ac4e792db6c82.webp 800w, https://s3.jawafdehi.org/case_uploads/6e0b027a3fd4b2d52eb872f2d0f93a15dcb6791e3a388769a160cb8bbdf7c816.webp 1200w","width":1200,"height":675,"alt":""},"banner":{"src":"https://s3.jawafdehi.org/case_uploads/509f6bf7ac595c5d399b507df618065f621236e67b154a41b3150c3043f5721d.webp","srcset":"https://s3.jawafdehi.org/case_uploads/0310c778a1a90eebf84e3fbf70c5b3459ff8d1988f0e44f8a2b71eb5e68495cc.webp 640w, https://s3.jawafdehi.org/case_uploads/5763efe90754b5bb042e01fe47afdfeaf4459717a523c82f5bf7c45e6ae8ead8.webp 1280w, https://s3.jawafdehi.org/case_uploads/509f6bf7ac595c5d399b507df618065f621236e67b154a41b3150c3043f5721d.webp 1600w","width":1600,"height":704,"alt":""},"thumbnail_image_id":336,"banner_image_id":252,"thumbnail_url":"","banner_url":"","case_start_date":"2025-05-13","case_end_date":"2026-02-05","dates":{"stages":[{"end":"2026-02-05","stage":"initial","start":"2025-05-13","courtcase_iri":"https://jawafdehi.org/courtcase/special/081-cr-0091"}]},"status":"concluded","case_track":null,"status_override":null,"proceedings_started_on":"2025-05-13","proceedings_decided_on":"2026-02-05","appeal_verdicts":{},"appeal_parties":{},"entities":[{"nes_id":"https://jawafdehi.org/entity/location/district/bara-np0233","display_name":"Bara","entity_type":"AdministrativeArea,jawafdehi:District","type":"location","outcome":null,"notes":"","name":{"en":"Bara","ne":"बारा"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/sujitakumaara-saaha","display_name":"Sujitkumar Sah","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"कार्यालय प्रमुखको रूपमा बचत रकमको अभिलेख, बैंक दाखिला र केन्द्रीय जानकारी सुनिश्चित नगरी फाँट प्रमुखसँग मिलेमतोमा रकम हिनामिना तथा दुरुपयोगमा संलग्न भएको आरोप।","name":{"en":"Sujitkumar Sah","ne":"सुजितकुमार साह"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/bunneeprasaada-yaadava","display_name":"Bunni Prasad Yadav","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"निमित्त कार्यालय प्रमुखका रूपमा बचत रकमको निगरानी नगरी फाँट प्रमुखसँग मिलेमतोमा बचतकर्ताको रकम हिनामिना, दुरुपयोग तथा बाँडफाँडमा संलग्न भएको अभियोग।","name":{"en":"Bunni Prasad Yadav","ne":"बुन्नीप्रसाद यादव"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/adaalataprasaada-kurmee","display_name":"Adalatprasad Kurmi","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"कार्यालय प्रमुख रहँदा बचत रकमको अभिलेख, प्रमाणीकरण र बैंक दाखिला जाँच नगरी फाँट प्रमुखसँग मिलेमतोमा रकम अपचलन तथा गैरकानूनी लाभ लिएको आरोप।","name":{"en":"Adalatprasad Kurmi","ne":"अदालतप्रसाद कुर्मी"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/surendraprasaada-yaadava","display_name":"Surendraprasad Yadav","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा बचत रकमको उचित जाँचबुझ र प्रमाणीकरण नगरी फाँट प्रमुखसँग मिलेमतोमा सरकारी रकम हिनामिना तथा गैरकानूनी लाभ लिएको आरोप।","name":{"en":"Surendraprasad Yadav","ne":"सुरेन्द्रप्रसाद यादव"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/jayalaalaprasaada-saaha-kaanoo","display_name":"Jayalalprased Sah Kanu","entity_type":"Person","type":"accused","outcome":"acquitted","notes":"कार्यालय प्रमुखको हैसियतमा बचत रकमको निगरानी, प्रमाणीकरण र बैंक दाखिला सुनिश्चित नगरी फाँट प्रमुखसँग मिलेमतोमा रकम हिनामिना तथा दुरुपयोगमा संलग्न भएको आरोप।","name":{"en":"Jayalalprased Sah Kanu","ne":"जयलालप्रसाद साह कानू"},"image":null},{"nes_id":"https://jawafdehi.org/entity/person/baliraamaprasaada-kurmee","display_name":"Baliramprasad Kurmi","entity_type":"Person","type":"accused","outcome":"convicted","notes":"बचत बैंक फाँट प्रमुख तथा निमित्त कार्यालय प्रमुखका रूपमा बचतकर्ताको रकम दैनिक नगदी रजिष्टरमा नजनाई, बैंक दाखिला नगरी, कार्यालय प्रमुखसँग मिलेमतोमा अपचलन गरी बाँडफाँड गरेको आरोप।","name":{"en":"Baliramprasad Kurmi","ne":"बलिरामप्रसाद कुर्मी"},"image":null}],"tags":["Hulak Saving  Bank Case","Misappropriation"],"description":"**क) अभियोग दावीको सार**\r\n\r\nप्रस्तुत मुद्दामा जिल्ला हुलाक कार्यालय, बारामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूले हुलाक बचत बैंक मार्फत संकलित बचतकर्ताहरूको रकम हिनामिना गरेको अभियोग लगाइएको थियो । प्रतिवादी बलिरामप्रसाद कुर्मी (बलीराम प्रसाद) मिति २०५९ सालदेखि उक्त कार्यालयमा कार्यरत रही २०६०/०३/०९ गतेदेखि हुलाक बचत बैंकको आर्थिक कारोबार हेर्ने फाँटवाल तथा निमित्त कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका थिए। उनले कार्यालयका तत्कालीन प्रमुखहरू जयलालप्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साहसँग मिलेमतो गरी बचतकर्ताहरूबाट संकलित रकमलाई नियमानुसार दैनिक नगदी रजिष्टरमा प्रविष्टि नगरी, बैंकमा दाखिला नगरी तथा केन्द्रीय कार्यालयलाई जानकारी नदिई अपचलन गरेको आरोप थियो । उक्त कार्य हुलाक बचत बैंक नियमावली, २०३३, हुलाक सेवा कार्यविधि निर्देशिका, २०६३ को दफा ११.७ तथा हुलाक बचत बैंक कार्यसंचालन निर्देशिका, २०६६ को दफा ५० विपरीत भएको ठहर गरिएको थियो। प्रतिवादीहरूले बचतकर्ताहरूको पासबुक र लेजरमा मात्र विवरण उल्लेख गरी वास्तविक रकम लुकाई आपसमा बाँडफाँड गरेको र यसबाट नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको अभियोग लगाइएको थियो । केन्द्रीय धनादेश कार्यालय र हुलाक सेवा विभागको पत्रअनुसार, बचतकर्ताहरूको साँवा रु. ३,३१,५९,५६१.५५ र व्याज रु. २,०४,०४,७१७.७७ गरी जम्मा रु. ५,३५,६४,२७९.३३ रकम हिनामिना भएको पुष्टि भएको दावी थियो । यसरी बदनियतपूर्वक सरकारी रकम अपचलन गरी आफूलाई गैरकानुनी लाभ पुर्‍याएकोले प्रतिवादीहरूको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अन्तर्गतको कसूर भएको अभियोग लगाइएको थियो । सबै प्रतिवादीहरूबाट उक्त बिगो बराबरको रकम असुल उपर गरी, सोही ऐनको पहिलो संशोधन पूर्वको दफा ३(१)(झ) तथा संशोधन पश्चातको दफा ३(१)(छ) बमोजिम बिगोअनुसार कैद र जरिवानाको सजाय मागदावी सहित आरोपपत्र दायर गरिएको थियो ।\r\n\r\n**ख) अदालत समक्ष प्रतिवादीहरूले गरेको बयानको सार**\r\n\r\n| क्र.सं. | प्रतिवादीको नाम | बयानको सार |\r\n| ------- | --------------- | ---------- |\r\n| १ | **बलिरामप्रसाद कुर्मी** | आफूले बचतकर्ताहरूको अभिलेख विधिवत् राखेकै कारण उनीहरूले रकम फिर्ता पाएको दाबी गरे। कुनै रकम हिनामिना नगरेको र कार्यालय प्रमुखको निर्देशनअनुसार मात्र काम गरेको बताए। दैनिक नगदी र लेजर मिलान गर्ने जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै आफूविरुद्धको आरोप झुट्टा भएकोले सफाइ माग । |\r\n| २ | **जयलालप्रसाद साह कानू** | हुलाक बचत बैंकको सम्पूर्ण कार्य फाँट प्रमुख बलिरामप्रसाद कुर्मीले गरेको र आफ्नो कार्यकालमा एक रुपैयाँ पनि हिनामिना नभएको दाबी गरे। अवकाश लिँदा सम्पूर्ण नगदी तथा कागजात बलिरामलाई बुझाएको उल्लेख गर्दै घटनामा आफ्नो कुनै संलग्नता नरहेकोले सफाइको माग । |\r\n| ३ | **सुरेन्द्रप्रसाद यादव** | बलिरामप्रसाद कुर्मीले फाँट प्रमुखका रूपमा हिसाब समयमै नपठाउने गरेको र सोका लागि आफूले मौखिक तथा लिखित ताकेता गरेको बताए। सेवाग्राहीको उजुरीमा पनि बलिरामकै नाम आएको उल्लेख गर्दै आफ्नो कार्यकालमा कुनै गुनासो नआएको र आफू निर्दोष रहेकोले सफाइको माग । |\r\n| ४ | **अदालतप्रसाद कुर्मी** | कार्यालय प्रमुख हुनुअघि नै बलिरामप्रसाद कुर्मी फाँट प्रमुख रहेको र आफूले नियमित रूपमा फाँटवारी पठाउन निर्देशन दिएको बताए। आफ्नो कार्यकालमा कुनै रकम हिनामिना नभएको र सेवाग्राहीबाट गुनासो नआएको दाबी गर्दै घटनामा आफ्नो संलग्नता नरहेकोले सफाइको माग । |\r\n| ५ | **बुन्नीप्रसाद यादव** | निमित्त कार्यालय प्रमुख हुँदा बलिरामप्रसादलाई कार्यालय व्यवस्थित राख्न निर्देशन दिएको तर उनले पालन नगरेको बताए। बलिरामको काज सरुवा गराएको र व्यक्तिगत रिसइबीका कारण आफ्नो नाम पोलिएको दाबी गरे। आफूविरुद्ध किटानी जाहेरी नपरेको उल्लेख गर्दै घटनामा संलग्नता अस्वीकार गरी सफाइ माग। |\r\n| ६ | **सुजितकुमार साह** | आफ्नो कार्यकालमा सबै आर्थिक विवरण नियमित रूपमा केन्द्रीय धनादेश कार्यालयमा पठाइएको र विभिन्न निकायबाट अनुगमन भएको उल्लेख गरे। आफूले कुनै रकम हिनामिना नगरेको र बलिरामप्रसादको पोल बयान झुट्टा भएको दाबी गर्दै प्रमाण पेश गर्ने तथा सफाइ पाउन अनुरोध। |\r\n\r\n**ग) विशेष अदालतको फैसलाको सार**\r\n\r\nविशेष अदालतले अनुसन्धान तथा प्रमाणहरूको मूल्याङ्कन गर्दा बचत शाखाका फाँट प्रमुख प्रतिवादी **बलिरामप्रसाद कुर्मी**ले बचतकर्ताहरूबाट संकलित रकम बैंकमा दाखिला नगरी अभिलेखबाहिर राखी हिनामिना गरेको तथ्य पुष्टि भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष दिएको साविती बयान, महालेखापरीक्षकको प्रतिवेदन तथा अन्य कागजी प्रमाणहरूले निजको प्रत्यक्ष संलग्नता प्रमाणित गरेको थियो । अन्य प्रतिवादीहरू, जयलालप्रसाद साह कानू, सुरेन्द्रप्रसाद यादव, अदालतप्रसाद कुर्मी, सुजितकुमार साह र बुन्नीप्रसाद यादवको हकमा भने सहप्रतिवादी बलिरामप्रसाद कुर्मीको पोल बयान बाहेक स्वतन्त्र र विश्वसनीय प्रमाण प्रस्तुत हुन नसकी फौजदारी न्यायको सिद्धान्तअनुसार कसुर प्रमाणित गर्ने दायित्व अभियोजन पक्षमा रहने र सहअभियुक्तको पोल बयान मात्रका आधारमा दोषी ठहर गर्न नमिल्ने भएकाले ती प्रतिवादीहरूलाई आरोप दाबीबाट सफाइ दियो ।\r\n\r\nसजाय निर्धारणका सन्दर्भमा, प्रतिवादी बलिरामप्रसाद कुर्मीले हिनामिना गरेको वास्तविक साँवा रकम रु. ३,३१,५९,५६१.५५ लाई मात्र बिगो कायम गरिएको थियो। सोही आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा दफा ३(१)(झ) बमोजिम उनलाई **८ वर्ष कैद** र **बिगो बराबर रु. ३,३१,५९,५६१.५५ जरिवाना** सजाय सुनाइएको थियो। साथै उक्त बिगो असुल उपर गराउने र **अपराध पीडित संरक्षण ऐन, २०७५** को दफा ४१ बमोजिम **रु. १३,२६,३८२.४६** क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गराउने आदेश गरिएको थियो। यसरी, अदालतले प्रत्यक्ष प्रमाणका आधारमा मुख्य दोषीलाई दण्डित गर्दै अन्य प्रतिवादीहरूलाई प्रमाण अभावमा सफाइ प्रदान गरेको थियो ।\r\n\r\n<br>","key_allegations":["प्रतिवादीहरूको मिलेमतोमा हुलाक बचत बैङ्कमा निक्षेप रकम सङ्कलन गरी सो विवरण बचतकर्ताहरूको पासबुक तथा लेजर बुकमा मात्र जनाइ कार्यालयको दैनिक नगदी रजिस्टरमा प्रविष्टि र बैङ्क दाखिला नगरी बचतकर्ताहरूको बचत रकम अपचलन गरी हिनामिना गरेको।","तत्कालीन कार्यालय प्रमुखहरू जयलाल प्रसाद साह कानू, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव र सुजित कुमार साहले फाँटवाला बलीराम प्रसादसँग मिलेमतो गरी बचतकर्ताहरूबाट उठेको रकम आपसमा बाँडफाँड गरेको।","कूल १,२७५ जना बचतकर्ताहरूको साँवा ब्याज सहित रु. ५,३५,६४,२७९.३३ हिनामिना भएको — साँवा रु. ३,३१,५९,५६१.५५ र ब्याज रु. २,०४,०४,७१७.७७।","लामो समयसम्म (करिब १६ वर्ष) विभागीय निरीक्षण तथा आन्तरिक लेखापरीक्षण प्रणालीको कमजोरीको फाइदा उठाई यो अनियमितता जारी राखिएको।"],"timeline":[{"date":"2003-06-22","title":"जिम्मेवारी तोकिएको","date_bs":"2060-03-08","description":"जिल्ला हुलाक कार्यालय बाराले बलीराम प्रसाद कुर्मीलाई नगदी तथा बचत बैंक फाँटको जिम्मेवारी दिएको देखिन्छ। यस जिम्मेवारी अन्तर्गत उनले धनादेश, बचत खाताको सञ्चालन, नगदी व्यवस्थापन र अभिलेख राख्ने कार्य गर्नुपर्ने थियो। उनी आर्थिक कारोबारको मुख्य जिम्मेवार कर्मचारी थिए ।"},{"date":"2003-06-23","title":"कार्यभार सम्हालेको","date_bs":"2060-03-09","description":"मिति 2060/03/09 देखि कुर्मीले बचत बैंक शाखाको प्रमुख रूपमा कार्यभार सम्हाल्दै आएका थिए। उनी निरन्तर रूपमा बचतकर्ताबाट रकम संकलन, निक्षेप व्यवस्थापन र खाताको सञ्चालनमा संलग्न थिए, जसले दीर्घकालीन रूपमा आर्थिक अनियमितता गर्ने अवसर सिर्जना भएको देखिन्छ। अनिश्चित अवधि देखि हिनामिना सुरू भएको र लामो समयदेखि अभिलेख नराखी रकम अपचलन भएको देखिन्छ। पासबुक र कार्यालय अभिलेखबीच फरक देखिनु तथा ब्याज गणना नगर्नुले निरन्तर रूपमा अनियमितता हुँदै आएको संकेत गरेको थियो ।"},{"date":"2023-04-29","title":"जिल्ला प्रशासन प्रतिवेदन","date_bs":"2080-01-16","description":"सहायक प्रमुख जिल्ला अधिकारीको टोलीले गरेको छानबिनमा करिब रु. २.२८ करोड रकम अनियमितता भएको देखिएको उल्लेख गरेको थियो । उक्त प्रतिवेदनले विस्तृत छानबिन आवश्यक रहेको र बचतकर्ताको रकम सुरक्षित रूपमा फिर्ता गर्नुपर्ने सिफारिस गरेको थियो।"},{"date":"2023-05-23","title":"हुलाक सेवा विभाग पत्र","date_bs":"2080-02-09","description":"हुलाक सेवा विभागले करिब रु. २.७५ करोड रकम हिनामिना भएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयलाई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो। यसले कुर्मीको कार्यबाट बचतकर्तालाई ठूलो आर्थिक क्षति पुगेको देखाई तत्काल असुली र फिर्ता प्रक्रिया आवश्यक ठहर गरेको थियो।"},{"date":"2023-05-24","title":"केन्द्रीय धनादेश कार्यालय पत्र","date_bs":"2080-02-10","description":"केन्द्रीय धनादेश कार्यालयले कुल हिनामिना रकम रु. १०.२९ करोड (साँवा तथा ब्याज सहित) पुगेको उल्लेख गरेको थियो। यसले वास्तविक रकम अझ ठूलो हुनसक्ने देखाउँदै विभागलाई थप कारबाही र अनुसन्धान अघि बढाउन प्रेरित गरेको महत्वपूर्ण दस्तावेजको रूपमा काम गरेको थियो।"},{"date":"2023-05-28","title":"प्रारम्भिक छानबिन प्रतिवेदन","date_bs":"2080-02-14","description":"प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा अभिलेख र पासबुकबीच ठूलो अन्तर रहेको, ब्याज गणना नभएको र वास्तविक दायित्व यकिन गर्न नसकिने उल्लेख गरेको थियो । यसले दीर्घकालीन अनियमितता भएको र व्यवस्थित लेखा प्रणालीको अभावले सत्य तथ्य पत्ता लगाउन कठिन भएको देखाएको थियो ।"},{"date":"2023-06-27","title":"मन्त्रिपरिषद् निर्णय","date_bs":"2080-03-12","description":"नेपाल सरकार मन्त्रिपरिषद्ले बारा जिल्लाका बचतकर्ताहरूलाई रकम फिर्ता गर्ने निर्णय गरेको थियो। अन्य जिल्लाका हुलाक बचत बैंकको नाफाबाट रकम व्यवस्थापन गरी बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले यो निर्णय गरिएको थियो।"},{"date":"2023-07-09","title":"उजुरी दर्ता","date_bs":"2080-03-24","description":"पीडित बचतकर्ताको तर्फबाट जिल्ला प्रशासन र प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको थियो। उजुरीमा कुर्मीले बचत रकम अभिलेख नराखी अपचलन गरेको आरोप लगाइएको थियो, जसका आधारमा अनुसन्धान अघि बढी ठगी मुद्दा दायर भएको देखिन्छ।"},{"date":"2023-08-29","title":"अनुसन्धान प्रतिवेदन पेश","date_bs":"2080-05-12","description":"हुलाक सेवा विभागका शाखा अधिकृत गणेश ऐडी सहितको टोलीले विस्तृत अनुसन्धान प्रतिवेदन पेश गरेको थियो। प्रतिवेदनले हिनामिनाको अवस्था जटिल रहेको र रकम यकिन गर्न कठिन भएको उल्लेख गर्दै थप अनुसन्धान आवश्यक रहेको औंल्याएको थियो।"},{"date":"2024-11-17","title":"अदालतको पत्र","date_bs":"2081-08-02","description":"बारा जिल्ला अदालतले ठगी मुद्दा विचाराधीन रहेको र बलीराम प्रसाद कुर्मी पुर्पक्षका लागि थुनामा रहेको जानकारी दिएको थियो।"},{"date":"2025-03-27","title":"प्रहरीबाट मिसिल पेश","date_bs":"2081-12-14","description":"जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान पूरा गरी मिसिल, प्रमाण र अभियोगपत्र जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गरेको थियो।"},{"date":"2025-04-03","title":"थप कागजात","date_bs":"2081-12-21","description":"प्राप्त कागजात अनुसार १२७५ जना बचतकर्ताको रकम हिनामिनामा कुर्मी मुख्य जिम्मेवार देखिएका छन्। साथै अन्य पाँच जना कार्यालय प्रमुखको समेत संलग्नता रहेको उल्लेख गर्दै सबैलाई प्रतिवादी बनाइएको जानकारी दिएको थियो ।"},{"date":"2025-04-23","title":"रकम फिर्ता प्रक्रिया","date_bs":"2082-01-10","description":"नेपाल सरकारको निर्णय अनुसार राष्ट्रिय वाणिज्य बैंकमार्फत बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको पुष्टि गरिएको थियो । यसले पीडितलाई राहत पुगेको देखिए पनि हिनामिना गर्ने व्यक्तिबाट कानुनी प्रक्रिया अनुसार असुल उपर गर्ने कार्य बाँकी रहेको थियो ।"},{"date":"2025-05-13","title":"अख्तियारद्वारा अभियोगपत्र दायर","date_bs":"2082-01-30","description":"जिल्ला हुलाक कार्यालय, बाराका नायब सुब्बा बलिरामप्रसाद कुर्मीले हुलाक बचत बैङ्कको बचतकर्ताको बचत रकम कुनै अभिलेख नराखी हिनामिना गरेको भन्नेसमेतको आधार कारण सहित अभियोगपत्र दायर गरिएको थियो ।"},{"date":"2025-05-21","title":"थुनामा राख्ने आदेश भएको","date_bs":"2082-02-07","description":"प्रस्तुत मुद्दामा उजुरी, छानबिन प्रतिवेदन, जिल्ला प्रशासनको प्रतिवेदन, केन्द्रीय धनादेश कार्यालयबाट प्राप्त विवरण, बिल, भरपाई तथा बैंक स्टेटमेन्ट लगायतका प्रमाणहरूको आधारमा आरोपदावी र बिगो मागदावी पुष्टि हुने अवस्था देखिएकोले विशेष अदालत ऐन, २०५९ को दफा ७(ङ) बमोजिम प्रतिवादीलाई थुनामा राखी पुर्पक्ष गर्नेगरी विशेष अदालतको आदेश भएको ।"},{"date":"2026-02-05","title":"विशेष अदालतको  आंशिक ठहर फैसला","date_bs":"2082-10-22","description":"विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले आंशिक ठहर फैसला  सुनाएको ।"}],"ai_generated_sections":[],"evidence":[{"material_iri":"https://jawafdehi.org/material/press_release/20260409.98ebd075","additional_details":"अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिति २०८२/०१/३० (मे १३, २०२५) को प्रेस विज्ञप्ति जसमा ६ जना प्रतिवादीविरुद्ध आरोपत्र दायर गरेको जानकारी  सहित प्रेस विज्ञप्ति जारी गरेको ।","material":{"display_name":"अख्तियारको प्रेस विज्ञप्ति नं. ३०७६","material_type":"press_release","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/4905a284c80ee482993d4a7c1dcf0a2523b45d044e6c3dee67db8bdfd0d13518.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/f455112ed135167516dddf06d8aa83e35ace1a55ac24aaf6d2a07fb2f26508ce.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/charge_sheet/20260409.b6459a3d","additional_details":"अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अधिकृत देवेन्द्र खतिवडामार्फत विशेष अदालत, काठमाडौंमा दायर गरेको आरोप-पत्र। सबै ६ जना प्रतिवादीको पहिचान, बयान र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको मागदाबी सहितको अभियोगपत्र ।","material":{"display_name":"अभियोगपत्र — विशेष अदालत मुद्दा नं. ०८१-CR-००९१","material_type":"charge_sheet","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/e192775ed417b6f08a92d5b20949bd47d1ad3598d902d16bea25023555271a68.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/d04cf31b4e4d4ace81a6e8b18f853d5009db6dceaf3c052dc08436fffb83837a.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/court_order/20260409.1112dacc","additional_details":"जिल्ला हुलाक कार्यालय बाराको हुलाक बचत बैंकमा संकलित बचतकर्ताको रकममध्ये रु. ३,३१,५९,५६१.५५ हिनामिना गरेको प्रमाणित भएकाले प्रतिवादी बलिरामप्रसाद कुर्मीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ८ वर्ष कैद, सोही बिगो बराबर जरिवाना तथा क्षतिपूर्ति शुल्क तिर्न आदेश गरिएको थियो । अन्य प्रतिवादीहरू प्रमाण अभावमा सफाइ पाएका थिए ।","material":{"display_name":"विशेष अदालतको फैसला","material_type":"court_order","urls":[{"link":"https://s3.jawafdehi.org/case_uploads/441176265556ad14e244e32851b66432134f2dd54d7e4ca50836d1d945ac4cec.pdf","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/d0bc338fe1cf7a489505c4d7275a28528880f88d9d58905f2398b3c6fb16f0ed.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/legal_corpus/20260320.44bd104b","additional_details":"Nepal Law Commission","material":{"display_name":"भ्रष्टाचार निवारण ऐन २०५९","material_type":"legal_corpus","urls":[{"link":"https://lawcommission.gov.np/content/13421/prevention-of-corruption--2059/","role":"RAW"},{"link":"https://s3.jawafdehi.org/case_uploads/833387b943a2b6e0704c1103576405e4043b96c5cb1974a7689e029fc35b942b.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260409.a2828780","additional_details":"ICT Frame, published on May 13, 2025 (Baisakh 30, 2082).","material":{"display_name":"Bara Post Office Embezzlement: CIAA Files NPR 5.35 Crore Corruption Case Against 6 Officials","material_type":"news","urls":[{"link":"https://ictframe.com/bara-post-office-embezzlement/","role":"RAW"},{"link":"https://web.archive.org/web/20250513000000/https://ictframe.com/bara-post-office-embezzlement/","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/2621a7b2e517ac77d8d23eabeb47291d5faaf6270548ee6c93e98043620914e1.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260409.8fdfdb3c","additional_details":"Drishti News — May 13, 2025 (Baisakh 30, 2082)","material":{"display_name":"बारा हुलाक कार्यालयमा ५ करोडभन्दा बढी हिनामिना","material_type":"news","urls":[{"link":"https://www.drishtinews.com/archives/388931","role":"RAW"},{"link":"https://web.archive.org/web/20250513000000/https://www.drishtinews.com/archives/388931","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/33d46588b371e2dce2bfc310ab1ee1c5ef597dd524c70a888bb0a88c8e071f01.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/news/20260409.d6e14e56","additional_details":"Karnali Mission — May 13, 2025 (Baisakh 30, 2082)","material":{"display_name":"पाँच करोडभन्दा बढी रकम दुरुपयोग गरेको भन्दै बारा हुलाक कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा","material_type":"news","urls":[{"link":"https://karnalimission.com/2025/05/13/28272","role":"RAW"},{"link":"https://web.archive.org/web/20250513000000/https://karnalimission.com/2025/05/13/28272","role":"PERMALINK"},{"link":"https://s3.jawafdehi.org/case_uploads/6417044c888d9782fc4979e3fdd348b2a21ab0eafe559e2653158c2b61147d45.md","role":"MARKDOWN"}]}},{"material_iri":"https://jawafdehi.org/material/document/20260427.f3a4eebe","additional_details":"Power Point","material":{"display_name":"पावर पोईन्ट प्रस्तुतिकरण","material_type":"document","urls":[]}}],"notes":"","court_cases":["https://jawafdehi.org/courtcase/special/081-cr-0091"],"missing_details":"मुद्दाको विश्लेषणमा प्राप्त नभएको स्रोतहरू:- \r\n\r\nक) हदम्याद भित्र वादी वा प्रतिवादीले सर्वोच्च अदालतमा पुनरावेदन गरे नगरेको ब्याहोरा,\r\n\r\nख) प्रस्तुत मुद्दासँग सम्बद्ध थप आधार र प्रमाण पुष्टि गर्ने प्रमाणिक स्रोत,\r\n\r\nग) प्रस्तुत मुद्दाका विवरण अख्तियारको प्रेश विज्ञप्ती, आरोपपत्र र विशेष अदालतको फैसलामा आधारित छन्।","bigo":53564279,"weight":0,"versionInfo":{},"created_at":"2026-04-08T18:27:42.812513+05:45","updated_at":"2026-09-21T22:16:01.619789+05:45"}